অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

वन

वन

नले कैयौं महत्वपूर्ण आवश्यकताका स्रोतहरू जस्तैः खाना, दाउरा, घाँस, घर बनाउनको लागि सामग्री, औषधी आदि पूरा गर्ने गरेको छ। रुख र वन दुवैले वातावरण जोगाउन ठूलो र महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । रुख र वनले हावा, पानीलाई स्वच्छ बनाउँछ । पहिरो बाढीबाट जोगाउँछ । माटोलाई उब्जाऊ बनाउँछ । चराचुरुङ्गी र जनावरहरूलाई बासस्थान दिनुको साथै हामी बस्ने समुदायलाई सुन्दर बनाउँछ ।

यदि लामो समयसम्म वनबाट हाम्रो आवश्यकता पूरा गर्नु छ र वातावरण पनि जोगाई राख्ने हो भने वनको उचित संरक्षण र बुद्धिमतापूर्ण प्रयोग हुन जरुरी छ । वनबाट प्राप्त हुने काठ, दाउरा आदि विभिन्न उपयोगमा प्रयोग हुने गरेको छ साथै जमीन जसमा वन रहेको छ त्यो पनि विभिन्न उपभोगका लागि प्रयोग हुने हुनाले विश्वभरमा वन फँडानी हुने काम तिव्र रूपमा बढिरहेको छ । वन विनाशमा मुख्यतयाः काठ उद्योग र अरु उद्योग पनि पर्ने गर्दछन् । जस्तैः खनिज पदार्थ उत्खनन् र प्रशोधन उद्योग, जुन मानिसहरूको निम्ति अति आवश्यक राम्रो आम्दानीको स्रोत हुन सक्छ ।

यद्यपि कुनै पनि स्रोतको प्रयोग आवश्यकता र भविष्यमा त्यसको उचित संरक्षणको निम्ति एक प्रकारको सन्तुलन राख्न जरुरी छ । जब कुनै पनि वस्तु मुख्यतयाः प्राकृतिक वस्तु अत्याधिक प्रयोग हुन्छ यसले भविष्यमा लामो समयसम्मको लागि हानी पु¥याउँन सक्छ । आफ्नो जीविकोपार्जनको लागि लामो समयदेखि वनमा निर्भर रहेका धेरै समुदायलाई थाहा छ कि वनको अत्याधिक प्रयोग र विनाशले उनीहरूलाई भविष्यमा गम्भीर हानी पु¥याउन सक्छ

वन र स्वास्थ्य

हरेक ठाउँ वन जङ्गलले मानिसहरूको स्वास्थ्यमा सहायता गर्दछ । जङ्गलदेखि टाढा बसेका मानिसहरूले पनि अथवा वनजङ्गल विनास भएकै ठाउँहरूमा पनि वनजङ्गलले उपलब्ध गराउने वस्तुहरूमा निर्भर रहनु पर्दछ । जब वन विनाश अथवा नष्ट भएमा सामाजिक स्वास्थ्यमा खतरामा पर्दछ किनकी रुख र जङ्गलले स्वास्थ्य सहायतासम्बन्धी गर्ने प्रक्रिया र कार्यहरू गर्दैनन् ।

वन र पानी

केही मानिसहरू रुखले वर्षा आकर्षित गर्छ र पानीलाई माटोको सतहमा संचित गराउँदछ भन्ने विश्वास राख्दछन्। अरुले चाँहि रुखले उपलब्ध गराउने पानी भन्दा पनि बढी तिनीहरूले उपभोग गर्दछ भन्ने मान्दछन् जसले उब्जाउ बालीसँग प्रतिस्पर्धा गर्दछ।

रुखहरूको प्रकार उम्रने ठाउँ र अरु परिस्थिति अनुसार यी दुवै विचारहरू सत्य छन् । घना जङ्गलको माटो र गहिराईसम्म पुग्ने जराहरूले पानी शुद्धिकरण गर्ने काम गर्दछन् । जब कुनै कीटनाशक औषधी, गह्रौ तत्वहरूका साथै अरु विषादीहरूको मिसावट पानीमा रहन्छ। तब वनले त्यस्ता तत्वहरू मिसिएको पानीलाई शुद्ध पार्दछ र पानीको मुहान, कुवा, ईनार, खोलानालामा पानी पु¥याउने काम गर्दछन्। साथै त्यहाँ बस्ने मानिसहरूलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । वनजङ्गलबिना शुद्ध खाने र नुहाउने पानी उपलब्ध हुँदैन। यी यावत कारणले रुख काट्न भन्दा जोगाउन उपयुक्त हुन्छ । तर त्यस्ता विशेष कुनै प्रकारका छिटो बढ्ने रुखहरू हुन्छन्, रैथाने रुखहरू हुँदैन, जसले पानीको स्रोत उपभोग गर्छन् । किसानहरू तथा अरु जसले पानीको स्रोत बचाइराख्न चाहन्छन्। तिनीहरूले कसरी विभिन्न प्रकारका रुखहरूले पानीलाई प्रभावित पार्दछन् र साथै कस्ता प्रकारका रुखविरुवा रोप्ने भन्ने कुराको थाहा पाउनु अत्यन्त जरुरी हुन्छ ।

वन र मौसम

मौसम र जलवायुमा वनले अत्यन्तै महत्वपूर्ण असर पार्दछ । तातो हावालाई चिसो र चिसो हावालाई तातो र सुख्खा बनाई मौसमलाई सन्तुलनमा राख्दछ । रुखहरूले घर र बालीहरूलाई हुरी र तातो घामबाट बचाइराख्नुका साथै ठूलो वर्षाबाट पनि बचाइराख्न आश्रेय प्रदान गर्दछ । अझै ठूलो कुरा गर्दा वनले विषाक्त दूषित पदार्थ शोषण गरी विश्व उष्णीकरण हुनबाट जोगाउँछ जसले गर्दा पृथ्वीको तापक्रम ठिक्क राख्न मद्दत पु¥याउँछ । जब ठूलो मात्रामा वनजङ्गल विनाश हुन्छ आँधीबेहेरी, खडेरी र तातो हावा बग्ने जस्ता दैवी प्रकोपको डर बढेर जान्छ

वन जलले भूक्षय रोकथाम तथा बाढी घटाउ“छ

माटोमा झरेको पात, भूमिलगायतका विरुवालाई छहारी प्रदान गर्नुका साथै माटोलाई आफ्नो जराले समातेर राखी रुखहरूले भूक्षय रोकथामको साथै बाढी घटाउने काम गर्दछ । वर्षाको पानी जमीनमा फैलन र परेको पानीको बेग घटाई वनजङ्गलले परेको पानी बग्न नदीई माटोमा पठाउने काम गर्दछ । जब वन सखाप हुन्छ तब माटो खोला नदीमा बगाएर लान्छ । जब मुसलधारे पानी पर्दछ, माटोले परेको पानी धेरै सोस्न सक्दैन र जमीनमा छिटो बेगमा बग्न थाल्दछ जसले बाढी निम्त्याउँछ । पानीको प्राकृतिक बहाव बचाइराख्न वनजङ्गल जोगाइनु अत्यन्त जरुरी पर्दछ । (रुखविनाको माटोलाई वर्षाको पानीले के गर्छ भनेर जान्न पृष्ठ २८९ हेर्नुहोस्

वन विविधता र स्वास्थ्य

स्वस्थ वनमा धेरै प्रकारका रुखविरुवाका साथै विभिन्न किसिमका जङ्गली जनावर पाउने हुनाले नै जङ्गलमा जीवन जालो (पृष्ठ २७) सजिलै देख्न पाइन्छ । यसै विविधताले नै मानिसको जीवन धेरै किसिमले बचाईराखेको हुन्छ । मौरी र अरु कीराहरूले रुखको परागशेचन प्रक्रियामा सहयोग गर्ने हुनाले नै फुल फुल्छ र फल प्राप्त हुन्छ । बारुला र कमिलाले बालीनालीमा हानी गर्ने कीराहरूमाथि अतिक्रमण गर्दछ । चमेरा र चराहरूले लामखुट्टे खान्छन् जसले मलेरिया, कमलपित्त लगायतका अरु रोगहरू फैलनबाट जोगाउँछ । त्यसरी नै अरु जनावरहरूले पनि मुसा, झिंगामाथि नियन्त्रण गरी रोगहरू फैलनबाट जोगाउँछन् ।

जब बस्ती कुनै नष्ट भएको जङ्गलभित्र वा नजिक बनाइन्छ तब धेरै प्रकारका जं्रगली जनावरमा कमी आउँछ किनभने तिनीहरूको खाने र बस्ने बासस्थान नै हरण गरिएको हुन्छ ।

साथै बाँकी रहेका जनावरहरू पनि मानिसहरू नजिकै सम्पर्कमा रही बस्नुपर्ने बाध्यता बन्दछ जसले गर्दा जङ्गली जनावरसँग सम्बन्धित विभिन्न प्रकारका रोगहरू मानिसहरूलाई लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले धेरै किसिमका रुखबिरुवा र जनावरहरू बनाउन पर्याप्त जङ्गल जोगाउनु नै मानिसहरूको स्वास्थ्य जोगाउनु हो ।

जल, खाद्यान्न, इन्धन र औषधी

जङ्गलमा विभिन्न प्रकारका फलफूल, गेडा बीउ, जरा, कीरा र जनावरहरू हुन्छन् जसबाट मानिसहरूलाई खाद्यान्न र औषधी प्राप्त गराउँछ । जब जङ्गल विनाश हुँदै जान्छ, भोकमरी, कुपोषण र रोगव्याधी बढ्ने खतरा बढ्दै जान्छ । मानिसहरू जसले वन जङ्गल स्रोतमा निर्भर रहन्छन्, उनीहरूले बाँच्नको लागि अर्कै तरीका अपनाउनु पर्ने हुन्छ । जब जङ्गल विनाश हुँदै जान्छ, खानेकुरा र औषधी पनि बिलिन हुँदै जान्छ र जसको परिणाम तयार पार्ने तरीका र उपयोग गर्ने तरीका पनि हराउँदै जान्छ । अन्ततः जङ्गल विनाशले महत्वपूर्ण ज्ञान, सिप र चालचलन पनि हराएर जान्छ ।

स्रोतहरू कम भएका ठाउँमा मानिसहरूले कहिलेकाहीं जङ्गल जोगाइराख्ने कि विनास गरेर खेतिपाती गर्ने भन्ने दोधारमा हुन्छन् । यस्तो बेलामा पनि पूर्ण रुख काटेर खेतीपाती गर्नुभन्दा पनि केही रुख राख्नु नै उपयुक्त हुन्छ । साथै खेतीपाती र वनजङ्गललाई सन्तुलनमा राखेर लान सक्नुपर्दछ (वन र कृषिको बारेमा जान्न पृष्ठ ३०२ हेर्नुहोस्) ।

महिलामा बोझ

महिला र केटाकेटीहरू दाउरा बटुल्ने र बोक्ने निम्ति कठिन काम गर्ने गर्दछन् । वर्षौदेखिको यस्तो कठिन कार्यले उनीहरूको स्वास्थ्यमा समस्या देखापर्दछ । जब जङ्गल नष्ट हुन्छ, दाउरा घाँसपात लिन टाढा टाढासम्म जानुपर्ने हुन्छ । जसले गर्दा उनीहरू अरु महत्वपकूर्ण काम गर्न र विद्यालय जानबाट बञ्चित हुन्छन् । जब महिला तथा केटाकेटी टाढाटाढासम्म दाउरा घाँस बटुल्न जान्छन् कहिलेकाहीं शारीरिक यातना तथा बलात्कारका शिकार पनि हुने गरेका छन् । त्यसैले नै दिउँसोको समयमा महिला तथा केटीहरू दाउरा घाँस बटुल्न सधैँं समूहमा नै जाने गर्दछन् । रुखबिरुवा आफ्नै घर नजिक रोप्नाले नै मानिसहरू सुरक्षित रहनुका साथै स्वास्थ रहन मद्दत पु¥याउँछ

वन र जीविकोपार्जन

वनजङ्गल नै जिविकोपार्जनको एउटा महत्वपूर्ण स्रोत हो । खेतीपाती र आयआर्जन गर्न गरिबहरूले नै बढी जङ्गल फँडानी गरेका सरकारी तथा अन्तर्राष्ट्रिय संगठनहरूको दाबी छ । तर जब प्रशस्त खानेकुरा हुँदैन, प्रशस्त आयआर्जन हुँदैन अथवा अरु बाँच्ने आधार मिल्दैन, जङ्गल बचाई राख्नुभन्दा बाँच्नु महत्वपूर्ण हुन आउँछ । जङ्गल फँडानीको दोष अरु कलकारखानालाई कम दिएको पाइन्छ । जसले तेल प्रशोधन, खानीलगायत औद्योगिक वृक्षारोपणको लागि अत्यधिक मात्रामा काठ दाउरा उत्खनन् एवं जङ्गल फँडानी गरेको हुन्छ ।

जब मानिसलाई आफ्नो दैनिक बाँच्ने आधार पूरा हुन्छ तब मात्रै उसले भविष्यलगायत पर्यावरण कसरी र किन जोगाउने भन्ने सोच्दछ । जो मानिस जङ्गलमा बस्छ वा त्यसको हेरविचार गर्छ उसलाई जङ्गल फँडानी नगरिकन जीविका कसरी चलाउने भन्ने कुरा थाहा हुन्छ । गरिबी र कलकारखानाको मागले गर्दा नै धेरै वन विनाश भएको पाइन्छ ।

ज·लमा खेतीपाती

जङ्गलमा खेतीपाती गर्नको लागि धेरै ठाउँमा किसानहरूले विरुवा रोप्न केही ठाउँ रुखहरू काटेर बनाउँदछ र वरिपरिका रुखहरू त्यत्तिकै छाडेको पाइन्छ । तिनीहरूले त्यस खेतबारीमा झारपात उम्रिएर प्रतिस्पर्धा नगरेसम्म लगाउँछन् । त्यसपछि त्यस ठाउँलाई छाडेर अर्कै ठाउँमा वन फँडानी गरी खेतीबाली लगाउँछन् । यसरी ठाउँ परिवर्तन गर्दा पुरानो ठाउँमा फेरि रुखविरुवा उम्रिन्छ र माटो पुनः स्थापित हुन्छ । यसलाई कहिलेकाहीं “स्लास एण्ड वर्न” अथवा “स्विडेन फार्मिङ्ग” भन्ने गरिन्छ । स्विडेन फार्मिङ्ग हजारौं वर्षसम्म गरिएको थियो । तर क्रमिकरूपमा यो तरीका घट्दै गयो । स्विडेन फार्मिङ्ग किसान र वन जङ्गलका लागि दिगो हुँदैन । जब कुनै समुदायले स्थायीरूपमा वन जङ्गल भएको ठाउँमा खेती गर्छन् तब मात्रै त्यो दिगो खेती प्रणाली हुन जान्छ (अध्याय १५)

पर्या–पर्यटन

पर्या–पर्यटन प्राकृतिक सुन्दरता हेर्न आउने र त्यस ठाउँका रुखविरुवा जनावरहरू अध्ययन गर्न आउने मानिसहरूबाट आयआर्जन गर्न सकिने माध्यम हो । कुनै पर्या–पर्यटन योजना चाहिं प्राकृतिक सुन्दरतामा मात्रै रमाउने हुन्छन् भने कुनै योजना पर्यावरण जोगाउनुका साथसाथै प्राकृतिक सुन्दरतामा पनि रमाउने खालको हुन्छन् ।

पर्या–पर्यटन वन समुदायलाई आयआर्जन गर्न सकिने राम्रो तरीका हो । तर उक्त आयोजना शुरुवात गर्न सक्नु, चलाउनु र नीति नियम निर्माण गराई उक्त आयोजना फस्टाउनु एकदमै महङ्गो हुन जान्छ । पर्यटकलाई खाना, राम्रो आरामदायी बस्ने ठाउँ, गाइडका साथै सांस्कृतिक चालचलन बुझाउनुपर्ने हुन्छ । तिनीहरू दुर्घटनामा पर्ने डर हुन्छ साथै राम्रो स्वास्थ्य सेवा चाहिन्छ । पर्यटक भित्र्याउन पत्रपत्रिकामा विज्ञापन दिनुपर्ने हुन्छ । इन्टरनेट, छपाईका साथै अरु माध्यमबाट पनि विज्ञापन गराउनुपर्ने हुन्छ ।

व्यापारिक दृष्टिकोण र केही पारिवारलाई मात्र फाइदा नभई पर्या–पर्यटन सम्पूर्ण समुदायलाई नै फाइदाजनक हुन्छ । सफल पर्या–पर्यटन परियोजनाले पर्यटकको संख्या पनि सीमित गरेका हुन्छन् जसले गर्दा वातावरवणमा न्यून असर र समुदायमा न्यून चाप परोस

गैह्र काष्ठ वन पैदावर

गैह्र काष्ठ वन पैदावर काठ बाहेकका त्यस्ता चिजहरू जुन वन जङ्गललाई कुनै हानीबिना किनबेच गर्न सकिन्छ । तिनीहरूमा फलफूल, जडिबुटी, रेसालगायतका चिजहरू पर्दछन् । गैह्र काष्ठ वन पैदावर बेचेर सफलता पाएका समुदायहरूले तल उल्लेखित निर्देशिका पालना गर्नु महत्वपूर्ण रहेको ठहर गरेः

  • कसले काट्ने, बेच्ने र दिगो तरीकाले कसरी काट्ने कुराको प्रष्ट नियम बनाउनुपर्छ । एकचोटी उत्पादन सफल भएपछि बढी कटानको खतरा हुन्छ । चाहिने जति उत्पादन जम्मा गर्नुपर्छ ताकि त्यसले लगातार हुर्कन र उम्रन पाओस् ।
  • उत्पादनको लागि बजार खोज्ने वा बनाउने । यदि उत्पादनलाई नबेच्ने वा प्रयोग नगर्ने हो भने त्यसको कुनै औचित्य हुँदैन

वन विनाश

काठ उद्योग र जथाभावी स्रोत प्रयोग गरी नाफा कमाउने अरु व्यापारी संस्थाहरूबाट धेरैजसो वन विनाश हुने गरेको छ । एउटा जङ्गल विनाश भएपछि ठूलो कम्पनीहरू अरु जङ्गलतर्फ लाग्छन् । तर नष्ट भएको जङ्गलमा बस्ने मानिसहरूलाई भने जाने कुनै ठाउँ नै हुँदैन । सिधै जङ्गलमा भर नपर्ने मानिसहरू पनि धेरै वन पैदावर प्रयोग गर्छन् । जस्तैः किताब र पत्रिका, निर्माण सामग्री, खाद्यान्न जस्तैः बीफ जुन जङ्गलबाट काटिएको बिरुवाबाट र यसको जमीन खनेर निकालेको खनिज पदार्थ पाउँदछन् । यसरी विनास पारेको वन पुनस्र्थापना गर्नेतर्फ कसैले ध्यान पु¥याएको पाइँदैन ।

ज·ल कसरी विनाश हुन्छ र नासिन्छ ?

यदि जङ्गलका स्रोतहरूलाई लगातार हुर्कन र उत्पादन दिने नमिल्ने गरी प्रयोग र व्यवस्थापन गरियो भने चाँडै नै हाम्रा सबै जङ्गल मासिन्छन् । ठूलो मात्रामा जङ्गल नोक्सान हुने कारणहरू निम्न लिखित हुन सक्दछः

  • काठाको लागि सरपत कटान जब काठको लागि कुनै ठाउँको धेरैजसो रुख काटिन्छ) माटोलाई साह्रो बनाउँछ र भूक्षय जान सक्छ । जङ्गली जीवजन्तु नाश गर्छ र पानी जाने बाटोलाई बालुवाले भरिदिन्छ ।
  • ठूलो व्यवसायिक खेती, चरी चरण र रुख रोप्नु अक्सर जङ्गल नाश हुनुमा जिम्मेवार हुन्छ ।
  • जङ्गल काटेर ठूला ठूला माछा पाल्ने पोखरी बनाइन्छ जसले सामुदायिक माछा पालनलाई ओझेल बनाउँछ । यसले पानीलाई प्रदूषित बनाएर, बिरामी, गरिबी र कुपोषण निम्त्याउँछ ।
  • कागज कारखाना विषाक्त फोहर निकाल्छ जसले जमीन, पानी र हावालाई दूषित बनाउँछ ।
  • खानी उत्खनन्, तेल र ग्याँस कम्पनीले जङ्गल फँडानी गर्छ र विषाक्त फोहर निकाल्छ जसले पानी, जमीन र हावालाई विषाक्त बनाउँछ ।
  • ठूलो बाँध योजनाले जङ्गलको ठूलो भागलाई बाढीग्रस्त बनाउँछ । मानिसहरू बाँध भएको ठाउँबाट विस्थापित हुन बाध्य हुन्छन् र घर तथा खेत बनाउनको लागि अझै बढी जङ्गल काट्छन् ।

वनसम्बन्धी द्वन्द्व

किनकी जङ्गलका स्रोत सीमित मात्र हुन्छ र अक्सर मानिसहरू जसले यस स्रोतलाई विभिन्न तरीकाबाट प्रयोग गर्न खोज्दछन् उनीहरूबीच वादविवाद उत्पन्न हुन्छ । वादविवाद स्थानीय जङ्गलमा निर्भर समुदायमा उत्पन्न हुन्छ । समुदाय बाहिरको उद्योग जसलाई जङ्गलको स्रोतको जरुरत हुन्छ वादविवाद त्यहाँ पनि उत्पन्न हुन्छ ।

वनको दिगो प्रयोग

दिगो जङ्गल व्यवस्थापन भन्नाले भविष्यको लागि जङ्गलको सुरक्षा गर्दा दैनिक जरुरत पनि पूरा हुने तरीकाले जङ्गलको प्रयोग र हेरविचार गर्नु हो । दिगो शैली सबै ठाउँमा एउटै हुँ दैन । हरेक समुदायले उनीहरूको जङ्गलको लागि र कुन काम सबैभन्दा राम्रो हुन्छ भनेर पत्ता लगाउन जरुरी हुन्छ ।

दिगो जङ्गल व्यवस्थापन योजना बनाउँनाले समुदायलाई उनीहरूको जङ्गल राम्रोसँग प्रयोग गर्न सकिने कुराको निर्णय गर्न मद्दत गर्छ । यसले उद्योग र सरकारबाट जङ्गललाई हुने खतरा रोक्न पनि मद्दत गर्छ । कहिले काहिं जङ्गलका उत्पादनहरू दिगो शैलीले उत्पादन भएको देखाउन सके त्यसको राम्रो मूल्य पाउन सकिन्छ । तर दिगो जङ्गल व्यवस्थापनको महत्वपूर्ण भाग भनेको स्थानीय मानिसहरू एकजुट भएर जङ्गलको प्रयोग र सुरक्षा गर्नु हो ।

एकै समयमा जङ्गलको प्रयोग र सुरक्षा गर्ने केही तरीकाहरू निम्न छन् :

  • लहरा बिरुवा र रुखहरू पातलो बनाउँदा अझ बढी सूर्यका किरण जङ्गलमा छिर्छन् जसले गर्दा तपाईले चाहेको बिरुवा लगाउन र हुर्काउन सकिन्छ ।
  • इन्रिच्मेन्ट प्लान्टेशन भनेको नयाँ रुखबिरुवालाई पुरानो रुखको मुनि वा कुनै सफा ठाउँमा रोप्नु हो जब यी बिरुवाहरू आफैं उम्रन सक्दैनन् ।
  • पुनः रोपन काटिसकेपछि स्थानपूर्तिको लागि नयाँ रुख वा बीउ रोपेर पनि पुनस्र्थापना हुन्छ भन्ने विश्वस्त गराउने तरीका हो ।
  • नियन्त्रित आगलागिले रुख मुनि उम्रने झाडीहरूलाई घटाउन सक्छ। यसले माटोमा पोषकतत्व प्रदान गर्छ र रुखलाई हानी पु¥याउन सक्ने कीरालाई मार्छ । नियन्त्रित आगलागिको लागि सावधानीपूर्वक योजनाको जरुरत पर्छ किनभने आगो सजिलै अनियन्त्रित हुन सक्छ ।
  • सेलेक्टिभ लगि भन्नाले केही रुख मात्र छानेर काट्ने, केही कलिला रुख र पुराना स्वस्थ रुख माटो समात्न र भविष्यका लागि बीऊ प्रदान गर्न जोगाउनु हो।
  • रुख काटेर बेच्नुभन्दा गैह्र काष्ठ वन पैदावर जम्मा गर्नु र बेच्नु, वनको हेरविचार गर्ने र पैसा कमाउने एउटा तरीका हो ।
  • गोठालाहरूलाई गाईबस्तु ज·लको बाहिर चराउन र कृषकहरूलाई आफ्नो जमीनको नजिक रुख नकाट्नको लागि पैसा दिनाले, स्वस्थ जङ्गल र बादविवादबाट जोगाउन मद्दत गर्दछ ।
  • दुईवटा जङ्गललाई जोड्ने ठाउँलाई बचाउँदा जङ्गली जीवहरू एक ठाउँबाट अर्को ठाउँमा हिंडडुल र बस्न सक्छन् ।
  • हरियाली ठाउँ बनाउनु अथवा जुन ठाउँमा रुख धेरै काटिएको छ वा सम्पूर्ण जङ्गल नै नष्ट भएको छ वा जनसंख्या धेरै भएको ठाउँ जस्तैः शहर बजारमा सानो ठाउँमा रुख रोप्नु त्यहाँको माटो, पानी र हावा स्वस्थ बनाउने एउटा तरीका हो ।
  • जङ्गलको जुन ठाउँमा रुख धेरै काटिएको छ त्यहाँको रुख कम प्रयोग गरेर प्राकृतिक रूपमा हुर्कन दिनाले जङ्गल पुनस्र्थापना हुन मद्दत गर्छ ।
  • काटिएको रुखहरू जङ्गल बाहिर निकाल्न ठूला मेसिन भन्दा जनावर प्रयोग गरेमा जङ्गल कम नष्ट हुन्छ ।

ज·ल संरक्षण गर्न सहकार्य

जङ्गलबाट फाइदा लिने धेरैभन्दा धेरै समूहसँग सहकार्य गर्दा सबैको आवश्यकता पूरा हुने गरी जङ्गलको प्रयोग हुने कुरामा विश्वस्त हुन मद्दत गर्दछ । स्थानीय क्षेत्रभन्दा बाहिरको मानिसहरूसँग सहकार्य गर्नाले तपाईहरूको अधिकार संरक्षण गर्न मद्दत गर्दछ ।

संरक्षित वन क्षेत्र

जङ्गल पार्क र संरक्षण क्षेत्र बनाउनु सरकार र अन्र्तराष्ट्रिय संस्थाबाट जङ्गल संरक्षण गर्न र पर्या–पर्यटन बढाउन सहायता लिने तरीका हुनसक्छ । तर सरकार र संरक्षण गर्ने समूहले कहिलेकाहीं जङ्गलबाट मानिसलाई टाढा राख्नुनै जङ्गल संरक्षण र जोगाउने एउटै तरीका मान्दछन् । संरक्षणकर्ता र सरकार धेरै दुवै यस धारणामा गलत हुने गर्छन् । जङ्गलमा बस्ने मानिसहरूलाई कसरी यसको हेरविचार र प्रयोग गर्नुपर्छ भनेर थाहा हुन्छ । जङ्गलमा बसेर र जङ्गल, पार्क र संरक्षण क्षेत्र व्यवस्थापन गरेर स्थानीय मानिसहरूले सरकार र संरक्षण समूहभन्दा अझ राम्ररी जङ्गल जोगाउन सक्छन् ।

केही समुदायहरूले जङ्गल संरक्षण क्षेत्रको स्रोतमा पहुँच गराएर यसलाई एकसाथ व्यवस्थापन गर्नका लागि सरकार र अरु स्थानीय समुदायसँग सहमति बनाउँछन् । यसलाई “मिलिजुली व्यवस्थापन कार्य” भनिन्छ । मिलेर व्यवस्थापन गरिने सहकार्यले उनीहरूको परम्परागत रूपमा जङ्गल र यसको उत्पादनको दिगो प्रयोगलाई निरन्तरता दिन्छ । जुन समुदायले जङ्गल संरक्षण क्षेत्रको व्यवस्थापन गर्छ अरु समुदायलाई जङ्गल सुरक्षाको महत्व र शिक्षा दिन पनि सक्छ ।

वन पुनस्र्थापना

प्राचीन वन (पुरानो वन जुन कहिले पनि गम्भिररूपले नष्ट भएको छैन) लगातार घट्दै छ । एक पटक प्राचीन वन नष्ट भएपछि फेरि त्यो वनमा विभिन्न प्रकारको बिरुवा र जनावर पहिलेको जस्तैः हुँदैनन् । तर पछि उम्रेको वन (वन जुन नष्ट भएको थियो तर पुनः उम्रेको छ) ले पनि प्राचीन वन जस्तैः स्रोत प्रदान गर्न सक्छ । यदि यी वनलाई हुर्कन दिने हो र यसको प्राकृतिक विविधतालाई जोगाई राख्ने हो भने मानिसले रोपेको र राम्रो व्यवस्थापन गरिएको वनले पनि धेरै स्रोत प्रदन गरेर सामुदायिक स्वास्थ्यलाई प्रवद्र्धन गर्छ । स्वस्थ वन हुर्कनलाई धेरै समय लाग्छ तर त्यहाँ राम्रो शुरुवात गर्नलाई थुप्रै कुराहरू हुन्छन् । भूक्षय रोक्नाले, माटो तयार गर्नाले र रैथाने रुख अथवा स्थानीय ठाउँमा उपयुक्त हुने रुख रोप्नाले वनलाई राम्रोसँग हुर्कन मद्दत गर्छ । वनमा प्राकृतिक रूपले रुख उम्रने शैलीलाई अनुगमन गर्नु पनि स्वस्थ वन बनाउने एउटा तरीका हो (अध्याय ११)

के रुख रोप्नु स“धैं फाइदाजनक हुन्छ ?

सामुदायिक वन पुनस्र्थापना योजना शुरु गर्नुभन्दा पहिले यसले तपाईको समुदाय र तपाईको स्थानीय वातावरणको जरुरत पूरा गर्ने कुरा विश्वस्त हुनुपर्छ । रुखहरूले अरु बालीसँग सीमित जमीन र पानीको लागि प्रतिस्पर्धा गर्न सक्छन् । कहिलेकाहीं रुखो वातावरणमा कलिला रुखलाई स्याहार्न धेरै कामहरू हुन्छन् । जुन ठाउँमा रुख रोपेर स्याहार हुँदैन त्यहाँ योजना असफल र रुख मरेर जान्छ । यदि तपाईको समुदाय वनको उत्पादन जस्तैः दाउरा, काठ वा फलफूलमा निर्भर छ भने रुख रोप्नु वनको स्रोत छिटो फर्काउने एउटा तरीका हुन सक्छ । यदि तपाईको समुदाय विशेष गरी शिकार अथवा वनको माटो, हावा र पानीको लागि निर्भर छ भने ठूलो जमीनको संरक्षण गर्नुका साथै रुखलाई आफै उम्रन दिएर तपाईलाई अझै धेरै फाइदा लिन सक्नु हुन्छ । सबै ठाउँमा जङ्गल राम्रो हुँदैन । प्राकृतिक रूपमा मरुभूमिमा, घाँस उम्रने जमीनमा थोरै रुख उम्रन्छन् । यस्तो ठाउँमा मानिसले रुख रोप्न खोजेमा त्यहाँको जनावर र बिरुवाको सन्तुलन बिग्रन सक्छ । तर अरु ठाउँमा जहाँ थोरै रुखहरू हुन्छन् जस्तैः शहर र बजार बाटोको छेउ, कारखानाको छेउ र पार्कमा रुख रोप्नाले त्यस ठाउँको स्वास्थ्य र समुदायमा राम्रो सुधार ल्याउन सक्छ ।

जमीनको मालिक को हो र नियमहरू के के हुन् ?

यदि तपाई जमीनमा वन पुनस्र्थापना गर्न चाहनुहुन्छ र त्यसको उत्पादन पछि प्रयोग गर्न चाहनुहुन्छ भने वन हुर्केपछि त्यसको प्रयोग गर्न पाउनु हुन्छ भन्ने कुरामा विश्वस्त हुन जरुरी छ । जमीन कसको हो र रुख रोप्नुभन्दा पहिले अनुमति लिनाले यस्तो समस्याबाट बच्न मद्दत गर्छ । जमीन जुन पहिला बाँझो थियो त्यसमा स्वस्थ वन भएपछि मूल्यवान हुन्छ । त्यस्तै केही ठाउँमा आफैले रुख रोपे पनि केही रुखहरू काट्न नमिल्ने नियम छ । यस्ता नियम तपाई बसेको ठाउँमा भए नभएको कुरामा विश्वस्त हुनुहोस् ।

विभिन्न रुखले विभिन्न जरुरत पूरा गर्छ

समुदायमा मानिसको जरुरत र मागअनुसार कस्तो प्रकारको रुख रोप्ने भन्ने निर्णय गर्नुपर्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate