होम / स्वास्थ्य / दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक / सङ्क्रमण रोकथाम गर्जाले जीवज बच्छ।
सेयर
Views
  • State: Open for Edit

सङ्क्रमण रोकथाम गर्जाले जीवज बच्छ।

यो शीर्षक भाग सङ्क्रमण रोकथाम गर्जाले जीवज बच्छ।छलफल प्रस्तुत गर्छ।

सङ्क्रमण भएपछि मानिसहरू बिरामी हुन्छन् र सुत्केरी अवस्थामा त यसले मृत्यु पनि हुन सक्छ । महिलाको पाठेघरभित्र राखिने उपकरणको प्रयोग गरिने विधिहरू, जस्तो कि इन्ट्रायुटेराइन डिभाइस (IUD) राख्ने वा महिनावारी नियमित बनाउन गरिने सफाइ (Manual vaccum aspiration/MVA) गर्दा सङ्क्रमण पनि हुन सक्छ । मातृशिशु स्वास्थ्य सहयोगीका अधिकांश काम र पाठेघरभित्र गरिने कुनै पनि विधि (invasive procedure) हामीले यस अध्यायमा उल्लेख गरेका निर्देशन राम्ररी अनुशरण गरिएमा मात्र सुरक्षित हुन सक्छन्। हानिकारक सूक्ष्मजीवलाई मारेर वा नियन्त्रण गरेर सङ्क्रमणबाट कसरी बच्न सकिन्छ भन्नेबारे यस अध्यायमा उल्लेख गरिएको छ । सूक्ष्मजीवभनेका धेरै साना जीव हुन्। सूक्ष्मजीव जताततै छन् तर तिनीहरू कति साना हुन्छन भने सूक्ष्मदर्शक यन्त्रका सहायताले मात्र तिनलाई देख्न सकिन्छ । रगत, दिसा र शरीरका स्रावहरू (जस्तो-वीर्य, योनिस्राव र गभेशिशु रहेका सालभित्रको पानी) र फोहोरमा भएका खतरनाक सूक्ष्मजीवहरू यदि कुनै मानिसको शरीरमा प्रवेश गरे भने तिनीहरूले गम्भीर बिमारी बनाउन सक्छन्।

सङ्क्रमणको कारण

सूक्ष्मजीवका कारणले विभिन्न सङ्क्रमणहरू हुन्छन्, जस्तै, दादुरा, हेपाटाइटिस्, धनुष्टङ्कार, पाठेघर-सङ्क्रमण, एचआईभी सङ्क्रमण । कुनै पनि व्यक्ति सूक्ष्मजीवका कारण भएको सङ्क्रमणले त्यो व्यक्ति रोगी हुन्छ । तर सबै रोग वा समस्या सूक्ष्मजीवका कारणले मात्र हुँदैनन् जस्तै, हाड्जोनी सम्बन्धी (arthritis), चिनी रोग (diabetes), दम (asthma) र छारे रोग (epilepsy) आदि । यी रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सदैनन् ।

सूक्ष्मजीवहरू कसरी शरीरभित्र प्रवेश गर्दछन्

सूक्ष्मजीवहरू विभिन्न तरिकाले शरीरभित्र प्रवेश गर्न सक्छन्। जस्तै :

वीर्य वा योनि रस (शारीरिक स्राव) बाट :यी माध्यमहरूबाट सर्ने सूक्ष्मजीवहरू यौनक्रियाका बेला सर्छन्, उदारहणका लागि एचआईभी र अन्य यौन रोगहरू ।

रगतबाट : कुनै सङ्क्रमित व्यक्तिको रगत वा शारीरिक स्राव भएका सूक्ष्मजीव अर्को व्यक्तिका रगतमा विभिन्न तरिकाले जान सक्छन्। जस्तै सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सुई वा धारिला तथा छाला छेड्ने वस्तुहरू। यस तरिकाबाट एचआईभी, हेपाटाइटिस बी र हेपाटाइटिस सी सर्न सक्छन्।

दूषित पानीबाट : केही सूक्ष्मजीवहरू पानी पिउँदा सर्छन्, जस्तै हैजा, आउँपखाला आदि ।

कुनै तरिकाबाट छालाभित्र प्रवेश हुँदा : केही सूक्ष्मजीवहरू कुनै तरिकाले कुनै व्यक्तिको । रगतमा पुगेभने सङ्क्रमण हुन्छ । सूक्ष्मजीवहरू पाठेघरमा कुनै उपकरण घुसाउँदा वा 2। छाला काट्दा वा नाल काट्दा रक्तसञ्चारमा प्रवेश गर्न सक्छन्। यस तरिकाबाट धनुष्टङ्कार र पाठेघरका सङ्क्रमणहरू हुन सक्छन्।

हावाबाट : केही सूक्ष्मजीवहरू हावाका माध्यमले मात्र पनि सर्छन्। कुनै रोगी व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा हावासँगै सर्दी, रुघा र क्षयरोगका सूक्ष्मजीवहरू सर्न सक्छन्। राखिएका स्थानमा मानिसहरूको आउजाउ भरिसक्य रोक्नु राम्रो हुन्छ । यदि कसैलाई घाँटी दुखेको छ। खोकी छ, ज्वरो आएको छ अरू कुनै रोग छ भने तिनीहरूलाई सुत्केरी हुने ठाउँबाट टाढै राख्नपर्छ । र हात वा अनुहारमा घाउ/खटिरा भएका जो सुकै भए पनि, उसलाई नवजात शिशु छुन दिनु हुँदैन ।

सङ्क्रमण भएको व्यक्तिले जवजात शिशुलाई छुनु हुँदैन

अनुहार हेरेर को विरामी छ थाहा पाउन सकिन्न । त्यसैले हरेक स्वास्थ्यकर्मीले पन्जा, माक्स आदि प्रयोग गनैपर्छ आफूलाई समेत सङ्क्रमण भएको कुरा मानिसलाई सधैं थाहा हुँदैन । यसकारण बिरामीका लागि प्रयोग गरिने सबै उपकरण निर्मलीकरण गर्नुपर्छ । स्वस्थ रहजका लागि स्वस्थकर खाजा, पर्याप्त आराम र भावनात्मक पक्ष सबै महत्वपूर्ण छन् । स्वस्थ व्यक्तिको प्रतिरोधात्मक शक्ति बलियो हुन्छ ।

सुत्केरी हुँदा महिलाको शरीर केही कमजोर हुनसक्छ। त्यसै गरी उनको शरीरभित्र हात पसाउँदा पनि सङ्क्रमण हुनसक्छ । सामान्यतया शरीरभन्दा बाहिरै रहिरहेका सूक्ष्मजीव पाठेघरभित्र पस्न सक्छन्। सामान्यतया छालाले सूक्ष्मजीवलाई शरीरभित्र पस्न दिएको हुँदैन । तर काटिएको छालाको खुला भागबाट सङ्क्रमण हुनसक्ने स्थिति बन्छ । सुइमा हानिकारक सूक्ष्मजीव बसेका छन् भने, सुइ औषधि दिने क्रममा सुइबाट पनि सङ्क्रमण हुनसक्छ ।

सूक्ष्मजीवबाट जोगिएर सङ्क्रमणको रोकथाम गर्ने तरिका :सङ्क्रमणको रोकथाम गर्ने केही तलका उपायहरू अपनाउन सकिन्छ

आफ्ला हात धोएर र सुरक्षात्मक पोशाक लगाएर

आफ्ला हात धोएर र सुरक्षात्मक पोशाक लगाएर

सूक्ष्मजीवहरू नजीक नआउन् भन्नका लागि सुत्केरी गराइएका वा परीक्षण गरिएका ठाउँ सफा गर्नुपर्छ ।

आवश्यक उपकरण सफा र निर्मलीकरण गरेर ।

उपकरणहरूमा लागेका हुनसक्ने सूक्ष्मजीवहरू मार्न, सफा र निर्मलीकरण गर्नुपर्छ ।

फोहोर–मैलाको व्यवस्थापज सुरक्षित ढङ्गले गरेर

फोहोर-मैलामा रहेका सूक्ष्मजीव समुदायका अन्य मानिसलाई नसरुन् भन्नाका लागि र रोकथाम गर्न फोहोर-मैलाको होसियारीपूर्वक व्यवस्थापन गर्नुपर्छ ।

यदि कुनै एक जना स्वास्थ्यकर्मी धेरै व्यक्तिहरूको उपचारमा संलग्न हुनु पथ्र्यो भने सङ्क्रमण सजिलै फैलिन सक्छ । उदाहरणका निम्ति-उनका हातगोडा सफा छैनन् वा उनले प्रयोग गर्ने उपकरण निर्मलीकरण गरिएका छैनन्।

यस पुस्तकमा उल्लेख गरिएका निर्देशजहरू आफ्जो परिवेशअनुसार अपजाउनुहोस् ।

तर ती निर्देशनहरू सधैं पालना गर्न गाह्रो हुन्छ । आफ्नो देश, गाउँठाउँ अनुसार स्थानीय स्रोत प्रयोग गरेर सकेसम्म सङ्क्रमण नहोस् भन्ने उपाय गर्नुपर्छ ।

आफ्ला हातहरू बारम्बार धुनुपर्छ

सङ्क्रमणको रोकथाम गर्ने महत्वपूर्ण काम मध्ये स्वास्थकर्मीले आफ्ना हात धुनु प्रमुख हो । यसले एक व्यक्तिबाट अर्को व्यक्तिमा हुनसक्ने सङ्क्रमण रोक्छ, साथै यसले आफूलाई समेत सुरक्षा गर्दछ । सङ्क्रमणको रोकथाम गर्न अरू केही गर्न नसके पनि हरेक स्वास्थ्यकर्मीले वा उनका सहयोगीले आफ्ना हात बारम्बार धुनै पर्दछ ।

हात धुँदा साबुन र सफा पानीले धुनुपर्छ । साबुन नभएका अवस्थामा खरानीको उपयोग गर्न सकिन्छ (तर माटो/हिलो चाहिँ होइन) । यदि भाँडा/आरीमा राखेको पानीमा हात डुबाएर पखाल्यो भने पानीमा पखालिएर गएका सूक्ष्मजीवहरु हात बाहिर निकाल्दा फेरि टाँसिएर हातमा नै आउँछन्। सुत्केरी महिलालाई छुनुभन्दा अगाडि हरेक पटक आफ्ना हात धुनुपर्छ । उनको शरीर छोइसकेपछि पनि वा उनको रगत वा स्राव (सालजस्तो) लागेको कुनै पनि चीज छोएपछि पनि हात धुनुपर्छ । यदि एकै पटक एकभन्दा बढी महिलाहरूलाई सहयोग गर्नुपर्छ भने (जस्तो कि अस्पतालमा) हरेक व्यक्तिलाई सहयोग गर्नुअघि र पछि हरेक पटक हात धुनु पर्छ ।

सामान्यरूपले हात धुँदा पनि अधिकांश सूक्ष्मजीवहरू बगेर जान्छन्, तर कतिपय अवस्थामा रगत, पिप लागेको छ भने हातबाट हटाउन ३ मिनेटसम्म निरन्तर आफ्नो हात धुनु पर्दछ र नङ्का कापहरूभित्र राम्ररी कोट्याएर सफा गर्नु पर्दछ ।

हात सफा गर्ने अल्कोहल र ग्लिसरिज मिश्रित पदार्थ तयार गर्ने तरिका

हात धुने पानी छैन भने एउटा सजिलो तरिका छ, त्यो भनेको हात सफा गर्ने पदार्थ' बनाएर हात सफा गर्न सकिन्छ । यो तरिका ठीक ढङ्गले गरेमा, यसले हातमा लागेका अधिकांश सूक्ष्मजीवहरू मार्छ ।

तरिकाः १०० मि.लि. इथायल अल्कोहल वा ६०प्रतिशत देखि ९० प्रतिशत को आइसोप्रोपाइल अल्कोहल (शुद्ध भएको) मा २ मिलिलिटर ग्लिसीरिन मिसाउनु होस्। यसलाई राम्ररी घोलेपछि अब यो मिश्रण तयार भयो ।

त्यसरी हात सफा गर्न बनाइएको मिश्रण पदार्थ करीब एक चिया चम्चा लिनुहोस् पन्जा हत्केला, औंलाका काप तथा नङ्का चेपमा समेत राम्ररी दल्नु होस् । पूरै नसुकुन्जेल हात माडिरहनु होस् । अब हात सफा भयो । सो हातलाई पानीले नपखाल्नुहोस् वा कपडाले नपुछ्नुहोस् ।

सफा पानी

यस पुस्तकका विभिन्न स्थानमा हात र उपकरण सफा गर्न कति आवश्यक छ प्रयोग गरिने पानी सफा हुनै पर्छ । समुदायमा प्रयोग गरिने पानीमा सूक्ष्मजीवहरू छन् भन्ने आशङ्का छ भने हात धुनु अघि वा सुत्केरी हुन अघि उपकरणहरू सफा गर्न पानी उमाल्नु पर्छ । पन्जा लगाउनु होस् लटक्स र अन्य प्लास्टिकबाट बनका पन्जा लगाउनाल सङ्क्रमण रोक्न मद्दत गर्छ । यसल मातृशिशु स्वास्थ्य सहयोगीलाई सङ्क्रमित हुनबाट समेत बचाउँछ । त्यसैले सुत्केरी हुने महिलाको योनिलगायतका भित्री अङ्ग वा कुनै रगत वा शारीरिक स्राव छँदा जहिल्यै पनि सफा पन्जा लगाउनुपर्छ । गर्भवती महिलाको सहायता गर्दा र निर्मलीकरण गरिएका कुनै पनि उपकरण छंदा निर्मलीकरण गरिएकै पन्जा लगाउनु पर्दछ।

निर्मलीकत पन्जाहरू अनि आफ्नो टाउको कनायो त्यो पन्जा निर्मलीकृत यदि हात राम्ररी लगाएपछि भने. रहँदैन |

कुनै महिलालाई छोएपछि लगाएको पन्जामा कीटाणुहरू सर्दछन् तर ती कीटाणुहरूलाई शरीरको एक भागबाट अर्को भागमा सार्नुहुँदैन । उदाहरणका निम्ति, कुनै महिलाको गुदद्वारमा, छोएर त्यही पन्जा लगाएर त्यस महिलाको योनिभित्र औलाहरू छिराउनु हुँदैन । गुदद्वारमा भएका कीटाणु योनि वा पाठेघरमा पुगे भने तिनले महिलालाई सङ्क्रमित बनाउन सक्छन् । एकपटक पन्जाहरूको प्रयोग गरिसकेपछि तिनीहरूलाई फ्याँक्नुहोस् वा तिनको पुनः प्रयोग गर्नुअघि निर्मलीकरण गर्नुहोस् ।

आफूलाई सङ्क्रमणबाट बचाउनु पर्छ

सुत्केरी महिलालाई सहयोग गर्ने स्वास्थ्यकर्मीले आफूलाई पनि सङ्क्रमणबाट बचाउनै पर्छ। आफै रोगी भइयो भने अरूलाई सहयोग गर्न सकिदैन । आफ्नो सङ्क्रमण अरूलाई सजिलै सर्न सक्छ र अरूको सङ्क्रमण पनि आफूलाई सर्नसक्छ । गंभीर प्रकारका विमार पार्ने केही जीवाणु, (एचआइभी र हेपाटाइटिस बी), आदि रगत, पिसाब, दिसा, पानीथैली/ सालभित्रको पानीमा र अन्य शारीरिक स्रावहरूमा मात्र बाँच्छन्। यसको अर्थ हो, कसैको छाला छुदैमा सङ्क्रमण वा रोग सदैन । एचआइभी र हेपाटाइटिस बी जातका सूक्ष्मजीव शरीरमा भएका काटेको घाउ वा छाला फुटेका ठाउँ (चाहे त्यो छाला छेडिएको घाउ आँखाले नदेखिने गरी सानो किन नहोस्) भित्र सङ्क्रमित व्यक्तिको रगतमा छियो भने सङ्क्रमण हुन्छ (एचआईभी सर्ने सबै तरिकाहरू यसै पुस्तकमा दिइएको छ । रगत र अन्य शारीरिक स्रावहरू आफ्ना पोसाक र छालामा लाग्न नदिनुहोस् र ती लागी हाले पनि तुरुन्तै साबुन पानीले धोई-पखाली गर्नुपर्छ।

सुरक्षात्मक पोसाक लगाउनुपर्छ

शरीरिक स्रावलाई आफ्ना छाला, घाउ, मुख र आँखामा पर्न नदिन महँगा उपकरणहरू चाहिँदैनन् । शारीरिक स्राव शरीरमा लाग्न नदिन एप्रोन वा आफ्नो पोसाकमाथि थप अर्को एउटा लुगा लगाए हुन्छ । आँखाको सुरक्षा गर्न चस्मा वा प्लास्टिकको गगल्स लगाउनु पर्छ । रगत र अन्य शारीरिक स्राव खुट्टामा लाग्न नदिनु छ भने गमबुट लगाउन सकिन्छ । कुनै पनि प्रकारका रगत, पानीहरू वा अन्य शारिरिक स्राव लागेका आफ्ना सबै पोसाकहरू धुनुपर्छ ।

सुई र सियो प्रयोग गर्दा सावधानी लिनुपर्छ

प्रयोग गरिएको सुई औषधि दिने सियोमा वा च्यातिएको योनिद्वार सिउने सियोमा रगत लागेको हुन्छ । अचानक त्यो प्रयोग गरिसकिएको सुईले/सियोले आफूलाई घोच्यो भने शरीर भित्र पस्न सक्छ सुई/सियोको टुप्पोले आफूलाई घोच्न नसक्ने गरी टाढा रहेर त्यसको प्रयोग गर्नुपर्छ । सुई/सियोलाई त्यतिकै जथाभावी फ्याक्नु हुँदैन । एउटा सुई एक जनालाई मात्र प्रयोग गर्नुपर्छ । सुई दुई प्रकारका हुन्छन्। एक पटक मात्र प्रयोग गर्न सकिने र फेरि प्रयोग गर्न सकिने । एक पटक मात्र प्रयोग गर्न सकिने सुई प्रयोग गरिसकेपछि फोहोर फ्याल्ने बासमा फाल्नुपर्छ । पुनः प्रयोग गरिने सुईको प्रयोग गरिसकेपछि त्यसको सियो सावधानीपूर्वक त्यसको बिर्कोले बन्द गर्नुपर्छ, र त्यसलाई सफा गरेर निर्मलीकरण गरेर मात्र पुनः प्रयोग गर्नुपर्छ ।

प्रसूति स्थल र ओढ्जे-ओछ्याउले सफा गर्नुपर्छ प्रसूत स्थल सफा गर्नुपर्छ घरमा

सकेसम्म महिलालाई स्वास्थ्य चौकी वा अस्पतालमा लगेर प्रसूति गराउनुपर्छ । यदि त्यो सम्भव भएन भने घरमा सफा कोठामा प्रसूति गराउनु पर्छ । तर नेपालका केही ठाउँमा प्रसूति हुँदा गाईगोठमा र प्रसूति भएपछि घरबाट बाहिर छाउपडीमा राख्ने चलन छ । यसले महिलालाई सङ्क्रमण हुने हुन्छ र कतिपय अवस्थामा महिलाको ज्यान पनि जान्छ । औजारहरू पनि सफा कपडा वा प्लास्टिकमाथि राख्नुपर्छ ।

अस्पताल, मातृशिशु केन्द्र वा स्वास्थ्य चौकीमा

यी स्थानमा अझ सतर्क हुनुहोस्। कीटाणु सजिलै एक व्यक्तिबाट अर्कोमा सर्न सक्दछन्। सुत्केरी भएपिच्छे, भुइँभित्ताहरू धुनुपर्छ । सँभव भएसम्म, ब्लिच (सोडियम हाइपोक्लोराइट) को घोलले भुइँ-भित्ताहरू धुनु राम्रो हुन्छ ।

 

सङ्क्रमण-प्रतिरोधी ५% ब्लिचको घोल कसरी तयार गर्ने

यदि ब्लिचमा

  • क्लोरिनको मात्रा ५% छ भनेर लेखिएको छ भने – केही पनि नमिसाई प्रयोग गर्नुपर्छ
  • क्लोरिनको मात्रा १0% छ भनेर लेखिएको छ भने– एक मात्रा ब्लिच र एक मात्रा पानी मिसाइएको घोल प्रयाग गनुपछ
  • क्लोरिनको मात्रा १५% छ भनेर लेखिएको छ भने– एक मात्रा ब्लिच र दुई मात्रा पानी मिसाइएको घोल

एक दिनका लागि पर्याप्त हुने गरी मात्र घोल बनाउनु पर्छ । बासी घोलको प्रयोग गर्नु हुँदैन । बासी घोलमा सूक्ष्मजीवहरू मार्ने पर्याप्त शक्ति हुँदैन ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

3.0
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
नेविगतिओन
Back to top