অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

शिक्षा र समुदाय

शिक्षा र समुदाय

  1. समुदायको अर्थ र परिभाषा
  2. समुदाय शिक्षा संस्थानको रूपमा
  3. बालकको शिक्षामा समुदायको महत्त्व
  4. बालकमाथि समुदायको शैक्षिक प्रभाव
  5. समुदायको शैक्षिक कार्य
  6. शिक्षाको साधनका रूपमा समुदायका गुण
  7. शिक्षाको साधनका रूपमा समुदायका दोष
  8. समुदायको शिक्षा प्रभावपूर्ण साधन बनाउनको लागि सुझाव
  9. धर्मको अर्थ र परिभाषा
    1. धर्मको अर्थ
    2. धर्मको परिभाषा
    3. मानवीय जीवन तथा समाजमा धर्मको महत्व तथा लाभ
    4. धर्म र शिक्षा
    5. धार्मिक शिक्षाको उद्देश्य
    6. धार्मिक शिक्षाका दोष
    7. पछिका लागि ऐतिहासिक दृष्टि
    8. भारत जस्तो धर्म-निरपेक्ष देशमा धार्मिक शिक्षाको स्थिति
    9. स्कुलमा धार्मिक शिक्षाको व्यवस्था गर्दा पुराउनु पर्ने सावधानी

समुदायको अर्थ र परिभाषा

समुदायको अर्थ – समुदायलाई अङ्ग्रेजी भाषामा कम्युनिटी भनिन्छ जुन “काम” तथा “म्युनिस” दुई शब्द मिलेर बन्छ | com को अर्थ हो – एकसाथ तथा “Munis” को अर्थ हो “सेवा गर्नु” | यस प्रकार कम्युनिटी अथवा समुदायको अर्थ व्यक्ति वा उसको छिमेकी वा ऊ बस्ने समुदाय वा दुई व्यक्तिको समूह, एकता अथवा सामुदायिक भावनाको जागृत हुने ठाउँ, कुनै निश्चित भौगोलिक क्षेत्र, सामान्य जीवन, सामान्य नियमद्वारा व्यतीत गर्नको लागि गरिने कार्य जुन स्वत: नै विकसित हुन्छ भन्ने हुन्छ | यस प्रकार समुदायको निर्माण एवं स्थायित्वको दृष्टिले दुई वा दुई भन्दा अधिक व्यक्ति, निश्चित भौगोलिक क्षेत्र समुदायिक भावना सामान्य जीवन तथा नियम आदि तत्व हुन परम आवश्यक छ | समुदायको क्षेत्र सानो भन्दा सानो पनि हुनसक्छ र ठुलो भन्दा ठुलो पनि हुनसक्छ | सामान्यत: समुदायको क्षेत्र उसको समुदायको आर्थिक, सांस्कृतिक तथा राजनीतिक समानतामाथि निर्भर गर्छ|  अर्थात एउटा गाउँ, नगर, अथवा राष्ट्रमा दुई वा दुई भन्दा अधिक व्यक्ति एकताको सूत्रमा बाँधिएर सामान्य उद्देश्य प्राप्त गर्नका लागि सबै मिलेर एउटा समुदायको निर्माण गरिन्छ |

समुदाय शिक्षा संस्थानको रूपमा

प्रत्येक समुदायका अनेक आवश्यकता तथा समस्या हुन्छन्| यी आवश्यकताको पूर्ति एवं समस्याको समाधान समुदायको रहन-सहनले माथि लैजान्छ तथा दिन-प्रतिदिन प्रगतितिर अग्रसर हुन्छ | जुन समुदायले उचित शिक्षाको व्यवस्था गर्नसक्दैन त्यो सीमित क्षेत्र र सीमित आवश्यताभित्र टुङ्गिन्छ | यस्तो समुदाय निर्धन बनिरहन्छ र जहावको त्यहीं सीमित हुन्छ। अतः प्रत्येक  समुदायले आफ्नो प्रगतिको नयाँ पीढीलाई राम्रो भन्दा राम्रो शिक्षाको व्यवस्था गर्ने प्रयास गर्छ| यही कारण हो कि प्राचीन कालदेखि लिएर वर्तमानसम्म समुदायले आफ्नो प्रगतिको लागि राजनीतिक एवं आर्थिक परिस्थिति ध्यानमा राख्दै शिक्षालाई आदर्श र उद्देश्य अनुसार मोडिन्छ| यसकारण स्कुललाई समाजको लघुरूपको संज्ञा पनि दिइन्छ | समुदाय शिक्षाले संस्थाका रूपमा बालकलाई औपचारिक तथा अनौपचारिक दुवै रूपले शिक्षित गर्छ| निम्नलिखित पङ्क्तिमा हामीले शिक्षा संस्थाको रूपमा समुदायको महत्व तथा उसद्वारा बालकमाथि पर्ने प्रभाव एवं कार्यमथि प्रकश पार्दै छौं–

बालकको शिक्षामा समुदायको महत्त्व

समुदाय बालकको शिक्षाको एउटा मह्तत्वपूर्ण सक्रिय तथा अनौपचारिक साधन हो | जसरी बालकको शिक्षामा परिवार तथा स्कुलको गहिरो प्रभाव पर्छ उसरी नै समुदायको पनि बालकको व्यवहारमा यस प्रकारले परिवर्तन गराउँछ उसले समूहका कार्यमा सक्रिय रूपले भाग लिनसक्ने योग्य बन्छ| ठुलाबडाको भनाई छ यह कि प्रत्येक बालक त्यही बन्छ जुन समुदाय तथा ठुलाबढाले बनाउँन चाहन्छन्| वास्तविक के हो भने बालक जन्म केवल पारिवारिक वातावरणमा मात्र विकसित हुँदैन उसकको विकासमा समुदाय र वातावरणको पनि गहिरो प्रभाव| समुदाय र वातावरणको चमत्कारनै हो कि जहाँ बालकको प्रवृति, विचारधारा तथा आदतको निर्माण हुन्छ साथै उसको संस्कृति, रहन-सहन तथा भाषाको एउटा अमिट छाप पनि देखिन्छ| ध्यान दिने कुरा छ समुदायको वातावरण बालकले अनुकरण गर्ने कुरा जन्मजात प्रवृतिले प्रभावित गर्छ | यसकारण बालकले ती ठुला-बडाको अनुकरण गर्न थाल्छ| बालक जस्को सम्पर्कमा आउँछ उसले त्यस्तै गर्नथाल्छ यदि ऊ गाउँमा वा नगरमा बस्नथाल्छ र कुनै गायकको सम्पर्कमा अयो भने उसमा पनि गाउँने रूचि उत्पन्न हुन्छ | यसरीनै यदि ऊ श्रमिकहरूको सम्पर्कमा आयो भने उसले श्रमलाई श्रद्धा गर्नथाल्छ| यस्तै गरी मेला, जुलुस, तथा उत्सव एवं समुदायका विभिन्न कार्यमा सक्रिय रूपमा भाग लिंदै अथवा अनुकरणद्वारा बालकले हर समयमा केही न केही सिक्दै जान्छ| भन्नको अर्थ वा तात्पर्य के भने प्रत्येक बालकमा समुदायको प्रभाव पर्छ किनभने बालक समाजको एउटा सदश्य हो| किनभने प्रत्येक समुदायको भाषा तथा संस्कृति अलग-अलग हुन्छ, यसकारण प्रत्येक समुदायका बालकको संस्कृति भाषा तथा दृष्टिकोण एवं व्यवहारमा स्पष्ट अन्तर देखिन्छ दिखाई| यस दृष्टिले परिवार तथा स्कुलजस्तै समुदाय पनि बालकको शिक्षाको एक महत्वपर्ण साधन हो | विलियम ए० ईगर ने ठीक नै लेखेका छन् – “स्वाभावले मानव सामाजिक प्राणी हो, यसकारण उसले वर्षौंको अनुभवले धेरै विषय सिकेको हुन्छ। बालकको व्यक्तित्व तथा समहुहिक क्रियाहरूको विकास सर्वोतम रूपमा समुदायद्वारा नै गर्न सकिन्छ”|

बालकमाथि समुदायको शैक्षिक प्रभाव

प्रत्येक समुदायले बालकमाथि औपचारिक तथा अनौपचारिक दुवै प्रकारले प्रभाव पार्छ| निम्नलिखित पङ्क्तिमा हामीले बालकमाथि समुदायको औपचारिक प्रभावमाथि प्रकाश पार्दै छौं -

  1. शारीरिक विकासको प्रभाव – यसै त बालकको शारीरिक विकासमा परिवार तथा स्कुल आदि संस्थाको गहिरो प्रभाव पर्छ, तर यस सम्बन्धमा समुदायको वातावरणको प्रभाव पनि केही कम हुँदैन| समुदाय स्थानीय संस्थाहरूले निर्माण गर्छन्| यस्ता संस्थाहरूले गाउँ, नगर, गल्ली आदिको सफाईको प्रबन्ध गराउँछन् र ठाउँठाउँमा जगह बागैंचा एवं पार्कको व्यवस्था पनि गराउँछन् | साफ र स्वच्छ वातावरणमा बस्दा बालकमा सफाइको आदत पर्छ तथा बगैंचा एवं पार्कको खुला वातावरणमा खेल्ने-कूद्ने, भाग्ने-दौड्ने र घुम्ने-फिर्ने बानीले बालकला स्वच्छ एवं पवित्र वायु प्राप्त हुन्छ| सफामा बस्नु तथा स्वच्छ एवं पवित्र वायु मिल्नाले बालकको स्वास्थ्य ठीक रहन्छ | यसले उसको सम्यक शारीरिक विकास हुन्छ | यति मात्र होइन, समुदायले सङ्गठित स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूको पनि व्यवस्था गराउँछ| यस्ता स्थानबाट बालकलाई स्वास्थ्य एवं शारीरिक विकासको विषयमा पर्याप्त ज्ञान प्राप्त हुन्छ | सङ्क्षेपमा, स्थानीय संस्था द्वारा व्यविस्थित गरिएका विभिन्न स्वास्थ्य एवं रमणीय स्थान तथा विभिन्न स्वास्थ्य सम्बन्धी संस्थाले बालकको स्वास्थ्य एवं शारीरिक विकासमा शातिशील प्रभाव पर्छ|
  2. मानसिक विकासमाथि प्रभाव – समुदायले ठाउँठाउँमा पुस्तकालयको व्यवस्था गर्छ यसले बालकको ज्ञानमा वृद्धि हुन्छ | यति मात्र होइन समय समयमा वाद-विवाद प्रतियोगिता, कवि सम्मेलन तथा नाना प्रकारका गोष्ठीहरूको पनि व्यवस्था गर्छ| यस्ता कार्यले बालकमा मनोरन्जन हुन्छ र मानसिक विकास पनि हुन्छ |
  3. सामाजिक विकासको प्रभाव – समुदायमा समय-समयमा सामाजिक सम्मलेन, मेला तथा उत्सव एवं धार्मिक कार्य हुन्छन्| बालकले यी सबैमा प्रसन्नतापूर्वक भाग लिंदै समुदायका विभिन्न व्यक्तिहरूसित सम्पर्क स्थापित गर्छ| मान्छेसँगसँगै मेल-जुल गरेर बस्दा तथा कार्य गर्दा बालकमा सामाजिकताको भावना विकसित हुन्छ| यसरी सामाजिकता विकसित हुँदा उसलाई सामाजिक रीति-रिवाज, परम्परा, मान्यता तथा विश्वास एवं आदर्शको ज्ञान प्राप्त हुन्छ | यसले उसमा सहानभूति, सहयोग, सहनशीलता, समाज-सेवा, त्याग आदि अनेक सामाजिक गुणको विकास हुन्छ|  सामुदायिक वातावरणमा बस्दा उसले कर्तव्य र अधिकार तथा स्वतन्त्रता एवं अनुशासनको पनि वास्तविक अर्थ थाहा पाउँछ। उसले विस्तारै-विस्तारै अधिकार,स्वतन्त्रता,अनुशासन परम आवश्यक छ भन्ने कुरा जान्दछ | यस प्रकार बालकलाई सामाजिक विकासमा समुदायको गहिरो प्रभाव पर्छ।
  4. सांस्कृतिक विकासको प्रभाव – प्रत्येक समुदायको आफ्नो निजी संस्कृति हुन्छ | संस्कृतिको छाप समुदायका प्रत्येक सदस्यमा लागेको हुन्छ| जब बालक समुदायका सांस्कृतिक तथा धार्मिक उत्सवहरूमा भाग लिन्छ अथवा समय-समयमा बूढा-पाकाले आफ्नो संस्कृतिको आदर एवं संरक्षण गरेको देख्छ उसले पनि त्यो अनुकरणद्वारा अनजानमै उसले समुदायको संस्कृति अप्नाउँछ| यही कारण हो कि प्रत्येक बालकमाथि उसको समुदायको बोलचाल, भाषा तथा आचरणको गहिरो छाप लागेको देखिन्छ| यस्तो छापको अन्तर शहरी तथा ग्रामीण समुदायका बालकहरूमा स्पष्ट रूपले देख्न सकिन्छ| सङ्क्षेपमा, बालकको सांस्कृतिक विकासमा समुदायको अमिट छाप लागेको हुन्छ|
  5. चारित्रिक तथा नैतिक विकासको प्रभाव – बालकको चारित्रिक तथा नैतिक विकासमा परिवारको विशेष प्रभाव पर्छ, तर यस सम्बन्धमा समुदायको पनि प्रभाव उसमा पर्छ| यो प्रभाव राम्रो पनि हुनसक्छ नराम्रो पनि हुन सक्छ| यदि समुदायको वातावरण शुद्ध, अनुशासित एवं सरल छ भने  बालकको चारित्रमा नैतिक गुण विकसित हुन्छ अन्यथा अनैतिक गुणको विकास हुन्छ | यस प्रकार नैतिक तथा अनैतिक चरित्रको प्रभाव परिवार र समुदाय दुवैको हुन्छ|
  6. राजनितिक विचारहरूको प्रभाव – समुदायका विभिन्न सदस्यहरूको वाद-विवाद तथा नेताहरूको  भाषण आदि सुन्नाले बालकमा विभिन्न राजनीतिक विचारधाराहरूको ज्ञान हुन्छ | उसले कुनै नपढिकन पनि  संसारमा कुन-कुन राजनीतिक विचारधारारू मुख्य छन् तथा कुन-कुन देशमा केके राजनीतिक विचारधारा प्रचिलित त्यो जान्दछ | यस्तै कुनै राजनीतिक विचारधारामध्ये कुनै एकलाई उसले अप्नाउन थाल्छ| यस प्रकार समुदायको राजनीतिक प्रभावले बालकको राजनीतिक विचारमा अप्रत्यक्ष रूपले प्रभावित गर्छ|
  7. व्यवसायिक विकासको प्रभाव – समुदायको प्रभाव बालकको व्यवसायिक विकासमा पनि पर्छ| बालकले समुदायका व्यक्तिहरूले कुन व्यवसायद्वारा आफ्नो  आर्थिक आवशयकताको पूर्ति गर्छन् त्यो हेर्छ | विस्तारै ऊ पनि त्यही व्यवसायमा रूचि लिन लाग्छ| अन्तमा उसले त्यही व्यवसायलाई अप्नाउँछ| ग्रामीण क्षेत्रमा आज पनि यस्तो स्थिति देख्न पाइन्छ कि बालकले समाजको विरोधमा गएर काम गर्नथाल्छ जुन समाजले चाहँदैन कहिलेकाहीं यस्तो स्थितिमा उसलाई गाउँबाट वहिष्कार गर्ने पनि गरिन्छ| यस प्रकार समुदायको बालकको व्यवसायिक विकासमा पनि  शक्तिशाली प्रभाव पर्छ |
  8. अन्य साधनद्वारा प्रभाव – समुदाय बालकलाई शिक्षित गर्नको लागि रेडियो, सिनेमा, नाट्यशाला अभिनय केन्द्र, अजायबघर, चित्रशाला, पत्र-पत्रिका एवं वाचानालय आदि अनौपचारिक साधनहरूको पनि व्यवस्था गराउँछ| यी साधनद्वारा बालकले समुदायका विभिन्न समस्या तथा ती विषयलाई कुन ढङ्गले समाधान गर्ने ज्ञान प्राप्त हुन्छ | यस प्रकार समुदायले बालकमा अनौपचारिक साधन द्वारा यस प्रकारको प्रभावको विकास गराइदिन्छ जसले गर्दा बालकको सर्वाङ्गीण विकास हुन्छ|

समुदायको शैक्षिक कार्य

समुदायको बालकको शिक्षामाथि औपचारिक तथा अनौपचारिक दुवै प्रकारले प्रभाव पर्छ| तल हामीले बालकमा समुदायद्वारा औपचारिक रूपमा पर्ने प्रभावहरूको चर्चा गर्दैछौं –

  1. स्कुहरूको स्थापना समुदायले विभिन्न प्रकारका स्कुलहरूको निर्माण गर्छ त्यसले समुदायको संस्कृति सुरक्षति हुनसकोस् र यो भावी पीढीका बालक तथा बालिकाहरूमा हस्तान्तरित गर्न सकियोस्| कतिपय  समुदायले त आफ्ने निजी साम्प्रदायिक स्कुलको स्थापना पनि गर्छन् जसमा बालकलाई आफ्नो सम्प्रदाय विशेषको सेवा तथा कल्याणका लागि प्रशिक्षित गगर्न सकियोस्|
  2. शिक्षाको उद्देश्यको निर्माण तथा शिक्षामाथि नियन्त्रण समुदायले शिक्षाको उद्देश्यको निर्माण गराउँछ तथा त्यसलाई प्राप्त गर्नको लागि विभिन्न स्कुलमा प्रदान गरिने शिक्षामाथि नियन्त्रण पनि गर्छ|
  3. सार्वजनिक शिक्षाको व्यवस्था समुदाय शिक्षाका विभिन्न स्तरहरूको निश्चित गराउँछ तथा सार्वभौमिक शिक्षाको व्यवस्था गर्छ|
  4. पाठ्यक्रमको निर्माण शैक्षिक उद्देश्य प्राप्त गर्नको लागि पाठ्यक्रमको आवश्यकता हुन्छ| अत: समुदाय आधारभूत पाठ्यक्रम तथा शिक्षा सङ्गठनको रूपरेखा पनि तयार गराउँछ |
  5. व्यवसायिक तथा औधोगिक शिक्षाको व्यवस्था वर्तमान युगमा व्यवसायिक एवं औधोगिक शिक्षाको परम आवश्यक छ | अत: समुदाय विभिन्न प्रकारका व्यवसायिक, औधोगिक तथा तकनीकी स्कुलको निर्माण गर्छ|
  6. प्रौ शिक्षा समुदायको उन्नतिका लागि बालक तथा बालिकाहरूको शिक्षा त आवश्यक छनै  तर यो भन्दा पनि अधिक प्रौढ शिक्षाको आवश्यकता छ। यो जिम्मा समुदायको काँधमा छ साथै यसमा देखिएका विभिन्न आवशयकता तथा समस्या सुल्झाउने भार पनि छ | अत: समुदाय प्रौढ एवं विकलाङ्ग शिक्षाको पनि उचित प्रबन्ध गराउँछ |
  7. स्कुका लागि धनको व्यवस्था शैक्षिक संस्थाहरू सुचारू रूपले चल्नको लागि धनको आवशयकता पर्छ | अत: समुदाय यी संस्थाहरूको भवन निर्माण, फर्नीचर, तथा शिक्षकहरूको  वेतन आदि विभिन्न बातका लागि अधिक धनको व्यवस्था गर्छ |
  8. नागरिक तथा स्कुलका नेताहरूको सहयोग स्कुलको प्रगतिको लागि नागरिक तथा स्कुलका नेतामा सहयोग हुन परम आवशयक छ | अत: समुदाय शिक्षाको विकास हेतु केवल आर्थिक सहायता दिएर स्कुलमाथि नियन्त्रण मात्र होइन नागरिकहरू तथा स्कुलका नेतामा सहयोगको व्यवस्था पनि गराउँछ |

उपर्युक्त विवरणबाट स्पष्ट हुन्छ कि जहाँ समुदाय एकातिर बालकलाई शिक्षित गराउनको लागि अनौपचारिक प्रभाव पार्छ तथा अर्कातिर औपचारिक रूपले कुनै पनि विषय छोडदैन|

शिक्षाको साधनका रूपमा समुदायका गुण

समुदायद्वारा प्रदान गरिने शिक्षाका गुण अग्रलिखित छन् –

  1. समुदायद्वारा दिइने शिक्षा अर्थयुक्त हुन्छ।
  2. समुदाय शिक्षाले उपयोगिताको सिद्धान्तमाथि बल दिन्छ| यस सिद्धान्त अनुसार प्राप्त गरिएको शिक्षाले व्यक्ति तथा समुदायको लक्ष्यलाई बल दिन्छ जुन दुवैलाई लाभप्रद हुन्छ|
  3. समुदायद्वारा प्रदान गरिएको शिक्षाले बालकका वास्तविक जीवनका अनुभव अवगत गराउँछ| बालकले वस्तुहरूको प्रत्यक्षरूपले निरिक्षण गर्छन्| यसले उनीहरूलाई वस्तुको वास्विक ज्ञान प्राप्त हुन्छ|
  4. समुदायले क्रियाको सिद्धान्तमा विशेष बल दिन्छ| क्रियाद्वारा बालकको मौखिक बातचितको अपेक्षा आवश्यक बातहरूको ज्ञान सफलतापूर्वक हुन्छ|
  5. समुदायले बालकलाई आफ्नो संस्कृतिको ज्ञान दिन्छ|
  6. समुदायले बालकका अधिकार तथा कर्तव्यको ज्ञान दिएर ती गुणहरू विकसित गराउँछ जुन, एउटा नागरिकका लागि आवश्यक हुन्छन् |
  7. समुदायले बालकलाई रचनात्मक चिन्तनको अवसर प्रदान गर्छ यसले ऊ उतरदायित्वपूर्ण एवं आत्मनिर्भर बन्छ|

शिक्षाको साधनका रूपमा समुदायका दोष

शिक्षाको साधनका रूपमा समुदायका निम्नलिखित दोष छन् –

  1. समुदायले आफ्नो स्वार्थ-सिद्धिको लागि शिक्षालाई आफ्नो हातको खेलौना बनाइदिन्छ |
  2. समुदायले आफ्नो श्रेष्ठता बनाउनको लागि आफ्ना सदस्यहरूप्रति अन्ध-विश्वास विकसित गराउँछ| यसले कुनै अमुक समुदायका सदस्य अन्य समुदायका सदस्यप्रति आक्रामक दृष्टिकोण विकसित गराउँछ, जुन उचित होइन|
  3. समुदायले साम्प्रदायिक भावनालाई प्रोत्सहित गर्छ| प्राय: साम्प्रदायिक स्कुलका-बालकहरूमा सङ्कुचित दृष्टिकोण तथा सङ्कीर्ण साम्प्रदायिक भावना विकसित गराउँछ| यसले आपसमा एक –अर्कर्काप्रति घृणाको बीजारोपण हुन्छ | परिणामस्वरूप समुदायमा आपसी द्वन्द, तनाव तथा झगडाको सम्भावना बढ्छ|
  4. समुदायले दमनको नीति अप्नाउँछ| यस्तो नीति अप्नाउँदै उसले आफ्नो स्वार्थ सिद्धिका लागि बालकको स्वतन्त्रताको हनन् गर्नमा हिचकिचाँदैन
  5. समुदायमा सङ्कुचित दृष्टिकोण एवं साम्प्रदायिक भावना विकसित हुन्छ, यसकारण समुदायमा जनतान्त्रिक भावनाको विकासमा बाधा उत्पन्न हुन्छ|

समुदायको शिक्षा प्रभावपूर्ण साधन बनाउनको लागि सुझाव

समुदायको शिक्षालाई प्रभावपूर्ण साधन बनाउनको लागि हामीले निम्नलिखित सुझावमाथि प्रकाश पार्दैछौं –

  1. आदर्श उदाहरण- समुदायले बालक समक्ष समाज सेवा तथा न्याय आदि आदर्श एवं सहयोगपूर्ण उदाहरण दिनुपर्छ जसले ऊ सामाजिक संसारसित व्यवस्थापना गर्नसकोस् तथा उसको प्रगतिमा यथाशक्ति योगदान होस्|
  2. व्यापक दृष्टिकोण समुदायको दृष्टिकोण केवल सङ्कुचित साम्प्रदायिकता तथा जातीयता तक मात्र सीमित नभएर व्यापक हुनुपर्छ| अर्को शब्दमा समुदायले आफ्नो प्रभाव केवल विशेष समुदाय अथवा जातितक सीमित नराखेर विशाल समुदाय अर्थात विश्वतक पुराउनुपर्छ | यस दृष्टिले विभिन्न समुदायको व्यक्तिगत स्वार्थ एवं शत्रुताको भावना हुनुहुँदैन| भारतका मान्छे सङ्कुचित, साम्प्रदायिकता तथा जातीयता विचार, पक्षपात, तथा सामाजिक बन्धनमा यति बाँधिएका छन् कि उनीहरूले आत्म-प्रकाशन एवं आत्म-अनुभूतिको अवसर नै पाउँदैनन्| यदि समुदायको लक्ष्य मानवको साँचो सेवा गर्ने लक्ष्य हो भने, उसले यी पक्षपात तथा बन्धनदेखि माथि उठ्नुपर्छ|
  3. व्यक्तित्वको अधिकतम विकास- प्रत्येक बालकका रुचि, क्षमता तथा विचार अगल-अलग हुन्छन् हैं | उसलाई अधिकतम व्यक्तित्व विकास हुने मौका दिनुपर्छ| समुदायले बालकको व्यक्तित्व दमन गरेर उसलाई केवल साम्प्रदायिकताको आधारमा समान स्तरतक मात्र विकसित हुन बाध्य गराइएको पनि देख्न पाइन्छ | यही कारण हो कि भारतमा अझै पनि प्राय: ग्रामीण क्षेत्रमा बालकलाई त्यही व्यवसाय अप्नाउनको लागि बाध्य गराइन्छ, जुन उसको जातिले पिढियौंदेखि  गर्दै आएको छ | विवाह-आदि सम्बन्धमा तो साम्प्रदायिकता तथा जातीयताको बन्धन झन जटिल छ | यो उचित कार्य होइन| समुदायले बालकको व्यक्तित्वको विकासमा विशेष रूपले ध्यान दिनुपर्छ तथा विकसित गर्नको हर सम्भव प्रयास गर्नुपर्छ।
  4. शैक्षणिक वातावरण सामाजिक वातावरणको बालकलाई बनाउन र बिगार्न गहिरो हात हुन्छ , यसकारण समुदायले बालकलाई नराम्रो वातावरणदेखि बचाएर राम्रो शैक्षिक वातावरण प्रस्तुत गर्नुपर्छ जसले उसको व्यक्तित्वको उचित दिशामा सर्वोत्तम विकास हुनसकोस्|
  5. सामुदायिक स्कुलको स्थापना समुदायले अशिक्षित प्रौढ व्यक्तिहरूलाई शिक्षित गर्नको लागि स्कुलहरूको व्यवस्था हुन परम आवश्यक छ | समयको माँग अनुसार बालकलाई शिक्षा प्राप्त गर्नमा सहयोग दिन सक्नुपर्छ | यस सम्बन्धमा सामुदायिक-केन्द्रित स्कलले विशेष सहायता प्रदान गर्नसक्छ |
  6. शिक्षा बालकको आवश्यकता तथा समाजको मा अनुसार स्कुलले बालकको आवश्यकता तथा समुदायको माँग अनुसार शिक्षाको प्रक्रिया सञ्चालित गर्नुपर्छ | यस्तो शिक्षा प्राप्त गरेर न त बालकले कुनै सामुदायिक विकासको कार्यमा भाग लिएर कुनै कठिनाईको अनुभव गर्छ न नै समुदायले कुनै उपलब्ध प्राप्त गर्नसक्छ। यसकारण बालकलाई यस्तो शिक्षा दिनुपर्छ कि त्यसले सम्पूर्ण समुदायलाई लाभ होस् | यदि स्कुलले समुदायलाई यस प्रकार सहायता दिइरह्यो भने समुदायको कार्य अत्यन्त प्रभावशाली बनेर जानेछ|
  7. आलोचनात्मक शक्तिको विकास प्रत्येक समुदायको आफ्नो निजी संस्कृति हुन्छ| अतः प्रत्येक समुदायले आफ्ना बालकलाई केवल आफ्नो संस्कृतिको ज्ञान दिनु परम कर्त्तव्य समझन्छ| यो उचित होइन| समुदायको कर्तव्य हो कि बालकलाई केवल सांस्कृतिक सम्पतिको ज्ञान मात्र होइन उसमा आलोचनात्मक शक्तिको पनि विकास हुनुपर्छ जसको आधारमा ऊ आफ्नो संस्कृतिको उचित मुल्याङ्कन गर्नसकोस्।
  8. अन्य साधनको सहयोग समुदायको शिक्षा प्रभावशाली साधन बनाउनको लागि परिवार, स्कुल, तथा राज्य जस्ता महत्वपूर्ण संस्थासित निकटतम सम्पर्क स्थापित गर्नुपर्छ | माता-पिता, शिक्षक तथा राज्यका अधिकारीवर्गले पनि समुदायको उन्नतिको लागि अधिक भन्दा अधिक सहयोग प्रदान गर्नुपर्छ|
  9. राज्यको सहायता समुदायको शिक्षालाई शक्तिशाली साधन बनाउनको लागि राज्यको सहयोग पनि परम आवश्यक छ | समुदायद्वारा खोलिएका स्कुललाई राज्यले अधिक भन्दा अधिक आर्थिक सहायता दिएर, उसको निरिक्षण गर्नुपर्छ तथा सामाजिक सुरक्षाका नियम पालन गर्नुपर्छ | यति मात्र होइन सामुदायिक केन्द, सामाजिक शिक्षा योजनाहरू, रेडियो प्रसारण, नि:शुल्क फिल्म शो तथा चल्ती पुस्तकालयको व्यवस्था पनि राज्यले गर्नुपर्छ |

उक्त सबै बातले समुदायको दशामा आवश्यक सुधार आउँछ तथा त्यो शिक्षा लाभप्रद साधन बन्छ|

धर्मको अर्थ र परिभाषा

धर्मको अर्थ

सङ्कुचित अर्थमा धर्म हो – कुनै अमुक धर्मप्रति अखण्ड श्रध्दा राख्नु | यस अर्थले केवल धार्मिक अन्धविश्वास, कर्म-काण्ड, पूजा गर्नु, माला जप्नु, श्लोकको उच्चारण गर्नु, तिलक लगाउनु, तथा नमाज पढ्नु आदि क्रियालाई नै धर्मको संज्ञा दिइन्छ| यसको विपरीत व्यापक अर्थमा धर्मको अर्थ अरू कुनै हो| यस अर्थले ह्रदय तथा चरित्रको पवित्रता, नैतिकता तथा जनसेवा एवं आध्यात्मिक विकासनै सच्चा धर्म हो | वास्तविकता के हो भने धर्मको क्षेत्र कुनै मन्दिर, मस्जिद, तथा गिरजाघरतक मात्र सिमित छैन अपितु सच्चा धर्मको क्षेत्र मानवको सम्पूर्ण जीवन हुन्छ | यस दृष्टिले जब कहिलेकाहीं कहिले हामीले कुनै सिद्धान्त मानव हितमा प्रययोग गर्छौ भने, त्यो सिद्धान्त त्यस समय धर्म बन्छ| यस प्रकार हामी देख्छौं कि धर्म अत्यन्त व्यापक शब्द हो | यस अन्तर्गत ती सबै उत्कृष्ट विचार, आदर्श एवं मूल्य आउँछन् जसलाई कुनै राष्ट्रका विद्वान मानव तथा उसका परमात्मासितको सम्बन्धस्पष्ट गर्नको लागि सङ्ग्रहित गरिएको छ सङ्क्षेपमा, धर्म केवल बौद्धिक कल्पना होइन अपितु विभिन्न राष्ट्रका ती आध्यात्मिक मूल्यहरूको सङ्ग्रह हो | जसको संस्कृति तथा सभ्यतासित घनिष्ठ सम्बन्ध हुन्छ | यस प्रकार व्यापक अर्थ अनुसार मानवीय जीवनमा आध्यात्मिक मूल्यको विकसित गराउनु तथा प्रत्येक आत्मासित र अन्तमा आत्माको परमात्मासित सम्बन्धित गराउनु सच्चा धर्म हो |

अङ्ग्रेजी भाषामा धर्मलाई “रिलीजन” भनिन्छ ।  लेटिन भाषामा धर्म “re” तथा “legere” दुई शब्द  मिलेर बनेको छ| यी दुई शब्दको अर्थ “To Bind Back” अर्थात सम्बन्ध स्थापित गर्नु हुन्छ | यस प्रकार “रिलीजन” अर्थात धर्मको अर्थ त्यो शक्ति हो जुन एउटा मानवले अर्को मानवसित प्रेम, सद्भावन तथा अधिकार एवं कर्तव्यको बन्धनमा बाँधेर आपसी सम्बन्ध स्थापित गराउँछ | ध्यान दिने कुरा हो कि यो सम्बन्ध त्यस समय स्थापित हुन्छ जब हामीले जनसेवाको भावनासित प्रेरित भएर एक-अर्काको भलाई गर्छौं | जनसेवाको लागि नम्रता, पवित्रता, दया तथा निष्पक्षता आदि गुण हुन परम आवश्यक छ | नम्रताबाट प्रेम विकसित हुन्छ  र प्रेमबाट सहनशीलता, जुन्न सच्चा धर्मको कुन्जी हो | उक्त सबै गुण धर्मका सार हुन | अत: हामी सङ्क्षिप्त रूपले गिस्बर्टका  शब्दमा भन्न सक्छौं “ धर्मले दोहरो सम्बन्ध स्थापित गराउँछ | पहिलो मानव र ईश्वरबीच तथा दोस्रो ईश्वरको सन्तान हुने नाताले मानव र मानवबीच

धर्मको परिभाषा

धर्मको अर्थलाई अधिक स्पष्ट गर्नको लागि हामीले निम्नलिखित परिभाषा दिइरहेका छौं –

  1. डासन “जब कहिले र जहाँ कहीं मनुष्य बाह्य शक्तिहरूमा निर्भरताको अनुभाव गर्छ, जुन रहस्यपूर्ण र मनुष्यको शक्तिभन्दा कहीं अधिक उच्चतम मानिन्छ, त्यही धर्म हुन्छ | “
  2. काण् “ धर्मले हाम्रा सबै कर्त्व्य दैवी आधार्शका रूपमा मान्यता दिन्छ।”
  3. हेराल्ड होफडिंग- “मूल्यलाई धारण गर्नु र विश्वास गर्नु धर्म हो | “
  4. ए०एन० व्हाइटहेड- “धर्म एक यस्तो तत्वको दर्पण हो जुन हामीभन्दा (बाहिर) अघि तथा भित्रसम्म हुन्छ”।
  5. गिस्बर्ट- “धर्म परमात्मा वा देवताप्रति, जसमाथि मनुष्य आफ्नो निर्भर अनुभव गर्छ, गतिशील विश्वास र आत्म-समर्पण गर्छ |”

मानवीय जीवन तथा समाजमा धर्मको महत्व तथा लाभ

धर्मका निम्नलिखित लाभ छन् –

  1. धर्मद्वारा मानवमा नम्रता, सहनशीलता तथा समानता आदि गुण विकसित हुन्छ | यी गुण विकसित हुँदा समाज सेवाको भावना विकसित हुन्छ| यी भावनाबाट प्रेरित भएर उसले अर्को व्यक्तिलाई आदर गर्छ| जब व्यक्ति अर्को व्यक्तिलाई आदर तथा सेवा गर्छ , तब उसको आफ्नो निजी व्यक्तित्व बन्छ|
  2. धर्मले मानव ह्रदयमा आशाको सञ्चार गराउँछ| धर्मले मस्तिष्कलाई सुख र शान्ति दिन्छ।मान्छे  प्रत्येक कठिनाइकओ सामना बहादुरीसाथ गर्ने योग्य बन्छ|
  3. धर्म संस्कृतिको त्यो जीवित पक्ष हो जुन मानवमा अनेक प्रकारका गुण विकसित गराउँछ| मानवको पारिवारिक, आर्थिक, सामाजिक तथा राजनीतिक सबै प्रकारको जीवनमा धर्मको छाप लागेको हुन्छ|

उपर्युक्त पङ्क्तिबाट स्पष्ट हुन्छ कि व्यक्ति तथा समाज दुवैको लागि धर्मको विशेष महत्व छ |

धर्म र शिक्षा

धर्म र शिक्षाको गहिरो सम्बन्ध छ | एक सच्चा शिक्षाप्रणालीले मानवमा आदर्श तथा मूल्य विकसित गराउँछ। संसारका समस्त धर्म प्रमुख दार्शनिक विचारधारामा आधारित हुन्छन् –

ई०डी०वरटनका शब्दमा – धर्म र शिक्षा वास्तविक मित्र हुन् | दुईको सम्बन्ध प्राकृतिक तथा भौतिक जगतविरुद्ध आध्यात्मिकतासित छ | दुवैले मानवताको वातावरणसित सम्पर्क होइन, उसको दासताबाट मुक्ति दिलाउने प्रयास गर्छन् | शिक्षामा धर्मले दृष्टिकोण व्यापक बनाउँछ| धर्मले मानवका व्यवहारमा नैतिक तथा आध्यात्मिक मूल्यअनुसार परिवर्तित गराउँछ। धर्मलाई  मानव जीवनमा महत्वपूर्ण स्थान दिइन्छ| सामाजिक सङ्गठन दृढ बनाउनको लागि धार्मिक मूल्य परम आवश्यक छ| धार्मिक मूल्यको अभावमा मानव स्वार्थी बन्छ र महान शक्ति गुमाउँछ।

धर्मले मानवमा सहनशीलता, नम्रता आदि गुण विकसित गराउँछ| शिक्षाद्वारा यी गुणले जनतन्त्र र आदर्श सरलतापूर्वक प्राप्त गर्न सकिन्छ| हाम्रो देश धर्मनिरपेक्ष जनतान्त्रिक भावना भएको देश हो। यसले सबैलाई समान अवसर प्रदान गर्छ जुन  स्वयं सच्चा धार्मिक भावनामा आधारित छ | बालकमा आत्म-अनुशासन तथा कर्त्तव्यपरायणताको भावना विकसित गराउनुपर्छ  जसले गर्दा आफ्नो निजी स्वार्थ त्यागेर अर्काको भलाइकालागि सेवाको व्रत धारण गर्ने भावना जन्मोस् |

शिक्षाको सम्बन्ध संस्कृतिसित छ र संस्कृतिको धर्मसित छ। यी दुई एक-अर्काका महत्वपूर्ण अङ्ग हुन् | धर्म पनि पाठ्यक्रमको महत्वपूर्ण अङ्ग हो यसर्थ संस्कृतिलाई पाठ्यक्रममा महत्वपूर्ण स्थान दिइन्छ |

वर्तमान युगको जटिल समाजमा प्रकृतिवाद तथा प्रयोजनवादले जीवनमा नैतिक तथा आध्यात्मिक मूल्यको रक्षा गर्न सकेको छैन| यी दुई दर्शनले मानवको जीवनका वास्तविक मूल्यबाट अलग हटेर केवल भौतिक तथा मानवीय दृष्टिकोण प्रस्तुत गर्नथालेको छ जुन पर्याप्त छैन |  मानव जीवनमा सत्यम्, शिवम् तथा सुन्दरम् जस्ता चिरनतम् मूल्य प्राप्त गर्नको लागि प्रेरित गर्नुपर्छ जसले सुखी, सफल एवं आनन्दमय जीवन व्यतीत गर्दै परब्रह्म परमेश्वरको साथ साक्षात्कार हुनसकोस् | आदर्शवाद यी सबै मूल्य प्राप्त गर्नमा सहयोग प्रदान गर्छन् | अत: शिक्षा आदर्शवादमा आधारित हुनुपर्छ |गहिरिएर हेर्दा थाहा लाग्छ कि आदर्शवादमा धर्मको गहिरो छाप लागेको हुन्छ | अत: धर्मलाई शिक्षाबाट अलग गर्नु भनेको आत्मालाई शारीरबाट अलग गराउनु जस्तै हो |

उपर्युक्त विवरणबाट स्पष्ट हुन्छ कि धर्म र शिक्षा दुवैको एउटै उद्देश्य छ – मानवको सामाजिक तथा आध्यात्मिक विकास गराउनु | यस उद्देश्यलाई प्राप्त गर्नको लागि धर्म र शिक्षाले प्राचीन कालबाट घनिष्ट सम्बन्ध बनउँदै आएका छन्| प्राचीन युगमा महान धार्मिक आचार्यनै महान शिक्षाशास्त्री हुन्थे र उनीहरूले मान्छेलाई जीवनको मूल्य अवगत गराउँथे तथा उनमा बौद्धिक तथा आध्यात्मिक गुण विकसित गराउँदै वास्तविक जीवनको लागि तयार गर्थे| धर्म र शिक्षा दुवैको  एउटै उद्देश्य छ, यसकारण दुवैमा अटूट सम्बन्ध छ | यस सम्बन्धलाई दृष्टिमा राख्दै डा० राधाकृष्णनले वर्तमान युगमा धार्मिक शिक्षामा बल दिंदै लेखेका छन् – “ यदि हामीले केवल औधोगिक तथा व्यवसायिक शिक्षामा बल दिएर आध्यात्मिक शिक्षाको उपेक्षा गर्यौं भने, त सामाजिक बर्बरता तथा राक्षस राज्य आउनमा कुनै कसर रहने छैन|”  उनले अघि लेख्छन् –“भारतीय परम्परा अनुसार शिक्षा केवल जीविका कमाने साधन होइन न यो विचारको पाठशाला तथा नागरिकताको स्कुल हे | यो मानवीय आत्ममा सत्यको खोज तथा गुण विकसित गराउने प्रशिक्षण हो | यो दोस्रो जन्म हो|”

धार्मिक शिक्षाको उद्देश्य

धार्मिक शिक्षाका अग्रलिखित उद्देश्य छन् –

  1. नैतिक तथा आध्यात्मिक मूल्यको विकास – धार्मिक शिक्षाले मानवको कुनै अमुक धर्मको गूढ तत्वको मात्र सूचना दिंदैन तर यसको मुख्य उद्देश्य मानवको नैतिक तथा आध्यात्मिक मूल्यको  विकास गर्नु पनि हो | यी मूल्यहरूको विकास भएमा मानव मनमा स्थिरता, इच्छा-शक्ति, एकाग्रता आदि गुणको विकास हुन्छ परिणामस्वरूप ऊ सत्य-असत्य, पाप-पुण्य तथा राम्रो-नराम्राको अन्तर छुट्टाएर जीवनको वास्तविक सुख-शान्तिको आनन्द लिन लाग्छ।
  2. व्यापक दृष्टिकोणको विकास – धार्मिक शिक्षाले मानव प्रगतिशील एवं प्रकाशयुक्त बन्छ | यसले उसको जीवनको दृष्टिकोण व्यापक हुन्छ| धर्मले मानव शान्तिप्रिय एवं सहनशील बन्छ।  यस कारण धार्मिक शिक्षा प्राप्त गरेर मानव समाजसेवाको भावनाले ओतप्रोत हुन्छ। परिणामस्वरूप ऊ आफ्नो निजी स्वार्थ त्यागेर अर्काको भलाइ गर्नमा रूचि लिनथाल्छ| यसले सामाजिक नियन्त्रण तथा सामाजिक एकताको उन्नति हुन्छ र समाजका अनेक कुविचार विस्तारै टाढा हुन्छन्|
  3. चरित्रको विकास – धार्मिक शिक्षाले बालकमा सत्य, सदाचार, इमानदारी, नम्रता, सहयोग आदि अनेक वाञ्छनीय गुण विकसित गरेर चरित्रको विकास गराउँछ| मेडन वार्डेले ठीक लेखेका छन्–  “चरित्रमा धार्मिक शक्ति र नम्रता सम्मलित छ, जुनसुकै व्यक्ति समूहप्रति चिन्तन एवं सहयोगपूर्ण क्रिया गर्नको लागि नतमस्तक बनाउँछ |
  4. स्कुलमा जनतान्त्रिक परम्पराको विकास – रायबर्नका अनुसार, धार्मिक शिक्षा मानवको दैनिक जीवनमा त महत्वपूर्ण स्थान राख्छ छ नै, यसले जनतान्त्रिक, स्कुलको योजना एवं परम्परा सफल बनाउनमा पनि अनेक सुविधा मिल्छ | रासको मत छ कि धार्मिक शिक्षाद्वारा बालकमा सत्यम्, शिवम् र सुन्दरम् जस्ता चिरनतम मूल्य प्राप्त गर्नमा सहयोग प्रदान गर्न सकिन्छ| धर्म को सम्बन्ध दुई बातबाट हुन्छ – (१) मानवको परमात्मासित सम्बन्ध तथा (२) मानवको संसार एवं उसका साथीसित सम्बन्ध | धार्मिक शिक्षाद्वारा हामी राष्ट्रका प्रत्येक बालकलाई सतर्क गर्नसक्छौं। संसारमा  उसका अतिरिक्त परमब्रह्म परमेश्वर छ जुन सर्वव्यापी, सर्वशक्तिमान, सर्व गुण सम्पन्न तथा दयालु छ | उसले सबैलाई माया गर्छ तथा न्याय पनि गर्छ| बालकले कार्य गर्यो भने दैनिक जीवनमा तनाव र सङ्घर्षको जन्म हुन्छ|
  5. संस्कृतिको संरक्षण एवं विकास – धार्मिक शिक्षा संस्कृतिको महत्वपूर्ण अङ्ग हो| धार्मिक शिक्षाद्वारा संस्कृतिको सुरक्षा र विकास हुन्छ | डा० राधाकृष्णनको मत छ कि सच्चा शिक्षाको कार्य संस्कृतिको सुरक्षा गर्नु र उसलाई वर्तमान आवश्यकता पूर्तिको विकसित गराउनु हो | यो कार्य केवल धार्मिक शिक्षाले गराउन सक्छ|
  6. बालकको सम्पूर्ण व्यक्तित्वको विकास – धार्मिक शिक्षाले बालकको सर्वाङ्गीण विकास गराउँछ| अर्को शब्दमा बिना धार्मिक शिक्षा बालकको सम्पूर्ण विकास हुन असम्भव छ | अत: धार्मिक शिक्षा बालकका लागि सुदृढ तथा स्वतन्त्र व्यक्तित्वको आधारशिला हो |
  7. मूल-प्रवृति तथा मर्गान्तिकरणको शोधन – धार्मिक शिक्षाले बालकको मूल-प्रवृतिको मर्गान्तिकरण एवं शोधन गरेर उसलाई समाज उपयोगी कार्य गर्नको लागिको प्रेरित गर्छ | यसले बालकमा सामाजिकताको विकास हुन्छ जुन स्वयं ऊ तथा समाजको उन्नतिको लागि आवशयक छ |

धार्मिक शिक्षाका दोष

संसारका प्रत्येक धर्ममा चार मौलिक तत्व हुन्छन् – (१) गुण, (२) अन्धविश्वास, (३) संस्कार अथवा रीति-रिवाज तथा (४) अरुलाई संसारको चित्र देखाउनु |

गुण दुई प्रकारका हुन्छन् – (१) धनात्मक आज्ञान तथा (२) निषेधात्मक आज्ञान। जस्तो यो गर, यो नगर | शिक्षामा बालकको गुण व्यापक छ।

बालकलाई सङ्कुचित रूपले धार्मिक शिक्षा प्रदान गर्दा निम्नलिखित दोष हुनसक्छन् –

  1. कट्टरता तथा संकीर्णताको विकास संकुचित रूपमा धार्मिक शिक्षा प्रदान गर्नाले बालकले कुनै अमुक धर्मअनुसार पूजा पाठ तथा कर्मकाण्ड सिक्छ| यसले उसमा धार्मिक कट्टरता तथा सङ्कीर्णता विकसित हुन्छ परिणामस्वरूप राष्ट्रीय एकता खतरामा पर्नसक्छ| अत: धार्मिक शिक्षा व्यापक रूपमा प्रदान गर्नुपर्छ जसले बालक संसारका समस्त धर्ममा एकताको दर्शन गर्नसकोस्|
  2. वर्तमान जीवनमा अज्ञानताको विकास सङ्कीर्ण धार्मिक शिक्षाले बालकलाई परलोकको लागि तयार गराउँछ| यसले उसलाई वर्तमानको वास्तविकता तथा यथार्थको ज्ञान थाहा हुँदैन| परिणामस्वरूप ऊ जीवनको लामो यात्रामा चारैतिर भ्रमित हुन्छ।
  3. अस्वस्थ दृष्टिकोणको निर्माण सङ्कुचित रूपले प्रदान गरिएको धार्मिक शिक्षा केवल कुनै अमुक धर्ममा अन्धविश्वास राख्नुमा सीमित रहन्छ | अन्धविश्वासमा रङ्गिएको शिक्षा बालकमा अस्वस्थ दृष्टिकोणको निर्माण गराउनसक्छ | मुहीउदीन मो० सुल्तानको शब्दमा – यस्तो धार्मिक शिक्षाले किशोरको संवेगात्मक जीवनमा उथल-पुथल एवं सङ्घर्ष उत्पन्न गराउनसक्छ| यसले दोहोरो व्यक्तित्वको निर्माण हुन्छ - संसारी मामलामा व्यापक, उदार तथा सहनशीलता एवं धार्मिक मामलमा सङ्कुचित कट्टर तथा असहनशील |”
  4. समस्याहरूको उत्पति सङ्कुचित धार्मिक शिक्षाले अनके धार्मिक समस्याया उत्पन्न हुनसक्छन् | प्रथम, स्कुलमा अनके धर्मका बालक शिक्षा प्राप्त गर्न आउँछन् करने| यदि स्कुलमा कुनै विशेष धर्मको शिक्षा प्रदान गरिन थालियो भने अर्को धर्म मान्ने बालकलाई आपत्ति हुनसक्छ | धार्मिक शिक्षा प्रदान गर्नको लागि योग्य तथा अनुभवी शिक्षकको आवश्यकता हुन्छ जुन सरल तरीकाले प्राप्त हुनसक्दैन। यो कर्य यति सरल छैन, विभिन्न धर्मका बालकलाई अलग-अलग धर्मको शिक्षा प्रदान गर्नको लागि अलग-अलग स्कुलको निर्माण गराउनुपर्छ, यसका लागि धेरै धन चाहिन्छ | सङ्क्षेपमा, कुनै विशेष धर्मको शिक्षा प्रदान गर्दा अनके समस्याहरूको जन्म हुनसक्छ |
  5. महत्वपूर्ण समस्याहरूको कुनै समाधान छैन सङ्कीर्ण धार्मिक शिक्षा प्रदान गर्दा स्कुलका ती समस्याको समाधान हुनससक्दैन जुन वर्तमान युगको समुदायमा विशेष महत्व छ, यसमाथि स्कुलले विशेष ध्यान दिनुपर्छ किनभने समुदायको समस्या स्कुलको पनि समस्या हुनसक्छ,यसर्थ स्कुल सङ्कुचित धार्मिक शिक्षाको चक्करमा नपरेर ती समस्याहरूको समाधानतिर लाग्नुपर्छ जुन अत्यन्त महत्वपूर्ण छन्|
  6. मानसिक द्वन्दको विकास संकुचित धार्मिक शिक्षाले बालकमा पाप र पुण्यको भावना  विकसित गराएर मनमा द्वन्द उत्पन्न गराउँछ| यस दृष्टिले धार्मिक शिक्षा व्यक्तिगत अनुभूति को वस्तु हो | यसलाई सामूहिक ढङ्गले प्रदान गर्नु उचित हुँदैन|

पछिका लागि ऐतिहासिक दृष्टि

विश्वको इतिहासमाथि विहङ्गम दृष्टिपात गर्दा हामीले थाहा पाउँछौं कि धार्मिक तथा नैतिक सिद्धान्तले शिक्षाको उद्देश्य, पाठ्यक्रम तथा शिक्षण पद्धतिले प्राचीन युगमा पनि प्रभावित गरेको थियो | उस युगमा धर्म नै बालकको शिक्षाको मुख्य साधन थियो | धर्मले नै व्यक्तिमा एकता, सहयोग तथा शान्तिको पाठ सिकाएको थियो| इङ्ग्लेण्डमा त सुधारको लहर शिक्षाका समस्त उतरदायित्व धर्म (मठ तथा चर्च)माथि छोडिएको थियो| विस्तारै मध्ययुगमा धर्मले सङ्कीर्ण रूप धारण गर्यो र उन्नइसौं शताब्दीबाट धर्म निरपेक्ष शिक्षाको लहर आयो जिसको फलस्वरूप शिक्षालाई कुनै अमुक धार्मिक सम्प्रदायसम्म सीमित रहन दिइएन|

अमेरिकामा २०औं शताब्दीमा धार्मिक स्कुल आन्दोलन, माध्यमिक शिक्षा आन्दोलन तथा चारित्रिक शिक्षा आन्दोलन आदिको परिणामस्वरूप स्कुलमा सामान्य तथा उदार शिक्षा व्यवस्था गरियो | यस आनदोलनले शिक्षालाई धार्मिक तटस्थाको नीति अमेरिकी जनतन्त्र सिद्धान्तमा सम्मलित गर्यो|

भारत तथा अन्य पूर्वी देशहरूमा शिक्षा प्राचीनकालबाटै धार्मिक थियो | मेक्डोनलको मत छ - भारतीय शिक्षामा हजारौं वर्षअघिबाटै धर्मको गहिरो छाप रहेको छ | त्यस युगमा प्राय: धार्मिक व्यक्ति शिक्षक हुन्थे, उनीहरुको प्रभाव भावी पीढीको मस्तिष्कमा पवित्रता तथा नैतिकताको गहिरो छाप लग्थ्यो| बालकलाई शिक्षा आरम्भ गर्नु अघि उपनयन संस्कारको पूर्ति गर्नुपर्छ, शिक्षा प्राप्त गर्दै जाँदा समय-समयमा व्रत राख्नु, प्रात: तथा सन्ध्याकालमा ईश्वरको महिमाको गुणगान गराउनु एवं गुरुको घरमा बस्दै धार्मिक त्यौहार मनाउनु आदि सबै कुरा बालकको मस्तिष्कमा पवित्रता तथा धार्मिकताको भावना विकसित हुन्थ्यो यसले उसलाई आध्यात्मिक जगतको सत्यता को ज्ञान प्राप्त हुन्थ्यो| यस प्रकार धार्मिक विषय उसको मस्तिष्क, बुद्धि तथा आत्मासित सम्बन्ध राख्छ। आध्यात्मिक जगतबाटै उसको चरित्रको निर्माण हुन्छ|

मुस्लिम कालमा पनि शिक्षा पूर्णरूपले धार्मिक नै थियो | प्रत्येक मस्जिद,सबै मकतबमा बालकलाई कुरानको शिक्षा दिइन्थ्यो मदरसाका सम्पूर्ण पाठ्यक्रममा पनि धर्मको छाप लागेको हुन्थ्यो|

ब्रिटिश शासनकालमा अङ्ग्रेजले धार्मिक तटस्थाको सिद्धान्त अप्नायो तथा औपचारिक एवं सामान्य शिक्षाको व्यवस्था गर्यो | त्यतिखेर भारतीयहरूको पालन-पोषण धार्मिक परम्परा  अनुसार हुन्थ्यो, यसकारण धर्म तथा संस्कृति उनको जीवनका अङ्ग बन्दै गए| अत: उनीहरूले अङ्ग्रेजद्वारा शिक्षाप्रति धार्मिक तटस्थताको नीतिको विरोध गरे | परिणामस्वरूप चार  साम्प्रदायका स्कुल खुल्न लागे| धर्मविहीन शिक्षाले बालकको व्यक्तित्वको सर्वाङ्गीण विकास हुनसक्दैन भन्ने भावनाको विकास भयो | अत: सन् १८८२ ई०मा हन्टर कमीशनले पञ्जाब विश्वविधालय आयोगको गठन गर्यो त्यसपछि अङ्ग्रेजी सरकारले विभिन्न आयोग तथा समिति नियुक्ति गर्यो। प्रत्येक आयोगले कुनै न कुनै रूपले शिक्षामा धार्मिकताको पुट दिनको लागि  अनेक सुझाव प्रस्तुत गर्यो |

भारत जस्तो धर्म-निरपेक्ष देशमा धार्मिक शिक्षाक स्थिति

१५ अगस्त सन् १९४७ ई०मा  हामी अङ्ग्रेजी नियन्त्रणबाट मुक्त भयौं | भारत विभिन्न धर्महरूको देश हो, यसकारण हाम्रा नेताहरूले नै धार्मिक तटस्थताको नीति स्वीकार गरे | उनीहरूको सोच थियो कि यदि बालकलाई सङ्कुचित रूपले कुनै विशेष धर्मको शिक्षा प्रदान गरियो भने  उनीहरूले हाम्रो धर्म संसारको सबै धर्मभन्दा उत्तम छ बन्ने विश्वास गर्नेछन् भनेर | यस्तो सङ्कुचित धार्मिक शिक्षाले बालकमा जातीयता, प्रान्तीयता तथा साम्प्रदायिकता सङ्कीर्ण एवं कट्टर आवाञ्छनीय भावनाहरू विकसित हुन्छन् र राष्ट्रीय एकता खतरमा पर्नसक्छ| धार्मिक शिक्षाबाट  लाभभन्दा हानि हुने डर थियो यसैकारण महात्मा गान्धीले पनि बेसिक शिक्षाको योजनाबाट धार्मिक शिक्षा निकालिदिएका थिए|

धार्मिक शिक्षाका उपर्युक्त दोषहरूमा दृष्टि दिंदा भारतीय संविधानमा धार्मिक शिक्षामा निरपेक्षताको भाव प्रकट गरिएको छ| धारा १९ अनुसार भारतमा प्रत्येक नागरिकलाई आध्यात्मिक स्वतन्त्रता छ जस अनुसार ऊ कुनै पनि धर्म मान्न, आचरण गर्न तथा त्यसको प्रचार गर्नसक्छ | धारा २१ का अनुसार कुनै पनि नागरिकमाथि धार्मिक संस्था अथवा कुनै मतका लागि कुनै कर लागाउन सकिंदैन | धारा २२ का अनुसार कुनै पनि राजकीय स्कुलमा कुनै पनि धर्मको शिक्षा दिन सकिंदैन| तर, केवल ती संस्थाहरूमा धार्मिक शिक्षा प्रदान गर्न सकिन्छ जसलाई कुनै ट्रस्टलाई धार्मिक शिक्षानै दिनको लागि स्थापित गरिएको छ| ध्यान देने कुरा हो कुनै यस्ता स्थामा  कुनै बालकलाई उसका अभिभावकको इच्छा विरुद्ध धार्मिक कृत्यमा भाग लिन विवश गराउन सकिंदैन| माध्यमिक शिक्षा आयोगले पनि भारतमा धार्मिक शिक्षाबारे सुझाव दिंदै लेखेको छ– “संविधानका अनुसार स्कुलमा धार्मिक शिक्षा दिनसकिंदैन| केवल ऐच्छिक आधारमा स्कुलक पढाइपछि अतिरिक्त समयमा धार्मिक शिक्षा दिन सकिन्छ| यस्तो शिक्षा विशेष धर्मका बालकलाई अभिभावक तथा स्कुल प्रबन्धकको इच्छाले दिनसकिन्छ| स्कुलमा धार्मिक शिक्षाले गर्दा भेदभाव द्वेष, धार्मिक घृणा तथा कट्टरतालाई प्रोत्साहन नहोस् बन्ने अभिप्राय रहेको छ|

उपर्युक्त पङ्क्तिबाट स्पष्ट हुन्छ कि हाम्रो राज्यको कुनै निजी धर्म छैन| यसको धर्म त केवल जनतन्त्रको सत्यता हो, जुन स्वयंनै एक महान धर्म हो | वास्तविकता यह हो कि जनतन्त्र र धर्ममा व्यापक अर्थमा कुनै अन्तर छैन | धर्मको व्यापक अर्थमा हामीले बालकमा गुण विकसित गर्न चाहन्छौं जुन संसारका सबै धर्ममा सामान रूपले पाउन सकिन्छ| जनतन्त्र पनि बालकमा यिनै गुण विकसित गराउन चाहन्छ | यस दृष्टिले जनतन्त्र र धर्म एकै हुन् |

स्कुलमा धार्मिक शिक्षाको व्यवस्था गर्दा पुराउनु पर्ने सावधानी

भारतीय स्कुलहरूमा धार्मिक शिक्षाको व्यवस्था गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्छ –

सङ्कीर्ण धार्मिक शिक्षाले बालकलाई परलोकको लागि तयार गराउँछ | यसले उसलाई  वर्तमान जीवनको वास्तविकता तथा यथार्थताको ज्ञान हुन पाउँदैन| यो अनुचित हो | अत: बालकलाई अर्को दुनियाँ संसारको ज्ञान नदिएर समुदायको वास्तविकता समस्या समाधान गर्नको लागि तयार गर्नुपर्छ|

स्कुलमा धार्मिक शिक्षा प्रदान गर्दा कुनै विशेष धर्म तथा संस्कारको ज्ञानमात्र दिनुहुँदैन| यस्तो शिक्षा ब्रह्म आडम्बरले भरिएको हुन्छ| यस दृष्टिले बालकलाई ती गुण अथवा सत्यको ज्ञान गराउनुपर्छ जुन संसारका सबै धर्ममा सामान रूपले पाइन्छन्|

उक्त गुणको शिक्षा दिनको लागि स्कुलको वातावरण रचना यस प्रकारले गर्नुपर्छ कि बालकमा सबै गुण स्वयं नै विकसित हुनसकुन्।|

बालकलाई धार्मिक शिक्षा दिन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले बाध्य गराउनु हुँदैन|

शिक्षकको जीवन यस्तो आदर्शपूर्ण हुनुपर्छ कि जसको अनुकरण गर्दै बालकले उत्तम आचरण सिक्न स्वयं नै प्रेरित होस् |

धार्मिक शिक्षामा बल दिएर स्कुललाई मन्दिर, मस्जिद, गिरिजा तथा गुरुद्वारा बनाउनु हुँदैन|

स्कुलमा धार्मिक शिक्षा अभिभावकहरूको इच्छा अनुसार दिनुपर्छ|

बालकमा सबै धर्मको सामान गुण विकसित गराउनको लागि संसारका सबै प्रसिद्ध सन्त एवं महापुरुषहरूको जीवन-कथा, धार्मिक कथा, दृष्टान्त, कहानी तथा परम्परगत-कथाहरूको अध्ययन गराउनुपर्छ।

किशोर तथा किशोरीमा आलोचनात्मक दृष्टिकोण विकसित हुन्छ| अत: उनीहरूलाई वास्तविक अनुभव गर्ने अवसर प्रदान गर्नुपर्छ एवं समय-समयमा स्कुलमा धार्मिक पुरुषहरूको जन्म दिवस पनि मनाउनुपर्छ|

धर्ममा व्यापक रूपले तिनै विषयलाई अधिक महत्व दिनुपर्छ  जुन समय-सारणी अनुसार पढाइन्छ | वास्तविकतामा धर्मको छाप त स्कुलका प्रत्येक क्रिया र प्रत्येक समय पूर्णरूपले पर्नुपर्छ| यसको लागि स्कुलको समस्त वातावरण अत्यन्त प्रभावशाली हुनुपर्छ| यसले बालक स्वयं नै राम्रो आचरणतिर आकर्षित हुन्छ|

धार्मिक शिक्षा प्रदान गर्दा विभिन्न धर्मका अन्ध-विश्वास, संस्कार तथा परलोकका गुढको तुलना अथवा उनका विषयमा कुनै प्रकारका विरोध प्रकट गर्नुहुँदैन| यसले गर्दा बालकमा आफ्नो धर्मप्रति सङ्कीर्णता तथा कट्टरताको विकास हुन्छ तथा अन्य धर्मलाई घृणा गर्नथाल्छ| धार्मिक शिक्षा त यस्तो हुनुपर्छ जुन संसारका सबै वर्गमा एकताको आभास हुनसकोस्। यसको लागि सबै धर्ममा सामान रूपले पाइने गुण उपयुक्त हुन्छन् | गान्धीजीको पनि यही मत थियो- नैतिक सिद्धान्त सबै धर्ममा समान छन् | यी सबैको ज्ञान बालकहरूलाई वश्य दिनुपर्छ|

स्त्रोत: शिक्षाको सिद्धान्त, जेवियर समाज सेवा संस्थान

Last Modified : 3/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate