होम / ऊर्जा / नीतिगत सहायता / जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशन योजनाको सुरुवात
सेयर
Views
  • State: Open for Edit

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशन योजनाको सुरुवात

यस भागले जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशन योजना बारे जानकारी दिईएको छ।

भूमिका

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशन योजनाको सुरुवात २००९ मा जलवायु परिवर्तनमा राष्ट्रिय कार्य योजनाको एक हिस्साको रूपमा गरियो। यस मिशनको लक्ष्य २०२२ सम्म २० हजार मेगावाट क्षमता वाला ग्रिडबाट जोड्न सकिनेखाले सौर बिजुलीको स्थापना अनि २ हजार मेगावाटको समतुल्य गैर-ग्रिड सौर संचालनको निम्ति नीतिगत कार्य योजनालाई बिकास गर्नु हो। यसमा सौर तापीय तथा प्रकाश वोल्टिय दुवै तकनिकीहरूको प्रयोगलाई अनुमोदन गरियो। यो मिशनको उद्धेश्य सौर उर्जाको क्षेत्रमा देशलाई वैश्विक नेताको रूपमा स्थापित गर्नु हो।

मिशनको लक्ष्य

मिशनको लक्ष्य यस प्रकार छन्-

  • २०२२ सम्म २० हजार मेगावाट क्षमतावाला ग्रिडसँग जोडिएको सौर बिजुली निकाल्नु,
  • २०२२ सम्म दुइ करोड सौर लाइट सहित २ हजार मेगावाट क्षमतावाला गैरग्रिड सौर संचालनको स्थापना
  • २ करोड वर्ग मिटरको सौर तापीय संग्राहक क्षेत्रको स्थापना
  • देशमा सौर उत्पादनको क्षमता बढाउन अनुकुल परिस्थितिको निर्माण अनि
  • २०२२ सम्म ग्रिड समानताको लक्ष्य हासिल गर्नुको निम्ति अनुसन्धान अनि विकासको समर्थन अनि क्षमता विकास क्रियाहरूको बढावा सामेल छन्।

मिशनको चरण

यस मिशनलाई तिन चरणमा लागू गरिनेछ

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशन योजनाको अन्तर्गत निर्धारित गरिएको लक्ष्य चरणबद्ध प्रणाली (चरण-१,२,३) मा छ अनि यसको ब्योरा तल दिईएको छ

चरण

अवधि

संचयी लक्ष्य(वर्गमीटर)

चरण-१

वर्ष २०१३ सम्म

७० लाख

चरण-२

वर्ष २०१३-१७ सम्म

१.५० करोड

चरण-३

वर्ष २०१७-२२ सम्म

२ करोड

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशनको पहिलो चरणको लक्ष्य

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशनको पहिलो चरणको लक्ष्य यस प्रकार थियो

  1. १००० मेगावाट ग्रिडसँग जोडिएको बिजुली संयन्त्र
  2. २०० मेगावाट ग्रिडबाट स्वन्तन्त्र सौर उपकरण
  3. ७० लाख वर्ग मिटरमा फैलिएको सौर उष्मिय संग्रहक क्षेत्र

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशनको अन्तर्गत नवीन अनि नवीकरणीय उर्जा मन्त्रालय विकेन्द्रीकृत सौर उपकरणहरू जस्तो कि प्रकाशको उपकरण, पानी तातो गर्ने उपकरण वा सौर कुकरमा ३० प्रतिशत अनुदान दिन्छ। प्रकाश दिने उपकरणहरूमा यो अनुमानको सीमा ८१ रुपिया प्रति वाट सम्म मात्र छ। संग्रहक क्षेत्रको उपकरणमा ३००० देखि ३३०० रुपिया प्रति वर्ग मिटरसम्म छ अनि सौर कुकरको निम्ति संग्रहक क्षेत्रको प्रति वर्ग मिटरमा ३६०० रुपिया छ। ग्रामीण क्षेत्रको निम्ति पनि यो लागू हुनेछ।

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशनको पहिलो चरण

मिशनको चरण-१ पुरा गरिएको छ अनि चरण-१को अन्तसम्म प्राप्त उपलब्धिहरू ७.००१ मिलियन वर्गमिटर हो।विद्युत,कोइला तथा नवीन अनि नवीकरणीय उर्जा राज्य मन्त्र (स्वतन्त्र प्रभार) श्री पियूष गोयलले लोकसभामा यो जानकारी दिए। चरण-१को अन्तसम्म प्राप्त उपलब्धि ७.००१ मिलियन वर्गमिटर हो।

पहिलो चरणको निम्ति लक्ष्य (२०१०-१३)

पहिलो चरणको उपलब्धि यस प्रकार छन्

 

अफ-ग्रिड सौर अनुप्रयोगहरूको आवन्टन

 

२०० मेगावाट २५२.५ मेगावाट

 

ग्रिड सौर उर्जा १,१०० मेगावाट

 

१,६८४.४३५५ मेगावाट

सौर तापक संग्राहक (एसडब्लूएचएस) सौर खान पकाउने, सौर चिसो,औद्योगिक प्रक्रिया अनुप्रयोग आदि)

७० लाख वर्गमिटर ७0.01 लाख वर्गमिटर

यो योजनाको निम्ति वित्त वर्ष २०१०-११ देखि २०१२-१३मा कुल १७९३.६८ करोड रुपियालाई आवंटित गरियो जसमा १७५८.२८ करोड रूपियाको राशिको उपयोग पहिलो चरणमा गरियो।

कार्यक्रम बढावा दिनुको निम्ति उठाइएको अन्य कदम

जवाहरलाल नेहरू राष्ट्रिय सौर उर्जा मिशनको अफ ग्रिड तथा विकेन्द्रीकृत सौर उर्जा अन्तर्गत मन्त्रालय २७ रुपिया प्रति डब्ल्यूपीबाट १३५ रुपिया प्रति डब्ल्युपीको बिच सौर उर्जा पीवी प्रणाली तथा बिद्युत संयन्त्रहरूको स्थापनाको निम्ति ३० प्रतिशत पूंजीगत सब्सिडी प्रदान गर्दछ। विशेष श्रेणीको राज्यहरू अर्थात पूर्वोत्तर राज्यहरू, सिक्किम, जम्मु अनि कश्मिर, हिमाचल प्रदेश अनि उत्तराखण्ड, लक्षदीप अनि अन्डमान निकोबारद्विपको निम्ति मन्त्रालय सरकारी संगठनहरू (वाणिज्य संगठनहरू अनि कोर्पोरेसनको निम्ति होइन) हेतु ८१ रुपिया प्रति डब्ल्युपीको बिच ९० प्रतिशत पुँजीगत सब्सिडी प्रदान गर्छ। नवीन अनि नवीकरणीय उर्जा मन्त्रालय, सौर जल तापको प्रणाली, सौर लाल्टिन, घर अनि सडकहरूको लाइटहरू तथा पीवी पावर प्लान्टो जस्तै सौर फोटो वोल्टेइक प्रणालीहरूको निम्ति ३० प्रतिशतसम्मको केन्द्रिय वित्तीय सहायता (सिएफए) उपलब्ध गराउँदैछ। यो सीएफए पुरा देशको निम्ति एक समान हो, तर विशेष श्रेणीको राज्यहरू-केन्द्रशासित प्रदेश, द्विपहरू अनि अन्तराष्ट्रिय सीमासँग जोडिएको जिल्लामा सौर तापक प्रणालीको निम्ति सीएफए ६० प्रतिशतसम्म अनि केहि श्रेणीहरूको सरकारी संस्थानहरूको निम्ति सौर फोटो वोल्टेइक प्रणालीहरू को निम्ति यो ९० प्रतिशत सम्म छ।

जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशन (जेएनएनएसएम) को अन्तर्गत विभिन्न कार्यान्वित स्किम जवाहरलाल नेहरू राष्ट्रिय सौर मिशन (जेएनएनएसएम) को अन्तर्गत पहिलो अनि दोश्रो चरणमा विभिन्न स्किमहरूलाई कार्यान्वित गरिँदैछ।

  • अफ-ग्रिड अनि विकेन्द्रीकृत सौर अनुप्रयोग
  • जेएनएनएसएमको चरण-, ब्याच-१ अनि २ को अन्तर्गत नयाँ ग्रिडताप) संबद्ध ओउर विद्युत परियोजनाहरू ( विद्युतको साथ मिश्रण)
  • रूफटप पीवी अनि लघु सौर विद्युत उत्पादन कार्यक्रम (आरपीएसएसजीपी)
  • जेएनएनएसएमको ब्याच-१, चरण-२ (ब्यवहार्यता अन्तराल निधिसंबद्ध सौर- अन्तर्गत नवीन ग्रिड विद्युत परियोजनाहरु।

ग्रिड-संबद्ध सौर विद्युत परियोजनाहरू सुरु गरिएको क्षमताको राज्यभरिको स्थितिको ब्योरा निम्न प्रकार छन्-

जेएनएनएसएमको अन्तर्गत ग्रिड-संबद्ध सौर विद्युत परियोजनाहरूलाई सुरु गरिएको स्थितिक

क्र.सं.

राज्य/संघ राज्य क्षेत्र

सुरु गरिएको कुल क्षमता

1

आंध्र प्रदेश

२३४.८

2

अरूणाचल प्रदेश

०.०३

3

छत्‍तीसगढ़

७.६०

4

गुजरात

९१९.०५

5

हरियाणा

१२.८०

6

झारखंड

१६.००

7

कर्नाटक

५७.००

8

केरल

०.०३

9

मध्‍य प्रदेश

३५३.५८

10

महाराष्‍ट्र

२८६.९०

11

ओडिशा

३१.५०

12

पंजाब

५५.७७

13

राजस्‍थान

८३५.५०

14

तमिलनाडु

१०४.२०

15

उत्‍तर प्रदेश

२.५१

16

उत्‍तराखंड

५.००

17

पश्चिम बंगाल

७.२१

18

अंडमान और निकोबार

५.१०

19

दिल्‍ली

५.४७

20

लक्षद्वीप

०.७५

21

पुडुचेरी

०.०३

22

चंडीगढ़

२.००

23

अन्‍य

०.७९

 

कुल

२९७०.६६

भारतमा ग्रामीण तथा साथै शहरी क्षेत्रमा जेएनएनएसएमको सौर अफ-ग्रिड अनुप्रयोग योजना अन्तर्गत सौर उज्यालो प्रणालीहरू, सौर पीवी विद्युत संयन्त्र अनि सौर पंप जस्तो एसपीवी अनुप्रयोगको स्थापना गर्नुको निम्ति ३० प्रतिशत पुँजी सब्सिडी प्रदान गर्दैछ।

श्रोत: स्थानीय संचार, पत्र सुचना कार्यालय

2.77777777778
तारा - दर्जा - मदत
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top