অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

किशोरीहरूको स्वास्थ्य सरोकारहरू

किशोरीहरूको स्वास्थ्य सरोकारहरू

किशोरीहरूका स्वास्थ्य सरोकारका विषयहरू

रंIधारणतया १० देखि १५ वर्षको उमेरभित्र महिला बालिका) को शरीर बाल्यावस्थाबाट किशोरावस्थामा परिवर्तन भईसक्छ । यो समय किशोरीका लागि बढी कठिन हुनेगर्छ । यस बेला किशोरीहरूको शरीरमा नयाँ नयाँ परिवर्तनहरू भईरहेका हुन्छन् र मानसिक रुपमा पनि परिवर्तन भइरहेको हुन्छ । त्यसै बेला उनीहरू आफूलाई परेको समस्याको बारेमा कसैसंग छलफल गर्न नपाउँदा कठिनाई महसुस गर्छन् किनभने यो बेलामा उनीहरूलाई के गर्दा ठीक हुन्छ, के गर्दा हुँदैन भन्ने कुराको ज्ञान हुँदैन । यस परिच्छेदमा किशोरीका शरीरमा हुने परिवर्तनका बारेमा चर्चा गरिएको छ र किशोरीहरू कसरी स्वस्थ्य रहन र आफ्नो बारेमा निर्णय लिन सक्छन् भन्ने बारे छलफल गरिएको छ ।

शारीरिक बिकासका लागि पोषणा

स्वस्थ रहन भोजनको आवश्यकता हुन्छ । जुन बालिकाले पोषणयुक्त खाना खाएकी हुन्छे । ऊ स्वस्थ जीवन बाँच्न सक्छे । आफ्नो शारीरिक विकासका बेला बालिकाले प्रशस्त मात्रामा प्रोटिन, र भिटामिन र खनिज पदार्थ युक्त खाना खानुपर्दछ । बालिकालाई त्यो बेला बालकलाई जति नै खानाको आवश्यकता पर्छ । त्यस बेला आवश्यक खाना खानाले बिरामी कम हुने, पढाइमा तेज हुने, गर्भवती या सुत्केरी समयमा समस्या कम हुने, सुरक्षित रूपमा बच्चा जन्मने र बृद्धावस्थामा पनि स्वास्थ्य राम्रो रहने हुन्छ ।

यस अवस्थामा बालिकालाई पौष्टिक आहारको जरुरी पर्छ । जब बालिकामा रजस्वला हुन्छे, त्यो बेलादेखि नै प्रत्येक महिना रगत जान थाल्छ । त्यो बेला कसैलाई बढी रगत गई रक्त-अल्पता हुने भएकाले यसलाई रोक्न बालिकाले बढीभन्दा बढी लौह तत्त्व र प्रोटिनयुक्त खाना खानाले शरीरमा रगतको मात्रा बढ्छ । त्यस समयमा हाडलाई दह्रो बनाउन प्रशस्त मात्रामा क्याल्सियमयुक्त खाना पनि जरुरी हुन्छ ।

शारीरिक परिवर्तन (यौवनावस्था)

रुबै बालिकाको शरीरमा १०–१५ वर्षभित्र शारीरिक परिवर्तन हुन्छ। तर परिवर्तन प्रत्येक व्यक्तिपिछे फरक-फरक किसिमले हुन्छ। त्यसैले आफ्नो शरीरमा आफ्नी देदीको या साथीको जस्तै परिवर्तन भएन भनेर आत्तिनु हुँदैन ।

वृद्धि : यसको पहिलो लक्षण भनेको एकदम हलक्कै बढ्नु हो । त्यसबेला किशोरीहरू आफ्नो उमेरका किशोरभन्दा अग्ला हुन प नि सक्छन् । सामान्यतः रजस्वला भएको २-३ वर्षपछि किशोरीहरूको बढ्ने क्रम रोकिएर जान्छ ।

शारीरिक परिवर्तन: उचाइ बढ्नुका साथै शरीरमा पनि परिवर्तन हुन थाल्छ । शरीरमा भएको हर्मोन नामक प्राकृतिक रसायनले शरीर बढ्न र परिवर्तन ल्याउने काममा सहयोग गर्छ ।

यौवनावस्थामा बालिकाको शरीर कसरी परिवर्तन हुन्छ ?

