होम / स्वास्थ्य / आयुष / आयुर्वेद
सेयर
Views
  • State: Open for Edit

आयुर्वेद

आयुर्वेदका-मूल अवधारणाहरू के के हुन् र यसको महत्त्वबारे यहाँ उल्लेख छ।

आयुर्वेदका-मूल अवधारणाहरू

आयुर्वेद भारतीय उपमहाद्वीपको एउटा प्राचीन चिकित्सा प्रणाली हो। यस्तो पनि मानिन्छ जबकि यो प्रणाली भारतमा 5000 वर्ष पहिले नै उत्पन्न भएको थियो। आयुर्वेद शब्द संस्कृतका दुईटा शब्द ‘आयुष’ जसको अर्थ हो जीवन र ‘वेद’ जसको अर्थ 'विज्ञान' हो, मिलेर बनिएको हो’ अतः यसको शाब्दिक अर्थ हो' जीवनको विज्ञान'। अरू औषधी प्रणालीहरूको विपरीत, आयुर्वेदले रोगहरूको उपचार गर्नु भन्दा स्वस्थ जीवन शैलीमा धेरै ध्यान केन्द्रित गर्दछ। आयुर्वेदको मुख्य अवधारणा के हो भने उसले उपचारित हुने प्रक्रियालाई व्यक्तिगत बनाउने गर्दछ।

आयुर्वेदका अनुसार मानव शरीर चारवटा मूल तत्वहरूले बनिएको छ - दोष, धातु, मल र अग्नि। आयुर्वेदमा शरीरका यी बुनियादी कुराहरूको अत्याधिक महत्व छ। यिनलाई ‘मूल सिद्धान्त’ वा आयुर्वेदिक उपचारका बुनियादी सिद्धान्त’ हुन् भनिन्छ।

दोष

दोषहरूका तीनवटा महत्वपूर्ण सिद्धान्त छन् वात, पित्त र कफ, जसले एकैचोटि अपचयी र उपचय चयापचयलाई विनियमित र नियन्त्रित गर्दछ। यी तीनवटा दोषहरूका मुख्य कार्य हुन् सारा शरीरमा पचेका खाद्य पदार्थहरूको प्रतिफललाई लैजानु, जसले शरीरका ऊतकहरूको निर्माण गर्नमा सहाय गर्दछ। यी दोषहरूमा आउने कुनै पनि गडबडी बिरामी पर्ने कारण बन्दछ।

धातु

जसले शरीरलाई तागत दिने गर्दछ, उसका रूपमा धातुलाई परिभाषित गर्न सकिन्छ। शरीरमा सातवटा ऊतक प्रणालीहरू हुन्छन्। ती हुन्- रस, रक्त, मासु, बोसो, अस्थि, मज्जा र शुक्र जुनचाहिँ क्रमशः प्लाज्मा, रगत, वसा ऊतक, अस्थि, अस्थि मज्जा र वीर्यको प्रतिनिधित्व गर्दछ। धातुले शरीरलाई केवल बुनियादी पोषण प्रदान गर्दछ र यसले मस्तिष्कको विकास र संरचनामा सहयोग गर्दछ।

मल

मलको अर्थ हो शरीरमा पचेको पदार्थ वा फोहोर। यसले शरीरलाई तिकडी वा दोषहरूबाट बचाउछ र यो धातुमा तेस्रो हो। मलका तीनवटा मुख्य प्रकार छन्, जस्तै मल, मूत्र र पसिना। मल मुख्य रूपले शरीरमा पचेको उत्पाद हो त्यसैले मान्छेको स्वास्थ्य राम्रो रहनका लागि उसका शरीरबाट उचित मात्रामा मल निस्कनु आवश्यक हुन्छ। मलका दुईटा मुख्य अर्थ छन् अर्थात् मल र पित्त। मल शरीरमा पचेका उत्पादहरूसँग सम्बन्धित छन् जबकि पित्त धातुहरूको अपशिष्ट उत्पादहरूका बारेमा सम्बन्धित छ।

अग्नि

शरीरको चयापचय र पाचन गतिविधिका सबै प्रकारका शारीरिक जैविक आगोका सहायताले चल्ने गर्दछ जसलाई अग्नि भनिन्छ। अग्निलाई आहार नली, यकृत तथा ऊतक कोशिकाहरूमा रहेका एन्जाइमका रूपमा रहन्छ भनिन्छ।

शारीरिक संरचना (ढाँचा)

आयुर्वेदमा जीवनको कल्पना शरीर, इन्द्रियहरू, मन र आत्माको संस्थाका र रूपमा हुन्छ। जीवित व्यक्ति तीनवटा देहद्रव (वात, पित्त र कफ), सातवटा बुनियादी ऊतकहरू (रस, रक्त, मासु, बोसो, अस्थि, मज्जा र शुक्र) र शरीरमा पचेका उत्पादहरू जस्तै मल, मूत्र, र पसिनाहरूको एउटा समूह हो। यस प्रकार कुल शारीरिक ढाँचामा देहद्रव, ऊतकर शरीरका पचेका उत्पादहरू सामेल छन्। यी शारीरिक ढाँचा र उसका घटकहरूको वृद्धि क्षय भोजनका नजिक घुम्ने गर्दछन् जुनचाहिँ शरीरलाई आवश्यक पर्ने तत्व, ऊतकहरू, र अपशिष्टमा संसोधित गर्दछ। भोजन भित्र लानु, त्यसको पाचन, अवशोषण, आत्मसात गर्ने तथा चयापचयको स्वास्थ्य र रोगसँग एउटा परस्पर क्रिया हुने गर्दछ जुनचाहिँ मनोवैज्ञानिक तन्त्र  तथा जैव आगो (अग्नि) बाट धेरै मात्रामा प्रभावित पार्दछ।

पञ्चमहाभूत

आयुर्वेदका अनुसार मानव शरीर लगायत ब्रह्मान्डका सबै चीजहरू पाँचवटा मूल तत्वहरू (पञ्चमहाभूत) अर्थात् पृथ्वी, जल, अग्नि, वायु र आकाशले बनिएको छ। शारीरिक ढाँचाहरू वा त्यसका भागहरूका आवश्यकताहरू तथा विभिन्न संरचनाहरू वा कार्यहरूका लागि भिन्ना-भिन्नै अनुपातमा यी तत्वहरूलाई एउटा सन्तुलित संघननको आवश्यक पर्दछ। शारीरिक ढाँचाको वृद्धि र विकास तथा त्यसको पोषण अथवा भोजनमाथि निर्भर गर्दछ। यसका सट्टामा भोजन उपर्युक्त पाँच तत्वहरूले बनिएको हुन्छ, जुनचाहिँ जैव अग्निले कार्रवाई गरे पश्चात् शरीरमा समान तत्वहरूलाई स्थानापन्न वा पोषित गर्दछ। शरीरको ऊतक संरचनात्मक हुन्छ जबकि देहद्रव शारीरिक अस्तित्व हो जुनचाहिँ पञ्च महाभूतहरूका विभिन्न क्रम परिवर्तन तथा संयोजनबाट व्युत्पन्न हुन्छ।

स्वास्थ्य र रोग

स्वास्थ्य वा रोगले शरीरका ढाँचाका विभिन्न घटकहरूमा परस्पर सन्तुलनका साथै स्वयं सन्तुलित वा असन्तुलित भएको अवस्था वा नभएकोमा निर्भर गर्दछ। आन्तरिक र बाह्य कारक दुवैले प्राकृतिक सन्तुलनलाई बिगारेर रोग जन्माउने गर्दछन्। सन्तुलनको यो हानि अविवेकी आहार, अवान्छनीय बानि-बेहोरा र स्वस्थ रहने नियमहरूलाई पालन नगर्नु हुन सक्छ। मौसमका असामान्यताहरू, अनुचित व्यायाम वा इन्द्रियहरूको गलत अनुप्रयोग तथा शरीर र मनको असङ्गत कार्यप्रणालीको परिणामस्वरूप हालैका सामान्य सन्तुलनमा अशान्ति हुन सक्छ। उपचारमा सामेल छ नियमित आहार, जीवनको दिनचर्या र व्यवहारमा सुधार, औषधिको प्रयोग तथा पन्चकर्म र रसायन चिकित्सा ग्रहण गरी शरीर-मनको सन्तुलन यथावत राख्नु।

निदान

आयुर्वेदमा सधैँ रोगीको निदान समग्र रूपमा गरिन्छ। चिकित्सकले रोगीको आन्तरिक शारीरिक विशेषताहरू र मानसिक स्वभावलाई सावधानपूर्वक नोट गर्दछन्। ती अन्य कारकहरू हुन्, जस्तै प्रभावित भएको शारीरिक ऊतक, देहद्रव, जुन ठाउँमा रोग स्थित छ, रोगीको प्रतिरोध क्षमता र जीवन शक्ति, उसको दैनिक दिनचर्या, आहार ग्रहण गर्ने बानी, निदान गर्ने स्थितिहरूको गम्भीरता, पाचन गर्ने स्थिति र उसको व्यक्तिगत, सामाजिक आर्थिक र पर्यावरणीय स्थितिको विवरणको पनि अध्ययन गर्दछ।  निदानमा निम्नलिखित परीक्षण पनि सामेल छन्:

  • सामान्य शारीरिक परीक्षण
  • नाडी परीक्षण
  • मूत्र परीक्षण
  • मल परीक्षण
  • जिब्रो र आँखाको परीक्षण
  • स्पर्श र श्रवण कार्यसहित छाला र कानका छालाको परीक्षण

उपचार

बुनियादी चिकित्साको दृष्टिकोण के छ भने, साँच्चो उपचार एकमात्र त्यही नै हो जसले स्वास्थ्य प्रदान गर्दछ, र जुन व्यक्तिले हामीलाई स्वस्थ बनाउछ केवल ऊ नै सबैभन्दा राम्रो चिकित्सक हो। यसले आयुर्वेदको प्रमुख उद्देश्यहरूको सारांश दर्शाउने गर्दछ अर्थात् स्वास्थ्यको हेरचाह गर्नु र उसलाई प्रोत्साहन दिनु, रोगबाट बचाउ र बिमारीलाई चिकित्सा गर्नु रोगको उपचारमा सामेल छ। पञ्चकर्म प्रक्रियाद्वारा शारीरिक ढाँचा वा त्यसका घटकहरूमा कुनैको पनि असन्तुलनका कारकहरूबाट बाँच्न र शारीरिक सन्तुलन बहाली गर्ने तथा भविष्यमा रोगको पुनरावृत्तिलाई घटाउनका लागि शरीर तन्त्रलाई दरो बनाउनका लागि औषधीहरू गर्नु, उपयुक्त आहार ग्रहण गर्नु र गतिविधिको उपयोग गर्नु आदि।  
साधारणतःऔषधीहरू, विशिष्ट आहार ग्रहण प्रक्रिया र गतिविधिहरूलाई निर्धारित गरिएका दिनचर्याहरू उपचार गर्ने उपायहरूमा सामेल हुन्छन्। यी तीनवटा उपायहरूको प्रयोग दुई तरिकाले गरिन्छ। उपचार गर्ने एउटा दृष्टिकोणमा तीनवटा उपायले रोगका मूल कारकहरू र रोगका विभिन्न अभिव्यक्तिहरूको प्रतिकार गर्दछ। अर्को दृष्टिकोणमा औषधी, आहार, र गतिविधिका यिनै तीनवटा उपायले रोगका मूल कारकहरू तथा रोग प्रक्रियालाई समान रूपमा प्रभाव पार्दा लक्षित हुने गर्दछ। चिकित्साको दृष्टिकोणका यी दुई प्रकारका क्रमशः विपरीत व विपरीतार्थक उपचारका रूपमा जानिन्छ।

उपचारलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि चारवटा चीजको आवश्यक पर्दछ। यी हुन्:

  1. चिकित्सक
  2. औषधी
  3. नर्सिंग कर्मी
  4. रोगी

महत्वका क्रममा पहिले चिकित्सक आउँछ। ऊसँग तकनिकी कौशल, वैज्ञानिक ज्ञान, पवित्रता र मानवका बारेमा जानकारी हुनु पर्छ। चिकित्सकले आफ्नो ज्ञानको उपयोग विनम्रता, बुद्धिमत्ताका साथै मानवताको सेवा भावले गर्नु पर्छ। महत्वको क्रममा अर्को पाइन्छ भोजन र औषधी। यो उच्च गुणवत्ता भएको हुनुपर्छ, जसको विस्तृत अनुप्रयोग होस् तथा अनुमोदित प्रक्रियाहरूका अनुसार उगाई वा प्रसंस्कृत गर्नु पर्छ र पर्याप्त रूपमा उपलब्ध हुनु पर्छ। हरेक सफल उपचारको तेस्रो घटकका रूपमा नर्सिंग कर्मीहरूको भूमिका रहन्छ जसको नर्सिंगको राम्रो ज्ञान छ, जो आफ्ना कलाको कौशल जान्दछन् स्नेही भएर, सहानुभूतिपूर्ण, बुद्धिमान, सफा र स्वच्छ तथा संसाधन युक्त हुन्छन्। चौथो घटक हो स्वयं रोगी। जो चिकित्सकले दिएको निर्देशलाई पालन गर्नका लागि सहयोग पूर्ण र आज्ञाकारी हुन्छन्, बिमारहरूको वर्णन गर्नमा सक्षम हुन्छन् तथा उपचारका लागि जे पनि आवश्यक हुन्छ, प्रदान गर्न सक्षम हुन्छन्।

आयुर्वेदले घटनाहरूका चरणहरू र ती घटित हुने धेरै विस्तृत विश्लेषणात्मक विवरण विकसित गरेको छ किनकि रोगको कारक त्यसको अन्तिम अभिव्यक्ति भन्दा अघि सुरू हुन्छ। यस प्रणालीका अव्यक्त लक्षण स्पष्ट हुनु भन्दा धेरै अघि रोगको यथासम्भव सुरुआत थाहा पाउनमा एउटा अतिरिक्त लाभ प्रदान गर्दछ। यस चिकित्साको यो पद्धतिलाई पहिले उचित र प्रभावी कदम चालेर रोग जान्नका लागि अघिको प्रगतिलाई रोक्नका लागि रोग माथि सुरुका प्रारम्भिक चरणमै अङ्कुश लगाउनलाई उपयुक्त उपचारात्मक पाइला चालेर यसको निवारनमा मुख्य भूमिका लिन्छ।

उपचारका प्रकार

रोगका उपचार पद्धतिलाई समग्रमा यसरी वर्गीकृत गर्न सकिन्छ

शोधन चिकित्सा (शुद्धिकरण उपचार)

शोधन उपचार दैहिक र मानसिक रोगहरूका प्रेरक कारकहरूलाई हटाउनुमा केन्द्रित हुन्छन्। यस प्रक्रियामा आन्तरिक र बाह्य शुद्धि सामेल छन्। सामान्य उपचारहरूमा सामेल छन् पञ्चकर्म (औषधीद्वारा उत्प्रेरित वमन, विरेचन, तेल एनीमा, बाक्लो एनीमा र नाकमा औषधी हाल्नु), पूर्व-पञ्चकर्म प्रक्रियाहरू हुन् (बाहिरी र आन्तरिक तेलोपचार र प्रेरित पसिना)। पञ्चकर्म उपचार चयापचय प्रबन्धनमा केन्द्रित हुन्छ। यसले चिकित्सासम्बन्धी लाभ प्रदान गर्नुका साथै आवश्यक परिशोधक विषयमा प्रभाव विस्तार गर्दछ। यो उपचार स्नायविक विकारहरू, पेशीय-कङ्काल बिमारी भएको स्थिति, कतिपय नाडी वा तन्त्रिका-संवहनी स्थितिहरू, सासका बिमारीहरू, चयापचय र अपक्षयी विकारहरूमा विशेष रूपले उपयोगी हुन्छ।

शमन चिकित्सा (प्रशामक ट्रिटमेन्ट)

शमन चिकित्सामा बिग्रेका देहद्रव (दोषहरू) लाई दमन गर्नु सामेल छ। त्यो प्रक्रिया, जसद्वारा बिग्रेको देहद्रवले अन्य देहद्रवमा असन्तुलन नपारी सामान्य स्थितिमा फर्किन्छ, यसलाई शमनका रूपमा जानिन्छ। यो उपचार भोक बढाउने, पाचकहरू, व्यायाम र घाम तथा ताजा हावा लिनाले प्राप्त हुने गर्दछ। उपचारका यस रूपमा, पेलिएटिव तथा निन्द्रा लाग्ने औषधीको प्रोयोग गरिन्छ।

पथ्य व्यवस्था (आहार तथा क्रियाकलापहरूको सुझाउ)

पथ्य व्यवस्थामा आहार, गतिविधि, सङ्केत वा भावनात्मक स्थितिको सूचक वा प्रतिसूचक सामेल छन्। यसलाई उपचारात्मक उपायहरूको प्रभावलाई बढाउने र विकारी प्रक्रियाहरूमा बाधा उत्पन्न गराउने दृष्टिले गरिन्छ। आहारसम्बन्धी गरिने वा नगरिने कुरामा ऊतकहरूको शक्तिलाई सुनिश्चित गर्ने उद्देश्यले अग्निलाई प्रोत्साहित गर्ने र पाचनको अनुकूल तथा भोजन ग्रहण गर्नमा बल दिने गरिन्छ।

निदान परिवर्जन (रोग उत्पन्न गर्ने र त्यसलाई टेवा दिने कारकहरूबाट बच्नु तथा)

निदान परिवर्जन गर्दा रोगीको आहार र जीवन शैलीमा ज्ञात भएको रोगका कारकहरूबाट बच्नु पर्छ। यसमा रोग बाहिर देखा पर्ने वा बढाउने कारकहरूबाट बाच्नु पनि सामेल छ।

मनोचिकित्सा

मनोचिकित्सा (सत्ववजय)  मुख्य रूपमा मानसिक गडबडीका क्षेत्रसँग सम्बधित छ। यसमा मगजमा भएका अपूर्ण वस्तुहरू अवरोध तथा साहस, स्मृति र एकाग्रता विकसित गर्ने सामेल छन्। आयुर्वेदमा मनोविज्ञान र मनोरोग विज्ञानको अध्ययन अधिक मात्रामा विकसित गरिएको छ र मानसिक विकारहरूको उपचारमा दृष्टिकोणहरूको एउटा विस्तृत श्रृङ्खला छ।

रसायन चिकित्सा (रोग प्रतिरोधक शक्तिका उत्प्रेरकहरू र कायाकल्प औषधीहरूको उपयोग)

रसायन चिकित्सा शक्ति र जीवन शक्तिलाई बढाउनेसँग सम्बन्धित छ। यस उपचारका लाभहरूलाई शरीरका ढाँचाको अखण्डता, स्मृतिलाई बढाउने, बुद्धि, रोगका विरुद्ध प्रतिरोधक क्षमता, युवावस्थाको संरक्षण, चमक, रङ्ग र शरीर वा इन्द्रियहरूको इष्टतम शक्तिको हेरचाह गर्ने श्रेय दिइन्छ। शरीरका ऊतकहरूको असमयमा हुने ह्रासबाट बचाव र एकजना व्यक्तिको कुल स्वास्थ्य सामग्रीलाई बढाउनमा रसायन चिकित्साले ठूलो भूमिका निर्वहन गर्दछ।

आहार र आयुर्वेदिक उपचार

आयुर्वेदमा चिकित्साका रूपमा आहार ग्रहण गर्ने नियमको ठूलो महत्व छ। यो यस कारण हुन्छ किनकि यसमा मानव शरीरलाई भोजनको उत्पादका रूपमा मानिन्छ। एकजना व्यक्तिको मानसिक र आध्यात्मिक विकासका साथ-साथै उसको स्वभाव आफूद्वारा खाइएको भोजनको गुणवत्ताबाट प्रभावित हुने गर्दछ। मानव शरीरमा भोजन पहिले केलरी वा रसमा परिवर्तन हुन्छ र फेरि आउँदा प्रक्रियाहरूद्वारा उसको रगत, मांसपेशी, बोसो, अस्थि, अस्थि-मज्जा, प्रजनन तत्वहरूर स्फुर्तिमा रूपान्तरण हुनु सामेल छ। यसरी, भोजन सबै चयापचयका परिवर्तनहरू र जीवनका गतिविधिहरूका लागि बुनियादी हो। भोजनमा पोषक तत्वहरूको कमी वा भोजनको अनुचित परिवर्तनले विभिन्न किसिमका बिमारीका स्थितिहरूमा परिणत हुन्छ।

भारतमा आयुर्वेदका लागि राष्ट्रिय स्तरको संस्थान

राष्ट्रिय आयुर्वेद विद्यापीठ, नयाँ दिल्ली (Rashtriya Ayurved Vidyapeeth, New Delhi)

  • आर ए वी, आयुष विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको अधीनमा रहेको एउटा स्वायत्त सङ्गठन हो र सोसाइटी अधिनियम, 1860 अन्तर्गत 1988 मा पञ्जीकृत छ। 
    आर ए वी गुरु-शिष्य परम्परा अर्थात् ज्ञान हस्तान्तरण गर्ने पारम्परिक विधि अन्तर्गत 28 सालको उमेर भन्दा थोर आयुर्वेदिक स्नातकहरू र 33 साल भन्दा थोर उमेर भएका स्नातकोत्तर भएका हरूलाई उन्नत व्यवहारिक प्रशिक्षण प्रदान गर्दछ।
  • राष्ट्रिय आयुर्वेद विद्यापीठ (MRAV) का सदस्यलाई दुई सालको पाठ्यक्रम आयुर्वेदिक संहिताहरू तथा त्यसमा देखापर्ने टिप्पणीहरूको ज्ञान प्राप्त गर्ने र संहिताहरूका लागि राम्रो शिक्षक, अनुसन्धानकर्ता र विशेषज्ञ बनिनका लागि वा ज्ञानार्जन गर्न साहित्यिक अनुसन्धानको सुविधा प्रदान गर्दछ। जुन छात्रहरूले आयुर्वेदमा स्नातकोत्तर पूरा गरिसकेका छन् उनीहरूले आफ्नो स्नातकोत्तर डिग्रीसँग सम्बन्धित संहिताको महत्वपूर्ण अध्ययनका लागि भर्ती गरिन्छ। शिष्य हरूलाई अध्ययनका लागि उठाइएको मुद्दाहरूमाथि कुराकानी र चर्चा गर्नका लागि पर्याप्त समय पाइन्छ।
  • राष्ट्रिय आयुर्वेद विद्यापीठ (CRAV) को एक वर्षको सर्टिफिकेट कोर्समा आयुर्वेदाचार्य (बीएएमएस) वा समकक्ष डिग्री भएका प्रार्थीलाई विशेष आयुर्वेदिक नैदानिक ​​प्रथाहरूमा प्रख्यात वैद्यहरू र पारम्परिक चिकित्सकहरूलाई मार्गदर्शन गर्नमा प्रशिक्षित गरिन्छ जबकि ती आयुर्वेदमा राम्रो चिकित्सक बन्न सकुन्।
  • यी पाठ्यक्रमहरूमा प्रवेश अखिल भारतीय आधारमा विज्ञापनका माध्यमले लिखित परीक्षा र साक्षात्कार लिए पछि गरिन्छ। साथै दुवै पाठ्यक्रमहरूका छात्रहरूलाई समय-समयमा लागु हुने दैनिक भत्ताका साथै रु. 15820 / - मासिक तनखा दिइन्छ। MRAV का छात्रहरूलाई 2500 प्रति महिना अतिरिक्त राशि दिइन्छ।
  • अधिक जानकारीका लागि यस वेबसाइटमा जानुहोस्: राष्ट्रिय आर्युवेद विद्यापीठ

राष्ट्रिय आयुर्वेद संस्थान (एनआइए) जयपुर

  • राष्ट्रिय आयुर्वेद संस्थान 1976 मा भारत सरकारद्वारा देशमा आयुर्वेदको शीर्ष संस्थानका रूपमा एउटा वैज्ञानिक दृष्टिकोणका साथै आयुर्वेदिक चिकित्सा प्रणालीको शिक्षण र सबै पक्षहरूमा प्रशिक्षण र अनुसन्धानको उच्च स्तर विकसित गर्नका लागि स्थापित गरिएको थियो।
  • यो संस्थान अन्डर ग्रेजुएट, पोस्ट ग्रेजुएट र पीएचडी शिक्षण, निदान ​​र अनुसन्धानसँग संलग्न छ र राजस्थान आयुर्वेद विश्वविद्यालय, जोधपुरसँग सम्बन्धित छ। बीएएमएसको युजी कोर्समा प्रवेशका लागि विश्वविद्यालयद्वारा आयोजित एउटा अखिल भारतीय प्रवेश परीक्षाको आधारमा गरिन्छ। पीजी कोर्समा प्रवेश एनआइए र IPGTRA (वैकल्पिक) द्वारा गरिएको अखिल भारतीय संयुक्त पीजी प्रवेश टेस्टका आधारमा गरिन्छ।
  • अधिक जानकारीका लागियस वेबसाइटमा जानुहोस्: राष्ट्रिय आर्येुवेद संस्थान

आयुर्वेदको स्नातकोत्तर शिक्षण वा अनुसन्धान संस्थान, जामनगर (गुजरात)

आयुर्वेदको स्नातकोत्तर शिक्षण वा अनुसन्धान संस्थान, जामनगर (गुजरात), गुजरात आयुर्वेद विश्वविद्यालयको घटक, आयुर्वेदका लागि सबैभन्दा पुरानो स्नातकोत्तर शिक्षण र अनुसन्धान केन्द्र हो।

अखिल भारतीय आयुर्वेद संस्थान

  • अधिक जानकारीका लागि कृपया भारतीय आयुर्वेद संस्थानको वेबसाइटमा जानुहोस्।

स्रोत: आयुष विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, भारत सरकार

3.0
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top