सेयर
Views
  • State: Open for Edit

हाम्रो शारीरिक रसायन भार

यस भागमा हाम्रो शारीरिक रसायन भार जानकारी दिइएको छ ।

केही रसायन, व्यक्तिको सम्पर्कमा आउने वित्तिकै मानिसको शरीरबाट बाहिर छोडेर जान्छ अरु केही भने बोसोमा रगत तथा हड्डीमा लामो समयसम्म रहिरहन्छ । जस्तो उदाहरणको लागि एकपटकको सम्पर्क पछाडि आर्सेनिक हाम्रो शरीरमा ३ दिनसम्म रहिरहन्छ । अरु रसायनहरू जस्तो विषादी डी.डी.टी. (पृष्ठ १५०) । हाम्रो शरीरमा ५० वर्ष वा त्योभन्दा बढी समयसम्म रहिरहन्छ । रासायनिक शारीरिक भार भनेको विषाक्त रसायनको मात्रा हो जुन कुनै पनि समयमा मानिसको शरीरमा हुन्छ । यो रसायनहरू मात्र हाम्रो शरीरमा हुनाले हामी बिरामी पर्छौ भन्ने होइन । केही व्यक्तिहरू थोरै मात्र रसायन शरीरमा हुँदा पनि बिरामी हुन्छ र अरु जसको शरीरमा बढी रसायन छ तिनीहरू बिरामी नहुन सक्छ । वयस्कहरूमा भन्दा बालबालिकाहरूमा अझ बढी शारीरिक भार हुन्छ । सानो उमेरको कारण थोरै समय मात्र रसायनको सम्पर्कमा आउँदा पनि तिनीहरूको शरीरमा कुनै बचावटको वा शरीरबाट रसायन बाहिर निकाल्ने उपाय विकसित भएको हुँदैन ।

विषाक्त मिश्रण

हाम्रो वातावरणमा धेरै रसायनहरू छन् तर बढीजसो हामी कुनको सम्पर्कमा आउँछौ र कसरी यसको सम्मिश्रणले असर गर्छ थाहै हुँदैन । यो रासायनिक मिश्रणले गर्दा वा कुनै एउटा रसायनको सम्पर्कले गर्दा व्यक्तिको स्वास्थ्यमा असर गरेको हो थाहा पाउन गाह्रो हुन्छ । धेरै जस्तो अवस्थामा एउटा रसायनको असर भन्दा धेरै रसायनको सम्मिश्रण बढी हानीकारक हुन्छ । वैज्ञानिकहरूले प्रत्येक रसायन व्यक्तिको स्वास्थ्यमा कसरी असर गर्छ भन्ने अध्ययन गरे । तर धेरैजसो रासायनिक उत्पादनहरू जस्तो क्लिनर, डाइज, प्लाष्टिक, रंग र गम धेरै रसायनहरूको मिश्रणबाट बनेको हुन्छ । उदाहरणको लागि रंगमा घोलकहरू, विभिन्न तत्वहरू र अरु पदार्थहरू पनि हुन्छ । घोलकले एउटा प्रकारका स्वास्थ्य समस्या ल्याउँछ भने विभिन्न तत्वहरू अर्कै प्रकारको समस्या र दुवै रसायनलाई मिसायौं भने अर्को तेस्रो प्रकारका स्वास्थ्य समस्या ल्याउँदछ जुन एउटा मात्र रसायनले गर्न सक्दैन । उद्योगबाट निस्किने विभिन्न फोहरहरू जस्तो चिम्नीबाट निस्किने धुवाँ अथवा पानी नजिकै थुपारिने रासायनिक फोहरहरूमा पनि विभिन्न प्रकारका रासायनिक मिश्रणहरू हुन्छन् ।

विषाक्त पदार्थहरू कसरी वातावरणमा एक ठाउबाट अर्को ठाउमा फैलिन्छ

धेरै विषाक्त रसायनहरू त्यसको स्रोतबाट हावापानी खाना र दैनिक प्रयोग हुने विभिन्न सामानहरू जस्तो प्लाष्टिक, विषादी र सरसफाइ गर्ने सामग्रीमार्फत् टाढा टाढासम्म जाने गर्दछ । । यीमध्ये केही रसायनहरू लामो समयसम्म वातावरणमा रहिरहन्छ । पृथ्वीमा रहेका प्रत्येक व्यक्तिले विषाक्त रसायनहरू आफ्नो शरीरमा बोकेको हुन्छ । विषाक्त रसायन मानिस र जनावरको बोसोमा र विरुवामा जम्मा भएर बस्छ । जब मानिसहरू र ठुला जनावरहरू (जस्तोः भालु, उल्लु, बाज र ठूला माछा) ले साना माछा, विरुवा, खान्छ, खाद्य चक्र र जालमार्फत् विषादीयुक्त रसायन खाना लिने जनावरको शरीरमा जम्मा भएर बस्दछ ।

गह्रौं धातु

गह्रौं धातुहरू जस्तो सिसा, पारो, क्याडमियम र क्रोमियमको मात्र थोरै मात्रा पनि मानिस, जनावर र विरुवाहरूको लागि हानीकारक हुन्छ । यी गह्रौं धातुहरू वातावरणमा धेरै उद्योगहरू जस्तो तेल निकाल्ने, प्रशोधन गर्ने, छाला उद्योग, भष्मीकरण आदिबाट उत्सर्जन हुन्छ । जब मानिसहरूले श्वासप्रश्वास फेर्छ, धुलो निल्छ, धुवाँ वा छालाको सम्पर्कमा जान्छ वा आँखाभित्र वा रगतले सोस्दछ । यी गह्रौं धातुहरू हानीकारक हुन्छन् । गह्रौं धातुहरू विरुवा र जनावरमा पनि जम्मा भएर बस्दछ र जब मानिसले यसलाई खान्छ त्यसको असर मानिसहरूमा देखापर्दछ ।

गह्रौं धातुको विषको लक्षणहरूः

गह्रौं धातुबाट विषाक्तता बढीजसो एकैपटकमा धेरै मात्रामा विषाक्तताको सम्पर्कमा आउनाले मात्र हुँदैन बरु थोरै मात्रामा लामो समयसम्मको सम्पर्कबाट हुन्छ । प्रारम्भिक लक्षणमा काम्ने, चिडचिडाहट, दिमाग असन्तुलन, थकाई र हात खुट्टाको कमजोरी आदि देखापर्दछ । अरु लक्षणहरूमा टाउको दुख्ने, धमिलो देख्ने, निद्राको समस्या, स्मरणशक्ति घट्नु सोंच्न गाह्रो हुनु । छालामा खटिरा, आँखा र नाक चिलाउने गिजामा रगत आउनु, ओंठमा खटिरा आउनु, दाँत दुख्नु, मुखमा धातुको स्वाद आउनु । मुटुको धड्कन छिटोछिटो हुनु, कमजोरी हुनु । पेट दुख्नु, ढुस्स हुनु, झाडापखाला वा कब्जियत हुनु, धेरै पटक पिसाब लाग्नु । मासु सुनिनु, दुख्नु र जोर्नीहरू बढी रुखो हुनु, हातखुट्टा चिसो हुनु । गह्रौं धातुको विषाक्तताले हाम्रो मृगौला, प्रजनन प्रणाली र अरु गम्भीर लामो समयका स्वास्थ्य समस्या हुन सक्छ ।

महत्वपूर्णः

यदि तपाईलाई गह्रौं धातुबाट विष लागेको शंका लागेमा परीक्षणको लागि स्वास्थ्यकर्मीलाई खोज्ने । यदि तपार्ई दिनदिनै गह्रौं धातुबाट विषाक्तताको सम्पर्कमा हुनु भएमा औषधिले पनि यसको विषाक्तता रोक्न सक्दैन । विषाक्तता रोक्ने एउटै उपाय भनेको यसको सम्पर्कमा नआउनु नै हो । यदि तपाईमा गह्रौं धातुबाट विषाक्तता देखिएमा तपाईको समुदायमा अरुलाई पनि हुन सक्छ । अरु केही पृष्ठले पारोको समस्याको बारेमा छलफल गर्नेछ । अरु गह्रौं धातुले पनि यस्तै खालका समस्याहरू गर्दछ ।

मर्करी (पारो) विषाक्तता

मर्करी पनि एउटा गह्रुङ्गो धातु हो । जब यो खानी, कोइला बालेर र मर्करीयुक्त उत्पादनहरू वातावरणमा जान्छ, यसले गम्भीर स्वास्थ्य समस्याहरू ल्याउँदछ । मर्करी धेरै नै विषाक्त हुन्छ । जब मर्करी खोला, ताल र नदीमा रहेका विरुवाहरूको सम्पर्कमा जान्छ झन हानीकारक रूप मिथाइल मर्करीमा परिणत हुन्छ । एकदमै थोरै मात्र पारोको मात्राले पनि पोखरीमा वा नदीमा रहेका माछाहरूलाई असर गर्न सक्छ । वातावरणमा मिथाइल मर्करीको विष शताब्दीसम्म रहिरहन्छ ।

पारोबाट हुने स्वास्थ्य समस्याहरू

श्वास भित्र लिँदा अथवा छालाले सोसेर लिएर थोरै मात्र पारोको मात्राले पनि नशाहरू, मृगौला, फोक्सो, दिमाग र जन्मसम्बन्धी समस्या उत्पन्न गराउँदछ । यो स्वास्थ्य समस्या देखिन धेरै वर्ष लाग्दछ । मध्यमखाले पारोले ओंठमा, जिब्रोमा, हातखुट्टाका औंलाहरूमा झमझम हुन्छ र हातखुट्टा काम्ने हुन्छ । कुनै अवस्थामा लामो सम्पर्क नभएसम्म यी लक्षणहरू देखा पर्दैन । गम्भीर रूपमा पारोको विषले गर्दा टाउको दुख्ने, स्मरण शक्तिमा ह्रास, यताउता चल्न गाह्रो, कमजोर दृष्टि, धातुको स्वाद आउने, मांशपेसी फुल्ने, दुख्ने र जोर्नी पनि कडा हुने मुटुको धड्कन छिटोछिटो बढ्ने र कमजोरीको अनुभव पनि हुन्छ । पुरुषहरू पारोको सम्पर्कमा आउनले यौन सम्पर्क गर्ने क्षमतामा कमी आउँदछ र बाँझो हुन्छ । महिलाहरू यसको सम्पर्कमा आउनाले महिनावारी नहुने र बच्चा जन्माउने अन्य समस्याहरू हुन्छ । गर्भवती महिलामा थोरै मात्र यसको सम्पर्कले पनि बच्चाको विकासमा समस्या ल्याउँदछ ।

माछामा पारो

मिथाइल मर्करी माछा, जनावर र मानिसमा जम्मा भएर बस्छ । त्यसैले प्रदूषित पानीमा बस्ने माछा खानु धेरै खतरनाक हुन्छ । जुन पानी नुहाउनको लागि भने हानीकारक नहुन सक्छ । थोरै पारो शरीरमा असर नगरीकन पनि लुकेर बस्न सक्छ । यदि हामीले पारोयुक्त खाना खान छोड्यौं भने शरीरमा भएको पारो पनि विस्तारै शरीरमा हराउँदै जान्छ । तर जब शरीरले धान्न सक्ने भन्दा बढी पारो लिन्छौं, पारोले शरीरमा गम्भीर समस्या गर्दछ । माछा प्रोटिनयुक्त स्वादिष्ट खाना हो । माछालाई कहिलेकाहीं दिमागी खाना पनि भनिन्छ किनभने त्यसमा दिमागलाई राम्रो गर्ने चिल्लो पदार्थ हुन्छ । धेरै मानिसहरूको लागि यो एउटा परम्परागत खाना हो तर जब माछा पारो थुपारेको र पारोको खानीमा रहेका पानीबाट समातिन्छ लिइन्छ तब यिनीहरूमा असुरक्षित मात्रामा पारोको अवशेष हुन्छ ।

माछा र सुरक्षित खाना

हामीले माछालाई हेरेर पारो छ वा छैन भन्न सकिन्न किनभने पारो माछाको मासुमा बसेको हुन्छ । कुनै त्यस्तो मासु पकाउने सफा गर्ने उपाय छैन जसले पारोको सम्पर्कबाट बचाउन सक्दछ । कुनै माछाहरू तिनीहरूको खानपानको कारणले गर्दा वा ऐतिहासिक जीवनले गर्दा माछामा थोरै मात्र पारो हुन्छ जुन मानिसलाई खानको लागि सुरक्षित हुन्छ । यदि तपाई खानी खनन् क्षेत्रमा बस्नुहुन्छ भनेः

खानाको लागि धेरै खतरनाक

  • ठूला र बुढा माछा
  • पिँधमा बस्ने माछा जस्तो
  • माछाको अंग विशेष गरी कलेजो
  • मात्र माछा मुख्य खानाको रूपमा

खानको लागि सुरक्षित

  • साना, कम उमेरका माछा र कीरा खाने माछा ।
  • कम माछा, मासु, चिकेन साथै मुसुरो, बोडी, अण्डा, दूध र चीज प्रोटिनको राम्रो स्रोत ।
  • माछा, भात वा आलुसँग मिसाउने । यसले माछामा भएको पारो घटाउँदैन तर तपाईले आफ्नो खानामा लिने माछाको मात्रालाई घटाउन सक्नुहुन्छ ।

गह्रौं धातुबाट हुने विषाक्तताको उपचार

गह्रुङ्गो धातु विषाक्तताको उपचार गर्न धेरै गाह्रो हुन्छ । यसको प्रमुख उपचारलाई भनिन्छ । मा जडिबुटी र औषधि प्रयोग गरेर शरीरबाट पारो बाहिर पठाउँछ । यो विशेष गरेर अचानक यसको सम्पर्कमा आएर हुने पारोको विषको लागि राम्रो हुन्छ । धेरैजसो दैनिक रूपमा लामो समयसम्म सम्पर्कमा आएर हुने विषको लागि यो उपचार उपयोग हुँदैन ।

पोषणयुक्त खानाले पनि शरीरको बचावट गर्छ

जब मानिससँग आवश्यक मात्रामा भिटामिन, क्याल्सियम, आइरन अथवा प्रोटिन खानामा हुँदैन, तिनीहरू गम्भीर रूपमा गह्रौं धातुको विषाक्तताको शिकार हुन्छन् । शरीरले पोषणको अपुग ठाउँमा विषालु गह्रौं धातुले भरिदिन्छ यसले गर्दा अझ बढी बिरामी हुन्छ । गह्रौं धातुलाई शरीरमा छेक्ने वा रोक्ने खानामा, बोडी, सबैखाले अन्न, मासु, अण्डा, रातो पहेंलो र हरियो तरकारी, गाढा हरियो पातयुक्त तरकारी, धनिया, बन्दा र फलफूलहरू पर्दछन् ।

महत्वपूर्णः

मान्छे जसमा गलगाँड हुन्छ वा गम्भीर साइसाइड विषाक्तता हुन्छ उनीहरूले त्यसलाई अझ खराब हुने खाना छोड्नु पर्छ । जस्तो बन्दा र सख्खरखण्ड आदि । कुनै पनि खानाले गह्रौं धातुको असर वा अन्य कुनै सिकायत रसायनको असर उपचार गर्न सक्दैन र तर खानामा सुधार गर्नाले गह्रौं धातुबाट हुने प्रायःजसो खराबीलाई उपचार गर्न मद्दत गर्छ । विभिन्न क्षेत्रहरू जहाँ गरिब मानिसहरू बस्छन् र धेरै गह्रौं धातु र विषालु रसायनको सम्पर्कमा आउँछन् जस्तो खानीसम्बन्धी काम गर्ने समुदाय तिनीहरूको लागि राम्रो उपायमा पोषणयुक्त खानाको कार्यक्रम गर्नुपर्छ जसले तिनीहरूलाई बलियो र बिरामीसँग प्रतिरोध गर्ने क्षमता बढाउँछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.8125
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top