सेयर
Views
  • State: Open for Edit

टीकाकरण

यस आलेखमा टीकाकरणको सूचनालाई बाँढ्ने र त्यसमा कार्रवाई गर्नु महत्वपूर्ण किन छ भन्ने विषयमा विस्तारले जानकारी दिइएको छ।

टीकाकरणको सूचनालाई बाँढ्ने र त्यसमा कार्रवाई गर्न महत्त्वपूर्ण किन छ ?

प्रत्‍येक वर्ष 1.7 मिलियन(१७ लाख) शिशु ती बिरामीहरूको कारण मर्दछन् जसलाई उपलब्‍ध टीकाहरूबाट रोक्न सकिन्छ। जुन शिशु टीकाकृत छ ऊ यी खतरनाक बिमारहरूबाट सुरक्षित हुन्छ जुन प्राय अक्षमता या मृत्‍युको कारण बन्दछ। सबै शिशुहरूलाई यो सुरक्षाको अधिकार छ। प्रत्‍येक केटी र केटाहरू टीकाकृत हुन जरूरी हुन्छ र गर्भवती महिलाले आफ्नो र आफ्नो शिशुलाई टिटनेसबाट बचाउन टीका लगाउन जरूरी हुन्छ। के जान्नु सबै आमा-पिताका लागि जरूरी छ भने किन, कहिले, कहाँ र कतिपल्ट शिशुलाई टीका लगाउनु पर्छ ? उनीहरूलाई के पनि जान्नु आवश्‍यकता छ भने बिरामी शिशु वा अक्षम वा कुपोषणबाट पीडित शिशुलाई पनि टीका लगाउनु सुरक्षित हुन्छ।

टीकाकरण मुख्‍य सन्देश-१

टीकाकरण अनिवार्य छ। हरेक शिशुलाई आफ्नो शुरुवाती पहिलो वर्ष लगातार टीका लगाउनु आवश्‍यक हुन्छ। जीवनको शुरुवातमा शिशुहरूलाई टीकाकरण गराउन आवश्‍यक हुन्छ। लहरे खोकीबाट हुने आधाभन्दा अधिक मृत्युहरू, एक-तिहाई पोलियोको मामला र खसराबाट हुने सबै मृत्युको एक-चौथाई शिशुहरूमा एक वर्षको भित्र नै हुन्छ। शिशुहरूलाई सबै टीका लगाउन अति आवश्‍यक छ।

जीवन शुरुवातको पहिलो वर्ष शिशुलाई सुरक्षित गर्नका लागि तल दिइएको चार्टमा देखाइएको टीका लगाउन आवश्‍यक हुन्छ। टीकाकरण तब अधिक प्रभावी हुन्छ, जब उसलाई खास आयु वा जति सम्भव हुन सक्छ उसको छेउछाउ गराइएरको होस्।

कुनै कारणवश कुनै शिशुलाई पहिलो वर्षमा पूरै टीका लगाइएको छैन भने के अत्‍यन्‍त महत्त्वपूर्ण छ भने जति सम्भव हुन सक्छ त्यति छिटो विशेष राष्‍ट्रीय टीकाकरण दिवसहरूमा उसालई टीकाकरण गराइयोस्। केही देशहरूमा पूरक टीकाको खोराक जसलाई 'बुस्‍टर सट्स' भनिन्छ, शरुवाती वर्षको पछि दिइन्छ। यी सट्स टीकाबाट सुरक्षालाई अझ अधिक प्रभावी बनाउँछ।

शिशुका लागि टीकाकरण अवधि

जन्‍मको समय- कुन टीका दिनुपर्छ : बीसीजी**, पोलियो र केही देशहरूमा हेपेटाइटिस बी-को टीका।

6 हप्ताह भएपछि कुन टीका दिनुपर्छ: डीपीटी**, पोलियो र केही देशहरूमा हेपेटाइटिस बी र हिबको टीका

10 सप्ताह भएपछि कुन टीका दिनुपर्छ: डीपीटी, पोलियो र केही देशहरूमा हेपेटाइटिस बी र हिबको टीका

14 सप्ताह भएपछि कुन टीका दिनुपर्छ : डीपीटी, पोलियो र केही देशहरूमा हेपेटाइटिस बी र हिबको टीका

9 महिना भएपछि कुन टीका दिनुपर्छ : खसरा (विकसित देशहरूमा 12-15 महिनाको बिच) र केही

देशहरूमा जन्डिस, गलगाड (मम्प) र हल्‍का खसराको टीका

* राष्ट्रिय टीकाकरण अवधि अलग-अलग देशहरूमा केही आगाडि-पछाडि हुन सक्छ।

** बीसीजीले कुष्‍ठरोग र टीबीको केही रूपहरूबाट सुरक्षा प्रदान गर्छ; डीपीटी डिफ्थेरिया, लहरे खोकी र टिटनेसबाट सुरक्षा प्रदान गर्छ।

टीकाकरण मुख्‍य सन्देश -२

टीकाकरणले विभिन्‍न गम्भीर बिरामीहरूबाट सुरक्षा प्रदान गर्छ जुन शिशुको टीकाकरण भएको छैन ऊ अत्‍यधिक बिमारी हुन सक्छ, स्‍थायी रूपबाट अक्षम या कुपोषित भई मर्न पनि सक्छ। टीकाकरणले बचपनको सबैभन्दा अधिक गम्भीर बिरामीहरूबाट शिशुहरूलाई सुरक्षा प्रदान गर्छ । अक्षम शिशुहरूसमेत सबै शिशुहरूलाई टीकाकृत गराउन आवश्यक हुन्छ। एक शिशु जसलाई इन्जेक्सन वा दवाई खुवाइएको छ, उसलाई टीकाकृत मानिन्छ। टीका बिरामीहरूको विरूद्ध शिशुको प्रतिरोधक क्षमतालाई बढाउँछ। टीकाकरण तब मात्र काम गर्छ जब उसलाई बिरामी हुनुभन्दा पहिले दिइएको हुन्छ।

जुन शिशु टीकाकृत छैन, ऊ खसरा, लहरे खोकी र अन्‍य बिरामीहरूबाट ग्रसित हुन सक्छ र जसले गर्दा उसको मृत्‍यु पनि हुन सक्छ। जुन शिशु यी बिमारीहरूबाट ग्रस्‍त हुन्छन् उनीहरू कमजोर हुन्छन् र उनीहरू राम्ररी बृद्धि हुन सक्दैनन् वा स्‍थायी रूपबाट अक्षम हुन सक्छन्। यी कारणले कुपोषण र अन्‍य बिरामीले उसलाई मार्न पनि सक्छ। सबै शिशुहरूलाई खसराको विरूद्ध टीकाकृत हुने आवश्‍यकता छ जुन कुपोषण, खराब मानसिक विकास र सुन्न र हेर्न अक्षम रहनु यो दोषको कारण हुन्छ। दुई-तीन दिन या त्योभन्दा अधिक दिनदेखि खोकीको साथ नाकमा सिङान बग्नु र आँखा रातो हुनु, ज्वरो आउनु र दाना निस्कनु खसराको लक्ष्‍ण हो। खसरा मृत्‍युको कारण हुन सक्छ। सबै स्‍थानहरूमा सबै शिशुहरूलाई पोलियोको टीका लगाउन आवश्‍यकता हुन्छ। अंङ्ग मुलायम हुनु या हल्लिन अक्षम हुनु, पोलियोको मुख्य लक्षण हो। संक्रमित प्रति 200 शिशुहरूमा एकजना जीवनभरिका लागि अक्षम हुन्छ। टिटनेसको बे‍क्टिरिया या जीवाणु टोकेको ठाँउमा फोहरको कारण बढ्दछ। यो टिटनेसको टीकाको बिना खतरनाक साबित हुन सक्छ। गर्भावस्‍था भन्दा पहिले या त्यसको बेला टिटनेस टक्सिडको कमभन्दा कम दुई खोराक महिला मात्र होइन बरू उसको नवजात शिशुलाई उसको शुरुवाती हफ्तामा टिटनेसले सुरक्षा प्रदान गर्छ।

छ हफ्ता भएपछि शिशुलाई डीपीटीको पहिलो खोराकको आवश्‍यकता हुन्छ जसले टिटनेसप्रति प्रतिरोधक क्षमतालाई बढाउँछ।ती देशहरूमा जहाँ हेपेटाइटिस बी एउटा समस्‍या छ, वहाँ हरेक 100 मध्ये 10 शिशु यसको संक्रमणबाट जीवनभरि प्रभावित हुन्छन् र टीकाकृत नगराएको अवस्थामा ठुलो भएपछि उसलाई लिभर केन्सरको खतरा हुन्छ। केही देशहरूमा जन्डिसले धेरै शिशुहरूको जिन्दगीलाई खतरामा पार्छ। टीकाकरणले यस बिरामीलाई रोक्न सक्छ।

धेरै देशहरूमा बालाखाहरूलाई मार्ने हिमोफिलस इन्‍फ्लुएन्जा टाइप बी (हिब) निमोनियाको कारण बन्छ। हिब जीवाणु बाल मेनिनजीटिजको पनि कारण हुन सक्छ। यो जीवाणुले शिशुहरू खासगरी पाँच वर्षभन्दा कम उमेरको शिशुहरूका लागि अत्‍यन्‍त खतरनाक हुन्छ। हिब टीकाकरणले यसबाट हुने मृत्युलाई रोक्न सक्छ।

आमाको दुध र कोलेस्‍ट्रोम, गाढा पहेँलो दुध जुन जन्मको शुरुवाती दिनहरूमा निस्कन्छ, यसले निमोनिया, झाला-पखाला र अन्‍य बिमारीहरूबाट सुर‍क्षा प्रदान गर्छ। जबसम्म शिशु स्‍तनपान गरिरहन्छ तबसम्म ऊ सुरक्षित रहन्छ।

भिटामिन ए-ले रतन्ध्यो र संक्रमणको विरूद्ध शिशुहरूलाई मदत गर्छ। भिटामिन ए आमाको दुध, लिभर, माछा, दुध उत्‍पादन र पहेंलो फल, सब्जी र केही हरियो पात भएका सब्जीहरूमा पाइन्छ। जुन क्षेत्रहरूमा भिटामिन ए-को कमी हुन्छ त्यहाँ छ महिनाभन्दा अधिक उमेरको शिशुहरूलाई राष्‍ट्रीय टीकाकरण दिवसको समयमा वा टीकाकृत भएपछि भिटामिन ए-को गोलीहरू वा द्रव्‍य दिनु पर्छ। भिटामिन ए-ले खसराको उपचारमा पनि महत्त्वपूर्ण भूमिका निभाँउछ।

टीकाकरण मुख्‍य सन्देश - ३

कुनै पनि शिशु जो हल्‍का बिरामी, अक्षम या कुपोषित छ, उसालई टीकाकरण गराउनु सुरक्षित हुन्छ। शिशुहरूलाई टीकाकृत गराउन नलानुको प्रमुख कारण के हुन्छ भने जुन दिन टीकाकरण गर्नु पर्ने छ त्यो दिन उसलाई ज्वरो, खोकी, सर्दी, झाला-पखाला या अन्‍य बिमारले च्यापेको हुन्छ। बरू शिशु हल्‍का बिरामी छ भने उसलाई टीकाकृत गराउन सुरक्षित हुन्छ। कहिले-काहीँ जुन शिशु अक्षम या कु‍पोषित छ उसालई टीकाकरण नगराउन स्‍वास्‍थ्‍य कार्यकर्ताले नै सल्लाह दिन्छन्। यो सल्लाह गलत हो। अक्षम या कुपोषित शिशुहरूको टीकाकरण गराउन सुरक्षित हुन्छ।

सुई लाएपछि शिशु रून सक्छ वा उसलाई ज्वरो, थोरै लुलोपन वा यो कष्‍टकारी हुन सक्छ। यो सामान्‍य कुरा हो। छोटो-छोटो अन्तरालमा स्‍तनपान या शिशुलाई प्रचुर मात्रामा द्रव्‍य या भोजन गराउने। शिशुलाई तेज ज्वरो छ भने शिशुलाई स्‍वास्‍थ्‍य केन्‍द्र लिएर जानु पर्छ। किनकि कुपोषित शिशुका लागि खसरा अत्‍यधिक खतरनाक हुन सक्छ, उनीहरूलाई खसराको विरुद्ध टीकाकृत गराउनु पर्छ, खासगरी यदि कुपोषणको स्थिति गम्भीर छ भने।

टीकाकरण मुख्‍य सन्देश - ४

सबै गर्भवती महिलाहरूलाई टिटनेसबाट बच्नका लागि टीकाकृत हुन जरूरी छ। कुनै महिलाले केही समय पहिले नै टीका लगाएको छ भने पनि उनलाई अतिरिक्‍त टिटनेसको टीकाको आवश्‍यकता हुन सक्छ। टिटनेसको टीका लगाउन र सल्लाहको लागि स्‍वास्‍थ्‍य कार्यकर्तासित कुरा गर्नु पर्छ। विश्‍वको धेरै हिस्‍साहरूमा आमाले अस्‍वच्‍छ परिस्थितिहरूमा शिशुलाई जन्‍म दिन्छन्। यसले आमा र शिशु दुवैलाई टिटनेसको खतरामा पार्न सक्छ, यो नै नवजात शिशुहरूको मृत्युको मुख्‍य कारण हुन्छ। गर्भवती महिला टिटनेसबाट टीकाकृत छैनन् भने टिटनेसको बेक्टिरिया या विषाणु उसको शरीरमा प्रवेश गरी उसको जीवनलाई खतरामा पार्न सक्छ। टिटनेस बेक्टिरिया या विषाणुले फोहर ठाउँमा बृद्धि गर्छ। नाभीसम्‍बन्‍धी कर्डको अन्तिम छेउलाई फोहर चाक्कुले काटे या त्यसलाई फोहर हातले छोएको छ भने यसले विषाणु बृद्धि गर्न सक्छ। कर्डलाई काट्न कुनै पनि प्रकारको औजारलाई सबैभन्दा पहिले सफा गरी र फरि उमालेर या आगोमा तताई ठण्डा गर्नु पर्छ। जन्‍मको पहिलो छ हफ्ताका लागि शिशुको नाभी सम्‍बन्‍धी कर्डलाई सफा राख्नु पर्छ। सबै गर्भवती महिलाहरूलाई निश्चिन्त हुनका लागि टिटनेसको टीका लगाएको छ या छैन यो हेर्नुपर्छ। यसले आमा र नवजात शिशु दुवैलाई रक्षा गर्छ। टिटनेसको विरुद्ध टीका लगाउनु गर्भवती महिलाका लागि सुरक्षित हुन्छ। उसलाई अवधिको अनुसार टीकाकरण गराउनु पर्छ।

टिटनेसको टीका लिने समय

  • पहिलो खोराक: जब उनलाई के थाहा लाग्छ भने ऊ गर्भवती छ ।

  • दोस्रो खोराक: पहिलो खोराक लिएको एक महिनापछि र निर्धारित तारिखको दुई सप्ताहभन्दा पहिले, पछि होइन।

  • तेस्रो खोराक: दोस्रो खोराकको 6 देखि 12 महिनापछि वा अघिल्लोपल्ट गर्भवती हुने समय।

  • चौथो खोराक: तेस्रो खोराकको एक वर्षपछि या गर्भावस्‍‍थाको समय।

  • पाँचौ खोराक: चौथो खोराकको एक वर्षपछि या गर्भावस्‍थाको समय।

एउटा केटी वा महिलाले निर्धारित समय अनुसार पाँचौपल्ट टीकाकरण गराएको छ भने उनी जीवनभरिका लागि सुरक्षित हुन्छिन् र उनको नानी पनि सुरक्षित हुन्छ।

टीकाकरण मुख्‍य सन्देश - ५

प्रत्‍येक व्‍यक्तिलाई टीका लगाउनका लागि नयाँ वा उमालेको सियो र सिरिन्ज नै प्रयोग हुनु पर्छ। मानिसहरूलाई यसको जोर दिनु पर्छ। सियो या उपकरण जुन नयाँ या पूरै तरिकाले सफा छैन, जीवनलाई खतरामा पार्ने बिरामीहरूको कारण हुन सक्छ। परिवारको सदस्‍यहरूको बिच पनि एउटै नै सिरिन्ज र सुईको प्रयोग भयो भने जीवनलाई खतरामा पार्ने बिरामीहरूलाई फैलिन सक्छ। मात्र नयाँ र सफा सियो र सिरिन्ज नै प्रयोगमा ल्याउनु पर्छ।

टीकाकरण मुख्‍य सन्देश - ६

मानिस भीड-भाड स्थानमा रहँदा बिरामी छिटो फैल्न सक्छ। अत्‍यन्‍त सघन परिस्थितिहरूमा खासगरी शरणार्थी या खतरनाक परिस्थितिहरूमा बस्ने सबै शिशुहरूलाई छिटोभन्दा छिटो खासगरी खसराको टीका लगाउनु पर्छ। आपातकालीन र घर छोड्ने जस्तो स्थितिहरूमा प्राय मानिसमा सञ्चारित बिमारीहरूलाई फैलाउनमा बढाउँछ। यसकारण 12 वर्षभन्दा कम उमेरको सबै विस्‍थापित शिशुहरूलाई छिटोभन्दा छिटो टीकाकरण गराउनु पर्छ, सम्‍पर्क र प्रबन्धनको पहिलो बिन्दु, खासगरी खसराका लागि। आपातकालमा टीकाकरणका लागि प्रयोग गरिने सिरिन्ज स्वयं असक्रिय हुने वा आफै जो एकपल्ट पछि काम नगरोस्।

खसरा तब अझ अधिक गम्भीर हुन्छ जब शिशु कुपोषण या अस्‍वच्‍छ परिस्थितिमा रहिरहेको हुन्छ। खसरा धेरै तेजले फैल्नछ, यसकारण यसबाट पीडित शिशुलाई अन्‍य शिशुहरूलाई अलग राख्न र प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्ताद्वारा जाँच गराउन आवश्यक हुन्छ। खसरा गम्भीर झाला-पखालाको कारण हुन सक्छ। खसराबाट टीकाकृत शिशुले झाला-पखालालाई रोक्न सक्छ। टीकाकरणको श्रृंखला कुनै कारणबाट छुट्यो भने राष्‍ट्रीय निर्देशहरूको अनुसार त्यसलाई पूरा गर्नका लागि स्‍वास्‍थ्‍य कार्यकर्तासित सर-सल्लाह गर्नुपर्छ।

स्त्रोत : यूनीसेफ

2.92307692308
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top