सेयर
Views
  • State: Open for Edit

झाला-पखाला

यो भागमा झाला-पखाला जानकारी दिइएको छ।

झाला-पखालाको सूचना मानिसहरूसम्म पुर्याउने र त्यसमा कार्रवाई गर्न महत्त्वपूर्ण किन छ ?

झाला-पखालाले प्रत्‍येक वर्ष डिहाइड्रेसन र कुपोषणको माध्यमले 1 मिलियन (दस लाख) शिशुहरूको ज्यान लिने गरेको छ । झाला-पखालाबाट शिशुहरू ठुलाको अपेक्षा छिट्टै डिहाइड्रेटिड हुने कारणले मर्दछन्। झाला-पखालाबाट पीडित प्रति 200 जनामा एकजना ज्यान जाने गरेको छ। झाला-पखालाको कारण कीटाणु, खासगरी मलबाट निस्कने कीटाणु हुन्छ जुन कुनै प्रकारले निलिन्छ। यिनीहरू प्राय ती स्‍थानहरूमा हुन्छन् जहाँ मलको निकास असुरक्षित, खराब स्थिति या खाने पानीमा सफा कमी वा शिशुलाई स्‍तनपान नगराएको स्थितिहरूमा हुन्छ। आमाको दुध कम खाने शिशु प्राय झाला-पखालाको चपेटमा आउँछन्। परिवार र समुदाय, सरकार र स्‍वयंसेवी संस्‍थाहरूको सहयोगले मिलेर काम गरियो भने परिस्थि‍तिहरूलाई रोक्नमा सफल हुन्छन् जुन चाहिं झाला-पखालाको कारण बन्दछ।

झाला-पखाला मुख्‍य सन्देश- १

शरीरबाट द्रव्‍यको कमी गराउने भएकाले निर्जलीकरणको माध्यमले झाला-पखाला शिशुको मृत्युको कारण बन्छ। जसरी झाला-पखाला सुरु हुन्छ, के आवश्‍यक छ भने एउटा शिशुलाई दैनिक दिइने भोजन र फ्लुयड्ससित अतिरिक्‍त खाद्य वा पेय पदार्थ दिनु पर्छ। एक दिनमा जब एउटा शिशु तीन या त्योभन्दा अधिकपल्ट पानी दिसा गर्छ भने ऊ झाला-पखालाबाट पीडित छ। पानी दिसा अधिक खतरनाक हुन्छ। केही मानिस के सोच्छन् भने तरल पदार्थ लिनु झाला-पखालालाई अझ अधिक जटिल बढाउँछ। यो सत्य होइन। झाला-पखालाबाट पीडित शिशुलाई जोगाउन जति सम्भव हुन सक्छ त्यति पानी खान दिनु पर्छ। अधिक तरल पदार्थ खानु झाला-पखालाको बेला नोक्सान नभएर फ्लुयड्सलाई पूर्ति गर्नमा मदद गर्छ।

झाला पखालाबाट पीडित शिशुका लागि स्‍वीकार्य तरल पदार्थ

  • आमाको दुध सामान्‍यतौरमा दुध खुवाउनुभन्दा बढी दुध खुवाउनु पर्छ
  • सुप
  • चामलको पानी
  • ताजा फलहरूको जुस
  • थोरै चिनीको साथ हल्‍का चिया
  • नारिवलको पानी
  • सुरक्षित स्रोतको सफा पानी। यदि पानी सफा हुने सम्भावना छैन भने त्यसलाई उमालेर या फिल्‍टरबाट सफा गर्नुपर्छ
  • ओरल रिहाइड्रेसन सल्‍ट्स ओआरएस लाई पानीको निर्धारित मात्रामा मिसाउने।

निर्जलीकरणबाट बच्नका लागि जति सम्भव हुन सक्छत्यतिपल्ट शिशुलाई स्‍तनपान गराउनु पर्छ र जब पनि शिशु पानी लेटरिन गर्छ त्यतिपल्ट निम्‍नलिखित मात्रामा तरल पदार्थ लिनु पर्छ।

  • दुई वर्षभन्दा कम उमेरको शिशुका लागिठुलो कपको एकचौथाइभन्दा दुई वर्षभन्दा अधिक उमेरको शिशुका लागिठुलो कपको आधा
  • पानी सफा कपले दिनुपर्छ । बोतल कहिले पनि प्रयोगमा लिनु हुँदैन। बोतललाई भित्रबाट सफा गर्न धेरै जटिल हुन्छ। पूरै तरिकाले सफा नभएको बोतल झाला पखालाको कारण बन्न सक्छ।

शिशुले उल्‍टी गर्छ भने हेरचाह गर्नेलाई 10 मिनटसम्म प्रतिक्षा गर्नुपर्छ र फरि शिशुलाई विस्तारै-विस्तारै पुन: थोरै-थोरै पानी खुवाउन सुरु गर्नुपर्छ। जबसम्म झाला-पखाला थामिँदैन तबसम्म शिशुलाई अतिरक्ति तरल पदार्थ दिनु पर्छ। सामान्यत: झाला-पखाला तीनदेखि चार दिनमा थामिन्छ। यदि यो एक हफ्ताभन्दा ज्‍यादा दिनसम्म रह्यो भने हेरचाह गर्नेले प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्तासित सहायता लिनु पर्छ।

झाला-पखाला मुख्‍य सन्देश- २

एउटा शिशु एक घण्टामा धरैपल्ट पानी या रगत हग्छ भने उसको जीवन खतरामा हुन्छ। प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्ताद्वारा छिटोभन्दा छिटो मदत लिनु जरूरी हुन्छ।

आमा पिताले छिटोभन्दा छिटो प्रशिक्षित स्‍वा‍स्‍थ्‍य कार्यकर्ताको मदत लिनु पर्छ यदि शिशुले

  • एक या दुई घण्टामा धेरैपल्ट पातलो दिसा गरी सकेको छ भने
  • मलमा रगत हगिरहेको छ भने
  • उल्‍टी गरिरहेको छ भने
  • ज्वरो छ आएको महसुस गर्‍यो भने
  • धेरै प्‍यास लागिरहेको लक्षण देखायो भने
  • पानी खाले चाहिरहेको छैन भने
  • खानका लागि मानेन ‍भने
  • आँखाहरू धसिरहेको छ भने
  • कमजोर या थाकेको देखायो भने
  • एक हफ्ताभन्दा बढी झाला पखालाले पीडित रहेको देखायो भने।

कुनै शिशुमा यी मध्ये कुनै पनि सङ्केत देखिन्छ भने प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्ताको मदतको छिटो आवश्यक हुन्छ। यस बिच शिशुलाई ओआरएस घोल या अन्‍य तरल पदार्थ दिनु पर्छ। एक या दुई घण्टामा धरैपल्ट पातलो दिसा र उल्टी गरी सकेको छ भने यो खतराको घण्टी होयो सम्भवत झाला पखालाको सङ्केत हो। झालाप खालाले शिशुलाई घण्टैमा नै लखतरान पार्न सक्छ। छिटो भन्दा छिटो चिकित्‍सकीय मदद लिनुपर्छ।

  • झाला पखाला दूषित पानी र भोजनबाट समुदायमा तेजले फैलन सक्छ। खासगरी झाला पखाला ती स्‍थानहरूमा हुन्छ जहाँ भिडभाड छ र सर<सफाइ छैन।

झालाप खालालाई फैलनबाट रोक्नका लागि चार कदम उठाउनु पर्छ

  1. मललाई शौचालयमा हाल्ने या जमिनमा पुर्ने।
  2. शौचालयबाट आएपछि आफ्नो हात साबुन वा खरानीले सफा पानीले धुने।
  3. खान सफा पानी उपभोग गर्ने।
  4. खाना धोएर ताछेर पकाउने।

झाला-पखाला मुख्‍य सन्देश-३

स्‍तनपान झालापखालाको गति र त्यसको गम्भीरतालाई कम गर्न सकिन्छ।

झालापखाला पीडित सानो शिशुका लागि खाना र तरल पदार्थको सर्वोत्तम स्रोत आमाको दुध हो। यो पौष्टिक र सफा हुन्छ तथा बिरामी र संक्रमणसित लड्नमा मदत गर्छ। एउटा शिशु जो मात्र आमाको दुध खान्छ भने उसलाई झालापखाला हुने आशंका कम हुन्छ।

आमाको दुधले निर्जलीकरण डिहाइड्रेसनर कुपोषण रोक्छ र नोक्सान भएको फ्लुयड्सलाई पूर्ति गर्छ। झाला पखालाबाट पीडित शिशुको आमालाई धेरैपल्ट कम दुध खुवाउने सल्लाह दिइन्छ। यो सल्लाह गलत हो।

शिशु झाला पखालाबाट पीडित छ भने उसलाई आमतौरमा जतिपल्ट दुध खुवाइन्छउसलाई अधिकपल्ट स्‍तनपान गराउनु पर्छ।

झाला-पखाला मुख्‍य सन्देश- ४

झाला पखालाबाट ग्रस्‍त शिशुले लगातार खाई रहन आवश्यक हुन्छ। झाला पखालाबाट ठिक हुने समय कमभन्दा कम दुई सप्ताहसम्म दिनमा एकपल्ट अतिरि‍क्‍त भोजन जरूरी हुन्छ।

झाला-पखालाबाट ग्रस्‍त शिशुलाई सबै खाना र फ्लयुड्स जतिपल्ट ऊ खान सक्छ त्यतिपल्ट दिनु जरूरत हुन्छ। खानाले झाला पखालालाई रोक्नमा मदद गर्न सक्छ र शिशुलाई छिटो ठिक हुनमा मदत गर्छ। झालापखालाबाट ग्रस्‍त शिशु आमतौरमा खाना खान चाहँदैन या उल्‍टी गर्न सक्छ यसकारण खुवाउनु मुश्किल हुन सक्छ। यदि शिशु छ महिनाभन्दा ठुलो छ भने आमा पिता र हेरचाह गर्नेले मुलायम र थिचेको खाना या जसलाई शिशु मनपराउछन त्यति पल्ट खानाको लागि प्रोत्‍साहित गर्नुपर्छ। यसमा थोरै मात्रामा नुन सामेल हुनुपर्छ। मुलायम भोजन खानालाई सजिलैसित खान सकिन्छ र यसमा ठोस भोजनको तुलनामा फ्लुयड्स अधिक हुन्छ।

झाला पखालाबाट ग्रस्‍त शिशुका लागि राम्रो सेलियल्‍स और बिन्समाछाराम्ररी पाकेको मासुदही र फल दिनु पर्छ। एक या दुई तेलको सानो चम्‍म च सब्जीहरू या सेरियलमा मिश्रित गर्न सकिन्छ। भोजन ताजा बनाइएको होस र एक दिनमा शिशुलाई पाँच देखि छपल्ट दिनु पर्छ।

झाला पखाला थामिएपछि अतिरिक्‍त भोजन पूरै तरिकाले ठिक हुनका लागि अनिवार्य हुन्छ। यस समय शिशुलाई कमसे कम दुई हफ्तासम्म हरेक दिन स्‍तनपानको साथ दिनमा एकपल्ट अतिरिक्‍त भोजन गर्नु जरूरी हुन्छ। यसले झालापखालाबाट प्रभावित भएको पोषण र उर्जा लाई पूर्ति गर्नमा शिशुलाई मदत गर्छ।

जबसम्म शिशु झालापखालाको कारणबाट आफ्नो कम भएको वजनलाई पुन<प्राप्‍त गर्दैनतबसम्म ऊ पूरै तरिकाले जाती भएको मानिँदैन।

भिटामिन ए को गोलीहरू र भिटामिन एयुक्‍त भोजनले झालापखालाबाट शिशुलाई जाती हुन मदत गर्छ। भिटामिन ए युक्‍त भोजनमा आमाको दुध लिभर छा दुध उत्‍पाद सन्तोला या पहेँलो फल र सब्जीहरू र हरियो पातका सब्जीहरू सामेल छ।

झाला-पखाला मुख्‍य सन्देश- ५

शिशालई गम्भीर डिहाइड्रेटेड छ वा झालापखालाबाट लगातार पीडित छ भने मात्र ओरेल रिहाइड्रेसन सोल्‍युसन वा प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्ताद्वारा दिइएको दवाइहरू नै प्रयोग गर्नुपर्छ। झालापखालाको अन्‍य दवाइहरू आमतौरमा अप्रभावी हुन्छन् र शिशुका लागि नोकसानदायक हुन सक्छ।

सामान्यत झाला पखाला आफै केही दिनहरूमा ठिक हुन्छ। असल खतरा शिशुको शरीरमा पानी र पोषक तत्‍वहरूको कमीले हुन्छ डिहाइड्रेसन र कुपोषणको कारण हुन सक्छ।

झाला पखालाबाट ग्रस्‍त शिशुलाई प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्ताले नबताई कुनै पनि दवाई या एन्टिबायोटिक दिनु हुँदैन। झाला पखालाको सबैभन्दा राम्रो उपचार अधिक तरल पदार्थ या पानीको निर्धारित मात्राको साथै ओआरएस घोल दिनु हो। ओआरएस घोल उपलब्‍ध छैन भने एक लिटर सफा पानीमा चार सानो चम्‍मच चिनी र आधा सानो चम्‍मच नुन मिलाएर शिशुलाई दिएर डिहाइड्रे‍सनको उपाय गर्न सकिन्छ। सही मात्रा मिलाउनमा सावधान हुने किनकि चिनीको अधिक मात्रा झालापखालालाई अझ बिगार्न सक्छ र अधिक नुनको मात्रा शिशुका लागि अधिक खतरनाक हुन सक्छ। मिश्रणमा यी चिजहरू थोरै कम पनि मिलाइन्छ भने कुनै नोक्सान हुँदैन र थोरैले कम सकारात्‍मक प्रभाव पार्छ। खसरा गम्भीर झाला पखालाको कारण हुन सक्छ। खसराबाट टीकाकृत शिशु झाला पखालाको यस कारणलाई रोक्दछ।

ओआरएस घोल – अतिसारका लागि एक विशेष पेय

ओआरएस के हो?

ORS ओरल रिहाइड्रेसन सल्ट्स अर्थात् मौखिक पुनर्जलीकरण लवण शुष्क सुख्खा नुनको एक यस्तो विशेष सम्मिश्रण हो जुन सुरक्षित स्वच्छ पानीमा मिलाए पछि शरीरबाट अतिसार वा डायरियाको कारण गुमाएको पानीको मात्राले पुनर्जलीकरणमा मदत गर्छ।

गलत तरिकाले शिशुलाई पकड्नु केही समस्याको कारण बन्न सक्छ, जस्तै

ORS कहाँ पाइन्छ अधिकतर देशहरूमापसलहरूफार्मेसीहरू र स्वास्थ्य केन्द्रहरूमा ORSको पेकेट पाइन्छ।

ORS पेय बनाउनका लागि

  • पेकेटमा जुन समाविष्टिहरू छ जुन पनि सामान वा घटक छ तिनीहरूवाई एउटा सफा भाँडोमा हाल्ने। पेकेटको माथि दिइएको निर्देशहरूलाई पढ्ने र स्वच्छ पानीलाई सही मात्रामा मिलाउने। धेरै कम पानी डायरियाको स्थितिलाई अझ बिगार्न सक्छ।
  • केवल पानी मिलाउने। ors मा कहिले पनि दुसुप फलहरूको रस या साधारण पेय पदार्थ नमिसाउने। चिनी पनि नमिसाउने।
  • राम्रो तरिकाले घोल्ने चलाउने र एक सफा कपमा यो घोल हालेर नानीलाई खुवाउने। बोतलको प्रयोग नगर्ने।

कति ORS घोल खान दिनु पर्छ

नानीका लागि जति ORS घोल खान सक्छ त्यति खान प्रोत्साहित गर्ने।

दुई वर्षभन्दा कम आयुको नानीका लागि हरेक पातलो शौचपछि एउटा ठुलो कपको आधा या चौथाइ हिस्सा ORS घोल खानु आवश्यक छ।

दुई वर्ष या त्योभन्दा ठुलो आयुको नानीहरूका लागि हरेक पातलो शौचपछि एउटा ठुलो कपको आधा हिस्सा या पूरै ठुलो कप भरेरORS घोल खानु आवश्यक छ।

अतिसार सामान्यत तीन वा चार दिनहरूमा रोकिन्छ ठिक हुन्छ। यो एक सप्ताहपछि पनि थामिएन भने तपाईले प्रशिक्षित स्वास्थ्य कर्मचारीसित सम्पर्क गर्नुपर्छ।

झाला-पखाला मुख्‍य सन्देश- ६

अतिसारबाट बचाउका लागि सबै मल शौचालयमा फेक्नु पर्छ वा जमीनमा गाड्नु पर्छ

मलको स्पर्श या सम्पर्क खाने पानी खाद्य पदार्थ हात भाँडो या खाना पकाउने ठाँउ या सतहहरू सित भएमा नानी र वयस्क दुवैको शरीरमा डायरियाको रोगाणु प्रवेश गर्न सक्छ। जुन झिँङाहरू मलको माथि बस्छन् तिनीहरू फेरी भोजनमा बस्छन् र यसप्रकार डायरिया फैलिने रोगाणुहरूलाई स्थानान्तरित गर्छ। खाने वस्तुहरू र खाने पानी ढाकेर राख्नाले यसलाई झिँङाहरूबाट बचाउन सक्छ।

दुधमुखे र बालाखाको मलले पनि रोगाणु फैलाउँछ यसकारण त्यो पनि खतरनाक छ। नानीले शौचालयको प्रयोग नगरी मल त्याग गर्छ भने उसको मल तुरन्त सफा गरी दिनु पर्छ र शौचालयमा बगाउनु या जमिनमा गाड्नु पर्छ। शौचालयहरू र शौच कूपहरूलाई सफा राख्नाले रोगाणुहरूलाई फैलिनबाट बचाउ हुन्छ। शौचालय या शौचकूप उपलब्ध छैन भने नानी र ठुलो दुवैलाई नै घर बाटोजल आपूर्ति स्थान र नानीको खेल्ने मैदान जस्तो ठाउँबाट टाढा गएर शौच गर्नु पर्छ र उसको मललाई जमिनको एक हात तल पुरिदिनुपर्छ।

केही समुदायहरूका निम्ति शौचकूप वा शौचालयहरूको सुविधा छैन भने यस्तो समुदायहरूलाई एकत्रित पारेर यस्तो सुविधाहरूको निर्माण गर्नुपर्छ। पानीको स्रोतहरूलाई सदैव मानव या पशुहरूको मलबाट सुरक्षित राख्नुपर्छ।

झाला-पखाला मुख्‍य सन्देश- ७

स्वास्थ्य सम्बन्धी राम्रा बानिहरूद्वारा डायरियाबाट बचाव गर्छ।

मलको सम्पर्कपछि र भोजनलाई छुनुभन्दा पहिला वा नानीहरूलाई दुध खुवाउनु भन्दा पहिले हात सधै साबुन र पानी वा खरानी र पानीले राम्ररी धुनु पर्छ।

  • मलत्याग गरेपछि नानीको नितम्ब धोए पछि र नानीहरूलाई दुध पिलाउने र खाना खानु भन्दा या छूनु भन्दा तुरन्त पहिले हातहरूलाई सधै साबुन र पानी या खरानी र पानीले राम्ररी धुनु पर्छ।
  • सानो नानी प्राय मुँखमा हात राख्छन यसकारण घरलाई सफा राख्न र विशेषत नानीहरूलाई खाना दिनु भन्दा पहिले नानीहरूको हात पानी र साबुन सित या पानी र खरानी सित धुनु अत्यन्त आवश्यक हुन्छ।

डायरियाबाट बचावका लागि अन्य स्वास्थ्य मापदण्ड सुझाव

  • खाना खाने समय पनि निश्चित बनाउनु पर्छ र यसलाई राम्ररी पकाउनु पर्छ। पाकेको खाना दुई घण्टापछि यदि धेरै तातो या ठण्डा भएमा खानका लागि सुरक्षित हुँदैन।
  • शरीरबाट बाहिर निस्कने सबै तत्वहरूलाई जमिनमा गाड्नुपर्छजलाउनुपर्छ या टाढा फेक्नुपर्छ जसबाट झिँङाहरूद्वारा रोग फैलिनबाट बचाउ हुन सक्छ।

स्त्रोत : यूनीसेफ

2.53846153846
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top