অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

महिलाको स्वास्थ्यमा सुधार ल्याउले धेरै काम गर्न सकिन्छ।

महिलाको स्वास्थ्यमा सुधार ल्याउले धेरै काम गर्न सकिन्छ।

मातृशिशु स्वास्थ्य सहयोगीहरूको काम स्वास्थ्यसम्बन्धी समस्याहरू देखिएपछि तिनको उपचार गर्ने मात्र होइन । स्वास्थ्य समस्या पैदा हुनुका धेरै कारणहरूका बारेमा पहिले नै परिवार र महिलाहरूसँग छलफल गरेर समस्या कम गर्नु पनि हो ।

सामाजिक कारणको प्रभावः

महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने काम एकजना मातृशिशु स्वास्थ्य सहयोगीले एक्लै गर्नसक्ने काम होइन । यसका लागि उनले सम्पूर्ण समुदायसँग सहकार्य गर्नु पर्दछ। व्यक्तिहरूले सहकार्य गरेपछि मात्रै कारणहरू बुझन र समाधानका उपाय पत्ता लगाउन बढी संभव हुन्छ । परिवर्तजका लागि सहकार्य सम्बन्धी थप जानकारीका निम्ति यसै किताबमा केही सुझावहरू दिइएका छन्।

महिलाको स्वास्थ्यमा प्रभाव पार्ने व्यक्तिहरू

महिलाको स्वास्थ्यलाई धेरै व्यक्तिहरूले प्रभाव पारेका हुन्छन्। कुनै पनि महिलाको हेरचाह गर्न तपाईंले धेरै व्यक्तिहरूसँग काम गर्ने पर्ने हुन्छ

महिलाको स्वास्थ्यमा प्रभाव पार्ने व्यक्तिहरूमध्ये

केही निम्न बमोजिम छन् :

  • महिलाका श्रीमान्, बालबच्चाहरू, आमाबाबु/सासूससुराहरू एवं परिवारका अन्य सदस्यहरू ।
  • महिलासँगै काम गर्ने वा उनलाई काम दिने व्यक्तिहरू
  • उनका छिमेकी र साथी/संगीहरू ।
  • समुदायका अगुवाहरू - आध्यात्मिक गुरुहरू, सरकारी कर्मचारीहरू र गाउँका गण्यमान्यहरू
  • अन्य स्वास्थ्यकर्मीहरू - जस्तो धामी-झाक्री, वैद्य, चिकित्सक र सामुदायिक स्वास्थ्यकर्मीहरू ।

महिलाको खानपिन, कामको तौरतरिकाले पनि उनको स्वास्थ्यलाई प्रभाव पार्छ । कतिपय अवस्थामा यस्तो प्रभाव राम्रो हुन्छ, जसले महिलाको स्वास्थ्य सुरक्षा वा सुधार गर्छ । कतिपय अवस्थामा यस्तो प्रभाव खराब हुन्छ, जसले महिलाको स्वास्थ्य र सन्चो-सुबिस्ता धरापमा परेका हुन्छन्। यदि महिलाले गर्भावस्थामा राम्रोसँग पोषणयुक्त खाना पाइन् भने उनको स्वास्थ्य राम्रो हुन्छ ।

गर्भवती महिलाको श्रीमान्ले उनीभन्दा पहिले नै खाना खाने र श्रीमतीलाई खाना पर्याप्त छैन भने उनको स्वास्थ्य बिग्रन्छ। कुनै महिलालाई आफूले नखाएर पनि श्रीमान् र बालबच्चालाई खान दिनू भनेर सिकाइन्छ त्यसैले अरूलाई दिने तर आफू कम खाने हुन्छन्। त्यसैले यस्तो संस्कार फेर्न स्वास्थ्यकर्मीले मद्दत गर्न सक्छन्। यसका लागि सबै परिवारसँग बसेर खानेकुरा खानुपर्छ । यदि कुनै महिलासँग पर्याप्त खाना छैन भने उनको पोषण-वृद्धि गर्ने काममा तपाईंले अरू ककसलाई संलग्न गराउन सक्नुहुन्छ ?

  • सुरुमा नै भोजन गर्ने श्रीमानसँग, गर्भवती महिलालाई कति मात्रा भोजनको आवश्यकता पर्छ भन्नेबारे छलफल ।
  • पुरुषले पहिले खाना खाने समुदायका पुरुषहरूसँग : यस्ता स्थानहरूमा महिला तथा पुरुषको बैठक राखेर गर्भवती महिलाहरूले स्वस्थ रहन किन बढी खानुपर्छ भन्ने बारेमा छलफल चलाउन सकिन्छ । समुदायको एउटै मात्रै पुरुषले भए पनि पुरुषहरू बराबर वा त्यो भन्दा बढी स्वस्थकर खाना महिलाले खानु पर्छ भन्ने कुरा स्वीकार गयो भने अरूलाई पनि चेतना आउँछ। स्कुलका शिक्षकहरूले समेत यो सिकाउन सक्छन्।
  • स्कुले बालबालिकाका समूहहरूमा यस विषयमा छलफल गरियो भने तिनले अब हुर्कने पुस्ताले महिला र पुरुष दुवैलाई बराबरी महत्व दिइनु पर्छ भन्ने कुरा सिक्न सक्छन्। यही कुरा अरूलाई पनि सिकाउन सक्छन्।

पुरुषहरू पनि महिलाहरूको स्वास्थ्यको ख्याल राख्दछन

महिलाको स्वास्थ्यमा सुधार ल्याउने कार्यको सहयात्री बन्न पुरुषहरूलाई पनि प्रोत्साहित गर्नुपर्छ । महिलाका श्रीमान्, बाबु, छोरा, शिक्षक, समुदायका अगुवा, धार्मिक अगुवा, सरकारी हाकिम र अन्य पुरुष साथीहरू यसमा ठूलो भूमिका निर्वाह गर्दछन्। महिलाको स्वास्थ्यका निम्ति समुदायका पुरुषहरूले विचार पुयाए भने महिलाहरूको र किशोरीहरूको स्वास्थ्य राम्रो हुन धेरै समय लाग्दैन । यसबाट सम्पूर्ण समुदायलाई फाइदा पुग्दछ। मातृशिशु स्वास्थ्य सहयोगीहरूले यस काममा संलग्न हुन पुरुषलाई पनि महिला स्वास्थ्यको कार्यक्रममा सहभागी गराउनु पछ ।

गर्भधारण, आमा र शिशु-स्वास्थ्यको राम्रो राख्ने कामको दायित्व वहन गर्न पुरुषलाई सहभागी हुन प्रोत्साहित गर्नुपर्छ । महिलाले जस्तै गरी पुरुषहरूले पनि बच्चाको रेखदेख गर्न सक्छन्, जस्तै बच्चा फकाउने नुहाइदिने, खुवाइदिने, पढाउने र उनीहरूसँग खेल्ने आदि भन्ने कुरा फोटो देखाएर वा घटना आदि सुनाएर भन्न सकिन्छ ।

महिला र पुरुष दुवैलाई सामुदायिक भेटघाटमा बोलाएर महिलालाई मनमा लागेका कुरा भन्न उत्साहित गर्नुपर्छ ।

महिलाको स्वास्थ्य बारेमा ध्यान दिने र सहानुभूति राख्ने पुरुषहरूसँग मिलेर काम गर्दा सजिलो हुन जान्छ । तिनीहरूले अरू पुरुषहरूसँग समेत कुराकानी गरेर समाजमा परिवर्तन ल्याउन सक्छन्। सधैं व्यावहारिक सुझावहरू दिनुहोस् । आफ्नो जीवनमा महिलाको स्वास्थ्यका बारेमा अत्यन्त धेरै ध्याल राख्ने पुरुषलाई समेत कहाँबाट सुरु गर्ने भन्ने थाहा नहुन सक्छ ।

उदाहरणका निम्ति

  • यौन सङक्रमणको परीक्षण र उपचार कसरी गर्नुपर्छ भन्ने बारेमा पुरुषहरूलाई बताउनु होस्। महिलालाई मात्र उपचार गर्दा उपचार नगेको उनको यौनसाथीबाट त्यो सङक्रमण उनलाई फेरि सर्न सक्छ ।
  • श्रीमती गर्भवती भएका श्रीमान्हरूलाई श्रीमतीको दैनिक काममा सहयोगको आवश्यकता पर्छ भनी प्रस्टरूपमा बताइदिनु पर्छ ।
  • सुत्केरी व्यथा लागेको बेलामा दुखाइ कम गर्न कहाँ र कसरी महिलाको पीठमा सुम्सुम्याउनु पर्छ भनी पुरुषहरूलाई देखाउनुहोस् ।

महिलाको स्वास्थ्य राम्रो पार्ज जीवन बचाउज सहकार्यको आवश्यकता पर्छ

मातृशिशु स्वास्थ्य सहयोगीले संपूर्ण समुदायसँग मिलेर काम गरेपछि महिलाको स्वास्थ्यमा टेवा पुयाउने काममा समुदायका अन्य मानिस पनि खुसी भएर लाग्छन्। अनि त महिलालाई सहयोग पुयाउन समाधानका उपायहरू पत्ता लगाउन सकिन्छ । यहाँ एउटा सत्य कथा तल दिइएको छ

एउटा सूजजात्मक समाधान

पश्चिम अफ्रिकाको एक गाउँमा सुत्केरी महिलालाई मोटरमा हालेर अस्पताल पुयाउन ट्याक्सी र ट्रकवालाहरूले साह्रै गाह्रो मान्ने भएकोले महिलालाई धेरै समस्या पथ्र्यो ।

केही मातृशिशु स्वास्थ्य सहयोगी र गाउँलेले यस विषयमा छलफल गरे र एउटा समाधान पत्ता लगाए । गाउँ नजिकैबाट एउटा ठूलो बाटो जान्थ्यो । शहरमा माल सामान लिएर ओसारपसार गर्ने रातोदिन त्यस बाटोबाट गुज्रन्थे । एकजनाले के सल्लाह दियो भने, सुत्केरी हुन समस्या परेका महिलालाई, आवश्यकताअनुसार, ट्रकमा ड्राइभरसँगै बसाएर अस्पताल पठाउन सकिन्छ । यस योजनाको सफलताका लागि ड्राइभरको सहयोग चाहियो । तिनीहरूले ट्रक ड्राइभरहरूको सङ्गठनसँग सम्बन्धित व्यक्ति र समस्याबारे छलफल गरेर समाधान निकाले । त्यो सङ्गठनका सदस्यहरूले सुत्केरी हुन समस्या परेका महिलालाई, खुसी साथ सहयोग गर्न मन्जुर गरेकाले महिलाको स्वास्थ्यमा धेरै परिवर्तन भयो ।

त्यसपछि कुनै महिलालाई अस्पताल पुर्याउनु पर्ने आवश्यकत परेमा पहेंलो भण्डा बाटो छेउमा हल्लाउने गरिन्छ । त्यहाँबाट गुज्रिरहेको कुनै ट्रक ड्राइइभरले त्यो झण्डा देख्नसाथ, उसले गार्ड रोकेर ती महिला र मातृशिशु स्वास्थ्य सहयोगीलाई गाडीमा राख्छ र सहरको अस्पतालमा पुयाइदिन्छ । जीवन बचाउनमा सहयोग पुयाउने गरेका छन्।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 3/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate