सेयर
Views
  • State: Open for Edit

गर्भवती अवस्था परिचय

यो शीर्षक भाग गर्भवती अवस्था परिचय छलफल प्रस्तुत गर्छ।

गर्भवती अवस्थाका सबै महिलालाई सेवा र हेरचाह आवश्यक पर्छ । यस्तो सेवालाई प्रायशः गर्भवती वा पूर्वप्रसूति सेवा भन्ने गरिन्छ। गर्भवती सेवाले गर्भवती महिलालाई स्वस्थ रहन तथा सुत्केरी हुँदाका समस्या कम गर्न सहयोग पुयाउँछ। महिला आफै, उनका परिवार तथा समुदायले गर्भवती सेवा दिनमा मद्दत पुयाउँछन्। साथसाथै गर्भवती महिलाको हेरचाह गर्न जानेका मातृशिशु स्वास्थ्य सहयोगीले सेवा प्रदान गर्न सक्छन्।

मातृशिशु स्वास्थ्य सहयोगीले गर्भवती अवस्थामा मात्र होइन, प्रसूति व्यथा लाग्दा वा सुत्केरी भएपछि पनि सेवा दिने गर्छन्।

गाउँघरमा धेरैजसो महिलाको सामान्य प्रसव हुने गर्छ। यसकारण गाउँघरमा गर्भवती सेवामा त्यति ध्यान दिँदैनन्, सोच्ने गर्दैनन् तर कतिपय अवस्थामा महिलालाई राम्रोसँग जाँच गर्न, आवश्यक पर्ने सुई दिन र सुरक्षित रूपमा सुत्केरी गराउन स्वास्थकर्मीको ठूलो भूमिका हुन्छ।

गर्भवती महिलाको सेवा तथा हेरचाह गर्नुका मुख्य २ प्रमुख उद्देश्यहरू छन् :

  • गर्भवती महिलाको स्वास्थ्यमा ध्याज दिनुः यो काम मुख्यतः महिलाको शरीर जाँच गरेर उनका समस्या केही छन् कि भनेर पत्ता लगाउन सकिन्छ ।
  • सल्लाह गर्नु : यो सेवामा गर्भवती महिलालाई कसरी बढी स्वस्थ रहन सकिन्छ भन्नेबारे बुझाउन सकिन्छ, जस्तै: स्वस्थकर भोजन कसरी खाने, हानिकारक चिजहरूबाट कसरी जोगिने आदि ।

हेला र महिलाका परिवारले महिला गर्भवती भएको थाहा पाउनासाथ उनलाई विशेष ध्यान दिनु पर्छ। गर्भवती अवस्थाभरि नियमित स्वास्थ्य जाँच गर्नु पर्छ । यस्तो जाँचलाई “गर्भवती जाँच” भन्न सक्छौं । यस्तो चहरू सम्भव भएसम्म कम्तीमा ४ पटक गरिनु पर्छ।

धेरै पटक जाँच गरियो त्यति नै स्वास्थ्यकर्मीलाई महिलाको गर्भावस्थाको बारेमा जानकारी हुने र खतराको चिह्नहरू भएमा चाँडै रोकथाम गर्न सकिन्छ । अनि सावधानीका चिह्नहरू भएका महिलाले धेरै पटक जंचाउनु पर्छ ।

यस खण्डलाई विभिन्न ३ अध्यायमा विभाजित गरिएको छ :

  • य ६ म गर्भवती अवस्थामा हुनसक्ने परिवर्तनबारे चर्चा गरिएको छ।
  • यि ७ मा गर्भवती महिलाको पहिलो पटकको जाँचमै सम्पूर्ण स्वास्थ्यको जानकारी कसरी लिनेभन्ने बताइएको छ ।
  • अध्या य ८ मा हरेक पटकको जाँचमा खतरा कसरी थाहा पाउनेबारे बताइएको छ ।

गर्भावस्थामा आउले सामान्य परिवर्तनहरू

गर्भावस्थामा महिलाको शरीरमा परिवर्तनहरू आउँछन्। यस अध्यायमा हामीले तीमध्ये केही परिवर्तनका बारेमा छलफल गछौं । साथै यस अवस्थामा देखा पर्ने खतराका चिह्नहरू र तिनको कसरी समाधान गर्ने भन्ने बारेमा पनि छलफल गछौं ।

खतरा अवस्थाका केही चिह्नहरू गाउँ स्तरमा नै समाधान गर्न सकिन्छ भने कतिपय समस्याका लागि अस्पताल नै जानुपर्छ ।

भोजज तथा जिद्रासम्बन्धी परिवर्तत्वहरू

वाक्वाकी लाग्ने र केही खाद्यसामग्रीहरू हेर्ने मल जलाग्ने

गर्भवती भएको सुरुका महिनामा धेरै महिलालाई वाक्वाकी लाग्छ । यस्तो वाक्वाकी लाग्नुलाई अङ्ग्रेजीमा 'मर्निङ सिकनेस' (Morning Sickness) भनिन्छ । यस्तो अवस्थामा निम्न सल्लाह दिन सकिन्छ :

  • रातिको भोजनमा प्रोटिनयुक्त खाद्यपदार्थ खानुहोस्।
  • बिहान उठ्नेबित्तिकै थोरै मात्रामा सुक्खा रोटी वा चिउरा जस्ता खाद्यपदार्थहरू खानुपर्छ।
  • दिनमा २-३ पटक धेरै खानु भन्दा, धेरै पटक थोरै थोरै खाएर झोलिलो पदार्थ धेरै पिउनुपर्छ ।
  • वाकवाकीबाट आराम पाउन अकुप्रेसर पनि उपयोगी हुनसक्छ । महिलाको हत्केला र नाडीको जोड्नीभन्दा ३ अङ्गुलमाथिको नाडीको भित्रपट्टि २ वटा त्यान्द्रे हड्डी (tendons) हरूका बीचमा चिह्न लगाउने । त्यस चिहन वरिपरि गोलाकारमा औंला घुमाउँदै दह्रो सँग थिच्नुपर्छ । तर चोट नपर्ने गरी थिच्नुहोस्। अकुप्रेसरले फाइदा गरे नगरेको ५ मिनेटमा नै अनुभव हुन्छ ।
  • खाना खानुअघि, दिनको २-३ पटक अदुवा, पदिना वा दालचिनीको चिया पिए राम्रो हुन्छ। यस्तो चिया पुदिनाका ४-५ वटा पातहरू वा एक टुक्रा दालचिनी कपमा राखी त्यसमा उम्लिएको तातो पानी राखेर केही छिन भिज्न दिनुपर्छ । अदुवाको चिया बनाउन अदुवा र पानीलाई कमसेकम १५ मिनटसम्म उमाल्नुपर्छ । अदुवाको टुक्रालाई मुखमा राखेर चुसिराख्नाले पनि फाइदा हुन्छ।

गर्भवती महिलालाई कुनै कुनै खाद्य पदार्थ खान मन लाग्दैन र सुत्केरी भइसकेपछि त्यो खाना फेरि मन पर्न सक्छ । उनलाई मन लागेको खाना दिने र प्रोटिनयुक्त खाना-. खाने सल्लाह दिनुपर्छ ।

खाने तल्तल् लाग्न

कुनै कुनै गर्भवती महिलालाई केही अखाद्य पदार्थ जस्तै, हिलो, कमेरो वा माटो आदि) खाने तल्तल् लाग्न (Foodcraving) सक्छ । उनको शरीरमा क्याल्सियमको कमी भयो भने यस्तो हुन्छ। यस्तो बेलामा उनलाई आफ्नो आहारामा दूध, दही तिल ज्वानो आदिको प्रयोग गर्ने सल्लाह दिनुपर्छ । तिनमा धेरै क्याल्सियम हुन्छ ।

यदि कुनै महिलालाई पौष्टिक खाद्यपदार्थ (जस्तै गेडागुडी, अण्डा, फलफूल र सागसब्जी) खाने तल्तल् लागेको छ भने, उनलाई मनलागे जति खाए हुन्छ। तर उनलाई धेरै पुरियाबन्दी खाना (Junk food), जस्तो कि, चकलेट्, बिस्कुट, चाउचाउ, सोडा वा अन्य पुरियाबन्दी खाद्यपदार्थ खाने इच्छा भयो भने सकेसम्म त्यो नखानु बेस भनेर सम्झाउनु पर्छ । क्याल्सियम-तत्व पृ शस्त भएका खाद्यपदार्थहरू खान प्रोत्साहित गर्नुपर्छ ।

पेट पोल्नु, मुटु पोल्नु वा स्तत्वहरू दुख्नु

पेट पोल्नु, वा छाती पोल्ने पनि हुन सक्छ । यस्तोलाई मुटु पोल्ने (heartburn) भनिन्छ, र यो पेटमा भएको खाना पचाउन सघाउ पुयाउने अम्ल (Acid) को कारणले गर्दा भएको हो । पेटभित्र बढि रहेको बच्चाले आफू बस्ने स्थान बनाउँछ तब पेट माथितिर धकेलिँदा पेटमा भएको अम्ल (Acid) आमाको छातीतिर धकेलिन्छ जसले गर्दा पोलेको अनुभव हुन्छ । सुत्केरी भइसकेपछि आफै ठीक हुन्छ ।

यस्ता समस्या हुँदा आरामका लागि जिम्ज व्यवस्था गर्न सकिन्छः

  • एकै पटक धेरै मात्रामा खाँदा पेट टम्म हुन्छ । यसकारण धेरै पटकमा थोरै थोरै खाने गर्नुपर्छ।
  • मसालायुक्त एवं चिल्लो पदार्थ धेरै भएको खाना, कफी र धूम्रपानको बानी लगाउनु हुँदैन । यी सबैले पेटमा गडबडी पैदा गर्न सक्छन्।
  • सुत्दा वा पल्टिंदा सिरानी लगाउने गर्नुपर्छ। यसो गर्दा पेटभन्दा टाउको अग्लो ठाउँमा रहन्छ र पेटमा भएको अम्ललाई छातीमा आउन दिँदैन ।
  • पेट अमिलो भएको जस्तो भए लागेमा दूध पिए हुन्छ। निद्रा लागिरहनु केही गर्भवती महिलालाई धेरै निद्रा लाग्छ। गर्भ रहेको सुरुका ३ महिनासम्म यस्तो हुनु सामान्य हो ।

निद्रा लाग्नुको कारण उनको शरीरलाई आराम चाहिएको हो । तर कसैलाई अति निद्रा र कमजोरी भयो भने रक्तअल्पता भएको छ कि भन्ने विचार गर्नुपर्छ ।

2.28571428571
तारा - दर्जा - मदत
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
नेविगतिओन
Back to top