অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

अपाङ्गपन भएका महिलाहरू

वि.न्त प्रत्येक १० जना महिला मध्ये करिब १ जना महिलामा कुनै न कुनै किसिमको अपाङ्गता पाइन्छ । ती महिलाहरूले आफ्नो दैनिक जीवनमा हिंड्न, भयाङ उक्लन, हेर्न, सुन्न, सोच्न अथवा सोचेको कुरा लागू गर्न नसक्ने जस्ता कठिनाइहरू भोगिरहेका छन्। तीमध्ये कतिपय त बहिरा र अन्धासमेत छन्। उनीहरू सबलाङ्ग महिलाका तुलनामा आफूलाई कम अनुपयोगी र महत्त्वहीन ठानेर सामाजिक क्रियाकलापहरूमा भाग लिदैनन् र पछि हट्ने गर्छन्।

अपाङ्गता हुने कारणहरू के हुन् ?

समाजको रीतिरिवाज र अन्धविश्वासले अपाङ्गताकाबारेमा गलत सोचाइको विकास गराएको हुन्छ । उदाहरणका लागि कुनै महिलामा अपाङ्गता छ भने मानिसहरू त्यसलाई पूर्वजन्मको फल वा पापको सजाय भोग्नु परेको भन्ने ठान्छन्। कतै-कतै चाँहि अपाङ्गता सर्छ भन्ने ठानेर मानिसहरू उनका छेउमा जान पनि डराउँछन्।

अपाङ्गता कुकर्मको फल होइन, धेरैजसो अवस्थामा यो रोकथाम गर्न सकिन्छ । हाम्रो जस्तो गरिब देशमा आपङ्गपन गरिबी लगायत अनेर्को कारणले हुन्छ भने अन्य कतिपय मुलुकमा त्यहाँ चलेका लडाइँ/युद्धहरूले पनि अपंगपन हुने गरेको पाइन्छ ।

  • अपाङ्गताले विश्वका दश प्रतिशत महिलालाई दैनिक जीवनमा असर पारेको छ ।
  • यदि आमाले गर्भवती अवस्थामा राम्रो, पोषिलो खाना पाएकी छैनन् भने अपाङ्गता भएको बच्चा जन्मन सक्छ ।
  • यदि कुनै बच्चा या केटाकेटीले पोषणयुक्त खाना पाएन भने त्यो बालक सुस्तमनस्थितिको तथा अन्धो बन्न सक्छ ।
  • फोहोर तथा खचाखच बस्तीको रहनसहनका साथै खानाको कमी र खोपहरू तथा आधारभूत स्वास्थ्य सेवा नहुनाले पनि अनेक थरिका अपाङ्गताहरू हुन सक्छन्।
  • विश्वमा अहिले भइरहेका युद्धहरूमा पुरुष या सिपाहीका तुलनामा बढीभन्दा बढी महिला या केटाकेटी नै मारिएका छन् या अपाङ्ग बनेका छन्। अपाङ्गता हुने कारणहरूको रोकथाम गर्न सफल नै भइए पनि जन्मजात वा केही-केही मात्रामा महिलाहरूमा अपाङ्गता हुने गर्छ ।

आात्मसम्मान लि छापिएको चिठ्ठी घाना भन्ने देशका अपाङ्गता भएका महिलाहरूले पठाएका हुन्। यसकारण विश्वका धेरैजसो समुदायमा अपाङ्गता भएका महिलाहरूलाई उनीहरूको महत्त्वबारे बोध गराउने चलन नै छैन ।

हाम्रो संस्था सन् १९८९ मा स्थापना भएको हो । यो अपाङ्गता भएका महिलाहरूले उनीहरू जस्तै महिलाका लागि भलाइ गर्ने उद्देश्यले खोलिएको संस्था हो । यस संस्थामा हेर्न, सुन्न, बोल्न र हिँड्डुल गर्न नसक्ने २१ जना महिलाहरू छौं । हामी हाम्रो समस्या पत्ता लगाउन र त्यसको समाधान गर्ने बाटो पहिल्याउन महिनाको एक पटक बैठक बस्छौं

