सेयर
Views
  • State: Open for Edit

उर्जाको श्रोत

उर्जा विभिन्न प्रकारको श्रोतहरूबाट प्राप्त हुन्छ। यो भागमा विभिन्न प्रकारको नवीनिकृत अनि अनवीनीकृत उर्जाको श्रोतहरू,त्यसको उपयोग, लाभ अनि हानिको संक्षिप्त जानकारी दिईएको छ।

उर्जा के हो?

ग्रामीण क्षेत्रमा उर्जाको माग दिनौदिन बढ्दै जादैछ। वर्तमान समयमा उर्जाको उपयोग मूख्य रुपमा खान बनाउनु,प्रकाशको व्यवस्था गर्नु अनि कृषि कार्यमा गरिदैछ। ७५ प्रतिशत उर्जाको खपत खान बनाउनु अनि प्रकाशको उपयोगको निम्ति लिईएको छ। उर्जा प्राप्त गर्नुको निम्ति बिजुलीको अतिरिक्त स्थानिय स्तरमा उपलब्ध हुने जैविक इन्धन एवं केरोसिन आदिको पनि उपयोग ग्रामीण परिवारहरूद्वारा धेरै मात्रामा गरिएको छ। कृषि क्षेत्रमा उर्जाको उपयोग मुख्यतः पानी निकाल्ने कामको निम्ति गरिन्छ।

भारतमा उर्जाको चलनको वर्तमान स्थिति

भारतको लगभग ७० प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बस्छन्। यदि हामीले वर्तमान विकासको गतिलाई निरन्तर राख्नु छ भने ग्रामीण उर्जाको उपलब्धतालाई सुनिश्चित गर्नु सबैभन्दा महत्वपूर्ण चुनौती हो। अहिलेसम्म हाम्रो देशको २१ प्रतिशत गाउँ तथा ५० प्रतिशत ग्रामीण परिवारहरूसम्म बिजुली पुग्नु सकेको छैन।

ग्रामीण अनि शहरी क्षेत्रबिचमा प्रति व्यक्ति उर्जाको खपतमा धेरै अन्तर छ। उदाहरणको निम्ति ७५ प्रतिशत ग्रामीण परिवार भान्साको इन्धनको निम्ति दाउरामा, १० प्रतिशत गोबर ग्यासमा अनि लगभग ५ प्रतिशत भान्साको गयामा निर्भर छन्। जबकी यसको विपरित, शहरी क्षेत्रमा खान पकाउनुको निम्ति २२ प्रतिशत परिवार दाउरामा, अन्य २२ प्रतिशत केरोसिनमा तथा ४४ प्रतिशत भान्सा ग्यासमा निर्भर छन्। घरमा प्रकाशको निम्ति ५० प्रतिशत ग्रामीण परिवार केरोसिनमा तथा अन्य ४८ प्रतिशत बिजुलीमा निर्भर छन्।

नवीनीकृत उर्जा

अक्षय उर्जा प्राकृतिक प्रक्रियाको तहत सौर,पवन,सागर,पनबिजुली,बायोमास, भूतपिय संसाधन अनि जैविक इन्धन अनि हाइड्रोजनबाट लगातार अन्तर्निहित प्राप्त भइरहन्छ।

सौर उर्जा

सूर्य उर्जाको प्राथमिक श्रोत हो। यसले दिनमा हाम्रो घरमा उज्यालो प्रदान गर्छ, कपडा अनि कृषि उद्पादनहरूलाई सुकाउछ, हामीलाई तातो राख्छ यसको क्षमता यसको आकार भन्दा धेरै ठुलो छ।

लाभ

  • यो एक बाह्रैमासे , प्राकृतिक श्रोत अनि सित्तैको हो।
  • यो प्रचुर मात्रामा उपलब्ध छ।
  • यो प्रदुषण रहित हो।

हानिहरू

  • मौसम परिवर्तनमा आश्रित-यसैले यसको जहिले पनि प्रयोग गर्न सकिदैन।
  • उत्पादकलाई धेरैमात्रामा प्रारम्भिक निवेश गर्ने आवश्यकता हुन्छ।

सौर उर्जाको उत्पादक उपयोग हेतु प्रयोग

सौर्य उर्जाको उपयोग बिजुली उत्पादनको निम्ति गर्न सकिन्छ। सोलर फोटोवोल्टिक सेलको माध्यमले सौर विकिरण सिधै डीसी करेन्टमा परिवर्तित हुन्छ। यस प्रकार, उत्पादित बिजुलीलाई त्यस्तै प्रकारले प्रयोग गर्न सकिन्छ अथवा बेटरीमा स्टोर/जमा गर्न सकिन्छ। सङ्ग्रह गरिएको सौर उर्जाको उपयोग रातमा अथवा त्यस्तो समय गर्न सकिन्छ जब सौर्य उर्जा उपलब्ध भएको हुँदैन।

पवन उर्जा

पवन स्थल अथवा समुन्द्रको चल्ने हावाको एक गति छ। पवन चक्कीको ब्लेड जसमा जोडिएको हुन्छ त्यसलाई घुमाउनाले पवन चक्की घुम्न थाल्छ जसले गर्दा पवन उर्जा उत्पन्न हुन्छ। शाफ्टको यो घुमाउने पम्प अथवा जेनेरेटरको माध्यमबाट भयो भने बिजुली उत्पन्न हुन्छ।

लाभ

  • यो पर्यावरणको अनुकुल छ।
  • यो स्वतन्त्र रूपमा अनि धेरै मात्रामा उपलब्ध छ।

नोक्सान

  • उच्च निवेशको आवश्यकता।
  • हावाको गति एक समान नभएकोले बिजुली उत्पादनको क्षमता प्रभावित हुन्छ।

जैविक भार के हो?

पौधाहरूको प्रकाश संश्लेषणको प्रक्रियाको माध्यम सौर उर्जाको उपयोग बायोमासको निम्ति गर्दछन्। यो बायोमासको उत्पादन उर्जा श्रोतहरूको विभिन्न रूपहरूको चक्रहरू बाट भएर जान्छ। एक अनुमानको अनुसार भारतमा बायोमासको वर्तमान उपलब्धता १५० मिलियन मेट्रिक टन छ।

लाभ

  • स्थानीय रूपमा उपलब्ध अनि केहि हदसम्म धेरै ज्यादा।
  • जिवाश्म इन्धनको तुलनामा यो एक स्वच्छ इन्धन हो। एक प्रकारले जैविक इन्धन,कार्बन डाइअक्साइड लाई अवशोषण गरेर हाम्रो परिवेशलाई पनि स्वच्छ राख्छ।

हानि

  • इन्धनलाई एकत्रित गर्नमा धेरै मेहेनत।
  • खाना बनाउने समयमा अनि घरमा रोशनदानी (भेन्टिलेसन) नभएका कारण गोबरले बनेको इन्धनले वातावरणलाई प्रदुषित गर्छ जसले स्वास्थ्य गम्भीर रूपमा प्रभावित हुन्छ।
  • जैविक इन्धनलाई लगातार अनि पर्याप्त रूपमा उपयोग नगरेको कारण वनस्पतिको नोक्सान हुन्छ जसले गर्दा पर्यावरणलाई हानि पुग्दछ।

जैविक इन्धन

जैविक इन्धन मुख्यतः सम्मिलित बायोमासबाट उत्पन्न हुन्छ अथवा कृषि वा खाद्य वा खान बनाउने अनि वनस्पति तेलहरूको उत्पादनको प्रक्रियाबाट उत्पन्न अवशेष अनि औद्योगिक संसाधनको उद्पादनबाट उत्पन्न हुन्छ। जैविक इन्धनमा कुनै प्रकारको पेट्रोलियम पदार्थ हुँदैन तर यसलाई कुनै पनि स्तरमा पेट्रोलियम इन्धनको साथमा जैविक इन्धनको रूप पनि दिन सकिन्छ।

पानी अनि भूतापीय उर्जापन

बगेको पानी अनि समुन्द्र ज्वार उर्जाको श्रोत हो। जनवरी २०१२ मा लघु पन बिजुलीको संयन्त्रहरूले ग्रिड इन्ट्रेक्टिव क्षमतामा १४ % योगदान दियो।

भूतापीय उर्जा

भूतापीय उर्जा पृथ्वीबाट उत्पन्न गर्मी हो। प्रकृतिमा प्रचलित तातो पानीको फोका हो जो भूतापीय उर्जा श्रोतहरूको उपस्थितिको निम्ति निर्देशकको रुपमा काम गर्छ। भारतमा ३४० भन्दा अधिक तातो पानीको फोका छ जसको दोहन हुनु अहिले बाँकी छ।

नाभिकीय उर्जा

नाभिकीय उर्जा यस्तो उर्जा हो जुन प्रत्येक परमाणुमा अन्तर्निहित हुन्छ। नाभिकीय उर्जा संयोजन (परमाणुहरूको संयोजनबाट) अथवा बिखण्डन(परमाणु-बिखण्डन) प्रक्रिया द्वारा उत्पन्न गर्न सकिन्छ। यसमा बिखण्डनको प्रक्रिया व्यापक रूपमा प्रयोगमा ल्याउन सकिन्छ।

नाभिकीय उर्जाको लाभ

  • नाभिकीय उर्जाको निर्माणमा कार्बन डाइअक्साइड (co2)को अपेक्षाकृत काम मात्रा निक्लिन्छ।यसैले वैश्विक तापन (ग्लोबल वार्मिंग) मा नाभिकीय उर्जाको निर्माणको अपेक्षाकृत कम यागदान रहन्छ।
  • मात्र एक इकाईद्वारा नै धेरै मात्रामा बिजुली निकाल्न सकिन्छ।

नाभिकीय उर्जाको दोष

नाभिकीय उर्जाको दोष

  • रेडियो सक्रिय अपशिष्ट पदार्थहरूको सुरक्षित निबटानको समस्या।
  • दुर्घटना भयो भने ठुलो खतरा तथा त्यसको गहिरो हानिकारक प्रभावको सम्भावना।
  • यसमा प्रयुक्त काँचो पदार्थ युरेनियम एउटा दुर्लभ संसाधन हो। एक अड्कल अनुसार वास्तविक माग अनुसार यो ३० देखि ६० वर्षमा नै सकिन्छ।

अनवीनीकृत उर्जा

कोइला,तेल अनि प्राकृतिक ग्यास उर्जाको नविकरणीय श्रोत हो। पौधाको उत्पादन हजारौँ साल देखि दबिएर बसेको थियो जसलाई बिस्तारै-बिस्तारै पृथ्वीबाट निकालिन्छ त्यसलाई जीवाश्म इन्धन भनिन्छ। जीवाश्म इन्धन आज मुख्य रूपमा चलाउने उर्जाको श्रोत हो।

श्रोत: http://edugreen.teri.res.in

3.45
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top