होम / स्वास्थ्य / जीवनको सत्य / सुरक्षित मातृत्व
सेयर
Views
  • State: Open for Edit

सुरक्षित मातृत्व

यस आलेखमा सुरक्षित मातृत्वको विषयमा विस्तारले जानकारी दिइएको छ।

हरेक वर्ष लगभग 1,400 महिलाहरू गर्भधारण र प्रसवबाट जोडिएको समस्याका कारण मर्छन्। गर्भावस्थाको बेला हजारौं महिलाहरू जटिलताहरूको शिकार हुन्छन्, यी मध्ये धेरै महिलाहरू र तिनका नानीहरूका लागि मृत्युमुखी हुन्छ, या तिनीहरूलाई गम्भीर रूपले अक्षम बनाएर छोडी दिन्छ।

प्रसवको खतराहरूलाई धेरै घटाउन सकिन्छ, यदि महिला गर्भावस्थाभन्दा पहिले स्वस्थ होस् र पोषणले भरपूर होस्, यदि हरेक गर्भधारणको बेला कमसे कम चारपल्ट प्रशिक्षित स्वास्थ्य कार्यकर्ताबाट उनको जाँच होस्, र यदि डाक्टर, नर्स, या सुसारे जस्तो प्रशिक्षितको माध्यमले उनको प्रसव गराइएको होस्। नानीको जन्मको 12 घण्टा पछि र प्रसवको छ सप्ताह पछि पनि महिलाको जाँच गराउनु पर्छ।

प्रसवभन्दा पहिले र प्रसवपछिको सेवाहरू उपलब्ध गराउने, प्रसवमा मदतका लागि स्वास्थ्य कार्यकर्ताहरूलाई प्रशिक्षण दिने, र गर्भावस्था र प्रसवको बेला गम्भीर समस्याहरूले घेरिएका महिलाहरूका लागि हेरचाह र अगाडि धेरै स्वास्थ्य सेवाहरूको खास प्रबन्ध गर्ने मुख्य जिम्मेदारी सरकारको हो।

धेरैजसो सरकारहरूले महिलाहरूको विरूद्ध कुनै पनि प्रकारको भेदभाव समाप्त गर्नका लागि सम्मेलनको अन्तर्राष्ट्रिय सम्झौतालाई आफ्नो सहमति दिएको छ, जसमा आवश्यक गर्भवती महिलाहरूका लागि सेवाहरू उपलब्ध गराउने कानुनी बाध्यता सामेल छ।

सुरक्षित मातृत्व मुख्य सन्देश-1

सबै परिवारहरूका लागि गर्भावस्था र प्रसवको खतराहरूको सङ्केतलाई पहिचान गर्नमा सक्षम हुन सक्नुपर्छ। यदि पहिचान गर्नमा समस्या हुन्छ भने तुरन्त प्रशिक्षित मानिसहरूबाट मदत हासिल गर्नका लागि योजना र संसाधनहरू जुटाउनु महत्त्वपूर्ण हुन्छ।

हरेक गर्भावस्थामा केही गड्बड् हुने खतरा रहन्छ। पहिलेबाट याद गर्दा यस्ता केही समस्याहरूबाट बचाउन सकिन्छ। आमा र नानी दुवैका लागि पहिलो प्रसव सबैभन्दा ज्यादा खतरनाक हुन्छ।

गर्भवती महिलालाई हरेक गर्भधारणको बेला क्लिनिक या स्वास्थ्य केन्द्रहरूमा कमसे कम चारपल्ट जाँच गराउन जरूरी हुन्छ। यस बारेमा नानीको जन्म कहाँ हुनु पर्छ, प्रसवका लागि प्रशिक्षित कर्मीहरूको सल्लाह लिन पनि महत्त्वपूर्ण छ ; जस्तै- डाक्टर, नर्स या सुसारे।

उता गर्भावस्थाको बेला बिना चेतावनीको खतरनाक समस्या खडा हुन सक्छ, यसकारण प्रसवको पहिले या प्रसवको तुरन्तपछि परिवारको सबै सदस्यहरूलाई के थाहा हुनु आवश्यक छ भने नजिकको अस्पताल या स्वास्थ्य केन्द्र कहाँ छ, र कुनै पनि समय महिलालाई त्यहाँसम्म लैजानका लागि योजना र रूपैयाँको प्रबन्ध गर्न आवश्यक छ । यदि सम्भव हुन्छ भने आमा बन्नेवाला महिलालाई छिट्टै स्वास्थ्य केन्द्र या अस्पतालको नजिक लैजानु पर्छ, ताकि उनी चिकित्सकीय मदतको पहुँचमा रहन सकून् ।

परिवारलाई के थाहा हुनु पर्छ भने प्रसव मुश्किल या खतरनाक हुन सक्छ, त्यसैले प्रसव अस्पताल या स्वास्थ्य केन्द्रमा हुनु पर्छ। सबै प्रसव, खासगरी पहिलो प्रसव स्वास्थ्य केन्द्र वा अस्पतालमा ज्यादा सुरक्षित हुन्छ।

सबै परिवारहरूलाई खास खतराहरूका बारेमा थाहा हुनुपर्छ र कहिले यो खतरा जहिले पनि आउन सक्ने भन्ने कुराको सङ्केत पाउन सक्षम हुनु आवश्यक छ।

गर्भावस्थाभन्दा पहिलेको खतराहरूको कारक

  • पछिल्लो प्रसवको पछि दुई वर्षभन्दा कम समयको अन्तर हुँदा।
  • केटीको उमेर 18 वर्षभन्दा कम या महिलाको उमेर 35 वर्ष भन्दा ज्यादा हुँदा ।
  • महिलाको पहिले नै चार या त्यो भन्दा अधिक नानी हुँदा ।
  • महिलाको पिछिल्लो प्रसव समयको भन्दा पहिले भएको हुँदा या उनको नानी जन्मको समयमा 2 किलोग्राम भन्दा कम वजनको रहेको हुँदा ।
  • महिलाको पछिल्लो प्रसवमा पनि समस्या आएको हुँदा या अपारेसनबाट प्रसव भएको हुँदा ।
  • पछिल्लोपल्ट गर्भ खसेको हुँदा या महिलाको मृत नानी भएको हुँदा ।
  • महिलाको वजन 38 किलोग्राम भन्दा कम हुँदा ।
  • महिलाको खतना भएको हुँदा या उनको यौन अङ्ग काटिएको हुँदा ।

गर्भावस्थाको समयमा खतराको सङ्केत

  • वजन नबढ्नु; गर्भावस्थाको समय कमसे कम 6 किलोग्राम बढनु पर्छ।
  • रगतको कमी, परेलाहरूको भित्र पहेलोपन; स्वास्थ परेला रातो या गुलाबी हुन्छ, धेरै थकाइ लाग्नु या साँस फेर्न समस्या हुनु।
  • खुट्टा, हात या अनुहार अलिअलि सुनिनु
  • गर्भको चाल धेरै कम या बिल्कुल नहुनु।

मदतको तुरन्त जरूरत वाला सङ्केत

  • गर्भावस्थाको समय योनीबाट रगत या त्यसको चोक्टा आउनु या प्रसवपछि रगत ज्यादा या लगातार आउनु।
  • सिर या पेट जबरदस्त दुख्नु।
  • गम्भीर रूपले या लगातार बान्ता हुनु।
  • धेरै ज्वरो आउनु।
  • नानीको जन्म तोकिएको समयभन्दा पहिले पानी आउनु।
  • ऐंठन हुनु।
  • धेरै दुख्नु।
  • प्रसवको समय लामो हुनु।

सुरक्षित मातृत्व मुख्य सन्देश-2

डाक्टर, नर्स या प्रशिक्षित सुसारे जस्ता प्रसवका लागि प्रशिक्षित मानिसहरू बाट गर्भावस्थाको समयमा कमसे कम चार पल्ट महिलाको जाँच गराउनु पर्छ र हरेक प्रसवमा सहयोग गर्नु पर्छ।

हरेक गर्भावस्थामा ध्यान दिनका लागि माँग गर्छ , यसकारण कि केही गड्बड् हुने खतरा सधैं बनिरहन्छ। धेरै खतराहरूलाई टाल्न सकिन्छ, यदि महिलालाई गर्भ रहेको अनुमान छ भने उनलाई छिट्टो स्वास्थ्य केन्द्र पुर्‍याई प्रसवका लागि प्रशिक्षित मानिसहरूबाट मदत लिनु पर्छ। यस पछि हरेक गर्भावस्थाको समय उनको कमसे कम चारपल्ट जाँच हुनु पर्छ र हरेक प्रसवको 12 घण्टा पछि र छ हप्ताहपछि पनि जाँच गराउनु पर्छ।

गर्भावस्थाको समय यदि रगत बगिरहेको छ या भुडी दुक्छ भने या माथि उल्लेख गरिएका कुनै पनि खतराको सङ्केत छ भने तुरन्त स्वास्थ्य कार्यकर्ता या मानिसहरूसित सम्पर्क गर्नु पर्छ।

प्रसवको समय प्रशिक्षित कर्मीहरूको सहयोग र प्रसवको 12 घण्टा पछि भएको आमाको जाँचले, आमा या नानीको बीमार पर्ने या मर्ने सम्भावना घट्दछ।

प्रशिक्षित कर्मीहरू, जसतो डाक्टर- नर्स या प्रशिक्षित सुसारे सुरक्षित गर्भावस्था र शिशुको स्वस्थ हुनमा यस प्रकार मदत गर्नेछ-

  • गर्भावस्थामा प्रगतिको जाँच, ताकि कुनै समस्या आएमा प्रसवका लागि महिलालाई अस्पताल लैजान सकियोस्।
  • उच्च रक्तचापको जाँच, जो आमा र नानी दुवैका लागि खतरनाक हुन सक्छ।
  • नियमित रूपले रगत कमीको जाँच र आयरन/फोलिक पूरक दिएर त्यसको पूर्ति।
  • आमा र नवजात शिशुलाई संक्रमणबाट बचाउनका लागि भिटामिनको पर्याप्त खोराकको मात्रा दिने; भिटामिन ए को कमी हुने इलाकाहरूमा।
  • गर्भावस्थाको समयमा कुनै पनि संक्रमण, खास गरी पिशाबको बाटोको संक्रमणको जाँच र एन्टिबायोटिकले उनको इलाज गरेर।
  • आमा र नवजात शिशुलाई टिटनेसबाट बचाउनका लागि गर्भवती महिलालाई टिटनेसको दुई सुई दिएर।
  • गलगाढ रोगबाट आफू र आफ्नो नानीलाई सम्भावित मानसिक र शारीरिक अपाङ्गता बाट बचाउन सबै गर्भवती महिलाहरूको भोजनमा केवल आयोडिन नुनको प्रयोगलाई हौसला दिएर।
  • के जाँच गरेर भने गर्भको बढाइ ठिक छ या छैन्।
  • यदि जरूरी छ भने मलेरिया रोगको गोली दिने।
  • प्रसवको अनुभवहरूका लागि आमालाई तयार गर्ने र उनलाई स्वयं तथा आफ्नो नानीको हेरचाह गर्ने र आफ्नो दुध खुवाउने बारेमा सल्लाह दिएर तयार गर्ने।
  • गर्भवती महिला र उनको परिवारलाई सल्लाह दिएर कि नानीको जन्म कहाँ होस् र यदि प्रसव या प्रसवको तुरन्त पछि कुनै समस्या आएमा मदत कसरी पाउने।
  • के सलाह दिएर भने यौन-जनित संक्रमणहरूबाट कसरी बच्न सकिन्छ।
  • एच.आई.भी को स्वैच्छिक र गोपनीय जाँच र सल्लाह उपलब्ध गराएर। सबै महिलाहरूलाई एच.आई.भी को स्वैच्छिक र गोपनीय जाँच र सल्लाह दिने अधिकार छ, जो गर्भवती र नयाँ आमाहरू संक्रमणको शिकार छन् या उनीहरूलाई अनुमान रहन्छ कि तिनीहरू कहीं संक्रमणको शिकार त भएका छैनन्।
  • उनीहरूलाई प्रशिक्षित स्वास्थ्य कार्यकर्ताबाट के सल्लाह दिलाउनु पर्छ भने आफ्नो शिशुहरूलाई संक्रमणको खतराबाट कसरी बचाउन सकिन्छ र कसरी आफ्नो हेरचाह गर्न सकिन्छ।

प्रशिक्षित व्यक्ति जान्दछन् प्रसवको समय-

  • प्रसव काल लम्बिएमा (12 घण्ट भन्दा अधिक) उनलाई अब अस्पताल लैजान आवश्यक छ।
  • चिकित्सीय मदतको कतिखेर आवश्यकता पर्छ र त्यसलाई कसरी पाउने,
  • संक्रमणको खतरालाई कसरी कम गर्ने; सफा-सुघ्घर हात, सफा- सुघ्घर औजार र प्रसवको सफा- सुघ्घर ठाँउ,
  • यदि नानीको स्थिति ठिक छैन भने के गर्ने,
  • यदि आमालाई धेरै रगत आ
  • रहन्छ भने के गर्ने,
  • नाभि नाल खतिखेर काट्ने र उसको हेरचाह कसरी गर्ने,
  • यदि ठिक तरिकाले नानीले सास फेर्न सुरु गर्दैन भने के गर्ने,
  • जन्मपछि नानीलाई सुख्खा र तातो पारी कसरी राख्ने,
  • जन्मपछि नानीलाई सुख्खा र तातो पारी कसरी राख्ने,
  • जन्मको पछि के सावधानी अप्नाउने र आमाको हेरचाह कसरी गर्ने,
  • अन्धोपनबाट बच्नका लागि सुझाव गरिएको थोपाहरू नवजात शिशुको आँखामा कसरी हाल्ने,

प्रसवको पछि प्रशिक्षित कर्मीहरूले गर्नु पर्ने जिम्मेवारी-

  • जन्मको 12 घण्टाको भित्र र छ सप्ताहको पछि, महिलाको स्वास्थ्यको जाँच गर्ने।
  • अघिल्लो गर्भधारणलाई रोक्न या टाल्न महिलालाई सल्लाह दिने।
  • महिलालाई के सल्लाह दिने भने एच.आई.भी जस्तो यौन जनित संक्रमणबाट कसरी बचाउन सकिन्छ या शिशुहरूलाई संक्रमणको शिकार हुने खतराहरूलाई कसरी कम गर्न सकिन्छ।

सुरक्षित मातृत्व मुख्य सन्देश-3

सबै गर्भवती महिलाहरूलाई गर्भावस्थाको समय आम दिनहरूभन्दा केही ज्यादा खास गरी पौष्टिक भोजन र आरामको आवश्यकता हुन्छ।

गर्भवती महिलालाई परिवारमा उपलब्ध राम्रो भोजनको आवश्यक हुन्छ -दुध, फल, सब्जीहरू, मासु, माछा, अण्डा, अनाज, मटर र गेडागुडीहरू। गर्भावस्थाको समयमा यो सबै भोजन सुरक्षित हुन्छ।

यदि महिलाहरू आयरन, भिटामिन ए र फलिक एसिडले भरपूर भोजन गर्दछिन् भने उनी गर्भावस्थाको समय स्वयंलाई बलियो र स्वास्थ महसूस गर्नेछिन्। यो भोजनमा सामेल छ- मासु, माछा, अण्डा, पातको हरियो सब्जीहरू र सुन्तला या पहेँलो फल र सब्जीहरू। स्वास्थ्य कार्यकर्ताले रगतको कमीबाट बच्न या त्यसको इलाज गर्नको लागि गर्भवती महिलाहरूलाई आयरनको गोलीहरू र भिटामिन ए को कमी हुने इलाकाहरूमा संक्रमण रोकथामका लागि भिटामिन ए को पर्याप्त खोराक दिन सक्छन्।

गर्भवती महिलाहरूले भिटामिन ए लाई दैनिक 10,000 अन्तराष्ट्रिय इकाइहरू (आईयू) या सप्ताह मा 25,000 आई यू भन्दा ज्यादा लिन हुँदैन।

उपभोग गरिरहेको नुन आयोडिनयुक्त हुनु पर्छ। जुन महिलाहरूको भोजनमा पर्याप्त आयोडिन हुँदैन, उनीहरूको नानी खस्ने र शिशुको दिमागी या शारीरिक रूपमा अक्षम हुने खतरा रहन्छ। गलगाडले (घाँटीको अगाडि फुलिने) के प्रष्ट गर्दछ भने महिलालाई पर्याप्त आयोडिन पाइरहेको छैन। यदि रगतको कमी, मलेरिया हुने अनुमान छ भने गर्भवती महिलाले स्वास्थ्य कार्यकर्तासित सल्लाह लिनु पर्छ।

सुरक्षित मातृत्व मुख्य सन्देश -४

बिडी-सिगरेट, रक्सी, नशायुक्त औषधीहरू, विषालु पदार्थ आदि गर्भवती महिलाहरू र सानो नानीहरूका लागि नोक्सानदायक हुन्छ।

सुर्ती खैनी पिएर या यस्तो वातावरणमा रहेर जहाँ अर्को मानिस कैनी खान्छन् या रक्सी खाएर या नशायुक्त औषधी खाएर गर्भवती महिला आफै आफ्नो स्वास्थ्यलाई र भ्रूणको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छिन्। के महत्त्वपूर्ण छ भने जब सम्म एकदम आवश्यक हुँदैन र प्रशिक्षित स्वास्थ्य कार्यकर्ताको उपचारमामा सामेल हुँदैनन्, गर्भावस्थामा कुनै पनि औषधि नलिने।

गर्भवती महिला यदि सुर्ती खैनी खान्छिन् भने उनको नानी कम वजनको जन्म हुन सक्छ र उसलाई खोकी, सर्दी, घाँटी सुन्निएको, निमोनिया या सास सित जोडिएको अर्को समस्याहरूको घेरामा आउने आशङ्का धेरै हुन सक्छ।

नानीको शारीरिक बढाइ र मानसिक विकासलाई निश्चित गर्नका लागि गर्भवती महिलाहरू र सानो नानीहरूलाई सुर्ती खैनी या भोजन पकाउने आगोको धुवाँ बाट, कीटनाशकहरू, खर-पतवार नाशक र सीसा; जुन सीसाबाट बगेको पानीको आपूर्ति गर्ने पाइपमा पाइन्छ, गाडीहरूको धुवाँ र केही पेन्ट आदि अशुद्धिकारकहरू बाट बचाउने आवश्यकता छ।

सुरक्षित मातृत्व मुख्य सन्देश -५

धेरै समुदायहरूमा महिलाहरू र नानीहरूको साथ शारीरिक दुरव्यवहार सार्वजनिक स्वास्थ्यको गम्भीर समस्या हो। गर्भावस्थाको समय भएको दुरव्यवहार महिला र भ्रूण दूवैका लागि खतरनाक हुन्छ।

यदि गर्भवती महिलाको साथ शारीरिक दुरव्यवहार भएको छ भने उनलाई र उनको गर्भलाई ठुलो नोक्सान पुग्न सक्छ। शारीरिक दुरव्यवहारको शिकार महिलाहरू नानी जन्माउन अयोग्य हुन सक्छन्। घरका मानिसहरूलाई यी खतराहरूबाट खबरदार रहनु पर्छ र दुरव्यवहार गर्ने वाला सित बच्नु पर्छ।

सुरक्षित मातृत्व मुख्य सन्देश -६

जो केटीहरू शिक्षित वा स्वस्थ छन् र जसले केटाकेटी र किशोर उमेरमा राम्रो भोजन पाएको हुन्छ, उनीहरूलाई गर्भावस्था र प्रसवको समय समस्याको सामना गर्नु पर्दैन।

पढने र लेख्ने क्षमताले महिलाहरूलाई आफ्नो र उनको परिवारहरूको स्वास्थ्यको सुरक्षा गर्नमा मदत गर्छ। कमसे कम सात वर्षको स्कुली पढा गर्ने केटीहरूको किशोर उमेरमा गर्भवती हुने खतरा, कम पढे-लेखेको या एकदम अनपढ केटीहरूको तुलनामा धेरै कम हुन्छ र उनको ढिलो विवाह हुने सम्भावना धेरै हुन्छ।

केटाकेटी र किशोर उमेरमा पाएको पौष्टिक भोजन गर्भावस्था र प्रसवमा आउने समस्याहरूलाई घटा दिन्छ। पौष्टिक भोजनमा सामेल छ- गेडागुडीहरू र आन्य दालहरू, हुँदा हरियो सब्जीहरू र रातो/पहेँलो/सुन्तला सब्जीहरू र फल। जब पनि सम्भव होस्, दुध र दुधबाट बनेको वस्तुहरू, अण्डा, माछा, कुखुरा र मासु पनि भोजनमा सामेल हुनु पर्छ।

महिलाहरू र केटीहरूको घाउ भएको योनि र पिशाबको बाटोमा गम्भीर संक्रमणको कारण हुन सक्छ, जसको नतिजा बाँझोपन या मृत्यु हुन सक्छ। महिलाहरूको खतरा प्रसवको समय खतरनाक समस्या उत्पन्न गर्न सक्छ र केटीहरू र महिलाहरूको मानसिक स्वास्थ्यका लागि ठुलो समस्याहरू खडा गर्न सक्छ।

सुरक्षित मातृत्व मुख्य सन्देश -७

हरेक महिलालाई स्वास्थ्यको हेरचाहको अधिकार छ, खास गरी गर्भावस्था र प्रसवको समय। स्वास्थ्यको हेरचाह गर्नेलाई प्राविधिक रूपले प्रशिक्षित हुनु पर्छ र महिलाहरूलाई इज्जतका साथ व्यवहार गर्नुपर्छ।

गर्भावस्थाको, प्रसवको समय र जन्मको पछि यदि महिलाको स्वास्थ्य हेरचाह र पेशेवर सल्लाह दिने पहुँच छ भने गर्भावस्था र प्रसवको धेरै खतराहरूलाई टाल्न सकिन्छ।

सबै महिलाहरूलाई डाक्टर, नर्स या सुसारे जस्तो प्रसवको प्रशिक्षित मानिसहरूको सेवाहरू र आवश्यकता पर्दा प्रसवसित जोडिएको आपात हेरचाहको सेवाहरू हासिल गर्ने अधिकार छ।

जानकारी र सल्लाहको माध्यमले स्वास्थ्यलाई राम्रो हेरचाहका साथ महिलाहरूलाई आफ्नो स्वास्थ्यका बारेमामा फैसला लिनमा सक्षम बनाउँछ। मातृत्व हेरचाहको आवश्यकता महिलाका लागि स्वास्थ्यको सहुलियतहरू पुग्न सजिलो हुनु पर्छ र यसको खर्च यी सेवाहरूको प्रयोगले त्यसलाई रोक्ने हुनु हुँदैन। स्वास्थ्यको हेरचाहमा लागेको मानिसलाई गुणस्तरीय हेरचाहको कौशलमा दक्ष हुनु पर्छ। उनीहरूलाई कस्तो प्रशिक्षित गर्नु पर्छ भने महिलाहरूलाई इज्जतले दिँदै उनीहरूको सांस्कृतिक तौर-तरिकाहरूकोप्रति संवेदनशील हुनुपर्छ र गोपनीयता र निजताको महिला अधिकारहरूलाई सम्मान दिइयोस्।

हरेक वर्ष लगभग 1,400 महिलाहरू गर्भधारण र प्रसवसित जोडिएको समस्याको कारण मर्दछन्। गर्भावस्थाको कारण हजारौ हजारौ महिलाहरू यस्ता समस्याहरूको शिकार हुन्छन्, यस मध्ये धेरै महिलाहरू र उनको नानीहरूका लागि मृत्युमुखी हुन्छ, या उनीहरूलाई गम्भीर रूपले अक्षम बनाएर छोडिदिन्छ।

प्रसवको खतराहरूलाई धरै घटाउन सकिन्छ, यदि महिला गर्भावस्थाभन्दा पहिले स्वस्थ छ र पोषणले भरपूर हुन्छ, यदि हरेक गर्भधारणको समय कमसे कम चारपल्ट प्रशिक्षित स्वास्थ्य कार्यकर्तासित उनको जाँच भएको छ भने र यदि डाक्टर, नर्स, या सुसारे जस्तो प्रशिक्षितको माध्यमले उनको प्रसव गराइएको छ भने। नानीको जन्मको 12 घण्टा पछि र प्रसवको छ सप्ताहपछि पनि महिलाको जाँच गर्नु पर्छ।

प्रसवभन्दा पहिले र प्रसव पछिको सेवाहरू उपलब्ध गराउने, प्रसवमा मदतका लागि स्वास्थ्य कार्यकर्ताहरूलाई प्रशिक्षण दिने, र गर्भावस्था र प्रसवको समय गम्भीर समस्याहरूले घेरिएको महिलाहरूका लागि हेरचाह र अगाडि धेरै स्वास्थ्य सेवाहरूको खास व्यवस्था गर्ने मुख्य जिम्मेवारी सरकारको हो।

स्त्रोत: युनिसेफ

2.8
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top