होम / स्वास्थ्य / खानी उत्खनन र स्वास्थ्य / खानी उत्खनन र स्वास्थ्य समस्याहरू
सेयर
Views
  • State: Open for Edit

खानी उत्खनन र स्वास्थ्य समस्याहरू

यो भागमा खानी उत्खनन र स्वास्थ्य समस्याहरू जानकारी दिइएको छ

मानिसहरूले धातुहरू जस्तैः सुन, चाँदी र तामा, बहुमूल्य पत्थरहरू जस्तैः हिरा, मोती तथा खनिजहरू जस्तैः युरेनियम , एस्बेस्टस , कोइला, बालुवा र नूनका लागि पृथ्वीमा खानी उत्खनन गर्दछ । सबै खानीहरू खतरनाक हुन्छन् र खानीका मजदुरहरूका लागि आफ्नो स्वास्थ्य र वातावरणको सुरक्षाको साथै जीविकोपार्जनका लागि अत्यन्तै गाह्रो हुन्छ । तर खानी उत्खनन सुरक्षित उपायहरू छन् र खानी उद्योगलाई कम हानी गराउन लगाउन दबाव दिने उपायहरू पनि छन् ।

ठूला निगमहरूका साथै स्थानीय मानिसहरूले सञ्चालन गरेका साना खानी उद्योगहरूले धेरै ठूला इउभल(एष्त क्गचाबअभष्लभक वा म्भभउ ग्लमभचनचयगलम गरेर उत्खनन गर्दछन् । ठूला ठूला उत्खननले धेरै ठूलो क्षति गर्दछ किनभने यसमा ठूलो मात्रामा जमीन मास्नु पर्दछ र साथै ठूलाठूला खाल्डाहरू र सुरुङ्गहरू उत्खननु पर्दछ र जमीनबाट धेरै माटो हटाउनु पर्दछ । तर साना उत्खनन कार्यले पनि मानिस र वातावरणमा असर गर्न सक्दछ ।

उत्खननको प्रकृति, उत्खनन कार्यको स्थान, प्रकार र आकार अनुसार भिन्न हुन्छन् । उत्खनन्बाट स्वास्थ्य र दीर्घकालीन असरलाई बुझेर र सबै उत्खननका हानीलाई कम गर्न पूर्वचिन्तन गरेर, उत्खनन मजदुर तथा अन्य व्यक्तिहरूले आफ्नो स्वास्थ्यलाई जोगाउनुका साथै सुधार्न सक्दछन् ।

खानी उत्खनन कार्यबाट हुने स्वास्थ्य समस्याहरू

खानी उत्खननले गम्भिर समस्याहरू निम्त्याउँदछ जस्तैः आगलागि, विष्फोट वा खानी मजदुर सुरुङ्ग भित्किएर खानी मजदुर तथा खानी नजिकका समुदायका मानिसहरूलाई असर गर्दछ । उत्खनन कार्य धेरै समय अघि नै भैसकेका क्षेत्रहरूमा पनि मानिसहरू अहिलेसम्म पनि माटो र पानीमा बाँकी रहेका उत्खननका विकारहरू र रसायनको कारणले विभिन्न स्वास्थ्य समस्याहरूबाट प्रभावित भैरहेका छन् । उत्खनन कार्यले स्वास्थ्यमा विभिन्न प्रकारले क्षति पु¥याउँदछ ।

  • धुलो, रसायनिक चुहावट हानिकारक धुँवा वा वाफ, गह्रौं धातु र विकिरणले मजदुरहरूलाई हानी पु¥याउनुका साथै दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न गराउँदछ ।
  • गह्रौं भारी उचाल्दा तथा कठिन शारीरिक परिश्रम गर्दा पाखुरा, खुट्टा र ढाडको समस्या हुन सक्दछ ।
  • वा अन्य कम्पन उत्पन्न गराउने मेसिनहरूको प्रयोगले स्नायु र रक्त सञ्चारमा हानी पु¥याउँदछ र चेतना हराउने अत्यन्त खतरनाक संक्रमणहरू जस्तैः मांसपाक र मृत्यु पनि गराउन सक्दछ ।
  • ठूलो ध्वनी, मेसिनहरूबाट आउने लगातार आवाजले श्रवणशक्तिमा समस्या उत्पन्न गराउनुका साथै बहिरो पनि बनाउन सक्दछ ।
  • प्रशस्त मात्रामा पानी नपिइकन चर्को घाममा काम गर्नाले गर्मीबाट विरामी पनि हुने हुन्छ । यसका लक्षणहरूमा रिंगटा लाग्ने, कमजोरीपन, मुटुको ढड्कन तेज हुनु, ज्यादै तिर्खा लाग्नु र बेहोस् हुनु आदि ।
  • दिनको लामो समयसम्म भूमिगत रूपमा निकै कम प्रकाशमा काम गर्नुबाट हेर्ने शक्तिमा ह्रास् आउँछ ।
  • जब प्रदूषण र पानीका स्रोतहरूको अत्याधिक प्रयोगले धेरै स्वास्थ्य समस्या उत्पन्न गराउँदछ ।
  • जमीन र माटो बिगार्नाले खानेकुराको अभाव तथा भोकमरी हुन्छ ।
  • खानी उत्खनन नजिककैका एयधभच एबिलत र उद्योगहरूबाट हुने वायु प्रदूषणले खतरनाक बिरामी गराउँदछ (अध्याय १६ हेर्नुहोस्) ।

सामाजिक समस्याहरू

जब मानिसहरूले खतरनाक अवस्थामा खानी उत्खनन कार्य गर्दछन् र विषाक्त रसायनहरूको सम्पर्कमा आउँछन् यसले मानिसहरूको स्वास्थ्यमा सिधै प्रभाव पार्दछ । साथै यसबाट उत्पन्न सामाजिक समस्याहरूबाट पनि मानिसहरूको स्वास्थ्यमा असर गर्दछ । उत्खनन कार्य थोरै योजना र सावधानीमै तुरुन्तै विकास हुने गर्दछ । प्रायः यसले थुप्रै समस्याहरू उत्पन्न हुन्छन् । लोग्ने मानिसहरू खानीमा कामको खोजीमा पुग्छन्, आम्दानीको आवश्यकता भएका आइमाईहरूसँग शारीरिक सम्पर्क कायम गर्छन् र यस सम्पर्कले एच.आई.भी.÷एड्स र अन्य संक्रमण रोगहरू सर्ने गर्दछ । उत्खननबाट उत्पन्न आकस्मिक धन र गरिबी सँगसँगै प्रायः महिला र बालबालिकामा अपराध, खानी मालिकहरूबाट मजदुरहरूप्रति दुव्र्यवहार हुने र स्रोत कब्जाका लागि झैझगडाहरू पनि बढ्ने हुन्छ । धेरै मानिसहरू यस्ता उत्पात वा अपराधका कारणले समुदाय छोड्न बाध्य हुन्छन् किनभने तिनीहरूलाई खानी सञ्चालन हुनुपूर्वको जिन्दगी जस्तैः जिउन असम्भव हुन्छ ।

उत्खनन कार्यले लाखौं मानिसहरूलाई जीविकोपार्जन गर्न सहयोग गर्दछ, त्यस्ता ठाउँहरूमा पनि जहाँ आम्दानीका केहीमात्र अन्य स्रोतहरू छन् । तर जमीन प्राप्तिले सधैं खानी मजदुरहरूलाई धनलाभ हुन्छ भन्न सकिंदैन । जमीनका अन्तिम चिजहरूको पनि विनास गर्ने र हरेक मजदुरहरूको स्वास्थ्य विनास गर्ने र मानवअधिकारको हनन् गर्ने तथा उत्खनन, समुदायको वातावरणलाई हानी गर्ने खानी उद्योगको स्वभाव हो ।

खस्केको जीवनलाई सुधार्न र आफ्ना मानव र वातावरणीय अधिकारका लागि लड्न मजदुर संगठन बनाउनु वा त्यसमा सहभागी हुनु मजदुरहरूका लागि सबभन्दा प्रभावकारी नीति सावित भएको छ । खानी मजदुर संघले खानी मजदुरहरूको स्वास्थ्य सुरक्षाका नियमहरू बनाउन र त्यसलाई लागू गराउन उद्योगहरू र सरकारलाई दबाव दिएका छन् । तर संघहरूले प्रायः उत्खनन र खनिज प्रयोगबाट हुने दीर्घकालीन स्वास्थ्य समस्याहरू समाधान (जस्तैः ऊर्जा उत्पादनका लागि कोइला बाल्दा हुने प्रदूषण) भन्दा जागिर र तलबजस्ता अल्पकालीन आवश्यकता पूर्तिमा मात्रै बढी महत्व दिन्छन् । जब उत्खनन कार्य एकदमै खतरनाक, अस्वस्थ वा प्रदूषणकारी हुन्छ यसलाई बन्द गर्नु पर्दछ । तर खानी मजदुरहरूलाई बेरोजगार र गरिबी मै चाहिं छाड्नु हुँदैन । खानी बन्द गर्ने योजना र मूल्यसँगै तिनीहरूका भलाई र जीविकोपार्जनका लागि योजना पनि समावेश गर्नुपर्दछ ।

बालबालिकाहरूको संरक्षण

प्रायः बालबालिकाहरू आफ्ना परिवारलाई सहयोग गर्न खानीमा काम गर्छन् । घण्टौंसम्म कठिन अवस्थामा काम गर्नु तिनीहरूको लागि खतरनाक हुन्छ जसका कारणले शारीरिक विकासमा नराम्रो समस्या उत्पन्न हुने र हड्डी नरम हुने र विद्यालय जानका लागि समय अभाव हुने गर्दछ । बाल मजदुर अन्तर्राष्ट्रिय कानूनमा गैरकानूनी मानिन्छ ।

खानी बाल मजदुरहरूका लागि विद्यालय र पोषण

भारतमा आमाबुवासँगसँगै प्रायः बालबालिकाहरू पनि गिट्टी कुट्ने काममा जान्छन् । यस्तो पहिलेदेखि नै भइरहेको थियो । शिक्षा र परिवर्तनका लागि संगठनबिना यो सधैं यस्तै रहन्छ ।

भारतको पुनामा गिट्टी कारखानामा काम गर्ने बच्चाहरू कुपोषित र टाउकोदेखि खुट्टासम्म चट्टानका धुलोले छोपेको पाइन्छ । केही सामाजिक कार्यकर्ताहरूले यस्ता बालबालिकाहरूका हितमा काम गर्न सन्तुलन नामक स्वयंसेवकहरूको समूह बनाए । तिनीहरूले बालबालिकाहरूले शिक्षा, राम्रो स्वास्थ्य र बालकपन पाउनुपर्ने आधारभूत अधिकार हो भने यसका लागि तिनीहरूले गिट्टी फुटाउने ठाउँमै विद्यालय सञ्चालन गरे ।

सर्वप्रथम, सन्तुलनले नयाँ शिक्षकहरूलाई तालीम दियो । केही गिट्टी कुट्ने महिलाहरूलाई गीत गाउन र अन्य शिक्षण तरीकाहरू सिकाइयो । साथै उनीहरूलाई कलम, कापी, चक, पाटी र किताबहरू पनि दिइयो । कक्षाहरू सञ्चालनका लागि सन्तुलनलाई केही ढुङ्गाखानीका कामदारहरू आफैंले कक्षाकोठाको व्यवस्था गरे ।

बालकहरू विद्यालय जान थालिसेकपछि, तिनीहरूले दिनको खानाबिना सिक्न नसक्ने कुरा शिक्षकहरूले महसुस गरे । त्यसपछि सन्तुलनले दालभात र उसिनेको अण्डा दिन थाल्यो । यही कारणले अभिभावकहरूले आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन थाले । बच्चाहरूले सिक्न मात्र होइन पेटभरी खान पनि पाए ।

खानीमा विद्यालय सञ्चालनको केही वर्षमै तीन हजारभन्दा बढी बालबालिकाहरू विद्यालय आउन थाले । कोही त परिवारमै पहिलो पढ्ने र लेख्नेमा परे । बालकहरूले गीत गाए, इतिहास पढे र सबैभन्दा बढी तिनीहरूले शिक्षा र बालअधिकारका बारेमा जान्ने अवसर पाए ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

3.33333333333
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top