हामी सबै अपाङ्गता भएका महिलामाथि भेदभाव भएको कुरामा सहमत छौं किनकि,

  • हामी महिला हौं
  • हामीसँग अपाङ्गता छ ।
  • हामी मध्य धेरै जसो गरिब छौं ।
  • हामी आफू मनपर्ने मानिससंग विवाह गर्न पनि पाउँदैनौ ।

काम गर्ने ठाउँमा पनि हाम्रो गलत' पहिचान छ । शिक्षाको अवसर नै भए पनि अपाङ्गता भएका बालिकी तथा महिलाहरूले प्रायः स्कुल जाने अवसर पाउँदैनन्। जस्तै अपाङ्गता भएका बच्चाहरूका लागि विशेष स्कुल खोलिए तापनि त्यहाँ छोरीहरूलाई कम पढाईन्छ ।

हामीले कुनै प्रकारको तालिम पाउने सम्भावना पनि कमै छ। हामीहरूले यौनिक, शारीरिक र भावनात्मक उत्पीडनका अनुभवहरू पनि बोकेका छौं । “सबलाङ्ग" पुरुष तथा महिलाले जस्तो हामीलाई घरभित्र र समाजमा छलफल तथा निर्णय गरिने प्रक्रियामा हतपती सहभागी गराइँदैन ।

तर अहिले हाम्रो सबैभन्दा ठूलो समस्या भनेको आत्मसम्मानको अभाव रहेको छ । हामीलाई समाजले हाम्रो आफ्नो कुनै महत्त्व नभएको कुरा सिकाएको छ। सामान्यतः हामीहरू विवाह गर्न अयोग्य, बच्चा जन्माउन नसक्ने र महत्त्वपूर्ण काम गर्न नसक्ने ठानिन्छौं । त्यसकारण हामीलाई बेकामे तथा मूल्यहीन ठानिएको छ । हाम्रै आफ्नो परिवारमा पनि हाम्रो महत्त्व धेरै छ भनी प्रमाणित गराउन सकेमात्र हामीलाई परिवार तथा समाजले स्विकीन सक्दछ ।

कुनै पनि महिला अपाङ्गता भएका हुन् वा सबलाङ्ग तिनलाई परिवार, स्कुल तथा समाजले राम्ररी सहयोग गरेका छन् भने उनमा स्वाभिमानको भावना हुन्छ । अपाङ्गता भएका कारणले उनलाई अरूभन्दा हेय दृष्टिले हुर्काइएको छ भने आफ्नो महत्त्व बुझेर काम गर्न उनलाई कठिनाइ पर्दछ। यस्ता हीनतावोध जागृत हुन नदिई आत्माबल बढाउनुपर्छ । यो काम गर्न सजिलो छैन तर बिस्तारै अघि बढ्न सकिन्छ ।

पहिलो खुड्कलो : अरूसित भेटघाट गर्नुहोस्, घरमा आउने पाहुना र छरछिमेकीको स्वागत गर्नुहोस्। सक्नुहुन्छ भने बजार जाने र मानिसहरूसित बातचित गर्ने गर्नुहोस्। यसो गर्दा अपाङ्ग र अरु महिलाहरूबीच खासै फरक नभएको महसुस हुन्छ । यसरी बाहिर जाने गर्नुभयो भने मानिससित भेटघाट गर्न र एकअर्कासँग कुरा गर्न सजिलो पर्छ ।

आफ्नो स्वास्थ्यको हेरविचार गर्ने

दोस्रो खुड्कलो : महिलाहरूको समूहमा घुलमिल हुनुहोस्। अरूसित कुरा गर्न थालेपछि आफ्ना सबल र दुर्बल पक्ष जान्न मद्दत पुग्छ । यस्ता समूहले महिलाहरूलाई निर्धक्क भएर कुरा गर्न सुरक्षित ठाउँ बन्दोबस्त गर्न सक्छ । समूहभन्दा बाहिर गर्न नसकिने कतिपय कुराहरू यस समूहभित्र गर्न सकिन्छ ।

