सेयर
Views
  • State: Open for Edit

महिला-स्वास्थ्य' भनेको के हो

यो खंड महिला-स्वास्थ्य' भनेको के हो बारे जानकारी छ।

महिला स्वस्थ छन् भने आफ्नो देनक कार्य गर्ने,पिरवार तथा समुदायमा4हिला स्वास् y धेरै भूमिका निर्वाह गर्नसक्ने र सबैसँग सुमधुर सम्बन्ध राख्न सक्ने हुन्छन्। म थ्य महिलाको स्वास्थ्यले उनको जीवनका सबै पक्षहरूलाई असर पुयाइरहेको हुन्छ। भनेको यस्तो भए पनि विगतमा महिलाको स्वास्थ्यसेवा’ भन्नाले गर्भावस्था र सुत्केरी अवस्थामा गरिने मातृशिशु सेवालाई मात्र बुझिन्थ्यो । महिलाको स्वास्थ्य सेवा के हो? भन्नाले गर्भावस्था र सुत्केरी सेवाबाहेक अरु बेलाको सामान्य स्वास्थ्य सेवा पनि हुन् भन्ने बुझनुपर्छ। महिलाले स्वास्थ्य सेवा प्रदान गर्न उनको सामाजिक र सास्कृतिक परिवेश पनि बुझनु जरुरी छ।

यस पुस्तकमा हामीले महिला स्वास्थ्यलाई फरक ढङ्गले प्रस्तुत गरेका छौं।स्वास्थ्य जीवनभर स्वास्थ्य सेवा पाउनु सबै महिलाहरूको अधिकार हो भन्ने कुरामा हामी ।साहलाको शरीर दिसारा र आत्मा विश्वास गछौं । दोस्रो कुरा- महिला स्वास्थ्यलाई उनको शारीरिक बनोटले मात्र ।तन्दुरुस्त हुनु हो ।होइन, उनी बाँचेको सामाजिक, सांस्कृतक तथा आर्थिक परिवेशले पनि प्रभाव पार्ने गर्दछ भन्ने हाम्रो मान्यता छ |

यस्तै परिवेशहरुले पुरुषको स्वास्थ्यलाई पनि प्रभाव पार्दछन्। तापनि ढङ्गले उपचार गरिन्छ । महिलाहरूसँग कम अधिकार र थोरै मात्र स्रोत भएकोले परिवार तथा समुदायमा उनीहरूको तल्लो स्तर रहेको छ। यस्तो आधारभूत असमानता हुनुमा निम्न लिखित कारणहरू रहेका छन्।

  • महिलाहरू पुरुषभन्दा बढी गरीबीका सिकार हुने गर्छन्।
  • आफूलाई आत्मनिर्भर गराउन सघाउने सीप र शिक्षा आर्जन गर्ने अवसरबाट पनि पुरुषभन्दा महिलाहरू नै बढी वञ्चित रहेका छन्।
  • महिलाहरूले पुरुषको जति स्वास्थ्यसम्बन्धी आवश्यक सूचना र सेवा लिने अवसर पाउँदैनन् ।
  • महिलाहरू पुरुषले जस्तो अत्यावश्यक स्वास्थ्यसेवा लिने निर्णय आफॅ लिन पाउँदैनन् ।

उपर्युक्त तथ्यहरूले हामीलाई महिलाको कमजोर स्वास्थ्यको कारणको जरो पत्ता लगाउन सहयोग गर्दछ । महिलाको स्वास्थ्यमा सुधार ल्याउन उनीहरूका स्वास्थ्य समस्याहरूको उपचार गर्नेपर्छ भने उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउनु पनि आवश्यक छ । यसो गर्न सकेमा उनीहरूले आफ्नो स्वास्थ्यका बारेमा आफैले निर्णय गर्ने अधिकार पाउँछन्।

महिलाले आफ्नो स्वास्थ्यका बारेमा आफॅ निर्णय लिनसके उनलाई मात्र होइन, उनको परिवार, समुदाय वा सबैलाई फाइदा हुन्छ । स्वस्थ महिलासँग आफ्नो सामथ्र्य देखाउने प्रशस्त मौका हुन्छ। बच्चा पनि स्वस्थ हुनेछ, उनले परिवारको राम्रो हेरचाह गर्न सक्नेछिन् भने समुदायमा पनि धेरै योगदान गर्नसक्नेछिन्। यस दृष्टिकोणले महिला स्वास्थ्य भनेको उनको मात्र समस्या होइन भन्ने कुरा बुझन सघाउँछ । वास्तवमै महिला स्वास्थ्य समुदायको सरोकारको विषय हो ।

महिलाहरू रोग लाग्ने र कमजोर स्वास्थ्य हुने खतरामा हुन्छन्

मिहलाको शरीर पुरुषको भन्दा केही फरक हुन्छ तर यो फरक भन्दा पुरुष र महिलाबीच भएका आधारभूत असमानताहरूले गर्दा महिलाहरूलाई रोग लाग्नसक्ने र स्वास्थ्य कमजोर हुने खतरा भइरहन्छ । यहाँ महिलाहरूलाई धेरै असर गर्ने केही स्वास्थ्य समस्याहरूको चर्चा गरिएको छ।

न्यूनपोषण

न्यूनपोषण गरिब मुलुकका महिलाहरूमा सर्वत्र पाइने तथा कमजोर गराउने (disabling) स्वास्थ्य समस्या हो । न्यूनपोषणबाट हाम्रो जस्तो गरिब मुलुकको धेरैजसो जनसंख्या त्यसमा पनि खास गरेर बालबालिकाहरू पीडित हुन्छन्। त्यसमाथि पनि विशेष गरेर बालिकाहरू यस समस्याबाट बढी पडत हुने गर्छन्। हाम्रो समाजमा बाल्यावस्थाको सुरुमै छोरालाई भन्दा छोरीलाई कम आहार दिइन्छ । परिणामतः ऊ ढिलो बढ्छे र उसका हाडहरू मजबुत हुन सक्दैनन् । यही कारणले पछि बच्चा जन्माउने बेलामा कठिनाइ पर्छ) । जब ऊ युवती हुन्छे, यो समस्या झन् बढ्छ । जब महिनावारी सुरु हुन्छ, गर्भ रहन्छ र स्तनपान गराउनुपर्छ त्यसबेला राम्रो खान्कीको आवश्यकता हुन्छ, आवश्यक पोषण हुन। नसके यस वेला समस्या ज्यादै जटिल हुन्छ ।

पर्याप्त पोष्टक आहारा नपाउँदा उसको स्वास्थ्य कमजोर हुन्छ । थकावट, नातागत र रक्तअल्पताबाट ऊ सिकिस्त हुन पुग्छे। यदि कुपोषित महिला गर्भवती भई भने बच्चा जन्माउँदा अत्यधिक रक्तस्राव हुने, संक्रमण हुने वा बच्चा सानो जन्मने जस्ता चिन्ताजनक जटिलताहरू आउन सक्छन्।

प्रजनन स्वास्थ्य समस्याहरू

यौन संक्रमण तथा एच आइ भी /एड्स महिलाको शारीरिक बनोटका कारणले गर्दा उनलाई यौन संक्रमण तथा एच.आई.भी./एड्स लाग्ने जोखिमता पुरुषलाई भन्दा केही बढी हुन्छ किनभने पुरुषको वीर्य महिलाको योनीभित्र पस्छ र वीर्यमा रहेका किटाणुहरू योनीको पातलो भित्ताबाट सोसिएर रगतमा पुग्छन्। महिलामा संक्रमणका चिह्नहरू प्रायजसो नदेखिने भएकाले उनले समयमै उपचार पनि पाउन सक्दिन ।

तर यो समस्या महिलाको शारीरिक बनावटसँग मात्रै गाँसिएको छैन, वास्तवमा यौनरोग र एच.आई.भी.को समस्या हाम्रो सामाजिक अवस्थासँग बढी गाँसिएको छ । महिलाहरू धेरैजसो अवस्थामा यौनसम्पर्क राख्ने/नराख्ने कुराको निर्णय गर्न र असुरक्षित यौनसम्पर्कलाई अस्वीकार गर्न पाउँदैनन्। परिणामतः विश्वमा बर्सेनि १ करोड ७० लाख महिलालाई यौन संक्रमण हुने गर्छ । उपचार नहुँदा यौन संक्रमण कारण अति दुखाई, प्रजनन अङ्गहरूका कडा संक्रमणित रोगहरू (PID), बाँझोपन, गभावस्थाका समस्याहरू तथा पाठेघरको क्यान्सर हुने बढी खतरा हुनसक्छ। एच.आई.भी./एड्सले त ज्यानै लिन्छ ।

बारबार सुत्केरी हुनु : विश्वका धेरै भागमा ३३ देखि ५० प्रतिशत युवतीहरू २० वर्ष नपुग्दै बच्चा जन्माउने गर्छन्। परिवार नियोजनका साधन अपनाउन नसक्दा बर्सेनि बच्चा जन्माउने महिलाहरू सुत्केरीबाट राम्ररी तङ्ग्रन पनि पाउँदैनन्। यसले गर्दा महिलाहरूको स्वास्थ्य कमजोर हुने र गभविस्था तथा बच्चा जन्माउँदा जटिलताहरू हुने जखिममा सक्छन्। बारबार बच्चा जन्माउनुको मतलब उनले आफ्नो जीवन आफ्नै वशमा लिन, शिक्षा पाउन र आत्मनिर्भर हुनसक्ने सीप सिक्न नपाउनु पनि हो ।

गर्भावस्था र बच्चा जन्माउने बेलामा हुनसक्ने जटिलताहरू : विश्वमा नै गएको ४० वर्षयता शिशु-मृत्यु संख्यामा धेरै नै कमी आएको छ तर गर्भावस्था र सुत्केरी अवस्थामा मर्ने महिलाहरूको संख्यामा भने कमी आएको छैन । गभावस्थासम्बन्धी समस्याका कारणले नै विश्वमा हरेक एक मिनटमा एउटी महिलाको ज्यान जाने गर्छ । विश्वमा हरेक एक मिनटमा ३० वटी महिलालाई सुत्केरीसा आउने समस्याले विश्वमा विश्वमा हरेक एक मिनटमा राभावस्थासम्बन्धी स्वास्थ्य समस्या देखापर्ने गर्छ । यसको मतलब अहिलेसम्म विश्वका गरिब देशहरूका २५ प्रतिशत महिलाहरू गर्भावस्था र बच्चा जन्माउँदाका जटिलताहरूबाट चिन्ताजनक रूपले प्रभावित छन्।

असुरक्षित गर्भपात : जब महिलाले गर्भ झार्न असुरक्षित गर्भपात गराउँछन्, उनको जीवन खतरामा पर्छ । विश्वमा हरेक दिन ५० हजार जति महिला तथा केटीहरू गर्भ झार्न असुरक्षित गर्भपातको उपाय अपनाउँछन् किनकि उनीहरूसँग सुरक्षित गर्भपात गराउने उपाय छैन । यसैकारणले पछि धेरैको सन्तान नहुने वा कडा दुखाइ, संक्रमण हुने र अन्य स्वास्थ्य समस्याहरू रहिरहन्छन्। नेपालमा गर्भपात सम्बन्धी कानुन भर्खरै बनेको भएतापनि स्वास्थ्यसेवा सुविधा अझै अपर्याप्त भएकोले अधिकांश महिलाहरूले सुरक्षित गर्भपात गराउने सकिरहेका छैनन् ।

महिलालाई हुने प्रायजसो स्वास्थ्य समस्याहरू

महिलाहरू कामको बोझ, कम पोषण वा ज्यादै थकित भइरहने हुनाले पुरुषभन्दा बढी बिरामी भइरहन्छन्। रोगले पनि पुरुषलाई भन्दा महिलाहरूलाई बढी नोक्सानी पुयाउँछ । जस्तो, महिलाहरू बिरामी हुँदा कमजोर भए वा अपाङ्ग भए भने लोग्नेले उनलाई छोडिदिन पनि सक्छ ।

महिलाहरू बिरामी हुँदा आफू थला परेप खोजिन्छ । जस्तै टी.बी. रोग महिला र पुरुष दुवैल छ मात्र उपचार खोज्छन् या ई सराबरी फैलरहेको छ तर पुरुषले बढी र महिलाले ज्यादै कम उपचार गराइरहेका छन् । धेरैजसो महिलाहरू त रोगको निदान नभईकन नै मर्छन् ।यसका साथै पुरुषलाई पनि असर गर्ने अरू स्वास्थ्य समस्याहरूले महिल हरूलाई बढी असर गरेको देखिएको छ । जस्तै नेपालमा धेरै महिलाहरू धूमपान वा मद्यपानको लतब समस्याबाट पनि ग्रसित भइरहेका छन्।

कामको बढी बोझबाट उत्पन्न खतराहरू

धेरै महिलाहरूको घरबाहिर काम गर्ने स्थान असुरक्षित भएका कारणले पनि उनीहरुमा स्वास्थ्य समस्या हुने गर्दछ । साथै बाहिरको काम गरेर फर्केपछि पनि उनीहरू आफ्नो नियमित घरधन्दा गर्छन्। यसरी उनीहरूले दोब्बरभन्दा बढी काम गर्नुपर्छ । यसले गर्दा उनीहरू बढी थाक्छन् र बिरामी हुने खतरा बढ्छ ।

मानसिक स्वास्थ्य समस्याहरू

महिला तथा पुरुष दुवैलाई मानसिक स्वास्थ्य समस्याहरू हुनसक्ने सम्भावना रहन्छ तर मनसिक बेचैनीले पुरुषलाई भन्दा महिलालाई बढी नोक्सान र राउंछ ।अभ समाजमा उथलपुथल भइरहेको समुदायमा धेरै बच्चाबच्चीकी आमा वा उत्पीडित महिलालाई अझ बढी यसले नोक्सान पुयाउँछ । यद्यपि जुनसुकै खाले स्वास्थ्यका समस्या आइपरे पनि महिला ल पुरुषभन्दा कम सहयाग पाउँछन्।

उत्पीडन/हिंसा

हाम्रो देशमा महिलामाथि हुने उत्पीडनलाई प्रायः स्वास्थ्य स मस्याका रूपमा हेरिंदैन तर उत्पीडनको परिणामले महिलालाई गम्भीर रूपका च टपटक लाग्ने मानसिक स्वास्थ्य समस्या उब्जने, शारीरिक दुर्बलता (अपाङ्गपन) हुने र कहिलेकांही मृत्युसमेत हुने हुन्छ । कैयौं युवतीहरू यौनशोषणको सिकार हुन्छन्। कैयौं महिलाहरूमा आफन्त र साथीहरूबाट नै आफ्नै श्रीमान्हरूबाट यौन तथा शारीरिक दुव्र्यवहार भएका छन्। महिलाहरूलाई बलात्कार र यौन दुव्र्यवहार हुनसक्ने त्रास सधैं नै भइरहन्छ । यस्ताखाले उत्पीडन/हिंसा प्रायजसो विश्वका सबै भागमा तथा सबै समाजमा भइरहन्छ ।

कसरी महिलाहरूको जीवन कमजोर स्वास्थ्यतर्फ धकेलिन्छ ?

हुनत उल्लिखित सबै स्वास्थ्य समस्याले हाम्रो देशका सबै महिलाहरू पीडित हुने गर्दैनन्। तीमध्ये न्यूनपोषण,बारम्बार गर्भवती हुने र क समस्याहरूमध्ये एउटैले पनि महिलाको सम्पूर्ण स्वास्थ्यलाई असर गर्छ र अस्वस्थ बनाइरहन्छ । गर्भवती हुँदा औलो, हेपाटाइटिस, मधुमेह तथा रक्तअल्पताजस्ता स्वास्थ्य समस्याहरू आईपर्छन् र जोखिममा पुयाउँछन्। यसले गर्दा नै पुरुषभन्दा महिलाहरूको स्वास्थ्य कमजोर हुने सम्भावना हुन्छ ।

महिलालाई हुने स्वास्थ्य समस्याका धेरैजसो प्रत्यक्ष कारणको नाम म 2य सजिलै बताउन सकिन्छ। उदाहरणका लागि यौनरोग विभिन्न किटाणुहरूबाट कमजोर हुने हुन्छ, कुपोषण पर्याप्त पौष्टिक आहार नहुनाले हुन्छ र गर्भावस्थामा हुने समस्या गर्भावस्थाको हेरचाहको कमीले हुन्छ । यी प्रत्यक्ष कारणहरूभित्र कारणहरू दुईवटा प्रमुख कारणहरू लुकेका छन्– गरीबी र अर्को महिलाको निम्न सामाजिक स्तर (दोस्रो दर्जा) । यी दुई कारणले नै महिला स्वास्थ्य समस्यालाई चर्काईदिएका छन्।

गरिबी

विश्वका ३ जना महिलामध्ये २ जना गरिब छन्। महिलाहरू पुरुषभन्दा बढी गरिब मात्र होइन, उनीहरू गरिबहरूमध्ये पनि गरिब छन्।

हाम्रो देशमा पनि लाखौ महिलाहरू गरिबीको कुचक्रमा फसेका छन्। महिलाका लागि यो कुचक्र जन्मनुअघि नै सुरु हुन्छ । गर्भावस्थामा आवश्यक आहार नपाउने महिलाबाट जन्मने बच्चा कम तौलका हुन्छन् र राम्ररी फस्टाउँदैनन्। गरिब परिवारमा छोरीहरूले छोराहरू जत्तिको आवश्यक आहार नपाउने भएकाले उनीहरू पुड्का हुने गर्छन्। छोरीलाई पढाइदैन, पढाएपनि कम पढाइन्छ । पढाइ र सीप नहुने हुनाले पुरुषले जस्तै काम गरे पनि थोरै ज्याला पाउँछन्। घरको काम त बिनातलबी भइहाल्यो । अत्यधिक कामको बोझ र थकावट, न्यूनपोषण र गर्भावस्थाका बेलामा हुने बेस्याहारले महिला तथा उनका बच्चाको समेत स्वास्थ्य कमजोर हुने गर्दछ ।

गरिबीले महिलालाई अत्यन्तै दयनीय स्थितिमा बाँच्न वाध्य गराएकोछ। यसले गर्दा उनीहरूमा धेरै शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू आई पर्छन्। उदाहरणका लागि गरिब महिलाहरू प्राय :

  • फोहोर वा कम सरसफाइ भएका र स्वच्छ पानी नभएको घरमा बस्छन्।
  • आवश्यक राम्रो खाना पाउँदैनन्। उनीहरूको अधिकांश समय र शक्ति लागि खर्च हुनेगर्छ।
  • जोखिमपूर्ण काम र धेरै घन्टा काम गर्न बाध्य हुनुपर्छ।
  • स्वास्थ्यसेवा निःशुल्क नै छ भने पनि उपयोग गर्न सक्दैनन् किनकि उनीहरू कामबाट फुर्सद पाउँदैनन् सक्दैनन् ।
  • बाँच्नका लागि यति नङ्ग्रा खियाइरहेका हुन्छन् कि आफ्ना आवश्यकताहरूमा ध्यान दिन, सुखी भविष्यको योजना बनाउन वा नयाँ सीप हासिल गर्न उनीहरूसँग थोरै मात्र समय र शक्ति हुन्छ।
  • गरिबीका लागि पनि उनीहरूलाई नै दोष दिइन्छ र महिलाहरूको समाजमा कम महत्त्व भएको कुरा उनीहरूको मनमा परिरहन्छ।

गरिबीले महिलालाई बाच्नका लागि पुरुषमाथि निर्भर हुन बाध्य गराउँछ । महिलाले आफ्नो र बच्चाको सहाराका लागि कुनै पुरुषसँग भर पर्नुपर्छ । यसले गर्दा उसलाई खुसी राखिराख्न आफ्नो स्वास्थ्यलाई खतरा पुयाउने काम पनि गर्नुपर्छ। गरिबीको कारणले गर्दा नै उनीहरू आत्म निर्भर हुन सक्दैनन्। त्यसैले लोग्नेले पिट्दा, बलात्कार हुँदा पनि उनीहरूले सहेर बस्नु पर्छ।

निम्न सामाजिक स्तर (दोस्रो दर्जाको नागरिक)

कुनै पनि परिवार तथा समुदायमा व्यक्तिको आफ्नो स्थान वा दर्जाको निकै महत्त्व हुन्छ । महिलालाई कस्तो व्यवहार गरिन्छ ? महिलाले आफ्नो बारेमा के सोच्छन् ? उनीहरूले कस्ता कामहरू गर्न र कस्ता–कस्ता निर्णयहरू गर्न पाउँछन् ? भन्ने कुरामा समाजमा महिलाको स्तर–कस्तो छ भन्ने कुराले प्रभाव पार्छ । हाम्रो देश-नेपालमा महिलाको स्तर पुरुषको भन्दा निकै तल छ। यसै कारणले महिला र पुरुषमा विभेद उत्पन्न हुन्छ। यसको मतलब महिलाप्रति नराम्रो व्यवहार गरिन्छ। “आइमाई त हुन् नि" भनेर उनीहरूका कुरालाई सजिलै पन्छाइन्छ। यद्यपि विभेद गर्ने तरिका समुदायपिच्छे फरक-फरक हुनसक्छ, तर जुन तरिकाबाट विभेद भए पनि त्यसले महिलाको स्वास्थ्यमा असर पार्दछ।

छोरी होइन, छोराको चाहना : धेरै परिवारले छोरालाई महत्त्व दिन्छन्। श्राद्ध गर्छ र वंशवृक्ष बढाउँछ भन्ने विचार राखिन्छ । परिणामतः छोरीलाई थोरै अवधि स्तनपान गराइन्छ, कम आहार र कम स्वास्थ्यसेवा उपलब्ध गराइन्छ, कम शिक्षा दिइन्छ वा दिइदै दिइँदैन ।

कानुनी अधिकार वा निर्णय लिने शक्तिको अभाव : भर्खरै मात्र हाम्रो देशमा महिलाहरूले पैतृक अंश पाउने कानूनी व्यवस्था भएको छ । कानुनी अधिकार भए पनि सामाजिक परम्पराले उसलाई सम्पत्तिबारे निर्णय लिन मुस्किल पार्छ । परिवारको सम्पत्ति लगानी गर्ने, खर्च गर्ने निर्णय लिन उनीहरूलाई सामाजिक परिवेशले रोक्न सक्दछ । उनीहरु श्रीमान्को निर्णयबेगर स्वास्थ्यसेवा लिन, घुमफिर गर्न तथा तीर्थव्रत गर्नसमेत पाउँदैनन्।

यसरी महिलालाई कमजोर बनाइएकाले बाच्नका लागि उनीहरू स्वतः पुरुषमा निर्भर हुनैपर्छ। परिणामतः आफ्नो स्वास्थ्य राम्रो राख्न परिवार नियोजन, सुरक्षित यौनक्रिया, पर्याप्त आहार र स्वास्थ्यसेवा प्राप्त गर्न तथा हिंसाबाट बच्नको लागि उनीहरू केही गर्न सक्दैनन् ।

धेरै वा बर्सेनि सन्तान जन्मनु : महिलामाथि हुने भेदभाव पनि बारम्बार गर्भवती हुने एउटा कारण बनेको छ । छोरा नपाउन्जेलसम्म महिलाले बारम्बार गर्भवती भइरहनुपर्छ किनभने छोरा जन्मेपछि मात्र परिवारमा महिला र उनका श्रीमान्को इज्जत बढ्छ ।

यी सबै अवस्थाहरूका चापमा महिलाहरू अस्वस्थकर जिन्दगी बाँच्छन् र कम स्वास्थ्यसेवा पाउँछन्। उनीहरूले आफू तल्लो स्तरमा रहेको स्थितिलाई स्वीकार गरी नै रहेका हुन्छन्। उनीहरूलाई पुरुषभन्दा कम महत्त्वकै हो भनेर हुर्काइएको हुन्छ । उनीहरू कमजोर स्वास्थ्य हुनु भाग्यको खेल भनेर स्वीकार्छन् र सिकिस्त बिरामी भएपछि वा जीवनमरणको दोसाधमा पुगेपछि मात्र स्वास्थ्यसेवा लिन कोसिस गर्दछन्।

हालको स्वास्थ्यसेवा प्रणालीले महिलाको आवश्यकता पूरा गर्दैन

परिवार तथा समुदायमा भएको गरिबी र विभेदले महिलाका अनगिन्ती x- हालको स्वास्थ्यसेवा प्रणालीले स्वास्थ्य समस्याहरू पैदा गर्ने मात्र होइन, यिनीहरूले हाम्रो स्वास्थ्यसेवा महिलाका स्वास्थ्य समस्याहरूलाई प्रणालीलाई महिलाका आवश्यक पर्ने सेवाहरू दिन बाधासमेत पुयाउँछन्। आवश्यक पर्ने सेवा दिन सक्दैन । विद्यमान् सरकारी नीति तथा विश्वअर्थव्यवस्थाले समेत यी समस्याहरूलाई अरू जटील बनाएका छन् ।

हुन त विश्वको धेरैजसो देशमा अधिकांश जनताहरूलाई स्वास्थ्य सुविधा पर्याप्त मात्रामा उपलब्ध भइराखेको छैन । (केही वर्षयता यो समस्या झन् बढ्दैछ भन्ने तथ्य तलको बाकसभित्रको कुराले पुष्टि गर्छ । त्यसमाथि महिलाका विशेष स्वास्थ्य आवश्यकताहरूमा सरकारले पर्याप्त खर्च गर्न सकेको छैन । त्यसैले आर्थिक रूपमा सक्षम भए पनि महिलाहरूले राम्रो सेवा-स्याहार पाउन सक्दैनन् । साधारण प्रजनन स्वास्थ्यसेवा प्राप्त गर्न पनि ग्रामीण महिलाले सहर तथा राजधानी जानुपर्ने हुन्छ ।

महिला स्वास्थ्य समस्याहरू समाधान गर्न संधै चिकित्सक तथा विषेशज्ञहरू नै चाहिन्छ भन्ने छैन । चिकित्सकहरूको सेवा प्राप्त हुन सके त राम्रो हो, तर यस्ता कयौं सेवाहरू तालिमप्राप्त सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू या सुडेनी (टि.बि.ए.) द्वारा कम खर्चमा उपलब्ध गराउन सकिन्छ ।

ऋण तथा संरचनागत समायोजन कार्यक्रम : गरिबलाई गरिब नै बनाउने कार्यक्रम

सन् १९७० ताका धेरै गरिब मुलुकहरू धनी राष्ट्रका बैंकहरूबाट ऋण लिने दबाबमा परे । केही गरिब मुलुकहरूले यस रकमलाई जनताको जीवनस्तर उकास्न प्रयोग गरे । त्यहाँ नयाँ पाठशालाहरू, अस्पतालहरू, उपचार केन्द्रहरू र अरू योजनाहरू थालिए ।

तर बैंकहरूले ऋण तिर्न ताकेता गरेपछि गरिब मुलुकहरू उनीहरूको अर्थव्यवस्थामा परिवर्तन गर्न बाध्य भए । यी बैंकहरूको ऋण जनताको उत्पादनको अधिकांश आयबाट तिर्न बाध्य बनाइयो र अझ यसलाई सजिलो पार्न विदेशी कम्पनीहरूले गरिब राष्ट्रको स्रोत तथा श्रमको दोहन गरेर नाफा बढाउन थाले ।

परिणामत गरिब राष्ट्रहरूले आफ्ना गरिब जनतालाई राहत पुयाउने कार्यक्रममा खर्च गर्न सकेनन्। आखिर ती राष्ट्रहरूले पाठशाला, स्वास्थ्य केन्द्र, अस्पताल तथा सस्तो खाद्यान्न पसल र मलखादमा उपलब्ध गराउने सरकारी सुविधा कार्यक्रमहरूमा लगानी गर्न बन्द गर्दै गए । यस्तो स्थितिले गरिब जनताहरूका स्वास्थ्यमा असर त पुयायो नै, त्यसमा पनि गरिब महिला र केटाकेटीहरू यसबाट झन् पीडित भए । अब सरकारसँग डाक्टर, नर्स तथा अरू स्वास्थ्य कार्यकर्ताहरूलाई तलब दिने, औषधि तथा अन्य सामग्रीहरू किन्ने पैसा भएन । अर्कोतिर निजीकरण नाममा स्वास्थ्यसेवाका लागि प्राइभेट नर्सिङ्ग होम खोल्न प्रोत्साहन दिइयो र सरकारी अस्पतालमा सेवाशुल्क लिने मात्र होइन, दिनहुँ महँगो बनाइदै लगियो । त्यो क्रम अहिले दिन प्रतिदिन बढिरहेको छ ।

मिराको कथा

मिरा गरिब बाबुआमाकी छोरी थिइन्। उनी चारवटी छोरीमध्ये कान्छी थिइन्। कहिलेकाहीं उनका बाबु रक्सीले मातेपछि धेरै छोरीहरू भएकोमा विलाप गर्थे र आमालाई कुट्थे । मिरा सानै भए पनि भविष्यका बारेमा सोच्दथिन् "एउटा ठूलो घर होस्, त्यसमा बिजुली बत्ती जडान गरेको र सिमन्टीको छाना होस् । उनका श्रीमान् हट्टाकट्टा, फुर्तिला र मायालु अनि उनका इच्छाहरू पूरा गर्नसक्ने होऊन् |

मिरा १४ वर्ष टेकेकी मात्र थिइन्। उनको विवाह गर्न बाबुले केटो ठीक पारेछन्। यो कुरा सुनेपछि आफ्ना सपना अब कहिल्यै पूरा नहुने कल्पना गरेर उनी अत्यन्तै दुखी भइन्। केटासँग अलिकति जमिन भएकाले छोरी पाल्न सक्ला भन्ने मिराको बाबुको सोचाइ थियो । ववाह गर्दिनँ भनेर मिरा रोइन्-कराइन् तर उनको केही जोर चलेन । आखिर विवाह भइछाडच्यो ।

दोस्रोपटक छोरो जन्माएपछि उनका श्रीमान्ले मिरासँग यौनसम्पर्क कम गर्न थाले । यसबाट मिरा त खुसी नै भइन् तर पछि कारण बुझदै जाँदा उनका लिङ्गमा मुसा पलाएको रहेछ । तैपनि विवाह भएको १२ वर्ष पुग्दा नपुग्दै उनी ६ वटा सन्तानकी आमा भइन्। उनको एउटा छोरो मृतअवस्थामा जन्मिएको थियो। र एउटी छोरी ३ महिना नपुग्दै मरेकी थिई।

एक दिनको कुरा हो, चर्पी जाँदा मिराले योनीबाट रगत आएको चाल पाइन्। त्यतिबेला उनको महिनावारीको समय परेको पनि थिएन । यस्तो देखेर मिराले अस्पतालमा जाने कुरा उनका श्रीमान्सँग गरिन् तर श्रीमान्ले डाक्टरको विश्वास नलाग्ने र सानोतिनो समस्यामा खर्च गर्न पैसा नभएको भन्दै उनलाई अस्पतालै जाने कुनै चासो देखाएनन्।

मिरा ३० वर्ष पनि पुगेकी थिइनन्। उनको तल्लो पेट बारम्बार कटकटी दुख्न थाल्यो । पेट दुख्थ्यो तर सुनिदिने र बुझिदिने कोही थिएनन्। आखिर केही नलागेपछि श्रीमान्ले जेसुकै भनुन्, जँचाउन जान्छु भन्ने निर्णयमा उनी पुगिन्। ज्यानै जान्छ कि भन्ने डरले उनले छिमेकीसँग ऋण लिइन्।

मिरा स्वाथ्यचौकी पुगेपछि सुरुमा स्वास्थ्यकार्यकर्तालाई आफ्ना कुराहरू भन्न हिचकिचाइन्। स्वास्थ्य कार्यकर्ताले पनि गाह्रो मान्दै जाँचे र रक्तस्राव रोक्ने औषधि दिए । मिरा साँझ परेपछि घर फर्किन्। उनी श्रीमान्बाट भएको वेवास्ता र छिमेकीसँग लिएको ऋण खर्च भएकोमा चिन्तित थिइन्। हप्ता बिते, महिनौं बिते दिन-प्रतिदिन उनीलाई रोगले च्याप्दै ल्यायो |

अन्त्यमा ओछयानैपरेपछि मिराका श्रीमान्ले उनी बिरामी नै परेको विश्वास गरे । त्यसपछि सहरको अस्पतालमा जँचाउन बोकाएर लगे । अस्पतालमा जंचाउन थालेको धेरै दिनपछि उनको जाँच पूरा भयो । अन्त्यमा डाक्टरले उनलाई पाठेघरको पुरानो क्यान्सर भएको निर्णय दिए तर क्यान्सर शरिरको अरू भागमा फैलिएको छुट्याउन र नफैलिएको भए पाठेघर निकालेर फाल्दा ज्यान बाँच्न सक्ने भएकोले डाक्टरले राजधानीको ठूलो अस्पतालमा लैजान सल्लाह दिए तर उनका श्रीमान्सँग राजधानी लाने पैसा भएन । उनी घर फर्किन् र त्यसको दुई महिना नपुग्दै मरिन्।

मिराको मृत्यु हुनुमा गरिबी र समाजमा महिलाको निम्न स्तर कसरी जिम्मेवार भए ?

मिरा र उनका बाबुआमा गरिब थिए । यसै कारण उनी सानैमा बिहे गर्न बाध्य भइन्। कलिलै अवस्थामा बिहे भएकाले उनको यौनजीवन कलिलै उमेरबाट सुरु भयो । महिला भएकाले नै उनले आफ्नो श्रीमान्सँग पनि दबिएर बस्नुपथ्र्यो । बच्चा कहिले पाउने र कतिवटा पाउने भन्ने जस्ता उनका आफ्नै स्वास्थ्यसँग सम्बन्धित कुरा पनि उनका वशमा थिएनन्। त्यस्तै उनी श्रीमान्लाई अरू आइमाईसँग लसपस नगर्न पनि भन्न सक्दिनथिन्। गरिब परिवारकी भएकाले जिन्दगीभर उनी कम पोषणको सिकार भइन् । कम पोषणले उनको शरीर कमजोर बनायो र रोग लाग्ने सम्भावनालाई अझ बढाइदियो ।

त्यसमाथि मिराको गाउँमा स्वास्थ्यसेवा सुविधाको अभाव थियो । नजिकै भएको स्वास्थ्य केन्द्रमा परिवार नियोजन तथा एच.आई.भी./एड्सको बचावटसम्बन्धी सूचनाहरू र अन्य महिला स्वास्थ्य सम्बन्धी सुविधाहरू उपलब्ध हुन सक्थे तर त्यहाँका स्वास्थ्य कार्यकर्ताहरूसँग पाठेघरको क्यान्सर जस्तो गम्भीर समस्याको त के कुरा महिला स्वास्थ्य समस्याबारेको राम्रो ज्ञान तथा तालिम पनि थिएन ।उनीहरूले पाठेघर जाँच गर्न (योनी, योनीद्वार तथा अरू प्रजनन अङ्गहरू जाँच्ने तरिका) र प्याप टेस्ट गर्ने तरिका जानेका थिएनन्। यसकारण मिरा सुरुमै स्वास्थ्य केन्द्रमा जाँच गर्न गएको भए पनि स्वास्थ्य कार्यकर्ताहरूले केही सहयोग गर्न सक्ने थिएनन्।

यसैको परिणाम मिरालाई रोग पत्ता लगाउन धेरै खर्च गरेर डाक्टरकहाँ पुग्नुपथ्र्यो तर त्यसबेला ढिलो भैसकेको थियो ।

अन्त्यमा: मिराको देश नेपाल नै गरिब थियो ।त्यससँग स्वास्थ्य उपचारमा गर्ने खर्च कम थियो । अरू गरिब मुलुकहरूले जस्तै उनको मुलुकको सरकारले महिला स्वास्थ्यका सेवाहरूमा ध्यान पुयाउन सकेको थिएन । उनको सरकारले महिला स्वास्थ्यमा छुट्टयाएको केही रकम पनि सहरका ठूला अस्पतालको भागमा बढी खर्च हुने गरेकोले मिरा जस्ताले सेवा पाउने सामुदायिक स्वास्थ्य कार्यक्रमहरूलाई पुग्न सकेन । यसकारण पाठेघर क्यान्सर तुरुन्तै पत्ता लगाई उपचार गर्न र अन्य महिला स्वास्थ्य समस्यासम्बन्धी उपचार सेवाहरू गाउँमा लिन सकिंदैनथ्यो । गरिबी र महिलाको निम्न सामाजिक स्तर हुनुले मिरालाई ज्यानै लिनेसम्मको रोग लाग्यो । उनको मृत्यु हुनुमा उनको परिवार, समाज र देश सबै नै जिम्मेवार छन्।

परिवर्तनका लागि ।परिवर्तन गर्ने तरिका फरक-फरक हुनसक्छन्

गर्न सकिने आजको समाज जुन रीतिथिति र परम्पराबाट बनेको छ त्यसैको कारणले धेरैजसो महिलाहरूले गरिबी र कमजोर स्वास्थ्य लिएर बाच्नु परेको छ । तर कामहरू समाजमा यस्ता परम्पराहरू पनि हुर्काउन सकिन्छ, जसले रोगको सट्टा स्वास्थ्यलाई राम्रो पार्न सहयोग गर्न सक्दछन्।

स्वास्थ्य कमजोर हुने कारणहरू परिवार, समुदाय तथा राष्ट्रिय तहमा नै विद्यमान् छन्। त्यसैले महिलाको स्वास्थ्य सुधार गर्नका लागि ती सबै तहहरूमा परिवर्तन हुनुपर्छ।

परिवर्तनका लागि परिवारभित्र गर्ने कामहरू

तपाईंहरूले महिला स्वास्थ्य समस्याकाबारेमा जानकारी लिएर र आफ्नो तथा परिवारको आनिबानीलाई बदलेर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नुहुन्छ । श्रीमान्-श्रीमतीबीच स्वास्थ्य राम्रो राख्नका लागि आवश्यक कुराहरू गर्ने, सुरक्षित यौनसम्पर्क तथा कामको उचित बाँडफाँडका कुरासमेतमा सरसल्लाह हुनुपर्छ। तपाईंहरू दुबै मिलेर सन्तानको स्वास्थ्य र भविष्यका लागि कामहरू गर्न सक्नुहुन्छ । तल बताइएका केही उपायहरू निकै उपयोगी हुनसक्छन्।

हाम्रा बालबालिकाहरूलाई सुन्दर संसार निर्माण गर्न हुर्काऔं !

बच्चालाई जसरी हुर्काइन्छ ती कुराहरूले नै युवावस्थामा उसले सोच्ने र काम गर्ने कुरालाई निर्धारण गर्छन्। आमाको रूपमा हामीहरू बालबालिकाहरूलाई दैनिक केही न केही सिकाइरहेका हुन्छौं :

  • जब हामीहरू आफ्ना श्रीमान् र छोराहरूलाई सुरुमा खान दिन्छौं, त्यसबेला हाम्रा बालबालिकाहरूलाई छोरी र महिलाको भोक कम महत्त्वको हुन्छ भन्ने सिकाइरहेका हुन्छौं ।
  • जब हामी छोरालाई मात्र स्कुल पठाउँछौं, यस कामले छोरीलाई नपढाए पनि हुन्छ भन्ने कुरा सिकाइरहेका हुन्छौं ।
  • जब हामी छोरालाई आक्रामक हुनु पुरुषत्व हो भन्ने सिकाउँछौं, त्यसबेला हामीले अपराध प्रवृत्ति बढाइरहेका हुन्छौं ।
  • जब हामी छिमेकीको घरमा श्रीमान्ले श्रीमती र छोराछोरीहरूलाई कुटिरहँदा चुपचाप हेरी रहन्छौं, यस कुराले हाम्रा छोराहरूलाई स्वास्नी र छोराछोरी कुट्दा हुन्छ भन्ने कुरा सिकाइरहेका हुन्छौं । हामीसँग स्थितिलाई परिवर्तन गर्ने यस्तो शक्ति छ जुन यस शक्तिले केटाकेटीहरूलाई भविष्यमा यस्तो बनाउन सक्छौं ।
  • हामी हाम्रा छोराहरूलाई मायालु र दयालु हुन सिकाउन सक्छौं । यसो गर्दा ऊ भविष्यमा दयालु र मायालु श्रीमान्, बाबु र दाजुभाइ हुनेछ ।
  • हामी हाम्रा छोरीहरूलाई आत्मसम्मान बढाउने कुराहरू सिकाउँछौं जसले गर्दा उनीहरू अरूबाट पनि यस्तै आकांक्षा राख्नेछन्। ।
  • हामी हाम्रा छोराहरूलाई भान्छाको काममा पनि संलग्न र जिम्मेवारी लिन सिकाउन सक्छौं । यसो गर्दा उसका दिदीबहिनी, श्रीमती र छोरीहरूले कामको बोझले दुख पाउने छैनन्।
  • हामी हाम्रा छोरीहरूलाई पढाएर तथा सीप सिकाएर बढीभन्दा बढी आत्मनिर्भर हुन सिकाउन सक्छौं ।
  • हामी हाम्रा छोराहरूलाई सबै महिलालाई सम्मान गर्न र जिम्मेवार श्रीमान् हुन सिकाउन सक्छौं ।

परिवर्तनका लागि समुदायमा गर्नसकिने कामहरू

तपाईंहरू यस पुस्तकका कुराहरू प्रचार गरेर तथा महिला स्वास्थ्य समस्याहरूबारे सुधार गर्न सहयोग पुयाउन सक्नुहुन्छ।

एकअर्काबीच गरिने कुराकानी स्वास्थ्य समस्याबारे बढी जान्न सकिने र कारणहरू पत्ता लगाउने एक राम्रो उपाय हो। सुरुमा अरूसँग कुराकानी गर्न अप्ठयारे हुनसक्छ। महिलाहरू प्रायजसो (उदाहरण : शरीरका अङ्गहरूका बारेमा कुराकानी गर्न) लजाउने वा अरूले के सोच्छन् भनेर डराउने गर्छन्। तर पनि कुराकानी गर्दा महिला र पूरुषलाई सामाजिक अरू महिलाहरू पनि हाम्रै जस्ता समस्याले ग्रस्त भएका र त्यसबारे जान्न चाहिरहेका।अवस्थाले फरक-फरक तरिकाले कुरा थाहा पाइन्छ। समुदायमा देखिएका स्वास्थ्य समस्याहरूका बारेमा आपसी प्रभाव पार्छ यसकारण यी दुईमा हुने कुराकानी गर्न महिलाहरूको सानो समूह बनाउनुहोस्। यस समूहमा महिला, छिमेकी ।एकैखाले स्वास्थ्य समस्यामा पनि वा साथीका पनि साथीहरूलाई निम्ता दिनु राम्रो हुन्छ। एक पटक स्वास्थ्य समस्या फरक-फरक समाधानका उपायहरूका पत्ता लगाइसकेपछि समूहमा छलफल गर्नुहोस् वा बराबर अरूलाई पनि आमन्त्रण गरेर ।आवश्यकता पर्छ । छलफल गर्नुहोस् र अझ बढी सिक्नुहोस्। जब तपाईंहरू एकै ठाउँमा भेला हुनुहुन्छ। तब स्वास्थ्य समस्याका मूल कारणहरूबारे छलफल चलाउनुहोस्। यसो गर्दा तपाईंको आफ्नो परिवार तथा सिङ्गै समुदायलाई परिवर्तन गर्नका लागि योजना बनाउन सकिन्छ। समूहमा काम गर्ने र परिवर्तनका लागि कार्य सञ्चालन गर्ने उपायहरू २६ देखि ३१ पेजमा उल्लेख गरिएका छन्।

महिला स्वास्थ्यबारे छलफल गर्न पुरुषलाई पनि संलग्न गराउनेबारे सोच्नुहोस्। हुनत महिला स्वास्थ्यको कुरा गर्दा महिलाका गोप्य कुरा पनि छलफल हुनसक्ने भएकाले यस्ता कुराहरू पुरुषसँग बसेर गर्न गाह्रो पर्नसक्छ तर पुरुषले समाजमा महत्त्वपूर्ण स्थान ओगट्ने भएकाले उनीहरूको सहयोग आवश्यक हुनसक्छ। यसका लागि महिलालाई आदर गर्ने, अरूका लागि उदाहरणीय बन्नसक्ने, सहयोगी भावना भएका पुरुषहरूलाई सहभागी बनाउनुहोस्।

पुरुषले कसरी सहयोग गर्न सक्छन् ?

महिला स्वास्थ्य सुधार्न कुनै पनि पुरुषले यसरी सहयोग गर्न सक्छन् :

  • महिलाहरूको उचित आदर गर्दै केटाकेटी हुर्काउन मद्दत गरेर तथा छोरा र छोरीलाई एकनासको व्यवहार गरेर।
  • उनीहरूको के सोचाइ छ सोधेर तथा उनीहरूका कुरामा ध्यान दिएर। एउटा पुरुषले उसकी श्रीमती तथा छोरीहरूका सरोकारका विषय र आवश्यकताहरू बुझनसक्छ। घरपरिवारको आवश्यकता कसरी पूरा गर्न सकिन्छ भन्ने कुरा आपसी छलफलद्वारा पत्ता लगाउन सक्दछ।
  • श्रीमतीसँग कतिवटा सन्तान जन्माउने भन्ने कुराको छलफल गरेर तथा परिवार नियोजनका लागि बराबरी जिम्मेवारी लिएर।
  • श्रीमतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन दिएर तथा स्वास्थ्य जँचाउन उनलाई फुर्सद र पैसा दिएर।
  • बालबच्चा स्याहार गर्न तथा घरभित्रको काममा सहयोगी बनेर।
  • अरू महिलासँग लसपस नगरी विश्वासिलो श्रीमान् बनेर। यौनरोग लागेको खण्डमा श्रीमतीलाई बताएर तथा उनको पनि यौनरोगको राम्ररी उपचार गराएर।
  • श्रीमतीलाई घरको गच्छेअनुसार परिवारका सबै सदस्यलाई बराबरी उपयुक्त भोजन/खानेकुरा भाग लगाउन प्रोत्साहन गरेर।
  • छोराछोरीले जति पढ्न इच्छुक हुन्छन् उनीहरूलाई पढ्न प्रोत्साहन गरेर। उनीहरूले जति धेरै पढ्ने उनीहरूको उद्देश्यपूर्तिका बाटाहरू खुल्छन् र उनीहरूको स्वास्थ्य पनि राम्रो हुनेछ। भन्ने कुरा परिवार समाजलाई बुझाएर।

पुरुषत्ने समुदायमा राम्रो उदाहरणा यसरी पनि प्रस्तुत गर्नसक्छन् :

  • महिलालाई समुदायमा हुने सभा, बैठकमा भाग लिन प्रोत्साहित गरेर तथा त्यस्ता बैठक सभामा आफ्ना समस्या भन्नसक्न वातावरण बनाएर।
  • समुदायमा योजना बनाउन तथा सञ्चालनमा संलग्न हुन प्रोत्साहित गरेर।
  • जोड-रक्सी सेवनको नियन्त्रण गरेर । चाडपर्वमा रक्सी नराखेर ।
  • महिलाविरुद्ध हुने सबैखाले हिंसाको विरोध गरेर ।
  • बालबच्चालाई शारीरिक, मानसिक र यौनस्वास्थ्यको कसरी हेरचाह गर्ने भन्ने कुरा सिकाएर तथा सामान्य रोगब्याधीहरूको बचावट गर्ने काइदा सिकाएर ।
  • मर्दका दसवटी' भन्ने गलत सोचाइमा परिवर्तन गरेर । मर्द भनेको तन्दुरुस्त श्रीमतीको श्रीमान् हुनु हो ।

तल समुदायको स्वास्थ्य सुधार्न सहयोग पुयाउन सक्ने केही क्रियाकलापहरू उल्लेख गरिएका छन् ।

सूचना आदानप्रदान

समुदायका स्वास्थ्य समस्याहरूसम्बन्धी सूचना सकेसम्म कसरी फैलाउन सकिन्छ भन्ने उपाय पत्ता लगाउने । यसो भयो भने गाउँका सबैले यी कुराहरू जान्न पाउँछन्

सहयोगी समूहहरूको निर्माण

एकै खालका समस्या भएकाहरूले एउटा समूह बनाएर एकअर्काका सहयोगी बन्न सक्छन् र ती समस्याहरूमाथि विजय पाउन त्यस्ता समूहहरू परित्याक्त महिलाहरू, उत्पीडित महिलाहरू, अपाङ्ग महिलाहरू मिलेर बनाउन सक्दछन् ।

जिम्बाबे भन्ने देशमा मुसासा नाम गरेको एउटा परियोजना बनाइएको थियो । यसले महिला उत्पीडन, खासगरी घरभित्र हुने उत्पीडन र यौनदुव्र्यवहारमा परेका महिलालाई सहयोग पुयाउँथ्यो । धेरै महिलाहरू श्रीमान्को पिटाईबाट पीडित थिए तर उनीहरूको सुरक्षाका लागि कानुन थिएन । त्यसमा पनि धेरै मानिसहरू श्रीमतीलाई पिट्ने कामलाई पुरुषको अधिकार ठान्दथे । बेलाबेलामा श्रीमतीलाई कुटेन भने उनीहरू भुइँमा न भाँडा' मा हुन्छन् भन्ने उनीहरूको सोचाइ थियो ।

पुरुष, शिक्षक, विद्यार्थी, प्रहरी तथा स्वास्थ्य कार्यकर्ताहरूले उत्पीडन गर्नु शक्तिको दुरुपयोग हो भन्ने बुझिरहेका छन् । जोखिममा परेका महिला र बालबच्चाहरूलाई आवास बनाउने योजना मुसासा परियोजनाले लिएको छ ।

बढी आत्मनिर्भर गराउने कार्यहरू

आयआर्जन गर्न सकिने र कार्यस्थितिमा सुधार ल्याउने परियोजनाले महिलालाई सहयोग पुयाउँछ । यसले महिलाहरू आफै निर्णय लिन र आत्मसम्मान हासिल गर्न सक्छन्।

काठमाडौंको वागमती किनारमा सुकुम्बासी महिलाहरूले एउटा बचत समूह बनाए । यस समूहले आफूहरूले आर्जन गरेको केही रकम बचत समूहमा बचत गर्न थाले । समूहले आपत परेकाहरूलाई सस्तो ब्याजमा ऋण दिने काम गयो र समूहको बचतमा बृद्धि गयो । अहिले त्यहाँका पुरुषहरूले आफूलाई आपत परेको बेला श्रीमतीसँग सहयोग र सापट लिन थालेका छन् र कसै कसैले पस्मिनाको तान राखेर आयआर्जन गर्न लागेका छन् । परिणामतः महिलाले परिवार र समुदायमा सम्मान पाउनुका साथै अन्य अवसरहरू लिनसकेका छन्।

सामुदायिक परियोजना बनाउने

उदाहरणका लागि समुदायका सबै परिवारले पर्याप्त भोजन पाउन सक्ने उपायहरू खोज्ने कोसिस गरौं वा समुदायको सरसफाइमा सुधार गर्ने र स्वच्छ पिउने पानीको सुविधाका लागि उपायहरू खोजौं।

स्याङ्जा जिल्लामा हरियाली क्षेत्र कार्यक्रम सुरु गरिएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य वृक्षारोपण गर्नु र बिरुवा जोगाउनु थियो । यी कामहरूमा धेरै महिलाहरू संलग्न भए । यो कार्यक्रमले भूक्षय रोक्यो र दाउराको सुविधा गरायो। महिलाहरूको यस सफलताले घरपरिवारका लागि दाउरा उपलब्ध गरायो । समुदायका लागि वातावरण जोगाउने काम गथ्र्यो । यी सफलताहरूले उनीहरूमा आत्मविश्वास बढ्नुका साथै आयआर्जनमा सहयोग पुयायो ।

त्यस कार्यक्रमका एकजना सदस्य भन्दछन् "हामीलाई दिनहुँ दाउरा चाहिने भएकाले जङ्गलहरू नासिँदैछन्। हामीहरू हप्तामा एकपटक बैठक बस्छौं। बेर्नाहरू जम्मा गछौं, बिरुवा गोडमेल गछौं र पालोपहरा पनि बस्छौं ।

हामीहरू समूह र स्कुलमा पनि वातावरणबारे कुरा गछौं। यसरी हामीलाई एकातिर आवश्यक दाउराका "-" निम्ति सहयोग पुगेको छ भने अर्कातिर वातावरण सुरक्षित पनि भइरहेको छ।"

सरल र कम लागतको प्रयासले पनि समुदायमा परिवर्तन ल्याउन सकिन्छ

हामीले समस्यालाई मात्र हेर्यो भने चाहिं परिवर्तन गर्न गाह्रो पर्छ किन भने समुदायले सानो प्रयत्न गरे मात्र कैयौं सुधारहरू ल्याउन सक्छ। उदाहरणका लागि महिला स्वास्थ्यका समस्याहरूबाट बचावट गर्नसक्ने र सहयोग पुयाउने काम गरेका कैयन अनुभवहरु छन्। ती अनुभवको आधारमा परिर्वतनका लागि गर्न सक्ने उपायहरु यस पुस्तकका अरू अध्यायमा भएका केही सुझावहरू यहाँ पनि उल्लेख गरिएका छन्।

  • धुवाँरहित चुलो प्रयोगमा ल्याउनुहोस्। महिलाहरू धेरैजसो श्वास-प्रश्वास संक्रमण, पोलाइ र कम्मर दुखाइबाट पीडित हुने गर्छन्। धुवाँरहित चुलोले सुरक्षित, कम दाउरा लाग्ने र धुवाँ कम आउने हुनाले यी समस्याहरूलाई धेरै कम गराउँछ। (पृष्ठ ३९४ हेर्नुहोस्। )
  • आकस्मिक सवारी साधन वा डोलीको व्यवस्था गर्नुहोस्। धेरै महिलाहरूको मृत्यु गर्भावस्था, सुत्केरी अवस्था र असुरक्षित गर्भपातबाट हुने गर्दछ। अस्पतालमा चाँडै नै पुयाउन सके कतिपय यस्ता मृत्युहरू घटाउन सकिन्छ। (पृष्ठ १०१ हेर्नुहोस्)
  • कम-लागतमा हुनसक्ने क्यान्सरको परीक्षणले पाठेघर तथा स्तन क्यान्सर लागेका महिलाहरूलाई मर्नबाट जोगाउन सकिन्छ । क्यान्सर जति चाँडो पत्ता लाग्यो उति नै सजिलो गरी निको पार्न सकिन्छ। (पृष्ठ ३७५ हेर्ने)
  • सबै महिलाहरूलाई परिवार नियोजन सुविधाहरू र गर्भावस्थामा राम्रो सेवा पाउन सक्ने अवस्था बनाउनुहोस्। यसो गर्नसकेमा गर्भावस्था, सुत्केरी अवस्था तथा असुरक्षित गर्भपातका कारण हुने जटिलताहरूबाट हुनसक्ने मृत्युलाई रोक्न सकिन्छ ।
  • स्वास्थ्य कार्यकर्ताहरूलाई महिला स्वास्थ्यसेवा दिनसक्ने तालिम दिनुहोस्। सो तालिमबाट उनीहरूले प्रजनन अङ्ग जाँच गर्नसक्ने हुनुपर्छ, प्याप जाँच गर्न, स्तन जाँच गरी परामर्श दिन सक्ने हुनुपर्छ र उनीहरूले महिला स्वास्थ्यका लागि औषधिको प्रयोगबारे जान्नुपर्छ ।

देशमा परिवर्तन ल्याउन गर्नसकिने कामहरू

देशका विभिन्न भागमा कार्यरत समूहहरूसँग मिलेर काम गर्दा आफ्नो स्वास्थ्यमा र देशका अरू महिलाको स्वास्थ्यमा सुधार गर्न सकिन्छ। समूहसमूह मिलेर, महिला र महिला स्वास्थ्यप्रति सरकारले गर्ने व्यवहारलाई परिवर्तन गर्न सकिन्छ। उदाहरणका लागि महिलामाथि बलात्कार वा दुव्र्यवहार गर्नेलाई सजाय दिलाउन वा सुरक्षित गर्भपात सेवा दिने सुविधा बढाउन दबाब दिन सकिन्छ । साथै महिलालाई सम्पत्तिको अधिकार साच्चै नै ब्यवहारमा ल्याएर पुरुषमाथि निर्भर हुनुपर्ने बाध्यताबाट मुक्ति दिलाउन सकिन्छ ।

महिला-पुरुष दुवै सरकारसँग सेवा पाउन संघर्षरत छन् :

  • गाउँमा महिला स्वास्थ्य सम्बन्धी साधारण समस्याहरू उपचार गर्नसक्ने गरी स्वास्थ्य चौकीको स्थापना र स्वास्थ्य कार्यकर्तालाई तालिम दिनु पर्दछ। यसो गर्दा सानातिना समस्याका लागि सहरका अस्पतालमा धाइरहनु पर्दैन।

कसरी आफ्नो स्वास्थ्य आफ्नै अधीनमा राख्ने ?

महिला स्वास्थ्यको अर्थ मातृत्व स्वास्थ्य भन्दा व्यापक छ। त्यसै गरि महिला स्वास्थ्य भन्नु स्वास्थ्य सुविधा पाउनु मात्र पनि होइन। स्वस्थ रहनुको साचो अर्थ भनेको महिलाका लागि आफ्नो असल स्वास्थ्यका लागि आवश्यक निर्णय गर्नसक्ने अवसर हो। र उनीहरूले समुदायको स्रोत र देशको तथा विश्वकै स्रोत र संपदा उचित रूपमा उपयोग गर्न पाउनु पनि हो ।

स्वस्थ रहन पाउने अधिकारको लागि समाजका महिला-पुरूष दुवै मिलेर काम गरौं । यसको लागि भयबाट मुक्ति, पीडामुक्ति र आनन्दपूर्वक बाँच्नका लागि अवसरको माग गरौं।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका।

2.71428571429
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
नेविगतिओन
Back to top