  • उचाइ र मोटाइ बढ्ने गर्छ ।
  • अनुहारमा चिल्लोपना हुन्छ, डन्डीफोर अाउँछ ।
  • बढी छटपटी लाग्ने अथवा पसिना बढी आउने गर्छ ।
  • काखीमुनि र जननेन्द्रियमा रौं उम्रने गर्छ ।
  • स्तन बढ्छन् । स्तनको आकार बढ्दै जाँदा स्तनको मुन्टा कहिलेकाहीं दुख्न सक्छ । एकापट्टिको स्तन पहिले बढ्न सुरु गर्छ र त्यसपछि अर्कोपट्टिको बढ्छ ।
  • योनीबाट रस आउन सुरु गर्छ
  • रजस्वला मासिक रूपमा हुन थाल्छ ।

शरीरको भित्री भागमा : हामीले नदेख्ने गरी शरीरको भित्री भागमा पनि परिवर्तन आइरहेको हुन्छ । त्यो बेला पाठेघरको नली, डिम्बाशय र योनी विकसित हुन्छन्।

यस्तो बेलामा के हुन्छ : शरीरमा परिवर्तन हुन थालेपछि किशोरीहरुको आफ्नो शरीरप्रति विशेष ध्यान जान थाल्छ । त्यो बेला केटाहरू र अन्य साथीहरूप्रति पनि वशेष आकर्षण बढ्न थाल्छ । आफ्ना मनका भावनामाथि नियन्त्रण गर्न पनि कठिन हुन थाल्छ। रजस्वला सुरु हुने बेलामा ठट्टा बढी गर्न मनलाग्ने, छिट्टे रिस उठ्ने र बढी हतास देखिनेजस्ता लक्षणहरू स्वाभाविक मानिन्छ ।

मासिक रक्तस्राव (महिनावारी, रजस्वला)

रजस्वला भनेको गर्भवती हुनसक्ने उमेर सुरु भएको शारीरिक लक्षण हो । रजस्वला कहिले सुरु हुन्छ भनेर किशोरीलाई थाहा नहुनसक्छ तर गुप्तांगमा रौं उम्रन थालेपछि र स्तन पनि बढ्न थालेपछि रजस्वला सुरु हुनसक्छ भनेर अनुमान गर्न सकिन्छ । पहिलोपटक मासिकस्राव हुनुभन्दा केही महिनाअगाडि नै उनको योनीबाट थ्र्यालजस्तो पदार्थ आउन सुरु गर्छ । यो यालको दाग उनले लगाएको कट्टुमा लागेको पनि हुनसक्छ, यो साधारण कुरा हो ।

पहिलोपटक मासिक रक्तस्राव कसरी हुन्छ भनी थाहा पाएका केटीहरू यसबाट डराउँदैनन्, चिन्ता लिँदैनन् तर यसबारेमा पहिले थाहाँ नपाउने केटीहरू भने पहिलोपटक योनीबाट रगत बगेको देख्दा अत्तालिन्छन् । यो सबै महिलाहरूमा हुने प्राकृतिक कुरा हो, अत्तालिनु पर्दैन । कसैले यो एकदम खराब र लाजमर्दो कुरा हो भन्ने कुरा ठान्छन् तर यो लाज मान्ने कुरा होइन भनेर बुझाउनु पर्छ ।

मासिकस्राव हुँदा के-के गर्ने सफा रहने :योनीबाट बगेको रगत सोस्नका लागि सुतीको नरम कपडा पटयाएर योनीमा राख्छन्। यसलाई अड्काउन कट्टु लगाउँछन् वा पिन, पेटीले कस्ने गर्छन्। रगत सोस्न लगाएको कपडा दिनमा २-३ पटक फेर्नुपर्छ । यदि यसलाई फेरि पनि प्रयोग गर्ने हो भने साबुनपानीले राम्ररी धुनुपर्छ । र घाममा सुकाउनु पर्छ ।

रगत सोस्न सक्ने प्याड किन्न पनि पाइन्छ तर आफैले सफा कपडाभित्र कपास राखेर बनाउँदा सस्तो पर्न जान्छ । यदि प्याड नै प्रयोग गर्ने हो भने पनि दिनमा कम्तिमा तीनपटक फेर्नुपर्छ । एउटालाई धेरैबेरसम्म राख्यो भने त्यसले गम्भीर संक्रमण उत्पन्न गर्न सक्छ ।

आफ्नो जननेन्द्रियको बाहिरी भाग प्रत्येक दिन साबुनपानीले धोएर जमेको रगत सबै पखाल्नुपर्छ ।

अन्य कामक्रियाहरू : महिनावारी भएको बेला आफूले पहिले गरेका सबै काम यथावत् रूपमा गर्न सकिन्छ ।

उच्चस्तरको जीवनको लागि गर्नुपर्ने परिर्वतनहरु

महिलाहरू जसरी हुर्केका छन्। उनीहरूको सोचाइ सोहीअनुरूप हुन्छ। उनीहरूले यौवन अवस्थामा प्रवेश गर्दा असल कुराहरू सिकेका छन् भने आफ्नो विकास राम्ररी गर्न सक्षम हुन्छन् र समुदायमा महत्त्वपूर्ण स्थान ओगट्न सफल हुन्छन्। यस्ता कुराहरूको ज्ञान परिवार र समुदायले उनलाई महत्त्वपूर्ण स्थान दिएको छ भने मात्र उपलब्ध हुन्छ ।

विश्वका धेरै ठाउँमा छोरीलाई छोराभन्दा कम महत्त्व दिइन्छ । त्यस्ता ठाउँमा छोरी भएपछि आफ्नो शारीरिक बृद्धिसितै लजाउन सुरु गर्नुपर्ने, दाजुभाइको तुलनामा खाना पनि कम खान दिने, शिक्षा पनि कम दिने र बढी काम लगाउने गरिन्छ । कसैले हिंसा गरेमा पनि सहनशील हुनपर्ने कुराहरू सिकाइन्छ । यस्तो व्यवहारले उनीहरूको स्वास्थ्यमा मात्र सोझै असर पर्ने होइन, उनीहरूमा हीनताबोध पनि जागृत हुन आउँछ र भविष्यमा सुखी र स्वस्थ जीवन कसरी बाँच्न सकिन्छ भनी आत्मनिर्णय गर्ने क्षमता पनि घटेर जान्छ । छोरीहरूलाई यसरी हुर्काइने समाजमा छोराको तुलनामा छोरीहरूको महत्त्व ज्यादै कम हुन्छ ।

समाजमा महिलामाथि गरिने व्यवहार बालिकामाथि परिवारले गर्ने व्यवहारमा निर्भर हुन्छ। उदाहरणका लागि कुनै समाजमा बालिकाले केही सीपको विकास गनैपर्ने विश्वास राखिन्छ । समुदायमा प्रत्येक परिवारका सदस्यहरू आफ्नी छोरीलाई सकेसम्म स्कुल पढाउन खोज्छन्। तर कुनै समुदायमा महिलालाई केवल घरको काममा मात्र सीमित राखिन्छ र सामुदायिक सभासम्मेलनहरूमा विषयमा सहमत हुन्छन्।

वास्तवमा बालिकाहरूलाई आफ्नो जीवनको उन्नतिको बारेमा सोच्न सक्ने बनाउन र परिवार तथा समाजमा पनि बालिकालाई आत्मनिर्भर बन्न सक्ने तरिकाले हुर्काउनका लागि धेरै उपायहरू अपनाउन सकिन्छ । यी कुराहरूको बारेमा पछि चर्चा गरिनेछ ।

किशोरीहरूले उत्तम जीवन बिताउनका लागि गर्ने उपायहरू

मनका कुरा भन्न सक्ने मानिस थाहा पाउनु : सबैभन्दा पहिले आफ्नो कुरा सुन्न र बुझन चाहने आफ्नो साथी, दिदीबहिनी वा परिवारका अन्य सदस्यहरू मध्ये आफूले मन खाएका व्यक्तिसंग आफ्ना व्यक्तिगत समस्याहरू बताउनुपर्छ ।त्यसपछि साथी वा आफन्तको सल्लाहले समुदायकी जानकार महिलासित आफ्ना लक्ष्य, आकांक्षा र भविष्यबारेमा कुरा गर्न सकिन्छ ।

आफू र आफ्नो साथीलाई महत्त्वपूर्ण लागेका कुरा छलफल गर्नु : समुदायमा तपाईंलाई कुनै समस्या देख्नुभयो भने पहिले आफ्नो मिल्ने साथीसितै सरसल्लाह गरी त्यो समस्याको समाधानका लागि केही उपायहरू गर्नुहोस्। यी कुराले समुदायमा राम्रो फाइदा पुग्नसक्यो भने तपाईंले गौरव गर्न सक्नुहुन्छ ।

भविष्यको योजना बनाउनु होस् : भविष्यको योजना बनाउनका लागि सबभन्दा पहिला लक्ष्यहरू निर्धारण गर्नुहोस्। लक्ष्य भनेको तपाईंको जीवनमा गर्न सकिने काम हो तर किशोरीहरूले यसरी योजना बनाउन त्यति सजिलो छैन । उनीहरूले आफ्नो वन प्राय: परिवार र समाजको परम्पराद्वारा नियन्त्रित हुन्छ भन्ने सोचाई राखेका हुन्छन्।छलफल गर्न सके उनीहरूका कामका बारेमा पनि थाहा पाउन सकिन्छ । कहिलेकाहीं किशोरीहरू आफ्ना भविष्यका सपनाहरू, आशाहरू समाज र परिवारले तोकेका विश्वासहरूसँग मेल नखाएका कारण ज्यादै निराश हुन्छन्। उनीहरू समाजमा महिलाहरूले गनैपर्ने व्यवहार हेरेर पनि आफ्ना सपनाहरू मेल नखाएकै ठान्छन् र अत्तालिन्छन्। यस्तो बेलामा आफूभन्दा पाका व्यक्तिहरूलाई आफ्ना मनका कुरा भन्ने र पछि उनीहरूले त्यसप्रति कस्तो रुचि राख्छन् त्यो पनि बुझनुपर्ने हुन्छ । यसबारेमा अरू बढी जानकारी पृष्ठ ६५ मा आफ्नो परिवारसित कसरी कुरा गर्ने ?’ शीर्षकमा उल्लेख गरिएको छ ।

राम्रो भविष्यका लागि गर्नुपर्ने निर्णयहरू

शिक्षा र तालिमको व्यवस्था : शिक्षा प्राप्त गर्नाले आफूले आफैप्रति गौरव गर्न, उत्तम जीवन बाँच्नका लागि कमाउन र सुखी एवं स्वस्थ्य जीवन बिताउन मद्दत समुदायमा केही योगदान दिन सक्छन्। यसो भएमा पुग्छ । धेरै किशोरीहरूका लागि यसले राम्रो जीवन बाँच्ने उपायको ढोका परिवारका अन्य सदस्यले उनीहरूको समर्थन गर्ने र आफैले पनि आफूप्रति गौरव गर्ने वातावरण सिर्जना हुन्छ । नयाँ-नयाँ सीप आर्जन गर्नाले जीवनका अरू नयाँ बाटाहरू रोज्न सकिन्छ ।

उमेर पुगेपछि मात्र विवाह गर्ने : आफ्नो परिवारका सदस्यहरूलाई आफूले विवाह गर्न नचाहेसम्म वा आफूले आफू सुहाउँदो जोडी नपाएसम्म विवाहका लागि हतार नगर्नुहोस् भनी भन्न सक्नुपर्छ । वास्तवमा किशोरीले पढाइ सकेर विवाह गर्नुअगाडि नै व्यवसायमा लाग्नु राम्रो हुन्छ । उमेर पुगेपछि विव आफ्नैबारेमा बुझन र आफ्नो भविष्य कसरी बनाउने भनी निर्णय ह गद लिन सकिने उने अवसर हुन्छ ।अवस्था हुन्छ । हतार नगरी विवाह गर्दा सोचाइ मिल्ने जीवनसाथी अवसर हुन्छ

बच्चा जन्माउन पर्खने : सुखी र स्वस्थ बच्चा हुर्काउन त्यस बेला मात्र जब किशोरी र किशोरीको जीवनसाथीले परिवार चलाउन सक्ने अवस्थाको सकिन्छ सिर्जना भएको हुन्छ । आफूले बच्चा जन्माउनेबारे सोच्नुअगाडि निम्न कुरामा विचार पुयाउनुपर्छ । के आफ्नो पढाइलाई नियमित राख्न सकिन्छ ? आफ्नो राम्रोसित पूरा गर्न सकिन्छ ? एउटा स्वस्थ बच्चा हुर्काउनका लागि भावनात्मक सहयोग गर्नसक्ने अवस्था छ ? के आफ्नो पतिले बच्चा विश्वास दिलाएको छ ? छन्

केटो साथी र यौनका बारेमा लिने निर्णय

अधिकांश युवाहरू उमेर बढ्दै जाने क्रममा प्रेमप्रसङ्ग वा यौनेच्छ अनुभव महसुस गर्न थाल्छन्। यसो हुनुलाई अस्वाभाविक पनि मान्न सकिँदैन ।(केटीहरू अर्को केटाका बारेमा सोच्न सक्छन् र महिलाहरू पनि यसरी नै सोच्न सक्छन्)

युवतीहरू विभिन्न कारणहरुले यौन सम्पर्क कायम गर्छन्। कोही बच्चा पाउनका लागि मात्रै पनि यौन सम्पर्क कायम गर्छन्। अरू कोही सन्तुष्टि वा चाहना पूरा गर्न यौन सम्पर्क कायम गर्छन्। कोही वा बेच्ने आधारकै लागि पनि यसमा लागेका हुन्छन्। कोही-कोही महिलाहरू यौन सम्पर्क राख्नाले कसैकसै आफूप्रति बढी माया गर्छन् भन्ने भावनाले पनि लागेका हुन्छन्। कुनै बेला केटासाथीले आफू यौन सम्पर्क कायम गर्न इच्छुक नहुँदानहुँदै पनि जबरजस्ती यौन सम्पर्क कायम गर्न बाध्य बनाउँछन्।

यदि कुनै महिला यौन सम्पर्क कायम गर्न चाहन्न भने ऊसँग यौन सम्पर्क कायम गर्नु हुँदैन । त्यो बेला मात्र यौन सम्पर्क कायम गर्नुपर्छ जुनबेला पुरुषलाई मात्र होइन, महिलालाई पनि चाहना भएको हुन्छ। यौन सम्पर्क गर्नु भनेको दुवै व्यक्तिले आनन्द लिनु हो तर डर र लाज लागेका बेला वा सहमति नदिएका अवस्थामा आनन्ददायी हुन सक्तैन ।

यौन सम्पर्क कायम गर्नुअघि गर्भ रहने अवस्था र यौन संक्रमणबाट सधैं सतर्क रहनुपर्छ। यसका बारेमा थप जानकारी लिन यसै पुस्तकका परिवार नियोजन, यौन प्रसारित संक्रमणहरू, एचआइभी' र यौन स्वास्थ्य विषयक पृष्ठहरू हेर्नुहोस्।

  • पहिलो पटक यौन सम्पर्क राख्दा नै गर्भ रहन सक्छ ।
  • पुरुषले वीर्य योनीमा नझारी यौन सम्पर्क राखे पनि गर्भ रहन सक्छ तर परिवार नियोजनका साधनको प्रयोग गरेमा गर्भ रहन सक्दैन ।
  • आफूसँग यौन सम्पर्क राख्ने पुरुषलाई यौन प्रसारित संक्रमण भएको छ भने महिलालाई पनि यौन प्रसारित संक्रमणहरु वा एचआइभीको संक्रमण हुन्छ तर कन्डमको प्रयोग गरिएको छ भने संक्रमण सर्दैन
  • यौन प्रसारित संक्रमणहरू महिलाले पुरुषमा सार्नेभन्दा पुरुषले महिलामा सार्ने क्रम बढी हुन्छ किनकि यौन सम्पर्क राख्दा युवतीको योनीस्राव पुरुषमा जाँदैन तर पुरुषको वीर्य महिलाको योनीमा जान्छ । महिलाको योनीमा घाउ भएमा त झन् चाँडै नै यौनरोगका किटाणु रगतमा पुग्छन्। ।

यौन प्रसारित संक्रमणहरू र एच.आई.भी.बाट बच्नका लागि सधैं कन्डम प्रयोग गर्नुपर्छ तर गर्भवती हुनबाट वा यौन प्रसारित संक्रमणहरुबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको यौन सम्पर्क कायम नगर्नु नै हो

योोन सम्पर्क नराखी प्रेम गर्ने

प्रेम सम्बन्ध गाढा हुन समय लाग्छ । गाढा प्रेमले एकअर्कामा सहयोग, सम्मान र विश्वास बढाउन सक्छ । यसो भए पनि यौन सम्पर्क हुने वित्तिकै कुनै व्यक्तिले अगाध प्रेम गर्छ भन्ने बुझनु हुँदैन या यौन सम्पर्क राखेपछि प्रेममा समर्पण भएँ भन्ने अर्थ पनि लाग्दैन ।

यौन सम्पर्क नराखी पनि तपाईंले भेटघाट गर्न सकिन्छ । यस्तो भेटघाटमा हुने कुराकानी र छलफलले जीवनप्रतिको दृष्टिकोण, दुबैले गरेका निर्णयहरू, जीवनसाथी तथा परिवारबारेमा एकअर्काले भविष्यका लागि गरेका निर्णयहरूप्रति एकअर्काको धारणा आदिबारे महत्त्वपूर्ण कुराहरू बुझन सकिन्छ ।

प्रेमीसँग कुरा गर्नुपर्छ । यदि प्रेमी यौन सम्पर्कका लागि आतुर छ तर किशोरी तयार छैन भने यस अवस्थामा उसलाई धैर्य गराउन विभिन्न कुराकानी गर्न थाल्नुपर्छ ।

यौन सम्पर्क राख्न दवाव साथीहरूसँग पनि सल्लाह गर्नुपर्छ । उनीहरूले पनि यस्ता कठिनाइहरू भोगिरहेका हुनसक्छन्। यसरी एकआपसमा छलफल गरी यौन सम्पर्क नराखी प्रेम सम्बन्ध कायम गर्ने तरिकाबारे निर्णय लिन सकिन्छ ।

यौन सम्पर्कका लागि तयार हुँदा गरिनुपर्ने सुरक्षात्मक उपाय

यौन सम्पर्क कायम गर्न तयार हुनुभए भने त्यस बेला यौनरोग लाग्न र गर्भवती हुन नदिन आफैले सुरक्षात्मक उपाय अपनाउनु पर्छ । सुरक्षित यौन सम्पर्क राख्ने अनेक उपायहरू छन् । यसका लागि पहिले नै तपाईंले योजना बनाउनुपर्छ । यौन सम्पर्क गर्नुअगि आफ्नो पुरुष साथीसित कुरा गर्नुपर्छ । सुरक्षाको कति महत्त्व छ भन्नेबारे उसलाई जानकारी गराउनुपर्छ । यसबारेमा छलफल गर्न गाह्रो भएमा अरू कुनै जोडीको बारेमा गफ गरेजस्तो गर्दै कुरा गर्नु ठिक हुन्छ ।

यदि ऊ तपाईलाई माया गर्छ भने बचावटका लागि तयार हुन्छ तर यौन सम्पर्कका लागि मात्र जोड गर्छ भने उसले केवल वासनात्मक प्रेम गरिरहेको हुनसक्छ ।

धेरैजसो गाउँमा कन्डम र परिवार नियोजनका साधनहरू निःशुल्क वितरण गर्ने स्वास्थ्य संस्था र कार्यकर्ताहरू छन्। कन्डम धेरैजसो औषधि पसल र किराना पसलमा किन्न सकिन्छ । सरकारी स्वास्थ्य संस्थाहरूले किशोर-किशोरीहरूका थालेका छन्। केही गैरसरकारी संस्थाहरू पनि यस कार्यमा संलग्न छन् । यस्ता काम गर्ने संस्थाहरू आफ्ना गाउँठाउँमा भए किशोरीहरूलाई उचित सल्लाह दिन्छन्।

कुनै पुरुषलाई यौन प्रसारित संक्रमणहरु या एचआइभी भएको हेरेर मात्र थाहा पाइदैन यसकारण प्रत्येकपल्ट यौन सम्पर्क राख्दा कन्डम प्रयोग गर्नाले मात्र सुरक्षित यौन सम्पर्क कायम हुनसक्छ । कुनै पुरुषको लिङ्गबाट स्राव आइरहेको छ वा घाउ छ भने त्यो संक्रमण हो । त्यो संक्रमण पनि सर्ने सम्भावना हुन्छ ।

यौन सम्बन्ध कायम गरेपछि यदि योनीबाट पिप बगेमा, जननेन्द्रिय चिलाउने वा तल्लो पेट दुख्ने गरेमा यो यौनरोग हुनसक्छ । यसका लागि विस्तृत जानकारी लिन यौन प्रसारित संक्रमणहरू पाठमा हेर्नुहोस्।

दबाबयुक्त यौन सम्पर्क

विश्वभरि नै महिला वा किशोरीहरू आफू इच्छुक नहुँदानहुँदै पनि जबर्जस्ती वा बलपूर्वक यौन सम्पर्क गर्न बाध्य हुन्छन्। यस्तो प्रायः उनीहरूलाई प्रेम गर्छु भन्ने व्यक्ति (पुरुष साथी) बाटै हुनेगर्छ । कुनै ठाउँमा यसलाई डेट रेप भन्ने पनि चलन छ । यौन सम्पर्क यस्तो दबाब शारीरिक मात्र हुँदैन यस्तो अनुभव शब्दबाट र हाउभाउ कटाक्षबाट पनि गर्न सकिन्छ । यौन सम्पर्क कायम गर्न नमान्दा भने उसले धम्काउन सक्छ वा अनेकौ अनुनय, विनय गर्छ र यस्तै गरी किशोरीलाई दोषी वा लज्जित महसुस गराउन खोज्छ । यो पनि गलत व्यवहार हो । यदि कसैलाई यौन सम्पर्क गर्न इच्छा छैन भने त्यसका लागि दबाब दिनु हुँदैन।

यदि पुरुष साथी यौन सम्पर्क गर्न इच्छुक छ तर किशोरी इचछुक छैन भने उसको इच्छालाई कदर गर्दै तर मलाई यसमा मनै छैन' भनी इन्कार गर्नुपर्छ।

ऊ यौन सम्पर्क राख्न बल गर्छ भने ठूलो स्वरमा हुँदैन वा L) शरीरले पनि नाइँ भन्ने भावना ल्याउनुपर्छ। नाइँ भन्ने तर उसँग टाँसिएर बस्नुभयो भने त्यस बेला उसले स्वीकृति दिएको नै ठान्छ।

कुनै किसिमले उसले छोएमा पनि आफूलाई मन पर्दैन भने त्यहाँ बस्नुहुँदैन। कुनै अप्रिय घटना घट्न सक्छ भन्ने लागेमा त्यहाँबाट भाग्ने तयारी । गर्नुपर्दछ वा ठूलो स्वरमा कराउनुपर्दछ।

मादक या लागु पदार्थ प्रयोग गर्नुहुँदैन : रक्सी र लागु औषधजस्ता नशा प्रयोग गर्नाले आफ्नो निर्णय गर्ने क्षमतामा हास आउँछ र के भइरहेको वा हुनगइरहेको छ थाहा पाउन पनि कठिन हुन्छ ।

समूहमा हिँड्डुल गर्ने गर्नुपर्दछ : साथी भाइहरू भेटघाट हुँदा समूहमा बसेर कुराकानी गर्दा कसैले यौन सम्बन्ध कायम गर्नका लागि कर गर्न सक्दैन ।

सुरक्षित स्थानमा मात्र हिडड्ल गर्नु पर्छ : अरुले देख्न सक्ने स्थानमा मात्र हिडडुल गर्नु पर्छ।

योजना बनाउने : कतिसम्म छोएको हो अनुमान गर्ने । कुनियतले छोए जस्तो लागेमा कुरा लुकाएर नराख्नुहोस् ।

परिवारको कुनै सदस्यले जबरजस्ती गर्न खोजेमा (हाडनाता करणीि)

किशोरीको चाहनाविपरीत कसैले पनि उनलाई छुनु ठीक होइन । जस्तै परिवारका काका, बाबु, हजुर बा, दाजु कसैले पनि कामुक भावनाले प्रेरित भई यौनाङ्ग तथा शरीरका कुनै अङ्गहरूमा छुन्छन् भने त्यस्तो व्यवहार अनैतिक हुन्छ । यस्तो अवस्था आइपरेमा उनले अरूको सहयोग लिनुपर्छ । यदि त्यस्तो व्यक्तिले "अरूलाई भनिस् भने ठीक हुँदैन" भनेर धम्की दिएको छ भने पनि आफूले विश्वास गरेको वयस्क व्यक्तिलाई सकेसम्म चाँडो भन्नुपर्छ । कुनै-कुनै अवस्थामा घरपरिवारभन्दा बाहिरका महिला, शिक्षक-शिक्षिका वा गाउँका प्रतिष्ठित व्यक्तिहरूलाई भन्नु राम्रो हुन्छ ।

किशोरीहरू र उमेर ढल्केका

पुरुषहरू कुनै-कुनै किशोरीहरू उमेर ढल्केका पुरुषहरूप्रति आकृष्ट हुन्छन्। उमेर ढल्केका पुरुषहरूसँग सङ्गत गर्न उनीहरूलाई रोमाञ्चक लाग्नसक्छ । विशेषगरी उक्त पुरुष गाउँमा प्रतिष्ठित, महत्त्वपूर्ण व्यक्ति छ वा उसँग प्रशस्त पैसा छ र धेरै सामानहरू किन्न सक्छ भने झन् यस्तो हुनसक्छ । यस्तो व्यक्तिहरूले नाबालक तथा किशोरीहरूलाई फकाई यौन शोषण गर्ने गरेको पनि देखिन्छ । यिनीहरुले बालिकाहरूलाई आकृष्ट गराउने मिठाई चक्लेट र उपहार दिने गर्दछन्। यसकारण यस्ता उत्पीडित व्यक्तिलाई सुगर डच्याडी' भन्ने चलन छ ।

कहिलेकाहीं किशोरीहरूलाई युवकहरूले भन्दा उमेर ढल्केका पुरुषहरूले यौन सम्बन्ध कायम गर्न बढी बाध्य पार्न सक्छन्। खासगरी ती पुरुषमा किशोरीलाई नियन्त्रण गर्ने शक्ति छ भने ।

पैसा वा अन्य आवश्यकता पूर्तिका निम्ति चेलीबेटी बेचबिखन

कहिलेकाहीं केटीहरूलाई गाउँबाट ठूला सहरबजार लगिन्छ । त्यस बेला उनीहरू आफूलाई कुनै ठूला उद्योग या कारखानामा कामका लागि लगेको ठानी मक्ख पर्छन् तर धेरैजसो अवस्थामा तिनीहरूमध्येलाई त्यहाँ लगी पैसाका लागि यौन सम्बन्ध राख्न बाध्य पारिन्छ ।

यदि आफू वा गाउँकी साथीलाई वृद्धसँग विवाह गराउन खोजिएको छ वा सहरमा कामका लागि लैजान लागिएको छ भने समुदायका बूढापाकाको सहयोग लिने कोसिस गर्नुगर्दछ । गाउँका बूढापाखा काकाकाकी वा शिक्षकहरूको सहयोग पनि लिन सकिन्छ ।

अनिच्छित गर्भरहेमा

यौन सम्पर्क राखेपछि महिनावारी बन्द हुने, स्तन दुख्ने थाल्यो, पिसाब छिटोछिटो लाग्ने र बान्ता हुने गर्न थाल्यो भने गर्भवती भएको हुनसक्छ । त्यस बेला हो, होइन निश्चित गर्न स्वास्थ्य कार्यकर्ता वा सुडेनीलाई जंचाउनुपर्छ ।

धेरै किशोरीहरू आफूले नचाहँदा-नचाहँदै पनि गर्भवती हुन्छन्। तीमध्ये केहीले गर्भवती भएको बेला परिवारका सदस्यहरू वा साथीहरूबाट सहयोग पाउँछन् तर धेरैलाई यस्तो सहयोग पाउन सजिलो हुँदैन ।

अप्ठयारोमा पारेको महसुस भएको छ र गर्भ नराख्ने हो किशोरी तथा महिलाहरू अनिच्छित गर्भलाई खतरापूर्ण तरिकाले गर्भपात गराउने क्रममा मर्ने गर्छन्।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।

Last Modified : 6/1/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate