অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

वायु प्रदूषण र निरीक्षण

वायु प्रदूषण

वषालु ग्याँसहरू तथा फोहर धुलोका कणहरूबाट हावा दूषित भएपछि वायु प्रदूषण हुन्छ । धेरैजसो वायु प्रदूषण तेल, कोइला, डिजेल, पेट्रोलियम जस्ता इन्धन बालेर इन्जिन, उद्योग तथा विद्युतीय संयन्त्रहरू चलाउँदा हुने गर्दछ । हावा र वर्षाले यस्ता वायु प्रदूषणलाई प्रदूषित क्षेत्रहरूभन्दा धेरै परसम्म लग्न सक्छ । यसले सबैतिरका मानिसहरूमा स्वास्थ्य समस्या उत्पन्न गराउँछ । प्रायःजसो शहरहरूमा, औद्योगिक क्षेत्रमा, बेंसी क्षेत्रहरूमा उपत्यकाहरूमा जहाँ वायु छेकिएर सजिलै आवत जावत गर्न सकिंदैन । वायु प्रदूषणमा सिसा तथा पारो जस्ता गह्रौं धातुहरू, दीर्घाई प्रदूषक र अन्य विषाक्त रसायनहरू जस्तैः सल्फर डाइअक्साइड हुन्छ ।

यदि तपाई समुदायमा वायु प्रदूषण निरीक्षण गर्दै हुनुहुन्छ भने हावामा कुन–कुन रसायनहरू छन् भनेर थाहा पाउनु महत्वपूर्ण हुन्छ । तर सबैभन्दा जरुरी तपाई आफूलाई र आफ्नो समुदायलाई वायु प्रदूषणबाट कसरी जोगाउनु हुन्छ भन्ने थाहा पाउनु पर्छ । वायु प्रदूषणले थुप्रै क्यान्सरहरू र श्वासप्रश्वाससम्बन्धी रोगहरू लगायत विभिन्न हानिकारक स्वास्थ्य समस्याहरू गराउँदछ (पृष्ठ ३२७ र ३३१ हेर्नुहोस्) । वायु प्रदूषणले अम्ल वर्षा गराउँदछ जसले वन विनाश, पानी र भवनहरूलाई हानि पु¥याउनुको साथै फोक्सो समेत बिगार्दछ । साथै वायु प्रदूषण विश्व उष्णीकरणको एक प्रमुख कारण हो (पृष्ठ ३३ मा हेर्नुहोस्) ।

वायु प्रदूषण निरीक्षण

वायु प्रदूषण निरीक्षण प्रदूषक व्यवसाय वा उद्योग विरुद्ध गरिने सामाजिक अभियान हो । कम्पनी तथा उद्योगहरूलाई प्रदूषण रोक्न दबाब दिन यस अभियानले धेरै मानिसहरूको सहभागिताका साथै धेरै तथ्य आधार तयार पार्न सहयोग पुग्दछ । वायु प्रदूषणको अनुगमन तथा निरीक्षण आफ्नै इन्द्रियहरू र सामान्य ज्ञानबाट शुरु हुन्छ । वायु प्रदूषणले तपाईको समुदायमा के असरहरू गर्दैछन् भनेर जान्न मानिसहरूलाई आफूले के सुँघ्यो, देख्यो, सुन्यो र चाल पायो, त्यसको टिपोट राख्न भन्नुहोस् । धेरै मानिसहरूले यस्तो गरेमा समुदायमा प्रदूषण ठम्याउन र रोक्न राम्रो मौका पाउने हुन्छ ।

बाल्टिन तरीका

केही समुदायहरूले वायु प्रदूषण अनुगमन साधारण, कम खर्चालु तरीकाबाट गर्दछन् जसलाई ‘बाल्टिन द्यचष्नबमभ’ भनिन्छ । यस विधिमा हावाको नमुना लिन ५ ग्यालन प्लाष्टिकका बाल्टिन प्रयोग गरिन्छ जसमा भल्भ र विशेष झोला भएको हुन्छ । विषाक्त छोडेको ठाउँमा वा कुनै बेला हावा प्रदूषण भएको देखिएमा यसको भल्भलाई खोलेर केही मात्रामा हावा तानेर झोलामा पठाउने । त्यसपछि झोला बाल्टिनबाट निकाल्ने र त्यसलाई रसायनिक परीक्षणका लागि प्रयोगशाला पठाउने ।

हावाका नमुना प्रयोगशालामा परीक्षण गराउनु यस बाल्टिन द्यचष्नबमभ विधिको सबैभन्दा महंगो भाग हो । धेरैजसो देशहरूमा यस्ता हावाका नमुना राम्ररी परीक्षण गर्ने प्रयोगशालाहरू छैनन्, त्यसैले त्यसलाई युरोप वा अमेरिका पठाउनुपर्ने हुन्छ । कुनै–कुनै समुदायहरूले बाल्टिन द्यचष्नबमभ अपनाउन घरघरमा पैसा उठाउने अथवा नृत्य प्रदर्शन, पार्टीहरू र घरहरूमा सभा बोलाएर पैसाको जोहो गर्दछन् ।

केही समुदायहरूले अरु समुदायहरूसँग विभिन्न कार्यक्रमहरू जस्तैः अन्तरवार्ता र सर्वेक्षणमार्फत बाल्टिन द्यचष्नबमभ प्रयोग गर्छन् । साथै तिनीहरूले सञ्चार तथा सरकार समक्ष विषाक्त प्रदूषणको कुरा पु¥याउने र शुद्धीकरण गर्ने ठाउँ तथा अरु प्रदुषक उद्योगहरूलाई सुरक्षित उपकरणहरू प्रयोग गर्न र प्रदूषण घटाउन दबाब दिन्छन् ।

सतहमुनि बाल्टिन

दर्बान भन्ने दक्षिण अफ्रिकाको एउटा सहर तेल प्रशोधन तथा पाइपलाइन, ठूला रसायन भण्डारण क्षेत्र, रसायनिक संयन्त्रहरू, कपडा तथा कागज कारखानाहरू र विषाक्त ल्यान्डफिलहरूले घेरिएको छ । हरेक दिन, दर्बानका मानिसहरू उच्च वायु प्रदूषण, पानी प्रदूषण आदिबाट प्रभावित भइरहेका हुन्छन् र यस्ता विषाक्त रसायनहरूको लगातार प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउँदछ । औद्योगिक दूर्घटनाहरू, भण्डारण ट्याङ्की चुहिने तथा बिग्रेका पाइपलाइनहरू सामान्य हुन् जसका कारणले आगलागी हुने तथा नजिकैका सिमसार क्षेत्रहरू र भूमिगत पानीका स्रोतहरू सखाप पार्दछ ।

सन् १९९९ मा एउटा ग्राउण्डवर्क समूहले दर्बानका मानिसहरूलाई वायु प्रदूषण अनुगमन गर्न मद्दत गरेका थिए । बाल्टिन द्यचष्नबमभ विधि प्रयोग गरेर त्यहाँ ग्याँस ँबिचभ, विष्फोट तथा विषाक्त पदार्थ निस्कंदा हुँदा त्यहाँका समुदायहरूले हावामा विषाक्त पदार्थको परीक्षण शुरु गरे । त्यसपछि वायु प्रदूषणले भरिएका झोलाहरू परीक्षणका लागि अमेरिकाको प्रयोगशालामा पठाए ।

परीक्षणबाट हावामा उच्चस्तरका विषाक्तहरू जसमा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड र बेन्जिनसहित भएको पत्ता लगाए । विद्यालय नजिकबाट लिइएको नमुनाबाट बालबालिकाहरू झन बढी प्रदूषणबाट प्रभावित भएको निष्कर्ष आयो । अझ यदि ती बालबालिकाहरू दिनभरी त्यहाँ रहने, सधैँ बस्ने वा बाटोमा हिंड्ने भए झन् बढी खतरा हुने परीक्षणमा देखियो ।

कार्यकर्ताहरूले त्यस परीक्षणका परिणामलाई सरकार र प्रदूषक उद्योगहरू समक्ष पेशर साथै त्यसलाई रेडियो, पत्रपत्रिका तथा समुदायमा प्रचार प्रसार । राज्यले संचालन गरेका तेल कम्पनीहरूले उक्त परीक्षण गलत भएको भने र उनीहरूले आफ्नै हावाका नमुनाहरू लिए । तर जब ती नमुनाहरू परीक्षण गरियो, तिनीहरूले त्यसमा उच्च तहका विषहरू पाए । बाल्टिन द्यचष्नबमभ विधिले दक्षिण अफ्रिकामा राष्ट्रिव्यापीरूपमा प्रदूषणविरुद्ध कदमहरू चाल्न मद्दत पु¥यायो । बढ्दो वातावरणीय न्यायका कदमहरूको दबाबले सरकारले वायु गुणस्तर ऐन २००४ मा पास । दर्बान सहरले पनि आफ्नै वायु अनुगमन प्रणाली स्थापना । त्यसबेलादेखि त्यहाँ वायु प्रदूषणमा उल्लेखनीयरूपमा कमी आउँदै गयो । बाल्टिन द्यचष्नबमभ ले समुदायका सदस्यहरूमा बलियो, साहसी र उद्योगहरूलाई चुनौती दिनसक्ने क्षमतामा अभिवृद्धि गरायो । यस बढ्दो विश्वाससँग उनीहरूले सरकारलाई आफ्नो कुराहरू सुन्न दबाब दिए ।

अहिलेसम्म पनि दक्षिण अफ्रिकामा गम्भीर र प्रदूषणका समस्याहरू छन् । रसायनिक संयन्त्रहरू र पाइपलाइनहरू जति पुराना हुँदै जान्छन्, उत्ति नै दुर्घटनाका खतराहरू बढ्दै जान्छ । तर बलियो सामुदायिक संस्थाहरूका साथै विषाक्त प्रदूषणका नमुनाहरू संकलन गर्ने उपकरणहरूले गर्दा दर्बानका जनताहरूले आफूहरूलाई सुरक्षित बनाएका छन् । उनीहरूले आफ्नो देशका अन्य भागहरूकासाथै विश्वमा जनताहरूले कसरी उद्योगहरू र सरकारलाई प्रदूषणको जिम्मेवारी दिन सक्छन् भनेर सावित गरेर देखाएका छन् ।

जब विषाक्त पदार्थको उत्सर्जन हुन्छ

रसायनिक संयन्त्रहरू, तेल प्रशोधन केन्द्रहरू तथा अन्य उद्योगहरूमा दुर्घटनाहरू हुन सक्दछ जसबाट ठूलो मात्रामा विषाक्त रसायनहरू अकस्मात निस्कने गर्दछ । तेल प्रशोधनहरूले विषाक्त ग्याँसहरू नियमित सम्भारको एक भागका रूपमा छोड्ने गर्दछ । विषाक्तहरू उत्सर्जन हुँदा धुँवाको बादल तथा ठूलो आगोको मूलो जस्तो देखिन्छ अथवा यसमा साधारणतया अकस्मात कडा गन्ध हुन सक्छ । यो एकदमै डरलाग्दो हुनसक्छ र यो मृत्युजनक पनि हुन सक्छ ।

छोटकरीमा हरेक विषाक्त पदार्थहरू उत्सर्जन हुँदा वा रसायनहरू पोखिंदा हुने हानि कम गर्न मानिसहरू विभिन्न कदमहरू चाल्न सक्छन् । विस्तृत अर्थमा उद्योगहरू र सरकारलाई दबाब दिएर सुरक्षित नियमहरू लागू गर्न सामुदायिक संस्थाहरूको आवश्यकता पर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 3/18/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate