होम / स्वास्थ्य / जीवनशैलीको विकार / बोसो र कोलेस्ट्रल
सेयर
Views
  • State: Open for Edit

बोसो र कोलेस्ट्रल

शरीरमा बोसो बढ्दा के असर हुन्छ अनि कोलेस्ट्रको प्रभाव तथा यसबारे जान्नु पर्ने कुरा यसमा छ।

जीवनशैलीको विकार:भारतीय परिदृश्य

आधुनिक विज्ञानले उन्नत स्वच्छता, टीकाकरण र एन्टिबायोटिक्स तथा चिकित्सा सुविधाहरूका माध्यमबाट अनेक संक्रामक बिमारीहरूबाट हुने मृत्युका खतरालाई खतम पारेको छ। यसको अर्थ यो हो कि अब मृत्युको प्रारम्भिक कारण मुटुको रोग र केन्सर जस्ता जीवनशैलीसँग जोडिएका बिमारीहरू भएका छन्। प्राकृतिक रूपमा हरेक व्यक्तिको मृत्यु कुनै न कुनै कारणले हुन सक्छ, तर जीवनशैलीसँग जोडिएका बिमारीका कारण मान्छेको असमयमा मृत्यु हुन सक्छ। आधुनिक युगमा धेरै मान्छे आनुपातिक रूपमा कम उमेरमा नै हृदय रोग र केन्सर तथा हाम्रो जीवनशैलीसँग जोडिएका अरू बिमारीहरूका कारणले मर्दै छन्।

भारतमा स्थिति धेरै चिन्ताजनक छ। बिमारीहरूको स्वरूप द्रुत गतिले बदलिँदै छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतको पहिचान यस्तो देशका रूपमा गरेको छ, जहाँ निकट भविष्यमा जीवनशैलीसँग जोडिएका विकारहरू सर्वाधिक हुने छन्। आजभोलि केवल जीवनशैलीको विकार मात्र साधारण भएको छैन, जबकि यो युवा जनता माथि पनि प्रभावित पार्दै छ। त्यसैले 40+ को जनताबाट खतरा शायद 30+ वा त्यो भन्दा कम हुँदै छ। मधुमेहको वैश्विक राजधानीका रूपमा पहिले देखि नै पहिचान बनाइसकेको भारत एउटा नकारात्मक उपलब्धि प्राप्त गर्ने तर्फ बदै छ र त्यो हो जीवनशैलीसँग जोडिएका बिमारीहरूको वैश्विक राजधानी बन्नु। अखिल भारतीय आयुर्विज्ञान संस्थान र मेक्स अस्पतालद्वारा गरिएको एउटा संयुक्त अध्ययनका अनुसार उच्च रक्तचाप, मोटोपनर हृदय रोगका मामिला, विशेष तवरमा युवा र शहरी युवा आबादीमा खतरनाक गतिलेबढिरहेको छ।चिकित्सकहरूको कथन अनुसार, बोसोयुक्त भोजनको अत्यधिक मात्रा रएल्कोहलसँग निष्क्रिय जीवन पद्धतिनैमोटोपन, मधुमेह र उच्च रक्तचापका लागि जिम्मेदार छ।

यस भागमानिम्न बिन्दुहरूमा जानकारी दिइएको छ-

  • बोसोर कलेस्ट्रोल
  • हृदय रोगको रोकथाम
  • जीवनशैलीसँग जोडिएका प्रमुख बिमारीहरू
  • केन्सर, मधुमेह, हृदय धमनीका बिमारीहरूर मस्तिष्कघातबाट बचाउ र नियन्त्रणका लागि राष्ट्रीय कार्यक्रम (एनपीसीडीसीएस)

सबैभन्दा पहिले यस अन्तर्गत बोसो र कलेस्ट्रोलको जानकारीलाई यहाँ प्रस्तुत गरिएको छ।

संतृप्त र असंतृप्त बोसो

संतृप्त बोसो पशु उत्पादहरू र असंतृप्त बोसो खाद्य पदार्थहरू जस्तै, मासु, डेयरी उत्पाद, चिप्स र पेस्ट्रिहरूमा पाइन्छ। संतृप्त बोसोको रसायनिक संरचना सम्पूर्ण तरिकाले हाइड्रोजेन परमाणुहरूसँग संतृप्त हुन्छ, र त्यसको कार्बन परमाणुहरूका बीच दोहोरो बन्धन हुँदैन। संतृप्त बोसो मुटुका लागि स्वास्थ्यकर हुँदैन, किनकि त्यसले तपाईँको रगतमा कम घनत्व भएको लाइपोप्रटीन (एलडीएल) कलेस्ट्रोल ("नराम्रो" कलेस्ट्रोल) को स्तर बढाउने गर्छ भनिन्छ।

अर्कातिर, असंतृप्त बोसो, मेवा, एवोकेडो, र जैतून जस्ता खाद्य पदार्थहरूमा पाइन्छ। ती कोठाको तापमानमा तरल रूपमा रहन्छर  संतृप्त बोसो भन्दा त्यसको रसायनिक संरचना भिन्न हुन्छ किनकि त्यसमा दोहोरो बन्धन हुन्छ। यसका अतिरिक्त, अध्ययनबाट पत्तो लागेको छ कि असंतृप्त बोसो मुटुका लागि स्वास्थ्यकर बोसो हो - त्यसमा एलडीएल कलेस्ट्रोललाई घटाउने क्षमता हुन्छ र त्यसले उच्च घनत्व लाइपोप्रटीन (एचडीएल) कलेस्ट्रोल (“राम्रो” कलेस्ट्रोल) को स्तर बढाउने गर्छ।

असंतृप्त र संतृप्त बोसोका बीचमा फरक

संतृप्त बोसोर असंतृप्त बोसो, जुनचाहिँ भोजनमा पाइने दुईटा मुख्य प्रकार हुन्, का बीचका फरकको जानकारी, तपाईँलाई आफ्नो कलेस्ट्रोल घटाउनमा मदत् गर्छ। जबकि असंतृप्त बोसो र संतृप्त बोसो दुवै भिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, अध्ययनबाट थाहा भएको छ कि यो बोसो समान रूपमा बनिँदैनन्। असंतृप्त बोसो तपाईँका मुटुका लागि उपकारी हुन सक्छ, जबकि संतृप्त बोसो तपाईँको कलेस्ट्रोल र मुटुका लागि हानिकारक हुन सक्छ।

त्यसैले, यदि तपाईँ कलेस्ट्रोल घटाउने आहार-नियमको पालन गर्ने कोशिश गर्नु हुन्छ भने, त असंतृप्त बोसो खाँदा तपाईँको कलेस्ट्रोलको स्तर अरू नबढनु पर्ने हो। तर, तपाईँले धेरै संतृप्त बोसो भएका खाद्य पदार्थहरूबाट बच्ने प्रयास गर्नु पर्छ।

मोनोअनसेचुरेटेड र बहु असंतृप्त बोसोका बीचमा के अन्तर छ?

असंतृप्त बोसोलाई, जुन मुटुको स्वास्थ्यलाई टेवा दिनका लागि सिद्ध भएको छ, दुईटा प्रमुख श्रेणीहरूमा विभाजित गर्न सकिन्छ: मोनोअनसेचुरेटेड र बहु असंतृप्त। मोनोअनसेचुरेटेड र बहु असंतृप्त बोसोका बीच अन्तर तिनको रचनाहरूमा हुन्छ। मोनोअनसेचुरेटेड बोसोको रचनामा एउटा दोहोरो बन्धन हुन्छ। अर्कोतिर, बहुअसंतृप्त बोसाको संरचनामा दुई वा धेरै दोहोरो बन्धन हुन्छन्। भोजनमा संतृप्त बोसो र ट्रान्स बोसोको स्थानमा मुख्य रूपमा मोनोअनसेचुरेटेड र बहुअसंतृप्त बोसो युक्त भोजन गर्दा तपाईँले हृदय रोगबाट आफूलाई रक्षा गर्नमा मदत् मिल्दछ। यस विषयमा मोनोअनसेचुरेटेड बोसोको अपेक्षा बहुअसंतृप्त बोसोका बारेमा धेरै प्रमाण उपलब्ध छन्।

राष्ट्रीय कलेस्ट्रोल शिक्षा कार्यक्रमका अनुसार, तपाईँको दैनिक केलोरी सेवनको10% सम्म बहुअसंत़प्त बोसो हुन सक्छ। बहुअसंतृप्त बोसो निम्न खाद्य पदार्थहरूबाट प्राप्त गर्न सकिन्छ। मेवा, वनस्पति तेल (मकइको तेल, सनफ्लावर तेल)।

कलेस्ट्रोलके हो?

कलेस्ट्रोल बोसोजस्तै एउटा पदार्थ हो जुन मुख्य रूपले हाम्रो यकृतमा उत्पन्न हुन्छ, तर जुन  भोजन हामी खान्छौँ त्यसमा पनि कलेस्ट्रोल हुन्छ। हाम्रो शरीरलाई जति कलेस्ट्रोलको आवश्यकता पर्दछ, त्यति बनाउछ, तर हामीलाई कलेस्ट्रोलको किन आवश्यक पर्छ? वास्तवमा, कलेस्ट्रोलका धेरै महत्वपूर्ण कार्यहरू छन्, जसमा सामेल छन्:

  • कोशिका झिल्लीहरूको गठन र हेरचाह
  • सेक्स हार्मोनहरूको निर्माण
  • पित्त लवणको उत्पादन जुन खाद्य पदार्थहरूलाई पचाउनमा सहाय गर्दछ
  • विटामिन डीको उत्पादन

तपाईँले प्रतिदिन कति मात्रामा कलेस्ट्रोल सेवन गर्ने आवश्यक पर्दछ?

जबकि तपाईँको शरीरमा कलेस्ट्रोल धेरै मात्रमा हुनु तपाईँको स्वास्थ्यका लागि नराम्रो हुन सक्छ, तापनि तपाईँको शरीरका लागि यो एउटा धेरै महत्वपूर्ण यौगिक हो। कलेस्ट्रोल विविध प्रकारका शारीरिक प्रक्रियाहरूका लागि जिम्मेदार हुन्छ।

उदाहरणका लागि, कलेस्ट्रोल सेक्स र स्टीरायड हार्मोनहरूका लागि एउटा महत्वपूर्ण घटक हो। यसले हाम्रो शरीरमा हरेक कोशिकाका लागि संरचनात्मक सहायता पनि प्रदान गर्दछ, किनकि कलेस्ट्रोल कोशिका झिल्लीहरूको एउटा प्रमुख घटक हो। यसका अतिरिक्त, कलेस्ट्रोल माइलिन आवरण, जुन हाम्रो तन्त्रिका कोशिकाहरूलाई ढाकेर राख्तछ, लाई बनाउनका लागि पनि आवश्यक पर्दछ। जबकि उच्च कलेस्ट्रोल र हृदय रोगका बीचमा एउटा गहिरो सम्बन्ध स्थापित गरिएको छ, तापनि हामीले हाम्रो शरीरमा केही मात्रामा कलेस्ट्रोलको आवश्यकता पर्दछ।

वास्तवमा, शरीरमा आवश्यक प्रक्रियाहरूलाई पूरा गर्नका लागि जरूरी कलेस्ट्रोलको लगभग 80 प्रतिशत यकृतद्वारा बनाउछ, र शेष भाग भोजनबाट प्राप्त हुन्छ।

तपाईँको कलेस्ट्रोलको दैनिक खपत एक दिनमा200 मिलीग्रामभन्दा धेरै हुनु हुँदैन। तर, यकृतले हाम्रो दैनिक आवश्यकतालाई पूरा गर्नका लागि जरूरी सारा कलेस्ट्रोल बनाउन सक्षम छ, त्यसैले यसलाई आहारद्वारा प्राप्त गर्नु पर्ने कुनै जरूरी छैन।

आहारको बोसो

जस्तै कि मैले पहिले नै भनिसकेँ, हाम्रो भोजनद्वारा सेवन गरिने बोसोले हाम्रो कलेस्ट्रोल र ट्राइग्लिसराइड स्तरमा ठूलो योगदान दिन्छ। नराम्रो बोसोलाई धेरै मात्रामा सेवनले तपाईँको कलेस्ट्रोल स्तरलाई बढाउछ। यहाँ तपाईँको आहारमा बोसो सेवनलाई नियन्त्रण गर्नका लागि केही उपाय दिइएको छ।

  • राम्रो प्रकारको बोसो सेवन गर्नुहोस् : कुनै पनि व्यक्तिद्वारा एकदम बोसो नखाने अपेक्षा गर्नु अवास्तविक हो, त्यसैले उचित मात्रामा राम्रो बोसो खानु कलेस्ट्रोल र ट्राइग्लिसराइडको स्तरलाई नियन्त्रित गर्ने सर्वोत्तम तरिका हो। यो सुनिश्चित गर्नुहोस् कि तपाईँ असंतृप्त बोसो अवश्य खानु हुनेछ; यो बोसो वनस्पतिमा आधारित खाद्य पदार्थहरूमा पाइन्छ। यो बोसोले तपाईँको एचडीएल बढाउने र एलडीएललाई घटाउने गर्दछ, जसले गर्दा हृदय रोगको खतरा कम हुन्छ। पशु-आधारित खाद्य पदार्थहरूबाट प्राप्त भएको संतृप्त बोसो तपाईँको एचडीएल कम गर्दछ र एलडीएलमा वृद्धि गर्दछ, जसले तपाईँको हृदय रोगको खतरा बढदछ।
  • बोसोको सही मात्रामा सेवन गर्नुहोस् : स्वस्थ वयस्कहरूका लागि, बोसोबाट पाइने केलोरी तपाईँको कुल केलोरीको 30 प्रतिशत भन्दा धेर हुनु हुँदैन। यस 30 प्रतिशतमा कुल केलोरीको 7 देखि10 प्रतिशत संतृप्त बोसोबाट, 10 देखि 15 प्रतिशत मोनो अनसेचुरेटेड बोसोबाट 10 प्रतिशत बहुअसंतृप्त बोसोबाट आउने गर्छ।
  • राम्रोसँगसन्तुलित आहार खानुहोस् : एउटा स्वस्थ आहारमा निम्न पदार्थ सामेल हुन्छ, प्रतिदिन फल र सब्जीहरूको 5 वा धेरै, र धेरै मात्रामा गोटो अन्न, सेम र फलहरू। मिठाई र धेरै बोसो भएको खाद्य पदार्थ सीमित मात्रामा खानु पर्छ।

ट्राइग्लिसराइड के हो?

ट्राइग्लिसराइड शरीर र हाम्रो भोजनमा पाइने धेरै जसो बोसोको रसायनिक रूप हुन्छ। जब हामी भोजन खान्छौँ, तब हाम्रो शरीरद्वारा बोसोलाई ट्राइग्लिसराइड गर्छौँ,जुन बोसो हुन्छ त्यो आवश्यकतामा प्रयोगका लागि संग्रह गरेर राख्छ, जब शरीरलाई ऊर्जाको आवश्यक हुन्छ, तब ट्राइग्लिसराइड मुक्त हुन्छ र हाम्रो ऊर्जाको प्रयोजन पूरा गर्नका लागि त्यसलाई इन्धनका रूपमा जलाउने गर्दछ।

तपाईँको नियमित स्वास्थ्य जाँचको एउटा भागका रूपमा, डाक्टरले प्रायः एउटा रक्त परीक्षण गराउदछ जसमा तपाईँको रगतमा रहेको कलेस्ट्रोल र ट्राइग्लिसराइडहरूको मात्रा माप्ने गर्दछन्। कतिपय मान्छेका लागि, यो स्तर सही हुन्छ। तर कतिपय मान्छेका लागि, उनको आहार, उनीद्वारा लिने गरेको औषधी वा उनका आनुवंशिक स्वरूप, उनको कलेस्ट्रोल र ट्राइग्लिसराइडहरूको स्तर शरीरका लागि आवश्यक स्तरभन्दा धेर पारि दिन्छ र दुर्भाग्यले, धेर भएको राम्रो होइन। वास्तवमा, तपाईँको रगतमा अति धेरै कलेस्ट्रोल र ट्राइग्लिसराइडहरूको उपस्थिति तपाईँको स्वास्थ्यका लागि खतरा हुन सक्छ। ट्राइग्लिसराइडहरू र कलेस्ट्रोलको सामान्य भन्दा धेर स्तरहरूको सम्बन्ध निम्न विषयसँग जोडिएको छ:

  • मुटुको रोग, जसमा छाती दुख्छ र मुटु अडकिन्छ।
  • परिधीय संवहनी रोग (खुट्टाका धमनीहरू अवरूद्ध हुनु)
  • टाउको र गर्दनमा अवरूद्ध भएका धमनीहरूको परिणामस्वरूप हुने मस्तिष्काघात।
  • अग्न्याशयशोथ र लाइपोडिस्ट्रफी

कलेस्ट्रोलका स्तरहरूलाई प्रभावित गर्ने कारक के हुन्?

यस्ता धेरै कारक छन् जसले कलेस्ट्रोलको स्तरलाई प्रभावित गर्न सक्छन्। यी कारकहरूमध्ये कतिपय हाम्रो नियन्त्रणबाट बाहिर छन्, उदाहरणका लागि, उच्च कलेस्ट्रोल स्तर हुनु एउटा आनुवंशिक प्रवृत्ति हो (एउटा पारिवारिक इतिहास)। तर धेरै कारकहरू हाम्रो नियन्त्रणमा पनि हुन्छन्। यसमा सामेल छन्:

  • धेरै बोसो र/वा कार्बोहाइड्रेट(शर्करा) भएको आहार
  • व्यायामको कमी
  • एचआईवीको इलाजका लागि प्रयुक्त औषधीसहित कतिपय औषधी
2.5
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top