सेयर
Views
  • State: Open for Edit

शिक्षाका प्रत्यय

शिक्षा किन ग्रहण गर्नु पर्छ, यसको औचित्यबारे यहाँ विस्तृत जानकारी पोइन्छ।

शिक्षाको आवश्यकता

नवजात शिशु असहाय तथा असामाजिक हुन्छ | उसले न बोल्न जान्दछ न घुमफिर गर्न। उसका न कुनै मित्र हुन्छन्  न त शत्रु| यति मात्र होइन उसलाई समाजका कुनै रीति-रिवाज तथा परम्पराको ज्ञान पनि हुँदैन ननै उसमा कुनै आदर्श तथा मूल्य प्राप्त गर्ने जिज्ञासा पाइन्छ। परन्तु जब जब ऊ ठुलो हुँदै जान्छ तब तब उमाथि शिक्षाको औपचारिक तथा अनौपचारिक साधनहरूको  प्रभाव पर्न थाल्छ| यस प्रभावका कारण उसमा एकातिर शारीरिक, मानसिक तथा संवेगात्मक विकास हुन्छ भने अर्कातिर उसमा सामाजिक भावनाको विकास पनि हुँदै जान्छ। परिणामस्वरुप ऊ शैने-शैने: प्रौढ व्यक्तिहरूको उत्तरदायित्वलाई सफलतापूर्वक निर्वाह गर्नसक्ने योग्य बन्छ। यसरी हामी देख्छौं कि बालकको व्यवहारमा वाञ्छनीय परिवर्तन ल्याउनको लागि व्यवस्थित शिक्षाको परम आवश्यकता पर्छ | सत्य के भने शिक्षाबाट यति लाभ छ कि यसको वर्णन गर्न कठिन छ। यस सन्दर्भमा यहाँ केवल यति भन्न पर्याप्त हुन्छ कि शिक्षाले माताजस्तै पालन-पोषण गराउँछ, पिता समान उचित मार्ग-दर्शनद्वारा आफ्नो कार्यमा लगाउँछ  तथा पत्नीजस्तै सांसारिक चिन्ता हटाएर प्रसन्नता प्रदान गराउँछ | शिक्षाद्वारा नै हाम्रो कीर्तिको प्रकाश चारैतिर फैलिन्छ तथा हाम्रा समस्या निराकरण गरेर जीवनलाई सुसंस्कृत बनाउँछ| हामी देशमा बसौँ अथवा विदेशमा शिक्षाले हामी अनेक क्रियाकलाप गराउँछ| तात्पर्य यो हो कि जसरी सूर्यको प्रकाश पाएर कमलको फूल फक्रिन्छ तथा सूर्य अस्त हुनासाथ खुम्चिन्छ ठीक त्यसै प्रकार शिक्षाको प्रकाश पाएर प्रत्येक व्यक्ति कमलको फूल जस्तै मुस्कुराउँछ र अशिक्षित हुँदा दरिद्रता, शोक एवं कष्टरूपी अन्धकारमा डुब्छ | सङ्क्षेपमा, शिक्षा त्यो प्रकाश हो जसद्वारा बालकको समस्त शारीरिक, मानसिक, सामाजिक तथा अध्यात्मिक शक्तिको विकास हुन्छ | यसले ऊ समाजको एउटा उतरदायी घटक एवं राष्ट्रको प्रखर चरित्र-सम्पन्न नागरिक बनेर समाजको सर्वाङ्गीण उन्नतिमा आफ्नो शक्तिको उत्तोरत्तर प्रयोग गर्ने भावनाले ओतप्रोत भएर संस्कृति तथा सभ्यताको पुनर्जीवित एवं पुर्नस्थापित गर्नको लागि प्रेरित हुन्छ| जसरी शिक्षाले एकातिर बालकको सर्वाङ्गीण विकास गरेर उसलाई तेजस्वी, बुद्धिमान, चरित्रवान, विद्वान्, तथा वीर बनाउँछ त्यसरी नै अर्कोतिर शिक्षा  समाजको उन्नतिको आवश्यक तथा शक्तिशाली साधन बन्छ | अर्को शब्दमा, व्यक्तिजस्तै समाज पनि शिक्षाको चमत्कारले लाभान्वित हुन्छ | शिक्षाद्वारा समाजका भावी पीढी  बालकका उच्च आदर्श, आशा, आकाङ्क्षा, विश्वास तथा परम्परा आदि सांस्कृतिक सम्पत्ति हस्तान्तरित हुन्छ र  उनीहरूको ह्रदयमा देश-प्रेम तथा त्यागको भावना प्रज्ज्वलित हुन्छ | भावना, आदर्शले युक्त भएर  जब बालक समाज अथवा देशसेवाको मैदानमा निस्कन्छन् र शिखर चढ्दछन् तब देशले पनि गर्व गर्छ। इस प्रकार व्यक्ति तथा समाज दुवैको विकासमा शिक्षा परम आवश्यक छ |

शिक्षाको अर्थ

शिक्षा शब्दको प्रयोग अनके अर्थमा गरिन्छ | निम्नलिखित पङ्क्तिहरूमा हामीले शिक्षाको विभिन्न अर्थमाथि  प्रकाश पार्दै छौं –

शिक्षाको शाब्दिक अर्थ

शिक्षालाई अङ्ग्रेजी भाषामा ‘एजुकेशन’ भनिन्छ | शिक्षा शास्त्रीहरूको  मत अनुसार ‘एजुकेशन’ शब्दको  व्युत्पति लेटिन भाषाको निम्नलिखित शब्दबाट भएको हो  –

शब्द

अर्थ

एडुकेटम

एडूसीयर

एडूकेयर

शिक्षित गराउनु

विकसित गर्नु अथवा निकाल्नु

आगि बढाउनु, बाहिर निकाल्नु अथवा विकसित गराउनु

लेटिन भाषाको ‘एडूकेटम’ शब्दको अर्थ हो शिक्षित गराउनु | ‘ए’ को अर्थ हो भित्रबाट तथा ‘डूको’ को अर्थ हो अघि बढाउनु अथवा विकास अर्थात भित्रबाट विकास | अब प्रश्न उठ्छ भित्रदेखि विकासको अर्थ के हो ? यस प्रश्नको सरल उत्तर हो प्रत्येक बालकको जन्मदेखिनै केही जन्मजात प्रवृति हुन्छन्। जसै-जसै बालक वातावरणको सम्पर्कमा आउँछ, उसै-उसै उसको जन्मजात शक्ति भित्रदेखि बाहिर निस्कन्छ।  एडुकेटमका अतिरिक्त उक्त दुई शब्द - एडुसीयर तथा एडुकेयरको अर्थ पनि  यही हो | एडुसीयरको अर्थ हो – निकाल्नु तथा एडुकेयरको अर्थ हो- आघि बढाउनु, बाहिर निकाल्नु अथवा विकसित गराउनु | यस प्रकार शिक्षा शब्दको अर्थ जन्मजात शक्तिहरूको सर्वाङ्गीण विकास गर्नु।

शिक्षाका सामग्री

शिक्षाका सामग्री अन्तर्गत निम्नलिखित चार घटक आउँछन् –

  1. बालक - शिक्षाको सर्वोतम तथा सबैभन्दा महत्वपूर्ण सामग्री बालक हो | प्रत्येक बालकका केही जन्मजात शक्तिहरू हुन्छन्। उसका शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकास आदि जन्मजात शक्तिहरूलाई ध्यानमा राखेर व्याख्या गर्न सकिन्छ| अत: बालकलाई पूर्णरूपले विकसित गराउन  उसको प्रकृतिको ज्ञान हुन परम आवश्यक छ |
  2. वंशानुक्रम- शिक्षाको दोस्रो सामग्री वंशानुक्रम हो | वंशानुक्रमवादीहरूको अटल विश्वास छ कि शिक्षा प्रारम्भ हुनु अघि नै वंशानुक्रम संस्कारले बालकमाथि आफ्नो प्रभाव पारिसकेको हुन्छ जसलाई मेटाउन असम्भव छ |  उसका अनुसार बालकको शिक्षामा केवल वंशानुक्रमको नै प्रभाव पर्छ।  वंशानुक्रमवादीहरूको धारणा के छ भने बीजकोषमा सङ्क्रमित शारीररिक तथा मानसिक गुण वंशानुक्रमका देन हुन् | यी सबै गुण बालकको शिक्षाका आधार हुन् | यी गुणहरूमा कुनै प्रकारको परिवर्तन गर्न सकिंदैन| यस्तो अवस्थामा बालकको शिक्षा केवल त्यति नै हुनसक्छ जति उसले आफ्नो जन्मजात वा पैतृक संस्कारबाट ग्रहण गरेको हुन्छ| जुन बालकमा वंशानुक्रमद्वारा सङ्गीत अथवा कलाका गुण सङ्क्रमित भएका छैनन् ऊ महान सङ्गीतज्ञ वा कलाकार बन्न सक्दैन | यस प्रकार वंशानुक्रमवादीका अनुसार शिक्षा एउटा वंशानुक्रम प्रक्रिया हो। यसका अनुसार बालकको शिक्षा उसको वंशानुक्रमद्वारा पूर्व निश्चित हुन्छ|
  3. वातावरण - शिक्षाको तेस्रो सामग्री वातावरण हो | प्रत्येक बालकको जन्म एक निश्चित वातावरणमा हुन्छ। वातावरण दुई प्रकारका हुन्छन् – (१) नियन्त्रित तथा (२) अनियन्त्रित | बालकको विकासमा वातावरणका दुवै प्रकारका प्रभाव अलग-अलग पर्छन् | नियन्त्रितमा नियन्त्रित तथा अनियन्त्रितमा अनियन्त्रित | वातावरणवादीका अनुसार वंशानुक्रम केवल भ्रम हो | उनीहरूको  दावा छ कि बालकको वंशानुक्रम जतिसुकै किन उच्च नहोस् यदि उसले आफ्नो शक्तिको विकास गर्नका लागि उचित वातावरण पाएन भने ऊ कुनै दशामा पनि उच्चकोटिको व्यक्ति बन्न सक्दैन| उसका अनुसार वातावरण एउटा महान शक्ति हो | यस शक्तिको प्रभाव बालकको चेतन अथवा अचेतन दुवै रूपमा निरन्तर रूपमा परिरहछ, परिणामस्वरूप बालक केही न केही बन्छ| वातावरणवादीहरूको विश्वास छ कि नवराज शिशु जसै-जसै भौतिक एवं सामाजिक वातावरणको  सम्पर्कमा आउँछ, उसै-उसै उसको जन्मजात शक्ति विकसित भइरहन्छ तथा उसका व्यव्हारमा परिवर्तन भइरहन्छ | यस दृष्टिले कुनै पनि बालक सङ्गीतज्ञ बन्छ भन्ने कुरा वंशानुक्रममा पनि भर पर्छ। सङ्गीतज्ञको छोराले केही न केही गुण वंशानुक्रमबाट पनि अर्जित गरेको हुन्छ। सङ्गीतका केही कुरा उसले शैवकालबाटै आफ्ना आफ्ना माता-पिताको सम्पर्कमा बसेर प्राप्त गर्न सक्छ| तर वातावरणवादीहरू  शिक्षा एउटा वातावरण सम्बन्धी प्रक्रिया हो भन्छन् |
  4. समय - बाल विकासमा विशिष्ट क्रियाहरूको समय निश्चित हुन्छ | बालकको विकासलाई राम्ररी बुझ्नका उसको शैशव, बाल्य, किशोर तथा प्रौढ अवस्थाका विशेषताहरूको ज्ञान हुन आवश्यक छ | यदि बालकलाई उसको विकासको अवस्थालाई ध्यानमा राखेर निश्चित समयमा शिक्षा प्रदान गरियो भने उसले सरलता एवं सफलतापूर्वक प्राप्त गरिरहन सक्छ, अन्यथा हुनसक्दैन  अर्को शब्दमा समयभन्दापूर्व शिक्षा प्रदान गर्दा उसको विकासलाई कुण्ठित गराउँछ | अत: व्यवस्थित शिक्षा प्रदान गर्दा विशेषरूपमा ध्यान दिन आवश्यक छ। बालकको मानसिक विकास भएको छ कि छैन अथवा  उसको स्तर  बालकको जस्तो छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ|
  5. उपर्युक्त पङ्क्तिमा शिक्षाको सामग्रीमाथि प्रकाश पार्दा एकातिर वंशानुक्रमवादी बालकको शिक्षा वंशानुक्रम अनुसार हुन्छ भन्छन् भने अर्कोतिर वंशानुक्रमवादीले  बालकको शिक्षामा  वातावरणको प्रभाव पर्छ भन्छन् | वास्तविकतामा बालकको व्यक्तित्व वंशानुक्रम तथा वातावरण दुवैको गुणनफल हो | अर्को, शब्दमा, उसको शिक्षामा वंशानुक्रम तथा वातावरण दुवैको प्रभाव पर्छ | फेरि यदि हामीले वंशानुक्रमवादीहरूको मत स्वीकार गर्यौं भने पनि बालकको वंशानुक्रममा कुनै प्रकारको परिवर्तन गर्न सकिंदैन तर उसको वातावरणलाई नियन्त्रित अथवा अनियन्त्रित अवश्य गर्न सकिन्छ | निम्नलिखित  पङक्तिहरूमा हामीले शिक्षाको तथ्यलाई ध्यानमा राख्दै शिक्षाको विभिन्न अर्थमाथि प्रकाश पार्दैछौं–

शिक्षाको ङ्कुचित अर्थ

सङ्कुचित रूपमा स्कुली शिक्षालाई नै हामी शिक्षा भन्ने गर्छौं | वयस्क वर्गको एउटा पूर्व निश्चित योजना अनुसार बालकले विशेष प्रकारको नियन्त्रित वातावरण प्रस्तुत गरेर एउटा निश्चित ज्ञानलाई निश्चित विधिद्वारा निश्चित कालमा समाप्त गर्ने प्रयास गर्छ र उसको मानसिक विकास हुन्छ | शिक्षाको यस अर्थमा शिक्षकको स्थान मुख्य हुन्छ तथा बालकको गौण | शिक्षकबाट आशा गरिन्छ कि उसले बालकको मानसिक दृष्टि विकसित गर्नका लागि अधिक भन्दा अधिक ज्ञान दियोस् | यस्तो ज्ञान प्राप्त गरेर बालक तोता आवश्य बन्छ, तर उसको सर्वाङ्गीण विकास  हुनसक्दैनन | परिणामस्वरूप ऊ आफ्नो जीवनमा अल्लेर भएर यताउता गरिरहन्छ| सङ्क्षेपमा शिक्षाको सङ्कुचित अर्थ भनेको बालकको स्वतन्त्रता हनन् गरेर उसको स्वाभाविक विकासमा एक चुनौती दिनु हो | यस प्रकारको स्कुली शिक्षाका केही दोष छन् भने केही निजी महत्त्व पनि छन् | मिलका शब्दमा – शिक्षाद्वारा एउटा पीढीले अर्को पीढीको संस्कृतिको सङ्क्रमण गर्न सक्छ र  उसको संरक्षण भएर उन्नति गराउँछ।

शिक्षाको सङ्कुचित अर्थलाई अधिक स्पष्ट गर्नका लागि हामीले निम्नलिखित पङ्क्ति र केही अन्य विद्वानहरूका विचार हेर्नुपर्छ–

  1. एस०एस०मेकेन्जी- “सङ्कुचित अर्थमा शिक्षाको अर्थ हाम्रो शक्तिको विकास तथा सुधारका लागि चेतनापूर्वक कार्य गर्नुपर्छ”।
  2. प्रोफेसर ड्रिवर- “शिक्षा एउटा प्रक्रिया हो, जसद्वारा बालको ज्ञान, चरित्र, तथा व्यवहारलाई एउटा विशेष साँचोमा हालिन्छ”।
  3. जी०एच०थमसन- “शिक्षा एक विशेष प्रकारको वातावरण हो जसको प्रभाव बालकको चिन्तन, दृष्टिकोण तथा व्यवहार पर्छ र बानीमा स्थायी रूपले परिवर्तन ल्याउन सक्छ”।

शिक्षाको व्यापक अर्थ

शिक्षा बालकको व्यापक अनुभवसित जोडिएको विषय हो जसको प्रभाव जन्मदेखि मृत्युसम्म चलिरहन्छ अर्थात शिक्षा त्यो अनियन्त्रित वातावरण हो जसमा  बालकले आफ्नो प्रकृति अनुसार स्वतन्त्रतापूर्वक नाना प्रकारका अनुभव प्राप्त गर्छ तथा विकसित हुन्छ कुनै विशेष व्यक्ति, समय, स्थान अथवा देशतक यो सिमित हुँदैन। जुन व्यक्तिको सम्पर्कमा आएर बालकले जे पनि सिक्छ त्यो उसका लागि शिक्षा हो र जसले उसलाई सिकाउँछ ऊ  शिष्य हो वा जुन स्थानमा सिक्छ वा सिकाइन्छ त्यो स्कुल हो | यस प्रकार बालकको समस्त जीवन स्कुल पनि  हो तथा शिक्षाको समय पनि| सङ्क्षेपमा शिक्षा बालकको प्राकृतिक विकास प्रक्रिया हो | रूसोले पनि शिक्षाको यसै अर्थलाई दृष्टिमा राखेर प्रकृतिवादको नारा लगाएका थिए |

शिक्षाको व्यापक अर्थलाई अधिक स्पष्ट गर्नको लागि हामीले केही अन्य विद्वानहरूका निम्नलिखित पङ्क्तिहरूमा प्रकाश पार्न सक्छौं–

  1. एस०इस०मेकेन्जी – “ व्यापक अर्थमा शिक्षा एउटा यस्तो प्रक्रिया हो जुन जीवन-पर्यन्त चलिरहन्छ तथा जीवनका प्रत्येक अनुभवले  त्यो बढ्दै जान्छ”
  2. एम०के०गान्धी- “शिक्षाको अर्थ, म बालक अथवा मनुष्यमा आत्मा, शारीर र बुद्धिको सर्वाङ्गीण र सबैभन्दा राम्रो विकास मान्छु|
  3. डम्बिल- “शिक्षाको व्यापक अर्थ सबैमा प्रभाव आउँछ, जसले व्यक्तिको जन्मदेखि लिएर मृत्युसम्म प्रभावित गर्छ”|

शिक्षाको विश्लेषणात्मक अर्थ

उपर्युक्त पङ्तिहरूमा हामीले शिक्षाको शाब्दिक, सङ्कुचित तथा व्यापक अर्थमाथि प्रकाश पार्यौं | अब हामीले शिक्षाको अर्थलाई अधिक स्पष्टको गर्नको लागि विभिन्न तत्वमाथि प्रकाश पार्छौं-

  1. शिक्षाको अर्थ – शिक्षा केवल स्कुलमा दिने ज्ञानसम्ममात्र  सीमित छैन हामीले शिक्षाको सङ्कुचित अर्थ स्पष्ट पार्दै यसमाथि प्रकाश पार्यौं शिक्षालाई केवल स्कुलको सीमासम्म बाँधेर राख्न सकिन्न| यो क्रम जन्मदेखि लिएर मृत्युसम्म चलिरहन्छ | अर्को शब्दमा, प्रत्येक व्यक्तिले आफ्नो लामो जीवन यात्रामा केही न केही सिकिरहन्छ।
  2. शिक्षाको अर्थ – बालकको जन्मजात शक्तिको विकासका रूपमा - शिक्षाको शाब्दिक अर्थ स्पष्ट गर्दै हामीले भनिकसकेका छौं यसले सर्वाङ्गीण विकास गराउँछ, ज्ञानलाई बलपूर्वक घिचाउनु होइन| एडिसनको मत छ – शिक्षाद्वारा मानवको अन्तर्मनमा निहित ती सबै शक्ति तथा गुणहरूको दिग्दर्शन हुन्छ, जसलाई शिक्षाको सहायता बिना बाहिर निकाल्न नितान्त असम्भव छ|
  3. शिक्षा एउटा गतिशील प्रक्रियाको रूपमा– शिक्षा जड नभएर एउटा गतिशील प्रक्रिया हो जसले बालकलाई देशकाल तथा परिस्थिति अनुसार प्रगतितिर अग्रसर गराउँछ | केही विद्वानहरूले शिक्षालाई एक सविचार तथा सोद्देश्य प्रक्रियाको संज्ञा पनि दिएका छन्| यसको एक मात्र कारण यो हो कि शिक्षाको कुनै न कुनै उद्देश्य हुन आवश्यक हुन्छ जसलाई प्राप्त गर्न व्यक्तिको सोच र विचारमा क्रियाशील भइरहन्छ।
  4. शिक्षा एउटा द्विमुखी प्रक्रियाका रूपमा - प्रसिद्ध शिक्षा शास्त्री एडम्सले आफ्नो पुस्तक “Evolution of Education Theory” मा शिक्षालाई द्विमुखी प्रक्रिया मान्दै यसलाई निम्न ढङ्गले विश्लेषण गरेका छन् –
    • शिक्षा एउटा द्विमुखी प्रक्रिया हो जसमा एउटा व्यक्तित्वले अर्को व्यक्तित्वलाई प्रभावित गर्छ जसले गर्दा उसको व्यवहारमा परिवर्तन आउँछ |
    • यो प्रक्रिया केवल सचेतन मात्र होइन अपितु सोद्देश्य अथवा विचारपूर्ण पनि छ | यसमा शिक्षकको एउटा स्पष्ट प्रयोजन हुन्छ र उसले बालकको व्यवहारमा परिवर्तन ल्याउँछ |
    • जुन साधनद्वारा बालकको व्यवहारमा परिवर्तन गर्न सकिन्छ। यी दुई प्रकारका छन्– (अ) शिक्षकको व्यक्तित्व बालकको व्यक्तित्वमाथि प्रभाव, तथा (ब) ज्ञानका विभिन्न अङ्गको प्रयोग |

      एडम्सद्वारा शिक्षाको प्रक्रिया उपर्युक्त विवेचनबाट स्पष्ट हुन्छ कि शिक्षाका दुईमुखी प्रक्रिया छन्। | एउटा धुरी शिक्षक तथा दोस्रो धुरी बालक | शिक्षामा शिक्षक तथा बालक दुवैले सिक्छन्। यदि शिक्षकले निर्देशन दिन्छ भने बालकले त्यो ग्रहण करता गर्छ तथा यदि शिक्षकले मार्गदर्शन गराउँछ भने बालकले उसको अनुगमन गर्छ | यस प्रकार शिक्षाको प्रक्रियामा शिक्षक तथा बालक दुवैबीच परस्पर आदान-प्रदान हुन्छ| शिक्षक आफ्नो व्यक्तित्व तथा ज्ञानका विभिन्न अङ्गको प्रभावले बालकको व्यवहारमा परिवर्तन तथा सुधार गराउँछ जसले बालक सम्यक विकासतिर अग्रसर हुन्छ | यस प्रकार शिक्षक विकासको मार्गमा अग्रसर हुन्छ | यसरी शिक्षक तथा बालक दुवैको सक्रिय सहयोगले शिक्षाको प्रक्रिया चलिरहन्छ |

  5. शिक्षा-त्रिमुखी प्रक्रियाका रूपमा – प्रसिद्ध शिक्षाशास्त्री जन डीवीले पनि एडम्सजस्तै शिक्षालाई एक प्रक्रिया मानेका छन् | परन्तु दुवै शिक्षाशास्त्रीहरूको विचारमा केही अन्तर छ एडम्सले शिक्षाको प्रक्रियामा शिक्षक तथा बालक दुवैलाई महत्वपूर्ण स्थान दिंदै केवल मनोवैज्ञानिक पक्ष स्वीकार गर्दै सामाजिक पक्षमाथि अधिक बल दिएका छन् भने अर्कोतिर जन डीवीले  शिक्षाको मनोवैज्ञानिक पक्षलाई स्वीकार गर्दै यसको सामाजिक पक्षमाथि अधिक बल दिएका छन्- सङ्क्षेपमा जन डीवीका अनुसार शिक्षा प्रक्रियाका दुई पक्ष छन् – (१) मनोवैज्ञानिक तथा (२) सामाजिक| डीवीले बालकलाई शिक्षित गराउन उसमा जन्मजात शक्तिको ज्ञान हुन परम आवश्यक छ, तर हामीले यो पनि भुल्नुहुदैन कि समाजभन्दा बाहिर बसेर बालककको शिक्षा हुननै सक्दैन, अर्को शब्दमा, सामाजको सहयोग बिना बालकको मनोवैज्ञानिक पक्षको  विकास उचित दिशामा हुनसक्दैन| अत: शिक्षा बालकको सामाजिक विकासको प्रक्रिया हो | हामीले बुझ्नुपर्छ कि बालकलाई समाजको लागि शिक्षित गर्नुपर्छ जुन अघि गएर ऊ सामाजिक सदस्य बनोस् यस दृष्टिले बालकको शिक्षा समाजको माध्यमले हुनुपर्छ | समाजले नै यो निश्चित गर्छ कि बालकको बदलिंदो परिस्थितिका अनुसार केके विषय, कुन-कुन शिक्षण-पद्धतिद्वारा पढाउन सकिन्छ जसले उसमा कार्यकुशलता तथा समाज-स्वीकृति आचरण विकसित भइरहोस् र ऊ आफ्नो जीवन आनन्दपूर्वक व्यतीत गर्नसकोस् | यस दृष्टिले शिक्षाको प्रक्रियामा पाठ्यक्रमको स्थान अत्यन्त महत्वपूर्ण छ | यदि पाठ्यक्रम छैन भने शिक्षकले के पढाउँछन् साथै बालकले के पढ्छ? पाठ्यक्रम यस्तो धुरी हो जुन शिक्षक तथा बालकरूपी दुवै धुरीहरूलाई जोड्छ| यस्तो स्थितिमा यदि शिक्षाको प्रक्रियामा पाठ्यक्रम सम्मिलित गरियो भने हामी शिक्षाको द्विमुखी प्रक्रिया नभनेर त्रिमुखी प्रक्रिया मान्नसक्छौँ जसका तीन अङ्ग छन् –(१) शिक्षक, (२) बालक तथा (३) पाठ्यक्रम | यिनै तीन अङ्गको पारस्परिक क्रियामा नै शिक्षा निहित छ |

शिक्षाको वास्तविक अर्थ

उपर्युक्त शीर्षकमा हामीले शिक्षाको शाब्दिक, सङ्कुचित, व्यापक तथा विश्लेषणात्मक अर्थमाथि प्रकाश पार्यौं| यी कुनैलाई शिक्षाको वास्तविक अर्थ  भन्न सकिंदैन| शाब्दिक अर्थको सम्बन्ध वास्तविक अर्थसँग छ भन्ने कुनै आधार नै छैन| अब रहन्छ शिक्षाको सङ्कुचित, व्यापक तथा विश्लेषणात्मक अर्थ | सङ्कुचित अर्थमा शिक्षा परिवर्तन विरोधी तथा सिमित छ | यस अर्थ अनुसार बालकलाई यस्तो नियन्त्रित वातावरणमा राख्दै एक विशेष प्रकारको जीवन व्यतीत गर्नु बलपूर्वक घोकाइने स्कुली शिक्षालाई नै शिक्षा मानिन्छ| यसले बालहरूको रुचि, क्षमता तथा योग्यताको अवहेलना हुन्छ | यसरी नै व्यापक अर्थमा शिक्षा आवश्यकता भन्दा अधिक उदार बन्नजान्छ| यस अर्थका अनुसार बालकलाई अनियन्त्रित वातावरणमा राखेर उसको स्वाभाविक विकासमाथि बल दिइन्छ| यदि शिक्षाको व्यापक अर्थलाई स्वीकार गर्ने हो भने बालकको सामाजिक तथा आध्यात्मिक विकास हुन असम्भव मात्र होइन कठिन पनि हुन्छ| यस दृष्टिले शिक्षाको सङ्कुचित तथा व्यापक दुवै अर्थमा केही कमी छन्। वस्तुस्थिति अनुसार शिक्षा एउटा यस्तो प्रक्रिया हो जसद्वारा जीवनको सच्चा आनन्द लिन सकियोस्| अत: यदि बालकले सुखी, सम्पन्न, तथा प्रसन्न जीवनको आनन्द लिने र योग्य बनाउन सकियो भने शिक्षाको सङ्कुचित तथा व्यापक दुवै अर्थमा समन्वय हुनसक्छ| दुवै अर्थको प्रगतिशील समन्वय स्थापित गर्नसके  शिक्षा यस्तो प्रक्रियाका रूपमा उपस्थित हुनसक्छ जुन चेतन अथवा अचेतन रूप बालकका व्यक्तिगत रुचि, क्षमता, योग्यता तथा सामाजिक आदर्शमा ध्यान राख्दै आवश्यकतानुसार स्वतन्त्रता प्रदान गरेर उसका बौद्धिक, सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक विश्वास गराउनसक्छ एवं उसको व्यवहारमा परिवर्तन गराउनसक्छ र व्यक्ति तथा समाज दुवै उन्नतिको शिखरमा चढनसक्छ|

शिक्षाको परिभाषा

शिक्षाको वास्तविक अर्थमाथि प्रकाश पारेपछि स्पष्ट भयो कि शिक्षा एउटा विकास प्रक्रिया हो | फेरि पनि हामी यसको अर्थ र आर्थिक स्थिति स्पष्ट गर्नको निम्ति विभिन्न विद्वानहरूले प्रस्तुत गरेका निम्नलिखित परिभाषामा प्रकास पार्न सक्छौं–

  1. शिक्षा जन्मजात शक्ति व्यक्त गर्ने प्रक्रियाका रूपमा - निम्नलिखित परिभाषाको रचना ती विद्वानहरूले गरेका छन् जसले शिक्षालाई जन्मजात शक्ति व्यक्त गर्ने प्रक्रिया मानेका छन्-
    • सुकरात- “-प्रत्येक मनुष्यको मस्तिष्कमा अदृश्य रूपले विधमान संसारका सर्वमान्य विचारहरूलाई प्रकाशमा ल्याउनु शिक्षाको अर्थ हो”|
    • फ्रोबिल- शिक्षा त्यो प्रक्रिया हो जसद्वारा बालकको जन्मजात शक्ति बाहिर प्रकट हुन्छ|”
    • विवेकानन्द- “शिक्षा मनुष्यभित्र सन्निहित पूर्णताको प्रदर्शन हो”।
  2. शिक्षा वैयक्तिक विकासको प्रक्रियाका रूपमा निम्नलिखित परिभाषाहरूको रचना ती विद्वानहरूले गरेका छन् जसले बालको मनोवैज्ञानिक तत्वलाई महत्वपूर्ण स्थान दिँदै शिक्षाको विकास स्वयं विकास प्रगति विकास तथा पूर्ण विकासको प्रक्रिया मानेका छन् –
    • टेगोर- “शिक्षाको अर्थ मस्तिष्कलाई योग्य बनाउनु हो ताकि उसले सत्यको खोजी गर्न सकोस् तथा आफ्नो बनाउँदै उसलाई व्यक्त गरोस् |”
    • पेस्टालजी- “शिक्षा मुनष्यको जन्मजात शक्तिको स्वाभाविक, समरूप तथा प्रगतिशील विकास हो |“
    • टी०पी०नन- “शिक्षा बालकको वैयक्तिकताको पूर्ण विकास हो जसद्वारा उसले आफ्नो पूर्ण योग्यताअनुसार मानव जीवनलाई मौलिक योगदान दिन सकोस्|”
    • काण्ट- “शिक्षा व्यक्तिको पूर्ण विकास हो जसले क्षमता ल्याउँछ |”
  3. शिक्षा समूहमा परिवर्तन गर्ने प्रक्रियाका रूपमा निम्नलिखित परिभाषाहरूको रचना ती विद्वानहरूले गरेका छन् जसले ने की है, शिक्षालाई व्यतिगत हित अथवा समाजको हित प्राप्त गर्ने प्रक्रिया मानेका छन् |
    • ब्राउन- शिक्षा चैतन्य रूपमा एउटा नियन्त्रित प्रक्रिया हो, जसद्वारा व्यक्तिको व्यवहारमा परिवर्तन गरिन्छ तथा व्यक्तिद्वारा समाजमा |
    • रिआर्गेनिजेशन अफ सेकेण्डरी स्कुल रिपोर्ट – “ शिक्षाको उद्देश्य प्रत्येक व्यक्तिको ज्ञान, रुचि, आदर्श, आदत तथा शक्तिको विकास गराउनु हो, जसद्वारा उसमा आफ्नो उचित स्थान प्राप्त होस् तथा यसको सदुपयोग गरेर स्वयं तथा समाजको उच्च एवं पवित्र उद्देश्यमा लान सकोस्|”
  4. शिक्षा वातावरण अनुकूल बनाउने प्रक्रियाका रूपमा ((स) शिक्षा समूहमा परिवर्तन गर्ने प्रक्रियाका रूपमा निम्नलिखित परिभाषा रचना ती विद्वानहरूले गरेका छन्, जसका अनुसार शिक्षा वातावरण अनुकूल बनाउने प्रक्रिया हो –
    • बासिङ्ग “ शिक्षाको कार्य व्यक्तिलाई वातावरणका साथ  अनुकूल बनाउनु हो, जसले व्यक्ति तथा समाज दुवैका लागि स्थायी सन्तोष प्राप्त हुन सकोस् |
    • वटलर- शिक्षा प्रजातिको अध्यात्मिक सम्पतिका साथै व्यक्तिको क्रमिक सामञ्जस्य हो |
    • जेम्स- शिक्षा कार्य सम्बन्धी अर्जित आदतहरूको सङ्गठन हो, जसले व्यक्ति उसको भौतिक र सामाजिक वातावरणमा उचित स्थान दिन्छ|

उपर्युक्त परिभषाहरूको आलोचना

उपर्युक्त परिभाषाका अनुसार  प्लेटो युगदेखि लिएर जॉन डीवी तथा महात्मा गान्धी युगसम्म विभिन्न विद्वानहरूले शिक्षाको परिभाषा प्रस्तुत गरेका छन् र यसले शिक्षाको क्षेत्र अत्यन्त विस्तृत बनेको छ भन्ने बुझाउँछ। यी सबै परिभाषा हेर्दा शिक्षाको सर्वमान्य  परिभाषा बनाउन निकै  कठीन छ | उपर्युक्त परिभाषाहरूमा केही परिभाषाहरू त यस्ता छन् जसले शिक्षाको एउटा रूप व्यक्त गर्छन् तथा केहीले अन्य केही| यसको मुख्य कारण यो हो कि संसारका प्रत्येक शिक्षाविद्को जीवनको लक्ष्यप्रति आफ्ना अलग-अलग दृष्टिकोण हुन्छन् | आदर्शवादी दार्शनिकका अनुसार जीवनको लक्ष्य आध्यात्मिक विकास हो | अत: उनका अनुसार शिक्षा एउटा आध्यात्मिक प्रक्रिया हो जसलाई आत्मा र परमात्माको मिलन अथवा मोक्ष प्राप्तिको साधना मान्न सकिन्छ| यथार्थवादी तथा प्रकृतिवादी दार्शनिक शिक्षालाई एउटा भौतिक प्रक्रिया मान्छन्| उनका अनुसार शिक्षा भौतिक विकासको साधन हो | यसरी नै प्रयोजनवादीहरूका अनुसार शिक्षा सामाजिक प्रक्रिया हो | उनका अनुसार शिक्षा मानवको सामाजिक विकासको साधन हो| जीवन दर्शन सम्बन्धी यी विभिन्नताका कारण शिक्षाको परिभाषामा विभिन्नता आउनु स्वाभाविक नै हो| विद्वानहरूको मत अनुसार शिक्षालाई केवल आध्यात्मिक प्रक्रिया मान्न सकिँदैन न केवल वैक्तिकता विकासको प्रक्रिया| यसरी नै  शिक्षाको कार्य केवल समूह परिवर्तन गराउनु अथवा बालकको कुनै विशेष वातावरणका साथ अनुकूल गराउनु होइन| शिक्षाको कार्य यी परिभाषा भन्दा अधिक र व्यापक छ |यस दृष्टिले शिक्षाका उपर्युक्त सबै परिभाषाहरू एकाङ्गी तथा अधूरा छन् | शिक्षा अन्तर्गत व्यक्ति समाज, वातावरण, तथा सामाजिक सम्पति आदि सबैको महत्वपूर्ण स्थान हुनुपर्छ| अत: शिक्षाको परिभाषा अन्तर्गत यी सबैले उचित स्थान पाउनुपर्छ।

शिक्षाको सत्य परिभाषा

शिक्षाका विभिन्न अर्थ, तथा परिभाषामाथि प्रकाश पार्दा के स्पष्ट हुन्छ भने शिक्षा एउटा सापेक्ष, चेतन अथवा अचेतन, मनोवैज्ञानिक, सामाजिक, वैज्ञानिक, एवं दार्शनिक वातावरण सम्बन्धी प्रक्रिया हो जसद्वारा व्यक्तिको व्यक्तित्व सम्बन्धी सबै अङ्गको विकास यस प्रकार हुनुपर्छ कि परिवर्तन विरोधी तथा रचनात्मक साधनद्वारा साँचो सुख र आनन्द प्राप्त गर्न सकियोस्| सङ्क्षेमा  शिक्षा वातावरण सम्बन्धी सविचार प्रक्रिया हो जसद्वारा मानवको विकास तथा समाजको कल्याण  हुनुपर्छ| Remont ले पनि शिक्षाको विकास सचेतन तथा आजीवन चल्ने प्रक्रिया मानेका छन् जसद्वारा मनुष्य आध्यात्मिक, भौतिक तथा सामाजिक आदि सबै प्रकारका विभिन्न वातावरण  समायोजन हुन्छ र सिक्ने प्रक्रिया बन्छ| शिक्षाको परिभाषा गर्दै remont ले ठीक लेखेका छन् – शिक्षा त्यो विकासको नाम हो जुन शैशव अवस्थादेखि प्रौढ अवस्थासम्म रहिरहन्छ। अर्थात शिक्षा त्यो क्रम हो, जसले  मानवको आवश्यकतानुसार भौतिक, सामाजिक तथा आध्यात्मिक वातावरणलाई अनुकूल बनाउँछ|

शिक्षा तथा निर्देशनमा अन्तर

निम्नलिखित पङ्तिहरूमा हामीले शिक्षा तथा निर्देशनमा अन्तर स्पष्ट पारेका छौँ –

  1. शिक्षाको अर्थ हो बालकको जन्मजात शक्तिको सर्वाङ्गीण विकास गराउनु, ज्ञानलाई बलपूर्वक ठुसाउनु होइन| यस प्रकार शिक्षाले बालकको शारीरिक, मानसिक तथा आध्यात्मिक विकास गराउँछ | अत: निर्देशनको अपेक्षा शिक्षाको क्षेत्र अधिक व्यापक छ |
  2. शिक्षामा बालकको स्थान मुख्य हुन्छ तथा शिक्षकको गौण
  3. शिक्षामा बालकको रूचि तथा मानसिक स्थितिको विशेष ध्यान राखिन्छ|
  4. शिक्षाको उद्देश्य बालकको वास्तविक जीवनका लागि तयार गराउनु हो जसले ऊ एक सुखी सम्पन्न तथा प्रसन्न जीवन व्यतीत गर्न सकोस् | यो महान उद्देश्य प्राप्त गर्नको लागि शिक्षक एउटा मित्र पथ-प्रदर्शक तथा सल्लाहाकारका रूपमा बालकका साथ सहानुभूतिपूर्ण व्यक्तिगत सम्बन्ध स्थापित गर्न यस प्रकारले मार्ग-दर्शन गराउँछ कि त्यो विकसित गराएर ज्ञान स्वयं खोज गर्दै आफ्नो लक्ष्य प्राप्त गर्नसकोस् |
  5. शिक्षाद्वारा प्राप्त गरेको ज्ञान आफ्नो निजी ज्ञान हुन्छ, कसैले दिएको होइन| यस्तो ज्ञानमा स्थिरता हुन्छ तथा आवश्यकता पर्ने समयमा प्रयोग पनि गर्न सकिन्छ|
  6. निर्देशनको अर्थ हो अध्यापनद्वारा पूर्व निश्चित योजनाअनुसार बालकको मस्तिष्कमा निश्चित विषयको ज्ञान थोप्न| यस प्रकार निर्देशनको सम्न्बध केवल मानसिक विकास हो जुन विकास केवल एउटा भाग हो| अत: शिक्षाको अपेक्षा निर्देशनको क्षेत्र सङ्कुचित हुन्छ|
  7. निर्देशनमा शिक्षकको स्थान गौरवमय एवं महत्त्वको हुन्छ तथा बालकको गौण |
  8. निर्देशनमा बालकको रूचि तथा मानसिक स्थितिको अवहेलना गरेर ज्ञान बलपूर्वक घिचाइन्छ|
  9. निर्देशनको उद्देश्य बालकको स्कुल तथा कलेजको परीक्षामा पास गर्नु हो | यो उद्देश्य प्राप्ति हेतु शिक्षकले कुनै न कुनै शिक्षण-पद्धतिद्वारा बालकको पाठ्यक्रमका विषय रटाउने प्रयत्न गर्छन्, चाहे त्यो उसको समझमा आओस् कि नआवोस्| यस प्रकारको निर्देशनद्वारा प्राप्त गरिएको ज्ञान बोझ मात्र बन्छ, वास्तविक शिक्षा हुँदैन | यस्तो ज्ञानले बालकलाई स्कुली शिक्षामा त पास गराउन सकिन्छ तर वास्तिक जीवनमा यसको कुनै प्रयोजन हुँदैन|
  10. निर्देशनद्वारा ज्ञान बलपूर्वक रटाइन्छ| यस्तो ज्ञानमा स्थिरता हुँदैन तथा आवश्यकता पर्दा कुनै प्रयोग गर्न सकिंदैन|

शिक्षाको रूप

शिक्षा पाठ्यक्रम तथा शिक्षण-पद्धतिको दृष्टिले शिक्षाका निम्नलिखित रूप छन् –

(अ) औपचारिक तथा अनौपचारिक शिक्षा

औपचारिक शिक्षाको जन्म अनौपचारिक शिक्षाको अपूर्णता पूर्ण गर्नको निम्ति भएको हो| अत: औपचारिक शिक्षा त्यस शिक्षालाई भनिन्छ  जसले बालक कुनै कार्यक्रम अनुसार नियन्त्रित वातावरणमा बसेर कुनै पूर्व निश्चित उद्देश्यको प्राप्तिका लागि निश्चित पाठ्यक्रम (ज्ञान)लाई निश्चित शिक्षण-पद्धतिद्वारा निश्चित समयमा समाप्त गरेर परीक्षा दिएर उपाधि ग्रहण गर्छ।  यस प्रकार औपचारिक शिक्षा कृत्रिम हुन्छ तथा यसका समस्त साधन सिमित हुन्छन् | यस्तो शिक्षा प्रदान गर्ने प्रमुख साधन स्कुलमा हुन्छ, तर पुस्तकालय, अजायबघर, चित्रभवन, तथा पुस्तक आदि पनि औपचारिक शिक्षा समान नै मानिन्छ|

औपचारिक शिक्षा त्यस शिक्षालाई भनिन्छ जुन आकस्मिक तथा स्वाभाविक हुन्छ | यस्तो शिक्षामा औपचारिक शिक्षाजस्तै कुनै निश्चित योजना तथा उद्देश्यअनुसार पाठ्यक्रम, शिक्षण-पद्धति, स्थान, समय तथा शिक्षक आदि पूर्व निश्चित हुँदैनन्| अनौपचारिक शिक्षाका साधन पनि पूर्व निश्चित हुँदैन तर त्यसलाई शिक्षाका अतिरिक्त कुनै अन्य उद्देश्य प्राप्त गर्नका निम्ति बनाइन्छ| यति मात्र नभएर अनौपचारिक शिक्षामा औपचारिक शिक्षा जस्तै अघिबाटै तयारको आवश्यकता हुँदैन| कहिलेकाहीँ त सिकाउने र सिक्नेलाई पनि पत्तो नै हुँदैन उसले के पढ्दै छ र उसलाई के सिकाइँदै र के सिक्न गइरहेछ भनेर| वस्तु-स्थिति यह हो कि अनौपचारिक शिक्षाको सम्बन्ध बालकको विकाससित हुन्छ| यस्तो शिक्षा बालक परिवार, समाज धर्म तथा खेलको मैदान आदि अनेक साधनद्वारा स्वतन्त्र वातावरणमा बसेर स्वाभाविक रूपले ग्रहण गरेर विकसित भइरहन्छ|

(ब) प्रत्यक्ष वा अप्रत्यक्ष शिक्षा

प्रत्यक्ष शिक्षा त्यस शिक्षालाई भनिन्छ जसमा शिक्षक र बालक एक-अर्काकासामु हुन्छन् तथा शिक्षकले बुझेर  पूर्व-योजना अनुसार कुनै निश्चित उद्देश्यको प्राप्तिका लागि कुनै निश्चित शिक्षण-पद्धति अनुसरण गरेर बालकलाई निश्चित प्रकारको दिइयोस्| यस्तो शिक्षामा शिक्षाका औपचारिक साधनको पनि प्रयोग गरिन्छ| सङ्क्षेपमा जब बालकका समक्ष यस प्रकारको नियन्त्रित वातावरण प्रस्तुत गरिन्छ र यसैभित्र रहेर यसको व्यक्तित्व  बालकमाथि सोझो प्रभाव पर्छ भने त्यसलाई प्रत्यक्ष शिक्षाको संज्ञा दिइन्छ|

अप्रत्यक्ष शिक्षा त्यसलाई भनिन्छ जसमा शिक्षा कुनै विशेष उद्देश्य प्राप्ति हेतु कुनै निश्चित शिक्षण-पद्धतिद्वारा दिइन्न अपितु स्वतन्त्र वातावरणमा अप्रत्यक्ष साधनद्वारा स्वयं सञ्चालित भइरहन्छ| यस्तो शिक्षा जुन साधनद्वारा ग्रहण गरिन्छ त्यसको रचना कुनै अन्य प्रयोजनबाट हुन्छ चाहे उसले कुनै शिक्षा ग्रहण गरोस्।

(स) सामान्य तथा विशिष्ट शिक्षा

सामान्य शिक्षालाई उदार शिक्षा पनि भनिन्छ। यस्तो शिक्षाको लक्ष्य सामान्य हुन्छ तथा यो प्रत्येक बालकका लागि निश्चित स्तरतक सामान्य रूपले अनिवार्य हुन्छ| सामान्य शिक्षा केवल बुद्धि तीव्र गराउनको लागि मात्र दिइन्छ जसले बालक सामान्य जीवनका लागि तयार हुनसकोस्।

विशिष्ट शिक्षाको लक्ष्य विशिष्ट हुन्छ| यस्तो शिक्षा विशिष्ट रूचि तथा योग्यता एवं क्षमता भएका बालकको लागि हुन्छ | विशिष्ट शिक्षाको उद्देश्य बालकलाई कुनै विशिष्ट प्रकारका फिवन अथवा व्यवसायका लागि तयार गराउनु हो| प्रत्येक दशामा केही निश्चित अवस्था तथा निश्चित स्तर तकका बालकहरूलाई सामान्य शिक्षा दिएपछि रुचि, योग्यता तथा क्षमताका अनुसार विशिष्ट शिक्षा दिइन्छ| यस्तो शिक्षा प्राप्त गरे पश्चात बालकबाट यो आशा गरिन्छ कि ऊ एउटा विशिष्ट क्षेत्रमा कुशलतापूर्वक कार्य गरेर आफ्नो तथा देशको आवश्यकताहरू पूरा गर्न सकोस्| डाक्टरी तथा इन्जीनियरिङ्गको शिक्षा विशिष्ट शिक्षाका उदाहरण हुन् |

(द) व्यक्तिगत तथा सामूहिक शिक्षा

व्यक्तिगत शिक्षा त्यस शिक्षालाई भनिन्छ जहाँ बालकलाई  अर्को बालकदेखि छुट्टै राखेर उसको रुचि, योग्यता, क्षमता तथा आवश्यकता अनुसार शिक्षा प्रदान गरिन्छ| व्यक्तिगत शिक्षा प्राप्त गर्नेबेलामा बालकले स्वतन्त्रताको अनुभव गर्छ | यसले उसलाई ज्ञान प्राप्त गर्न सुविधा हुन्छ| व्यतिगत शिक्षामा बालकको व्यक्तिगत आवश्यकताहरूलाई ध्यानमा राखिन्छ, यसकारण मनोवैज्ञानिक दृष्टिकोणले यस्तो शिक्षा अत्यन्त लाभप्रद हुन्छ |

सामूहिक शिक्षा त्यस शिक्षालाई भनिन्छ जसद्वारा धेरै बालकलाई एकै स्थानमा केही निश्चित विषयको ज्ञान दिइन्छ| यस्तो शिक्षाको सबैभन्दा ठुलो कमजोरी के देखिन्छ भने प्रत्येक बालकका व्यक्तिगत आवश्यकताहरूलाई ध्यानमा राखिंदैन| सामूहिक शिक्षा प्रदान गर्ने बेलामा प्रखर तथा मन्द बुद्धि भएका बालकहरूको अवहेलना गरेर सामान्य बुद्धि भएका बालकहरूका साथमा हिँड्नुपर्छ| सामूहिक शिक्षामा खर्च कम हुन्छ, यसकारण आधुनिक स्कुल तथा कलेजहरूमा शिक्षाको यसै रूपलाई अप्नाइन्छ|

शिक्षाका अङ्ग

जन डीवीका अनुसार शिक्षा एउटा त्रिमुखी प्रक्रिया हो अर्थात शिक्षाका तीन अङ्ग छन् – (१) शिक्षक, (२) बालक तथा (३) पाठ्यक्रम | निम्नलिखित पङ्तिमा हामी शिक्षाका उक्त तीनै अङ्माथि  अलग-अलग प्रकाश पार्दैछौं –

  1. शिक्षक – प्राचीन युगमा शिक्षकले मुख्य स्थान पाएको थियो तथा बालकले गौण| वर्तमान युगको शिक्षामा यसको ठीक उल्टा भएको छ| यसमा कुनै सन्देह छैन कि आधुनिक शिक्षामा शिक्षकको कस्थान गौण भएको छ तथा बालक मुख्य, तर पनि शिक्षकको उत्तरदायित्व पहिले भन्दा अधिक भएको छ| यसको कारण हो आधुनिक युगमा शिक्षक केवल बालकको वातावरणको निर्माता पनि भएको छ| शिक्षाको प्रक्रियामा शिक्षकका दुई कार्य छन् – (१) वातावरण महत्वपूर्ण अङ् भएको हुनाले आफ्नो व्यक्तित्वको प्रभावले बालकको व्यक्तित्वलाई प्रभावित गर्छ तथा (२) वातावरणको निर्माता भएको नाताले उसलाई यस्तो परिस्थितिको निर्माण गर्नुपर्छ यसभित्र बसेर  बालकले ती क्रियाशीलन तथा अनुभवी ज्ञान प्राप्त गरोस् जसबाट उसका समस्त आवश्यकताहरू पूर्ण हुन् तथा ऊ एउटा सुखी र सम्पन्न जीवन व्यतीत गरेर समाज कल्याण हेतु आफ्नो यथाशक्ति योगदान दिइरहोस् जुन यसको एक महत्वपूर्ण अङ्ग हो | यसका  अतिरिक्त शिक्षाको उद्देश्यमा एउटा मुख्य उद्देश्य बालकको चरित्रको निर्माण गराउनु पनि हो | यो उद्देश्य प्राप्त गर्नको लागि शिक्षकको व्यक्तित्वको प्रभाव विशेष महत्त्व राख्छ| यदि शिक्षकको चरित्र उच्च कोटिको छ भने उसको व्यक्तित्वको प्रभावले सबालकमा पनि चारित्रिक गुण अवश्य विकसित हुन्छ अन्यथा ऊ निकम्मा बन्नसक्छ| ञस दृष्टिले शिक्षक चरित्रवान, प्रसन्नचित्त तथा धैर्यशील हुन परम आवश्यक छ | यतिमात्र होइन, शिक्षक आफ्नो विषयमा पूर्ण तथा अन्य विषयहरूको सामान्य ज्ञान पनि हुन अवश्यक छ| यसले उसलाई आफ्नो कार्यमा सफलता प्राप्त हुन्छ र कक्षामा अनुशाशन पनि बन्छ| वर्तमान युगमा शिक्षकका लागि सच्चरित्र तथा पाण्डित्यका साथ-साथै आधुनिक शिक्षण-पद्धतिहरूको पनि ज्ञान हुन परम आवश्यक छ जसद्वारा उसले उचित शिक्षण-पद्धतिको प्रयोगद्वारा बालकको अधिक भन्दा अधिक विकास गर्न सकोस्| सङ्क्षेपमा, शिक्षक राष्ट्रको महत्वपूर्ण अङ्ग पनि हो र निर्माता पनि|
  2. बालक – मनोवैज्ञानिक अनुसन्धान तथा जनतान्त्रिक भावनाको परिणामस्वरूप वर्तमान शिक्षाको श्रीगणेश बालकबाट हुन्छ| अर्को शब्दमा, अब शिक्षा बालकेन्द्रित भएको छ| एडम्स यस मतको सबैभन्दा पहिले प्रतिपादन गर्दै  यस वाक्यद्वारा बताएका थिए – शिक्षक जनले लेटिन पढ़ाउँछ| यो वाक्यमा लेटिन पडाउन त्यति आवश्यक छैन जतिको जन| एडम्सको यस स्पष्टीकरणले यस बातबाट के सङ्केत पाइन्छ भने शिक्षाको क्षेत्रमा बालकको स्थान मुख्य छ| यही कारण हो कि वर्तमान युगका सबै शिक्षाशास्त्री बलाकलाई सच्चा अर्थमा शिक्षित गर्नका लागे का छन्। अब यस बातमा बल दिन्छन् कि शिक्षाका समस्त कार्य बालकको रुचि, योग्यता, क्षमता तथा आवश्यकता अनुसार हुनुपर्छ| वस्तुस्थिति के छ भने आधुनिक युगमा पाठ्यक्रम, पाठ्य-विषय तथा पाठ्य-पुस्तक सब बालकेन्द्रित भएका छन् अब कुनै शिक्षक आफ्नो कार्यमा त्यस समयसम्म सफल हुँदैन जबसम्म बालकका स्वभावको पूरा-पूरा ज्ञान हुँदैन| अर्को शब्दमा, आज उसी व्यक्तिलाई योग्य शिक्षक भनिन्छ जसले आफ्नो विषयको ज्ञानका साथ-साथ मनोविज्ञानको पनि ज्ञान हुनुपर्छ |
  3. पाठ्यक्रम – शिक्षाको प्रक्रियामा पाठ्यक्रमको महत्वपूर्ण स्थान छ | यसले बालक तथा शिक्षक बीच जोड्ने काम गर्छ तथा दुईको सीमा निश्चित गरेर शिक्षाका समस्त योजना अनुसार शिक्षालाई उदेश्य अनुसार सञ्चालित गराउँछ | सङ्कुचित अर्थमा पाठ्यक्रमको तात्पर्य केही विषय र सीमित तथ्यको अध्ययन गराउनु हो | तर व्यापक अर्थमा पाठ्यक्रम समस्त अनुभवको त्यो योग हो जसले बालकलाई स्कुलको प्राङ्गणमा पठाउँछ| यस अन्तर्गत ती सबै क्रियाहरू आउँछन्  जसलाई बालक तथा शिक्षक दुवै मिलेर गर्छन्| पाठ्यक्रमको निर्माण देश काल, तथा समाजको आवश्यकता एवं प्रचलित विचारधारा अनुसार हुन्छ | यही कारण हो कि एकतन्त्रवादी समाजको पाठ्यक्रमको निर्माण व्यक्तिको अपेक्षा समाजको आवश्यकतालाई ध्यानमा राखेर गरिन्छ यो कठोर तथा सबैको लागि समान हुन्छ | यसको विपरीत जनतन्त्रमा व्यक्ति स्वतन्त्रता स्वीकार गरिन्छ | अत: जनतन्त्रीय समाजको पाठ्यक्रममा कठोरता, व्यवस्था तथा नियन्त्रणको अपेक्षा लचिलोपन, अनुकूल तथा स्वतन्त्रतामा विशेष बल दिइन्छ |

शिक्षाको आधुनिक धारणा

शिक्षाको आधुनिक धारणा सम्झाउनको लागि हामीले शिक्षाको आधुनिक तथा प्राचीन दुवै धारणाको तुलनात्मक अध्ययन गर्न आवश्यक छ| अत: निम्नलिखित पङ्तिहरूमा हामी शिक्षाका विभिन्न अङ्गमाथि तुलनात्मक दृष्टि हाल्दै छौं जसले हाम्रो अघि आधुनिक शिक्षाको सच्चा चित्र खिंचिन्छ –

  1. शिक्षाको अर्थ – शिक्षा शब्दको व्युत्पति लेटिन भाषाको ‘एडूकेटम’ शब्दबाट भएको हो| एडूकेटमको अर्थ हो शिक्षणको कला | एको अर्थ हो भित्रबाट तथा डूकोको अर्थ हो – अघि बढाउनु वा विकास गराउनु | यस प्रकार आधुनिक धारणाका अनुसार शिक्षा बालकको भित्र लुकेको समस्त शक्तिको समाजिक वातावरणमा विकसित गर्ने कला हो प्राचीन शिक्षा अन्तर्गत निर्देशनमाथि बल दिइन्छ| अत: शिक्षाको कार्य थियो – बालकको मस्तिष्कमा पकाएको ज्ञान बलपूर्वक घिचाउनु | आजकल मस्तिष्क “ एउटा खाली भाँडो”  तथा “एक रित्तो प्लेट” आदि प्राचीन धारणाको खण्डन गर्दै यस बातमा बल दिइन्छ कि मस्तिष्क एउटा खाली भाँडो सामान हो जसलाई  भर्नको लागि निर्देशनद्वारा ज्ञानलाई बाहिरबाट भर्नु अथवा बलपूर्वक घोकाउन आवश्यक छ तथा न नै रित्तो प्लेट हो जसमा विषयवस्तु अङ्कित गरिन्छ| वस्तुस्थिति यो हो कि मस्तिष्क जन्मबाट नै सक्रिय हुन्छ  तथा यसमा वातावरणसित सम्बन्ध स्थापित गर्ने शक्ति हुन्छ | यति मात्र होइन, मस्तिष्कको विशेषता त्यस शक्तिसित पनि हुन्छ जुन बालकको वातावरणमा क्रियाद्वारा सिक्नको लागि प्रेरित गर्छ| अत: आधुनिक शिक्षा, शिक्षणको उपेक्षा सिकाउनमा बल दिंदै  मार्गदर्शन, अभिवृद्धि तथा सामाजिक विकासका रूपमा उपस्थित हुन्छ|
  2. शिक्षाको उद्देश्य – प्राचीन शिक्षाले बालकको मानसिक विकासमा बल दिन्थ्यो जस अनुसार केवल ज्ञानार्जन शिक्षाको एकमात्र उद्देश्य मानिन्थ्यो| आधुनिक शिक्षाशास्त्री व्यक्तिको प्रकृतिको अध्ययन गर्दै मानसिक विकासका साथ-साथै उसको शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा पनि बल दिन्छन्| इस दृष्टिले आधुनिक शिक्षाको उद्देश्य हो – बालकको व्यक्तित्वको सर्वाङ्गीण विकास तथा उसमा सामाजिक कुशलताको गुण विकास गराउनु|
  3. पाठ्यक्रम – प्राचीन धारणा अनुसार पाठ्यक्रममा केवल ती विषय मात्र सम्मिलित गरिन्थे त्यसको अध्ययनले बालकको मानसिक विकास हुनसक्थ्यो| यसले पाठ्यक्रम पूर्व निश्चित तथा स्थिर बनाएको हुन्थ्यो| आधुनिक युगमा बालकको सर्वाङ्गीण विकास हेतु पाठ्यक्रम सम्बन्धी तथा सहगामी दुई प्रकारका क्रिया एवं अनुभव सम्मिलित गरेर पाठ्यक्रमलाई लचिलो तथा प्रगतिशील बनाउन ध्यान दिइन्छ जसले प्रत्येक बालक आफ्नो-आफ्नो रुचि तथा आवश्यकताका अनुसार विकसित भएर समाजको यथाशक्ति गर्न सकुन्। सङ्क्षेपमा, आधुनिक पाठ्यक्रम अन्तर्गत ज्ञानार्जन सम्बन्धी विषयहरूको अपेक्षा सामाजिक अध्ययनमा बल दिइन्छ|
  4. शिक्षण-पद्धतिहरू – शिक्षाको प्राचीन धारणामा पाठ्यक्रमका सबै विषय कण्ठस्थ गर्नमा बल दिन्थ्यो| यस रटन-पद्धतिका कारण शिक्षा निर्जीव तथा नीरस भएको थियो| आधुनिक धारणा अनुसार अब बालकको सर्वाङ्गीण विकास हेतु रटन-पद्धतिको अपेक्षा खेलविधि, गरेर सिक्ने विधि तथा योजना आदि शिक्षण-पद्धतिहरूको प्रयोग गरिन्छ जसले प्रत्येक बालक आफ्नो-आफ्नो रुचि तथा आवश्यकता अनुसार वास्तविक जीवनको अनुभव प्राप्त गरेर स्वयं विकसित हुँदै जानसकुन्|
  5. अनुशासन – प्राचीन धारणा अनुसारका कठोर दण्ड अथवा केवल डन्डा शिक्षकको सहायक सामग्री मानिन्थ्यो तर आधुनिक धारणाले दमनको अपेक्षा शिक्षकको प्रभाव तथा नियन्त्रित स्वतन्त्रतामाथि  बल दिन्छ जसले बालकमा आत्म-अनुशासनको भावना विकसित हुन्छ|
  6. परीक्षा – शिक्षकले बालकको शैक्षणिक प्रगति पता लगाउनका लागि परीक्षाको प्रयोग गर्नुपर्छ| अत: परीक्षाको सम्बन्धमा प्राचीन धारणाले निबन्धात्मक परीक्षाले जन्म लियो जसले बालकको रटन शक्तिको पत्तो लाग्यो किनभने उक्त परीक्षामा अनेक त्रुटि छन्, यसकारण आधुनिक धारणा वस्तुनिष्ट परीक्षाको, प्रगतिपत्र तथा वर्धनशील लिखित विवरणमा बल दिन्छ यसले बालकका विभिन्न क्षेत्रमा हुने प्रगतिको ठीक-ठीक पत्तो लागाउन सकिन्छ|
  7. शिक्षाका साधन – प्राचीन धारणा अनुसार शिक्षाको उत्तरदायित्व केवल स्कुलसम्म मात्र सम्झिन्थ्यो तर आधुनिक धारणा अनुसार यो उतरदायित्व स्कुलका साथ-साथै परिवार, समुदाय, धर्म तथा राज्य आदि सबै अनौपचारिक साधन स्कुलरूपी औपचारिक साधनका साथ पूर्ण सहयोग  गर्नुपर्छ|
  8. शिक्षक – प्राचीन धारणा अनुसार शिक्षा शिक्षक-प्रधान थिए | शिक्षकको स्थान एउटा निर्देशक अथवा तानाशाह जस्तै समझिन्थ्यो | आधुनिक धारणा अनुसार शिक्षक एउटा मित्र, दार्शनिक तथा पथ-प्रदर्शक सम्झिन्छ| उसबाट यो आशा पनि कि उसले बालकका साथ सहानभूतिपूर्ण तथा व्यक्तिगत सम्पर्क स्थापित गरेर उनमा सामाजिक रुचिय, आदत तथा दृष्टिकोणको विकासगरोस्।
  9. बालक – प्राचीन धारणा अनुसार बालकलाई निष्क्रिय श्रोताका रूपमा एउटा आसनमा बसाएर  शिक्षकको अनुदेश सुन्ने चस।तु बनाइन्थ्यो| आधुनिक धारणा अनुसार शिक्षा बालकेन्द्रित बनाइएको छ|  आज  यस बातमा ध्यान दिइन्छ कि बालक अधिक भन्दा अधिक सक्रिय बनाएर पाठको विकासमा रूचि दिलाएर शिक्षक र बालकबीच अधिकभन्दा अधिक अन्त: प्रक्रिया गराएर अधिक भन्दा अधिक विकासको बाटोमा हिंडाइन्छ |
  10. स्कुल – प्राचीन धारणा अनुसार स्कुललाई एउटा दोकान सम्झिन्थ्यो जहाँ ज्ञानका विक्रेताले बालकलाई लौरो देखाएर विभिन्न विषय रटाइन्थे| उसले रटेका ती विषय र ज्ञान उनको भावी जीवनको काममा आउन कि नआउन्| अर्को शब्दमा प्राचीन धारणा अनुसार शिक्षामा लगाइएको   पूँजी अथवा दिइएकोले उत्पादन गर्छ कि गर्दैन भनेर| आधुनिक धारणा अनुसार स्कुललाई लघु  समाजको रूप मानिन्छ| साथै  शिक्षालाई एक उधोग तथा शिक्षकलाई सय शिक्षारूपी उधोगको व्यवस्थापक जसले बालकलाई सिक्ने व्यवस्था गराउँछ र उसले हेर्छ  बालकोंको शिक्षामा लगाइएको पूँजी ठिक प्रक्रियामा गएको छ कि छैन भनेर|
  11. शिक्षा एक अनुशासनका रूपमा – प्राचीन धारणा अनुसार शिक्षालाई एउटा प्रक्रिया तथा प्रशिक्षणमा प्रयोग गरिन्थ्यो| आधुनिक धारणाका अनुसार शिक्षालाई  एउटा प्रक्रिया तथा प्रशिक्षणका अतिरिक्त अर्को विषयजस्तै अध्ययनको एउटा स्वतन्त्र विषय अथवा अनुशासन मनिन्छ| यसको कारण कि अन्य विषयजस्तै शिक्षामा पनि ती विशेषताहरू छन् जुन प्रत्येक विषय अथवा अनुशासनमा हुन्छन्| ती विशेषता हुन् – (१) निजी पाठ्यवस्तु (२) पाठ्यवस्तुको  क्रियासित सम्बन्ध, (३) निजी विधिहरू, (४) शोधका निजी विधिहरू, (५) चिन्नत क्षेत्र तथा (६) प्रथक सङ्काय |

उपर्युक्त  विवेचनका आधारमा शिक्षाको आधुनिक धारणाको सम्बन्ध  ज्ञान प्राप्त गर्नका लागि   निम्न चार्ट प्रस्तुत गरिएको छ  –

शिक्षाका विभिन्न पक्ष

शिक्षाको प्राचीन धारणा

शिक्षाको आधुनिक धारणा

अर्थ

सूचना, निर्देशक

विकास, (अनुशासनका रूपमा)

उद्देश्य

ज्ञानार्जन

व्यक्तिको विकास, सामाजिक कुशलता

पाठ्यक्रम

विषयप्रधान, ज्ञानार्जनको विषय

बाल केन्द्रित, क्रियाप्रधान तथा सामाजिक अध्ययन

शिक्षण-पद्धति

रटन-पद्धति

खेल, गरेर सिक्नु तथा योजना आदि

अनुशासन

कठोर दमनात्मक अनुशासन

आत्म-अनुशासन

परीक्षा

निबन्धात्मक

वस्तुनिष्ट, प्रगतिपत्र तथा वर्धनशील लिखित विवरण आदि

साधन

औपचारिक स्कुल

औपचारिक-परिवार, समुदाय, धर्म तथा राज्य

शिक्षक

निर्देशक

मित्र, दार्शनिक तथा पथ-प्रदर्शक

बालक

निष्क्रिय

सक्रिय

स्कूल

ज्ञान बेच्ने दोकान

समाजको लघुरूप

शिक्षाको महत्त्व

शिक्षाको महत्त्व अनेक दृष्टिबाट छ| यसको कार्यक्षेत्र यति व्यापक छ कि यस अन्तर्गत ती सबै कार्य आउँछन्    जसलाई पूरा गर्दा व्यक्ति आफ्नो जीवन सुखी तथा सफल बनाउँदै सामाजिक कार्य उचित समयमा पूरा गरेर योग्य बन्छ। भनाइको तात्पर्य के हो भने सामान्य रूपले शिक्षा व्यक्तिको मूल प्रवृति नियन्त्रण, मर्गान्तिकरण तथा शोधन गर्दै उसको जन्मजात शक्तिको विकासमा यस प्रकार सहायता प्रदान गर्छ र उसको सर्वाङ्गीण विकास हुन्छ| यति मात्र होइन  शिक्षाले व्यक्तिको चारित्रिक तथा नैतिक गुण एवं सामाजिक भावना विकसित गराएर उसलाई प्रौढ जीवनमा यस प्रकार तयार गराउँछ  कि ऊ आफ्नो संस्कृति तथा सभ्यताको संरक्षण गर्दै उत्तम नागरिकका रूपमा सामाजिक सुधार गरेर  राष्ट्रीय सुरक्षाका लागि आफ्नो प्राणको आहुति दिनमा अलिकति पनि हिचकिचाउँदैन| सङ्क्षिप्त रूपमा शिक्षा मानवीय जीवनमा व्यक्तिलाई जहाँ एकातिर वातावरण अनुकूल गराएर उसमा आवश्यकतानुसार परिवर्तन गराउँदै भौतिक सम्पन्नता प्राप्त गरेर चरित्रवान,  बुद्धिमान, वीर तथा साहसी उत्तम नागरिकका रूपमा आत्मनिर्भर बनाएर उसको सर्वाङ्गीण विकास गराउँछ भने अर्कोतिर शिक्षा राष्ट्रीय जीवनमा व्यक्तिभित्र राष्ट्रीय एकता, भावनातमक एकता, सामाजिक कुशलता तथा राष्ट्रीय अनुशासन आदि भावना विकसित गराएर उसलाई योग्य  बनाउँछ कि ऊ सामाजिक कर्त्तव्य पूरा गर्दै राष्ट्रीय हितलाई  प्राथमिकता दिनमा ओत-प्रोत हुन्छ | सङ्क्षेपमा, शिक्षाले सामान्य तथा राष्ट्रीय जीवनमा यति कार्य गराउँछ जसबाट व्यक्ति तथा समाज निरन्तर उन्नतिको शिखरमा चढ्दै जान्छ|

शिक्षाको महत्त्व स्पष्ट गर्नको लागि  हामीले भारतीय दशालाई दृष्टिमा राख्दै यसका कार्यमाथि  अघिल्लो अध्यायमा प्रकाश पारेका छौं| पाठकहरूको अनुरोध के छ त्यसको महत्त्व स्पष्टरूपले बुझ्नको लागि “मानवीय एवं राष्ट्रीय जीवनमा शिक्षाको कार्य”  नामक अध्यायको अध्ययन अवश्य गर्नुपर्छ |

मानवीय एवं राष्ट्रीय जीवनमा शिक्षाको कार्य

शिक्षाको अर्थ, कार्य तथा उद्देश्यमा यति घनिष्ट सम्बन्ध छ कि यी तीन कार्यमा विभाजन रेखा    खिच्न सजिलो छैन| फेरि पनि यी तीन विषयलाई राम्ररी बुझ्नको लागि हामीले भन्नसक्छौं कि शिक्षाको अर्थ हो – ‘शिक्षा के हो ?’ शिक्षाको कार्यको अर्थ के हो – ‘शिक्षाले के गर्न कर गराउँछ?’ तथा शिक्षाको उद्देश्यको अर्थ हो –‘शिक्षाले के गर्नुपर्छ ?’ पछिल्लो अध्यायमा हामीले शिक्षाको अर्थ स्पष्ट गरिसकेका छौं| अघिल्लो अध्यायमा हामीले शिक्षाको उद्देश्यको चर्चा गर्नेर्छौं | अब हामीले शिक्षाको कार्यमा प्रकाश पार्दै छौं|

वास्तविकता के हो भने  शिक्षाको कार्यक्षेत्र अत्यन्त: व्यापक छ | यस अन्तर्गत ती सबै विषय आउँछन् जसले व्यक्तिलाई प्रभावित गराउँदै उसलाई यस्तो योग्य बनाउँछ कि उसले आफ्नो जीवन तथा समाजका लागि उचित कार्य उचित समयमा गर्नसक्छ| यो उचित कार्य देश, काल तथा परिस्थिति अनुसार बदलिरहन्छ| यसलाई सधैंको लागि स्थायी रूपले निश्चित गर्न सकिंदैन| यही कारण हो कि शिक्षाको कार्योंको विषयमा पनि विद्वानहरूमा मतभेद छन्| उदाहरणको लागि डेनियल वेबस्टरका अनुसार – “शिक्षाको कार्य भावनालाई अनुशासित आवेगलाई नियन्त्रित प्रेरणालाई  उत्तेजित तथा धार्मिक भावना विकसित गराउनु हो”  यसै प्रकार जन डीवीका अनुसार –“शिक्षाको कार्य असहाय प्राणीको विकासमा सहायता पुराउनु हो, जसले गर्दा ऊ सुखी, नैतिक तथा कुशल मानव बन्न सकोस् |”

उपर्युक्त विवेचनले के स्पष्ट हुन्छ भने शिक्षाका अनके कार्य छन् | निम्नलिखित पङ्क्तिहरूमा  हामीले भारतीय दशामा दृष्टि राख्दै शिक्षाको सामान्य कार्यमाथि प्रकाश पार्दै छौं|

शिक्षाको सामान्य अर्थ

शिक्षाको सामान्य कार्य निम्नलिखित छन् –

  1. जन्मजात शक्तिको प्रगतिशील विकास- मनोवैज्ञानिक दृष्टिले प्रत्येक बालकमा प्रेम, जिज्ञासा, कल्पना तर्क तथा आत्मसम्मान आदि जन्मजात शक्तिहरू हुन्छन्| लगभग सबै शिक्षाशास्त्रीहरूले  बालकका जन्मजात शक्ति विकसित गराउनु शिक्षाको प्रथम कार्य हो भनेका छन्| प्रसिद्ध शिक्षाशास्त्री पेस्टालजीले शिक्षाको यसै महत्वपूर्ण कार्यमाथि प्रकाश पार्दै शिक्षालाई यी शब्दमा परिभाषित गरेका छन् – “ शिक्षा मनुष्यको जन्मजात शक्तिको स्वाभाविक, सामञ्जस्यपूर्ण तथा प्रगतिशील विकास हो”।
  2. व्यक्तिको सर्वाङ्गीण विकास – शिक्षाको दोस्रो कार्य व्यक्तिका सम्पूर्ण तथा सर्वाङ्गीण विकास गराउनु हो| जसले बालकले ब्रह्माण्डका सम्पूर्ण ज्ञान प्राप्त गर्न सकोस् तथा ऊ एउटा सफल नागरिकका रूपमा सत्यम, शिवम् एवं सुन्दरमको अनुभव गरेर आत्म-साक्षात्कार गर्नसकोस्| व्यक्ति अन्तर्गत शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक आदि सबै विषय सम्मिलित है| यदि यसबाट कुनै एक विषयको विकास गराइएन भने न बालक आफ्नो भावी जीवनका अनेक क्षेत्रमा भ्रमित हुन्छ|
  3. मूल-प्रवृतियको नियन्त्रण, मर्गान्तिकरण तथा शोधन –इङ्ग्लैंडका प्रशिद्ध मनोवैज्ञानिक मेकडूगलका अनुसार प्रत्येक प्राणी शिशुका रूपमा केही मूल-प्रवृति लिएर जन्मन्छ| उसका समस्त कार्य यिनै मूल-प्रवृतिका आधिन हुन्छन्| पशुहरूको मूल-प्रवृतिमा कुनै परिवर्तन गर्न सकिंदैन| यसको एक मात्र कारण  हो कि पशुहरूमा चिन्तन तथा तर्कको आभाव हुन्छ| यसको विपरीत मानव शिशुमा चिन्तन तर्क, विवेक तथा निर्णय आदि सबै मानसिक शक्ति पूर्णरूपमा पाइन्छ| यी मानसिक शक्तिद्वारा उसका मूल-प्रवृतिहरू नियन्त्रण, मर्गान्तिकरण तथा शोधन गरेर उसको व्यवहारमा आवश्यकता अनुसार यति परिवर्तन अवश्य गर्नसकिन्छ कि ऊ दानवबाट से मानव अथवा सामाजिक बन्छ | शिक्षाको तेस्रो कार्य हो  बालकका मूल-प्रवृतिहरूमाथि नियन्त्रण राख्नु, उसलाई मर्गान्तिकरण गर्दै उचित दिशामा शोधन गरेर उच्च कोटिको कार्यमा लगाउन सिकाउनु जसले व्यक्ति तथा समाज दुवै निरन्तर विकसित  भइरहुन्।
  4. चरित्र-निर्माण तथा नैतिक विकास - शिक्षाको अत्यन्त महत्वपूर्ण कार्य बालकको चरित्र  निर्माण तथा नैतिक विकास गराउनु हो| मनुष्यको चरित्र-निर्माणको आधार उसको मूल-प्रवृति हुन्छ|  मूल-प्रवृति  जन्मदा राम्रो नराम्रो केही पनि हुँदैन| यसको राम्रो नराम्रो यसको शोधनमा  निर्भर गर्छ | यदि बालकका मूल-प्रवृति अनियन्त्रित स्वतन्त्रता प्रदान गरियो ऊ अन्य पशुहरू भन्दा बर्बरतापूर्ण व्यवहार गर्नथाल्छ| यसको विपरीत यदि उसका मूल-प्रवृतिमा नियन्त्रण राख्दै उचित दिशातिर मोड्ने हो भने बालकको व्यवहार स्वयं ऊ तथा समाजका अन्य सबै व्यक्तिहरूको  निम्ति प्रशंसनीय एवं लाभप्रद हुन्छ| यदि बालकलाई चरित्रवान बनाउनु छ भने उसको मूल-प्रवृतिमा नियन्त्रित गर्दै उचित दिशातिर मोडनु पर्छ | यो कार्य केवल शिक्षाले मात्र गर्नसक्छ|  शिक्षाको चौथा कार्य हो बालकको आफ्नो मूल-प्रवृतिमा  नियन्त्रण राक्न  सिकाउनु तथा मर्गान्तिकरण र शोधनद्वारा उसलाई उच्च कार्योमामा लगाकर ससचित्र बनाउनु एवं उसमा सत्य, प्रेम, भक्ति, त्याग तथा उत्तरदायित्वको भावना विकसित गरेर उसको नैतिक विकास गर्नु| हरबार्टका अनुसार – शिक्षाका सम्पूर्ण कार्यलाई एकै शब्दमा प्रकट गरेका छन् त्यो शब्द हो –नैतिकता |
  5. प्रौढ जीवनको लागि तयारी – आजका बालक भोलिका नागरिक हुन् | यसको अर्थ यो हो कि जुन बालक जन्मदाँ असहाय हुन्छ त्यो भोलि अर्थात भविष्यमा प्रौढ बनेर समाजको उतरदायी नागरिक बन्छ| शिक्षाको पाँचौं कार्य हो बालकलाई प्रौढ जीवनका लागि तयार गर्नु | अर्को शब्दोंमा शिक्षा बालकभित्र  यस्तो क्षमता तथा योग्यता उत्पनन गरिदिनु कि ऊ भावी जीवनमा प्रौढ नागरिक बनाएर आफ्नो कर्तव्य तथा अधिकारको पालन गर्दै पारिवारिक, सामाजिक तथा राजनीतिक आदि हर प्रकाको समस्या समाधान गरेर सफल जीवन व्यतीत गर्नसक्नु | प्रसिद्ध कवि मिल्टनले पनि यस आशयको पुष्टि गर्दै लेखेका छन् “ म त्यसलाई पूर्ण शिक्षा भन्छु जसले मनुष्यको शान्ति तथा युद्धको समय व्यक्तिगत तथा सार्वजानिक दुवै प्रकारका कार्यमा उचित रूपले योग्य बनाउँछ |
  6. सामाजिक भावनाको विकास – व्यक्तिको समाजसित गहिरो सम्बन्ध हुन्छ | यस कारण उसले समाजमा आफ्नो उन्नति गर्नसक्छ तथा अन्य व्यक्तिहरूको पनि भलाई गर्नसक्छ | बिना समाज  उसको कुनै अस्तित्व हुँदैन| यस दृष्टिले व्यक्तिमा सामाजिक भावनाको विकास हुन परम आवश्यक छ | यस महान कार्य शिक्षाद्वारा पूरा गर्नसक्छ| यो कार्यको शिक्षा स्कुलको सहायताले सरलतापूर्वक पूरा गर्नसक्छ| स्कुलको सामाजिक वातावरणमा बस्दै बालकले नाना प्रकारका सामाजिक क्रियामा भाग लिन्छ जसले उसमा समाजिक भावना जागृति हुनका साथ-साथै प्रेम, दया, सहनशीलता, सहानुभूति, सहयोग तथा परोपकार आदि यस्ता अनेक सामाजिक गुण सहजरूपमा नै विकसित हुन्छन् यी गुणले सुसज्जित भएर आफ्नो भावी जीवन समाजको हित  कार्य गर्दै समाजको भलाईलाई आफ्नो भलाई सम्झन थाल्छ|
  7. उत्तम नागरिकहरूको निर्माण – कुनै पनि राज्यलाई त्यतिखेर उत्तम राज्य भन्न सकिन्छ जतिखेर त्यहाँका नागरिक पनि उत्तम हुन्छन्| यसकारण प्रत्येक शासक सदैव यो प्रयास गर्छन् कि उसका सबै नागरिक उत्तम बनुन्| यस सम्बन्धमा यो प्रश्न उठ्नसक्छ कि उत्तम नागरिकको अर्थ के हो भनेर? सरलतापूर्वक भन्न सकिन्छ कि कुनै पनि नागरिक त्यस समय सभ्य भन्सकिन्छ कि उसमा सत्यता, देशभक्ति, इमानदारी, कर्त्तव्यपरायणता तथा नेतृत्व आदि गुण हुन| यी गुणहरूलाई केवल शिक्षाद्वारा नै विकसित गर्नसकिन्छ| अत: शिक्षाको सातौं कार्य नै बालको उत्तम गुणको विकास गर्ने साधन हो|
  8. संस्कृति एवं सभ्यताको संरक्षण – प्रत्येक समाजका रीति-रिवाज, परम्परा, नैतिक तथा धर्म अदि सबै अलग-अलग हुन्छन | यी सबैलाई प्रत्येक समाजले अति प्राचीनकालदेखि लिएर आज सम्म अर्जित गरेको छ | वस्तुस्थिति यो हो कि प्रत्येक समाजलाई आफ्नो-आफ्नो संस्कृति तथा सभ्यतामाथि यति गर्व हुन्छ कि यी सबै मूल्य नष्ट हुन दिन्नन्| अत: शिक्षाको आठौं कार्य हो  प्रत्येक समाजको संस्कृति तथा सभ्यताका विभिन्न साधनद्वारा सुरक्षित राख्नु,, प्रगति गर्नु तथा उसमा नवीनता ल्याउनु |
  9. सामाजिक सुधार – शिक्षाको नवौं कार्य सामाजिक सुधार एवं उन्नति गराउनु हो | अनुभवको बात हो कि समाजमा शिक्षाको व्यवस्था केवल यसकारण मात्र हुँदेन कि बालक समाजका प्रचलित नियम, सिद्धान्त तथा रूढिबाट केवल अनुकूलतामात्र  प्राप्त गरोस् साथै  उसले यो पनि चाहन्छ कि शिक्षित भएर उसले (बालक) उसमा आवश्यकतानुसार सुधार पनि गर्नसकोस्  जसले गर्दा समाज उचित दिशातिर विकसित होस्|
  10. राष्ट्रीय सुरक्षा- कुनै पनि राष्ट्रको सुरक्षा जस्ताको तस्तै बनाएर राख्ने दायित्व त्यहाँको शिक्षामाथि निर्भर हुन्छ | यसकारण शिक्षाको दसौ महत्वपूर्ण कार्य प्रत्येक व्यक्ति राष्ट्रको रक्षा गर्नको तयार हुनु| भारतवर्ष अब स्वतन्त्र अवश्य छ, तर यसको यो अर्थ होइन कि यहाँका नागरिक अब आँखा बन्द गरेर बसुन्| किनभने चीन र पाकिस्तानदेखि भारतलाई निरन्तर भय बनिरहन्छ, यसकारण हामी सबैको लागि राष्ट्रीय सुरक्षाको कार्य अधिक महत्वपूर्ण हुन्छ| यस्तो स्तिथिमा जहाँ शिक्षाको कार्य उत्तम गुणले सुसज्जित नागरिहरूकहरूको निर्माण गर्नु हो साथै उनीहरूमा यस्तो भावना विकसित गराउनुपर्छ जसले गर्दा उनीहरूले आफ्नो देशको सुरक्षाक लागि आफ्नो प्राणको आहुति दिनमा पनि नहिचकिचाउन् | एच० मेनले ठीक लोखेका छन – “ केवल शिक्षाले नै हाम्रो राजनितिक सुरक्षा सम्भव छ” |

मानवीय जीवनमा शिक्षाको कार्य

अङ्ग्रेजले आफ्नो शासनकालमा अङ्ग्रेजी अध्ययनमाथि बल दिएर भारतभित्र दुई वर्ग उत्पन गरिदिए| पहिलो वर्ग अन्तर्गत ती केही मुठ्ठिभर मान्छे आए जसले अङ्ग्रेजी पढे र आफूलाई अङ्ग्रेजी भारतीय भन्न लागे| दोस्रो वर्ग अन्तर्गत जनसाधारणको त्यो विशाल समूह थियो जसले अङ्ग्रेगी पढ्न सक्दैनथ्यो | पहिलो वर्गका  मानमा अङ्ग्रेगी पढेर अहमको भावना विकसित   भयो| परिणामस्वरूप त्यो वर्गले आफूलाई आर्कोबाट प्राय: अलग नै राख्यो | १५ अगस्त सन् १९४७ ई० क भारत स्वतन्त्र भयो | स्वतन्त्रता प्राप्ति पश्चात सर्वप्रथम यो बात  आवश्यक मानियो कि अङ्ग्रेजले भारतमा उक्त दुई वर्ग उत्पादन गरेर सामाजिक क्षेत्रका साथ-साथै राजनीतिक तथा आर्थिक आदि सबै क्षेत्रमा परिवर्तन गर्नको लागि शिक्षाको सहारा लियो तथा स्वतन्त्र भारतका सबै नागरिलाई आवश्यक ध्यानमा राख्दै मानवीय जीवनको कल्याण हेतु शिक्षाका निम्नलिखित कार्य सुम्पिए-

  1. वातावरणक अनुकूल – प्रत्येक प्राणीलाई जीवित रहनका लागि वातावरणसित सङ्घर्ष गर्नुपर्छ| उसलाई सदैव गर्मी, सर्दी, वर्षा, असिना, तूफान तथा भूईँचालो आदिबाट निरन्तर टक्कर लिनुपर्छ| जुन प्राणीले आफूलाई वातावरण अनुकूल बनाउँछ ऊ जीवित रहनसक्छ, अन्यथा नष्ट हुन्छ| शिक्षाले मानवलाई वातावरण अनुकूल बनाउँन सिकाउँछ| अत: मानवीय जीवनमा शिक्षाको प्रथम कार्य व्यक्तिलाई योग्य बनाउनु हो वा आफूलाई वातावरण अनुकूल गर्नसक्नु हो |
  2. वातावरणका रूपमा परिवर्तन – शिक्षाले मानवमा राम्रा आदतको निर्माण गराउँछ| यी आदतको सहायताले मानव वातावरणमा आवश्यकतानुसार परिवर्तन पनि गर्नसक्छ। शिक्षाको कार्य व्यक्तिलाई केवल वातावरण अनुकूल बनाउन मात्र होइन  उसलाई योग्य पनि बनाउनु हो।  आवश्यकता पर्दा पढेर यसको रूपमा परिवर्तन गर्न पनि सक्नु हो | आजको सङ्घर्षपूर्ण  संसारमा शिक्षा  यी कार्य गर्नको लागि विशेष महत्त्व छ | हाम्रो देशमा जसले विभिन्न जाति, प्रजाति धर्म तथा भाषामा  दूषित वातावरणको निर्माण गरेका छन् त्यो कसैबाट लुकेको छैन| यो दूषित वातावरणलाई केवल शिक्षाद्वारा सुधार गर्न सकिन्छ|
  3. मानवलाई सभ्य बनाउनु – प्रारम्भिक अवस्थामा मानव शिशु पनि अन्य पशुजस्तै  बिल्कुल असभ्य हुन्छ | उसको आदिकालीन बर्बरता अथवा असभ्यता केवल शिक्षाद्वारा हटाउन सकिन्छ| अत: स्वतन्त्र भारतमा शिक्षाको कार्य मानवलाई सभ्य बनाउनु पनि हो| शिक्षाले लेख्न-पढ्न सिकाउँछ, जसद्वारा उसलाई अनेक विषयको ज्ञान हुन्छ| ज्ञानले उसको रुचिमा सुधार आउँछ| रुचिमा सुधारले उसको आचरणमा पनि सुधार हुन्छ  र ऊ सभ्य बन्छ| यस प्रकार शिक्षाद्वारा मानवको ज्ञानमा निरन्तर वृद्धि हुन्छ जसले ऊ सुसंस्कृत एवं सभ्य बन्छ| प्रत्येक राष्ट्रको उन्नति त्यहाँका शिक्षित व्यक्तिहरूको अनुपातमा नापिन्छ| जुन राष्ट्रमा जति धेरै व्यक्ति शिक्षित हुन्छन् त्यो राष्ट्र त्यति नै महान तथा सभ्य मानिन्छ |
  4. आवश्यकताहरूको पूर्ति – प्रत्येक मानवको व्यक्तिगत, सामाजिक, मनोवैज्ञानिक तथा अवकाश काल सम्बन्धी अनेक आवश्यकताहरू हुन्छन्| यी आवश्यकताहरूको पूर्ति केवल शिक्षाद्वारा हुन्छ| अत:  भारतीय समाजमा शिक्षाको महत्वपूर्ण कार्य व्यक्तिका विभिन्न आवश्यकताहरूको पूर्ति गर्नु पनि हो| स्वामी विवेकानन्दले ठीक लेखेका छन् –“शिक्षाको कार्य समस्याहरू कसरी पत्तो लगाउने र कसरी समाधान गर्नु भन्ने हो, यिनै विषयतिर संसारका सभ्य समाजले गम्भीर ध्यान पुराउनु पर्छ|
  5. व्यवसायिक कुशलताको पूर्ति – शिक्षाको कार्य मानवको व्यवसायिक कुशलता प्राप्त गर्नुमा सहायता दिनु हो | शिक्षाले मानवका विभिन्न व्यवसायहरूको ज्ञान दिन्छ, जसको आधारमा उसले आफ्नो योग्यता अनुसार कुनै व्यवसाय चुनेर आफ्नो जीविका चलाउन थाल्छ| ऊ अरूमाथि भार  नबनेर आफ्नो आर्थिक आवश्यकताको पूर्ति स्वयं ने गर्छ| अत: डा० राधाकृष्णका शब्दमा- “विद्यार्थीहरूको जीविकोपार्जनमा सहायता दिनु शिक्षाका अनेक कार्यमा एउटा महत्वपूर्ण कार्य हो”|
  6. भौतिक सम्पन्नताको प्राप्ति – शिक्षाको कार्य मानवको भौतिक सम्पन्नताको प्राप्तिमा सहयता दिनु हो | आजको भौतिकवादी युगमा प्रत्येक व्यक्तिको यही धारणा छ कि शिक्षाले  मानवको भौतिक सम्पन्नता प्राप्त गर्न सहायता गर्दैन| प्राय: सबै माता पिता आफ्ना बाल-बलिकालाई यसै उद्देश्य राखेर स्कुल पढ्न पठाउने गर्छन्।
  7. आत्मनिर्भरताको प्राप्ति – शिक्षाको सातौं कार्य व्यक्तिलाई आत्मनिर्भर बनाउनु हो। जुन व्यक्ति आफ्नो काम आफै गर्छ अरूको सहायता लिंदैन त्यसलाई आत्मनिर्भर भनिन्छ| यस्ता व्यक्तिमा आत्मविश्वास उत्पन्न हुन्छ| यस्तो कामले ऊ जीवनका प्रत्येक क्षेत्रमा सरलतापूर्वक अघि बढ्दै जान्छ| भारतमा अहिले यस्तै व्यक्तिहरूको आवश्यकता छ| अत: स्वामी विवेकानन्दका शब्दमा – “केवल पुस्तकीय ज्ञानले काम चल्दैन| हामीलाई त्यो दिशाको आवश्यकता छ, जहाँ व्यक्ति आफ्नो खुट्टामा ऊभिन सकोस्।
  8. चरित्रको विकास – शिक्षाको मुख्य कार्य बालकको चरित्रको विकास गर्नु हो| आजको भौतिकवादी  युगमा छल, घृणा, झूठ, स्वार्थ तथा धोकाबाजी आदि प्रवृतिको साम्राज्य देखिन्छ| यी खराबीका कारण मानवले स्थायी सुख तथा शान्ति प्राप्त गर्न सक्दैन| आज यी सबै खराबीबाट बचेर जीवनमा चरम लक्ष्य प्राप्त गर्नुपर्छ| शिक्षाले मानवलाई यी खराबीबाट बच्न सहयोग गर्छ। सबै खराबीबाट बच्नका लागि उसमा सत्य, सद्भावना, त्याग तथा अहिंसा आदि अनेक गुण विकसित गराउनु पर्छ। शिक्षा, उसलाई आफ्नो आदर्श निश्चित गर्न तथा ज्ञान प्राप्त गर्नमा  सहयोग प्रदान गर्छ एवं सत्यम, शिवम् र सुन्दरम् जस्ता चिन्तन मूल्य प्राप्तिका लागि उचित पथ-प्रदर्शन गरेर नैतिक चरित्रको निर्माण गराउँछ| यस प्रकार हरबार्टका शब्दमा – “शिक्षाको अर्थ उत्तम नैतिक चरित्रको विकास गराउनु हो |”
  9. व्यक्तित्व विकास – शिक्षा प्राप्त गरेर बालकको योग्यताको विकास हुन्छ परिणामस्वरूप उसले राम्रा कुरा सिक्छ तथा नराम्रा कुरा परित्याग गर्छ| शिक्षाले नै बालकका सम्भावनाहरू पूरा गर्छ तथा उसको आन्तरिक शक्तिलाई जागृत गराउँछ| तात्पर्य हो राम्रो शिक्षाले बालकको उचित दिशामा विकास गराउँछ तथा उसको जीवन सुखी तथा सफल बन्छ| अत: प्रत्येक शिक्षा शास्त्रीको  मत छ कि शिक्षाको प्रमुख कार्य बालककको व्यक्तित्वको सर्वाङ्गीण विकास गराउनु हो|
  10. भावी जीवनको तयारी – मानवीय जीवनमा शिक्षाको दसौँ कार्य बालकको भावी जीवन तयार गर्नु हो | मानव जीवन एउटा सङ्घर्ष हो | मानवले आफ्नो जीवनमा आउने अनके समस्याहरूसँग सङ्घर्ष गर्नुपर्छ| शिक्षाले यी सबै समस्याहरूको समाधान गर्न बालकका विभिन्न व्यक्तिगत, सामाजिक, मनोवैज्ञानिक तथा आर्थिक आवश्यकताहरूको पूर्ति गर्छ एवं उसलाई योग्य बनाउँछ। ऊ ठुलो भएर आफ्नो कर्त्तव्य तथा अधिकारको समुचित प्रयोग गरेर आफ्नो व्यक्तित्व विकास गर्नसक्छ| स्वामी विवेकानन्दको मत छ – “ त्यो शिक्षालाई के शिक्षा भन्ने जसले योग्य सामान्य जन समूहको जीवन सङ्घर्षको लागि आफूले आफूलाई तयार गर्नसक्दैन तथा उसमा सिंहको जस्तो साहस उत्पन्न गराउन सक्दैन”|
  11. अनुभवको पुनसङ्गठन एवं पुर्रचना - मान्छे वातावरण तथा अन्य व्यक्तिहरूको सम्पर्कमा रहँदै विभिन्न प्रकारका अनुभव गर्छ| यी अनुभवलाई उसले शिक्षाद्वारा सङ्गठित गर्छ तथा आफ्नो भावी उन्नतिका लागि यसको प्रयोग गर्छ| यस प्रकार मानव-जीवनमा अनुभवको प्राप्ति, यसको पुर्नसङ्गठन तथा पुनर्रचनाको क्रिया सदैव चलिरहन्छ| अत: शिक्षाले यी सबै कार्य पूरा गर्न सहयोग गर्छ|
  12. उत्तम नागरिहरूको निर्माण – शिक्षाले उत्तम नागरिकहरूको निर्माण गराउँछ| भारत एउटा धर्म निरपेक्ष जनतन्त्र हो | यसलाई सफल बनाउनको लागि प्रत्येक व्यक्ति देशको सच्चा तथा सुयोग्य नागरिक  बन्नुपर्छ| सच्चा तथा सुयोग्य नागरिक बनाउनको लागि शिक्षाले बालकमा सचरित्र, स्वतन्त्र तथा स्पष्ट चिन्तन, देश-भक्ति, सहयोग, सहानभूति, सहनशीलता तथा अनुशासन आदि गुण विकास गरेर उसलाई कर्तव्य तथा अधिकारप्रति जागरूक गराउँछ| यदि शिक्षाले सच्चा देशभक्त तथा सुयोग्य नागरिकहरूको निर्माण गरिदिने हो भने त देशको कल्याण नै कल्याण हुन्छ|
  13. कार्यक्षेत्रको व्यावहारिक ज्ञान – शिक्षाले बालकलाई विभिन्न प्रकारका कार्यक्षेत्रको ज्ञान दिन्छ| संसारका सबै प्रगितशील देशहरूमा बालकलाई विभिन्न क्षेत्रको व्यावहारिक ज्ञान दिइन्छ| दुःखको कुरा हाम्रो देशमा बालकलाई कुनै पनि क्षेत्रको व्यावहारिक ज्ञान नदिएर केवल सैद्धान्तिक ज्ञान  रट्न बाध्य गराइन्छ| यसर्थ स्वामी विवेकानन्दले भारतीयहरूलाई सचेत गराउँदै परामर्श दिएका छन् –“ तिम्रो कार्य सबै क्षेत्रका व्यावहारिक ज्ञान प्राप्त गर्नु हो| सिद्धान्तका पहाडले देश सर्वनाश हुन्छ” |

राष्ट्रीय जीवनमा शिक्षाको कार्य

राष्ट्र तथा उसका नागरिकहरूको एक-अर्कासँग घनिष्ट सम्बन्ध हुन्छ | कुनै पनि राष्ट्रको प्रगति  त्यस देशका नागरिकहरूको उत्तम सचरित्र तथा उतरदायित्वपूर्ण व्यवहारमा अडिएको हुन्छ | यदि नागरिक अयोग्य, चरित्रहीन तथा निर्बल भए भने राष्ट्र-निश्चितरूमा रसातलमा जान्छ| यस दृष्टिले राष्ट्रको उन्नतिको लागि सच्चरित्र एवं श्रेष्ट नागरिक हुनु परम आवश्यक छ | यस्ता नागरिकहरूको निर्माण गर्नु राष्ट्रीय जीवनमा शिक्षाको मुख्य कार्य हो | भारतीय समाजमा जनतन्त्रीय समाजवादी आदर्शलाई दृष्टिमा राख्दै शिक्षाले नागरिकहरूलाई निम्नलिखित बातमा प्रशिक्षित गरेर यो महान कार्य पूरा गर्नसक्छ –

  1. नेतृत्वका लागि प्रशिक्षण- जनतन्त्र र नेतृत्वको घनिष्ट सम्बन्ध हुन्छ। यस दृष्टीले जनतन्त्रमा योग्य, अनुभवी, तथा कुशल नेता हुन परम आवश्यक छ | अर्को शब्दमा, जनतन्त्रको सफलताका लागि राजनितिक, सामाजिक, औधोगिक तथा सांस्कृतिक आदि सबै क्षेत्रका लागि प्राईमरी, माध्यमिक तथा उच्च तीनै स्तरमा उतरदायी नेताहरूको आवश्यकता हुन्छ| प्रत्येक क्षेत्रमा  उच्चस्तरीय नेता नीति निर्माण गर्छन्| यी नीतिलाई माध्यमिक तथा प्राईमरी स्तरमा नेताले कार्य रूपमा परिणत गर्छन्| अत: जनतन्त्रीय समाजका प्रत्येक क्षेत्रमा विभिन्न स्तरका लागि धेरै भन्दा  धेरै नेतृत्वको प्रशिक्षण आवश्यक छ | भारत एउटा सर्वसत्तासम्पन्न लोकतन्त्रात्मक गणराज्य हो| हामीलाई राष्ट्रीय जीवनका प्रत्येक क्षेत्रमा सबै स्तरका लागि योग्य, अनुभवी तथा कुशल नेताहरूको आवश्यकता छ | शिक्षाले यस दिशामा महत्वपूर्ण कार्य गर्नुपर्छ |
  2. राष्ट्रीय विकास – शिक्षा राष्ट्रीय विकासको आधारशिला हो| अत: शिक्षाको कार्य प्रत्येक नागरिकलाई एक निश्चित स्तरसम्म अनिवार्य रूपले शिक्षित गर्नुपर्छ| यदि शिक्षा यस महान कार्य पूरा गर्न सफल भयो भने हो राष्ट्रका सबै नागरिकले मतदानद्वारा योग्य, सचरित्र तथा कुशल नेताहरूको चुनाव गरेर सुव्यवस्थित सरकारको निर्माण गर्नसक्छन् जसद्वारा राष्ट्रको विकास हुन निश्चित छ | अत: भारतीय शिक्षा यसै दिशामा विशेष ध्यान देओस्|
  3. राष्ट्रीय विकासका लागि राष्ट्रीय एकता परम आवश्यक छ | अत: राष्ट्रीय जीवनमा शिक्षाको कार्य राष्ट्रीय एकताको स्थापना गराउनु हो| दुःखको कुरा भारतजस्तो महान राष्ट्र शिक्षाको यस कार्यप्रति अझैसम्म उदासीन छ | परिणामस्वरूप हामीभित्र विचारको सङ्कीर्णता, स्वार्थतता तथा कटुता आदि दोष उत्पन्न भएका छन्| यी दोषको कारण हो हामी अझ पनि जातीयता, प्रान्तीयता, साम्प्रदायिकता तथा क्षेत्रीयतामा विश्वास गरेर भाषाको प्रश्नमा लडाईं गर्छौं त कहिले जनसङ्का ख्याका आधारमा राष्ट्रलाई बाँड्ने काम गर्छौं| वास्तविकता के हो भने यी दोषहरूले यति धेरै शत्रुता बढाइदिएका छन् कि राष्ट्रीय एकता खतरमा परिसकेको छ| यदि राष्ट्रलाई खतरबाट  बचाउनु छ भने व्यक्तिमा रहेका यी भयङ्कर दोष हटाउनु पर्छ| यस्तो अवस्थामा केवल शिक्षा नै यस्तो साधन छ जसद्वारा सङ्कीर्णता हटाएर विशाल ह्रदयताको भावना विकसित गराएर शत्रुताको स्थानमा प्रेमको पाठ पढाउन सकिन्छ| स्वर्गीय जवाहरलाल नेहरुको मत छ – “ राष्ट्रीय एकताको प्रश्नमा जीवनका प्रत्येक वस्तु आउँछन्| शिक्षाको स्थान यिनीहरू भन्दा माथि छ |”
  4. भावनात्मक एकता – जसरी राष्ट्र विकासको लागि राष्ट्रीय एकता आवश्यकता छ, उसरी नै  राष्ट्रीय एकताको लागि भावनात्मक एकताको आवश्यकता छ | भारत विभिन्नताहरूको देश हो | यहाँ विभिन्न भाषा परम्परा, धर्म, तथा रहन-सहन  पाइन्छन| हामी प्राय: प्रत्येक व्यक्तिले अर्काको तुलनामा केवल आफ्नो भाषा, रीति-रिवाज एवं धर्मलाई सबै भन्दा राम्रो मान्छौँ| यस्तो सङ्कीर्ण दृष्टिकोणका कारणले हामी सबैमा यति शत्रुता हुन्छ कि कहिलेकाहीं त लडाइ-झगडा पनि हुन्छ | यस्तो समयमा शिक्षाले हामीलाई राष्ट्रीयताको ध्यान दिलाउँछ, हामी एक हौं भन्ने विषयमा सतर्क गराउँछ र एकसूत्रमा बाँधिन प्रेरणा दिन्छ| यही राष्ट्रीय सम्पतिको आदर्श राष्ट्रमा भावनात्मक एकता विकसित गर्नमा सहायता दिन्छ| स्पष्ट छ भावनात्मक शिक्षा केवल शिक्षाद्वारा नै विकसित गर्न सकिन्छ| अत: शिक्षाको कार्य राष्ट्रीय जीवनमा भावनात्मक एकता विकसित गराउनु पनि हो |
  5. राष्ट्रीय अनुशासन – कुनै पनि राष्ट्रलाई एकताको सूत्रमा बाँधेर त्यसलाई पूर्णरूपले विकसित  गराउनको लागि राष्ट्रीय अनुशासन परम आवश्यक छ | अत: शिक्षाको कार्य राष्ट्रीय अनुशासन विकसित गराउनु  हो| भारत अब स्वतन्त्र छ | यस महान राष्ट्रमा स्वतन्त्रता बनाएर राख्न परिश्रम तथा सतर्कताको साथ-साथ सङ्गठन, कुशलता, एवं बलिदान आदि गुणहरूको पनि आवश्यकता छ | यसको एकमात्र कारण माथिका गुणहरू विकसित भए नै राष्ट्रीय अनुशासनको जन्म हुन्छ| अत: भारतीय शिक्षाले राष्ट्रीय अनुशासनको कार्यमा सहयोग दिनुपर्छ| माध्यमिक शिक्षा आयोगले यी तथ्यको पुष्टि गर्दै लेख्छ –“ जनतन्त्रले सफलतापूर्वक कार्य तबसम्म गर्न सक्दैन जबसम्म सबै व्यक्ति, केवल एक विशेष वर्गका नभएर  आआफ्नो उत्तरदायित्व निर्वाह गर्नको लागि  प्रशिक्षित गरिंदैन यसका लागि अनुशासनको प्रशिक्षण आवश्यकता छ|”
  6. नागरिक तथा सामाजिक कर्तव्यभावनाको समावेश – भारत एउटा धर्म-निरपेक्ष गणराज्य हो यसलाई सफल बनाउनको लागि प्रत्येक व्यक्ति नागरिक राष्ट्रप्रति तथा व्यक्ति समाजप्रति कर्तव्यको पालन गर्नुगर्छ| अत: शिक्षाको कार्य बालकमा नागरिक तथा सामाजिक कर्तव्यको भावना विकसित गर्नु हो। आजका बालक भोलिका नागरिक हुन आफ्नो कर्तव्यको पालन गरेर  राष्ट्रीय विकासमा यथाशक्ति योगदान दिन सकुन् |
  7. नैतिकताको प्रशिक्षण – नैतिकता प्रत्येक राष्ट्रको बहुमूल्य सम्म्पति हो | अत: शिक्षाको कार्य बालकलाई नैतिकता प्रशिक्षण दिनु हो। हाम्रो देश नैतिकताको दौडमा विश्वका सबै देशभन्दा अघि छ , तर  दुःखको कुरा स्वतन्त्रता प्राप्ति पश्चात आज राष्ट्रीय जीवनका लगभग प्रत्येक क्षेत्रमा अनैतिकताको साम्राज्य देखिन्छ| यस्तो अवस्थामा राष्ट्रको विकास दृष्टिमा राख्दै भारतका नागरिकहरूको लागि नैतिक प्रशिक्षणको धेरै आवश्यक हुन्छ| शिक्षाले बालकमा सत्य, प्रेम , त्याग आदि अनेक आवश्कीय गुण विकसित गराएर नैतिक विकास पनि गराउँछ| अत: भारतीय शिक्षा व्यवस्था ठीक गरेर राष्ट्र विकसित गराउनको लागि पहिले सबैको नैतिक विकास गराउनुपर्छ|
  8. कुशल श्रमिकको पूर्ति – आजको भौतिकवादी युगमा प्रत्येक राष्ट्रको श्रेष्ठताको मूल्याङ्कन उसको राष्ट्रीय सम्म्पतिको आधारमा गरिन्छ|  राष्ट्रीय सम्पत्ति सन्तोषजनक छ भने त्यहाँका  नागरिकहरूको रहन-सहन पनि सन्तोषजनक हुन्छ| यसकारण प्रत्येक राष्ट्र आफ्नो राष्ट्रीय सम्पत्ति बढाउनको लागि आफ्नो व्यापार तथा उद्योग बढाउने प्रयास गर्छन| यस महान कार्य पूरा गर्नको लागि कुशल श्रमिकहरू हुन परम आवश्यक छ | अत: हाम्रो शिक्षाको आठौं कार्य कुशल श्रमिकहरूको पूर्ति गराउनु हो जसले राष्ट्रीय सम्पतिमा वृद्धि  भइरहोस् तथा राष्ट्र समृद्धिशाली बनोस्|
  9. राष्ट्रीय हितलाई प्राथमिकता – प्रत्येक राष्ट्र जीवित रहनका लागि त्यहाँका नागरिकको हित आवशयक छ। व्यक्ति भन्दा राष्ट्र हितलाई प्राथमिकता दिनुपर्छ | अत: राष्ट्रीय जीवनमा शिक्षाको कार्य नागरिकलाई प्रशिक्षित गर्नु हो। आफ्नो निजी हित भन्दा राष्ट्रहितलाई प्राथमिकता दिनुपर्छ| अन्य राष्ट्रको अपेक्षा भारतमा यस दिसातिर विशेष ध्यान दिनुपर्छ | यसको कारण के हो भने भारतीय समाज आज पनि यस्ता अनके वर्ग तथा राजनीतिक दल वर्गमा बाँडिएका छन् जसले राष्ट्रीयताको नाममा सदैव आफ्नो हित पूरा गर्न एक-अर्कासँग लड्ने काम गर्छन्| केवल शिक्षा नै एक यस्तो साधन हो जसद्वारा यी सबै वर्ग तथा दलमा राष्ट्र कल्याणका लागि तयार गर्न सकिन्छ|
  10. सामाजिक कुशलताको उन्नति – प्रत्येक राष्ट्रको कल्याण त्यस देशका नागरिक सामाजिक दृष्टिले कुशल एवं उन्नतिशील हुनुमा छ| अमेरिकाका प्रोफेसर बागलेका अनुसार सामाजिक दृष्टिले कुशल त्यो व्यक्ति हुन्छ जुन राष्ट्रको लागि भार नहोस्, एक-अर्काको  कार्यमा हस्तक्षेप नगरोस् तथा समाजको उन्नतिमा यथाशक्ति योगदान दिइरहोस्| यस दृष्टिले भारतमा राष्ट्रीय जीवनमा शिक्षाको कार्य बालकहरूमा सामाजिक कुशलता उन्नति गराउनु हो| यो महान कार्य शिक्षा, व्यापार तथा  उद्योगमा बालकलाई प्रशिक्षित गराएर पूरा गर्नसकिन्छ जुन समाज अथवा राष्ट्रको लागि उपयोगी छ |

स्त्रोत: शिक्षाको सिद्धान्त, जेवियर समाज सेवा संस्थान

3.125
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top