অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

युनानी चिकित्सा

परिचय

युनानी चिकित्सा पद्धतिको भारतमा एउटा लामो र राम्रो रेकर्ड छ। यसलाई भारतमा अरब देशका मान्छेहरू र इरानीहरूद्वारा एघारौँ शताब्दीको छेउछाउमा ल्याइएको थियो। जहाँसम्म युनानी चिकित्साको प्रश्न छ, आज भारत यसको उपयोग गर्ने अग्रणी देशहरूमा एउटा हो। यहाँ सबैभन्दा धेरै संख्यामा युनानी शैक्षिक, अनुसन्धान र स्वास्थ्यको हेर्चाह गर्ने संस्थानहरू छन्।

जस्तै नामले इङ्गित गर्दै छ, युनानी प्रणाली ग्रिसमा जन्मिएको हो। हिप्पोक्रेट्सद्वारा युनानी प्रणालीको थालनी गरिएको थियो। यस प्रणालीको वर्तमान स्वरूपको श्रेय अरबका वासिन्दालाई जान्छ जसले केवल अनुवाद मात्र नगरेर ग्रीक साहित्यका धेरै जसो भागलाई स्वयम् आफूले योगदान गर्नुका साथै दैनिक जीवनमा चाहिने औषधीको रूपमा समृद्ध बनाए। यस प्रक्रियामा उनीहरूले भौतिक विज्ञान, रसायन विज्ञान, वनस्पति विज्ञान, एनाटोमी, फिजियोलोजी, पेथोलोजी, चिकित्सा र सर्जरीको धेरै मात्रामा प्रयोग गरे।

युनानी औषधीहरूले ती व्यवस्थाहरूलाई अपनाएर समृद्ध बनाए। जस्तै- मिस्र, सिरिया, इराक, फारस (इरान),भारत, चीन र अरू मध्यपूर्वका देशहरूमा पारम्परिक औषधीहरूको प्रयोग समकालीन प्रणालीहरूमा सबैभन्दा राम्रो थियो। भारतमा युनानी चिकित्सा पद्धतिको प्रयोग अरब मूलका मानिसले गरेका थिए र यसले छिटै मजबुतसँग जरा गाड्यो। दिल्लीका सुल्तानहरूले (शासकहरू)ले युनानी प्रणालीका विद्वानहरूलाई संरक्षण दिएर कतिपय राज्यका कर्मचारीहरू र दरबारीलाई चिकित्सकका रूपमा नामाङ्कित पनि गरेका थिए।

भारतमा ब्रिटिश शासनका समयमा यस प्रणालीलाई एउटा ठूलो झटका लाग्यो। जब एलोपेथिक प्रणाली सुरू गरियो र उसले आफ्ना जरा गाडने मौका पायो। यसले युनानी प्रणालीको औषधीय शिक्षा, अनुसन्धान र अभ्यास प्रक्रियालाई मन्दा बनायो। युनानी प्रणालीका साथ-साथै चिकित्सा व्यवस्थाका सबै पारम्परिक प्रणालीहरूले लगभग दुई शताब्दीसम्म लगभग पूरै उपेक्षाको सामना गर्नु पऱ्यो। राज्यद्वारा संरक्षण फिर्ता लिनाले साधारण जनतालाई सारै धेर हानी भएन किनकि उनीहरूले यस प्रणालीमा विश्वास गरे र यसको अभ्यास यथावत रह्यो। ब्रिटिश कालमा मुख्यतः दिल्लीमा शरिफी खानदान, लखनउमा अजिजी खानदान र हैदराबादको निजामका सत्प्रयासले युनानी चिकित्सा बाँची रह्यो।

स्वतन्त्रता पछि औषधीको भारतीय प्रणालीका साथ-साथै युनानी प्रणालीलाई राष्ट्रिय सरकार र मानिसहरूका संरक्षणले फेरि यसले मौलाउने मौका पायो। भारत सरकारले यस प्रणालीको सर्वांगीण विकासका लागि धेरै पाइला चाल्यो। सरकारले यसको शिक्षा र प्रशिक्षणलाई नियमित गर्न र टेवा दिनका लागि कानुन पारित गऱ्यो। सरकारले यी औषधीहरूको उत्पादन र अभ्यासका लागि अनुसन्धान संस्थानहरू, परीक्षण प्रयोगशालाहरू र स्तरीय नियमहरूको स्थापना गऱ्यो। आज यो प्रणाली आफ्ना मान्यता प्राप्त चिकित्सकहरू, अस्पतालहरू र शैक्षिक तथा अनुसन्धान संस्थानहरूका साथै औषधीको युनानी प्रणाली, राष्ट्रिय स्वास्थ्य हेर्चाह प्रदान गर्ने प्रणालीको एउटा अभिन्न अङ्ग हो।

युनानीका सिद्धान्त र अवधारणाहरू

युनानी प्रणालीका बुनियादी सिद्धान्तहरू, हिप्पोक्रेट्सका प्रसिद्ध चारवटा दोषहरूका सिद्धान्तमा आधारित छन्। यसले शरीरमा चारवटा दोषहरू अर्थात रगत, कफ, पहेँलो पित्त र कालो पित्तको उपस्थिति रहेको मानेर चल्ने गर्द छ।

मानव शरीर निम्नलिखित सातवटा भागहरूले बनिएको छ भनिन्छ:

(तत्व)

मानव शरीरमा निम्नलिखित चारवटा घटक हुन्छन्: यी चारवटा तत्वहरूमध्ये  प्रत्येकका आफ्ना स्वभावहरू निम्नलिखित रूपमा रहेका छन्:

त्व

स्वभाव

हावा

तातो र ओसिलो

पृथ्वी

चिसो र सुक्खा

आगो

तातो र सुक्खा

पानी

चिसो र ओसिलो

धेरै जानकारीका लागि वेबसाइट: www.nium.in

(बानी, स्वभाव)

युनानी प्रणालीमा, व्यक्तिको स्वभाव धेरै महत्वपूर्ण हुन्छ किनकि यसलाई बिरल मानिन्छ। कुनै व्यक्तिको स्वभाव तत्वहरूको परस्पर व्यवहारको परिणाम मानिन्छ। स्वभाव वास्तविक रूपमा तब मात्र ठीक हुन्छ जब यी चारवटा तत्वहरू बराबर मात्रामा रहन्छन्। यस्तो अस्तित्वमा हुँदैन। स्वभाव ठीक हुन सक्छ। यसको अर्थ हो न्यायसङ्गत स्वभाव र त्यसको आवश्यक मात्रामा भएको उपस्थिति। अन्तमा, स्वभाव नराम्रो हुन सक्छ। यस मामिलामा मानव शरीरको स्वस्थ सञ्चालनका लागि त्यसका आवश्यकताहरूका अनुसार स्वभावको ठीक वितरण गर्ने अभाव हुन्छ।

देहद्रव (शरीरमा देखिने दोषहरू)

देहद्रव शरीरका ती नरम र तरल पदार्थ हुन् जुनचाहिँ बिमारीले गर्दा परिवर्तन र निको भएपछि देखिने गर्छन्; त्यसले पोषण, विकास र मर्मत गर्ने काम गर्दछ; व्यक्ति र त्यसका प्रजातिको संरक्षणका लागि ऊर्जाको उत्पादन गर्दछ। शरीरका देहद्रवले विभिन्न अङ्गहरूलाई नमी राख्ने गर्दछ र शरीरलाई पोषण गर्छ। भोजन पाचन तन्त्रको चारवटा चरणहरूबाट चल्ने गर्दछ; (1) गैस्ट्रिक पाचन जब भोजन काइम र काइलमा परिवर्तित गर्दछ र मेसेंटेरिक नसाद्वारा मुटूसम्म पुऱ्याइन्छ (2) हीपेटिक पाचन जसमा काइल भिन्दै चारवटा देहद्रवहरूमा परिवर्तन गर्दछ, जसमा रगतको मात्रा सबैभन्दा धेरै हुन्छ। यसरी, मुटूबाट निस्किने रगत अरू देहद्रवहरूमा अर्थात् कफ, पहेँलो पित्त र कालो पित्तसँगै अन्तर्मिश्रित हुन्छ। पाचनको तेस्रो र चौथो चरण (3) वाहिकाहरू र (4) ऊतक पाचनका रूपमा चिनिन्छ जबकि देहद्रव रक्त वाहिकाहरूमा बग्ने गर्दछ, सबै ऊतकहरू आफ्नो आकर्षण शक्तिद्वारा पोषणलाई अवशोषित गर्दछ र आफ्नो धारण शक्तिद्वारा रोकेर राख्ने गर्दछ। फेरि धारण भेला पार्ने शक्तिका साथै संयोजनमा पाचन शक्ति यसलाई ऊतकहरूमा परिवर्तित गर्दछ। यस चरणमा देहद्रवको अपशिष्ट पदार्थ बहिष्कारक शक्तिद्वारा उत्सर्जित गरिन्छ। यस प्रणालीका अनुसार जब देहद्रवको सन्तुलनमा केही गडबडी भयो भने, तब यो बिमारीका कारण हुने गर्दछ। अतः उपचार, देहद्रवहरूको स्वभावको सन्तुलन बहाली गर्दा थाहा पाइन्छ।

ङ्ग

यी मानव शरीरका विभिन्न अङ्गहरू हुन्। प्रत्येक निजी अङ्गले स्वास्थ्यलाई वा रोगले पूरै शरीरको स्वास्थ्यको स्थितिलाई प्रभावित पार्दछ।

अर्वाह

रूह (आत्मा) एक गेसिय पदार्थ हो, जुनचाहिँ अभिमन्त्रित हवाबाट प्राप्त हुने गर्दछ, यसले शरीरका सबै पाचन गतिविधिहरूमा मदद गर्दछ। यसले यसले पेटमा उठने जलनलाई जलाएर सबै प्रकारका शक्ति र स्फुर्ती उत्पन्न गर्दछ, यो शरीरका सबै अङ्गहरूका लागि जीवन शक्तिको स्रोत हो। यिनलाई जीवन शक्ति मानिन्छ, त्यसैले, रोगको निदान र उपचारमा महत्वपूर्ण छ। यो विभिन्न शक्तिहरूको वाहक हो, जुनचाहिँ पूरै शरीर प्रणाली र त्यसका भागहरूलाई क्रियाशील बनाउने गर्दछ।

ताहरू

तागतहरू तीन प्रकारका हुन्छन्:

  1. प्राकृतिक तागत
  2. पाचन र प्रजननका तागत हुन्। मुटु यस तागतको ठाउँमा छ र यो प्रक्रिया शरीरका हरेक अह्गमा हुन्छ। पाचनको सम्बन्ध मानव शरीरको पोषण र विकासको प्रक्रियासँगै छ। पोषण भोजनबाट प्राप्त हुन्छ र शरीरका सबै भागहरूमा लाने गर्दछ, जबकि वृद्धिको तागत मानव जीवको निर्माण र विकासका लागि जिम्मेदार छ।
  3. मानसिक ता
  4. तन्त्रिकाले मानसिक तागतलाई सन्दर्भित गर्दछ। यह मस्तिष्कभित्र रहन्छ र ज्ञान-विषयतिर चलने-फिरने तागतका लागि जिम्मेदार छ। ज्ञान-विषयको तागत सोच वा अनुभवले बताउछ र चलने-फिरने तागत अनुभवको प्रतिक्रियाका रूपमा चहल-पहलमा परिणत गराउछ।
  5. जीवन शक्ति
  6. जीवन शरीरलाई दुरस्त राख्नका लागि जिम्मेवार छ र मानसिक तागतका प्रभावलाई स्वीकार गर्नका लागि सबै अङ्गहरूलाई सक्षम बनाउने गर्दछ। यो तागत मुटुमा रहन्छ। यसले ऊतकहरूलाई जिउँदो राख्ने गर्दछ।

कार्य

यो घटक शरीरका सबै अङ्गहरूका हलचल र कार्य गर्नका लागि हो। एउटा स्वस्थ शरीरका विभिन्न अङ्गहरू केवल उचित आकारमा मात्र हुन्छन्, जबकि आफ्ना सम्बन्धित कार्यहरू  उचित तरिकाले गर्दछन्। यस मानव शरीरका कार्यहरूको पूरै विस्तारमा पूरा ज्ञान हुनु आवश्यक हुन्छ।

स्वास्थ्य:

स्वास्थ्य मानव शरीरको त्यस स्थितिसम्म सन्दर्भित हुन्छ जबसम्म शरीरका सबै कार्यहरू सामान्य रूपले गरिरहन्छन्। रोग स्वास्थ्यको विपरीत हो जसमा शरीरका एक वा अधिक अङ्गहरू वा रूपमा गड़बड़ हुन्छ।

निदान:

युनानी प्रणाली नैदानिक प्रक्रिया अवलोकन र शारीरिक परीक्षामा निर्भर छ। एकजना व्यक्तिको कुनै पनि बिमारीलाई यसको एउटा प्रभाव मानिन्छ:

  • त्यो सामान र सामग्री जसले त्यो बनिएको छ।
  • स्वभाव, संरचना र स्वभावका तागतको प्रकार जुनचाहिँ त्योसँग हुन्छ।
  • बाहिरबाट त्यसमा काम गर्नेखालका कारकहरूका प्रकार, र
  • त्यसका शारीरिक कार्यहरूलाई तटस्थ राख्ने प्रकृतिको प्रयास र जहाँसम्म सम्भव हुन्छ अवरोधहरूलाई पर राख्ने  प्रयास गर्नु।

सबै अन्तर सम्बन्धित कारकहरूलाई ध्यानमा राखेर, बिमारीको कारण र प्रकृतिको पत्तो लाएर उपचार निर्धारित गरिन्छ। निदानमा राम्रोसँगले र विस्तारमा रोगका कारणहरूको जाँच सामेल हुन्छ। यसका लागि, मुख्य रूपले चिकित्सकले पल्स (नाडी) जाँच्ने र मूत्र र मलको परीक्षामाथि निर्भर रहन्छ। मुटुको सिस्टोलिक र डायस्टोलिकद्वारा उत्पादित, धमनीहरू पालैपालो गरी सङ्कुचन र फैलाव हुनुलाई पल्स (नाडी) भनिन्छ।

नाड़ी पढ़ने र मूत्र र मलको शारीरिक परीक्षाको माध्यमका अतिरिक्त, निरीक्षण, आत्तेसपन, ठोकाइ र प्रच्छादनका रूपमा अरू परम्परागत साधन पनि निदानका प्रयोजनका लागि उपयोग गरिन्छ।

रोगक रोकथाम

रोगको रोकथाम यस प्रणालीका लागि त्यति नै चिन्ताको विषय हो जति त्यस बिमारीका उपचारको। आफ्नो प्रारम्भिक अवस्थादेखि नै कुनै मनुष्यका स्वास्थ्यको स्थितिमा नजिकको वातावरण वा परिस्थितिको अवस्थाको प्रभाव पर्नु स्वीकार गरिन्छ। भोजन, पानी र हावालाई प्रदूषण मुक्त राख्नु पर्दछ। स्वास्थ्यलाई महत्व दिनु र रोगको रोकथामका लागि छवटा अनिवार्य पूर्वापेक्षाहरू निर्धारित गरिएको छ। यी हुन्:

  • हावा
  • खाद्य र पेय
  • शारीरिक हलचल र आराम गर्नु
  • मानसिक हलचल र आराम गर्नु
  • सुत्नु र जागो रहनु
  • निकासी र प्रतिधारण

राम्रो र सफा हावालाई स्वास्थ्यका लागि सबैभन्दा आवश्यक मानिन्छ। प्रसिद्ध अरब चिकित्सक, एविसेन्नाले यो पत्तो लगाए कि पर्यावरणको बदलावले धेरै रोगग्रस्त रोगीहरूलाई राहत हुन्छ। उनले उचित भेन्टीलेशन भएका खुला हावा छिर्न सक्ने घरको आवश्यक माथि बल दिएका थिए।

यस्तो आशंका पनि गरिन्छ कि एकजना व्यक्ति सड़न र रोग उत्पादक तत्वहरूबाट मुक्त रहनका लागि ताजा भोजन खाने गरोस्। फोहोरी पानीलाई धेरै बिमारीहरूको एउटा वाहकका रूपमा मानिन्छ। त्यस कारण यो प्रणालीले, दृढ़ताका साथ भन्न चाहन्छ कि पानीलाई सबै प्रकारका अशुद्धिहरूबाट मुक्त राख्नु अति आवश्यक छ।

व्यायामका साथ-साथै आराम पनि स्वास्थ्य राम्रो राख्नका लागि आवश्यक मानिन्छ। व्यायामले मांसपेशिहरूको विकासमा मदत् गर्दछ र पोषण सुनिश्चित गर्दछ, रगतको आपूर्ति र अपशिष्ट निकास प्रणालीको क्रियाशीलता समुचित रूपमा बढ़द छ। यो छाती, मुटु र अन्य अङ्गहरूलाई राम्रो अवस्थामा राख्न सहयोग पुऱ्याउछ।

यो प्रणालीले खुशी, दुख, र रिस आदिका रूपमा मनोवैज्ञानिक कारणहरूले स्वास्थ्यमा पर्ने प्रभावलाई धेरै मात्रामा दस्तावेज़ीकृत गर्दछ। युनानी चिकित्साको एउटा शाखा मनोवैज्ञानिक उपचार हो, जुनचाहिँ यस विषयसँग विस्तारमा सम्बन्धित छ।

सामान्य रूपले सत्नु र उठ्नु राम्रो स्वास्थ्यका लागि आवश्यक मानिएको छ। निन्द्राले शारीरिक र मानसिक आराम प्रदान गर्दछ। यस्तो मानिन्छ कि यसको कमीले ऊर्जा, मानसिक कमजोरी र पाचनमा गड़बड़ी फैलाउने गर्दछ।

अपचिष्ट निकासका प्रक्रियाहरूलाई उचित र सामान्य कामकाज स्वास्थ्य राम्रो राख्नका लागि आवश्यक छ। यदि शरीरको अपशिष्ट उत्पाद सम्पूर्ण उत्सर्जित भएन भने वा जब त्यसमा गड़बड़ अथवा रोकावट हुन्छ, तब यो रोग र बिमारीको कारण बनिन्छ।

चिकित्सा विज्ञान

यस प्रणालीमा एकजना रोगीको सम्पूर्ण व्यक्तित्वलाई ध्यानमा राखिन्छ। प्रत्येक व्यक्तिको आफ्नो निजी संरचना, काया, मेकअप, आत्मरक्षा तन्त्र, पर्यावरणीय कारकहरूका लागि प्रतिक्रिया, मन पर्दो र नपर्दो हुन्छ।

युनानी चिकित्सामा उपचारका निम्नलिखित मुख्य प्रकार छन्

रेजिमेन्टल चिकित्सा

रेजिमेन्टल चिकित्सामा अपशिष्ट पदार्थहरूलाई हटाउने र शरीरको रक्षा तन्त्रमा सुधारद्वारा स्वास्थ्य रक्षा विशेष तकनीक/शारीरिक पद्धति हो। अर्को शब्दमा यो सबैभन्दा राम्रो, ज्ञात "डिटेक्सिफिकेशनको तरिका” हो।

रेजिमेन्टल उपचारमा महत्वपूर्ण तकनीकहरू ती बिमारिहरूका साथै, जसका लागि ती प्रभावी मानिन्छन्, संक्षेपमा तल दिइएको छ:

  1. वेनेसेक्टिओ उपचारक यस विधिलाई यसमा धेरै प्रभावी पाइएको छ:
    • रक्तसँग सम्बन्धित समस्याहरूमा सुधार र उच्च रक्तचापबाट छुटकारा
    • विषाक्तताबाट बचाउ र रगतमा अपशिष्ट पदार्थको संचयको रोकथाम
    • शरीरका विभिन्न भागहरूबाट व्यर्थ पदार्थहरूको उत्सर्जन
    • पाचन प्रक्रियाको उत्तेजना
    • कतिपय मासिक धर्मसम्बन्धी विकारहरूका कारण हुईटा बिमारहरूको उपचार
    • स्वभावमा सुधार गर्नु।
  2. चषकन: उपचारक यस विधिलाई यिनका लागि प्रयोग गरिन्छ:
    • छालाबाट व्यर्थ पदार्थहरूको साफ सफाई गर्नु
    • अत्यधिक मासिक धर्म वा नाकबाट रगत आउने बन्द गर्नु
    • यकृत रोगलाई ठीक गर्नु।
    • औलो र तिल्लीका विकारहरूको उपचार गर्नु।
    • बवासीर, अणडकोश र गर्भाशय फुल्ने, चिलाउने, पिलाहरू आदिको उपचार।
  3. पसिना आउनु:
  4. छाला, रगत र शरीरका अन्य भागहरूबाट अपशिष्ट पसिनालाई सामान्य प्रक्रियाका माध्यमले उत्सर्जित गरिन्छ। यसले धेरै गर्मीलाई घटाउनमा सहयोग गर्दछ। मनतातो पानीले नुहाउनु, मालिस र एउटा तातो हावा भएको कोठामा रोगीलाई राख्नु जस्ता कतिपय तरिकाहरूमा एउटा हो।

  5. डाइयूरेसिस वा मूत्राधिक्य:
  6. विषाक्त पदार्थ, अपशिष्ट उत्पाद र अतिरिक्त देहद्रव मूत्रका माध्यमबाट उत्सर्जित गरिन्छ। यो मुटु, छाती र फोक्सोका रोगका लागि उपचारका रूपमा लागू गरिन्छ। कहिलेकाहिँ मूत्राधिक्य भएको रोगीलाई एउटा चिसो कोठामा राखेर र चिसो पानी हालेर गरिन्छ।

  7. तुर्की स्नान:
  8. यसका लागि सिफारिश गरिन्छ:

    • व्यर्थ पदार्थ हटाउनु र पसिनामा वृद्धि
    • मन्द तातो प्रदान गर्नु
    • पोषण बढ़ाउनु
    • वसा कम गर्नु
    • वसा बढ़ाउनु

    चिसो पानीले नुहाउने गर्नु सामान्य स्वास्थ्यमा राम्रो हो। तातो पानीले नुहाउनु साधारणत पक्षाघात र मांसपेशी कक्रिने आदि जस्ता बिमारीहरूको चिकित्साका लागि मालिश पछि लागू गरिन्छ।

  9. मालिश:
  10. नरम मालिश सजिलो र आरामदायक हुन्छ, शुष्क र कठोर मालिशले अवरोध हटाउने गर्दछ र रगतको आपूर्ति बढ़छ, जबकि तेलले मालिश गर्दा मांसपेशिहरूलाई आराम दिन्छ र छाला नरम बनाउछ।

  11. जलन घटाउनु:
  12. यस तकनीकले दुखाइ, झनझनाहट र जलनमा आराम दिन्छ। यसले सुन्निएको घटाउन सहयोग गर्दछ र ट्यूमरलाई हटाउछ।

  13. हटाउनु:
  14. यसले एउटा अङगबाट विषको प्रकोप अरू अङ्गहरूमा स्थानान्तरित हुनबाट रोक्दछ। शरीरका जोड़ाइमा दुख्ने समस्यामा, यो तकनीक धेरै उपयोगी पाइएको छ। यो तकनीकद्वारा रोगजनक पदार्थ, जुनचाहिँ कतिपय संरचनाहरूद्वारा जोडिएका हुन्छन्।, हटाइन्छ वा सुधारिने गरिन्छ।

  15. सफाई:
  16. युनानी चिकित्साले आन्द्राको सफाइका लागि व्यापक रूपमा जुलाबको उपयोग गरिन्छ। यस पद्धतिको उपयोग गर्नका लागि लिखित नियम छ। यो विधि सामान्यत पाचन प्रक्रियालाई प्रभावित पार्दछ।

  17. उल्टी
  18. एमेटिक्सको उपयोग टाउको दुखाई, माइग्रेन, टोन्सिलाइटी, ब्रोन्कोन्यूमोनिया र दमाहको उपचारका लागि पनि गरिन्छ। यसले हर्ष र विषाद जस्ता मानसिक रोगहरूको उपचार पनि गर्दछ।

  19. व्यायाम:
  20. शारीरिक व्यायाम स्वास्थ्यको राम्रो हेरचाह र कतिपय बिमारीहरूको उपचारका लागि धेरै महत्वपूर्ण हुन्छ। यो भुँडी र पाचन प्रक्रियालाई मजबूत बनाउनका लागि राम्रो हो भनिन्छ। विभिन्न प्रकारका कसरतहरूका लागि नियम, समय, र शर्तहरू बनाइएको छ।

  21. लीचिङ्ग:
  22. यो विधि रगतमा भएको नराम्रो चीज हटाउनका लागि प्रयुक्त हुन्छ। यो छालाका  रोगहरू र रिङ्गवर्म आदिका लागि उपयोगी हुन्छ। यस प्रणालीले यसलाई लागू गर्नका लागि विशिष्ट स्थितिहरूको वर्णन गर्दछ।

आहार चिकित्सा

युनानी उपचारमा भोजनले एउटा महत्वपूर्ण भूमिका निर्वहन गर्दछ। भोजनको गुणवत्ता र मात्रालाई नियमित गर्नाले धेरै बिमारीहरूको सफलतापूर्वक उपचार गर्न सकिन्छ। धेरै प्रकाशित किताबहरू छन्, जहाँ विशिष्ट रोगहरूका सम्बन्धमा आहारका विषयमा भनिएको हुन्छ। कतिपय खाद्य पदार्थलाई रेचक, मूत्रवर्धक, र स्वेदजनक औषधका रूपमा मानिन्छ।

फार्मेकोथेरेपी

यस प्रकारका उपचारमा स्वाभाविक रूपले हुने औषधी सामेल छन्, धेरै जसो जड़ी-बुटीहरू छन्। जनावरहरू र खनिज मूलका औषधीहरूको पनि उपयोग गरिन्छ। यहाँ केवल प्राकृतिक औषधीहरूको मात्र उपयोग गरिन्छ किनकि ती स्थानीय रूपमा उपलब्ध छन् र शरीरमा पर्ने साथै प्रभावी हुन्छ। युनानी चिकित्साले यस्तो मानेर चल्दछ कि औषधीहरूको आफ्नै प्रभाव हुन्छ। जबकि यस प्रणालीमा व्यक्तिको विशेष रोगमाथि जोर दिइन्छ, र औषधी यसरी दिइन्छ  जुनचाहिँ रोगीको रोगसँग मिल्दछ, र यसरी स्वस्थ हुने प्रक्रियामा छिटो हुन्छ र प्रतिक्रिया हुने खतरा पनि हुँदैन। औषधीले आफ्नो तातोपन, चिसोपन, नम र सुकेको विभिन्न अवस्थामा असर गर्ने गर्छ। वास्तवमा औषधीलाई आफ्नो अवस्था अनुसार चारवटा वर्गमा विभाजन गरिन्छ र चिकित्सकले उसको आफ्नो शक्ति, रोगीको उमेर र अवस्था, रोगको प्रकृति र गम्भीरतालाई ध्यानमा राख्ने गर्दछन्। औषधीहरू पाउडर, गिलो, तितो, अमिलो, गुलियो, सिराप र पील आदिका रूपमा प्रस्तुत गरिन्छ।

सर्जरी/शल्यक्रिया

यो चिकित्सा धेरै सीमित मात्रामा उपयोग गरिने गरिन्छ, जबकि युनानी प्रणालीलाई यस क्षेत्रमा अग्रणी हुने र आफ्ना निजी उपकरण र तकनीकहरू विकसित गर्ने श्रेय दिइन्छ। हालमा यस प्रणालीमा केवल मामूली सर्जरी मात्र उपयोगमा ल्याइएको छ।

युनानीमा औषधीको नियन्त्रण

भारतमा युनानी औषधीको निर्माण, औषधी र प्रसाधन सामग्री 1940, अधिनियम, र त्यसका आधारमा समय-समयमा संशोधित नियमद्वारा प्रशासित भएको है। भारत सरकारद्वारा गठित औषधी तकनिकी सलाहकार बोर्ड यस अधिनियमलाई प्रवर्तन गर्नलाई जिम्मेदार हुन्छ। यहाँ एउटा औषधी परामर्श समिति छ। यस समितिले देशमा औषधी र प्रसाधन सामग्री अधिनियमका मामिलाहरूमा प्रशासनमा एकरूपता सुनिश्चित गर्नका लागि केन्द्र र राज्य सरकारहरू/ बोर्डहरूलाई सलाह दिने गर्दछन्।

भारत सरकारको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले युनानी औषधीहरूको निर्माणका लागि समान मानक विकसित गर्नलाई युनानी भेषज संहिता समितिको गठन गरेको छ। यस समितिमा युनानी चिकित्सा, रसायन विज्ञान, वनस्पति विज्ञान र औषधी जस्ता विभिन्न क्षेत्रहरूका विशेषज्ञ रहन्छन्।

युनानी फार्माकोपिया (भेषज)

भेषज मानकहरूको एउटा पुस्तक छ, जुनचाहिँ औषधीहरूको मानकको अनुपालन र परीक्षण/ विश्लेषणका प्रोटोकलका सम्बन्धमा गुणवत्ता नियन्त्रणका लागि आवश्यक छ। यी मानकहरू/ धेरैजसो युनानी भेषज समितिद्वारा अन्तिम रूप दिइन्छ/; प्रयोगात्मक कार्यको जिम्मेवारी भारतीय चिकित्साका लागि भेषज प्रयोगशालालाई सुम्पिएको छ।

1091तत्वका पाँचवटा भाग भएको नेशनेल फर्मूलेरी फर युनानी मेडिसिन (NFUM) र एकल मूलका औषधीहरूमा 298 मोनोग्राफ सहित युनानी फार्माकोपिया अफ इण्डिया (UPI) का छवटा भाग तथा 50 यौगिक तत्वका युनानी फार्माकोपिया अफ इण्डिया, भाग-II, भोल्यूम-I प्रकाशित गरिएको छ।

भेषज प्रयोगशाला

द फार्मेकोपिअल लेबोरेटरी फर इण्डियन मेडिसिन (पीएलआईएम) गाजियाबाद, वर्ष 1970 मा स्थापित औषधीका आयुर्वेद, युनानी र सिद्ध चिकित्सा प्रणालीका लागि मानक निर्माण-सह-औषधी परीक्षण प्रयोगशाला छ र राष्ट्रिय स्तरमा औषधी र प्रसाधन सामग्री अधिनियम 1940 अन्तर्गत कानूनको सीमाभित्र शामिल छ। प्रयोगशालाद्वारा तयार गरिएका आँकड़ा आयुर्वेद, युनानी एवं सिद्धसँग सम्बन्धित भेषज समितिहरूको अनुमोदन पछि क्रमशः आयुर्वेद, युनानी र सिद्ध चिकित्सा प्रणालीहरूलाई भेषजहरूमा प्रकाशित  गरिन्छ।

युनानीमा अनुसन्धान

  • मसीह-उल-मुल्क-हकीम अजमल खानले मूल रूपमा औषधीलाई युनानी प्रणालीमा 1920 को दशकमा अनुसन्धान गर्ने अवधारणा विकसित गरेका थिए। आफ्नो समयको एउटा बहुमुखी प्रतिभा, हकीम अजमल खानले अति चाँडै अनुसन्धानको महत्वलाई अनुभव गरे र उनको जिज्ञासु प्रकृतिने डा. सलीमुज़्ज़मान सिद्दीकी, जुनचाहिँ आयुर्वेदिक र युनानी तिब्बिया कलेज, दिल्लीमा अनुसन्धान कार्यमा लागेका थिए, उनलाई देखे।
  • डा. सिद्दीकीका बोट बिरूवाबाट औषधी गुणको खोज, जसलाई सामान्य तवरमा पागल बूटी भनिन्छ, ले निरन्तर शोध गरी रहे जसले यी बिरूवाको विरल प्रभावकारितालाई स्थापित गरे, जहाँ दुनियाँभरमा न्युरोवेस्कुलर वा स्नायु विकारहरू जस्तै उच्च रक्तचाप, पागलपन, हिस्टोरिया, अनिद्रा र मानसिक परिस्थितिका लागि प्रभावी मानिन्छ। 1969 मा केन्द्रीय परिषद् भारत सरकारको संरक्षणमा, देशी औषधीमा युनानी औषधीहरू सहित देशी प्रणालीमा व्यवस्थित शोध आरम्भ गरियो।
  • भारतीय चिकित्सा र होम्योपेथी (CCRIMH) मा अनुसन्धानका लागि युनानी चिकित्सामा लगभग एक दशकसम्म शोध गतिविधियहरू यस परिषदको तत्वावधान गरियो। वर्ष 1978 मा, CCRIMH लाई चारवटा भिन्नै अनुसन्धान परिषदमा विभाजित गरेको थियो, आयुर्वेद र सिद्ध, युनानी औषधी, होम्योपेथी, योग वा प्राकृतिक चिकित्सा – प्रत्येकका लागि एउटै।

केन्द्रीय युनानी चिकित्सा अनुसन्धान परिषद

युनानी चिकित्सा अनुसन्धानका लागि केन्द्रीय परिषदले जानुवारी 1979 बाट स्वास्थ्य र परिवार कल्याण मन्त्रालय, भारत सरकारको एउटा स्वायत्त सङ्गठनका रूपमा स्वतन्त्र रूपले कार्य गर्ने शुरू गऱ्यो।

धेरै जानकारीका लागि: www.ccrum.net मा जानुहोस्।

युनानी अस्पताल र औषधालय

युनानी औषधी प्रणाली साधारण जनताका बीचमा धेरै लोकप्रिय छ। युनानी चिकित्सालाई देश भरमा छरेर रहेका चिकित्सक, राष्ट्रिय स्वास्थ्य हेरचाह वितरण र संरचनाको एउटा अभिन्न अङ्ग हो। उपलब्ध सरकारी आँकड़ाका अनुसार, देशमा 47,963 पञ्जीकृत युनानी चिकित्सक छन्।

हालैमा 15 राज्यहरूमा युनानी अस्पताल छन्। देशका विभिन्न राज्यहरूमा कार्य गरिरेका अस्पतालहरूका मुठ संख्या 263 छन्। यी सबै अस्पतालहरूमा कुल बिस्तराहरूको संख्या 4686 छन्।

देशका बीसवटा राज्यहरूमा युनानी औषधालय छन्। युनानी औषधालयहरूका मुठ संख्या 1028 छन्। यसका अतिरिक्त, दसवटा औषधालय - आन्ध्र प्रदेशमा दुईवटा, उत्तर प्रदेश, कर्नाटक र पश्चिम बङ्गाल प्रत्येकमा एउटा दिल्लीमा पाँचवटा औषधालय केन्द्रीय सरकारको स्वास्थ्य योजना (सीजीएचएस) अन्तर्गत कार्य गरिरहेका छन्।

युनानीमा शिक्षा

औषधीको युनानी प्रणालीमा शिक्षा र प्रशिक्षण सुविधाहरूलाई वर्तमान भारतीय केन्द्रीय चिकित्सा परिषदद्वारा हेरचाह गरिँदै छ, जुनचाहिँ भारतीय केन्द्रीय चिकित्सा परिषदको अधिनियम 1970 का रूपमा जानिन्छ जुनचाहिँ संसदको एउटा अधिनियमद्वारा स्थापित एक सांविधिक निकाय हो। हालैमा, देशमा 40 मान्यता प्राप्त युनानी चिकित्सा कलेज छन्, जसले यस प्रणालीमा शिक्षा र प्रशिक्षण सुविधाहरू प्रदान गर्दछ। यी कालेजहरूमा स्नातक पाठ्यक्रमहरूका लागि प्रति वर्ष कुल 1770 छात्रहरूलाई प्रवेश दिने क्षमता छ। ती या त सरकारी संस्थाहरू हुन् या स्वैच्छिक सङ्गठनहरूद्वारा स्थापित गरिएको हो। यी सबै शैक्षिक संस्थानहरू विभिन्न विश्वविद्यालयहरूसँग सम्बद्ध छन्। भारतीय केन्द्रीय चिकित्सा परिषदद्वारा निर्धारित गरिएका पाठ्यक्रमलाई यी संस्थानद्वारा अनुसरण गरिन्छ।

फार्मेकोलोजी, औषध, बुनियादी सिद्धान्त, हाइजिन, सर्जरी, स्त्री रोग आदि विषयहरूमा स्नातकोत्तर शिक्षा र अनुसन्धान सुविधाहरू उपलब्ध छन्। यी पाठ्यक्रमहरूका लागि कुल प्रवेश क्षमता 79 हो।

नेशनल इन्स्टिट्यूट फ युनानी मेडिसिन, बेंगलोर

राष्ट्रिय युनानी चिकित्सा संस्थान, बेङ्गलोर 19 नभेम्बर 1984 मा सोसाइटी पञ्जीकरण अधिनियम अन्तर्गत युनानी चिकित्सा प्रणाली विकास र प्रचारका लागि उत्कृष्टताको एउटा केन्द्र विकसित गर्न पञ्जीयन गरिएको छ। N.I.U.M. भारत सरकार र कर्नाटकको राज्य सरकारको एउटा संयुक्त उद्यम हो. यो राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय. – बेंगलोर, कर्नाटकसँग सम्बद्ध छ।

धेरै जानकारीका लागि वेबसाइट:  www.nium.in मा जानुहोस्

सम्बन्धित स्त्रोत

  1. युनानीमा घरेलु उपचार
  2. आयुष अनुसन्धान पोर्टल
  3. आयुष विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, भारत सरकार

Last Modified : 12/12/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate