होम / स्वास्थ्य / बाल स्वास्थ्य / रोग प्रतिरक्षण
सेयर
Views
  • State: Open for Edit

रोग प्रतिरक्षण

यस भागमा नानीहरूमा हुनेवाला रोग र त्यसको प्रतिरक्षणको उपायहरूलाई उल्लेख गरिएको छ।

यस भागमा विभिन्न खतरनाक रोगबाट बचाउनका लागि समयसमयमा लगाइने टीकाहरूको बारेमा जानकारी दिइएको छ|

परिचय

धेरैपल्ट यसलाई “भेक्सिनेसन” पनि भनिन्छ, जबकि यो दुवै शब्द प्राविधिक रूपले भिन्न छ। यो प्रक्रिया हो जसद्वारा हामी केही विशेष रासायनिक पदार्थहरूलाई आफ्नो शरीरमा लिएर, केही विशेष बिमारीहरूको विरूद्ध अफ्नो रक्षा गर्छ। यी विशेष बिमारीहरूको विरूद्ध अफ्नो रक्षा गर्छ। यी विशेष रासायनिक पदार्थहरू रोगहरूबाट बचावको टीका भनिन्छ। यी भेक्सिनले केही विशिष्ट रोगहरूको विरूद्ध विशिष्ट सुरक्षा प्रदान गर्छन्। उदहारणका लागि- पोलियो भेक्सिन पोलियो नामक रोगको विरूद्ध: मिजल्स वैक्सी न (खसरेको टीका) घातक रोग खसरेको विरूद्ध सुरक्षा प्रदान गर्छ , इत्यादि। ओरल पोलियो भेक्सिन ओरल टाइफाइड भेक्सिन छोडेर अन्य भेक्सिन सुईद्वारा शरीरमो पुर्‍याइन्छ।

रोग प्रतिरक्षण (इमुनाइजेसन) :

हाम्रो चारै तर्फको वातावरणमा– अथार्त् साँस लाँद लिइने हावा, खाइने भोजन, खाने पानीमा - बिमारीहरू उत्पन्न गर्ने अनेक कीटाणु हुन्छन्। यी कीटाणुहरूद्वारा हुनेवाला बिमारीहरूलाई “संक्रामक रोग” भनिन्छ। हाम्रो शरीरको रोगबाट रक्षा गर्नेवाला प्राकृतिक तन्त्र (“इम्युन तन्त्र”) यी कीटाणुहरूको विरोध गर्छ र तिनीहरू लड्दछ तथा यस प्रकार अनेक घातक संक्रामक रोगहरूसित हाम्रो रक्षा गर्छ। तदापि, कहिले–कहिले कस्तो हुन्छ भने कुनै विशेष संक्रामक रोगको कीटाणु अत्याधिक शक्तिशाली हुन्छ या इम्युन तन्त्र कमजोर हुन्छ। यस्तो स्थितिमा त्यो रोगको कीटाणु शरीरमा बिमारी उत्पन्न गर्नमा सफल हुन्छ र हामी बिमारी हुन्छौं । यदी त्यसको कुनै उपचार उपलब्ध छैन या उपचार अपर्याप्त छ अथवा ढिलो गरी सुरु हुन्छ भने संक्रामक रोगबाट गम्भीर कमजोरी या अपङ्गता र कहिले-कहिले मृत्यु पनि हुन्छ ।

रोग प्रतिरक्षणको प्रक्रियाद्वारा हामी केही विशेष बिमारीहरूको विरूद्ध शरीरको रोगहरूसित लडने शक्ति (“इम्यूनिटी”) मा बृद्धि गर्छ। यस्तो शरीरमा– सुई या मुखद्वारा– केही भेक्सिनको प्रवेश गराएर गरिन्छ।

भेक्सिन (टीका)

भेक्सिन विशेष प्रकारको द्रव्य हो जसलाई विशेष प्रयोगशालाहरूमा, विशेष प्रक्रियाहरूद्वारा तयार गरिन्छ। यो भेक्सिनको निर्माण अत्यन्त जटिल प्रक्रियाद्वारा हुन्छ तदापि, सरल शब्दहरूमा भन्ने हो भने भेक्सिनमा अथवा रोग उत्पन्न गर्नेवाला– एकदम कमजोर गरिएको - कीटाणु या त्यसको कुनै अंश हुन्छ। यसै आधारमा तिनीहरूलाई क्रमश: “सजीव भेक्सिन” या “मृत भेक्सिन” भनिन्छ। शरीरमा प्रवेश गरेमा यो सजीव (परन्तु अत्यन्त कमजोर) या मृत कीटाणु या त्यसको अंश संक्रामक  रोग उत्पन्न गर्न सक्दैन । तदापि हाम्रो प्राकृतिक रक्षा तन्त्र (इम्युन तन्त्र) यिनीहरूलाई पहिचान गर्छन् र तुरन्त सक्रिय हुन्छन्। यसले कसरी प्रतिक्रिया गर्छ भने मानौं वास्तविक, शक्तिशाली कीटाणुहरूले आक्रमण गरेको होस्। छिट्टै नै, इम्युन तन्त्र धेरै मात्रामा सुरक्षात्मक “हथियारहरू”(जसलाई “एन्टिबाडी” भनिन्छ ) को उत्पादन गर्छ जो त्यो विशेष रोगको विरूद्ध सुरक्षा प्रदान गर्छ। यो एन्टिबडिज शरीरमा सङ्ग्रहित हुन्छ। भविष्यमा जब शरीर त्यो रोगको वास्तविक कीटाणुहरूको सम्पर्कमा आउँछ तब हाम्रो शरीर, एमुनाइजेसनको कारण पहिले देखि नै उपलब्ध एन्टिबडिजको सहायताले, त्यसमा सजिलै सित काबु गराउँछ र यस प्रकार हामी त्यो संक्रामक रोगबाट बचेका हुन्छौं।

कहिले-काही, तथापि, बिमारीको कीटाणुहरूका आक्रमण कति छिटो र गम्भीर हुन्छ भने शरीरले हामीलाई बचाउन एन्टिबडिज तयार गर्न पर्याप्त समय पाउँदैन। यस्तो स्थितिमा हामीले “इम्युनोग्लोबुलिन्स” को रूपमा “पूर्व निर्मित एन्टिबडिज” दिनु पर्छ । इम्युनोग्लोबुलिन्सलाई एन्टी – सीरम पनि भनिन्छ (उदाहरणका लागि एन्टी टिटनेस सीरम=ए.टी.एस.) अत: रोग प्रतिरक्षणमा भेक्सिनेसन तथा एन्टी सीरम या इम्युनोग्लोबुलिन्स दिने दुवै प्रकियाहरू सम्मिलित हुन्छ। एउटा कुरा एकसम स्पष्ट छ: विभिन्न रोगहरूबाट बचावको भेक्सिन (टीका) पनि अलग-अलग हुन्छ । चिकित्साविज्ञानले धेरै प्रगति गरी सकेको छ र अब हामीसित यस्ता अनेक भेक्सिन उपलब्ध छ जसमा 2 या 2 भन्दा अधिक रोगहरूको विरूद्ध भेक्सिन हुन्छ। उदाहरणका लागि, कालो खोकी तथा टिटनेसको विरूद्ध एक संयुक्त भेक्सिन छ, जसलाई “ट्रिपल भेक्सिन” या “डी.टी.पी. भेक्सिन” भन्छ। त्यसै प्रकार एक अन्य भेक्सिन “एम्.एम.आर.  भेक्सिन”3 रोगहरू–खसरा (मिजल्स), मम्प्स तथा रूबैलाको विरूद्ध सुरक्षा प्रदान गर्छ।

बिमारीहरूको विरूद्ध भेक्सिन उपलब्ध (टीका ) यो सत्य होइनकी सबै संक्रामक रोगहरूको विरूद्ध भेक्सिन उपलब्ध छ। वास्तविकता के हो भने केवल केही थोरै रोगहरूको विरूद्ध नै यी टीकाहरू उपलब्ध छन्। तालिका न. 1 एम् इन रोगहरू तथा यसको विरूद्ध उपलब्ध टीकाको नाम दिइएको छ। आजकल मलेरिया, कुष्ट रोग तथा एच.वाई.भी./एड्स जस्तो रोगहरूको विरूद्ध भेक्सिन विकसित गर्नका लागि चिकित्सकीय अनुसंधान जोडदारले जारी छ।

टीकाद्वारा रोक्न सकिनेवाला बिमारीहरूको संक्षिप्त विवरण :

टी.बी. क्षय रोग

टी बी भारतमा धेरै व्यापक छ। प्रतिवर्ष भारतमा 5 लाख व्यक्ति टिबीको कारण मर्द्छन । एउटा सानो से जीवाणु– मायको बेक्टेरियम ट्युबरकुलोसिसद्वारा हुनेवाला यो रोग शरीरको कुनै पनि अङ्गलाई प्रभावित गर्न सक्छ। तदापि फोक्सोको टिबी यस रोगको सर्वाधिक हुनेवाला रूप हो र त्यो हावाको माध्यमले फैलन्छ। टिबीको खतरनाक किसिमहरूमा “मिलियरी टिबी” डिस्सेमिनेटिड टिबी” तथा टिबी मेनिन्जइटिस (दिमागी टिबी) शामिल छ।

पोलियो (लकवा या पोलियोमाइलीटिस)

यो पोलियो विषाणु (भाइरस) ले हुने रोग हो जुन चाहिं 3 प्रकारको हुन्छ । मुख्यत: यो दूषित पानी र भोजनको माध्यमले फैलन्छ। र अधिकांशत: 6 महिनादेखि 5 वर्षको आयुको नानीहरूलाई प्रभावित गर्छ। जबकि यसले रोगीको मृत्यु पनि हुन सक्छ छ, मुख्यत: यसले खुट्टामा गम्भीर अपङ्गता हुन्छ। सौभाग्यले भारतमा पोलियोको रोगीहरूको संख्या धेरै तेज गतिमा कम भइरहेको छ। यस्तो सामान्य तथा पल्स पोलियो अभियानको अन्तर्गत दिइनेवाला पोलियो अभियानको अन्तर्गत दिइनेवाला पोलियो भेक्सिन (ओ.पी.वी.) को बृहद् प्रयोगको कारण सम्भव हुन गएको छ। के आशा छ भने शीघ्र नै भारतबाट पोलियो रोगको उन्मूलन हुन्छ।

डिप्थेरिया (गलगाडो)

यो एक सूक्ष्म जीवाणुद्वारा हुने रोग हो जुन मुख्यत: सानो नानीहरूलाई हुन्छ । यो बिमारी साधारण खोकी- सर्दीको सरह ज्वरो, खोकी कठिनाई हुन्छ जसको लक्ष्णको साथ सुरु हुन्छ र तेजीले बढदै जान्छ। यदि समयमा यसको उपचार हुँदैन भने यो ज्यानलान पनि हुन सक्छ।

कालो खोकी

यो पनि सूक्ष्म जीवाणुले हुन्छ तथा मुख्यत:6 महिनादेखि 5 वर्षको आयुको नानीहरूलाई प्रभावित गर्छ। यो मुख्यत: त्यो तथा मुख र नाक स्रावहरूको माध्यमले फैलन्छ। यसको मुख्य लक्षण हो- हल्का ज्वरो तथा वाक्का लाउने खोकी जो बढ्दै जान्छ। यसलाई एन्टिबायोटिक्सको द्वारा सजिलै उपचार गर्न सकिन्छ।

खसरा (मिजल्स शीतला माता)

एक विषाणु (भाइरस) ले हुनेवाला यो रोग पनि मुख्यत: 6 महिनादेखि 5 वर्षको आयुको नानीहरूलाई हुन्छ तथा एकजना रोगीबाट अन्य व्यक्तिहरूलाई हावा तथा मुख र नाक स्रावहरूको माध्यमले फैलन्छ । खसरे रोगीको सम्पर्कमा आएको 10 दिनपछि, नानीहरूलाई ज्वरो, खोकी, रुघा, नाक बन्ध हुने र आँखाबाट पानी बग्नु जस्तो लक्षण सुरु हुन्छ । यो लक्ष्ण 3-4 दिनसम्म रहन्छ र त्यसको पछि पूरै शरीरमा रातो-गुलाबी दाना (“रैश”) निसकन्छ जसको सुरुआत अनुहारबाट हुन्छ। ससइस रोगमा दस्त रोग, ब्रोङ्कको निमोनिया तथा गम्भीर कुपोषण जैसी जटिलताहरू सामान्यत: हुन्छ र यही खसरेबाट हुने धेरै मृत्युको कारण हो।

टिटनेस (धनुषबाण)

यो एउटा जीवाणुबाट हुने रोग हो जुन चाहिं चोट, काटेको भाग या चोट लागेको स्थानबाट शरीरमा प्रवेश गर्छ। यो एक घातक रोग हो तथा यसको उपचार गर्न अत्यन्त कठिन हुन्छ। यदि प्रसवको बेला र गर्भनाललाई काट्नका लागि सफा औजार तथा सफाईको ध्यान राखिएको छैन भने नवजात शिशुलाई यो रोग हुन सक्छ । एक पल्ट यो रोग भएमा रोगीको शरीर कडा र धनुषको जस्तो टेढो हुन्छ। रोगीलाई मिरगीको बिमार हुन लाग्छ तथा अधिकांश: रोगीको मृत्यु हुन्छ।

रोग र त्यसमा दिइने टीकाहरूको सम्पूर्ण जानकारी

 

तालिका नं. 1


रोग

भेक्सिनको नाम

कसरी दिइन्छ ?

टिबी (टी.बी., क्षय रोग)

बी.सी.जी. (बेसिलस कामेट ग्वेरिन)

सुई द्वारा

पोलियो (लकवा)

. पी. वी. (ओरल पोलियो भेक्सिन, पोलियो ड्रप्स)

मुखले : थोपाहरू

डिप्थेरिया (“ गला घोंटू”) + कालो खोकी (“परटुसिस,” व्हुपिङ कफ)+

टिटनेस (धनुषबाण)

डी.पी.टी. भेक्सिन (ट्रिपल भेक्सिन) (डिप्थेरिया, परटुसिस, टिटनेस भेक्सिन)

 

तथा डी.टी.भेक्सिन (डिप्थेरिया, टिटनेस भेक्सिन)

 

 

 

सुई द्वारा

मिजल्स (“खसरा”)

मिजल्स भेक्सिन

सुईद्वारा

टिटनेस

टिटनेस टक्साइड (टी.टी.) भेक्सिन

सुईद्वारा

जांडिस (“पीलिया”, हिपेटाइटिस)

 

हिपेटाइटिस ‘बी’ भेक्सिन

हिपेटाइटिस ‘ए’ भेक्सिन

सुईद्वारा

रेबीज (हाइड्रोफिबिया) एक रोग जो कुकुरहरू बिरालोहरू. तथा बंदरहरूले काटनाले हुन्छ

एन्टी रेबीज भेक्सिन

(.आर.वी.)

सुईद्वारा

टाइफाइड (“ मोती झीरा”, मियादी ज्वरो”)

एन्टी – टाइफाइड भेक्सिन

सुईद्वारा

ओरल - टाइफाइड भेक्सिन

मुखले

मिजल्स (“खसरा”) मम्प्स (“कनफेड”) रूबिला

मिजल्स, मम्प्स, रूबिला (भेक्सिन

(एम्. एम्.आर. भेक्सिन)

सुईद्वारा

चिकन पक्स (“दादुरा”)

चिकन पक्स भेक्सिन

सुईद्वारा

येल्लो फिबर

येल्लो फिबर भेक्सिन

सुईद्वारा

मेनिन्जइटिस (“दिमागी ज्वरो” ब्रेन फिबर”)

मेनिन्जइटिस भेक्सिन

सुईद्वारा

हैजा (“ कोलरा”)

कोलरा /हैजा भेक्सिन

सुईद्वारा

 

यो भेक्सिनको अतिरिक्त, प्लेग, जापानिज एन्केफेलाइटिस आदिको विरूद्ध पनि भेक्सिन उपलब्ध छ | तथापि यसको प्रयोग केही विशेष परिस्थितिमा केवल चिकित्सकको सलाहको अनुसार नै गरिन्छ।

स्रोत: भलेन्टरी हेल्थ एसोसियसन अफ् इन्डिया/ जेवियर समाज सेवा संस्थान, राँची आयुष

3.19230769231
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top