सेयर
Views
  • State: Open for Edit

स्वास्थ्य समस्याको उपचार

यो शीर्षक भाग स्वास्थ्य समस्याको उपचार प्रस्तुत गर्छ।

मातृशिशु स्वास्थ्य सहयोगीका दैनिक काम मध्ये स्वास्थ्यसम्बन्धी समस्याहरूको उपचार गर्नु प्रमुख हो । कुनै महिलालाई केही समस्या, जस्तै थकाइ लाग्ने, पेट दुख्ने, कम्मर दुख्ने, वा अत्यधिक रक्तश्राव, हुन सक्छ । ती समस्याहरूको समाधान गर्न उनले निम्न बमोजिम कदम चाल्नु पर्छ।

  • समस्या के कारणले भएको हो भन्ने पत्ता लगाउने
  • स्वास्थ्य चौकीमा उपलव्ध सेवा दिने
  • समस्या फेरि नदोहोरिउन् भनेर समस्याको जरो पहिल्याउने । कतिपय समस्या स्वास्थ्य चौकीमा समाधान गर्न सकिएन भने ठूलो अस्पतालमा पठाउने ।

स्वास्थ्य समस्याका कारणहरू पत्ता लगाउज के गर्ने ?

यस अध्यायमा, हामीले निरा (एक मातृशिशु स्वास्थ्य सहयोगीले) कसरी एउटा स्वास्थ्य समस्या समाधान गरिन्। भन्ने बारेमा छलफल गछौं । यो कथा निराको मात्र होइन, धेरै स्वास्थ्यकर्मीहरूको पनि हुन सक्छ । यस कथामा समस्या पथ्र्यो भने कसरी छलफल गर्ने, कसरी सल्लाह दिने जानकारी छ । यसबाट प्राप्त जानकारीलाई समय र ठाऊँअनुसार विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ।

  1. केही समस्या परे सो के के कारणले हुनसक्छ सबै कारणहरू भजेर छलफल गर्नुपर्छ ।

  2. के भएको छ ? महिलाको शरीर कस्तो देखिन्छ ? धेरै दुखेको छ कि असजिलो भएको छ भन्ने थाहा पाउन सकिन्छ । कतिपय समस्या त महिलाले भनेपछि मात्र थाहा पाइन्छ ।

  3. समस्या थाहा भएपछि महिलालाई विभिन्न थरीका सल्लाह दिन सकिन्छ । साथै उजका परिवारसँग पनि सल्लाह गर्नुपर्छ । महिलाको खाजपालको बारेमा छलफल गरेर स्थानीय रूपमा पाइने पौष्टिक तत्वको बारेमा पनि भनिदिनुपर्छ ।

  4. उपचार गरेपछि महिलालाई कस्तो भइरहेको छ ? महिलालाई फाइदा भएको छ वा छैन भने बुझिरहनु पर्छ ।

कारणहरू पत्ता लगाउज जिराले अपनाएका खुड्कलाहरू/कसरी समस्या खोतल्जे होला ?

  1. निराकहाँ गर्भवती सरिता जचाउँन आइन्। सरिताले आफूलाई सधैं थकाइ लागिरहने कुरा बताइन्। सरिताले किन जहिले पनि थकांई लागेको भन्छिन्। होला भनेर निराले विचार गरिन्।
  2. थकाइ धेरै कारणले हुन सक्छ, जस्तै धेरै परिश्रम, अजिद्वा, तनाव र रक्तअल्पता आदिले गर्दा थकाइ हुन सक्छ भजेर जिराले सरितालाई भनिन् ।
  3. अनि जिराले सरितालाई सोधिन्। तपाईंलाई बढी घरधन्दा गर्नुपर्छ हो ?
  4. सरिताले आफू दैनिकजसो मकै र गेडागुडी खाने गरेको बताइन्, तर वास्तवमा प्रायजसो मकै मात्र खाने गरेको बताइन्। मासु त साह्रै महँगो भएकाले उनले खानै समस्या पर्ने वताइन् । निराले सरिताको शारीरिक चिह्नहरू जाँच गरिन्। उनका आँखाका पुतलीको भित्री पत्र र गिजा पहेंला थिए र नङ पनि सेतो थियो, नाडी पनि छिटो तर कमजोर तरिकाले चलिरहेको थियो, र यसले सरितालाई रक्तअल्पता भएको भन्ने निराले थाहा पाइन्।

  5. रक्त अल्पताजस्तो केही समस्या हेर्दा साधारण भए पनि खतरनाक हुनसक्छ यो कुरा राम्ररी बुझाउनुपर्छ । अनि के के खानेकुरा खाने भनेर पनि सिकाउनु पर्छ। यसको उपचार सामान्यतया लौहतत्व र प्रोटिन बढी भएका खानेकुरा खाएर वा आइरन चक्की खाएर गर्न सकिन्छ ।
  6. जब सरिता अर्को पटक जंचाउन आइन्, निराले रक्तअल्पताका चिन्हहरू छन्, छैनन् भनी जाँच गरिन्। उनको खानामा सुधार ल्याएपछि सरितालाई सुधार भएको थियो । सरितालाई राम्रो हुँदै गएजस्तो नदेखिएको भए, निराले सरितालाई आइरन र फोलेट भएका चक्की खाने सल्लाह दिने थिइन्।

जोट : अधिकांश स्वास्थ्यकर्मीहरू प्रायः बिरामीलाई धेरै प्रश्नहरू गर्दैनन् अनि उनीहरूको खानपिनको बारेमा पनि छलफल गर्दैनन्। गर्भवती महिलासँग यस्ता विषयमा छलफल गरेर व्यावहारिक सुझाव दिई धेरै समस्या समाधान गर्न सकिन्छ ।

सर्वोत्तम उपचारको निर्णय कसरी लिजे ?

रक्तअल्पता, लामो सुत्केरी व्यथा र अत्यधिक रक्तश्राव जस्ता स्वास्थ्य समस्याको उपचार गर्दा होसियारीसाथ स्वास्थ्य चौकीमा दिन सकिने खाले सबै सेवा बिरामीलाई दिनुपर्छ ।

फाइदा र जोखिमहरू

पनि विचार गर्नु पर्दछ र ती विषयमा गर्भवती महिला र उनका परिवारसंग पनि छलफल गर्नुपर्छ । फाइदा भनेको असल परिणाम र जोखिम भनेको हुनसक्ने नोक्सान हो । हरेक पटक निर्णय गर्दा, सबैभन्दा बढी फाइदा हुने र सबैभन्दा कमी जोखिम भएको विकल्म छान्ने कोशिस गर्नुहोस्। निरा र सरिताको बारेमा फेरि एक पटक सोचौं यदि प्रशस्तमात्रामा लौहतत्व हुने खाना खाँदा र आइरन चक्कीहरू लिँदा पनि सरिताको रक्तअल्पता निको भएन भने के गर्ने ? भनेर सोच्नै पर्छ । फाइदा बढी छ भने त्यो कार्य गर्नुपर्छ । निरालाई के थाहा छ भने अत्यन्त रक्तअल्पता भएकी महिलालाई घरमा सुत्केरी गराउनु जोखिमपूर्ण हुन्छ। यसकारण सुविधासम्पन्न स्वास्थ केन्द्रमा सुत्केरी गराउनु बढी सुरक्षित हुन्छ। अत्यधिक रक्तअल्पता भएको अवस्थामा, त्यस्ता ठाउँमा तुरुन्तै रगत दिन मिल्ने सुविधा उपलव्ध हुन्छ। यस्तो सुविधा भएन भने सरिता अत्यन्त कमजोर भएर प्रसवका बेला उनलाई अन्य कुनै सङ्कमण हुने संभावना हुनसक्छ वा जीवन नै खतरामा पर्नसक्छ ।

अर्कातिर, गाउँका अधिकांश महिला रक्तअल्पता भएकै देखिन्छन्। अस्पताल पुग्न एक दिन लाग्छ र त्यो धेरै महँगो पनि छ। सरिताको परिवारले उनलाई सुत्केरी गराउन मात्र आफूसित भएको धेरै पैसा अस्पातालमा खर्च गर्नुपर्ने हुनसक्थ्यो ।

घरमै सुत्केरी हुँदा र सुत्केरी हुन अस्पताल जाँदा फाइदा र जोखिम दुवै छन्। यस्तो अवस्थामा तपाईं के गर्नुहुन्थ्यो ?

औषधिहरूको पनि फाइदा र जोखिम दुवै हुन्छ । कुनै स्वास्थ समस्याको उपचार गर्न धेरै सहयोगी हुने औषधिका पनि अनिच्छित असर वा खतरा हुन सक्छन्, तर कुनै पनि औषधि दिनु अघि वा शरीरका भित्री भागमा पुयाउने विधि (invasive) प्रयोग गर्नुअघि (जस्तै हातले साल निकाल्न वा प्रजनन अङ्ग सफा गर्ने लगायतका आकस्मिक उपचार प्रक्रियाविधिहरू हामीले सुरक्षित तवरले गर्नसक्ने भए मात्र व्यवहारमा ल्याउनु पर्छ। त्यसमा पनि बढी फाइदा र कम जोखिम हुनु पर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.66666666667
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
नेविगतिओन
Back to top