होम / ऊर्जा / ऊर्जा प्रविधि / उर्जा संरक्षण
सेयर
Views
  • State: Open for Edit

उर्जा संरक्षण

यस भागमा उर्जा संरक्षणको उपयोगिता अनि घरेलु उपयोग,कृषि,परिवहन प्रणाली अनि अन्य अरू स्थानहरूमा उर्जा संरक्षणसँग जडिएको केहि उपयोगी जानकारी दिईएको छ।

उर्जा संरक्षणको महत्व

गान्धीजीले एकपल्ट भन्नुभएको थियो कि पृथ्वीले हरेक मान्छेको जरुरतहरूलाई पुरा गर्नुको निम्ति पर्याप्त प्रदान गर्छ, तर हरेक मान्छेको लालचलाई पुरा गर्नुको निम्ति होइन। उर्जा संरक्षणको आवश्यकतालाई तल दिईएको तथ्यहरूद्वारा उल्लेखित गरिएको छ:

  • हामी उर्जाको उपयोग त्यसको उत्पादन गर्ने तुलनामा ज्यादा तेजीसँग गर्छौँ-कोइला, तेल अनि प्राकृतिक ग्यास- सबैभन्दा अधिक उपयोगमा आउने गर्छ जसको वर्तमान स्वरूप हजारौँ साल पछि विकसित भएको हो।
  • उर्जा संसाधन सिमित छ- भारतमा संसारको जनसंख्या १६% छ अनि संसारको उर्जा संसाधनहरूको लगभग १% भाग पाइन्छ।
  • अधिकतर उर्जा श्रोतहरूलाई न पुन: उपयोगमा ल्याउन सकिन्छ न त नाविनीकृत गर्न सकिन्छ। गैर अक्षय उर्जा श्रोतहरूको इन्धन उपयोगमा हिस्सा ८०% छ। यसैले यस्तो भनिएको छ कि आउँदो ४० सालमा हाम्रो उर्जाको सबै श्रोत समाप्त हुनसक्छ।
  • हामी उर्जाको बचत गरेर आफ्नो देशको बहुमूल्य मुद्राको बचत गर्छौं। हामी आफ्नो लगभग ७५ प्रतिशत जरुरतहरूलाई काँचो तेल आयात गरेर पुरा गर्छौं। यो आयातको कुल मूल्य प्रति वर्ष भारतीय रुपियामा लगभग ५०,००० करोड रुपिया सम्म हुन्छ।

एउटा पुरानो भारतीय भनाई छ जो यस प्रकारले वर्णन गर्न सकिन्छ- पृथ्वी, जल अनि वायु हाम्रो आमा बाबा बाट प्राप्त हाम्रो निम्ति एक उपहार होइन तर हाम्रो नानीहरूको निम्ति कर्जा हो। यसैले हामीले उर्जा संरक्षणलाई एक आदत बनाउन जरुरी छ।

घरमा उर्जा संरक्षण

घरमा उर्जाको उपयोग प्रकाश, खाना पकाउनु, हिटिंगको निम्ति अनि अन्य घरेलु उपकरणहरू संचालनको निम्ति गरिन्छ। केहि तल दिईएका तरिकाहरू उपयोग गरेर यो क्षेत्रमा उर्जाको प्रयोगमा बचत गर्न सकिन्छ-

  • जब उपयोगमा छैन भने लाइट बन्द गर्नुहोस्।
  • ट्युब लाइट अनि बल्ब आदि उपकरणहरूमा जमिएको धुलोलाई नियमित रुपमा सफा गर्नुहोस्।
  • आईएसआई मार्क भएको बिजुलीको उपकरणहरू चलाउनुहोस्।
  • उर्जा बचाउनको निम्ति सिएफएलको उपयोग गर्नुहोस्।
  • दिनको उज्यालोको समयमा भित्र अधिकतम प्रकाश प्राप्त गर्नुको निम्ति खिड्कीहरूमा हल्का रङ, ढिला बुनाई गरिएको पर्दाको प्रयोग गर्नुहोस्।
  • पारम्परिक ट्युबको उज्यालोको स्थानमा T5 उज्यालोलाई उर्जा बचाउनको निम्ति प्रयोग गर्न सकिन्छ।

अल्प उर्जा, अधिक प्रकाश-सिएफएल

  • सामान्यत: भारतमा उपयोग गरिने ल्याम्प, बल्ब एवं अन्य उपकरणहरूद्वारा अधिक उर्जा खपत गरिएको कारण, आज लगभग ८० प्रतिशत बिजुली बेकारमा जान्छ।
  • कॉम्पैक्ट फ्लूरेसेन्ट लाइट (सीएफएल) बल्बको उपयोग गरेर हामी बिजुलीको लागतमा बचत गर्न सक्छौं। सीएफएल बल्बले परम्परागत बल्बको तुलनामा पाँच गुणा अधिक प्रकाश दिन्छ।
  • साथै, सीएफएल बल्बको टिकाउ अरू सामान्य बल्ब भन्दा ८ गुणा अधिक हुन्छ।
  • फ्लूरेसेन्ट ट्यूब लाइट वा कॉम्पैक्ट फ्लूरेसेन्ट लाइट बल्दा कम उर्जा ग्रहण गर्छ अनि ज्यादा गर्मि पनि हुँदैन। यदि हामी ६० वाटको साधारण बल्बको स्थानमा १५ वाटको कॉम्पैक्ट फ्लूरेसेन्ट लाइट बल्बको उपयोग गऱ्यौं भने हामी प्रति घण्टा ४५ वाट उर्जाको बचत गर्न सक्छौं। यसप्रकारले, हामी प्रति महिना ११ युनिट बिजुली बचत गर्न सक्छौं अनि बिजुलीमा आउने खर्चलाई कम गर्न सक्छौं।

यसैप्रकारले, उर्जा संरक्षण गरेर एवं बिजुली खपतमा बचत गरेर, हामी गाउँसम्म बिजुली पुऱ्याउनुमा मदत गर्न सक्छौं जहाँ आजसम्म बिजुली पुगेको छैन।

विवरण

६० वाटको बल्ब

१५ वाटको

बचत

बल्बको पैसा

१० रुपिया

११६ रुपिया

-

वाट

६० रुपिया

१५ रुपिया

४५ रुपिया

टिकाउ रहने अवधि

६ महिना,१ हजार घण्टा

४ वर्ष, ८ हजार घण्टा

 

प्रति वर्ष बिजुली खपत

११५ युनिट

३६ युनिट

७९ युनिट

प्रति वर्ष २.७५ रुपिया प्रति युनिटको दरले

३१६.२५ रुपिया

९९ रुपिया

२१७.२५ रुपिया

चार वर्षको कुल लागत

१२६५ रुपिया

३९६ रुपिया

८६९ रुपिया

श्रोत: आन्ध्रप्रदेश गैर परम्परागत उर्जा विकास लिमिटेड

भोजन पकाउनमा

  • खाना बनाउन ज्यादा उर्जा क्षमता वाला चुल्हाको प्रयोग गर्नुहोस्।
  • खाना बनाउदा भाँडालाई छोप्नुहोस्। यसले खाना बनाउने समयको उर्जाको बचत हुन्छ।
  • खाना बनाउनु भन्दा पहिला चामललाई भिजाएर राख्नुहोस्।

पुन: चक्रित कागज

कागज बनाउने समयमा पुन: चक्रित कागज कम प्राकृतिक संसाधन अनि कम विषाक्त रसायनको उपयोग गरिन्छ। यो भनिएको छ कि १०० प्रतिशत अवशेष कागजले एक टन कागजको निर्माण गर्न सकिन्छ।

  • यसले लगभग १५ वृक्षहरूलाई बचाउँछ।
  • लगभग २५०० किलोवाट उर्जाको बचत गर्छ।
  • लगभग २० हजार लिटर पानी बचाउँछ।
  • लगभग २५ किलोग्राम वायु प्रदुषणलाई कम गर्छ।

कृषिमा उर्जाको संरक्षण

कृषि क्षेत्रमा उर्जाको उपयोग मुख्य रुपमा सिचाई/पानी बाहिर पम्पिंग गर्नुको निम्ति अनि अन्य कार्यहरूको निम्ति प्रयोग गरिन्छ। मामुली सुधारको साथ प्रभावित गर्ने अनि आईएसआई चिन्हित पम्पहरू द्वारा यो पम्पको दक्षतामा २५ % देखि ३५% सुधारको सम्भावना आउँछ।

  • ठुलो बल्ब चलाउनाले बिद्युत/डिजल बचाउनमा मदत मिल्छ किनकी कुवाबाट पानी बाहिर निकाल्नमा अल्प इन्धन वा उर्जाको आवश्यकता हुन्छ।
  • पाइपमा घुमाउ वा गाँठो जति कम्ति हुन्छ, त्यहि मात्रामा उर्जालाई पनि बचाउन सकिन्छ।
  • किसानले पाईपको उचाइलाई २ मिटरसम्म कम गरेर डिजलको बचत गर्न सक्छन्।
  • पम्प अधिक कारगर तब हुन्छ जब त्यसको उचाइ कुवाको जल स्तरभन्दा १० फिटभन्दा अधिक हुँदैन।
  • राम्रो गुणस्तरवाला पीवीसी सेक्शन पाईपको प्रयोग गर्नुहोस् कि २० प्रतिशत सम्म उर्जा वा बिद्युतलाई बचाउन सकियोस्।
  • निर्माणकर्ताको निर्देशानुसार पम्प सेटमा नियमित रूपमा तेल वा ग्रीजको प्रयोग गर्नुपर्नेछ।
  • वोल्टेज वा उर्जा संरक्षणको स्थितिलाई सुधार्नको निम्ति मोटर सहित उपयुक्त आईएसआई मार्कवाला कैपासिटरको प्रयोग गर्नु पर्छ।
  • दिनको समयमा बल्बलाई बन्द राख्नुहोस्।

सम्बन्धित श्रोत

1.Energy conservation tips

3.05263157895
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top