सेयर
Views
  • State: Open for Edit

कुपोषण

यो भागमा रक्तअल्पता, प्रोटिन केलरी कुपोषण, पोषण सम्बन्धी कमी, एवम् खाद्ध र पोषण सम्बन्धी बिमारीहरूको विषयमा चर्चा गरिएको छ

रक्तअल्पता के हो ?

  • रगतमा सामान्यभन्दा कम रगत कोशिका
  • रातो रगत कोशिका 10 ग्राम प्रति घोल (10 gm/dil ) हेमोग्लोबिनको आधारमा नापिन्छ।

रक्त अल्पता सम्बन्धी मुख्य कुराहरू

  1. वयस्क पुरुष - 13 ग्राम /डायल्युटभन्दा कम
  2. अवयस्क महिला - 12 ग्राम / डायल्युट भन्दा कम
  3. गर्भवती महिला - 11 ग्राम (Gms) भन्दा कम
  4. 6 माहिनादेखि लिएर 6 वर्ष को नानी- 11 ग्राम  /डायल्युट
  5. 6 वर्षदेखि लिएर 14 वर्ष को नानी - 11 ग्राम / डायल्युट

कारण

  • फलिक एसिडको कमी
  • भिटामिन बी-12 को कमी
  • लौह तत्वहरूको कमी
  • केही बिमारी जसको कारणले कोशिकाको विखण्डन हुन्छ
  • मलेरिया जस्तो संक्रमणको पुन: शिकार हुनु
  • केही प्रकारको बोनमेरो रोग
  • घायल हुनु या बिमारीको कारण रगत ह्रास
  • अल्प आहारबाट कुपोषणको खतरा
  • गर्भावस्थाको बेला अपर्याप्त मात्रामा आहार लिनु
  • महिलाहरूमा अधिक मासिक चक्र हुनु

लक्षण

  • थकावट
  • छाती दुख्नु
  • शरीर फुल्नु
  • छाला पहेँलो हुनु

प्रोटिन केलरी कुपोषण

प्रोटिन केलरी कुपोषण (पीसीएम) मारास्मस (शरीरको आकारमा बृद्धि रोक्नु र शरीर बेकार हुनु) र क्वासियोरकोर (प्रोटिनको कमी), जसमा त्वचा क्षतिग्रस्त हुन्छ अनि यस रूपमा अगाडि आउँछ। पीसीएमको कारण न्युमोनिया, चिकेनपक्स या खसराबाट मृत्युको खतरा अधिक हुन्छ।

कारण

क्वासियोरकोर र मारास्मस शरीरको बृद्धिका लागि जरूरी अमिनो एसिडको कमीको कारण हुन्छ। क्वासियोरकोर सादारणत: एक सालसम्मको उमेरको नानीहरूमा हुन्छ। त्यस समय नानीहरूलाई स्तनपानबाट अलग गरी प्रोटिनको कमी पोषण (मान्ड या चिनी-पानीको घोल) दिइन्छ।  त्यसै यो बिमारी नानीहरूको बृद्धि कालमा कहिले पनि हुन सक्छ। मारास्मस ६ देखि १८ महिनाको उमेरको नानीहरूलाई हुन्छ, जसलाई स्तनपानबाट बञ्चित गरिन्छ या डायरियाको गम्भीर बिमारी हुन्छ।

सङ्केत र लक्षण

  • गम्भीर पीसीएमबाट ग्रस्त नानी अफ्नो उमेरदेखि कम देखिन्छन, शारीरिक र मानसिक रूपमा कमजोर तथा संक्रमणको प्रति खास संवेदनशील हुन्छन्। उनीहरूलाई एनोरेक्सिया र डायरिया जस्तो बिमारी सधैँ भई रहन्छ।
  • पीसीएमबाट गम्भीर रूपले पीडित नानी सानो, सुस्त र सुख्खा छाला हुन्छन्। उनको छाला ढीला हुन्छ र कपाल कम संख्यामा तथा खैरो या रातो पहेँलो हुन्छ। उसको शरीरको तापक्रम पनि कम भरहन्छ, नशाको गती कम हुन्छ र सास लिने रफ्तार पनि कम हुन्छ। यस्तो नानी कमजोर, रिसाहा र सधैँ भोका हुन्छन्, जबकि उनमा शरीर मिचलाउने र उल्टीको साथै अपचको शिकायत हुन सक्छ।
  • मारास्मसको विपरीत क्वासियोरकोरमा बिमारीको शरीरको आकारमा बृद्धि त हुन्छ नै , तर उसको छाला सुख्छ, किनकि उसको शरीरको बोसोले शरीरको ऊर्जा आवश्यकताहरू पुरा गर्न सक्दैन। यो बिमारीमा छालाको रूखोपन, उसको उखडनु र चिलाउने आदि सामान्य हो। जो बिमारी दोस्रो श्रेणीको पीसीएमबाट ग्रसित हुन्छ, उनमा पनि मारास्मस जस्तो लक्षण हुन्छ र उनको शरीरको छाला बेकार हुन जान्छ तथा यो क्रमिक ढङ्गले सुस्त हुँदै जान्छ।

पोषण सम्बन्धी कमी

जब कुनै व्यक्तिको पोषण न्यूनतम् अनुशंसित आवश्यकताभन्दा लगातार कम हुन्छ भने, ऊ कुपोषणसम्बन्धी कमीको शिकार हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठनको अनुसार 10 देखि 19 वर्ष सम्मको नानीहरूमा यो बिमारी पुरै दुनियामा आम छ।

भिटामिन बी -1

थायमिन या भिटामिन बी-1, पानीमा मिसिने भिटामिन हो, जो ऊर्जा उत्पादन (अडिनोसिन ट्राइफास्फेट (एटीपी) को श्लेषण र नशाहरालई फैलिनाले बन्छ (एटीपी मानव शरीरद्वारा काम गरिएको ऊर्जा प्रदान गर्ने प्रमुख स्रोत हो) अनि यसमा महत्त्वपूर्ण भूमिका निभाउँछ। थायमिन पोर्क, लेग्युम र जौउमा प्रचुर मात्रामा पाइन्छ। यसको विपरीत उसिनेको चावल, सेतो पिठो, परिष्कृत चिनी, बोसो र तेलमा यो पाइँदैन। जो व्यक्ति अधिक मात्रामा अल्कोहलको सेवन गर्छ या आधुनिक जीवन शैलीमा रहन्छ, उनीहरूलाई थायमिनको कमीको खतरा रहन्छ । यस्तो व्यक्तिमा खनिजहरूको कमी पनि आम कुरा हो। बेरी-बेरी नामको बिमारी थायमिनको कमीको उदाहरण हो। यसको लक्ष्णमा स्नायुतन्त्रको असामान्य हुनु (खुट्टामा मोच या मांसपेशीहरू कमजोर हुनु), हात फुल्नु, नशाको गति तेज हुनु तथा हृदय गति रोकिनु सामेल छ। वर्निक-कोर्साकोफ सिन्ड्रोम योसित जोडिएको स्थिति हो, जसमा बेहोशी, असामान्य कुराकानी र स्मरण शक्ति कमजोर हुन्छ। यो आमतौरमा अल्कोहल खानेवालालाई हुन्छ।

भिटामिन बी -3

पेलेग्रा पोषणको कमी या नियासीन (भिटामिन बी-3) अथवा अमिनो एसिड ट्रिप्टोफान लिन विफलता भएमा हुने एउटा बिमारी हो। पेलेग्राको अर्थ हो खुरदरी छाला। यसको लक्षण तीन डी हो, अथवा डिमेन्सिया (मानसिक लक्षण), डरमेटाइटिस (सुख्खा छालाको घाउ) र डायरिया।

खनिजको कमी, केल्सियम र भिटामिन डी

ओस्टियोपोरोसिस, जो हड्डीहरूलाई कमजोर गर्ने बिमारी हो, कुपोषणको कारण हड्डीहरूलाई प्रभावित गर्ने सबैभन्दा आम(कमन) बिमारी हो। हड्डीहरूको मजबुती 35 सालको उमेरसम्म बढ्छ र त्यसपछि स्थिर हुन्छ। करिब 40 वर्षको उमेरमा हड्डीहरूको कमजोर हुने गति अचानक तेज हुन्छ। हड्डी जति तेजिलो बन्छ, त्योभन्दा अधिक गतिले दरकन लाग्छ, जसबाट हड्डीहरू कमजोर हुँदै जान्छ र केल्सियमको कमी हुन्छ। महिलाहरूका लागि उमेरसित सम्बन्धित यो बिमारीको अतिरिक्त रजोनिबृत्ति तथा महिला हारमोनको कमी (विशेष रूपले एस्ट्रोजेन) को कारण हड्डीहरूमा कमजोरी पैदा हुन लाग्दछ । ओस्टियोपोरोसिस बाट ग्रस्त मानिस 30 देखि 40 प्रतिशत सम्म केल्सियमको कमी झेल्दछन् , जसको कारण उनीहरूको हड्डीहरू टुट्न लागदछ। ओस्टियोपोरोसिसको विकासको धेरै कारण हुन्छ। धुम्रपान, अल्कोहल र अनियमित जीवनको कारण यह बिमारी हुन्छ। उमर र लिङ्ग पनि यसको महत्त्वपूर्ण कारक हो। जुन महिलाहरू मा एस्ट्रोजेनको कमी (रजोनिबृत्तिको पछि) हुन्छ, उनीहरूलाई यो बिमारी हुने खतरा धेरै हुन्छ। पुरुषहरूको हड्डीहरू महिलाहरूको तुलनामा अधिक मजबुत हुन्छ, यसकारण उनमा यो बिमारी कम नै हुन्छ। यसमा प्रजातिको पनि भूमिका हुन्छ।

भिटामिन डी

कहिले (सुक्खा रोग) रिकेटलाई बाल्यावस्थामा हुनेवाला आम बिमारीको संज्ञा दिइएको थियो। सुक्खा रोग (रिकेट)बाट ग्रस्त नानीहरूको पहचान टेडो-मेडो खुट्टा र टेडो-मेडो घुडाले गर्न सकिन्थ्यो। यसको कारण उनीहरूको शारीरीक बनावट बेढगी हुन्छ। सुक्खा रोग (रिकेट) भिटामिन डीको कमीले हुन्छ। विकासको बेला मानव शरीरको हड्डीहरू केल्सियम, फास्फोरस र भिटामिन डी को संयोगले बन्छ तथा विकसित हुन्छ। केल्सियम अपरिपक्व हड्डीहरू (अस्टियोइड) मा जम्मा रहन्छ। यो प्रक्रियालाई कैल्सिफिकेसन भनिन्छ। यसबाट अपरिपक्व हड्डी क्रमशः मजबुत हुन्छ र आकार ग्रहण गर्छ। भोजनमा उपलब्ध केल्सियमलाई ग्रहण गर्नका लागि भिटामिन डीको जरूरत हुन्छ। रिकेटमा यो भिटामिनको कमीको कारण केल्सियमको मात्रा कम हुन्छ र हड्डीहरू विकृत हुन्छ।

भिटामिन डी एकमात्र यस्तो भिटामिन हो, जो भोजनबाट पनि पाइन्छ र आफै शरीर पनि यसको उत्पादन गर्छ। कहाँसम्म भने भिटामिन डी पशुहरूको बोसो, जस्तै दुध, पनीर, माछा र मासुमा प्रचुर मात्रामा पाइन्छ, तर यो शरीरको आवश्यकताको मात्र 10 प्रतिशत नै दिन सक्छ। शेष 90 प्रतिशतको उत्पादन शरीर आफै गर्छ। समुचित भिटामिन डीको बिना शरीर भोजनमा उपलब्ध केल्सियमको मात्र 10 देखि 15 प्रतिशत मात्र नै लिन सक्छ। यसकारण भिटामिन डी, केल्सियम र फस्फेटको सन्तुलन हड्डीहरूको विकास र विशेष गरी नानीहरूका लागि बहुत आवश्यक छ। यो कमी पाकाहरूमा पनि हुन सक्छ।

भिटामिन ए को कमीले अन्धोपन

राम्रो तरिकाले हेर्नका लागि भिटामिन ए बहुत जरूरी छ। नानीहरूमा भिटामिन ए को कमीले आँखाको प्रकाश(उज्यालो) कम हुन सक्छ। यदि यो कमी अधिक हुन्छ भने, यसबाट स्थायी अन्धापन पनि हुन सक्छ। हाम्रो देशमा हर वर्ष 30 हजार नानी भिटामिन ए को कमीको कारण अन्धा हुन्छन्। भिटामिन ए को कमीको लक्षण 1-5 वर्ष सम्मको आयुको नानीहरूमा अधिक पाइन्छ।

भिटामिन ए को कमीको लक्षण

भिटामिन ए को कमीले नानीहरूमा अन्धोपन अचानक हुँदैन। भिटामिन ए को कमीको यदि पहिले थाहा लागे, भिटामिन ए युक्त पौष्टिक भोजन खाएर यसलाई रोक्न। रोकाउन सकिन्छ।

भिटामिन ए को अत्यधिक कमीको लक्ष्ण

  • रतअन्धो यसको पहिलो लक्षण हो। रतअन्धोबाट पीडित नानी कम उज्यालो या अध्यारामा हेर्न सक्दैनन्। आँखाको सेतो हिस्सा सूखछ र यसको चमक खत्म हुन्छ।
  • यी लक्ष्णहरूको पहिचान भएमा तत्काल डक्टरसित सम्पर्क गर्नुहोस्। यसको इलाज नगरिए, सधैंका लागि अन्धो हुने खतरा हुन्छ।

भिटामिन ए को कमी रोक्ने उपाय

  • यस्तो भोजन लिनुहोस् जसमा भिटामिन ए अधिक रहन्छ।
  • दुध, अन्डा, माछाको तेल आदिमा भिटामिन ए अधिक हुन्छ। पाते सब्जी, हरियो सब्जी, गाजर, मेवा र आँप जस्तो फल पनि भिटामिन ए को राम्रो स्रोत हो।
  • राष्ट्रीय पोषण संस्थान, हायदराबाद द्वारा गरिएको शोधको अनुसार 1-5 वर्ष सम्मको नानीहरूलाई छ महिनामा एकपल्ट एक चम्मच भिटामिन ए सिराप खुवाउनाले पनि भिटामिन ए को कमीमा केही हदसम्म रोक लगाउन सकिन्छ।
  • जब नानीहरूलाई छ महिनामा एकपल्ट भिटामिन ए को दवाई खुवाइन्छ, तब यो उनीहरूको आन्द्रामा जम्मा रहन्छ र शरीरलाई समुचित मात्रामा उपलब्ध हुन्छ। हाम्रो देशमा यो सिलसिला अहिले चली रहेको छ, ताकि नानीहरूलारई भिटामिन ए को कमीको कारण हुने अन्धोपनबाट बचाउन सकिन्छ।
  • गर्भवती महिलाहरूलाई भिटामिन ए युक्त भोजन लिनु पर्छ। यसले गर्भस्थ शिशुलाई भिटामिन ए को खोराक दिलाउँछ।

हुर्किँदै गरेका नानीहरूका लागि पौष्टिक भोजन

बढदो नानीहरूलाई पौष्टिक भोजनको धेरै आवश्यकता हुन्छ। नानीहरूको शरीरमा जब प्रोटिन र केलरीको कमी हुन्छ (कुपोषण), तब उसमा मेरास्मास र क्वासियरकर जस्तो बिमारीहरू हुन्छ।

मेरास्मास र क्वासियारकर कसलाई भनिन्छ ?

यो बिमार 1-5 वर्ष सम्मको आयुको नानीलाई हुन्छ।

मेरास्मासको लक्षण

यो बिमारी खुट्टा सुनिनाको साथ सुरु  हुन्छ र फेरि हात तथा शरीर फुल्न लागछ। छाला खस्रो हुन्छ, सिरमा कपाल कम हुन्छ र उसको रङ रातो खैरो हुन्छ। यो मेरास्मासको लक्ष्ण हो। यसबाट ग्रस्त नानी बीमारी र थाकेको देखिन्छ।

क्वासियारकरको लक्षण

यो बिमारीबाट ग्रस्त नानी कमजोर र दुब्लो हुन्छ। नानीहरूलाइ सुरुआती दिनहरूमा डायरिया हुन सक्छ। उनको छाला रूखो हुन्छ।

यो बिमारीहरूबाट ग्रस्त नानीहरूको इलाजका लागि सल्लाह

नानीहरूलाई  नियमित रूपले केलरी र प्रोटिन युक्त पौष्टिक भोजन दिने। धेरै अधिक संक्रमित नानीहरूलाई तत्काल डक्टरकहाँ लैजाने।

मेरास्मास र क्वासियारकरबाट प्रभावित नानीहरूको आहार

राष्ट्रीय पोषण संस्थान, हायदरवादले मिक्स नामक पौष्टिक भोजन विकसित गरेको छ, जसमा सबै पौष्टिक तत्वहरूको मिश्रण छ। यो मिश्रण घरमा हनि तयार गर्न सकिन्छ।

पौष्टक मिश्रणमा उपयोग गरिने पदार्थ

  • भुटेको गहूँ- 40 ग्राम
  • पत्तेदार अनाज- 16 ग्राम
  • भुटेको मुमफली- 10 ग्राम
  • जैगरी- 20 ग्राम

यो मिश्रणलाई पिस्नुहोस् र राम्रो तरिकाले मिलाउनुहोस्। यसमा 330 ग्राम केलरी र 11.3 ग्राम प्रोटिन हुन्छ। यो मिश्रणलाई दुध या पानीको साथ खुवाउनुहोस्। मेरास्मास या क्वासियारकरबाट ग्रस्त नानीहरूलाई यो खुवाएर यसको परिक्षण गरिएको छ।

स्त्रोत: एनडीटीवी डक्टर

3.28571428571
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top