सेयर
Views
  • State: Open for Edit

योग

सन्तुलित तरिकाले अन्तर्निहित शक्तिलाई राम्रो बनाउन या विकसित गर्नका लागि एउटा अनुशासनको रूपमा लोकप्रिय योगको जानकारी प्रस्तुत छ।

योगको परिभाषा

योग सन्तुलित तरिकाले एक व्यक्तिमा निहित शक्तिमा सुधार या उसको विकास गर्ने शास्त्र हो। यसमा पूर्ण आत्मानुभुति पाउनका लागि इच्छुक मानिसहरूका लागि साधन उपलब्ध गराउँछ। संस्कृत शब्द योगको शाब्दिक अर्थ 'योक' हो। अतः योगलाई भगवानको सार्वभौमिक भावनाको साथ व्यक्तिगत आत्मालाई एकजुट गर्ने एक साधनको रूपमा परिभाषित गर्न सकिन्छ। महर्षि पतंजलिका अनुसार, योग मनको संशोधनहरूको दमन हो।

योग एक सार्वभौमिक व्यावहारिक अनुशासन

योग अभ्यास र अनुप्रयोग त संस्कृति, राष्ट्रीयता, नस्ल, जाति, पन्थ, लिङ्ग, उमेर र शारीरिक अवस्थाबाट पर, सार्वभौमिक छ। यो नत ग्रन्थहरूलाई पढेर र न त एक तपस्वीको भेष लगाएर एक सिद्ध योगीको स्थान प्राप्त गर्न सकिन्छ । अभ्यासको बिना, कोही पनि यौगिक प्रविधिहरूको उपयोगिताको अनुभव गर्न सक्दैन र न त उसको अन्तर्निहित क्षमताको महसुस गर्न सक्छ। मात्र नियमित अभ्यास (साधना) शरीर र मनमा उनको उत्थानका लागि एक स्वरूप बनाउँछ। मनको प्रशिक्षण र सकल चेतनालाई परिष्कृत गरी चेतनाको उच्चतर स्तरहरूको अनुभव गर्नका लागि अभ्यासकर्तामा गहिरो इच्छाशक्ति हुनु पर्छ।

विकासोन्मुख प्रक्रियाको रूपमा योग

योग मानव चेतनाको विकासमा एक विकासवादी प्रक्रिया हो। कुल चेतनाको विकास कुनै व्यक्ति विशेषमा आवश्यक रूपबाट सुरु हुँदैन तर यो तब सुरु हुन्छ जब कोही यसलाई सुरु गर्न चुन्दछ। रक्सी र नशालु दवाईहरूको उपयोग, अत्याधिक काम गर्नु, धेरै सेक्स र अन्य उत्तेजकहरूमा लिप्त रहनाले किसिम-किसिमको विस्मरण हेर्न पाइन्छ, जो अचेतनावस्थातर्फ लैजान्छ। भारतीय योगी त्यो बिन्दुबाट सुरुवात गर्छ जहाँ पश्चिमी मनोविज्ञानको अन्त हुन्छ। यदि फ्रायडको मनोविज्ञान रोगको मनोविज्ञान हो र मास्लहरूको मनोविज्ञान स्वस्थ्य व्यक्तिको मनोविज्ञान हो भने भारतीय मनोविज्ञान आत्मज्ञानको मनोविज्ञान हो। योगमा, प्रश्न व्यक्तिको मनोविज्ञानको हुँदैन तर यो उच्च चेतनाको हुन्छ। यो मानसिक स्वास्थ्यको प्रश्न पनि हुँदैन, तर यो आध्यात्मिक विकासको प्रश्न हुन्छ।

आत्माको चिकित्साको रूपमा योग

योगको सबै बाटाहरू (जप, कर्म, भक्ति आदि) मा पीडाको प्रभाव बाहिर गर्नका लागि उपचारको सम्भवना हुन्छ । तर अन्तिम लक्ष्यसम्म पुग्नका लागि एकजना व्यक्तिलाई कुनै यस्तो सिद्ध योगीबाट मार्गदर्शनको आवश्यकता हुन्छ जो पहिलेबाट नै समान बाटामा हिडेर परम लक्ष्यलाई प्राप्त गरी सकेको होस्। अफ्नो योग्यतालाई ध्यानमा राख्दै या त एक सक्षम काउन्सिलरको मददबाट या एक सिद्ध योगीसित परामर्श गरी विशेष पथ धेरै सावधानीका साथ चुनिन्छ।

योगको प्रकार

  • जप योग: बारम्बार सस्वर पाठ दोहोराएर या स्मरण गरी परमात्माको नाम या पवित्र शब्दांश ‘ओम’, ‘राम’, ‘अल्लाह’, ‘प्रभु’, ‘वाहे गुरु’ आदिमा ध्यान केन्द्रित गर्ने।
  • कर्म योग: हामीलाई फलको कुनै पनि इच्छाको बिना सबै कार्य गर्न सिकाउँछ । यो साधनामा, योगी अफ्नो कर्तव्यलाई दिव्य कार्यको रूपमा सम्झनछ र त्यसलाई पूरै मनले समर्पणको साथ गर्छ तर दोस्रो सबै इच्छाहरूबाट बच्दछ।
  • ज्ञान योग: हामीलाई आत्म र गैर-स्वयंको बिच भेद गर्न सिकाउँछ र शास्त्रहरूको अध्ययन, संन्यासीहरूको सान्निध्य र ध्यानको तरिकाहरूको माध्यमले आध्यात्मिक अस्तित्वको ज्ञानलाई सिकाउँछ ।
  • भक्ति योग: भक्ति योग, परमात्माको इच्छाको पूर्ण समर्पणमा जोड दिनुको साथै तीव्र भक्तिको एउटा प्रणाली हो। भक्ति योगको सच्चा अनुयायी घमण्डबाट मुक्त विनम्र र दुनियाको द्वैतताबाट अप्रभावित रहन्छ।
  • राज योग: "अष्टांग योग" को रूपमा लोकप्रिय राजयोग मानिसको चौतर्फी विकासका लागि हो।. यो यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि।
  • कुण्डलिनी: कुण्डलिनी योग तान्त्रिक परम्पराको एउटा हिस्सा हो। सृष्टिको उद्भवको पछिबाट, तान्त्रिकहरू र योगीहरूलाई कस्तो महसुस भएको हुन्छ भने यो भौतिक शरीरमा, मूलाधार चक्र-जुन सात चक्रहरू मध्ये एउटा हो, यसमा एक गहन शक्तिको वास छ। कुण्डलिनीको स्थान रीढको हड्डीको आधारमा एउटा सानै ग्रन्थ हो। पुरुषको शरीरमा यो मूत्र र अपशिष्ट निकाल्ने अङ्गहरूको बिच मूलाधारमा हुन्छ। महिलाको शरीरमा यसको स्थान गर्भाशय ग्रीवामा गर्भाशयको जडमा हुन्छ। ती व्यक्तिका लागि जसले यो अलौकिक शक्ति जागृत गरका छन्, उनीहरूलाई समय, परम्परा र संस्कृतिको अनुसार ऋषि, पैगम्बर, योगी, सिद्ध र अन्य नामहरूले बोलाइएको छ। कुण्डलिनीलाई जागृत गर्नका लागि तपाईको षडक्रिया, आसन, प्राणायाम, बन्ध, मुद्रा र ध्यानको रूपमा योगको प्रविधिहरूको माध्यमबाट आफूलाई आफै तयार गर्नु पर्छ। कुण्डलिनी जागृतिक परिणामस्वरूप मस्तिष्कमा एक विस्फोट हुन्छ किनकि निष्क्रिय या सुतेको क्षेत्र फुलको जस्तो फक्रिन सुरु हुन्छ।
  • नाडी: जस्तोको यौगिक ग्रन्थहरूमा वर्णित छ, नाडीहरू ऊर्जाको प्रवाह होस् जसको हामी मानसिक स्तरमा अलग चेनल, प्रकाश, ध्वनि, रङ र अन्य विशेषताका रूपमा कल्पना गर्न सक्छौं । नाडीहरूको सम्पूर्ण नेटवर्क कति विशाल छ भने विभिन्न यौगिक ग्रन्थमा यसको सही संख्याको गणना अलग-अलग हुन्छ। गोरक्ष शतक या गोरक्ष संहिता र हठयोग प्रदीपिकामा सन्दर्भ यसको संख्या 72,000 बताइएको छ; जो नाभि केन्द्र- मणिपुर चक्रसित उभिरहेको छ। सबै हजारौं नाडीहरू मध्ये सुषुम्नालाई सबैभन्दा महत्त्वपूर्ण भनिएको छ। शिव स्वरोदय दस प्रमुख नाडीहरूको बारेमा बताउँछ जो शरीरबाट भित्र र बाहिर आउने-जाने प्रमुख 'ढोका' हो। यी दस मध्ये इडा, पिङ्गला र सुषुम्ना सबभन्दा महत्त्वपूर्ण छ, यिनीहरू उच्च वोल्टेजका तार हुन जो सबस्टेसन या मेरूदण्डको साथ स्थित चक्रहरूमा ऊर्जा संवाहित गर्छ।

भारतमा योगका लागि राष्ट्रीय स्तरको संस्थान

मोरारजी देसाई राष्ट्रीय योग संस्थान, नयाँ दिल्ली

  • मोरारजी देसाई राष्ट्रीय योग संस्थान (MDNIY) सोसायटी पञ्जीकरण अधिनियम, 1860 को अधिनमा पञ्जीकृत एउटा स्वायत्त सङ्गठन हो र पुरै तरिकाले आयुष विभाग, स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय, भारत सरकारद्वारा वित्त पोषित छ।
  • यो संस्थान भारतको राजधानीको सुन्दर परिदृश्यको बिच ह्रदयस्थल लुटियन्स जोनमा, अथवा 68, अशोक रोड, नयाँ दिल्लीमा अवस्थित छ।
  • विशेष रूपबाट तनाव सम्बन्धित मनोदैहिक रोगहरूका लागि, एक स्वास्थ्य विज्ञानको रूपमा योगको जबरदस्त क्षमतालाई ध्यानमा राख्दै, भारतीय सिस्टममा चिकित्सा र होम्योपेथीको अनुसंधानका लागि पूर्व केन्द्रीय परिषद्का लागि हो, यसलाई ध्यानमा राख्दै वर्ष 1970 मा एउटा निजी संस्थासित जोडिएको विश्वायतन योगाश्रमलाई एक पाँच शैय्यावाला योग अनुसंधान अस्पतालको मञ्जुरी दिइएको थियो। क्षेत्रमे गरिएको वैज्ञानिक अध्ययनहरूबाट ज्ञात निवारक, प्रोत्साहक र रोगको हरेक पहलुहरूको रूपमा योग प्रथाहरूको महत्त्व तथा प्रभावशीलतालाई महसुस गरी सकेपछि, 1 जनवरी 1976 मा योगका लागि केन्द्रीय अनुसंधान संस्थान (CRIY) स्थापित गरिएको थियो र योग अनुसन्धान अस्पतालमा काम गरिरहेका कर्मचारीहरूलाई नियमित नियुक्ति दिइएको छ।
  • CRIY को मुख्य गतिविधिहरूमा योगको विभिन्न प्रथाहरूमा आम जनता र वैज्ञानिक अनुसंधानका लागि नि:शुल्क योग प्रशिक्षण थियो। 1998 सम्म CRIY योग र अनुसंधान प्रशिक्षणको नियोजन, हौसला दिने तथा समन्वयका लागि एक संस्थान बनिरहयो। बढदो गतिविधिहरू तथा उच्च गुणवत्ताको सेवाहरू प्रदान गर्नुको अतिरिक्त देशभरिमा योगको बढ्दो महत्त्वलाई महसुस गर्दै एक राष्ट्रीय संस्थानको स्थापना तथा केन्द्रीय योग अनुसंधान संस्थान (CRIY) को साथ यसको विलय गरी यसलाई मोरारजी देसाई राष्ट्रीय योग संस्थान (MDNIY) को नाम दिने निर्णय लिइएको छ।
  • अधिक जानकारीका लागि वेबसाइट http://www.yogamdniy.nic.in मा जानुहोस्।

सम्बन्धित स्त्रोत

  1. 21 बिमारीहरूका लागि योग र प्राकृतिक चिकित्सा आधारित उपचार
  2. आयुषको बारेमा मिथक र तथ्य
  3. आयुषमा गुणवत्ता नियन्त्रण
  4. आयुष विभाग, स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय, भारत सरकार
3.25
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top