होम / स्वास्थ्य / खानी उत्खनन र स्वास्थ्य / खानी उत्खनन क्षेत्रमा सुरक्षा र सुधार्न संगठन
सेयर
Views
  • State: Open for Edit

खानी उत्खनन क्षेत्रमा सुरक्षा र सुधार्न संगठन

यो भागमा खानी उत्खनन क्षेत्रमा सुरक्षा र सुधार्न संगठन जानकारी दिइएको छ।

खानी उत्खनन कम्पनी उत्खनन कार्य सुरक्षित बनाउन जिम्मेवार हुन्छन् । सरकार, खानी मजदुरहरू र तिनीहरूका संगठन (युनियन), कम्पनीलाई त्यस्तो गराउनमा जिम्मेवार हुन्छन् । दुर्भाग्यवश धेरैजसो सरकारले स्वास्थ्य, सुरक्षा र वातावरणीय नियम लागू गर्दैनन् । (अनुसूची २ हेर्नुहोस्)

कामदार र समुदायहरूलाई आफूलाई हानीबाट सुरक्षित राख्न अधिकारको आवश्यकता पर्दछ र हानिकारक सामग्रीहरूको सम्पर्क कम गर्न, जानकारी, सुरक्षाका सामानहरूका साथै तालीमको पनि अवश्यकता पर्दछ । खानी मजदुरहरू र समुदायहरूले सम्भव भएसम्म सुरक्षित अवस्था बनाउन प्रायले सुरक्षा आयोग (समिति) गठन गरेका छन् । सुरक्षा समितिले आकस्मिक अवस्थामा चोटपटक लागेका कामदारहरूका लागि यातायतको सुविधा तयार गर्न सक्छन् र दुर्घटनाबाट सबैजसोलाई जोगाउन सक्छन् ।

खानी सञ्चालकहरूले सबै कामदारहरूलाई सुरक्षाका सामग्रीहरू प्रदान गर्नुका साथै राम्रो अवस्थाको व्यवस्था गर्नुपर्दछ । खानी सञ्चालकहरूले हरेक कार्य क्षेत्रमा प्राथमिक उपचारका सामग्रीहरू भएको कुरामा निश्चित हुनुकासाथै सबै कामदारहरूले त्यसको सुविधा पाएको कुरामा ध्यान दिनु पर्दछ । सबै कामदारहरू रसायनहरूबाटै हुने खतराको बारेमा तालीम प्राप्त हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो ।

खानी उत्खननले वातावरणमा कम मात्रै क्षति पु¥याएको कुरामा निश्चित गर्नलाई खानी क्षेत्र नजिकका पानी र हावा प्रदूषणका संकेतहरू निरीक्षण गर्नुपर्दछ । विषाक्त रसायनहरू अत्याधिक धुलो वा अन्य खतराहरूको सम्पर्कमा आउन सक्ने मानिसहरूलाई स्वास्थ्यकर्मीहरूले जाँच गरी स्वास्थ्य समस्याको पहिलो लक्षण देखापर्ने वित्तिकै उपचार गराउनु पर्दछ ।

खानी मजदुरहरूको जीवन सुधार्न संगठन

संसारभरका खानी मजदुरहरूले मजदुर संगठन र समूहहरू बनाएर आफ्नो जीवन, सुरक्षा र स्वास्थ्य स्थिति सुधारेका छन् र साथै उत्खनन कम्पनी र सरकारलाई कानून बनाउन समेत दबाव दिएका छन् । तिनीहरूले खानी मजदुरहरूको स्वास्थ्य र सुरक्षाका लागि अन्तर्राष्ट्रिय नियमहरू लागू गराउन समेत आन्दोलन गरेका छन् । उत्खनन कार्यमा भेदभाव, असुरक्षा वा वातावरणीय खतरा हुँदा खानी मजदुरहरू र अन्य व्यक्तिहरूले आन्दोलनका साथै प्रदर्शन गरेर र खानी बन्द गर्न समेत लगाएका छन् ।

महिला खानी मजदुरहरूले संगठन बनाए

बोलिभियामा महिलाहरूले खानी नजिकका फोहरका थुप्राहरूबाट सुन, चाँदी र फलामका टुक्राहरू संकलन गर्छन् र धेरै महिलाहरू खानी दुर्घटना वा सिलिकोसिसबाट आफ्ना श्रीमान्को मृत्युपछि यी कठिन काम गर्न बाध्य हुन्छन् । महिलाहरू धेरै समयसम्म प्रायः कुनै सावधानीबिना नै यी फोहर दूषित पानीमा काम गर्छन् । यी महिलाहरूलाई विगतमा सरकारले कामदारको रूपमा समेत पहिचान गरेका थिएनन् । तिनीहरू अदृश्य मानिसहरू जस्तै नै थिए ।

एकदिन खानी कम्पनीले ती महिलाहरू काम गरिरहेको फोहरको थुप्रोको बाटो हुँदै विष्फोटन गर्न थाले । ती महिलाहरू आफ्नो एक मात्र आम्दानीको स्रोत ध्वस्त हुनबाट जोगाउन पहाडको माथि चढे । तिनीहरूले विष्फोटन रोक्न सकेनन् तर तिनीहरू आफ्ना अधिकारका लागि लडिरहे ।

तिनीहरूको बर्बादी ल्याएका कम्पनीहरूसँग बढी पैसा माग गर्न तिनीहरूले संगठन बनाए । कम्पनीले पैसा दिन अस्वीकार ग¥यो । तर सरकारले तिनीहरूको संघर्षकाबारेमा जानकारी पायो र बिरामीका कारण काम छाड्न बाध्य भएका महिलाहरूलाई पैसा तिर्न लगाउन कानून पास ग¥यो । यो सानो कदम मात्रै थियो तर सरकारले महिलाहरूको कामलाई पहिचान गरेको भने यो पहिलो पटक थियो । यो सानो विजयले महिला र अन्य खानीका कामदारहरूलाई संगठन र युनियन बनाउन हौसला दियो र न्यायका लागि संगठित बनायो ।

व्यापारिक संगठनहरूलाई उत्तरदायी बनाउने

धेरैजसो उत्खनन कार्यहरू बहुराष्ट्रिय कम्पनीहरूले सञ्चालन गर्छन् जसको केन्द्र खानी क्षेत्रभन्दा धेरै टाढा हुन्छ । यसले गर्दा परिवर्तनका लागि दबाव दिन गाह्रो पर्छ । तर विश्वका मानिसहरू संगठित भएर तिनीहरूको व्यवहार परिवर्तनका लागि यस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई दबाव दिएका छन् ।

खानी बन्द भएपछि

खानी सञ्चालन गर्नु अघि कम्पनीले खानी उत्खननबाट हुन सक्ने वातावरणीय र सामाजिक असरहरूका बारेमा अध्ययन गर्नु जरुरी हुन्छ । यस अध्ययनलाई वातावरणीय प्रभाव मूल्यांकन भनिन्छ । वातावरणीय प्रभाव मूल्यांकनले हानी कम गर्ने उपायका साथै खानी बन्द भएपछि त्यस क्षेत्रको सरसफाईका योजना बनाउनु पर्दछ । साथै वातावरणीय प्रभाव मूल्यांकनले उत्खनन क्रियाकलापबाट हुनसक्ने मानवीय र सामाजिक क्षतिका क्षतिपूर्तिको पनि व्यवस्था गर्नुपर्दछ । जब खानी बन्द गरिन्छ, खानी सञ्चालकका साथै सरकारी उत्खनन अधिकारी त्यस क्षेत्रलाई भविष्यका लागि सुरक्षित बनाउन पुनस्र्थापनाका लागि जिम्मेवार हुन्छ । खानी उद्योग र सञ्चालकहरूले :

  • विषाक्त सामग्रीहरू, मेसिनहरू र खानीका संरचनाहरू हटाउनुपर्छ ।
  • खाल्डाहरू पुर्नुपर्छ, सुरुङ्गहरू थुन्ने, खतरनाक क्षेत्रहरूमा बार लगाउने र ती क्षेत्रहरूमा खतरनाक चिन्ह लगाउनुपर्छ ।
  • चट्टान, खाल्डोको भित्ता र फोहरको थुप्रोहरू स्थायी बनाउन भूक्षय कम गर्न र भत्किन रोक्न सक्नुपर्छ ।
  • माटो पुनस्र्थापना गर्ने र त्यस क्षेत्रलाई स्वस्थ माटो र वनस्पतिले ढाक्ने ।
  • बिग्रेका पानीका संरचनालाई बनाउने ।

केही देशहरूमा उत्खनन कम्पनीहरूले काम शुरु गर्नु अघि केही पैसा (जसलाई धरौटी भनिन्छ) राख्नु पर्दछ । धरौटी तब मात्रै प्रभावकारी हुन्छ जब कम्पनीलाई धेरै हानी हुनबाट जोगाउन धरौटी धेरै राख्दछ । यदि धरौटी जमीनबाट पुनस्र्थापना गर्न र खानीबाट भएका क्षतिको क्षतिपूर्तिभन्दा कम भयो भने कम्पनीले आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैन । कम्पनीले आफ्नो जिम्मेवारी पुरा गरे नगरेको थाहा पाउन केही समुदायहरूले धेरै मात्रामा धरौटीको भर्पाई गर्छन् ।

क्षतिग्रस्त जमीनको पुनस्र्थापना

यदि बाढीले जमीन बिगा¥यो र माटोको माथिल्लो तह बगायो भने यसलाई समयसँगै पुनस्र्थापना गर्न सकिन्छ (अध्याय ११)। तर खानीका फोहर र रसायनहरूले नराम्ररी बिगारेको जमीनलाई पुनःस्र्थापना गर्न धेरै गाह्रो हुन्छ ।

जमीन पुनःस्र्थापना र पुनरोपण गर्नु खानी मालिकहरू र सञ्चालकहरूको जिम्मेवारी हुनुपर्छ । तर खानी वरपरका समुदायहरूले सरकारको सहयोग वा सहयोग बिनानै खानी कम्पनीहरूले आफ्नो जिम्मवारी पुरा गर्न दबाव दिनुपर्छ । उत्खनन गरिएका जमीन पुनस्र्थापना र पुनरोपनका लागि विषाक्त फोहरहरू पखालिन वा हावामा मिसिनबाट जोगाउनुपर्छ र अम्लिय खानीका फोहरहरू बग्नबाट जोगाउनु पर्छ । जमीन स्वस्थ्य अवस्थामा पुनस्र्थापना गर्न धेरै वर्षसम्म काम गर्नुपर्दछ । यदि जमीन सुरक्षित एवं जिम्मेवारीपूर्वक उत्खनन गर्न सकिन्न भने यसलाई उत्खनन गर्नु हुँदैन ।

जिम्मेवारीपूर्ण खानी उत्खनन

विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरूले अहिले “दिगो उत्खनन” प्रचारमा लागेका छन् । तर ठूलो उत्खनन कार्य सधैं विनाशकारी हुन्छन् र सुरक्षितसाथ उत्खनन गर्न सकिने खानीहरू थोरै मात्रै छन् । उत्खनन ूद्यययm बलम द्यगकतू उद्योग हो जसको अर्थ नयाँ खानी भेटिदाँ ठूलो धनराशी प्राप्ति हुनसक्छ तर यससँग खनिज सकिएलगत्तै गरिबीको शुरुवात हुन्छ । त्यसैले अहिलेसम्म दिगो उत्खनन भन्ने जस्तो कुनै चिज छैन । उत्खनन दिगो तरीकाले गर्न नसकिने भएकाले यसलाई कम खतराजनक र कामदार र समुदायलाई बढी लाभदाय बनाउन सकिन्छ ।

वातावरणीय र सामाजिक योजनाको विकास

सबै उत्खनन कार्यहरूसँग वातावरण र सामुदायिक आवश्यकतालाई समर्थन गर्ने किसिमको योजना समावेश हुनुपर्दछ । खानी कम्पनीहरूले थोरै खर्चमा धेरै कमाई गर्न खोज्छन्, त्यसैले यस्ता किसिमका योजना बनाउन खानी सञ्चालकहरूलाई समुदायले दबाव दिनु जरुरी हुन्छ । योजनालाई प्रभावकारी बनाउन, समुदायका मानिसहरू निर्णायक टोलीमा सम्मिलित हुनुपर्दछ । एउटा जिम्मेवार योजनामा :

  • समुदायको सहभागितामा वातावरणीय प्रभाव मूल्यांकन गराउनु पर्दछ ।
  • सामाजिक कार्यहरू जस्तैः स्वास्थ्य चौकी, विद्यालय, सफा पिउने पानी, सरसफाइ र अन्य आवश्यक सुविधाहरू सम्मिलित हुनुपर्दछ ।
  • खानी मजदुरहरू, तिनीहरूका परिवारहरू र प्रभावित समुदायहरूका लागि दीर्घकालीन स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्दछ ।
  • खानी बन्द गर्न, जमीन पुनस्र्थापना गर्न र खानी मजदुरहरूका लागि सुरक्षित र दिगो कामको व्यवस्था गर्न योजना हुनुपर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

3.5
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top