অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरू

प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरू

विषाक्त रसायनहरूले हाम्रो स्वस्थ बच्चा जन्माउने क्षमतामा ह्रास ल्याउँदछ । प्रजनन स्वास्थ्य समस्याले बच्चा जन्माउने उमेरका महिलालाई असर गर्छ तर कहिले काहीं महिला पुरुष दुवैलाई कुनै पनि समयमा असर गर्न सक्छ । केही रसायनले गर्भपतन अथवा दुवै महिला अथवा पुरुषमा बाँझोपन (बच्चा जन्माउन असक्षम) गर्छ । यसले हर्मोनलाई प्रभावित गर्छ । हर्मोन एउटा प्राकृतिक रसायन हो जसले हाम्रो शारीरिक वृद्धिमा नियन्त्रण गर्दछ । जस्तो महिलाको महिनावारी र प्रजनन । जब अरु रसायनले पनि शरीरभित्र प्रवेश गर्छ, हर्मोनले जस्तैः काम गर्छ । तिनीहरूले गलत संकेत पठाएर प्राकृतिक हर्मोनलाई अल्मल्याउँछ । यही कारण कहिलेकाहीं यी रसायनलाई हर्मोन विनाशक पनि भनिन्छ ।

कसरी प्रजनन हर्मोनले काम गर्छ

महिला हर्मोन इस्ट्रोजनले महिलाको शरीरमा परिवर्तन गर्छ जसलाई प्युबर्टी ९एगदभचतथ० भनिन्छ । यी हर्मोनले गर्दा हरेक महिनामा महिलाले अण्डा निष्काशन गर्छ, गर्भवती अवस्थामा महिनावारी रोक्छ र बच्चा जन्मिसकेपिछ स्तनपानको लागि दुध उपलब्ध हुन्छ । गर्भभित्र बच्चाहरू कसरी बढ्छ भन्ने कुरा पनि हर्मोनले नै निर्देशित गर्दछ ।

विषादीयुक्त रसायनले हर्मोनलाई बाधा गर्छ

रसायन, जुन हर्मोन विनाशक हो त्यसले मासिक रूपमा छिटो महिनावारी सुरु गर्छ, अनियमित रक्तस्राव, अथवा विल्कुलै रक्तस्राव बन्द गर्छ । हर्मोनको सामान्य काममा बाधा पुग्नाले गर्भाशय भन्दा बाहिर गर्भ रहने र जुन धेरै खतरनाक समस्या हो, जसले महिलाको ज्यान पनि लिन सक्छ । केही रसायनहरू थोरै मात्रामा मात्र भएपनि जस्तो पी.सी.बी. डाइओक्सीन र केही प्लाष्टिकहरूले (पृष्ठ ३२३ र ३४०) प्रजनन स्वास्थ्यलाई गभ्मीर रूपमा प्रभावित गर्दछ । यस्ता धेरै रसायनहरू देख्न र सुँघ्न पनि हुँदैन । ती रसायनहरूको सम्पर्कमा आएकै समयमा असर नगर्न सक्छ तर धेरै वर्ष पछाडि गम्भीर स्वास्थ्य समस्या गर्छ अथवा अर्को पुस्तालाई पनि असर गर्छ ।

इन्डोमेट्रिओसिस्

इन्डोमेट्रिओसिस् एउटा गम्भीर किसिमको बिरामी हो जसले पेटमा रेशाहरू बनाउँछ र पेटभन्दा बाहिरसम्म वृद्धि हुन्छ, के केले गर्दा इन्डोमेट्रिओसिस् हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन । किनभने यो बढीजसो औद्योगिक क्षेत्र र बढी प्रदूषण भएको ठाउँमा देखिएको छ यसले गर्दा यो हुनुको प्रमुख एउटा कारण औद्योगिक प्रदूषण पनि हो । इन्डोमेट्रिओसिस भएमा एकदमै धेरै दुख्ने गर्छ । यसले गर्भधारण हुनलाई पनि गाह्रो गर्छ ।

संकेत

इन्डोमेट्रिओसिस्को मुख्य संकेत भन्नुपर्दा यसले महिनावारी हुँदा धेरै दुख्ने गर्छ र तल्लो पेट र ढाड पनि दुख्दछ । अरु संकेतहरूमा

  • महिनावारी हुँदा धेरै रक्तस्राव हुने ।
  • सम्भोग गर्दा धेरै दुख्ने ।
  • दुख्ने गरी आन्द्रा भुँडी चल्छ, धेरैजसो पखाला वा कब्जियत हुन्छ ।
  • वान्ता, वाक्वाक्, तल्लो ढाड दुख्नु, थकाइ लाग्नु ।

यी संकेतहरू अरु स्वास्थ्य समस्याहरूको पनि लक्षण हुन सक्छ । त्यसैले इन्डोमेट्रिओसिस् होकी, होइन थाहा पाउन राम्रो तालीम प्राप्त स्वास्थ्यकर्मीलाई जचाँउनु पर्छ । धेरै स्वास्थ्यकर्मीहरूलाई पनि इन्डोमेट्रिओसिस्बारे धेरै राम्रो जानकारी छैन । त्यसैले तपाईलाई यो रोगको धेरै संकेत भएको तर स्वास्थ्यकर्मीले इन्डोमेट्रिओसिस् होइन भनेमा अरु स्वास्थ्यकर्मीको विचार पनि खोज्नु पर्छ ।

रोगथाम र उपचार

तपाईको दुखाइ र अनियमित रक्तस्राव कम गर्नको लागि जन्म निरोध पिल्स प्रयोग गर्न सक्नुहुन्छ । स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोस् । इबुप्रोफेन नामक औषधि लिएर पनि तपाई आफ्नो दुखाइ घटाउन सक्नुहुन्छ । यसको लागि स्वास्थ्यसम्बन्धी किताव ध्जभचभ ध्यभल ज्बखभ ल्य म्यअतयच हेर्नुहोस् । केही महिलाहरू आफ्नो खानामा परिवर्तन गरेर तिनीहरूको दुखाइ घटेको र यो रोगको संकेत पनि घट्दै गएको देखिएको छ । इन्डोमेट्रिओसिस्, इस्ट्रोजेनसम्बन्धी हर्मोनका कारण हुन्छ त्यसैले इस्ट्रोजेनयुक्त खाना छोड्नु पर्छ । जस्तो

  • हर्मोन र कीटनाशक विषादीयुक्त दाना खुवाएका जनावरको मासु र दुग्ध पदार्थहरू ।
  • कीटनाशक विषादी छरिएका तरकारी र फलफूलहरू
  • भटमास, बदाम र अरु गेडागुडीबाट बनेका खानाहरू ।

हाम्रो शरीरमा इस्ट्रोजेन उत्पादन गर्ने खानाहरू पनि छोड्नु पर्छ । त्यसैगरी इस्ट्रोजेन जस्तैः असर गर्ने खाना जुन लष्नजतकजबाभ परिवारमा पर्छ (एगप्लान्ट, आलु, गोलभेंडा र मरिच) र कफि, चिया, चकलेट र चिसो पेय पदार्थहरू ।

केही खानाहरूले इन्डोमेट्रिओसिस्सँग लड्न पनि सहयोग गर्छ । जस्तोः

  • रेसादार खानाहरू जस्तैः अन्न, सिमी र खैरो भात ।
  • स्वस्थ चिल्लो भएको खाना जसलाई यभनब घबततथ बअष्म भनिन्छ । जस्तो ओखर, फर्सीको बीउ, सालमोन र अरु चिल्लोयुक्त माछा ।
  • गाढा हरियो तरकारीहरू, बन्दा, काउली, तिल र बदाम ।

क्यान्सर

क्यान्सर एउटा गम्भीर खालको विरामी हो जसले हाम्रो शरीरको विभिन्न भागलाई असर गर्न सक्छ । ज यो सुरु हुन्छ शरीरमा केही कोष छिटो असामान्य तरीकाले वृद्धि हुन थाल्छ र ट्युमर हुन्छ । कहिलेकाहीं ट्युमर यत्तिकै उपचार नगरी हराउँदै जान्छ । तर धेरै ट्युमरहरू ठूलो र चाँडै छरिँदै जान्छ र शरीरका विभिन्न भागमा स्वास्थ्य समस्या गर्दछ । यो नै क्यान्सर हो । धेरै वृद्धि भएको ट्युमरमा क्यान्सर हुँदैन तर कुनै कुनै हुन्छ । कुनै समयमा क्यान्सर फाट्टफुट्ट केही केहीमा मात्र देखिन्थ्यो तर आजकल यो धेरैमा देखिन थालेको छ ।

केले गर्दा क्यान्सर हुन्छ ?

अहिले विश्वमा बढ्दो क्यान्सरको एउटा कारणमा हाम्रो वातावरणमा र हाम्रो शरीरमा रहेको औद्योगिक प्रदूषण र विषादीयुक्त रसायन हो । बढी प्रदूषित क्षेत्र र त्यसको वरिपरि बस्ने मानिसहरूले सरकारसँग मानिसहरूको स्वास्थ्य सुरक्षाको लागि आवाज उठाउनु पर्छ । कलकारखानामा प्रयोगमा आउने रसायनको राम्रो जानकारी दिएर कसरी प्रयोग गर्ने, कसरी त्यसलाई व्यवस्थापन गर्ने भनी राम्रो सिलसिलाबद्ध जानकारी भएमा क्यान्सर घटाउन सक्दछ ।

धेरै प्रकारका क्यान्सरहरू विषादीयुक्त रसायनका कारण हुन्छन् । यसभित्र फोक्सो, पिसावथैली, कलेजो, दिमाग, रगत, स्तन, र ल्यलज्यमनपष्लुक का क्यान्सर पर्छन् ।

मानिसहरू जो लामो समयसम्म यी विषादीयुक्त रसायनको सम्पर्कमा आउँछन् उनीहरूलाई क्यान्सर हुने खतरा कम विषादीयुक्त रसायनको सम्पर्कमा आउने मानिसमा भन्दा बढी हुन्छ । तिनीहरूले गर्ने खतरा थाहा भएमा उपचार गर्न सजिलो हुन्छ ।

चाडो क्यान्सर पत्ता लगाउनु र उपचार गर्नु

धेरै चाँडो क्यान्सर पत्ता लगाउनाले मानिसको जीवन प्रायः बचाउन सकिन्छ । किनभने त्यो मानिसले शरीरमा क्यान्सर फैलिन भन्दा अगाडि उपचार पाउँछ । क्यान्सरको केही संकेतहरूमा थकाई लाग्नु, धेरै छिटो शरीरको तौल घट्नु, टुटुल्को उठ्नु र शरीर दुख्नु । यिनीहरू अरु रोगको संकेत पनि हुन सक्छ । कुनै मान्छेमा क्यान्सर छ वा छैन भनी पत्ता लगाउने एउटा बाटो असरयुक्त भागको केही कोषहरूको परीक्षण गर्नु पनि हो । कुनै तालीम प्राप्त व्यक्तिले ती कोषहरू सूक्ष्मदर्शक यन्त्रमा हेरेर छुट्याउँछन् ।

क्यान्सरको प्राचीन र आधुनिक उपचारहरू

क्यान्सरले विभिन्न तरीकाबाट मानिसलाई असर गर्छ र यहाँ कुनै यस्तो एउटै उपचार छैन जसले धेरै व्यक्तिहरूलाई काम गरोस् । क्यान्सर भएका व्यक्तिहरूका लागि एउटा राम्रो स्वास्थ्यको बाटोमा पश्चिमी औषधि, चाइनिज औषधि, भारतीय आयुर्वेदिक औषधि र संसारभरीका प्राचीन औषधिहरू पर्दछन् । दुर्भाग्यवस, यिनीहरूमध्ये कुनै एकले मात्र पनि सधैँभरि काम गर्दैन । क्यान्सरको उत्कृष्ट उपचारले सामान्य स्वास्थ्य, स्वास्थ्य र मानिसको व्यक्तिगत उपचारमा उत्थान गर्दछ । उपचार खोज्दै जाँदा डाक्टर र अरु स्वास्थ्यकर्मीकहाँ जानुस् जसलाई तपाईं चिन्नुहुन्छ र विश्वास गर्नुहुन्छ । जो व्यक्ति क्यान्सरबाट बाँचेको हुन्छ तिनीहरूले नै क्यान्सरलाई उत्कृष्ट रूपमा बुझेको हुन्छ । सबै क्यान्सर बिरामीहरू जो बाँचेका छन् केले सहयोग छ र केले गर्दैन आदि बारे सबैको आ–आफ्नै छुट्टाछुट्टै कथाहरू हुन्छन् । क्यान्सरको उपचारमा कहिलेकाहीँ धेरै कडा औषधिहरूको प्रयोग हुन्छ जसको दुष्प्रभाव सहन धेरै गाह्रो हुन्छ । धेरै कमै प्रकारका क्यान्सरहरूको मात्र एउटै तरीकाको उपचार हुन्छ, जुन औषधि हुन सक्छ, वनस्पति, खाना अथवा अरु विभिन्न थेरापीहरू । उत्कृष्ट उपचारमा भौतिक उपचार जस्तो क्यान्सरको औषधि अथवा अकुपञ्चर, साथमा स्वस्थ खानेकुरा पनि पर्दछ । सहयोगी समूह, सरसल्लाह, प्राथाना अथवा ध्यान जस्ता भावनात्मक र आध्यात्मिक सहायता पनि धेरै महत्वपूर्ण हुन्छन् ।

जब क्यान्सरको उपचार गर्न सकिंदैन

कुनै कुनै क्यान्सर उपचार गर्न सकिन्छ तर कुनै कुनैको सकिंदैन । विशेष गरेर यदि क्यान्सर शरीरको धेरै भागमा फैलिएको छ भने बढीजसो क्यान्सर ढिलो थाहा हुन्छ, त्यत्ति बेलासम्म उपचार सम्भव हुँदैन । त्यसपछि घरमा परिवारबाट हेरचाह गर्नु नै उत्कृष्ट हुन्छ । यो समय एकदमै धेरै गाह्रो हुन्छ । क्यान्सर भएका व्यक्तिले केही खाने र थोरै विश्राम पनि गर्नुपर्छ । दुखाइ घटाउनको लागि औषधि र निद्रा लाग्ने औषधिको प्रयोगबाट क्यान्सर भएको व्यक्तिको जीवन आरामदायी हुन्छ । कुनै नजिकको व्यक्तिको सहयोगबाट आफ्नो मृत्यु र परिवारको भविष्यको लागि योजना बनाउनु पर्छ । कहिलेकाहीं जीवनको अन्तिम समयमा होसपाइस (जीवनको अन्तिम समयमा सहयोग गर्ने संस्था) बाट हेरचाह र सहयोग पाउन सक्छ ।

स्तन क्यान्सर

स्तन क्यान्सर धेरै कारणहरूबाट हुन सक्छ । जस्तो कीटनाशक विषादीबाट, विषादीयुक्त रसायन, तेल, सफाइ गर्ने वस्तु र वायु प्रदूषणको सम्पर्कमा आउनु । यदि कुनै महिलाको आमा र बहिनीलाई स्तन क्यान्सर छ भने उनलाई पनि हुने धेरै सम्भावना हुन्छ । स्तन क्यान्सर ५० वर्षभन्दा माथिका महिलामा बढी पाइन्छ ।

स्तन क्यान्सर विस्तारै बढ्छ र शुरुको अवस्थामा पत्ता लागेमा कहिलेकाहीं उपचार गर्न सकिन्छ । महिलाले आफ्नो स्तन हरेर त्यसमा स्तन क्यान्सरको संकेत हेर्न सकिन्छ । त्यहाँ टुटुल्को र स्तनको मुन्टोबाट अनौठो चिज निस्केको देखिन्छ । यदि महिलाले यसको परीक्षण महिनाको एक पटक गर्छ भने उसलाई आफ्नो स्तनको बारेमा थाहा हुन्छ र कुनै परिवर्तन भएमा पनि थाहा हुन्छ ।

फोक्सो (श्वासप्रश्वास) समस्याहरू

तेल, कोइला, डिजेल र प्राकृतिक ग्याँस बाल्दा हावामा विभिन्न हानीकारक रसायन र हानीकारक वस्तुहरू जस्तो धुवाँ र कण मिसिने कारणले वायु प्रदूषण हुन्छ । वायु प्रदूषणले स्वास्थ्य समस्याहरू निम्याउँछ । विश्व स्वास्थ्य संगठनअनुसार यसले हरेक वर्ष ३० लाख व्यक्तिहरूको ज्यान लिन्छ ।

वायु प्रदूषणको दुई प्रमुख भागहरूमा विषाक्तयुक्त ग्याँस ओजोन र धुलकण पर्दछन् । धुलकणहरूमा मसिना, धुवाँ, धुलो हामीले श्वासप्रश्वास गर्ने हावामा मिसिन्छ । सबभन्दा सानो मसिनो कणहरू झन बढी हानीकारक हुन्छ किनभने तिनीहरू हाम्रो फोक्सोसम्म सजिलै पुग्छन् । यी कणहरूको सम्पर्कमा आउँदा ब्रोनकाइटिस, रुघाखोकी बढ्छ र श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्याहरू हुन्छन् । ओजोन एउटा कडा आँखा पोल्ने हो जसले व्यक्तिको हावा आवातजावत गर्ने भागलाई कडा बनाइदिन्छ र फोक्सोलाई कडा रूपमा काम गर्न बाध्य गर्दछ जसले गर्दा फोक्सोको समस्या अझ बढी हुन्छ । यसले गर्दा टाउको दुख्ने, ह्याछ्युँ, छाती दुख्ने, वान्ता आउने, अल्छी लाग्ने र फोक्सोसम्बन्धी समस्याहरू हुने सम्भावना बढी हुन्छ । जस्तैः क्षयरोग तथा निमोनिया ।

बढीजसो अचानक धुवाँ धुलोयुक्त हावाले आँखामा पानी भरिन्छ, घाँटी खुख्खा बनाउँछ, खोकी लाग्छ अथवा ह्याछ्युँ हुन्छ । माथिल्लो तहको वायु प्रदूषणले हाम्रो फोक्सो विगार्दछ । प्रदूषणले पहिलादेखि नै रहेको फोक्सो र मुटुसम्बन्धी समस्यालाई अझ बढी विगार्दछ र त्यसैगरी शरीरको विभिन्न भागमा अक्सिजन पु¥याउनको लागि मुटु र फोक्सोले धरै काम गर्नुपर्ने हुन्छ जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ र छाती पनि दुख्ने हुन्छ ।

लामो समय वायु प्रदूषणको सम्पर्कमा आउँदा—

  • फोक्सो छिटो पुरानो र विग्रिदै जान्छ ।
  • लामो फोक्सोको समस्याहरू हुन्छ जस्तोः दम, क्रोनिक ब्रोनकाइटिस, रगतमा हेमोग्लोविनको मात्रामा कमी र फोक्सोको क्यान्सर ।
  • धेरै व्यक्तिहरूमा चाँडो हृदयाघात वा पक्षघात भएर मर्छन् । वायु प्रदूषण सुरुमै मुटुको समस्या, फोक्सोको समस्या, गर्भवती महिला, १४ वर्ष मुनिका बालबालिका जसको फोक्सो विकास भैराखेको हुन्छ र बढी समय बाहिर काम गर्ने मानिसहरूलाई बढी खतरनाक हुन्छ ।

बचावट र उपचार

  • चुरोट र सूर्तिजन्य पदार्थको सेवन रोक्ने ।
  • खाना पकाउँदाको धुवाँ, गाडीको धुवाँ र अरु रसायनको धुवाँको कम सम्पर्कमा आउने
  • हात धोएर र सुई लिएर छातीको संक्रमणबाट बँच्ने ।
  • श्वाससम्बन्धी छिटो छुट्कारा दिने औषधि (उसको उपचार) र खोकीको औषधि उपयोगी हुन्छ ।

ेही वायु प्रदूषणबाट हुने स्वास्थ्य समस्या निको गर्न सकिँदैन । जस्तो क्यान्सर, रगतमा हेमोग्लोविनको मात्रामा कमी र दम । तापनि मानिसहरू लामो समयसम्म बाँच्न सक्छ । प्रदूषित वायुबाट टाढा गएर पनि फोक्सोका रोगहरू घटाउन सकिन्छ तर धेरै व्यक्तिहरूको लागि यो सम्भव हुँदैन ।

क्रोनिक ब्रोनकाइटिस

क्रोनिक ब्रोनकाइटिस भनेको फोक्सोमा हावा जाने प्रमुख बाटो सुनिनु (फुल्नु हो) । क्रोनिक ब्रोनकाइटिस हुनुको प्रमुख कारणहरूमा चुरोट र सूर्तीजन्य पदार्थको सेवन, वायु प्रदूषण, रसायनयुक्त धुवाँ र धुलोहरू हुन् । जब कुनै व्यक्तिको श्वासनलीमा खसखस हुन्छ, बाक्लो खकार बन्छ र बन्द हुन्छ, जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ । क्रोनिक ब्रोनकाइटिसको संकेतमा, पहेंलो, हरियो खकारसहितको खोकी, श्वास फेर्न गाह्रो हुने, छाती कडा हुने, ह्याछ्युँ आउने, टाउको दुख्ने, अल्छी लाग्ने र हात खुट्टा सुनिने हुन्छ ।

दम

दम सामान्यतया बालबालिका र वयस्कमा लामो समयसमम्म हुने रोग हो । यसको संकेतमा ह्याछ्युँ, खोकी, श्वास फेर्न गाह्रो हुने र छाती कडा हुने गर्दछ । जब फोक्सोमा खकार भरिन्छ र फोक्सोमा हावा जाने बाटो बन्द हुन्छ, यी समस्या देखिन्छ । दम हुनुको कारणमा औद्योगिक प्रदूषण र विषाक्त रसायन पर्दछ र अरु कारणहरू पनि हुन सक्छ ।

उपचार

दमबाट आराम पाउन श्वासनली खुल्ने औषधि लिनुपर्छ । यी छिटो आराम दिने औषधि नभेटेमा कडा कफी, कालो चिया, ःब ज्गबलन अथवा एकभगमयभउजभमचष्लभ लिन सकिन्छ । छिटो आराम दिने औषधिले मात्र दमको असरलाई नियन्त्रण गर्छ पुरै बचावट भने गर्दैन । त्यसैले उपचारको लागि स्वास्थ्यकर्मीसँग जँचाउनु पर्छ ।

बचावट

लामो समयको उपचारले दमबाट हुने खतराबाट बचाउन सक्छ र यसलाई मध्यम र कहिलेकाँही मात्र आउन बनाउन सकिन्छ । यदि लामो समय औषधि उपलब्ध नभएमा ल्ष्नभििब कबतष्खब को प्रयोगबाट दमको खतराबाट बचावट गर्न सकिन्छ । दुई चम्चा भरी कालो बीउ दिनको एक पटक मह वा दहीसँग लिनाले फोक्सो र रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्दछ । दमबाट बँच्नको लागि यसलाई असर गर्ने चिजहरूबाट टाढा रहने वा कम सम्पर्कमा आउनु पर्छ । जस्तो—

  • खाना बनाउँदा, तताउँदा र सूर्ति सेवन गर्दा निस्कने धुवाँबाट ।
  • कलकारखाना र गाडीबाट हुने वायु प्रदूषण, प्रदूषण धेरै खराब स्थितिमा पुगेको बेला तब दमको बिरामी बाहिर नगइकन घरमै बस्नुपर्छ ।
  • रंगमा, घोलकमा, कीटनाशक विषादी, अत्तर, सफाइको उत्पादनमा हुने रसायन ।
  • सुत्ने ठाउँ, खेलौनाहरूबाट धुलो हटाउनुपर्छ ।
  • जनावरहरूको कपाल र प्वाँखबाट ।
  • साङ्ला र अरु कीराहरू ।
  • ढुसी (मोल्ड) (पृष्ठ ३५८) ।
  • भावनात्मक र भौतिक शारीरिक समस्या जुन तपाईको जीवन परिवर्तनसँगै अक्सर आउँछ, धेरै काम र धेरै कडा शारीरिक व्यायामबाट हुन्छ ।

एस्बेटोसिस्

एस्बेटस् एउटा खनिज पदार्थ हो जुन भवनहरूलाई आगलागीबाट बचाउन र अरु सामानहरूमा प्रयोग गरिन्छ । एस्बेटस् धेरै नै मसिनो रेशाहरूबाट बनेको हुन्छ जुन सजिलै श्वासप्रश्वासको माध्यममा फोक्सोमा गई स्थायी रूपमा हानी पु¥याउँदछ । एस्बेटस् खतरनाक भएकोले धेरै सरकारले यसलाई प्रतिबन्ध पनि गरेको छ । एस्बेटस्को सम्पर्कमा आउनाले एस्बेस्टोसिस र फोक्सोको क्यान्सर हुन्छ । यो बिरामीको प्रारम्भिक लक्षणमा खोकी लाग्नु, छोटो श्वासप्रश्वास, छाती दुख्नु, तौल घट्नु र कमजोर पार्दछ । एस्बेटेस्को थप जानकारीको लागि पेज ३७१ हेर्नुहोला ।

नसासम्बन्धी समस्याहरू

धेरैजसो विषाक्त रसायनले हाम्रो स्नायु प्रणालीलाई असर गर्छ । नसामा असर पार्नाले अल्मलिने, स्मरण शक्ति घट्ने र दिमागसम्बन्धी विभिन्न समस्याहरू लगाउने हुन्छ । नसा विग्रनाले स्वाद र गन्ध बिग्रने, शरीरमा अनुभवको कमी र हिंडडुल गर्न गाह्रो हुन्छ । केही रसायनहरूले पक्षघात र मृत्युसम्म पनि गराउँछ । घोलक जुन साधारणतया सरसफाइमा प्रयोग गर्छ जस्तै एसिटोन, बेन्जिन, टरपेनटाइन र ग्यासोलिन स्नायु प्रणालीको लागि हानीकारक हुन्छ ।

बचावट

यी विषाक्त रसायनबाट स्नायु प्रणालीमा हुने असर घटाउने राम्रो उपयामा यी रसायनहरू घरमा कम प्रयोग गर्नु हो । यदि तपाई प्रयोग गर्नुहुन्छ भने राम्रो हावा आवतजावन हुने ठाउँ, पन्जा र मास्क लगाउनु पर्छ (अनुसूची १ हेर्नुहोस्) ।

छालासम्बन्धी समस्याहरू

छालासम्बन्धी समस्या र छालाको रोगको बढीजसो कारणमा काम गर्ने ठाउँमा रहेका रसायन नै हुन् । मानिसहरू कलकारखानाबाट निस्कने प्रदूषित हावापानी अथवा खेतीपातीमा प्रयोग हुने रसायनको सम्पर्कमा आउनाले छालामा दाग, फोका र गम्भीर रूपमा छाला डढ्ने पनि हुन्छ ।

बचावट र उपचार

तपाई रसायनबाट बाँच्नको लागि यसको कम मात्र सम्पर्कमा आउनु र सुरक्षित कबचहरू लगाउनु (अनुसूची १ हेर्नुहोस्) । जब रसायनको समपर्कमा आउँछ तब छालालाई सफा साबुन पानीले पखाल्ने । तातो पानीले छालाको प्वाल खुलाउँछ त्यसैले प्रयोग नगर्ने । यदि तपाईको छाला रसायनले धेरै नै बिगारेको छ भने घामबाट टाढा रहनुहोला । यदि घाममा बस्नै पर्छ भने टाउको र शरीरलाई सकेसम्म छोप्नु होला । केही छालाको क्रिमले पनि दुखाइ कम गर्न मद्दत गर्छ तर यो विषको सम्पर्कमा नआउनु नै यो समस्या रोक्ने राम्रो उपाय हो ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 6/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate