सेयर
Views
  • State: Open for Edit

सिद्ध

सिद्धका बारेमा तथा चिकित्साको क्षेत्रमा सिद्धको मबत्व र यसको भूमिका यबोँ उल्लेख छ।

सिद्धको उत्पत्ति

सिद्ध प्रणाली भारतमा औषधीको सबैभन्दा पुरानो प्रणालीहरूमध्ये एउटा हो। 'सिद्ध' शब्दको अर्थ हो उपलब्धिहरू र सिद्ध, संत पुरुष थिए जसले औषधीमा परिणाम हासिल गर्दथे। यस्तो भनिन्छ कि अठार सिद्धहरूले यस चिकित्सा प्रणालीका विकासको दिशामा योगदान दिएका छन्। सिद्ध साहित्य तमिल भाषामा लेखिएको छ र यो भारतको तमिल भाषी स्थानमा तथा विदेशमा धेरै मात्रामा प्रचलित छ। सिद्ध प्रणाली धेरै हदसम्म प्राकृतिक चिकित्सामा विश्वास गर्दछ।

सिद्धको इतिहास

सृष्टिका निर्माताद्वारा मानव जातिलाई गरिएको आवन्टित मूल घर पूर्व दिशामा र सही तवरमा भारतको ऊष्ण र उपजाऊ क्षेत्रमा थियो। यहीँबाट मानव जातिले आफ्नो संस्कृति र केरियार शुरु गरे। त्यसैले, भारतलाई कुनै सन्देह बिना कसैको यस्तो देश भनिन्छ जहाँबाट मानव संस्कृति र सभ्यताको उद्भव र प्रसार भयो। भारतीय इतिहासका अनुसार आर्यहरू आउनुभन्दा पहिले, द्रविड़हरू भारतका पहिला निवासी थिए जसमा तमिल सबैभन्दा प्रमुख थिए। केवल तमिलहरू सबैभन्दा पहिले सभ्य मात्रै भएनन् जबकि यी ती मान्छे थिए जसले कुनै पनि अरू आदिम मान्छेको तुलनामा सभ्यतामा अति चाँडो प्रगति गरे। भारतका भाषाहरू दुईटा महान वर्गमा विभाजित थिए, उत्तरमा मुख्य रूपमा संस्कृत र दक्षिणमा स्वतन्त्र आधारका साथ द्रविड़ भाषा। चिकित्सा विज्ञान मान्छेको स्वास्थ्य वा अस्तित्व बचाएर राख्नका लागि मौलिक महत्वको छ र यसको मान्छेसँग उद्भव भएर सभ्यताको रूपमा विकास भयो होला। अतः त्यस समयको सटीक बिन्दुलाई निर्धारित गर्ने कोशिश गर्नु जब यी पद्धतिहरूको शुरुआत भयो, यो व्यर्थ प्रयासहो। ती चिरन्तन हुन्, मान्छेसँगै शुरु भयो र उसँगै सकिन्छ। दक्षिणमा सिद्ध फल्दो-फुल्दो थियो र उत्तरमा आयुर्वेद प्रचलित थियो। यी प्रणालीहरूको संस्थापकका रूपमा कुनै व्यक्तिको नाम दिनु भन्दा हाम्रा पुर्खा सृष्टिमा यसका निर्माता वा मूल जनक हुन् भनिएको छ। परम्पराका अनुसार ती शिव थिए जसले सिद्ध चिकित्सा प्रणालीको ज्ञान आफ्नी पत्नी पार्वती ली बताए। त्यसपछि पार्वतीले नन्दी देवलाई र नन्दीले सिद्धलाई हस्तान्तरित गरे। सिद्ध प्राचीन कालमा महान वैज्ञानिक थिए।

परम्पराका अनुसार, सिद्ध चिकित्सा प्रणालीको मूलमा श्रेय महान सिद्ध ‘अगस्तियार’ लाई दिइन्छ। उनका कतिपय काम अहिले पनि औषधी वा शल्यक्रियाका मानक पुस्तकहरूको भाग हो र सिद्ध चिकित्सकद्वारा दैनिक उपयोग गरिन्थ्यो।

सिद्धका मूल अवधारणाहरू

यस प्रणालीका सिद्धान्त र नियम, साधारण र व्यवहारिक दुवै रसायन विज्ञानमा विशेषज्ञताका साथ आयुर्वेदसँग एउटा नजिक समानता छ। यस प्रणालीका अनुसार मानव शरीर ब्रह्माणडको प्रतिकृति हो र त्यसरी नै भोजन वा औषधीहरू पनि आफ्नो मूलबाट निस्केका हुन्छन्। आयुर्वेदको जस्तै यस प्रणालीको भनाई छ कि मानव शरीरसहित ब्रह्माण्डमा सबै वस्तुहरू पाँचवटा मूल तत्व अर्थात् पृथ्वी, जल, अग्नि, वायु र आकाशले बनिएको हो। जुन भोजन मान्छेले खान्छन् र जुन औषधीको प्रयोग गर्दछन् ती सबै यी पाँचवटा तत्वहरूबाट बनिएका हुन्। औषधीमा रहेका तत्वहरूको अनुपात बदलिएको छ र त्यसको प्रमुखता वा कतिपय क्रियाहरू र चिकित्सकीय परिणाम पनि भिन्न छ।

आयुर्वेदको जस्तै सिद्ध प्रणाली पनि मानव शरीरका तीनवटा देहद्रवहरू, सातवटा बुनियादी ऊतकहरू तथा मल, मूत्र र पसिना जस्तै अपशिष्ट उत्पादहरूका रूप मान्दछ। भोजन मानव शरीरको बुनियादी निर्माण सामग्री मानिन्छ जुनचाहिँ देहद्रवहरू, शरीरका ऊतकहरू र अपशिष्ट उत्पादहरूमा जोडिन्छ। देहद्रवहरूको सन्तुलन स्वास्थ्यको रूपमा मानिन्छ र यसमा गड़्बड़ वा असन्तुलन भएमा रोग वा बिमारी उब्जिन्छ। यो प्रणाली जीवनमा मोक्षको अवधारणासँग पनि सम्बन्धित छ। यस प्रणालीमा विश्वास राख्नेहरू मान्दछन् कि यो अवस्थाको प्राप्ति औषधी र ध्यानद्वारा सम्भव हुन्छ।

औषध – विवरणीका

यस प्रणालीले औषधीका ज्ञानको एउटा समृद्ध र विरल भण्डार विकसित गरेको छ जसमा धातु र खनिजहरूको उपयोगको प्रबल वकालत गरिएको छ। खनिज, औषधी विवरणीका क्षेत्रमा ज्ञानका प्रणालीको गहिराइका बारेमा केही अनुमान औषधीको विस्तृत वर्गीकरणद्वारा गर्न सकिन्छ, जुनचाहिँ संक्षेपमा तल दिइएको छ:

  • पानीमा घोलिने अकार्बनिक ‘उप्पु’ नामको यौगिकहरू 25 खाले हुन्छन्। यी क्षार र लवणका विभिन्न प्रकार हुन्।
  • खनिज औषधीहरूका यस्ता 64 वटा किसिम छन् जुनचाहिँ पानीमा घोलिँदैनन् तर आगोमा  हाल्दा वाष्प उत्सर्जन गर्दछन्। यिनमा बत्तीसवटा प्राकृतिक हुन् र रहल कृत्रिम हुन्।
  • यस्ता 7 वटा औषधीहरू हुन् जुन पानीमा घोलिँदैनन् तर तताउँदा वाष्प उत्पन्न गर्दछन्।
  • यस प्रणालीले धातुहरू र मिश्र धातुहरूलाई भिन्ना-भिन्नै वर्ग बनाएको छ, जुनचाहिँ तताउँदा पघ्लिन्छ र चिस्याउजा ठोस बनिन्छ। यिनमा सुन, चाँदी, तामा, टिन, सीसा र लोहा जस्ता आइटम रहेका छन्। यिनलाई विशेष प्रक्रियाद्वारा पोलेर (इन्सिनरेट) औषधीमा प्रयोग गरिन्छ।
  • औषधीहरूको एउटा समूह हो जुन पोल्दा सब्लिमेशन दर्शाउछ र यसमा पारा वा त्यसका विभिन्न समूह जस्तै पाराको रेड सल्फाइड, मर्क्यूरिक क्लोराइड तथा पाराको रेड अक्साइड आदि सामेल छन्।
  • सल्फर, जुनचाहिँ पानीमा घोलिँदैन, चिकित्सा विज्ञानमा र स्वास्थ्यको हेरचाहमा उपयोगका लागि पारासँग सिद्ध औषध विवरणिकामा महत्वपूर्ण स्थान ओगटेको छ।
  • उपर्युक्त वर्गीकरणले खनिजहरूको विस्तृत ज्ञान र अध्ययनलाई दर्शाउछ जुन यस प्रणालीले उपचारका लागि विकसित गरिएको छ। यसका साथै पशुको स्रोतहरूबाट प्राप्त औषधीहरू छन्। साधारण रोगहरू र बीमारीहरूको उपचारका लागि यस प्रणालीको प्रकाशन र हस्तलिखित-पुस्तिका छन्।

सिद्धमा रसायन शास्त्र

सिद्ध प्रणालीमा रसायन शास्त्र औषधी र रसायन विद्याको एउटा सहायक विज्ञानका रूपमा राम्रोसँगले विकसित भएको पाइएको छ। त्यसलाई औषधी तयार गर्न र मूल धातुहरूलाई सुनमा रूपान्तर गर्न उपयोगी पाइएको थियो। बोट-बिरूवा र खनिजको ज्ञान धेरै स्तरको थियो र ती विज्ञानका लगभग सबै शाखाहरूबाट पूरा परिचित थिए। सिद्ध र कतिपय प्रक्रियाहरूमा विभाजित अपरेशनका बारेमा पनि जानकार थिए जस्तै कि केल्सिनेशन, सब्लिमेशन, डिस्टिलेशन, फ्यूज़न, सेपरेशन कन्जंक्शन र कम्बिनेशन, कनिजीलेशन, साइबेशन, फर्मंटेशन, एक्ज़ल्टेशन अर्थात् सुनको निर्धारण वा परिष्कृत गर्ने प्रक्रिया अर्थात् त्यसलाई नन-वोलेटाइल अवस्थामा ल्याउनु अर्थात् आगो, शुद्धि, धातुहरूलाई जलाउनु, द्रवीकृत गर्नु, निकासी आदिको प्रतिरोध गर्ने अवस्थामा ल्याउनु।

यहाँसम्म कि सुन र चाँदीको क्युपेलेशन जुनचाहिँ रसायन विद्यामा एउटा आवश्यक प्रक्रिया हो जसको अरबका मानिसद्वारा खोजिएको दावा गरिएको छ, तर धेरै समय अघिदेखि सिद्धहरूलाई थाहा थियो।
ती पली-फार्मासिस्ट पनि थिए र रासायनिक पदार्थहरूको बइलिङ, डिजोल्विङ, प्रेसिपिटेटिङ तथा कोएगुलेटिङमा संलिप्त थिए। त्यसका केही गुप्त तरिका, विशेष रूपमा आगाको प्रतिरोध गर्न नसक्ने सल्फर, हरताल, सिन्दुर, आर्सेनिक जस्ता कतिपय अस्थिर पदार्थहरीको फिक्सिङ र मजबूत बनाउनु आदि पनि रहस्य बनिएको छ।

सिद्धको शक्ति

सिद्ध प्रणाली आपातकालीन मामिलहरूका साथै रोगका अरू सबै प्रकारका उपचारमा सक्षम छ। सामान्य रूपमा यो प्रणाली गाँठा र एलर्जी विकारका साथै छालाका समस्याहरूका सबै प्रकार, विशेष रूपले सोरियासिस, यौन संचरित रोग, मूत्र पथको संक्रमण, यकृत र गेस्ट्रो आन्द्रा पथका रोगहरू, सामान्य दुर्बलता, प्रसवोत्तर अरक्तता, दस्त र सामान्य ज्वरोको दवाइ गर्नमा प्रभावी छ।

सिद्धमा निदान र उपचार

रोगहरूको निदानमा त्यसको कारण जान्नु सामेल छ। कारकको चिह्नारी नाड़ी, मूत्र, आँखाहरू, आवाजको अध्ययन, शरीरको रंग, जीब्रो र पाचनतन्त्रको स्थितिको परीक्षाका माध्यमले गरिन्छ। यस प्रणालीले मूत्र परीक्षाको विस्तृत प्रक्रिया तयार गरेको छ जसमा त्यसको रंग, गन्ध, घनत्व, मात्रा र तेल ड्रप प्रसार पेटर्नके अध्ययन सामेल छन्। यो दृष्टिकोण एउटा समग्र रूपमा छ र निदानमा व्यक्तिको पूर्ण रूपले साथै उसका रोगको अध्ययन सामेल छ।

चिकित्साको सिद्ध प्रणालीले यस कुरामा जोर दिन्छ कि चिकित्सा उपचार केवल रोगका लागि मात्र होइन, त्यो रोगी, पर्यावरण, मौसमको स्थिति, उमेर, लिंग, जाति, बानी-बेहोरा, मानसिक फ्रेम, निवास स्थान, आहार, भोक, शारीरिक स्थिति, शारीरिक गठन आदिको पनि ध्यान राख्ने गर्दछ। यसको अर्थ यो हो कि उपचार व्यक्तिपरक हो, जसले यो सुनिश्चित गर्दछ कि निदान वा उपचारमा त्रुटिहरू न्यूनतम होस्।

सिद्ध प्रणाली महिलाहरूको स्वास्थ्य सम्बन्धी समस्याहरू पनि हेर्दछ र सिद्ध क्लासिक्समा धेरै नुस्खा उपलब्ध छन् जुन एउटा स्वस्थ्य जीवनका लागि समस्याहरूको प्रतिस्पर्धा गर्न सक्दछ। महिलाहरूको स्वस्थ्यका लागि हेरचाह बच्चा जन्मिने पहिले दिनदेखि नै शुरू हुन्छ। सिद्ध प्रणालीले जीवनको पहिलो तीन महिनासम्म स्तनपान गराउन प्रबल वकालत गर्दछ। सिद्ध प्रणालीले यस सिद्धान्तमा विश्वास राख्दछ कि भोजन स्वयं औषधी हो र नर्सिंग गर्ने समयमा, स्तनपान गराउने आमालाई लोहा, प्रोटीन र फाइबरले भरपूर भोजन खाने सलाह दिइन्छ किनकि बच्चा र आमा दुवै कुनै पनि पोषक तत्वहरूको विकारबाट बचाउन सकियोस्। 15 दिनमा एकपल्ट आमाहरूलाई कृमिनाश गर्नका लागि सरल उपचार लिने सलाह दिइन्छ जबकि ती रक्तहीनताले पीड़ित नहुन्।

कुनै पनि सङ्क्रमणका कारण रोगहरू वा अर्थोकका लागि उपचार, विशेष रूपमा रोगको परीक्षाका आधारमा व्यक्तिपरक हुन्छ। एकपल्टमा धेरै बालिका रजोदर्शन प्राप्त गरे भने, त सिद्ध प्रणालीमा यस्ता औषधी तयार छन् जुनचाहिँ त्यसलाई भविष्यमा एउटा स्वस्थ बच्चालाई जन्म दिनका लागि उसको प्रजनन् प्रणालीलाई मजबूत बनाउन सक्छ। साथै रजोनिवृत्ति समाप्त भए पछि देखिने समस्याहरू, विशेष रूपले हार्मोनेल असन्तुलनसँग सम्बन्धित समस्याहरूका लागि प्रभावी उपचार उपलब्ध छन्।

सिद्ध प्रणाली यकृत, त्वचा रोग विशेष रूप से सोरायसिस, आमवाती समस्याओं, अरक्तता, प्रोस्टेट बढ़ने, खूनी बवासीर र पेप्टिक अल्सर के जीर्ण मामलों के उपचार में कारगर है। सिद्ध औषधीहरू जसमा पारा, चाँदी, आर्सेनिक, सीसा, र सल्फर सामेल छन्, र ती रोगहरू सहित कतिपय संक्रामक रोगहरूको इलाजमा प्रभावी पाइएको छ। चिकित्सकहरूको दावा छ कि सिद्ध औषधीहरू एचआईवी/एड्स का बिरामीहरूका बीचमा प्रकट भएको अत्यधिक दुर्बल पार्ने समस्याहरूलाई कम गर्नमा प्रभावी हुन्छ। हालमा यी औषधीहरूको प्रभावकारिताका बारेमा धेरै अनुसन्धान जारी छ।

सिद्धको राष्ट्रीय संस्थान (एनआईएस), चेन्नई

राष्ट्रीय सिद्ध संस्थान (एनआईएस), चेन्नई आयुष विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, भारत सरकारको नियन्त्रणका अधीनमा एउटा स्वायत्त सङ्गठन छ। यसको 14.78 एकड जमीनमा निर्माण गरिएको छ। यो संस्थान सोसाइटी अधिनियम अन्तर्गत पञ्जीकृत गरिएको थियो। यो  संस्थानमा सिद्ध छात्रहरूका लागि स्नातकोत्तर पाठ्यक्रम आयोजित गर्दछ, यस प्रणालीका माध्यमले चिकित्सा रेखदेख प्रदान गरिन्छ, यसका विभिन्न अवस्थाहरूमा अनुसन्धान आयोजित गर्दछ र यस विज्ञानको विकास वा प्रचारलाई अघि बढाउछ। यो केवल सिद्ध चिकित्सा लिने एउटा प्रमुख संस्थान मात्र होइन, साधारण जनता तथा सबै क्षेत्रहरूका मान्छेलाई तमिल औषधी उपलब्ध गराउन, अनुसन्धान गतिविधिहरूलाई प्रोत्साहन दिनका लागि पनि हो। यो संस्थान तमिलनाडु सरकारको एउटा संयुक्त उद्यमका रूपमा भारत सरकारद्वारा स्थापित गरिएको हो। पुञ्जीगत व्ययका लागि भारत सरकार र राज्य सरकारको भागीदारी 60:40 को अनुपातमा छ र हुने व्ययका लागि 75:25 को अनुपातमा रहेको छ। यो संस्थान हाम्रो राष्ट्रका माननीय प्रधानमन्त्री डा. मनमोहन सिंहद्वारा 3-9-05 मा समर्पित गरिएको हो।

हरेक साल, यस संस्थानमा, 46 जना छात्र भर्ती गरिन्छ र उनीहरूलाई स्नातकोत्तरका छवटा शाखाहरू – मरुथुवम (जेनेरल मेडिसिन), गुणपदम (फार्माकोलोजी़), सिरप्पु मरुथुवम (विशेष चिकित्सा), कुज़ंडाइ मरुथुवम (शिशु रोग), नोइ नाडाल (सिद्ध पेथोलोजी) तथा नन्जु नूलम मरुथुवा नीथि नूलम (विष विज्ञान र चिकित्सा न्यायशास्त्र)मा गुणवत्तापूर्ण शिक्षा दिइन्छ। यस संस्थानलाई तमिलनाडुका डा. एमजीआर मेडिकल विश्वविद्यालय, चेन्नईद्वारा सिद्धमा पीएचडीको डिग्री दिनका लागि एउटा केन्द्रका रूपमा अनुमोदित गरिएको छ।

स्त्रोत: आयुष विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, भारत सरकार

2.8
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top