অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

जन्मको समय निर्धारण

जन्मको समय निर्धारण-परिवार नियोजन, जन्मको समय निर्धारण-आमाको दुध, जन्मको समय निर्धारण - नानी, जन्मको समय निर्धारण-गर्भ निरोध

धेरैपल्ट जन्म दिने, एकपछि एक जन्म दिने र किशोर उमेरका केटीहरू या 35 वर्षभन्दा अधिक उमेरको महिलाद्वारा जन्म दिएमा उनको जिन्दगी खतरामा हुनेछ र शिशुहरूको हुनेवाला कुल मृत्युमा लगभग एक-तिहाको जिम्मेदार बन्दछ।

परिवार नियोजन महिलाहरू र नानीहरूको स्वास्थ्यमा सुधारको सबैभन्दा उपयोगी तरिकाहरू मध्ये एक हो। विकासशील देशहरूमा विवाहित या पुरुषहरूको साथ बसिरहेका महिलाहरूको के भना छ भने गर्भ निरोधले उनीहरूको आवश्यकता पूरा गर्दैन। किशोर उमेरका नानीहरूसमेत सबैको सार्वभौमिक शिक्षाको साथै परिवार नियोजनको सेवाहरूसम्म पहुँच, खासगरी ती देशहरूमा जहाँ कम उमेरमा विवाह हुन्छ, आमा र नानीहरूको मृत्यु र अपाङ्ताबाट बचाउन सकिन्छ।

जन्मको समय निर्धारण मुख्य सन्देश -1

18 वर्षको उमेरभन्दा पहिले वा 35 वर्षको उमेरपछि गर्भधारण, महिला र तिनको नानीहरूको स्वास्थ्यको खतराहरूलाई बढाउँछ।

हरेक वर्ष 515 लाख महिलाहरू गर्भधारण र प्रसवसित जोडिएको समस्याका कारण मर्दछन्। मर्नेवाला हरेक महिलाको पछाडि औसतन 30 महिलाहरू अक्षमता जन्म दिनेवाला गम्भीर समस्याहरूको शिकार हुन्छन्। परिवार नियोजनले यी मृत्यु र धेरै हदसम्म यस अक्षमतालाई रोक्न सक्छ।

केटीले कमसे कम 18 वर्षको उमेरसम्म गर्भधारणलाई टाल्ने, सुरक्षित गर्भधारण वा प्रसवलाई सुनिश्चित गर्छ, र उनको नानीहरू कम वजनको जन्म हुने खतराहरूलाई कम गर्छ। यो खासगरी ती देशहरूलाई महत्त्वपूर्ण छ, जहाँ कम उमेरमा विवाह गरी दिने प्रथा छ।

18 वर्षको उमेर हुँदा सम्म केटी शारीरिक रूपले पेटमा नानी पाल्ने लायक हुँन्दैन्न्। बालिग महिलाको तुलनामा कम उमेरको केटीहरूका लागि प्रसव जटिल र खतरनाक हुने अंदेशा धेरै रहन्छ। धेरै कम उमेरका आमाहरू बाट जन्म हुने वाला नानीहरूमा जीवनको पहिलो वर्षमा मर्ने अंदेशा अझ धेरै हुन्छ। आमा जति सानो हुन्छिन्, उनमा र उनको नानीहरूमा खतरा उति नै ठुलो हुनेछ।

गर्भधारणलाई टालनका लागि युवा महिलाहरूलाई खास मदतको आवश्यकता हुन्छ। समय भन्दा पहले गर्भधारणको खतराहरू र त्यसलाई टाल्नका बारेमा युवा महिलाहरू र तिनका परिवारहरूलाई जानकारी दिनुपर्दछ।

जन्मको समय निर्धारण मुख्य सन्देश -2

यदि दुई नानीहरूको जन्मको बिच दुई वर्षभन्दा कमको अन्तर छ भने सानो नानीको मृत्युको खतरा 50 गुना बढ्दछ।

दुई वर्षभन्दा कम उमेरको नानीको स्वास्थ्य र उसको बढाइका लागि सबैभन्दा ठुलो खतरा भई नयाँ नानीको जन्म हुन्छ। यसबाट ठुलो नानीका लागि आमाको दुध खान धेरै छिट्टो रोकिन्छ, र नानीको आवश्यकताको हिसाबले खासतौरमा भोजन तयार गर्नका लागि आमालाई कम समय मिल्दछ। के हुन सक्छ भने उनी ठुलो नानीको त्यति हेरचाह र ध्यान दिन सक्दिनन्, जतिको उसलाई आवश्यकता हुन्छ, खासगरी जब नानी बिरामी हुन्छ। परिणाममा, दुई वर्ष या त्योभन्दा अधिक समयको अन्तरले जन्मेका नानीहरूको तुलनामा, दुई वर्षभन्दा कम समयको अन्तरालमा जन्मेका नानीहरूको शारीरिक या मानसिक विकास सामान्यत: ठिक तरिकाले हुन पाउँदैन।

गर्भधारण र प्रसवको भरपा का लागि महिलाको शरीरलाई दुई वर्षको समयको आवश्यकता हुन्छ। यसकारण यदि दुई जन्मको बिचको अन्तर धेरै कम छ भने आमाको स्वास्थ्य खतरामा रहन्छ। पुन: गर्भधारणभन्दा पहिले आमाले आफ्नो स्वास्थ्य, पोषणको हालत र ऊर्जा फिर्ता पाउन समयको आवश्यकता पर्छ। पुरुषहरूलाई दुई वर्षको अन्तरमा हुने जन्मको महत्त्वप्रति सचेत गराउनु जरूरी हुन्छ र सबैले परिवारको स्वास्थ्यलाई बचाउनमा मदद गर्नका लागि गर्भधारणको सङ्ख्या कम गर्न आवश्यक छ ।

पछिल्लो गर्भधारणको पूरै भरपाईभन्दा पहिले यदि महिला फेरि गर्भवती हुन्छिन् भने, तब केको ठुलो सम्भावना छ भने उनको नानीको जन्म समयभन्दा धेरै पहिले हुनेछ र उसको वजन पनि धेरै कम हुनेछ। सामान्य वजनका साथ जन्मेका नानीहरूको तुलनामा कम वजन जन्मेका नानीहरूको सही हुर्काइको सम्भावना कम हुन्छ, बिरामी हुने ज्यादा सम्भावना र जीवनको पहिलो वर्षमा मृत्युको सम्भावना चार गुना ज्यादा हुनेछ।

जन्मको समय निर्धारण मुख्य सन्देश -३

चारपल्ट गर्भवती भई सकेपछि गर्भधारण र प्रसवले स्वास्थ्यमा खतरा बढ्दछ।

लगातार गर्भधारण,प्रसव,नानीलाई आफ्नो दुध खुवाउने र सानो नानीको हेरचाहबाट महिलाको शरीर सजिलै खच्किन सक्छ। चारपल्ट गर्भधारणको पछि, खासगरी यदि दुई जन्मको बिच दुई वर्षभन्दा पनि कम समयको फरक छ भने उसलाई एनिमिया (खुनको कमी) र हेमरेज जस्तो स्वास्थ्यसित जोडिएको गम्भीर समस्याहरूको बढ्दो खतराहरूको सामना गर्नु पर्छ।

यदि आमा चार या त्योभन्दा अधिकपल्ट गर्भवती भइसकेकी छिन् भने उनको नानीलाई मृत्युको खतरा धेरै हुन्छ।

जन्मको समय निर्धारण मुख्य सन्देश -४

परिवार नियोजनको सेवाहरूले मानिसहरूलाई यो योजना बनाउने ज्ञान र कस्तो तरिकाहरू उपलब्ध गराउँछ भने नानी कहिले जन्माउन सुरु गर्ने, कति नानी जन्माउने र तिनीहरूको बिच कति दूरी राख्ने र कहिले रोक्नेबारे जानकारी गराउँछ। गर्भधारणलाई टाल्ने अनेक सुरक्षित र स्वीकृत तरिकाहरू उपलब्ध छन्। स्वास्थ्य केन्द्रहरूले परिवार नियोजनका ती तरिकाहरू चुन्नमा मानिसहरूलाई मदद गर्नका लागि सल्लाह दिने काम गर्नुपर्छ जुन प्रावधान र व्यवस्था स्वीकार्य, सुरक्षित, सुविधाजनक, उपयोगी र कम खर्चिलो होस्। गर्भ निरोधको विभिन्न तरिकाहरूमा निरोधले मात्र नै गर्भधारण र एचआईभी/एड्स समेत अन्य यौनजनित रोगहरूबाट जोगाउन सक्छ।

नानीलाई मात्र आमाको दुध खुवाउँदा आमाको कोखको सुस्थता लगभग छ महिनासम्मका लागि रोक्न सक्छ। आमाको दुध खुवाउँदा मात्र गर्भधारणबाट महिलालाई 98 प्रतिशत बचाउन सकिन्छ। तर तब मात्र यदि उनको नानी छ महिनाभन्दा कम उमेरको छ, आमाको महिनावारी पुन: सुरु भएको छैन् र नानीको आवश्यकतामा उसलाई मात्र आमाको दुध खुवाइन्छ अनि कुनै पनि फल या तरल चिज दिइँदैन भने।

जन्मको समय निर्धारण मुख्य सन्देश -5

परिवार नियोजन पुरुष र महिला दुवैको जिम्मेदारी हो, सबैलाई स्वास्थ्यसित जोडिएको फायदाहरूका बारेमामा बुझ्ने आवश्यकता छ।

पुरुष र महिला दुवैले बिना योजनाको गर्भधारणबाट बच्ने जिम्मेदारी लिनु पर्छ। उनीहरूलाई जानकारी र स्वास्थ्य कार्यकर्ताको सल्लाह हुनु पर्छ, ताकि परिवार नियोजनको उपलब्ध विभिन्न साधनहरूका बारेमामा उनीहरू सचेत रहुन्।

यो जानकारी डाक्टर, नर्स, शिक्षक, परिवार नियोजन केन्द्र र युवा या महिला सङ्गठनहरूबाट पनि हासिल गर्न सकिन्छ।

स्त्रोत : युनिसेफ

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate