होम / ऊर्जा / पर्यावरण / विषाक्त रसायनबाट असर र व्यवस्थापन / विषाक्त रसायनहरूको त्याग तथा नियन्त्रण
सेयर
Views
  • State: Open for Edit

विषाक्त रसायनहरूको त्याग तथा नियन्त्रण

यस भागमा विषाक्त रसायनहरूको त्याग तथा नियन्त्रण जानकारी दिइएको छ ।

विषाक्त रसायनहरूबाट हाम्रो स्वास्थ्य तथा वातावरणमा पर्ने हानिकारक असरहरूकोबारेमा हामीले बुझेझैं धेरैभन्दा धेरै व्यक्तिहरू यसको नोक्सानीलाई रोकथाम गर्न तथा स्वस्थकर र दिगो उत्पादन गर्ने तरीकाहरूको खोजीका लागि संगठित भइरहेका छन् ।

व्यवसाय मालिकहरू, सरकारी नेताहरू र केही वैज्ञानिकहरूले यस्ता विषाक्त रसायनहरूबाट हुने केही हानि देश विकास तथा प्रगतिका लागि स्वीकार्य हुने ठह¥याएका छन् (ताकि हामीले बिजुली, स्वास्थ्य उपचार, यातायात, कम्प्युटर र अन्य सुविधाहरू पाउन सक्छौं) । तर उनीहरूले हामीलाई के बताउँदैनन् भने यही सुविधाहरू मानिस तथा वातावरणका लागि सुरक्षित तरीकाले उपलब्ध गराउन सम्भव छन् (पृष्ठ ४५८ हेर्नुहोस्) । यस्ता अनावश्यक नोक्सानी स्वीकार्नुभन्दा हामीले विषाक्त रसायनहरूबाट हुने प्रदूषणलाई हरसम्भव भएसम्म रोकथाम गर्न सुरक्षित तरीकाले उत्पादित खानेकुरा, उत्पादित सामानहरू तथा ऊर्जालाई प्रोत्साहन दिने बाटो रोज्नुपर्छ ।

विषाक्त रसायनहरूको त्याग तथा नियन्त्रण

विषाक्त प्रदूषणको प्रभाव रोकथाम सर्तकताका सिद्धान्तहरू (पृष्ठ ३२ हेर्नुहोस्) बाट शुरु हुन्छ जुन कुनै कार्य गर्दा वा केही उत्पादनहरूको प्रयोग गर्दा हुने नोक्सानी वा हानिबारे सोच्ने हुन्छ । हामीले व्यक्तिगत तथा सामुदायिक रूपमै लिइने निर्णयले यस्ता हानि नोक्सानीहरूलाई धेरैभन्दा धेरै कम गर्न सक्ने भएकाले हामीले संगठित तथा व्यक्तिगत फाइदाभन्दा पहिले धनी तथा गरिब सबै मानिसहरूमा हुनसक्ने दीर्घकालीन स्वास्थ्य समस्या तथा वातावरणीय असरहरूबारेमा व्यावसाय मालिक तथा सरकारसँग माग गर्नुपर्दछ ।

हामीले गर्ने धेरैजसो दैनिक कार्यहरूबाट हामी आफै तथा अरु व्यक्तिहरू यस्ता विषाक्त रसायनहरूबाट कति प्रभावित भइरहेका कुरा भर पर्दछ । यस्ता केही दैनिक प्रभावहरूलाई हामीले व्यक्तिगत निर्णयहरूबाट नियन्त्रण गर्न सक्दैनौं । तर हामीले आफैं हाम्रो परिवार र हाम्रो समुदायलाई सुरक्षित तथा स्वस्थ बनाउन यस्ता प्रभावहरूलाई सीमित पार्ने केही वैकल्पिक रोजाईहरू अपनाउन सक्छौं । व्यक्तिगत रोजाईले पनि प्रायः समुदायमा प्रभाव पार्दछ । कुनै एक व्यक्तिको लागि हामीले झेलिरहेको विषाक्तपनको हानिलाई रोकथाम गर्न कत्तिको असम्भव हुँदोरहेछ भनेर चाँडै देख्छौं ।

विषाक्तबाट हुने हानिलाई रोक्न हामीले आफैं शिक्षित हुनुपर्दछ, विषाक्त भनेको के हो र यसले कसरी हानि पु¥याउँदछ भनेर सिक्ने र अरुलाई सिकाउने गर्नुपर्छ । यो पुस्तक पढ्नुहोस्, अरु व्यक्तिहरूसँग छलफल गर्नुहोस् र विषाक्तपनाकोबारेमा जानकारी दिने संस्थाहरूबाट सिक्नुहोस् । विद्यालय, स्वास्थ्य चौकी, कार्यालय क्षेत्र, सामाजिक संस्था वा हाम्रै घरहरूबाट पनि हामीले समुदायलाई विषाक्त र स्वास्थको बारेमा शिक्षा शिक्षा दिन सक्छौं । (विषाक्त पदार्थबारे सामुदायिक छलफल चलाउन पृष्ठ ४६८ मा हेर्नुहोस्)

विषाक्त पदार्थको सम्पर्कमा आउने स्रोतहरूको पत्ता लगाउनेः हाम्रो घर, खानेपानीको आपूर्ति, छिमेकीहरू, कार्यक्षेत्रहरू, विद्यालयहरू तथा क्षेत्रभित्र विषाक्त वस्तुहरूको स्रोत पत्ता लगाउने र आफ्नो समुदायमा विषाक्त प्रदूषणको मूल्यांकन गर्न फोहर गमन ९तचबकज धबपि० (पृष्ठ ३९१) स्वास्थ्य सर्वेक्षण गर्ने (पृष्ठ ५००), प्रदूषण अनगमन गर्न एउटा समूह तयार गर्ने (पृष्ठ ४५६)।

सक्दो विषाक्त पदार्थहरूलाई त्याग्नेः आफूले जानेका विषाक्त पदार्थका स्रोतहरूबाट टाढा रहनुहोस् । सफाई गर्ने पदार्थको लागि वैकल्पिक उपायहरू खोजेर विषाक्त उत्पादनहरूको प्रयोगमा कमी ल्याउने । विषाक्त पदार्थलाई नियन्त्रण गर्न समुदायमा फोहरमैला व्यवस्थापन कार्यक्रम, पानीका स्रोतहरूको संरक्षण जस्ता कार्यक्रमहरूको योजना बनाउने र विषाक्त व्यवसाय हटाउन काम गर्ने अथवा खानेकुराहरू उत्पादन गर्ने क्षेत्र र उद्यान जस्ता सार्वजनिक क्षेत्रहरूमा विषाक्त नियन्त्रण गर्ने । विषाक्त वस्तुहरूको भण्डारण, प्रयोग वा मानिसहरूको बस्ती नजिक निष्काशन नगरिएको कुरामा एक निश्चित हुने । विशेष रूपमा बच्चाहरू, वयस्क, बिरामी र गर्भवती महिलाहरू र नर्सहरू विषाक्त पदार्थहरूको सम्पर्कमा नआउने किसिमले काम गर्ने ।

हामीले श्वास लिने हावा, पिउने पानी छान्न सक्दैनौं अथवा हाम्रा मालिकले हामीलाई काम गर्न लगाउने सामान र हामीले खाने खानेकु्रा र हामीले प्रयोग गर्ने सामानहरू केबाट प्रभावित भइरहेका छन् भन्ने कुराबारे प्रायः हामी अनभिज्ञ हुन्छौं । यसै कारणले विषाक्त प्रयोग र विषाक्त पदार्थको प्रदूषणको भयलाई कम गर्न व्यवसाय र सरकारलाई संगठित गर्नुपर्ने हुन्छ । एकै ठाउँमा काम गर्ने धेरै व्यक्तिहरू केही हानिकारक भएकोमा साझा विश्वास गर्छन् र परिवर्तनका लागि शक्तिशाली भएको विश्वास गर्छन् ।

कम्पनीलाई सफा गर्न हामी दबाब दिन सक्छौं

विषाक्त प्रदूषणको जिम्मेवारी धेरैजसो प्रदूषण गर्ने उद्योगहरू जस्तैः उर्जा केन्द्र, उत्पादन गर्ने, तेल तथा खनिज निकाल्ने आदिमा हुन्छ, जबकि विषाक्त प्रदूषणसँगै जिउने बोझ र त्यसलाई सफा गर्ने काम त्यस समस्यासँग भएका व्यक्तिहरूमा नै पर्दछ । केही समुदायहरू यस्ता जिम्मेवारी अरुमा सार्न सक्षम भएका छन् र निश्चित उद्योग वा कम्पनीहरूले समस्या पैदा गर्दछन् र त्यसको सफाई उनीहरूले नै गर्नुपर्दछ र सुरक्षित उपायहरू अपनाउनुपर्दछ भन्ने देखाएका छन् (समुदायले कम्पनीहरूलाइ सफाईका लागि दबाब दिएका कथाहरूका लागि पृष्ठ ३४४, ४६५, ४८३ र ५२१ हेर्नुहोस्) ।

राम्रो सुरक्षा मापदण्डका लागि सरकारलाई दबाब

जनतालाई प्रदूषणबाट जोगाउने सरकारको जिम्मेवारी हो । तर शक्तिशाली निगमहरू तथा अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरूले उनीहरूलाई यसबाट टाढा रहन वा विषाक्त प्रयोगका नियमहरूबाट पन्छिन दबाब दिन्छन् । प्रायःगरी व्यवसायिक लगानी आकर्षण गर्न संघर्षरत देशहरूमा । जनताको सुरक्षाका लागि कानुन बनाउन र लागू गर्न धेरै समुदायले सरकारलाई दबाब दिनुपर्ने हुन्छ । तर समुदायमा आधारित अभियानहरूले कानुनहरूलाई बदल्न दबाब दिन सक्छन् । साथै विद्यमान वातावरणीय कानुनहरू प्रयोग गर्न सक्छन् ।

सामानहरू उत्पादनमा परिवर्तनका लागि दबाब

धेरै उद्योगहरूले विषाक्त पदार्थ तथा उत्पादन तरीकामा परिवर्तन गर्ने उपायहरूको विकास गरेका छन् । जुन धेरै दिगो तथा मानिसहरूको स्वास्थ्य र वातारणलाई कम क्षति पु¥याउँदछ । स्वच्छ उत्पादन तरीका र व्यवसायलाई प्रयोग गराउने उपायहरूका लागि पृष्ठ ४५८ हेर्नुहोस् ।

प्रयोग शैलीमा परिवर्तन गर्नुहोस्

अन्त्यमा धनीले अत्यन्तै धेरै प्रयोग गर्छन् । थोरै प्रयोग र थोरै खेर फाल्नु, ठिक्कको प्रयोग तर धेरै होइन, यही नै ठूलो समाधानको भाग हो ।

लुकेको खर्च र कसले त्यसलाई व्यहोर्ने ?

विषाक्त पदार्थ उत्पादन तथा प्रयोग गर्ने धेरै उद्योगहरूले मानिसहरूलाई आफ्नो सामानहरू तथा उत्पादनहरू सुरक्षित तथा आवश्यक भएको बताउँछन् । तर यो कुरा सत्य होइन । मानिसहरूले सुरक्षित तथा आवश्यक ठानेका रसायनहरू तथा उत्पादनहरू जस्तैः पी.भी.सी. प्लाष्टिक, लिडयुक्त पेट्रोलियम पदार्थ अथवा कीटनाशक औषधीहरू अहिले ठूलो क्षति पु¥याउने साबित भएका छन् । यदि उद्योगहरूले खोज्ने वा प्रयोग गर्ने मात्रै हो भने थुप्रै रसायनहरूका सुरक्षित विकल्पहरू हुन्छन् ।

औद्योगिक विकासका थुप्रै लुकेका मूल्यहरू हुन्छन् जुन वातावरण र मानिसहरूका स्वास्थ्यमा क्षतिका रूपमा हुन्छन् । यस्ता खर्चहरू हानि पु¥याउने उद्योगहरूले नभई यस्ता विषाक्त पदार्थहरू सहेर बस्ने मानिसहरूले नै व्यहोर्नुपर्ने हुन्छ । अक्सर यस्ता खर्चहरूलाई हटाएर गरिने व्यापारबाट विषाक्त प्रयोग गर्ने उद्योगहरूले आफ्नो नाफा धेरै सुरक्षित तथा अझ बढाएको हुन्छ । यस्ता नाफाहरू प्रायः अत्यन्तै ठूला हुन्छन् । यति ठूला हुन्छन् कि सुरक्षित अभ्यासहरू तथा मानिसहरूको स्वास्थ्य सुरक्षा दिन पर्याप्त हुन्छन् ।

प्रायःजसो औद्योगिक प्रदूषणहरूको अत्यन्तै नराम्रो असरहरू यस्ता प्रदूषणजन्य उद्योगहरूमा काम गर्ने कामदारहरूलाई पर्ने हुन्छ । साथै त्यस्ता उद्योगहरू नजिकै बस्ने सुरक्षित कम प्रदूषित ठाउँहरूतिर जान नसक्ने मानिसहरूलाई पनि असर गर्दछ । धेरैजसो विषाक्त पदार्थहरूबाट हुने स्वास्थ्य समस्याहरूलाई उपचार गर्न सकिंदैन (अध्याय १६ हेर्नुहोस्) । त्यसैले केही व्यक्तिहरूले त्यस्ता महंगा उपचार खर्च व्यहोर्न सके तापनि वा धेरैले व्यहोर्न नसकेतापनि यस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरहरू प्रायः स्थायी हुन्छन् । यसको समाधान गर्ने वास्तविक विधि भन्नु नै विषाक्त पदार्थहरूको प्रयोग निषेध गर्ने र अत्यन्त कडाइका साथ आवश्यक नियमन गर्ने र यसको अरु कुनै सुरक्षित विकल्पहरू छैनन् ।

उत्पादन र विषाक्त फोहरहरूको चक्र

विषाक्त रसायनहरू तथा विषाक्त फोहरहरूको प्रयोग तथा उत्पादनमा उद्योगहरूको जिम्मेवारी भए तापनि हामी सबै चाहे सानो गाउँमा बस्ने होस् वा ठूलो सहरमा बस्ने, सबै विश्वव्यापी रूपमा उत्पादन तथा फोहरले प्रभावित भइरहेका हुन्छौं । संसारभरि मानिसहरूले प्रयोग गर्ने प्लाष्टिकका झोला होस् अथवा कुनै एउटा कम्प्युटर, कार वा मोबाइल फोन बनाउन प्रयोग गरिने विषाक्त पदार्थहरू तथा उत्पादन तरीकाहरू होस्, हामी सबै यस्ता विषाक्त उत्पादन तथा फोहरहरूको विश्वव्यापी चक्रसँग संलग्न भइरहेका हुन्छौं ।

औद्योगिक प्रदूषणका केही साधारण स्रोतहरू

तेल प्रशोधन तथा विद्युतीय बिजुली उत्पादन केन्द्रहरूले विषाक्त रसायनहरू तथा भारी धातुहरूको माध्यमबाट हावा, पानी तथा माटो प्रदूषण गर्दछ । गलाउने प्रविधिहरूले गह्रौं धातुहरू जस्तैः पारा, सिसा तथा डाइअक्सिन जस्ता विषाक्त पदार्थ उत्सर्जन गर्छ । सबै प्रकारका उद्योगहरूले प्रदूषण गर्दछ तर स्वच्छ उत्पादन तरीकाहरू प्रयोग गरेर आफ्नो सुरक्षामा सुधार गर्न सकिन्छ । उद्योगहरूले थुपार्ने फोहरहरूबाट विभिन्न रसायनहरू जमीन तथा भूमिगत पानीमा चुहिने हुन्छ जसबाट धेरै वर्षसम्म खतरनाक समस्याहरू रहन सक्छ । भष्मीकरण यन्त्रले हावा, पानी र जमीनमा विषाक्त रसायनहरू फाल्छ । लघु उद्योगहरू जस्तैः छाला प्रशोधन, भ्भिअतचयउबितष्लन, गार्मेन्ट र ब्याट्री उत्पादन गर्ने उद्योगहरूले पनि प्रदूषण गर्ने तथा खतरनाक स्वास्थ्य समस्याहरू कामदार तथा नजिकै बस्ने मानिसहरूमा पार्ने हुन्छ । सैनिक ब्यारेक तथा युद्ध क्षेत्रहरूमा विकिरण तथा डाइअक्सिनले ध्वंसात्मक प्रदूषणहरू हुने हुन्छ र कयौं पुस्ताहरूसम्म असर हुने किसिमको हानिकारक फोहर छोड्ने गर्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.74074074074
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top