অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

उपकरणको सफाइ र जिर्मलीकरण गर्नुपर्छ

उपकरणको सफाइ र जिर्मलीकरण गर्नुपर्छ

सुत्केरी हुँदा, जाँचपड्ताल गर्दा वा महिलाको शरीरभित्र हात हाल्न प्रयोग गरिने सबै उपकरणहरूको सफाइ र निर्मलीकरण गर्ने पर्दछ । यसले महिलालाई रोग सर्न बाट बचाउँछ

औजारहरू सफा गर्नुपर्छ

सुत्केरी गराउँदा प्रयोग गर्ने सबै औजार र उपकरण सफा गनै पर्दछ । सुत्केरी गराएपिच्छे औजारका छेउकुनामा लागेका रगत वा मैला हटाउन ब्रसको प्रयोग गर्दै राम्ररी धुनुपर्छ । खिया लागेको भए त्यसलाई सफा गर्नुपर्छ र भुत्ते भएका वा बिग्रेका औजारहरू कुनै सुरक्षित ठाउँमा लगेर फ्याक्नु पर्छ । आफूलाई सुरक्षित राख्न, औजारको सफा गर्दै गरेका बेला बाक्ला र बलिया पन्जा लगाउनु पर्छ ।

सबै चिजविज धोइपखाली गरिसकेपिछ महिलाको शरीरभित्र प्रयोग गरिने कुनै पिन औजारमा हुनसक्ने सूक्ष्मजीव नस्ट गर्नका निम्ति तिनलाई निर्मलीकरण गनै पर्दछ ।

औजारहरू निर्मलीकरण गर्नुपर्छ

निर्मलीकरण गर्नु भनेको कुनै पनि वस्तुमा भएका सबै सूक्ष्मजीवलाई मार्नु हो । निर्मलीकरण गरिएका औजारहरूमा सूक्ष्मजीव नरहेपछि महिलाहरू सङ्क्रमण हुनबाट बच्छन्।

निर्मल' वा निर्मलीकरण वा निर्मलीकृत औजार-उपकरणको अर्थ के हो ?

निर्मलीकरणको अर्थ सङ्क्रमण गर्ने सबै सूक्ष्मजीवलाई मार्नु हो । कुनै पनि औजार निर्मल गर्न ताप दिएर सेकाउने (Baking) वा चापयुक्त वाष्पीकरण (Pressure steaming) गरिन्छ । सङ्क्रमण-नाश (Disinfect) को अर्थ सङ्क्रमण गराउनसक्ने अधिकाश सूक्ष्मजीवलाई मार्नु हो । केही खास प्रकारका साबुन र सरसफाइ गर्ने उत्पादन “सङ्क्रमणनाशक" (Disinfectant) भनिन्छन्। तर मेडिकल औजार वा उपकरणको मा हुनसक्ने सङ्क्रमणनाश गर्न सङ्क्रमणनाशक साबुनले धोएर मात्र पुग्दैन- ती औजार वा उपकरणहरूलाई उमाल्नु, वाफ दिनु, सङ्क्रमणनाशक रसायनिक पदार्थमा डुबाएर राख्नु पर्छ । यस प्रकारको सङ्क्रमणनाश विधि'लाई उच्च स्तरीय सङ्क्रमणनाश (High Level Disinfection- HLD) भनिन्छ । यस पुस्तकमा उल्लेखित सबै मेडिकल विधिहरू, निर्मलीकरण वा उच्चस्तरीय सङ्क्रमणनाश (HLD) विधिद्वारा निर्मलीकृत औजारका सहयोगले सुरक्षित तवरमा अपनाउन सकिन्छ । सजिलोका लागि, यस पुस्तकमा हामी निर्मलीकरण' वा निर्मल' भन्ने शब्द प्रयोग गर्ने छौं । कुनै औजार निर्मलीकरण गरिएको हुनुपर्छ भनिएको छ भने यसको तात्पर्य त्यस्तो औजार निर्मलीकरण वा उच्च स्तरीय सङ्क्रमणनाश’ विधि गरिएको हुनुपर्छ भनिएको हो ।

निर्मलीकरण गरिले विभिल्ल विधिहरू

यहाँ औजारहरू निर्मलीकरण गर्ने भिन्नभिन्न विधिहरूका बारेमा ब्याख्या गरिएका छन् ती हुन् -ताप दिएर सेकाउने (Baking) वा चापयुक्त वाष्पीकरण (Pressure steaming) R. रसायनिक पदार्थका घोलमा डुबाउने । उच्च ताप दिएर सेकाउने वा चापयुक्त वाष्पीकरण विधि सर्वोत्तम तरिका हुन् किनभने तिनीहरूले अधिकांश सूक्ष्मजीव मार्दछन्। यी दुईमध्ये कुनै पनि उपाय अपनाउन नसकिने अवस्थामा उमाल्ने, तातो वाष्पीकरण वा सङ्क्रमणनाशक रसायनिक पदार्थ पनि राम्रै हुन्छ । सावधाज ! आफ्जा औजारको जिर्मलीकरण गर्न सकिएज भले तिनीहरूको प्रयोग नै जगर्नुहोस, निर्मलीकरण नगरिएका औजारहरूले फाइदाभन्दा बेफाइदा बढी गर्दछन्।

ताप दिएर सेकाउले विधि

धातुका औजारहरू र नाल बाँध्ने तारको निर्मलीकरण गर्न उच्च ताप दिएर सेकाउने विधि अपनाउनुपर्छ । रबर वा प्लाष्टिकलाई तताउनु हुँदैन, ती पग्लन्छन्। सबै औजारहरूलाई राम्ररी धोई-पखाल्नुपर्छ । यसपछि ती औजारहरूलाई सफा कपडा वा वाक्लो कागजका चार पत्र माथि राखेर अनि ती औजारहरूको वरिपरि बाहिर नदेखिने गरी कपडाले बेरेर पोका पार्नुपर्छ । औजारहरू वा तारको पोकालाई एउटा भाँडा वा ताप्केमा राख्नुपर्छ । यसपछि मध्यम देखि उच्च राप दिएर तताउनु पर्छ । एउटा ठूलो आलु वा तरुलको ठूलो टुक्रा पकाउन लाग्ने समय भन्दा केही बढी समय लाग्छ । यदि चुल्हो वा स्टोभमा त्यति धेरै तापक्रममा तताउने व्यवस्था छैन भने, अलिक लामो समय सम्म तताउनु पर्दछ । औजार राखेको पोकालाई पहिले सेलाउन दिएर, त्यसपछि चिसो तर सुख्खा ठाउँमा राख्नुपर्छ ।

चापयुक्त वाष्पीकरण

विधि धातुले बनेका औजार वा रवर वा प्लास्टिकले बनेका उपकरणहरू निर्मलीकरण गर्नका लागि चापयुक्त वाष्पीकरण विधि अपनाउनु पर्छ । केही स्वास्थ्य-केन्द्र वा अस्पतालमा निर्मलीकरण गर्ने मेसिन हुन्छ। जसलाई अटोक्लेभ (Autoclave) भनिन्छ । अटोक्लेभले उपकरणहरूलाई बाफ र चाप दिएर निर्मलीकरण गर्दछ । अटोक्लेभ जहाँतहाँ हुदैन, यसको सट्टा प्रेसर कुकर भाँडो प्रयोग गर्न सकिन्छ । यसबाट अटोक्लेभले जस्तै औजारहरूको निर्मलीकरण हुन्छ । प्रेसर कुकर भाँडामा एउटा स्टिमर बास्केट (steamer basket) र पानी राख्नुहोस् । आफ्ना औजारहरू स्टिमर बास्केटमा राख्नुहोस्, कुकरको विर्को लगाउनु होस् र २० मिनेटसम्म उमाल्नुहोस् । निर्मलीकरण गरिसकेपछि, औजारहरूलाई सेलाउन दिनुपर्छ । तिनीहरूलाई छुनु हुँदैन ।

ती औजार अरू कुनै चीजमा छोइए भने वा आफ्नै हातले छोइए पनि दूषित हुन्छन्। औजारहरू निर्मलीकरण गरिएका भाँडामा सेलाउन दिनुपर्छ । धूलो नपरोस् भन्नाका लागि भाँडामा भएका औजारहरू उठाउन निर्मलीकरण गरिएका सनासा (tongs), सिन्का (chopsticks) वा चम्चाहरूको प्रयोग गर्नुहोस्। तिनलाई सीधै निर्मलीकरण गरिएका भाँडावर्तनमा राख्नुपर्छ ।

भाँडालाई निर्मलीकरण गरिएको कपडा वा कागजले छोप्नुपर्छ । ती औजार राम्ररी सुकेपछि त्यस भाँडाको बिर्को लगाउनुपर्छ र त्यसलाई बाहिरका सूक्ष्मजीवहरूको तिनको संसर्गमा नआउन् भनी टेप वा अन्य कुनै त्यस्तै चिजले सिलबन्दी गर्नुपर्छ ।

उमाल्ले विधि

धातुका औजार, रबर वा प्लास्टिकका उपकरण (जस्तै म्यूकस बल्वहरू) र कपडालाई उमाल्ने विधिबाट निर्मलीकरण गर्न सकिन्छ । औजारहरू धोएर तथा सफा गरेपछि पानीको भाँडामा राखेर उमाल्नुपर्छ । पानी उम्लेको २० मिनटसम्म उमाल्नुपर्छ । भाँडाबाट औजारहरू निकाल्नका लागि सनासो, सिन्का वा चम्चाहरूको प्रयोग गर्नुपर्छ । निकालेर सीधैं निर्मलीकृत भाँडोमा राख्नुपर्छ ।

वाष्पीकरण

धातुले बनेका औजार, पन्जाहरू, प्लास्टिकबाट बनेका उपकरण र अन्य औजार निर्मलीकरण गर्न वाष्पीकरण विधि अपनाउनुपर्छ । वाष्पीकरण भाँडाका तीन भाग हुन्छन्, जुन राम्ररी कसिने खालका हुन्छन्। पहिलो पानी उमाल्ने पिँधको भाँडो, 2 पिँधको भाँडोमा अलिकति उमाल्नका लागि पानी राख्नुहोस्। बीचको भॉडी पिँधपा ससाना छिद्रा भएको बीचको भाँडा (steamerpot) मा औजार राख्नु होस् र त्यसमाथि बिर्को बन्द गर्नुहोस्। - पानी उमाल्ने पॅिधको पानी उमाल्नुहोस् र पानीको बाफ औजारहरूमा पुग्न दिनुहोस्। पानी उम्लन थालेपछि २० मिनटसम्म बाफ दिइरहनु होस् ।

रसायनिक पदार्थहरू निर्मलीकरण विधि

धातु, रबर वा प्लास्टिकले बनेका औजार गर्ने गरिन्छ । तर, हामी, निर्मलीकरण गर्न दिँदैनौ । निर्मलीकरण गर्न प्रयोग गरिने अधिकांश रसायनिक पदार्थहरू विषालु हुन्छन्। काम सकिएपछि विसर्जन गर्दा ती पदार्थहरूले जमीन र पानीलाई विषालु बनाइदिन्छन्। त्यस्ता रसायनिक पदार्थतिनको उत्पादन गर्ने, कारखानामा कामगर्ने मानिसहरूका निम्ति र औजार सफा गर्न तिनको उपयोग गर्ने मानिसहरूका निम्ति पनि विषालु नै हुन्छन्। तर केही औजारहरू रसायनिक पदार्थका सहयोगले मात्र सफा हुन्छन् । थर्मामिटरहरू, केही खास प्रकारका पन्जाहरूलाई, ताप दिएर, उमालेर वा बाफ दिएर उपयोगले निर्मलीकरण गर्न सकिन्छ ।

रसायनिक पदार्थ प्रयोग गर्नैपर्ने आवश्यकता छ भने :

  • ब्लिचलाई मिसाएर (पृष्ठ ५७ मा उल्लेख गरिएअनुसार) घोल बनाउनुहोस्। वा यो छैन भने, तल उल्लेख गरिएका मध्ये कुनै एक रसायनिक पदार्थ प्रयोग गर्नुहोस् :
  • इथानोल (मेडिकल अल्कोहल) ७०५,
  • आइसोप्रोपायल अल्कोहल ७०५,
  • हाइड्रोजन पेरोक्साइड ६५, वा यस्ता रसायनिक पदार्थ पाइएन भने, यी पनि प्रयोग गर्न सकिन्छ
  • कडा खाले रक्सी वा घरपाला एकपाने रक्सी ।

रसायनिक पदार्थले आफ्ना औजार निर्मलीकरण गर्नुअघि ती अत्यन्तै सफा गरिएको हुनुपर्छ । औजारहरूमा अलिकति रगत वा शारीरिक तरल पदार्थ लागेका छन् भने पनि रसायनिक पदार्थहरूले काम गर्दैनन् पाठेघरभित्र ब्लिच वा सङ्क्रमणनाशक रसायनिक पदार्थमा कम्तीमा २० मिनेटसम्म औजारहरू डुबाएर राख्नुहोस् ।

एक पाने अर्थात् कडा रक्सीमा १ दिनभरि डुबाएर राख्नुपर्छ । यसैले तुरुन्ता तुरुन्ती चाहिने औजारका लागि यो तरिका त्यति उपयोगी छैन । डुबाइसकेपछि रसायनिक पदार्थहरू निकालेर औजारहरूलाई सुक्न दिनुपर्छ ।

सावधाज ! ग्लुटरडिहाइड्स् र फरमलडिहाइड लामका रसायनिक पदार्थहरू कहिल्यै पनि प्रयोगमा ल्याउज जहुने खतरजाक रसायनिक पदार्थ हुन् भन्जे हाम्रो सोचाइ छ । धेरै स्वास्थ्य केन्द्र र अस्पतालहरूले निर्मलीकरण गर्न तिनको उपयोग गर्छन्, तर ती अति विषालु हुन्छन्। उदाहरणका निम्ति, फरमलडिहाइडका कारणले क्यान्सर हुन पनि सक्छ । निर्मलीकरण गर्ने अरू तरिका अपनाउन कोसिस गर्नुपर्छ ।

रसायनिक पदार्थहरू प्रयोग गरियो भने, त्यसलाई आफ्ना छालामा पर्न दिनुहुदैन र त्यसको प्रयोग गर्दा पन्जा लगाउनुपर्छ । रसायनिक पदार्थहरू सावधानीपूर्वक विसर्जन गर्नुपर्छ । पशुपन्क्षी र बच्चाहरूले झुक्किएर नपिउन् भनी ढुक्क हुनका लागि ब्लिच वा अन्य रसायनिक पदार्थहरूलाई शौचालयमा लगेर बगाउनु राम्रो हुन्छ ।

औजार र अन्य सामाग्री कसरी सुरक्षित राख्ने ? औजार सकेसम्म छिटो सफा गर्नुपर्छ, नत्र कट्कटिन्छ । जति छिटो सफा गरेर राख्न सक्यो त्यति राम्रो हुन्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 2/20/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate