सेयर
Views
  • State: Open for Edit

महत्वपूर्ण भिटामिज र खनिज तत्व

यो शीर्षक भाग गर्भवती र स्तनपान गराइरहेकी महिलालाई भिटामिन र खनिज प्रस्तुत गर्छ।

गर्भवती र स्तनपान गराइरहेकी महिलालाई भिटामिन र खनिज तत्व बढी मा त्रामा आवश्यक पर्छ । जस्तो भिटामिन भनेको फोलिक एसिड र भिटामिन 'ए' र खनिज तत्व भनेका लौह तत्व (आइरन), क्याल्सियम र आयो यी भिटामिन र खनिज तत्व गर्भवती महिलाको गर्भको शिशु बढ्न र स्वस्थ डन हुन्। रहन आवश्यक पर्छन्। हरेक गर्भवती महिलालाई बच्चा र आफ्नै लागि पर्याप्त खाना चाहिन्छ । त्यसैले यी भिटा मन र खनिज तत्व खानाम समावश गर्ने कोसिस गर्नु पर्छ । ज्वालो, तिल, आलस जस्ता गाउँघरमा सजिलै प्राप्त हुने खाजामा पनि पर्याप्त पोषणतत्त्व र भिटामिज हुन्छ ।

लौह तत्त्व

यसले रगत स्वस्थ बनाउँछ र रक्तअल्पता हुनबाट जोगाउँछ। गर्भिणीहरूलाई पर्याप्त शक्तिका लागि, सुत्केरी हुँदा अत्यधिक रक्तस्राव हुन नदिन तथा महिला र शिशुलाई बढ्न पनि लौहतत्त्व

यी खाद्य पदार्थमा प्रशस्त मात्रामा लौह तत्व पाइन्छ :

  • मासु (खासगरी मुटु, कलेजो, मृगौला र अन्य भित्र्यो।समा)
  • कुखुरा हाँस वा अन्य चराचुरुङ्गी
  • माछा, गङ्गटा, सिपी
  • अण्डा
  • गेडागुडी चना, केराउ, भट्ट,
  • सिमी गाढा हरिया सागसब्जी
  • तरुल, भ्याकुर चाकु,
  • सख्खर आदि ।

लौह तत्त्वयुक्त पदार्थ खाँदा अमिलो पदार्थ (ज्यामिर वा कागती) मोहीसँग खानुपर्छ । यी पदार्थमा हुने भिटामिन सी ले महिलाको शरीरलाई खानामा भएको लौह तत्त्व शोषण गर्न सहयोग गर्छ । फलामे कराई वा भाडामा खाना पकाउने गर्नुपर्छ

  • फलामे भाँडोमा केही बेरसम्म सर्बत वा जुस राखेर पिउनाले पनि लौह तत्व प्राप्त हुन्छ।
  • खाना पकाउने भाँडामा शुद्ध फलामले बनेको वस्तु जस्तै फलामे पाता/कॉटी राखेर पनि लौह तत्त्व प्राप्त गर्न सकिन्छ ।

यदि महिलालाई चाहिएमा फलामे चक्की पनि खाने गर्नु पर्छ। यी चक्की मातृशिशु सेवा क्लिनिक वा स्वास्थ्य चौकी तथा अस्पतालमा नियमित सस्तो वा निःशुल्क रूपमा पाइन्छन्।

फलामे चक्की विभिन्न प्रकारका हुन्छन्-जस्तै फेरस सल्फेट फेरस ग्लुकोनेट, फेरस फ्रयूमेरेट आदि। फोलिक एसिड भिटामिन बी) समेत भएका फला चक्की पनि पाइन्छन्। फलामे चक्की सेवन गरेका बेला सुरुमा कब्जियत हुनसक्छ र दिसा कालो हुन्छ। यी समस्या केही दिन पछि हराएर जान्छन् कसैलाई वाक्वाकी लाग्ने भएमा यी औषधि राति खाए समस्या केही कम हुन्छ।

अड्कुसे जुका परेका वा औलो ज्वरो लागेका कारणले पनि रक्तअल्पता हुन सक्छ।

अङ्कुसे जुका परेकी महिलालाई रक्तअल्पता हुने सम्भावना हुन्छ । अङ्कुसे जुकालाई मेवेन्डाजोल वा अल्वेन्डाजोल नामक औषधि खाएर झार्न सकिन्छ-तर यी औषधिहरू गर्भ रहेको शङका भए गर्भ रहेको ३ महिनासम्म खानु हुदैन, नत्र गर्भ तुहिन पनि सक्छ । चार महिनापछिका गर्भवती र स्तनपान गराइरहेकी महिलाका लागि यी औषधिहरू कत्तिको सुरक्षित छन् त्यसको पर्याप्त परीक्षण भएको छैन । तैपनि यी औषधिहरूको उपचार अङ्कुसे जुकाबाट हुने नोक्सानीभन्दा बढी फाइदा हुने कुरा चिकित्सकले विश्वास गरेका छन् ।

गाउँघरमा अङ्कुसे जुकाको प्रकोप छ भन्ने लागेमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई गर्भवती महिलाको उपचार कसरी गर्न सकिन्छ भन्ने बारे सोध्नुपर्छ । औलो ज्वरोले पनि गर्भवती अवस्थामा रक्तअल्पता र अन्य गम्भीर समस्याहरू गराउन सक्छ ।

फोलिक एसिड (फोलेट)

फोलिक एसिडको कमीले आमालाई रक्तअल्पता र उनको गर्भको बच्चामा गम्भीर जन्मजात खोटहरू हुन सक्छ ।ती समस्याहरूको रोकथाम गर्न कुनै पनि महिलाले गर्भ रहनुअघि र गर्भ रहेको सुरुका ३ महिनाभित्र पर्याप्त मात्रामा फोलिक एसिड लिनु पर्छ।गर्भ बढ्दै जाँदा बच्चामा हाडहरू बन्न र विकास हुन खासगरी गर्भधारणका ७ महिनापछि प्रशस्त मात्रामा क्याल्सियम आवश्यक पर्छ । महिलालाई हड्डी र दाँत मजवुत बनाउन पनि क्याल्सियम आवश्यक पर्छ।

यी खाद्य पदार्थमा प्रशस्त क्याल्सियम तत्व पाइन्छ :

  • दूध, दही, मोही
  • तरुल, लौका
  • माछाका भुरा
  • ज्वानो
  • तिल, ओख्खर
  • हरिया सागसब्जी
  • कुरकुरे हड्डी आदि ।

थप क्याल्सियम यसरी पनि प्राप्त गर्न सकिन्छ :

  • हड्डीको सुरुवा (सुप) बनाउँदा थोरै कागतीको रस वा गोलभेडा सहित खाएर,
  • अण्डाको बोक्रा पिसेर बनाएको धुलोलाई खानेकुरामा मिसाई खाएर ।
  • मकैलाई कागतीको रसमा भिजाई खाएर ।

आयोडिन

आयोडिन नामक तत्वले गलगाँड र वयस्क अवस्थामा अरू समस्याको रोकथाम गर्दछ । गर्भिणी महिलालाई आयोडिनको कमी भयो भने बच्चा सुस्तमनस्थितिको जन्मन सक्छ। आयोडिन प्राप्त गर्ने सबैभन्दा सजिलो उपाय भनेको आयोडिनयुक्त नुनको प्रयोग गर्नु हो । तताउँदा आयोडिन उड्छ त्यसैले यस्तो नुन पकाइसकेपछिको तरकारीमा हाल्नु पर्ने हुन्छ ।

यी खाद्य पदार्थहरूमा प्रशस्त मात्रामा आयोडिज तत्व हुन्छन् :

  • भिँगेमाछा
  • अण्डाको पहेंलो भाग

यदि गाउँघरमा सुस्त मनस्थिति वा गलगाँडको समस्या प्रशस्त भएमा नजिकको ി स्वास्थ्य चौकीमा सम्पर्क राखी आयोडिन सुई लगाउने प्रबन्ध मिलाउनु पर्छ । यस्तो प्रबन्ध गर्न नसकिए पोलिभिडोन आयोडिन नामक औषधि किनेर घरमा नै आयोडिन झोल बनाउन सिकाउनु पर्ने हुन्छ ।

पिउले आयोडिज भोल बजाउने तरिका

सिसाको चिया गिलासको एक गिलासमा दूध वा पानीमा एक थोपा ल्युगोल्स आयोडिन राख्नुपर्छ । सो आयोडिनयुक्त एक ग्लास पानी वा दूध हरेक महिना आयोडिन कमी हुने वा सुस्त मनस्थिति प्रशस्त देखिएका क्षेत्रका जो कोहीले जीवनभरि पिउने गर्नुपर्छ । खासगरी बालक र गर्भिणीले आयोडिन भएको खानेकुरा खानुपर्छ । चाहिनेभन्दा आयोडिनको मात्रा एकदमै धेरै भयो भने पनि हानिकारक हुनसक्छ। आयोडिनलाई चकी घाम र तातोबाट जोगाउन अँध्यारो भाँडोमा बिकॉ कसेर शीतल कोठामा राख्नुपर्छ ।

भिटामिन ए

भिटामिन ए ले रतन्धोको रोकथाम र अरू सङ्क्रमणहरू विरुद्ध लड्न सहयोग गर्दछ। बाल्यकालमा भिटामिन ए को कमी अन्धोपनको कारण बन्छ । कुनैपनि महिलालाई गर्भवती हुँदा वा स्तनपान गराउँदा प्रशस्त मात्रामा भिटामिन ए को आवश्यकता पर्दछ । *-*फलफूल, आँप, मेवा सयपत्री, कर्कलो आदिमा धेरै भिटामिन 'ए' हुन्छ। गाढा पहेंलो र हरियो सागसब्जी, सुन्तला जातका वा पाकेका फलफूलहरूमा भिटामिन ए हुन्छन्। नेपालमा सरकारले कार्तिक र वैशाख महिनामा बालकलाई भिटामिन 'ए' खुवाउने अभियान गरेको छ तर भिटामिन 'ए' को क्याप्सुल चाहिँ गर्भवती महिलाले खानु हुँदैन । खासगरी गर्भ रहेको पहिलो तीन महिनामा कुनै पनि हालतमा भिटमिन्। 'ए' को चक्की खानु हुँदैन ।

स्वस्थकर खाद्य पदार्थहरू खानुका साथै महिलाले प्रशस्त मात्रामा सफा पानी र अन्य प्रकारका झोलिला पदार्थ दैनिक रूपमा पिउने गर्नुपर्छ। फलफुलको रस, नरिवल पानी, दूध र वनस्पति चिया/सुप आदि स्वस्थकर पिउने पदार्थ हुन्।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.93333333333
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
नेविगतिओन
Back to top