অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

ब्लू व्हेल चेलेन्ज (चुनौती) बाट सावधान

ब्लू व्हेल चेलेन्ज (चुनौती) बाट सावधान

  1. ब्लू व्हेल चेलेन्ज खेल के हो र माता-पिता यसबारेमा किन चिन्तित हुनु पर्छ?
  2. केटाकेटीहरूले यो खेल कहाँबाट लिन सक्छन् वा कहाँबाट यो खेलसम्म पुग्न सक्छन्?
  3. खेलाडीहरूले यस खेलमा कस्ता चुनौतीहरूको सामना गर्नु पर्दछ?
  4. सरकारले इन्टरनेट कम्पनीहरूलाई यस खेलमा प्रतिबन्ध लगाउने निर्देश दिएको छ। तर माता-पिताले अहिले पनि चिन्तित हुनु पर्दछ?
  5. ती कुनचाहिँ लक्षण वा पहिचान चिन्ह छन् जसले तपाईँले थाहा पाउन सक्नुहुन्छ कि यो युवा / किशोर यस खेलमा सामेल हुन सक्छ वा त्यसमा सामेल हुने सम्भावना छ?
  6. माता–पिताले आफ्ना केटाकेटहरूलाई यस्तो घातक अनलाइन खेलमा भाग लिनबाट कसरी रोक्न सक्छन्?
  7. यस विषयमा शिक्षकले कसरी मदतगर्न सक्छ?

ब्लू व्हेल चेलेन्ज खेल के हो र माता-पिता यसबारेमा किन चिन्तित हुनु पर्छ?

  1. ब्लू व्हेल चुनौती एउटा अनलाइन गेम हो खेलको नाम यस्तो यस कारणले राखिएको छ कि कहिलेकाँहि व्हेल समुद्र तटमा जानिबुझी नै आफैँ मर्न आउँछ।
  2. यस गेममा, एकजना अनलाइन व्यवस्थापकले आफ्ना प्रतिभागीहरूलाई कार्य प्रदान गर्दछ। प्रतिभागीहरूलाई प्रत्येक कार्य पूरा गर्नका लागि 50 दिनको अवधि दिन्छ। खेलाडीहरूले यो चुनौती स्वीकार गर्दै आफ्नो फोटो खिच्नु पर्छ र त्यसलाई अपलोड गर्नु पर्दछ। यस खेलको अन्तिम चुनौती आत्महत्या गर्नु हो।यस खेलमा खेलाड़ीलेखेल बीचमा रोक्न सक्तैन न्किनकि उनीहरूलाई ब्लैकमेल गरिन्छ र खेल पूरा गर्नका लागि उनीहरूमाथि दबाब हालिन्छ।
  3. यो घातक खेल पूरै विश्वमा फैलिएकोछर भारतमा रिपोर्टका अनुसार केटाकेटीहरूलेआफूलाई नोकसान गर्दैछन् र यहाँसम्म कि आत्महत्याका कतिपय मामिला पनि देखिएका छन्। भारतमा यस खेलसँग जोडिएका ६ जना भन्दा धेरै केटाकेटीहरूले (जुनचाहिँ १२-१९ वर्षका छन्), गएको दुई हप्तामा यो खेल खेल्दै कथित रूपले आफ्नो ज्यान गुमाएका छन्।

केटाकेटीहरूले यो खेल कहाँबाट लिन सक्छन् वा कहाँबाट यो खेलसम्म पुग्न सक्छन्?

ब्लू व्हेल एउटा स्वतन्त्र रूपले डाउनलोड गर्न सक्ने योग्य गेम हो, एप्लिकेसन वा सफ्टवेर छैन। केटाकेटीहरूले यस खेललाई आफ्नो मोबाइल फ़ोनमा प्ले स्टोर वा कुनै सामाजिक लिङ्कद्वारा(जस्तै फेसबुक) बाट डाउनलोड गर्न सक्छन्। यो सोसल मिडिया नेटवर्कहरूमा गुप्त समूहमा पठाइन्छ। यो खेलको क्रिएटर अर्थात् रचनाकारले आफ्ना खेलाडीहरू/ शिकारको खोजी गर्दछन्र उनीहरूलाई एउटा निमन्त्रण पठाएर यो खेलमा सामेल हुनका लागि भन्दछन्।

खेलाडीहरूले यस खेलमा कस्ता चुनौतीहरूको सामना गर्नु पर्दछ?

यस खेलका कतिपय चुनौतीहरू तल दिइएका छन्। उक्त चुनौतीहरूको लिस्ट (सूची) कुनै स्टेन्डर्ड सूची छैन यो पनि सम्भव हुन सक्छ कि यो खेलको क्युरेटर (निरीक्षक) कुनै नयाँ चुनौतीका साथ आउन सक्छ:

  1. रेजर/चक्कु/उस्तराले आफ्नो हातको छाला काटेर “F57” लेख्नुहोस्  निरीक्षकलाई त्यसको फोटो पठाउनुहोस्।
  2. बिहान 4:20 उठ्नुहोस् र निरीक्षकद्वारा पठाइएको डरलाग्दो भिडियो वा मनमा नराम्रो लाग्ने खालको अचम्मको भिडियो हेर्नुहोस्।
  3. आफ्ना हातको छालामा रेजर/चक्कु वा कुनै धारिलो वस्तुले केवल 3वटा निसान बनाउनुहोस् (जुनचाहिँ धेरै गहिरो नहोस्) र निरीक्षकलाई यसको फोटो पठाउनुहोस्।
  4. एउटा कागजमा ब्लू व्हेलको चित्र बनाउनुहोस् निरीक्षकलाई फोटो पठाउनुहोस्।
  5. यदि तपाईँ ब्लू व्हेल बन्न तयार हुनुहुन्छ भने आफ्ना खुट्टामा हो (yes) बनाउनुहोस् र यदि हुनुहुन्न भने आफूलाई दिएको सजायका रूपमा धेरै चोटि काट्नुहोस्।
  6. गुप्त रूपमा कार्य गर्नुहोला।
  7. आफ्ना हातमा "F40" को निसान बनाउनुहोस् (धारिलो वस्तुले) र निरीक्षकलाई फोटो पठाउनुहोस्।
  8. तपाईँले आफ्नो डरलाई पर हटाउनु पर्छ।
  9. बिहान 4:20 मा उठ्नुहोस् र छतमा जानुहोस्(जति अग्लो ठाउँ हुन्छ उति राम्रो हुन्छ)।
  10. कुनै धारिलो वस्तुले आफ्ना हातमा व्हेल बनाउनुहोस्  निरीक्षकलाई फोटो पठाउनुहोस्।
  11. सारा दिन डरलाग्दा वा विकृतकारी भिडियो हेर्नुहोस्।
  12. क्युरेटरदवारा पठाइएको सङ्गीत सुन्नुहोस्।
  13. आफ्नो ओठ काट्नुहोस्।
  14. आफ्ना हातलाई सियोले धेरैपल्ट घोच्नुहोस्।
  15. आफूलाई केही मात्रामा दुख दिनुहोस्, आफूलाई 17 पल्ट बिमार बनाउनुहोस्। सबैभन्दा अग्लो छत् जुनचाहिँ तपाईँ भेटाउनुहुन्छ त्यहाँ जानुहोस् र त्यसको एकदम किनारमा केही समयका लागि उभिनुहोस्।
  16. कुनै पुलमा जानुहोस् र त्यसको छेउमा उभिनुहोस्।
  17. कुनै क्रेनमा चढनुहोस् वा कम-से-कम चढ़ने प्रयास गर्नुहोस्।
  18. क्युरेटर (निरीक्षक) बीच बीचमायस कुराको जाँच गर्दछ कि के तपाईँ भर पर्ने लायक हुनुहुन्छ कि हुनुहुन्न।
  19. स्काइपमा व्हेल (आफूजस्तै कुनै दोस्रो खेलाडी वा क्युरेटर)सँग कुरा गर्नुहोस्।
  20. कुनै अग्लो छतमा जानुहोस्  त्यसका किनारमा खुट्टा झुन्ड्याएर बस्नुहोस्।
  21. क्युरेटर (निरीक्षक)ले तपाईँलाई तपाइँको मृत्युको मिति भन्ने छ र तपाईँले त्यो स्वीकार गर्नु पर्छ।
  22. बिहान 4:20 मा उठ्नुहोस् र कुनै पनि रेलमा जानुहोस् (कुनै पनि रेल जुनचाहिँ बाटामा तपाईँले भेटाउनु हुन्छ)।
  23. पूरै एक दिन कसैसँग बात नमार्नु होस्।
  24. सधैँ बिहान4:20 मा उठ्नुहोस्।
  25. डरलाग्दा वा मुटु ढुकढुक गर्ने खाल्का भिडियो हेर्नुहोस्।
  26. क्युरेटर (निरीक्षक)द्वारा पठाइएको सङ्गीत सुन्नुहोस्।
  27. सधैँ आफ्नो शरीरमा धारिलो वस्तुले निशान बनाउनुहोस्।
  28. कुनै अग्लो पर्खालबाट हाम फालेर आफ्नो ज्यान दिनुहोस्।

सरकारले इन्टरनेट कम्पनीहरूलाई यस खेलमा प्रतिबन्ध लगाउने निर्देश दिएको छ। तर माता-पिताले अहिले पनि चिन्तित हुनु पर्दछ?

1. जबकि सरकारले गुगल, फेसबुक, व्हाट्सएप, इन्सटाग्राम, यी सबै कम्पनीहरूलाई यो भनेको छ कि उसले यस खतरनाक खेलसँग सम्बन्धित लिङ्कलाई तुरुन्तै हटाइदियोस् र कोशिश गरोस् कि यो अगिबढन नपाओस्। तर अहिले यो स्पष्ट छैन कि यी कम्पनीहरूले कसरी यस खेललाई रोक लगाउन सक्छन्। किनकि यो खेल सार्वजनिक र स्वतन्त्र रूपमा उपलब्ध छैन। यो खेल गुप्त रूपले खेलाडीहरूसम्म पुग्दछ, र उनीहरूलाई यस खेलको सहभागी बनाउँछ। तपाईँ यस खेलको सहभागी तबमात्र बन्न सक्नुहुन्छ, जब खेलको क्युरेटरले तपाईँसँग सम्पर्क गर्दछ र तपाईँलाई सम्भावित रूपमा यस खेलको उम्मीदवार / व्हेल छान्ने छ।

2. यसका अतिरिक्त यो खेल अहिले कुनै बेग्लै नाममा पनि उपलब्ध छ जस्तै“ए साइलेन्ट”

हाउस, ए सी अफ व्हेल्स र वेक मी उप एट 4:20 ए.एम. (मलाई बिहान4:20 मा उठाइदिनु)।

कुन उमेरकाले यस खेलमा भाग लिने सबैभन्दा धेरै सम्भावना छ?

युवा र किशोर (12-19 आयु) वर्गका केटाकेटीहरू जुनचाहिँ सोसल मिडियाका सबैभन्दा असुरक्षित समूह छन्, उनीहरू यस खेलमा फँस्ने सम्भावना सबैभन्दा धेर छ।

ती कुनचाहिँ लक्षण वा पहिचान चिन्ह छन् जसले तपाईँले थाहा पाउन सक्नुहुन्छ कि यो युवा / किशोर यस खेलमा सामेल हुन सक्छ वा त्यसमा सामेल हुने सम्भावना छ?

अधिकांश मनोवैज्ञानिक भन्दछन् कि जब केटाकेटीहरू धेरै समय एक्लै बिताउन लाग्दछन्, परिवार र साथीहरूसँग कुरा गर्न बन्द गर्दछन्, कुरै पिच्छे घरबाट भाग्ने वा मृत्युका बारेमा कुरा गर्न थाल्छन्, र केटाकेटीहरूको सुत्ने र खाने व्यवहारमा फरक पर्न थाल्दछ, तब परिवारले केटाकेटीहरूमाथि विशेष ध्यान दिन सुरू गर्नु पर्दछ, यी केही विशेष परिवर्तन र लक्षण हुन् जुनचाहिँ तिनमा देखिन्छ यदि केटाकेटीहरूले यस खेलमा भाग लिन सुरू गरेका छन् भने।

माता–पिताले आफ्ना केटाकेटहरूलाई यस्तो घातक अनलाइन खेलमा भाग लिनबाट कसरी रोक्न सक्छन्?

तल केही निर्देश दिइएको छ जसले तपाईँ आफ्ना केटाकेटीहरूलाई यसखाले अनलाइन खेलहरूबाट टाढा राख्न सक्नुहुन्छ :

  1. कुनै पनि समस्याका बारेमा जानकारी राख्नु धेरै महत्वपूर्ण हुन्छ। सञ्चार माध्यमले अहिलेसम्म यस मुद्दामा केही स्पष्ट भन्न सकेको छैन कि अहिलेसम्म गरिएका आत्महत्याहरू यो खेलसँग जडित छन् कि छैनन्। हुन सक्छ तपाईंका केटाकेटीले समाचारका माध्यमहरूबाट यस खेलका बारेमा धेरै चर्चाहरू भएका कारण यस विषयमा उठेका धेरै प्रश्नहरू र अनिश्चयतालाई हेर्दै,यस कुराको आवश्यकता देखिन्छ कि हामीले केटाकेटीहरूसँग यस विषयमा चर्चा गर्नु पर्छ र यस्तो उपाए गर्नुपर्छ कि जसले गर्दा ऊसँग कुनै दुर्घटना नहोस्।
  2. यो सुनिश्चित गर्नु पर्छ कि तपाईँको केटाकेटी आफ्नो उमेर अनुसार आवश्यक अनलाइन साइट्ससम्म पुगोस् जसले उसलाई कुनै प्रकारको हिंसा वा दुर्व्यवहार वा अनैतिक व्यवहारतर्फ नलैजाओस्।
  3. सधैँ यो सुनिश्चित गर्नुपर्छ कि तपाईँका केटाकेटीले घरमा साधारण ठाउँमा राखिएको कम्प्यूटरबाट नै इन्टरनेटमा काम गरिरहेका हुन्।
  4. नियमित रूपमा आफ्ना केटाकेटीसँगकुरा गर्नुहोस् अनलाइनको दुनियाँ ऊ सँग बसेर प्रयोग गर्नुहोस् र यस्ता अनलाइन साइट्स उसलाई देखाउनुहोस् जसले राम्रा अनलाइन गतिविधिहरू र नैतिक आदतहरू केटाकेटीलाई सिकाउँछ।
  5. केटाकेटीहरूदवारा उपयोग गरिएका सबै इन्टरनेट उपकरणहरूमा पेरेन्टस् कण्ट्रोलको प्रयोग गर्नु पर्छ तथा केटाकेटीहरूका अनलाइन गतिविधिहरूमा नजर राख्नु पर्छ।
  6. आफ्ना केटाकेटीहरूका लागि एकजना आदर्श माता-पिता बन्नुहोस् र आफ्ना अनलाइन गतिविधिहरू प्रति पनि सतर्क रहनुहोस्।
  7. अरू अभिभावकहरूसँग पनि कुरा गर्नुहोस्, र यदि कुनै चिन्ता पऱ्यो भने आपस्तमा कुरा गरेर केटाकेटीहरूलाई मदत गर्ने सही तरिकामाथि चर्चा गर्नुहोस्।
  8. इन्टरनेटको दुनियासँग आफूलाई परिचित गराउनुहोस्।
  9. आफ्ना केटाकेटीहरूको व्यवहारमाथि तिखो नजर राख्नुहोस्, उसको कुनै पनि असामान्य व्यवहार जस्तै कि झर्के पन, थोरै बोल्नु, पढाइमा रूचिको कमी हुनु र स्कूलमा नम्बर थोरै आउनु आदिबाट सावधान हुनुहोस् र यस खाले बदलाउलाई ध्यानमा राख्तै, उसका अनलाइन गतिविधिहरूलाई ध्यानले हेर्नुहोस्, तथा स्कूलका अधिकारीहरूसँग कुरा गर्नुहोस् वा बाल मनोवैज्ञानिकसँग परामर्श लिनुहोस्।
  10. यदि तपाईंले थाहा पाउनु भयो कि तपाईँको केटाकेटी अघिदेखि नै ब्लू व्हेल चेलेन्ज खेल्दैछ, तब तुरुन्त उसलाई कुनै पनि उपकरण डिवाइसमा इन्टरनेटको प्रयोग गर्नबाट रोक्नुहोस्।
  11. स्थानीय पुलिस अधिकारीहरूलाई यस बारेमा सूचित गर्नुहोस् कि अहिलेसम्म के भइसकेको छ र अब के गर्नु छ यसमा उनको सलाह लिनुहोस्।

यस विषयमा शिक्षकले कसरी मदतगर्न सक्छ?

  • शिक्षकहरूले केटाकेटीहरूको घट्दै गरेको ग्रेड र सामाजिक व्यवहारमा नजर राख्नु पर्छ।
  • उनीहरूले प्रत्येक केटाकेटीहरूको व्यवहारमा तिखो नजर राख्नु पर्छ।
  • शिक्षकहरूले केटाकेटीहरूको असामाजिक व्यवहार / क्रिया कलापहरूमाथि नजर राख्नु पर्छ रयस्ता केटाकेटीसँग व्यक्तिगत रूपमा कुरा गर्नु पर्छ। जुनचाहिँ अरू केटाकेटीसँग धेरै कुरा गर्दैन वापर-पर रहन खोज्छ।
  • यदि केटाकेटीहरूमा उसलाई कुनै चीज सन्देहास्पद वा खतरनाक लाग्दछ भने, तब उनले तुरुन्त स्कूल अधिकारीहरूसँग यस बारेमा सूचित गर्नु पर्छ।
  • शिक्षकहरूले यो पनि सुनिश्चित गर्नु पर्छ कि केटाकेटीहरूले स्कूलमा कुनै गेजेट (इलेक्ट्रोनिक उपकरण) को उपयोग नगरून्।
  • उनीहरूले यो पनि सुनिश्चित गर्नुपर्छ कि ती केटाकेटीहरूलाई समय समयमा इन्टरनेटको लाभ र हानिका बारेमा जानकारी दिँदै गर्नु पर्छ।

स्त्रोत: राष्ट्रीय बाल अधिकार संरक्षण आयोग

Last Modified : 12/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate