होम / ऊर्जा / पर्यावरण / विषाक्त रसायनबाट असर र व्यवस्थापन / विषाक्त फोहरको असुरक्षित विसर्जन र अन्तर्राष्ट्रिय सम्झौताहरू-विषाक्त व्यापार
सेयर
Views
  • State: Open for Edit

विषाक्त फोहरको असुरक्षित विसर्जन र अन्तर्राष्ट्रिय सम्झौताहरू-विषाक्त व्यापार

यस भागमा विषाक्त फोहरको असुरक्षित विसर्जन र अन्तर्राष्ट्रिय सम्झौताहरू-विषाक्त व्यापार जानकारी दिइएको छ ।

विषाक्त फोहरहरूको असुरक्षित विसर्जन

प्रायः स्वच्छ उत्पादन पद्धति प्रयोग नगर्ने कम्पनीहरूले धेरै मात्रामा विषाक्त फोहरहरू उत्पन्न गर्दछ । केही उद्योगहरू जस्तैः रसायन उद्योग र खनिज तथा तेल उद्योगहरूमा विषाक्त फोहरहरू नै तिनीहरूको ठूलो उत्पादन हुने गर्दछ ।

विषाक्त फोहरहरूको सुरक्षित विसर्जन अत्यन्त महंगो र गाह्रो हुने हुनाले जोखिमयुक्त बिसर्जन नै बढी प्रचलित छ । यस्ता बिसर्जनले गरिब समुदायका मानिसहरूको स्वास्थ्य समस्याको बोझमा आझै अर्को बोझ थपिने कुरामा कुनै आश्चर्य नहोला ।

धेरैभन्दा धेरै व्यवसायहरूले विषाक्त उत्पादनलाई फोहररहित बनाउन केही तथा यसका पूरै भाग पुनःप्रशोधन गर्ने गतिविधिहरू गर्दछन् । तर वातावरणीय मैत्रीपूर्ण गतिविधिहरू जस्तैः पुनः प्रशोधन पनि सावधानीपूर्वक गर्नुपर्दछ ताकि विषाक्त पदार्थहरूले कामदार तथा वातावरणलाई हानि नहोस् ।

उद्योगहरूले फोहरहरू जिम्मेवारीपूर्वक बिसर्जन गरेको निश्चित गर्नु नै एक मात्र राम्रो समाधान हो । वास्तवमा विषाक्त फोहरहरूको समस्या समाप्त गर्न हामीले गर्ने औद्योगिक उत्पादन तरीका बदल्नु पर्दछ । विषाक्त फोहरलाई सुरक्षित तरीकाले विसर्जन गर्ने एक मात्र उपाय भनेको यसको उत्पादन बन्द गर्नु हो ।

व्याट्रीको पुनः नवीकरण

कारमा हुने लिडयुक्त ब्याट्री साधारणतथा यसमा हुने धातुका लागि पुनः नवीकरण गरिन्छ । धेरैजसो ठाउँहरूमा यो एक संगठित औद्योगिक प्रक्रियाको रूपमा गरिंदैन । तर घर तथा करेसाबारीमा गरिन्छ । ब्याट्री पुनःनवीकरणले स्वास्थ्य तथा वातावरणलाई हानि पु¥याउने गम्भीर (सिसा) प्रदूषण निम्त्याउँछ । उच्च स्तरका सिसासँग छोटो अवधिको सम्पर्कले बान्ता आउने, झाडा पखाला लाग्ने, काम्ने, बेहोस हुने तथा मृत्यु समेत हुन सक्दछ ।

केही ठाउँहरूमा साना घरायसी ब्याट्रीहरू छुट्टै लिन्छ र त्यसभित्रको कालो धुलो रंग, मसी र श्रृंगारका वस्तु बनाउन प्रयोग गरिन्छ । यो धुलो एकदमै विषालु हुन्छ र अरु कार्यका लागि यो प्रयोग गर्नु हुँदैन । यो धुलोमा क्याडमियम, सिसा, जिंक, पारो र अन्य विषाक्त गह्रौ धातुहरूले बनाइएको हुन्छ । यदि यो धुलो ९एयधमभच० प्रयोग गर्नुप¥यो भने यसलाई पञ्जा ९न्यिखभक० र मास्कको प्रयोग गरेर मात्र यसलाई चलाउनु पर्छ र यसबाट उत्पन्न फोहर सुरक्षित तरीकाले बिसर्जन गर्नुपर्दछ ।

हानि कम गर्ने उपाय

ब्याट्रीमा हुने विषाक्त चीजहरूको सम्पर्कलाई कम गर्ने उत्तम उपाय भनेको ब्याट्री उत्पादकहरूले प्रयोग गरिएका ब्याट्रीहरू संकलन गर्नु हो र तिनीहरू सुरक्षित अवस्थामा पुनः नवीकरण गरिएको कुरामा निश्चित गर्नु हो । केही देशहरूमा सुरक्षित ब्याट्री पुनः नवीकरणका लागि कानुन बनाएका छन् ।

विद्युतीय सामग्री पुनः नवीकरण

विद्युतीय सामानहरू जस्तैः कम्प्युटर, टि.भी., फोन र रेडियो उत्पादन गर्न धेरै मात्रामा स्रोतहरूको आवश्यक पर्दछ । यस्ता विद्युतीय सामानहरूमा विभिन्न विषाक्त चिजहरू जस्तैः सिसा, क्याडमियम, बयारियम, पारो, ँबिmभ च्भतबचमबलतक, पि.सि.बी.र पि.सि.भी. प्लाष्टिक पाइन्छ ।

यस्ता विद्युतीय सामानहरू अन्तमा फोहर थुपार्ने ठाउँमा फालिन्छ जहाँ यसमा रहेका विषाक्त भूमिगत पानीको स्रोतमा चुहिएर जाने गर्दछ । अथवा यस्ता सामानहरू छुट्टै संकलन गरेर प्रायः हातैले खतरनाक घोलकहरू प्रयोग गरेर पुनः प्रशोधन गरिन्छ । यस्तो काम गर्ने मानिसहरूमा गम्भीर स्वास्थ्य समस्याहरू हुन्छ । त्यस्तै विषाक्त सामग्रीहरू अन्य उत्पादनमा पुगेर पछि विभिन्न स्वास्थ्य समस्या पार्न सक्दछ ।

यसको सुरक्षित उपाय भनेको विद्युतीय सामानहरू उत्पादन गर्ने उद्योगले यसको सुरक्षित पुनः नवीकरणका लागि जिम्मेवारी लिनुपर्दछ र पुनः त्यस्ता उत्पादनलाई कम हानिकारक र दीर्घकालीन बनाउन पुनः प्रशोधन गर्नुपर्दछ र यस्ता विद्युतीय सामानहरू खरीद गर्ने तथा प्रयोग गर्ने मानिसहरूले यसको प्रयोग पश्चात फाल्नुभन्दा संकलन गरेर हानिकारक फोहर घटाउन सक्दछन् ।

विषाक्त व्यापार

वषाक्त व्यापार भनेको विषाक्त फोहरहरू तथा विषाक्त सामग्रीहरू एक देशबाट अर्को देशमा निर्यात गर्नु हो । धनी राष्ट्रहरूले प्रायः यस्ता फोहरहरू आफ्नो देशबाट धेरै टाढा बिसर्जन गर्न खोज्दछ र गरीब देशका सरकार यस्ता कार्य रोक्न प्रायः निर्वल हुन्छन्, त्यसैले प्रायः विषाक्त व्यापार भन्नाले धनी राष्ट्र र धनी समुदायले गरीब देश तथा गरीब समुदायमा हानिकारक फोहर थुप्राउनु हो भन्ने बुझिन्छ ।

स्वास्थ्य तथा वातावरणलाई सुरक्षा पु¥याउने अन्तर्राष्ट्रिय सम्झौताहरूका बाबजुद विषाक्त व्यापार, विश्वव्यापी व्यापारको एक भागको हो । सूर्ती, जीवनाशक विषादी, उन्नत जातका खाद्यान्न, एस्बेस्टेस, सिसायुक्त इन्धन, बिग्रेका विद्युतीय सामानहरू र अन्य उत्पादनहरू हानिकारक भएतापनि प्रायः धनी देशरुबाट गरीव देशहरूमा पठाइन्छ ।

अन्तर्राष्ट्रिय कानुनले यस्ता केही वषाक्त व्यापार निषेध गरेको छ (पृष्ठ ४६७ मा हेर्नुहोस्) । तर थुप्रै स्वास्थ्य तथा मानव अधिकारवादीहरूलाई थाहा भए जस्तैः कानुनले तब मात्रै मानिसलाई सुरक्षा प्रदान गर्दछ जब मानिसहरू संगठितरूपमा त्यसलाई कार्यन्वयन गर्न लागि पर्छ ।

शहरी विकासले विषाक्त फोहर जमीनबाट निकाल्छ

सहरी निर्माणले विषाक्त फोहरलाई थुपार्न सक्छ । दुर्भाग्यवश, विषाक्त फोहरलाई अवज्ञा गर्दैमा यसबाट अछुतो रहन सकिन्न । जब नयाँ विकास योजनाहरू सहरमा थालिन्छ, प्रायः मानिसहरू नयाँ बजार घरहरू, रमाइलो गर्ने ठाउँ र रोजगार पाउने कुरामा बढी उत्तेजित हुन्छन् । तर मुख्यतयाः जब यस्ता विकास योजनाहरू कुनै उद्योग वा सैन्य आधार शिविर नजिकै बनाइन्छ, मानिसहरू जमीन फोहर थुप्राउन प्रयोग नगरियोस् भनेर बढी सतर्क हुनुपर्दछ र यदि योजना बनाइयो भने विषाक्त फोहरहरू सुरक्षित तबरले बिसर्जन गरिनुपर्दछ ।

विषाक्त फोहर विसर्जनका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू

वर्षौसम्म उत्तर अमेरिका र युरोपजस्ता धनी राष्ट्रहरूले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्व युरोपजस्ता देशहरूमा बिना कुनै कानुनी दबाब, विषाक्त फोहरहरू बिसर्जन गर्ने गरेका थिए । अन्तमा गरीव देशका सामुदायिक गतिविधिका साथै वातावरणविद्हरूको विश्वभर साझा दबाबले विषाक्त व्यापार रोक्न अन्तर्राष्ट्रिय सम्झौता बनाउन सफल भए । पहिलो सम्झौता खतरनाक फोहरको ढुवानी र व्यवस्थापनसम्बन्धी बासेल महासन्धि (१९९२) थियो । यो सम्झौता ती वातावरणविदहरू जसले विषाक्त खरानी संसारभरी विसर्जन गर्न डुलेको खिओन समुद्र नामक जहाजको पछि लागेका थिए, तिनीहरूको प्रयासले सफल भएको थियो । बासेल महासन्धिमा सही गर्ने देशहरूले विषाक्त फोहरलाई कम गर्ने, पुनः प्रयोग गर्न र ती फोहरहरूलाई उत्पादन गरिएको ठाउँ नजिकै बिसर्जन गर्नुपर्ने उद्देश्य लिए, नकि त्यसलाई अरु देशहरूमा फाल्ने कुरा स्वीकार गरे ।

२००१ मा ९२ राष्ट्रहरूले दीर्घाई प्रदूषकसम्बन्धी स्टकहोम महासन्धिमा हस्ताक्षर गरे (पृष्ठ ३४०) । यसबाट हुने हानि कम नगरेसम्म यसले १२ वटा सबैभन्दा धेरै हानिकारक प्रदूषकको उत्पादन तथा प्रयोगमा निषेध लगायो र यसको व्यापारलाई गैरकानुनी बनायो । तेश्रो सम्झौता सन् २००४ मा च्यततभचमबm ऋयलखभलतष्यल यल एचष्यच क्ष्लायचmभम ऋयलकभलत पास ग¥यो । यसमा यदि कुनै देशले अरु देशमा हानिकारक रसायनहरू निर्यात गर्नुप¥यो भने त्यस देशलाई सूचना दिई पूर्वअनुमति लिनुपर्दछ ।

जब मानिसहरूले यस्ता सम्झौताहरूबारे थाहा पाउनुकासाथै प्रयोग गर्न थाल्छन् । तिनीहरू विश्वभरका मानिसहरूको स्वास्थ्यलाई झन राम्रो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् । तर देश र निगमहरूलाई कानुनअनुसार राख्न अरु धेरै उपायहरू छन् ।

आफ्नो समुदायमा रहेको समस्या र विषक्त पदार्थहरूलाई हटाउन सिंढीको वर्गमा लेखिएको सन्देश पालना गरेमा यो खेलले राम्रो काम गर्छ । साथै सर्पको वर्गमा लेखिएको सन्देशले समस्या र विषाक्तताको बारेमा बताउँछ ।

खेलमा आफू पुगेको समस्या (सर्प) र समाधान (सिंढी) को बारेमा चर्चा गर्न खेलाडीलाई प्रेरित गर्नुहोस् । खेल सकिएपछि, समावेश नभएका अरु समस्याको बारेमा सोध्नुहोस् र के गर्न सकिन्छ त्यसको बारेमा छलफल गर्नुहोस्

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.83870967742
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top