अपाङ्गता भएका महिलाहरूको समूहमा सम्मिलित हुन अथवा त्यस्तो समूह बनाउन सक्रिय हुन सकिन्छ। त्यस्ता समूहमा अपाङ्गताले गर्दा आइपरेका समस्याहरूको बारेमा आफ्ना विचार र अनुभवहरू आदान-प्रदान गर्न गरेर दुख र सुखमा एकअर्काको सहयोगी हुन सकिन्छ ।

कसरी आत्मनिर्भर बन्ने भनी एकअर्कामा सिक्न/सिकाउन पनि सकिन्छ । विश्वमा अपाङ्गता भएका महिलाहरू डाक्टर, नर्स, शिक्षक, ब्यापारी, लेखक, कसान तथा सामुदायिक सङ्गठनकर्ताहरू समेत रहेका छन्। एकअर्काको सहयोगले अरू महिलाहरूले जस्तै सुनौलो भविष्य बनाउन सकिन्छ ।

अपाङ्गता भएकी महिलाका स्वास्थ्य समस्याहरू प्राविधिकरूपले रुपले अरू महिलाहरूका भन्दा खासै फरक हुदैनन्। ती समस्याहरूका बारेमा यस किताबका विभिन्न भागहरूमा चर्चा गरिएको छ । यहाँ भने अपाङ्गता महिलाहरूले अपाङ्ग भएका कारणले नै बेहोर्नु पर्ने स्वास्थ्य समस्याका बारेमा मात्र उल्लेख गरिएको छ ।

बिरामी भएको थाहा पाउने

अपाङ्गता भएका केही महिलाहरू आफूलाई कहिलेदेखि स्वास्थ्य समस्या सुरु भएको हो बताउन सक्तैनन् । (उदाहरणकै लागि पाठेघर संक्रमणको कारणले दुखेको महसुस गर्न नसक्ने पनि हुन्छन् तर आफ्नो योनीद्वारबाट दुर्गन्धित पानी आएको छ भनी थाहा पाउन चाहिँ सक्छन्।)

महिलाहरूले नै आफ्नो शरीरका बारेमा अरूले भन्दा बढी बुझन सक्दछन्। त्यसैले यदि शरीरमा अस्वाभाविक वा अप्ठयारो भएको छ या शरीरमा कुनै प्रतिक्रिया देखापरेको छ अथवा कुनै भागमा दुख्यो भने यसको कारण के हो। भन्ने पत्ता लगाउनुपर्छ । आवश्यक पथ्र्यो भने परिवारका कुनै अन्य सदस्य, डाक्टर, नर्स, साथी या स्वास्थ्यकर्मीहरूसित सहयोग लिनुपर्छ ।

छालाको स्याहार

सँधैभरि वा अधिकांश समय बस्ने र सुत्ने गर्दा ओछयानमा जिउ घस्रिएर वा थिचिएर घाउ हुनसक्छ । खासगरी शरीरको हड्डी देखिने भाग कुर्सी या खाटका बीचमा निरन्तर रगेटिंदा रक्तनलीहरू थिचिएर छालामा राम्ररी रक्तसञ्चार हुन सक्दैन र यसैकारण घाउ बन्न सुरु हुन्छ ।

हलचल नगरी धेरै समय बस्दा पनि छालामा राता या नीला धब्बाहरू देखिन थाल्छन्। यसरी लगातार थिचिइ रह्यो भने शरीरभित्र घाउ हुँदै जान्छ र त्यो घाउ बाहिरतिर फैलिँदै जान्छ । उपचार नगरे छाला मर्न पनि सक्छ ।

उपचार : यस्तो घाउको उपचार गर्ने जानकारी ३०६ पेजमा हेर्नुहोस्।

रोकथाम :

  • दुईदुई घण्टामा कोल्टे फेर्ने, यदि चटपटाउन सकिन्न भने कसैसँग सुताइको आसन बदल्न सहयोग लिनुपर्छ ।
  • बिछ्यौना नरम हुनुपर्छ। यसो गर्दा छालामा कम दबाब पर्छ। सुत्ने, बस्ने कुशन व डसना बनाउँदा हाड नघोटिने बनाउन भित्रपट्टि तोरी या धान राखेर बनाउन सकिन्छ । तर त्यसभित्रको तोरी या धान बेलाबेलमा फेरिरहनुपर्छ ।
  • दैनिक शरीरको सम्पूर्ण भाग परीक्षण गर्नुपर्छ । आफ्नो पछाडिपट्टिको भाग हेर्नलाई ऐना प्रयोग गर्न सकिन्छ । यदि त्यहाँ कुनै रातो या कालो दाग देखियो भने छाला सामान्य नदेखिएसम्म त्यो ठाउँ थिचिने गरी सुत्नु या बस्नु हुँदैन ।
  • हप्तामा २-३ चोटी नुहाउने प्रयास गर्नुपर्छ । आफ्नो छाला सुक्खा राख्ने पुछ्नु होस् तर नरगड्नु होस्। छालालाई नरम र कोमल बनाउने हुनाले तेलजस्ता वस्तु प्रयोग गरेर मालिस नगर्नुहोस्। छालामा कहिल्यैपनि रक्सीले मालिस नगर्नुहोस्।

व्यायाम

कुनै-कुनै महिला (उदाहरणका लागि वाथ, हृदयाघात भई पक्षाघात भएका वा वृद्ध भएका) हरूलाई हातखुट्टाका जोर्नीहरू राम्ररी चलाउन कठिनाइ पर्दछ । यस्तो भएमा धेरै समयसम्म हात वा खुट्टा नचलाउँदा कुनै-कुनै मांसपेशी छोटो हुनसक्छ या कुनै-कुनै अङ्ग राम्ररी तन्कन सक्दैन । छोटा मांसपेशीहरूका जोर्नीहरू दरा भएर तन्काउन र खुम्च्याउन नसकिने हुन्छन्। यसलाई संकुच्नु (Contracture) Hf TRX संकुचनको कारणले पीडा पनि हुनसक्छ ।

यस्तो संकुचन हुन नदिन तथा मांसपेशीलाई बलियो बनाउन हरेक दिन हातखुट्टाको व्यायाम गराइदिने व्यक्ति खोज्नुहोस्। आफ्नो शरीरका प्रत्येक अङ्गहरू चलखेल गर्न सक्छन् सक्तैनन्, निश्चित गर्नुहोस्। यदि शरीरको कुनै भागमा पहिलेदेखि नै संकुचन भएको छ भने जोर्नीलाई सोझो पार्न कठिन हुन्छ तर तल देखाइएका व्यायामहरू गर्नाले त्यो संकुचनलाई कम गरी जोर्नीहरूलाई सजिलै चलाउन सक्ने र मांसपेशीहरूलाई मजबुत बनाउन मद्दत पुग्छ ।

यौन स्वास्थ्य

अपाङ्गता भएका महिलाहरूमा यौन चाहना हुँदैन र हुनु पनि हुँदैन भन्ने ठान्दछन्। अपाङ्गता भएका महिलाहरू मित्र, प्रेमिका तथा आमा नबनून् भन्ने धारणा राख्ने गर्छन् तर अरू महिलाहरू जस्तै अपाङ्गता भएका महिलाहरूमा पनि आत्मिय सम्बन्ध र यौन सम्पर्क राख्ने चाहना हुन्छ।

यदि जन्मजात वा सानै छँदा अपाङ्गता भएको भए आफूमा यौन आकर्षण छ भन्ने कुरा मान्न कठिन पर्नसक्छ । यस्तो अवस्थामा अपाङ्गता भएका अन्य महिलाहरूले कसरी यौन सम्बन्धी डरहरू हटाउन सफल भए भने बारेमा छलफल गरेर पनि धेरै कुरा जान्न सकिन्छ । तर यी कुरा बुझेर पनि आफ्नो सानै देखिको विस्वास हटाउन समय लाग्छ ।

यदि भर्खरै अपाङ्गता भएको छ भने अपाङ्गता हुनु भन्दा अगाडि यौनको चाहना राख्ने वा यौन सम्बन्ध भैसकेको व्यक्ति हुनसक्छ तर अपाङ्गता भैसकेपछि यौनकार्यलाई नियमित गर्न सकिँदैन भन्न हिचकिचाउन सक्नुहुन्छ । अपाङ्गताको कारणले आफूमा यौन सम्बन्धका लागि आकर्षण नरहेको विचार आउन सक्छ

अपाङ्गता भएका महिलाले यौनिकताबारे लेखिएका कुराहरू पढ्दा त्यही ज्ञान पाउँछन् जुन सबलाङ्ग महिलाहरूले प्राप्त गर्छन्। त्यस्ता महिलाहरूले असल र भर पर्न सकिने शिक्षक-शिक्षिका, स्वास्थ्य कार्यकर्ता र अन्य अपाङ्गता भएका महिलाहरूसँग यौनिकताबारेमा छलफल गर्ने प्रयास गर्नुपर्दछ ।

अपाङ्गता भएका जोडी (दम्पति) ले एकअर्कालाई प्रसन्न राख्न अनेक प्रयोगहरू गर्नुपर्छ । जस्तै- सम्भोगको समयमा हात वा जननेन्द्रियमा कुनै संवेदनशीलता उब्जेन भने कान, घाँटी वा स्तन जस्ता शरीरका अरू अङ्गहरूको स्पर्शले पनि यौनइच्छा जगाउन सक्छ । यसरी पनि अपाङ्गताले हुनसक्ने यौनअसुविधालाई कम गर्न सकिन्छ वा यस क्रममा आसन बदलेर पनि आनन्द लिन सकिन्छ । जोडीका बीच यौनका बारेमा खुलेर चर्चा हुने गरेको छ भने यौन सम्बन्ध अरू सन्तुष्टिपूर्ण हुन्छ।

परिवार नियोजन

धेरैजसो अपाङ्गता भएका युवतीहरू यौन र परिवार नियोजनको बारेमा केही थाहा नपाइकनै हुर्कन्छन्। अझ अपाङ्गता भएका कतिपय महिलाहरू त यौनआनन्दको अनुभूतिबिना नै गर्भवतीसमेत बन्छन्। तर यौन सम्पर्क राख्दा तपाई गर्भवती हुन चाहदिनन् भन्ने परिवार नियोजनको साधनका बारेमा जानकारी लिएर, ती साधन प्रयोग गर्नु पर्छ ।

परिवार नियोजनको कुनचाहिँ विधि उपयुक्त हुन्छ भनेर निर्णय गर्न तलको मार्गनिर्देशन उपयोगी हुनसक्छ :

हृदयाघात भइसकेको छ अथवा हिँड्डुल गर्न सकिन्न भने चक्की पिल्स), सुई, इम्प्लान्ट (नरप्लान्ट) जस्ता हार्मोनयुक्त विधि अपनाउनु हुँदैन । यसले रगतमा असर गर्नसक्छ ।

यदि पेटको छालामा छँदा छोएको अनुभव हुदैन भने आईयुडी (Intra-Uterine Device) प्रयोग नगर्नुहोस्। आईयुडी राख्दा राम्रो-सँग राखिएन भने वा यौनरोग लाग्ने खतरा छ भने संक्रमण हुनसक्छ । छाला लाट्टिएका कारण संक्रमण भएको पनि थाहा हुँदैन ।

यदि हात राम्ररी चल्दैन भने अवरोधक विधिहरू जस्तै डायफ्राम वा फिंज चक्की प्रयोग गर्न गाह्रो हुन्छ । पतिसँग ती साधनहरू प्रयोग गर्नका लागि सहयोग लिन सकिन्छ ।

यदि अपाङ्गतामा समयानुसार परिर्वतन आईरहन्छ भने , त्यसैअनुसार परिवार नियोजनको विधि पनि बदल्नुपर्छ ।

गर्भ र अपाङ्गता

अपाङ्गता भएका महिलाले पनि गर्भवती भएर स्वस्थ र हृष्टपुष्ट बच्चा जन्माउन सक्छन्। त्यस्ता महिलाहरूलाई खास गरेर लौरो टेकेर हिँड्नुपर्ने र शरीरलाई राम्रोसँग चलाउन नसक्ने अपाङ्गता भएकाहरूलाई यहाँ केही सुझाव दिएको छ :

  • पेट बढ्दै जाँदा शरीरको सन्तुलनमा पनि परिवर्तन आउँदै जान्छ । यस्तो बेलामा लौरो वा ह्विल चियरको प्रयोग गरेर लड्नबाट बच्न सकिन्छ ।
  • कतिपय गर्भिणी महिलाहरूलाई कब्जियत हुनसक्छ । यस्तो बेलामा कहिलेकाँही दिसा निखार्न डूस विधि (Bowel Program) अपनाउन सकिन्छ।
  • व्यथा लागेको बेला व्यथाको दुखाइ थाहा पाउन सकिन्न । भएन भने तल्लो पेटको आकार बदलिएको हेरेर तल्लो पेट खुम्चिएको (Contraction) गन्नुपर्छ ।
  • जोर्नीहरू अररो हुनुबाट बचाउन र मांसपेशीहरू बलियो बनाउन पेज नं. १४२ को व्यायाम सकेसम्म गर्नुपर्छ ।
  • गर्भ र प्रसवबारे अरू जानकारीका लागि पेज नं. ६७ हेर्नुहोस्।

सुस्त मनस्थिति भएका महिलाहरूका लागि विशेष हेरचाह

ढिलो कुरा बुझने वा ढिलो सिक्ने सुस्त मनस्थिति भएका महिलाहरूलाई विशेष हेरचाहको आवश्यकता पर्दछ । उनीहरू सामान्य किसिमले आफ्नो सुरक्षा गर्नसक्दैनन्।

यदि परिवारमा यस्ता महिलाहरू छन् भने उनीहरूलाई दुराचारी मान्छेका बारेमा खुला रूपमा बताउनुपर्छ । कस्तो बेलामा कसरी छोएको वा समातेको आशय के हुन्छ, खुला रूपमा भन्नुपर्छ । सार्वजनिक वा एकान्त स्थलमा कसरी सुरक्षित हुने भन्ने बताउनुपर्छ । उनीहरूलाई मन नपर्ने कुरा कसैले गरेको वा भनेको रहेछ घरका सदस्यलाई त्यो कुरा बताई दिनुपर्छ । कसरी 'नाई' भनेर उम्कने वा कसरी आफ्नो सुरक्षा गर्ने भन्ने कुरा सिक्न उनीहरूलाई सहयोग गर्नुपर्छ ।

सुस्तमनस्थितिका महिला तथा किशोरीहरूलाई यौनसम्पर्कबाट सर्ने रोगहरू र गर्भधारण बारे पनि राम्ररी बताउनुपर्छ । यसबाट कसरी जोगिने भन्ने जानकारी दिनुपर्छ (पेज २६३ र २२६ हेर्नुहोस् । तर सुष्तमनस्थितिका महिला र किशोरीहरूलाई कैदीलाई जस्तो व्यवहार कदापि गरिनु हुन्न । सुरक्षित रहेको अवस्थासम्म उनीहरूलाई घरबाहिर वा बजार वा खेतबारीमा जान दिनुपर्छ ।

परिवर्तनका लागि गर्न सकिने कामहरू

अपाङ्गता भएका महिलाहरूको जीवनस्तर उकास्नका निमित्त उनीहरूलाई स्वास्थ्य शिक्षा तथा स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने क्षमता र रोजगारीको अवसर चाहिन्छ । यी चिजहरूको प्राप्तिका लागि सबभन्दा पहिला त अपाङ्गता भएका महिलाहरूको समूह निर्माण गरिनुपर्छ । समुदायमा परिवर्तन गरेर सबैको जीवनलाई उकास्न सक्ने निर्णय गरिनुपर्छ । समूहमा बसेर समुदायभित्र सबैको जीवनलाई उकास्न के-के कुराहरूमा परिवर्तन गर्न सकिन्छ भनेर निर्णय लिन सकिन्छ ।

केही सुभावहरू

  • लेखपढ गर्न नसक्ने महिलाहरूका लागि साक्षरता कक्षा सुरु गर्नुहोस्।
  • आयआर्जन हुने परियोजनाहरूको थालनी गर्न (कम ब्याज दरको ऋण वा अनुदानबाट) कोष खडा गर्ने प्रयास गर्नुहोस्। यसले रोजगारीको सिर्जना गर्नसक्छ ।

समूहका रूपमा, स्थानीय प्रशासन निकाय) मा निम्न मागहरू गर्नुहोस् :

  • गाउँमा खानेपानीको आपूर्ति, स्वास्थ्य चौकी र विद्यालयको निर्माण गरेर अन्धा तथा बहिराहरूलाई यी सेवाहरू सुगम र सुलभ बनाइयोस्।
  • अपाङ्गताबारे बढी जानकारीका निम्ति पाउन सकिने पुस्तकालय स्थापना गर्न सहयोग गरियोस्।
  • अपाङ्गहरूलाई उचित सहयोग र आवश्यक उपकरणहरू उपलब्ध गरियोस्। समूहले के गर्नसक्छ भन्नेबारे अरू स्पष्ट हुन घाना देशका महिला समूहको कार्य हेरौं :

यस समूहमा आबद्ध भएपछि हामीले जीवनको एउटा नयाँ मूल्य, अर्थपूर्ण बाटो र आफ्नो अधिकारका ल सङ्गठित हुने एउटा अवसर पाएका छौं ।

सबैजसो सदस्यहरूले बुन्ने, सिउने, मैनबत्ती ब जुत्ता मर्मत गर्ने, डालो बुन्ने र टाइप गर्नेजस्ता सी सिकेका छौं ।

हाम्रा अन्य कार्यकलापहरू यस्ता छन् :

  • अपाङ्गता भएका महिलाहरू सामुदायिक गतिविधिमा संलग्न हुने ।
  • अपाङ्गता भएकाहरूलाई सहयोगी (उपयोगी) हुनसक्ने सामग्री र अवसरको छनोटका लागि अविभावक तथा शिक्षकहरूसँग छलफल गर्ने ।
  • सदस्यहरूलाई आवश्यक पर्ने हिवलचियर, काम गर्ने उपकरण र अपाङ्गतालाई सहयोगी हुने सामान (Disability aids) उपलब्ध गराउन अन्य सहयोग प्राप्तिका लागि आवश्यक आर्थिक स्रोतको खोजी गर्ने ।अपाङ्गता भएका महिलाहरूबीचको मित्रता र विश्वासले अनेक नयाँ विचारहरू जन्माउँछ । हामी हाम्रै प्रयत्न-बाट उत्साहित भएका छौं र आफ्नै लागि समूह चलाइरहेका छौं । यसले हामीलाई अपाङ्गता भएका महिलाहरूको छबि उज्ज्वल बनाउन मद्दत मिलेको छ ।

माथिका महिलाहरूले जस्तै समूहमा काम गर्दा तपाईंलाई पनि स्वतन्त्र र उत्पादनशील जीवन प्राप्त हुन्छ । आफ्नो इच्छा बेगर तपाईंले घरभित्रै थुनिएर बस्नुपर्दैन । जीवनमा एउट सपना सजाउनुहोस्। त्यो सपना एउटा रोजगारी हुनसक्छ अथवा एउटा कुनै ब्यक्तिसँग राम्रो सम्बन्ध हुनसक्छ अथवा आमा बन्ने चाहना पनि हुनसक्छ । त्यसलाई पूरा गर्न कोसिस गर्नुहोस्।

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate