होम / शिक्षा / शिक्षातिर प्रवृत हुने पहल / शिक्षाका साधनको अर्थ
सेयर
Views
  • State: Open for Edit

शिक्षाका साधनको अर्थ

शिक्षाका साधन तथा वर्गीगरण, बालबालिकाहरूको शिक्षाबारे यहाँ विस्तृत जानकारी पाइन्छ।

परिचय

प्राय: यस्तो विश्वास गरिन्छ कि बाल-बालिकालाई शिक्षा केवल स्कुल तथा कलेजमा मात्रै दिइन्छ| परन्तु वास्तविकता के हो भने स्कुल तथा कलेजका अतिरिक्त बालक-बालिकाले अनेक साधनद्वारा शिक्षा प्राप्त गर्छन्। प्रशिद्ध शिक्षा शास्त्री जन डीवीका अनुसार शिक्षाको अर्थ हो – जीवन अथवा विकास | उनको मत छ कि जीवन अथवा विकास राम्रो नराम्रो हुनुमा वंशानुक्रम तथा वातावरणमाथि निर्भर गर्छ| वंशानुक्रम निश्चित हुन्छ, तर वातावरण परिवर्तनद्वारा राम्रो-नराम्रो बनाउन सकिन्छ| अत: जीवन अथवा विकास राम्रो-नराम्रो हुनुमा वातावरणमाथि निर्भर गर्छ। यस दृष्टिले बालक-बालिकाको जीवन तथा विकासका लागि उपयुक्त वातावरण प्रस्तुत गराउनु शिक्षा हो | परिवार समुदाय, धर्म, राज्य, स्कुल, पुस्तकालय, पुस्तक रेडियो, सिनेमा, टेलिविज़न, प्रदर्शनी तथा समाचारपत्र आदि सबै यस्ता तत्व हुन जसले बालक-बालिकालाई हर प्रकारको वातावरण प्रस्तुत गर्छन्।  शिक्षामा यी सबै तत्वहरूलाई शिक्षाका साधनको संज्ञा दिइन्छ| यस्ता साधनलाई अङ्ग्रेजीमा एजेन्सी भनिन्छ। एजेन्सीको अभिप्राय हो एजेन्ट। एजेन्ट त्यस व्यक्तिलाई भनिन्छ जसले कसैलाई प्रभावित गर्छ| यस दृष्टिले यी सबै तत्व अथवा संस्थाहरू शिक्षाका साधन हुन् जसले बालक-बालिकालाई प्रत्यक्ष अथवा अप्रत्यक्ष तथा चेतन अथवा अचेतन रूपले शैक्षणिक प्रभाव पार्छन्|

शिक्षाका साधनहरूको वर्गीकरण

शिक्षाका साधनहरूको वर्गीकरण कैयौं प्रकारले गर्न सकिन्छ| यिनमा केही महत्वपूर्ण वर्गीकरण निम्नलिखित पङ्क्तिमा दिइएको छ –

  1. शिक्षाका साधनहरूमा पहिलो वर्गीकरण अन्तर्गत शिक्षाका विभिन्न अर्थ जस्तै साधन अनेक छन्| शिक्षाका यी साधनहरूलाई प्राय: दुई भागमा विभाजित गरिन्छ –
    • सविधिक अथवा औपचारिक र
    • अविधिक अथवा अनौपचारिक |
    औपचारिक साधनका उदाहरण हुन् – स्कुल, व्यवस्थित मनोरञ्जनकेन्द्र तथा पुस्तकालय आदि एवं अनौपचारिक साधनका उदाहरण हुन् – परिवार, समुदाय, धर्म(चर्च), तथा खेल, समूह आदि | औपचारिक साधनद्वारा बालक-बालिकालाई प्रत्यक्ष रूपले नियमित शिक्षा प्रदान गरिन्छ| यसका विपरीत अनौपचारिक साधनद्वारा बालक-बालिका अप्रत्यक्ष रूपले अनियमित शिक्षा ग्रहण गर्छन् |
  2. शिक्षाका साधनको दोस्रो वर्गीकरणलाई पनि दुई भागमा  विभाजित गरिन्छ – सक्रिय साधन तथा निष्क्रिय साधन | सक्रिय साधन अन्तर्गत परिवार, स्कुल, समुदाय, चर्च (धर्म), राज्य, सामाजिक क्लब तथा सामाजिक कल्याण केन्द्र आदि पर्छन् र निष्क्रिय साधन अन्तर्गत सिनेमा, टेलिविजन, रेडियो, समाचारपत्र तथा प्रेस आदि सम्मिलित गरिन्छ| सक्रिय साधनद्वारा शिक्षा दिने तथा शिक्षा प्राप्त गर्ने दुवै एक-अर्काको क्रिया तथा प्रतिक्रिया गरेर एक-अर्कालाई प्रभावित गरेर आचरण बदल्नमा सहयोग प्रदान गर्छन्| यसको विपरीत निष्क्रिय साधनको प्रभाव एकोहोरो हुन्छ| यी साधनले सुनाउने तथा देखाउनेलाई त प्रभावित गर्छन् नै तर हेर्ने र सुन्नेमा प्रभाव पर्दैन| उदाहरणका लागि, सिनेमा अथवा टेलिविज़न हेर्नेमाथि यी साधनको प्रभाव अवश्य पर्छ तर हेर्नेमाथि कुनै प्रभाव पर्दैन| यस प्रकार निष्क्रिय साधनमा केवल एक पक्ष सक्रिय रहन्छ तथा दोस्रो निष्क्रिय |
  3. ब्राउनले शिक्षाको तेस्रो वर्गीकरण प्रस्तुत गर्दै शिक्षाका सबै साधनहरूलाई निम्नलिखित चार भागमा विभाजित गरेका छन् –
    • औपचारिक साधन – ब्राउनले औपचारिक साधन अन्तर्गत स्कुल, धार्मिक संस्था, वैचित्र सङ्ग्राहलय, पुस्तकालय तथा आर्ट गेलरीज सम्मिलित गरेका छन्| ब्राउनको मत छ कि स्कुलमा बालक-बालिकालाई जानेर-बुझेर नियमित रूपले योग्य शिक्षकद्वार शिक्षा दिइन्छ| धार्मिक संस्थानहरू जस्तै – मन्दिर, मस्जिद तथा गिर्जामा बालक-बालिकालाई चरित्र विकास एवं ज्ञानार्जनको शिक्षा दिइन्छ| विचित्र सङ्ग्रहालयमा बालक-बालिकालाई विभिन्न प्रकारका वस्तु, जीव-जन्तु तथा ऐतिहासिक लेखद्वारा ज्ञानात्मक, भावानात्मक, एवं सामाजिक विकास गराइन्छ| पुस्तकालयमा बालक-बालिकालाई विभिन्न प्रकारका पुस्तक, समाचारपत्र तथा पत्रिकाद्वारा बौद्धिक विकास गराइन्छ तथा आर्ट गेलरीजद्वारा बालक-बालिकालाई कलात्मक चित्र देखाएर साहित्य तथा कलाप्रति रूचि उत्पन्न गराइन्छ|
    • अनौपचारिक – ब्राउनका अनुसार अनौपचारिक साधनका उदाहरण – परिवार, खेल, समूह, तथा समाज अथवा राज्य हुन् | उसको अखण्ड विश्वास छ कि परिवारमा बालक-बालिकालाई प्रेम, दया, सहानभूति, सहयोग, त्याग, परोपकार, सहिष्णुता, कर्त्तव्यपालन तथा आर्थिक सिद्धान्तको शिक्षा मिल्छ | खेल-समूह, वाद-विवाद तथा विचार-विनिमयद्वारा बालक-बालिकामा ज्ञानवृद्धि गराइन्छ तथा सामाजिक प्राणी हुने नाताले उनीहरू समाज अथवा राज्यसित सामाजिक शिक्षा ग्रहण गर्छन्|
    • व्यवसायिक साधन- व्यवसायिक साधन अन्तर्गत रेडिओ, टेलिविजन, चलचित्र, नृत्य, गृह, नाट्यशाला, समाचारपत्र तथा प्रेस आदि सम्मिलित गरिन्छ| उनको मता छ कि रेडियोद्वारा बालक-बालिकाले विभिन्न प्रकारका सूचना, वैज्ञानिक अन्वेषण, कविता तथा भाषण सुन्छन्| यसले उसको ज्ञान वृद्धि हुन्छ | टेलिविजन, चलचित्र तथा नाट्यशालाद्वारा बालक-बालिकामा आफ्नो संस्कृति एवं सभ्यतासित परिचित हुन्छ तथा समाचारपत्र एवं प्रेसद्वारा बालक-बालिकाले समाजिक शिक्षा ग्रहण गर्छन्|
    • अव्यवसायिक साधन – अव्यवसायिक साधन ब्राउनको तात्पर्य ती साधन हुन् जसको निर्माण केवल समाजको भलाईका लागि गरिन्छ| यसको सम्बन्ध कुनै व्यवसायसित  हुँदैनन| अव्यवसायिक साधन अन्तर्गत ब्राउनले  खेल-सङ्घ, समाज कल्याण-केन्द्र, नाटकीय सङ्घ, युवक कल्याण-सङ्गठन, स्काउटिङ्ग, प्रौढ शिक्षाकेन्द्र तथा गर्ल-गईडिङ्ग आदि साधन सम्मिलित गरेका छन्| उनको मत छ कि खेल-सङ्घद्वारा बालक-बालिका विभिन्न प्रकारका खेल खेल्छन्| यसबाट उनीहरूको शारीरिक विकास हुन्छ तथा विश्व भ्रातृत्वको भावना जागृत हुन्छ| सामाजिक कल्याण समिति  जस्तै भारत सेवा सदन तथा भारत सेवा समाज आदि समाजको सेवा गर्नको लागि बालक-बालिकालाई प्रेरित गरिन्छ| नाटकीय सङ्घले बालक-बालिकालाई समाजीकरण गराउँछ | युवक कल्याण-सङ्गठनले बालक-बालिकालाई समाजको हितको लगि सुयोग्य नागरिक बनाउने प्रयास गर्छ| प्रौढ शिक्षा केन्द्रमा प्रौढ व्यक्तिले शिक्षा प्राप्त गर्छन् तथा स्काउटिङ्ग एवं गर्ल-गाईडिङ्गद्वारा बालक-बालिकालाई  व्यवहारिक शिक्षा प्राप्त हुन्छ|
    • उपर्युक्त तीनवटा वर्गीकरणमाथि प्रकाश पार्दा के स्पष्ट हुन्छ भने शिक्षाको साधनको पहिलो वर्गीकरण उत्तम एवं उपयुक्त छ | दोस्रो शब्द शिक्षाका सबै साधन केवल औपचारिक तथा अनौपचारिक साधन अन्तर्गत सरलतापूर्वक राखिन्छ| अत: निम्नलिखित पङ्क्तिहरमा हामीले शिक्षाका औपचारिक तथा अनौपचारिक साधनमा विस्तृत दृष्टि पार्न सक्छौं|

शिक्षाका औपचारिक तथा अनौपचारिक साधनको अध्ययन

(१) औपचारिक साधन

  • औपचारिक साधनको अर्थ – शिक्षाका औपचारिक साधन अन्तर्गत ती संस्थाहरू आउँछन् जसद्वारा कुनै पूर्व निश्चित योजना अनुसार बालक-बालिकालाई नियन्त्रित वातावरणमा राख्दै शिक्षाको सङ्कुचित अथवा निश्चित उद्देश्य प्राप्त गराइन्छ| यी साधनहरूको निर्माण समाजमा यसकारण गरिन्छ कि बालक-बालिका यीद्वारा प्रत्यक्ष रूपले शिक्षा प्राप्त गर्न सकोस्| शिक्षाको औपचारिक साधनको सम्पूर्ण वातावरण नियन्त्रित हुन्छ| यसको कार्य गर्ने स्थान तथा समय पनि निश्चित हुन्छ | यसको देखरेख प्रशिक्षित व्यक्तिद्वारा गरिन्छ| यी सबै साधनहरूका नियम पनि अलग-अलग हुन्छन्| यति मात्र नभएर यी सबै सम्पूर्ण कार्यक्रम एक विशेष अनुशासन अन्तर्गत हुन्छन्  तथा यी सबैको रुपरेखा एवं कार्य गर्ने ढङ्ग पनि अलग-अलग र पूर्वनिश्चित हुन्छन्| यस प्रकार औपचारिक साधनमा शिक्षाको सुव्यवस्थित हुन्छ | तात्पर्य के हो भने औपचारिक साधन पूर्वनिश्चित योजना अनुसार निश्चित उद्देश्य प्राप्तिको लागि बालक-बालिकालाई नियन्त्रित वातावरणमा राख्दै निश्चित व्यक्तिद्वारा निश्चित पाठ्यक्रम (ज्ञान) निश्चित विधिद्वारा निश्चित स्थानमा  निश्चित समयमा समाप्त गरिन्छन्| यस प्रकार शिक्षाका औपचारिक साधन सीमित हुन्छन् तथा  योद्वारा प्रदान गरिने शिक्षा कृत्रिम हुन्छ| यी साधनका श्रेणीमा स्कुल विचित्र सङ्ग्रहालय, व्यवस्थित मनोरन्जनकेन्द्र, चित्रभवन, वाचनालय तथा पुस्तकालय आदि संस्था आउँछन| यी साधनद्वारा बालक-बालिकाको व्यवहारलाई बुझेर प्रत्यक्ष रूपले सुधार  गरिने प्रयास गरिन्छ, यसर्थ यसलाई प्रत्यक्ष साधन भनिएको हो|
  • औपचारिक साधनका गुण – औपचारिक साधनद्वारा सांस्कृतिको संरक्षण, सुधार तथा हस्तान्तरण हुन्छ| यस प्रकारका साधनको सबैभन्दा ठुलो गुण केहो भने योद्वारा मानव समाजका ती अनुभव तथा गुण निश्चित समयमा प्राप्त गर्न सकिन्छ जुन अन्य साधनद्वारा असम्भव छ | जन डीवी ले भनेका छन् – “ अनौपचारिक शिक्षा बिना जटिल समाजको साधन तथा सिधान्त हस्तान्तरण गर्न सम्भव छैन| एक एक अनुभवको प्राप्तिद्वारा बालक-बालिका अर्काको साथ बसेर औपचारिक शिक्षा द्वारा प्राप्त गर्नसक्दैन|”
  • औपचारिक साधनको दोष - औपचारिक साधनका अनेक दोष पनि छन्| यी साधनद्वारा प्रदान गरिएको शिक्षा तुच्छ, अस्पष्ट, निर्जीव तथा किताबी हुन्छ| यस प्रकारको शिक्षा पाठ्यक्रममा अल्झिन्छ जसका करण बालक-बालिका समय-चक्र तथा कठोर अनुशासनको बन्धनमा परेर नियन्त्रित वातावरणमा राखिन्छ| यस्तो नियन्त्रित वातावरणमा बसेर बालक-बालिका तोता आवश्य बन्छन् ज्ञानी हुँदैनन्| ती अनुभवहरूबाट वञ्चित हुन्छन् जुन उनीहरूलेले स्वाभाविक रूपले ग्रहण गर्नसक्ने थिए| जन डीवीले औपचारिक शिक्षाको दोषमा प्रकाश पार्दै लेखेका छन्– “औपचारिक शिक्षा बडो सरलत, तुच्छ, निर्जीव, अस्पष्ट तथा किताबी बन्छ| कम विकसित समाजमा जुन सञ्चित ज्ञान हुन्छ त्यसलाई कार्यमा बदल्न सकिन्छ| तर उन्नत संस्कृतिमा जुन बात सिकिन्छ ती प्रतीकका  रूपमा हुन्छन् र तिनलाई कार्यरूपमा परिणित गर्न सकिन्न| एउटा बातको सदैव डर रहन्छ कि औपचारिक शिक्षा जीवनको अनुभवसित कुनै सम्बन्ध नराखेर केवल स्कुलका विषय-सामग्री नबनोस्|”

(२) अनौपचारिक साधन

  • अनौपचारिक साधनको अर्थ- अनौपचारिक साधनअन्तर्गत यस्ता संस्थाहरू आउँछन् जसले बालक-बालिकामाथि अप्रत्यक्षरूपले प्रभाव पार्छन्| यस कारण यी साधन अथवा संस्थालाई अप्रत्यक्ष साधनको संज्ञा दिइन्छ| यी साधन प्राय: शिक्षाका अतिरिक्त कुनै अन्य उद्देश्य प्राप्तिका लागि बनाइन्छन्| अत: यी साधनको न कुनै पूर्वनिश्चित योजना हुन्छ न कुनै पूर्वनिश्चित उद्देश्य | यी साधनले कार्य गर्ने समय तथा स्थान पनि निश्चित हुँदैन| ननै यी साधन रेखदेखको लागि कुनै प्रशिक्षित व्यक्तिको आवश्यकता पर्छ| यी साधनमाथि कसैको नियन्त्रण पनि हुँदैन| यो साधनले बालक-बालिका समक्ष स्वतन्त्र वातावरण प्रस्तुत गर्छन्, यसले उसलाई स्वयं क्रिया गराउँदै आकस्मिक  तथा स्वाभाविक शिक्षा प्राप्त भइरहन्छ| बालक-बालिकाको सम्पर्कमा आउने ती सबै प्राणी उसका शिक्षक हुन्, जोबाट जुनसुकै स्थान र जुनसुकै समयमा जे सिकिन्छ ती सबै शिक्षा हुन् | यस प्रकार अनौपचारिक अथवा अप्रत्यक्ष साधनको स्वर शिक्षाको प्रक्रिया जीवन-पर्यन्त चलिरहन्छ| यी साधन अन्तर्गत परिवार, चर्च(धर्म), समुदाय, रेडियो, चलचित्र, समाचारपत्र, खेलको मैदान तथा युवक समूह आदि आउँछन्|
  • अनौपचारिक साधनका लाभ- अनौपचारिक साधनको बालक-बालिकामाथि गहिरो तथा व्यापक प्रभाव पर्छ| यी साधन बालक-बालिकालाई अनियन्त्रित स्वतन्त्रता प्रदान गरेर उसमाथि प्रत्यक्ष रूपले आकस्मिक प्रभाव पारिन्छ जसले गर्दा उसमा राम्रो आदत, व्यवहार तथा रुचि एवं दृष्टिकोणको स्वाभाविक रूपले निर्माण हुन्छ| शिक्षाका अनौपचारिक साधनले बालक-बालिकाको बुद्धि तथा कल्पना शक्तिको विकास गराइन्छ एवं उसलाई यस प्रकारको अनुभव प्राप्त गर्ने अवसर प्रदान गरिन्छ जसले गर्दा उसमा उत्तम चरित्रको निर्माण हुन्छ|  जन डीवीले अनौपचारिक साधनको लाभ प्रकाश पर्दै लेखेका छन् –“ बालक-बालिका अरुसित बसेर अनौपचारिक ढङ्गले शिक्षा प्राप्त गर्छन्, साथै बस्ने प्रक्रियामा  शिक्षा देने काम पनि गरिन्छ| यो प्रक्रियाले अनुभवको विस्तृति हुन्छ तथा कल्पनालाई प्रेरणा मिल्छ | यसले कथन तथा विचारमा शुद्धता एवं सजीवता ल्याउँछ”।
  • अनौपचारिक साधनका दोष – जहाँ एकातिर अनौपचारिक साधनका केही लाभ छन् भने अर्कातिर केही दोष पनि छन् | वास्तविकता के हो भने  बालक-बालिकालाई केवल अनौपचारिक साधनद्वारा नै सम्पूर्ण ब्रह्माण्डको ज्ञान दिनसकिंदैन किनभने यस साधनको कुनै  निश्चित योजना हुँदैन| यस साधनद्वारा शिक्षा प्रदान गर्नमा समय लाग्छ तथा शक्ति पनि व्यर्थ नष्ट हुन्छ | यसबाट शिक्षाको प्रक्रिया सुव्यवस्थित हुनपाउँदैन| अनौपचारिक साधनद्वारा बालक-बालिकालाई कला र कौशलको शिक्षा पनि दिनसकिंदैन| अन्तमा अनौपचारिक साधनद्वारा बालक-बालिकामा यस्ता अवगुण पनि विकसित हुन्छन् जसले गर्दा स्वयं तथा समाज दुनैका लागि हानिकारक हुनसक्छ|

औपचारिक तथा अनौपचारिक साधनम सन्तुलन

उपर्युक्त पङ्तिमा हामीले शिक्षाका औपचारिक तथा अनौपचारिक साधनबीचको अन्तरमा प्रकाश पार्यौं | यसबाट स्पष्ट हुन्छ कि यी दुई प्रकारका साधनमा आकाश-पातालको अन्तर छ | यदि हामीले बालक-बालिकालाई दुई प्रकारका साधनमा केवल एक प्रकारको साधनद्वारा शिक्षा प्राप्त गर्ने  अवसर दियौं भने बालक-बालिकाको समुचित विकास हुनसक्दैन| उसलाई पूर्णरूपले विकसित गर्नको लागि दुवै प्रकारका साधनको आवश्यकता छ | बालक-बालिकाको शिक्षामा दुवै प्रकारका साधनको महत्व छ | यस्तो दशामा हामीले दुवै प्रकारका साधनमा सन्तुलन बनाउन परम आवश्यक छ | अत: हामीले  दुवै प्रकारका साधनमाथि बराबर-बराबर बल तथा ध्यान दिनुपर्ने आवश्यकता छ|

परिवारको अर्थ तथा परिभाषा

घर कुटुम्ब अथवा परिवार मानव-समाजक प्राचीनतम एवं आधारभूत एकाइको एउटा यस्तो समूह हो जसमा बूढा, जवान, पति-पत्नी तथा उनका बच्चा हुन्छन्| यी सबै एक-अर्कासित माता-पिता, भाइ-बहिनी तथा दाइ-भाइ वा अन्य सोझो सम्बन्ध हुन्छ | केही प्राचीन समाजमा नोकरलाई पनि परिवारको सदस्य मानिन्छ| यसकारण परिवारलाई अङ्ग्रेजी शब्दमा “Family” को उत्पत्ति “ Famulus” शब्दबाट भएको हो जसको अर्थ नोकर हुन्छ | यस प्रकार परिवार एउटा छोटो  सामाजिक वर्ग हो जुन सामान्यत: माता-पिता तथा एक अथवा अधिक बालक-बालिकाद्वारा सङ्गठित हुन्छ| यस प्रकारको परिवार सबै भन्दा सरल रूपको हुन्छ | यसको जटिल रूप भारतका केही संयुक्त परिवारमा देख्न पाइन्छ जसमा माता-पिता तथा उनका बालक-बालिकाका अतिरिक्त काका-काकी, ठुलाबा-ठुलीआमा तथा बाबा–बजै आदि सबै एकसाथ बस्छन्  |

परिवारको परिभाषा

परिवारको अर्थ अधिक स्पष्ट गर्नको लागि निम्नलिखित परिभाषाहरू दिइन्छ –

  1. मेकाइवर र पेज – “परिवार एक यस्तो समूह हो जुन पर्याप्त रूपले लैङ्गिक सम्बन्धमा आधारित हुन्छ तथा जुन स्थायी हुन्छ जसद्वारा बालक-बालिका-बालिकाको जन्म तथा पालन-पोषण हुन्छ|”
  2. क्लेयर – “परिवार सम्बन्धको त्यो व्यवस्था मानिन्छ, जुन माता-पिता तथा उनका सन्तानबीच पाइन्छ|

उपर्युक्त परिभाषाले स्पष्ट हुन्छ कि परिवार व्यक्तिहरूको त्यो समूह हो जुन आपसमा रक्त सम्बन्ध हुन्छ अर्थात समूहबीच निकटवर्ती सम्बन्ध हुन्छ जुन एक-अर्कासित कुनै न कुनै प्रकारले  प्रभावित गर्छ |

संयुक्त परिवार तथा औद्योगिक

प्राचीन युगमा संयुक्त परिवारको प्रथा थियो | यस परिवारमा माता-पिता, भाइ-बहिनी, काका-काकी, ठुलाबा-ठुलीआमा, भतिजा-भातिजी तथा हजुरबा-हजुरआमा सबै सदस्य एकैसाथ सम्मिलित रूपले बस्थे| यो परिवारका ठुला-बडा सदस्यले बालक-बालिकालाई समय-समयमा हर प्रकारको शिक्षा दिने गर्थे|  त्यस युगमा केवल संयुक्त परिवारनै बालक-बालिकाको नैतिक, धार्मिक, व्यवसायिक तथा सामाजिक आदि सबै प्रकारका शिक्षाको केन्द्र मानिन्थ्यो| समयको गतिका साथ-साथ १८औं शताब्दीमा औधोगिक क्रान्ति भयो परिणामस्वरूप जुन व्यक्तिलाई जे धन्धा जहाँतहाँ जीविका कमाउने अवसर प्राप्त हुँदै गयो | यस परिवर्तनको फल यस्तो भयो कि शताब्दी पुराना ती सबै संयुक्त परिवार छिन्न-भिन्न हुनलागे जसमा अन्य सदस्यका साथमा बसेर बालक-बालिकाले आफ्नो चरित्र विकसित गरेर सामाजिक दृष्टिकोणको निर्माण सरलतापूर्वक स्वत: नै गर्छन् |

तात्पर्य के हो भने औधोगीकरणको  प्रभावले -

  • परिवारको आकार सानो भयो तथा आधुनिक युगका नयाँ-नयाँ कानूनद्वारा अझै सानो हुँदै गइरहेको छ,
  • परिवारका परम्परागत कार्यको उतरदायित्व अब समाजका अन्य संस्थाहरूले लिनथाले,
  • अब स्त्री र पुरुष दुवैलाई बराबर अधिकार प्राप्त छ,
  • नैतिकतामा पनि परिवर्तन भएको छ जसले अब विवाह एउटा धार्मिक कार्य नभएर केवल एउटा क़ानूनी समझौता मानिन्छ  तथा
  • राज्यले परिवारको सीमामा प्रवेश गरेको छ|

बालक-बालिकाक शिक्षामा परिवारको महत्व

यद्यपि वर्तमान युगमा संयुक्त परिवारको स्थान एकाकी परिवारले लिएको छ तथा यसका अनेक कार्य अर्को सामाजिक संस्थाले समाल्न थालेका छन्। आजको परिवेशमा परिवारमाथि बालक-बालिकाको पालन-पोषण तथा शिक्षाको उतरदायित्व छैन भनेर भन्न सकिंदैन | परिवार एउटा आधारभूत संस्था हो र बालक-बालिकाको सिकाइमा अझै पनि महत्त्व कम भएको छैन | यसको कारण के हो भने नवजात शिशुले आफ्नो जीवनयात्रा परिवारबाट आरम्भ गर्छ तथा यसै संस्थामा बस्दै उसलाई विभिन्न प्रकारका शिक्षा प्राप्त हुन्छ जसै-जसै बालक-बालिकाको आयु वृधि हुन्छ  त्यसै-त्यसै परिवार द्वारा उसमा ती सबै मानवीय गुणको विकास हुँदै जान्छ यसको आवश्यकता उसलाई अघि गएर  एक सुयोग्य एवं सच्चरित्र नागरिक बन्न आवश्यक पर्छ| यस प्रकार जबसम्म बालक-बालिका जीवित रहन्छन्  तबसम्म उसमा परिवारको प्रभाव परिरहन्छ| सूत्ररूपमा बालक-बालिकालाई बनाउने र बिगार्ने  उतरदायित्व अब परिवारमाथि छ|

परिवारमा बस्दै बालक-बालिकालाई अनेक सुविधाहरू प्राप्त हुन्छन्, तर प्रत्येक परिवारलाई दुई महत्वपूर्ण कुराको पूर्ति अवश्य पर्छ – स्नेह तथा सामाजिकीरण | परिवार नै यस्तो स्थान हो जहाँ बालक-बालिकालाई वास्तविक स्नेह मिल्छ | जति स्नेह बालक-बालिकालाई माता-पिताले गर्छन् त्यति अन्यत्र दुर्लभ हुन्छ | यही कारण हो कि बालक-बालिकाको पालन-पोषण जति राम्रो परिवारमा हुन्छ उति अन्यत्र कहीं हुन सक्दैन|

परिवार एउटा सानो सामाजिक संस्था हो जहाँ बस्दै बालक-बालिका माता-पिताका अतिरिक्त भाइ-बहिनी तथा अन्य सम्बन्धीहरूको सम्पर्कमा आउँछ| यी सबैका आफ्न-आफ्ना अलग-अलग कार्य हुन्छन्| यी कार्य स्थिर हुँदैनन्| सबै सदस्य एक-अर्कासित आदान-प्रदान गर्छन् तथा एक-अर्कामाथि आफ्नो  प्रभाव पार्छन्| बालक-बालिका पनि परिवारका प्रत्येक सदस्यबाट प्रत्येक क्षण प्रभावित हुन्छन्| यस प्रभाबाट उनीहरले समाजका तौर-तरीका सिक्छन् तथा आफ्नो व्यक्तित्वको निर्माण गर्छन्|

परिवारमा बस्दै बालक-बालिका पनि विचार प्रकट गर्नको लागि आवश्यक शब्दावली बनाउँछन्| यहींबाट उसको मातृभाषा जसको माध्यमले उसको ज्ञान भण्डारमा वृद्धि भइरहन्छ|

प्रथम छ: वर्षसम्म बालक-बालिकाको सामाजिक वातावरण केवल परिवारमा हुन्छ| परिवारको वातावरणमा उनीहरूलाई स्वतन्त्रता, स्वछन्दता तथा माता-पिताको असीम स्नेह प्राप्त हुन्छ| यो स्नेहको माध्यमले प्रराम्भिक आदत तथा दृष्टिकोणको निर्माण हुन्छ| उनीहरू अपना माता-पिता, भाइ-बहिनी तथा अन्य सदस्यका दैनिक जीवनमा हुने सबै कर्यको अनुकरण गर्नलाग्छन्|  परिवारका प्रत्येक सदस्यले आफ्नो-आफ्नो कर्तव्य पूर्ण श्रद्धा तथा निष्ठाले गरेको देख्छ उनीहरूले पनि त्यस्तै पालन गर्छन्, उनीहरूले पनि ठुलालेजस्तै कर्त्तव्य पालन गर्न सिक्छ| यसरी नै जब उनीहरूले परिवारका सारा सदस्य एक-अर्कासित एक प्रकारको व्यवहार गर्छन् त्यो पनि अर्कोसित त्यस्तै व्यवहार गर्न सिक्छ| यति मात्र होइन उनीहरूले परिवारमा बसेर शारीरिक, कलात्मक तथा नैतिक सबै प्रकारका शिक्षा प्राप्त  गर्छ यसले गर्दा उसका विभिन्न आदत तथा मूल्य निर्माण हुन्छन् | उनीहरूलको आमाबाट  प्रेम, भाइ-बहिनीबाट भ्रातत्वको भावना तथा बाबाबाट न्याय आदि नैतिक आदर्शको शिक्षा प्राप्त गर्छ| यस प्रकार उसको पाशविक प्रवृति मानवीय गुणमा परिवर्तन हुन्छ | जब माता-पिता आफ्ना बालक-बालिकासित झुटो वाचा गर्छन् तब बालक-बालिकाको मनमा उनीहरूप्रति श्रद्धा कम हुन्छ| अन्तमा उनीहरूले त्यस्तै नै व्यवहार गर्नलाग्छन् |

परिवारमा बालक-बालिकाका विभिन्न आवश्यकताहरू पूरा गरिन्छ| परिवारमा बस्दै उसलाई नाना प्रकारका संवेगात्मक अनुभव प्राप्त हुन्छ | यी आवश्यकता तथा संवेगात्मक अनुभव बालक-बालिकाको शिक्षासित घनिष्ठ सम्बन्ध हुन्छ | सन्तोषजनक अनुभवले बालक-बालिकालाई सिक्ने प्रेरणा प्राप्त हुन्छ| यसले उनीहरूको स्वाभाविक विकास हुन्छ | यसका विपरीत कटु अनुभवको उपस्थितिले बालक-बालिकाको विकास कुण्ठित हुन्छ|

प्रत्येक परिवारको व्यक्तित्व अलग-अलग हुन्छ | प्राय: देख्न पाइन्छ कि विभिन्न परिवारका रुचि तथा बोल्ने-चाल्ने ढङ्ग अलग-अलग हुन्छ| यी सबेले बालक-बालिका प्रभावित हुन्छ | जब बालक-बालिका कुनै यस्तो बातका लागि हट गर्छन् तब परिवारका सदस्यले उचित मान्दैनन् र बालक-बालिका आफ्नै ढङ्गले सम्झाउने प्रयास गर्छन्- “ हामीले यस्तो गर्दैनौं “ त्यसैले बालक-बालिकामा आफ्नोपन तथा मनोवैज्ञानिक सुरक्षाको विकासका लागि यो परम आवश्यक छ |

शैशव अवस्थामा बालक-बालिकाको मस्तिष्क अत्यधिक ग्राहा हुन्छ | पारिवारिक स्नेहपूर्ण वातावरणले प्रभावित भएर  उनीहरूले आफ्नो परिवारको भाषा, संस्कृतिक वेश-भूषा, आचार-विचार, आहार-विहार तथा रुचिहरूलाई स्वाभाविक रूपले ग्रहण गर्छन्| यस प्रकार पारिवारिक शिक्षा बालक-बालिकाको व्यक्तित्वमा  यस्तो आधारशिला बन्छ जसले जीवन-पर्यन्त कहिल्यै भुल्दैन किनभने प्रत्येक परिवारको  प्रभाव अलग-अलग हुन्छ, यसकारण  बालक-बालिका अर्को बालक-बालिकादेखि भिन्न हुन्छन् | रेमान्टले ठीक नै लेखेका छन् –“ दुई बालक-बालिका एकै स्कुल पढेर शिक्षकसित प्रभावित भएर, एक साथ अध्ययन गरेर पनि सामान्य ज्ञान, रुचि भाषा-व्यवहार तथा नैतिकतान अलग-अलग हुन्छ। अलग पारिवारिक वातावरणका कारण पूर्णरूपले भिन्न हुन्छ|

बालक-बालिकाको शिक्षामी परिवारको महत्त्व विषयमा विभिन्न विचार

शिक्षा जगतमा परिवार अनौपचारिक साधनका रूपमा प्राथमिक पाठशालाको स्थान उसै समयबाट ग्रहण गर्दै आएको छ , जबबाट संसारमा मानव जीवनको अस्तितिवको कल्पना गरिन्छ| बालक-बालिकाको शिक्षाको श्रीगणेश परिवारमा हुन्छ| परिवारमा माता आफ्नो बालक-बालिकाको शिक्षाको प्रथम स्त्रोत हुन्छ| मातारूपी गुरूद्वारा प्रेमपूर्वक प्राप्त गरिएको शिक्षा बालक-बालिकाले कहिल्यै भुल्दैनन् | उसको व्यक्तित्वमाथि यस शिक्षाको अमिट छाप लाग्छ| यही कारण हो कि विभिन्न शिक्षाशास्त्रीहरूले बालक-बालिकाको शिक्षामा परिवारको मुक्त कन्ठले प्रशंसा गर्दै यसको महत्त्वको अनेक गुणगान गरेका छन्| यस सम्बन्धमा हामी अग्रलिखित विद्वानहरूका विचार प्रस्तुत गर्दै छौं –

  1. रूसोको विचार - रूसोले परिवारको महत्त्वमाथि बल दिंदै लेख्छन्– “ शिक्षा जन्मबाटै प्रारम्भ हुन्छ तथा माता उपयुक्त परिचायिका हुन्छिन् |”
  2. पेस्टलजीको विचार – स्विट्जरलेण्डका प्रशिद्ध शिक्षाशास्त्री पेस्टलजीको शिक्षाको आयोजन उसकी माताको प्यारो वातावरणमा भएको थियो| अत: उनीहरूले पारिवारिक वातावरणमा प्राप्त गरेको शिक्षा सर्वोत्तम मान्दै लेखेका छन् –“परिवार प्यार तथा स्नेहको केन्द्र, शिक्षाको सर्वोतम स्थान तथा बालक-बालिकाको प्रथम स्कुल हो |”
  3. फ्रोबिलको विचार – जर्मनीका प्रसिद्ध शिक्षाशास्त्री फ्रोबिलको मत छ कि- “माता बालक-बालिकाका आदर्श गुरु हुन्छन् तथा परिवारद्वारा प्राप्त गरिएको अनौपचारिक शिक्षा सबैभन्दा अधिक प्रभावशाली र प्राकृतिक हुन्छ|”
  4. मेडमका विचार – मेडमले पनि परिवारको शिक्षाको प्रशंसा गरेका छन्| यसकारण उसको शैक्षिक संस्था ‘बच्चको घर ‘मा प्रेम र स्वतन्त्रताको वातावरण पाइन्छ|
  5. मेजनीको विचार – मेजनीले माता-पिताद्वारा प्रदान गरिएको शिक्षाको महत्त्वमा प्रकाश पार्दै लेखेका छन् – “बालक-बालिकाले नागरिकताको प्रथम पाठ माताको चुम्बन एवं पिताको संरक्षणबीच सिक्छन्|”

उपर्युक्त विद्वानहरूका विचारले परिवारको शिक्षाको महत्त्व स्पष्ट हुन्छ| प्राचीन भारतमा पनि परिवार सामाजिक, आर्थिक तथा धार्मिक सबै प्रकारको शिक्षाको केन्द्र थियो | छत्रपति शिवाजीमा वीरताको गुण उसकी माता जिजाबाईले नै भनरेकी थिइन्| गाँधीजीको नैतिक तथा धार्मिक शिक्षा उनकी माताद्वारा प्रदान गरिएको थियो| यसै शिक्षाका कारण गाँधीजीको उज्ज्वल चरित्रको निर्माण भयो जसको परिणामस्वरूप  एक महान व्यक्ति एवं राष्ट्रपिता भनिए| रामायण, गीता, महाभारत एवं वेदले पनि परिवारको महत्त्वको गुण-गान गरेका छन्| राम, लक्षमण, भरत तथा शत्रुघ्न एवं सीतामा  प्रेम, त्याग, सहनशीलता एवं बन्धुत्वको भावना माताहरूले विकसित गरेका छन्| सङ्क्षेपमा भन्न सकिन्छ बालक-बालिकाको शिक्षामा परिवारको वातावरणको महत्वपूर्ण स्थान छ| के० जी० सैयदेनले ठीक लेखेका छन् – “ व्यक्तिको शिक्षा पारिवारिक वातावरणमाथि निर्भर गर्छ| यदि यी सबै वातावरण परिवारका राम्रा रीति-रिवाजमा आधारित भयो भने त त्यस व्यक्तिको विचारधारा र विकासमा प्रशंसनीय प्रभाव पर्छ तथा उसको शिक्षा न केवल उसकालागि अपितु सम्पूर्ण समाजको लागि लाभप्रद सिद्ध हुन्छ|

परिवारको कार्य

परिवारका निम्नलिखित कार्य छन् –

  1. शारीरिक विकास - बालक-बालिकाको स्वास्थ्यको रक्षा तथा उसको शारीरिक विकास गराउनु परिवारको मुख्य कार्य हो | परिवारमा माता-पिता आफ्नो बालक-बालिकाको स्वास्थ्यको रक्षा तथा उसको शारीरिक विकासका लागि पौष्टिक भोजन,वस्त्र, खेल-कूद, तथा व्यायाम आदि राम्राराम्रा व्यवस्था गरेर सुन्दर वातावरणको निर्माण गर्छन् उसमा राम्रो बस्ने, व्यायाम गर्ने तथा अन्य सबै स्वास्थ्यवर्धक क्रिया गर्ने उपयुक्त आदत पर्छ | अर्को शब्दमा, बाल-बालिकाको स्वास्थ्य तथा शारीरिक विकासको चिन्ता जति धेरै माता-पितालाई हुन्छ त्यति धेरै संसारका अरु कुनै व्यक्तिलाई हुँदैन| यस सम्बन्धमा माताको ममता विशेष उल्लेखनीय छ | उनी स्वयं नखाएर – बालक-बालिकालाई खुवाउँछिन् उनी स्वयं खेल्दिनन् – बालक-बालिकालाई खेलाउँछिन स्वयं सुत्दिनन् तर बालक-बालिकालाई सुताउँछिन् | इस प्रकार बालक-बालिकालाईको शारीरिक विकासमा उसका परिवारको गहिरो प्रभाव पर्छ|
  2. मानसिक विकास – परिवारको दोस्रो कार्य बाल-बालिकाको मानसिक विकास गर्नु हो | स्मरण रहोस् मानसिक विकासको लागि विचार, कल्पना निरिक्षण तथा परिक्षण आदि मानसिक शक्तिको  विकास आवश्यक छ | तर यी शक्तिहरू त्यही समय विकसित हुनसक्छ जब यसको विकास हेतु बालक-बालिकालाई अधिकभन्दा अधिक वस्तुहरूसित सम्पर्क स्थापित गर्नको लागि उयुक्त अवसर प्रदान गरिन्छ| यस दृष्टिले साधनहीन परिवारहरूको अपेक्षा साधन सम्पन्न परिवारमा आफ्नो बालक-बालिकालाई विभिन्न वस्तुसित सम्पर्क स्थापित गर्नको लागि अधिक भन्दा अधिक अवसर प्रदान गर्नसक्छन्| अत: साधन सम्पन्न परिवारका  बालक-बालिका निर्धन परिवारको अपेक्षा मानसिक विकासको लागि अधिक तथा उयुक्त अवसर प्राप्त हुन्छ|
  3. संवेगात्मक विकास – बालक-बालिकाको संवेगात्मक विकासमाथि पनि परिवारको गहिरो प्रभाव पर्छ| घरको, फर्नीचर, बोट-बिरुवा, फल-फूल, चित्र, गृह-सज्जा तथा यस्तै प्रकारका तत्व बालक-बालिकालाई हर समय संवेगात्मक दृष्टिले प्रभावित गर्छ | लगातार सुन्दर वस्तु हेर्दा बालक-बालिकामा सौन्दर्य बोध उत्पन्न हुन्छ यसले उसका विभिन्न रुचि तथा अभिरुचि विकसित हुन्छन् | यति मात्र होइन, परिवारका सदस्यका आपसी व्यवहार अथवा सम्बन्धले पनि बालक-बालिकामा संवेगात्मक दृष्टिले प्रभावित गर्छन्| जुन परिवारमा सहयोगपूर्ण व्यवहार तथा स्नेहपूर्ण सम्बन्ध हुन्छ यसले  बालबालिकाको आवश्यकता तथा भावना पूरा हुन्छन्| परिणामस्वरूप उनमा सहानभूति, स्नेह, साहस, आनन्द, प्रसन्नता तथा आत्मविश्वास अदि अनेक प्रभावात्मक संवेगहरूको विकास हुन्छ| यसको विपरीत जुन परिवारमा सदैव कलह, लडाइँ-झगडा, तथा मारपीटको वातावरण हुन्छ ती परिवारका बालबालिकामा भय, घ्रणा, क्रोध चिन्ता, तथा ईर्ष्या आदि अनेक निषेधात्मक संवेग विकसित हुन्छन्| यस प्रकार पारिवारिक वातावरण बालक-बालिका-बालिकाको संवेगात्मक विकासको  घनिष्ट सम्बन्ध हुन्छ |
  4. सामाजिक विकास – परिवार एउटा सुन्दर समाज हुन्छ जहाँ बालक-बालिकाको सामाजिक विकास हुन्छ| यसै बालक-बालिकाको सामाजिक दृष्टिले विकसित गराउनु स्कुलका कार्य हुन् तर परम्परागत स्कुल यो कार्य गर्न अब असफल भएका छन् , यसकारण आजकल उनको स्थानमा सामाजिक जीवनको विकास गरिएको छ| वास्तविक के हो भने कि यी प्रगतिशील स्कुलमा बालकिकाको सामाजिक विकास हेतु जुन वातावरणको आवश्यकता छ त्यो अब परिवार जस्ता साना-साना संस्थामा बिना केही खर्च गरेर सजिलै पाइन्छ| यस दृष्टिले बालक-बालिकाको सामाजिक जीवनको परिचय दिनको लागि परिवार भन्दा राम्रो संस्था कहीं छैन| परिवारमा बालक-बालिका अन्य ससस्यसित बस्दाबस्दै सामाजिक आदर्श, परमपरा तथा व्यवहार सिक्छन्| यसले उनीहरूमा प्रेम, सहानभूति, सद्भावना, सहयोग, त्याग, परोपकार, उतरदायित्व तथा न्यायप्रियता आदि अनेक सामाजिक भावना एवं गुणको विकास स्वत: नै हुन्छ|
  5. धार्मिक विकास – परिवार नै यस्तो संस्था हो जहाँ हर बालक-बालिकाको धार्मिक विकास बिना कुनै कठनाइले गरिन्छ| भारत जस्तो धर्मनिरपेक्ष राष्ट्रमा त बालक-बालिकालाई धार्मिक शिक्षा देने काम अब परिवारको हो| पारिवारमा बसेर बालक-बालिकामा धार्मिक पुस्तकें पढ्ने, धार्मिक कथा सुन्ने, पूजा-पाठ तथा अन्य सदस्यका साथ धार्मिक कार्यमा भाग लिनको  लागि विभिन्न अवसर प्राप्त हुन्छन् | यस्तो धार्मिक वातावरणमा बस्दै बालक-बालिकाले एक विशेष धर्मको पालन गर्नलाग्छन् तथा उनमा अनेक नैतिक तथा धार्मिक गुण विकसित हुन्छन्|
  6. संस्कृतिको हस्तान्तरण – आजको औधोगिक युगमा संस्कृतिको संरक्षण, विकास तथा हस्तान्तरण स्कुलको कार्य हो, तर यसको यो अर्थ होइन कि परिवार यो महत्वपूर्ण कार्यबाट  विमुख भएको छ| वास्तविकता के हो भने प्रत्येक समाजका संस्कृति अलग-अलग हुन्छन् र ती अहिले पनि परिवारमै हुर्कन्छन्| स्कुलमा बालक-बालिकालाई संस्कृति सिकाइन्छ, परिवारमा बसेर उनीहरू आफ्नो संस्कृति स्वत: ग्रहण गर्छन्| यही कारण हो कि अहिले पनि हिन्दू  संस्कृति हिन्दू परिवारमा तथा मुस्लिम संस्कृति मुस्लिम परिवारमा जीवित |
  7. भाषाको विकास – यधपि भाषाको शिक्षा आजकल स्कुल  तथा कलेजमा दिइन्छ तरपनि परिवारमा बसेर बालक-बालिका आफ्नो भाषा सरलतापूर्वक सिक्छन्| अनुभव गरिने कुरा हो  कि भाषा बोल्ने समयमा शब्दको उचारण जति राम्रो सुशिक्षित परिवारका बालक-बालिकाले गर्छन् त्यति राम्रो पिछडिएका परिवारका बालक-बालिकाले स्कुलमा पढाइ गर्नसक्दैनन्| यस प्रकार भाषाको शिक्षामा पनि परिवारले विशेष प्रभाव पार्छ|
  8. रुचि तथा आदतको विकास –  बालक-बालिकाका राम्रा नराम्रा रुचि तथा आदत परिवारमा नै  विकसित हुन्छन्| परिवारका सदस्यले जे बात अथवा वस्तु राम्रो नराम्रो भन्छन्  बालक-बालिकाले पनि उनीहरूजस्तै भन्न लाग्छन्| यस प्रकार परिवारमा बस्दा बालक-बालिकाभित्र आरम्भबाट  राम्रा अथवा नराम्रा रुचि तथा आदिको विकास हुन लाग्छ बालककालदेखि परेका यिनै रुचि आदत आघि गएर बालक-बालिकाको चरित्रलाई प्रभावित गर्छन्| जुन परिवार यस सम्बन्धमा पहिल्यैबाट सतर्क रहन्छन् उनका बालक आरम्भबाटै वाञ्छनीय रुचि तथा प्रशासनीय आदि विकसित हुनलाग्छन्| यसको विपरीत जुन परिवार यस सम्बन्धमा आँखा बन्द गर्छन्, उनका बालकमा अनुचित रुचि तथा नराम्रा आदत बढन थाल्छन्| माता पिताको यो असावधानी बालक-बालिकाको  लागि अघि गएर दुःख पर्छ
  9. नैतिकता तथा चरित्रको विकास – बालक-बालिकामा नैतिकता तथा चारित्रिक गुणहरू विकसित गर्नको लागि परिवारको प्रभावको स्थान मुख्य हुन्छ तथा अन्य संस्थाहरूको गौण | अन्य संस्थाहरू त नैतिकता तथा चारित्रिक गुणको विकासमा केवल सहायतामात्रै  प्रदान गर्छन्| परन्तु परिवारमा बालक-बालिकाका विभिन्न सदस्यद्वारा नैतिक गुणको प्रत्यक्ष शिक्षा लिन्छन्| उनीहरू आमाबाट प्रेम, भाइ-बहिनीबा भ्रातत्व भावना तथा पिताबा न्यायको शिक्षा प्राप्त कर्छन् | यही उनीहरूमाथि परिवारको रहन-सहन, खान-पान, वेशभूषा तथा आचार-विचारको गहिरो छाप हुन्छ| यो छापले उनीहरूको चरित्रलाई पूर्णरूपले प्रभावित गराउँछ| यी सबै परभावको परिणामस्वरूप बालक-बालिकामा दया, प्रेम, श्रद्धा, सद्भावना, सत्य तथा इमानदारी एवं सचरित्र आदि गुणको विकास हुन्छ अथवा उनीहरू हृदयहीन, स्वार्थी दयाहीन तथा दुश्चरित्र बन्छन्| यस प्रकार आफ्नो जीवनको प्रथम छ: वर्षमा परिवारभित्र बालक-बालिकाको नैतिक एवं चारित्रिक विकास हुन्छ|
  10. जन्मजात प्रवृति एवं प्रेरणाको विकास – प्रत्येक बालक-बालिकाक केही जन्मजात प्रवृति एवं प्रेरणा हुन्छन्| यी सबै प्रकाशन आवशयक छ | यदि कुनै कारणवश यिनको प्रकाशन भएन भने त बालक-बालिकाको भित्रीबाट मानसिक विकृति उत्पन्न हुन्छन| ती भावनात्म ग्रन्थीले उनीअरूको व्यक्तित्व विकृत हुन्छ| यदि बालक-बालिकाको व्यक्तित्वको सर्वाङ्गीण विकास गराउनुछ भने यी प्रवृति तथा प्रेरणाको प्रकाशनका लागि उपयुक्त वातावरणको रचना गर्न परम आवशयक छ | परिवार त्यो स्थान हो जहाँ पर बालक-बालिकाको समस्त प्रवृति तथा प्रेरणा प्रकाशनको लागि उपयुक्त वातावरण हर समय प्राप्त हुन छ|
  11. व्यक्तित्वको विकास – यधपि बालक-बालिकाको व्यक्तित्व विकासको उतरदायित्व अनेक संस्थामाथि हुन्छ, फेरि पनि यसको बीजारोपण परिवारमै हुन्छ| यस सम्बन्धमा प्रत्येक माता अपना बालक-बालिकाप्रति दृष्टिकोण पूर्णरूले श्रेष्ठ छ | अत: माताको साथ-साथ परिवारका सबै सदस्य बालक-बालिकाको वैयक्तिकताको विश्लेषण गर्छन् तथा उनको विकास हेतु उयुक्त वातावरणको रचना गराउँछन्|
  12. व्यावहारिक तथा व्यवसायिक शिक्षाको व्यवस्था – परिवारको प्रभाव बालक-बालिकाको व्यावहारिक तथा व्यवसायिक शिक्षामाथि पनि पर्छ| जब–जब बालक-बालिका ठूला हुँदै जान्छन् तब-तब उनीहरू अरूसँग उठ्ने-बस्ने, बातचित गर्ने, बाहिरबाट आउने अतिथिहरूको सत्कार एवं व्यवहार गर्न स्वत:नै सिक्छन्। यही मात्र होइन, परिवारका अन्य सदस्यसित कार्य गर्न आफ्नो पैतृक व्यवसायको शिक्षा लिन पनि अप्रत्यक्ष रूपले पाउँछन्| बढई, दर्जी, धोबी, नाई, तेली, कुम्हाले, लोहार आदि सबैले आफ्नो-आफ्नो परिवारमाबाट नै आफ्नो पैतृक व्यवसायको शिक्षा प्राप्त  गर्छन्| अघि गएर यही व्यवसाय आफ्नो जीविकाको साधन बनाउँछन्|

भारतीय परिवार

यसै त भारतीय परिवारमा अनेक दोष पाइन्छन् तर शिक्षाका दृष्टिले इनमा केवल दुईवटा मात्रै दोष उल्लेखनीय छन्| केही परिवारमा यस्ता बालक-बालिका पनि छन् जुन प्रारम्भिक अवस्थाबाटै अधिक स्वतन्त्रता पाउँछन् ती ठुला भएर प्रौढ व्यक्तिका रूपमा समाज अनुकूलरूपले आफूलाई स्थपित गर्न सक्दैनन् | यसको विपरीत केही परिवार यस्ता छन् जसले बालक-बालिकासित आरम्भबाटनै कठोरताको व्यवहार गर्छन् त्यसले गर्दा उनीहरूको व्यक्तित्व विकृत बन्छ| परिणामस्वरूप उनीहरू परिवारलाई नै घृणा गर्न थाल्छन्| अघि गएर माता-पिताप्रतिको यो घृणाको भावना समाज विरुद्ध विद्रोह गर्न थाल्छन्| केही परिवार यस्ता पनि छन् जसमा दोष मात्र पाइन्छन्| यो दोष माता-पितामा पनि हुनसक्छ|  परिवारमा कहिलेकाहीं भयङ्कर रूप धारण भएको पनि देखिन्छ | के०जी०सैयदेनले ठीक लेखेका छन् – “ बालक-बालिका माता-पिता तथा परिवारका अन्य सदस्यसित उचित तथा र गहिरो सम्बन्ध स्थापित गर्न असफल हुन्छन्| बालक-बालिका र माता-पिताबीचको सम्बन्ध टढिंदै जान्छ तथा भारतीय परिवार आफ्नो पवित्र तथा महान उद्देश्यमा असफल हुन्छन्|”

भारतीय परिवार- उनको बाल-बालिकामा प्रभाव

भारतीय परिवारको विशेषता सम्मिलित अथवा सयुंक्त परिवार हो। यस प्रकारका परिवारमा बाजे-बजै, ठुलाबा- ठुलीआमा, काका-काकीको आपसी सहयोगबाट बालक-बालिकाले स्नेह तथा सबै प्रकारका नैतिक, चारित्रिक एवं सामाजिक गुणको शिक्षा पाउँछन् तर अब अनेक कारणले सयुंक्त परिवार सानासाना एकाइमा बाँडिदै छन्। दुःखको कुरा परिवारमा अज्ञानता निर्धनता अथवा अभिभावकहरूको ध्यानको कमीका कारण अब बालक-बालिकाले त्यो स्वस्थ, सुन्दर तथा स्वतन्त्र वातावरण पाउनसकेका छैनन् र उनीहरूको फूर्णरूपले विकास हुनसकेको छैन् | अधिकांश परिवारमा बालक-बालिकाको पालन-पोषण दूषित परिस्थितिमा हुन्छ| प्राय: निम्न कोटिका परिवारमा त बालक-बालिकाको पालन पोषण तथा शिक्षाको व्यवस्था सोचनीय छ | जुन परिवारमा माता तथा पिता दुवै नोकरीमा जान्छन् तर उनका बालक-बालिका प्राय: बाटो र असुरक्षित रूपमा घुमिरहन्छन्| यति मात्र होइन जुन परिवारमा दया र मायाको आभाव हुन्छ साथै अर्थभाव हुन्छ यस्तो परिवारमा बालक-बालिकाले विकसित हुने उपयुक्त वातावरण पाउँदैनन् किनभने परिवार बालक-बालिकाको शिक्षाको प्रमुख स्थान हो, यसकारण यसलाई प्रभावशाली बनाउन परम आवश्यक छ|

भारतीय परिवारमा शिक्षालाई प्रभावशाली साधन बनाउन सुझाव

भारतीय परिवारमा शिक्षालाई प्रभावशाली साधन बनाउन निम्नलिखित सुझाव दिइन्छ–

  1. शारीरिक विकासको व्यवस्था – बालक-बालिकाको शारीरिक विकासका लागि निम्नलिखित बात ध्यानमा राख्नु पर्छ-
    1. परिवारको निवास स्थान – परिवारको निवास स्थान यस्तो स्थानमा हुनुपर्छ जहाँको सम्पूर्ण वातावरण पवित्र तथा शान्तिमय होस् | बालक-बालिकाको स्वास्थ्यको लागि स्वछता तथा प्रकाशमय वातावरण परम आवश्यक छ | अत: भवनका प्रत्येक कमरामा खिडकी तथा रोशनदान पनि हुनुपर्छ जहाँबाट स्वच्छ वायु प्रकाश तथा धुप प्रचुर मात्रामा उपलब्ध हुनसकोस्| भनाइ छ जहाँ धुप आउँदैन त्यहाँ डाक्टर पनि आउँदैन | यदि भवनको वरिपरिको वातावरण उपयुक्त तथा खुला भए त्यो सुन्दर ठाउँ मानिन्छ|
    2. भोजन – निवास स्थानका अतिरिक्त अभिभावकले बालक-बालिकाको भोजनमा पनि विशेष ध्यान दिनुपर्छ किनभने बालक-बालिकाको शारीरिक विकासको लागि सन्तुलित एवं पौष्टिक भोजन आवश्यक छ, यसकारण परिवारले आर्थिक क्षमता अनुसार बालक-बालिकालाई खानको निम्ति यस्तो भोजन दिनुपर्छ जसमा चर्बी, प्रोटीन, कार्बोहाइड्रेट तथा विटामिन अधि प्रचुर मात्रामा हुन्छ |
    3. वस्त्र – बालक-बालिकालाई यस्तो वस्त्र लागाउन दिनुपर्छ  जुन एकदमै ढीला र खुला नहोस्| वस्त्र यस्तो हुनुपर्छ कि वा प्रयोग गर्दा बालक-बालिकाको विकास राम्रोसँग होस्|
    4. खेल तथा आरामको व्यवस्था – शारीरिक विकासको लागि व्यायाम पनि आवशयक छ | अत: माता-पिताले बाल-बालिकाको उचित व्यायाम अथवा खेल-कूद र आरामको व्यवस्था गर्नुपर्छ | यदि  सकिन्छ भने माता-पिता स्वयंले पनि उनीहरूसँगै व्यायाम अथवा खेलमा साँझ-बिहान भाग लिनुपर्छ |
    5. व्यक्तिगत स्वच्छता- शारीरिक विकासको लागि व्यक्तिगत स्वच्छता अत्यन्त आवश्यक छ | अभिभावले सानैदेखि बालक-बालिकालाई आरम्भबाटै दाँत धुन, नङ काटन तथा शारीर स्वच्छ राख् सिकाउनुपर्छ| जुन आदत बालककालमै विकास हुन्छ त्यो जीवन-पर्यन्त चलिरहन्छ|
  2. बौधिक,कलात्मक तथा व्यावहारिक रुचिका विकास – परिवारका बालक-बालिकाको बौधिक, कलात्मक तथा व्यवहारिक रुचि एवं गुण आरम्भबाट नै विकसित गराउनुपर्छ | यस सम्बन्धमा निम्नलिखित बात ध्यानमा राख्नुपर्छ-
    1. बौद्धिक विकास – बौद्धिक विकासको लागि परिवारको वातावरण पनि बौद्धिक हुन आवश्यक छ | अत: बालकको बुधि विकास हेतु विभिन्न  यन्त्र एवं खेलौनाको व्यवस्था हुनुपर्छ| बौद्धिक विकासार्थ बाल-बालिकाको लागि बाल-मनोवैज्ञानिकमा आधारित आकर्षित गर्ने रङ्गीन चित्र, साहित्यको पनि व्यवस्था गर्नुपर्छ | यसले मानसिक विकासका साथ-साथै बालक-बालिकामा  सौन्दर्य अनुभूति उत्पन्न हुन्छ | किनभने बालक-बालिकामा जिज्ञासाको प्रवृति बडो प्रबल हुन्छ यसकारण आफ्नो ज्ञान वृद्ध गर्नको लागि नाना प्रकारका वस्तु छुन्छन् , हेर्छन् तथा कहिलेकाहीं कभी-कभी टुटाउने फुटाउने पनि गर्छन्| यति मात्र नभएर माता-पिता, भाइ-बहिनी तथा परिवारका अन्य सदस्य एवं नोकरसित हर समय केही न केही प्रश्न पनि सोध्छन् | परिवारका अन्य सदस्यले बालक-बालिकाको जिज्ञासा प्रवृतिको  आदर गर्नुपर्छ तथा उनीहरूका प्रश्नको प्रेमपूर्वक ठीक-ठीक उत्तर दिनुपर्छ  | बालक-बालिकाको बौद्धिक विकासमा उखान-टुक्का तथा कहानीहरूको पनि विशेष महत्त्व हुन्छ | यसले बालक-बालिकाको कल्पना शक्ति, एकाग्रता, चिन्तन, तथा विश्लेषणको योग्यता बढ्छ | अत: सुत्ने समय बालक-बालिकालाई ज्ञानका विषय तथा कहानीहरू अवश्य सुनउनुपर्छ| जब बालक-बालिका स्कुल जान अथवा कुनै अन्य कारणले कक्षाको कार्यमा  पिछडिन्छन् तब माता-पिताले यस विषयमा विशेष ध्यान दिनुपर्छ। उनीहरूको विकासमा बाधा आउन दिनुहुँदैन।
    2. सौन्दर्य अनुभूतिको विकास – बालक-बालिकामा सौन्दर्य अनुभूतिको विकसित गराउनको लागि उपयुक्त वातावरण आवश्यक छ | बालक-बालिकालाई लागाउनको लागि उपयुक्त कपडाको रङ्ग तथा डिजाइन ,कमराको सजावट, भवनको स्वच्छता, बागैंचा अथवा प्रकृतिको निरीक्षण गराइयो भने यस्ता साना-साना कार्यद्वारा बालक-बालिकामा सौन्दर्य बोध जागृत गराउन सकिन्छ| साथसाथै पशु-पन्क्षीको चित्र तथा टिकट एवं खेलौना आदि सङ्ग्रह गराउँदा बालक-बालिकाको भावनाको सन्तुलन एवं शिक्षित गराउन सकिन्छ| बाल-बालिकाको सौन्दर्य अनुभूति विकास हेतु कलात्मक वातावरणको रचना आवश्यक हुन्छ|
    3. व्यावहारिक शिक्षाको व्यवस्था – परिवारका ठुला-बडाले बाल-बालिकालाई साना तथा ठुला व्यक्तिहरूसित बातचीत गर्न एवं अतिथिहरूको सत्कार गर्ने ढङ्ग समय-समयमा बताइरहनुपर्छ| परिवारको यस्तो व्यावहारिक शिक्षाले बाल-बालिकाको जीवनमा पछि गएर धेरै लाभ।
  3. रचनात्मक क्रियाको व्यवस्था – परिवारमा बालक-बालिकाको रचनात्मक प्रवृति विकास गराउनको लागि रचनात्मक क्रियाहरू गर्न प्रोत्साहित गराउनु पर्छ। बालक-बालिकाले सिकेको ज्ञान रचनात्मक र स्थायी हुन्छ तथा जीविकोपार्जनको  लागि पनि सहायक एवं उपयुक्त हुन्छ |  परिवारले बालक-बालिकाको अघि यस्तो अवसर प्रदान गराउनु पर्छ जुन पछि गएर  रचनात्मक क्रियाको रूपमा विकसित  हुनसकोस्| आत्मविश्वासप्रति प्रोत्साहित राउनको लागि परिवारमा  समाचारपत्र, मसिक पत्रिकाहरू तथा विभिन्न प्रकारका शिशु उपयोगी साहित्यको पनि प्रबन्ध गर्नुपर्छ |
  4. चरित्रको विकास तथा उतरदायित्वको प्रशिक्षण – बालक-बालिकाको चरित्रको विकास परिवारको माझमा हुन्छ| परिवारले उनीहरूप्रति विशेष ध्यान दिनुपर्छ चरित्रको बीज बालक-बालिकाको   आत्मविश्वासमा अहम् हुन्छ| यो जागृत गर्नको निम्ति परिवारले बालक-बालिकालाई अनके प्रकारका उत्तरदायित्वपूर्ण कार्य दिनसक्छन्| उनीहरूलाई राति दैलो बन्द गर्न तथा साना भाइ-बहिनी हेर्ने जिम्मेवारी पनि दिन सकिन्छ| यससे बालक-बालिकामा उतरदायित्वको आदत पर्छ तथा आत्मविश्वास तथा आत्मत्याग आदि गुण विकसित हुन्छन् | यस्ता गुणहरू विकसित भएमा उनीहरूको वास्तविक चरित्रको निर्माण हुन्छ तथा उनीहरू एक सफल नागरिकका रूपमा राष्ट्रका अनेक उतरदायित्व पूरा गर्नसक्छन्|
  5. व्यकिगत आवश्यकता, क्षमता तथा रुचिको विकास – मनोविज्ञानले यो शिद्ध गरको छ कि प्रत्येक बालक-बालिकाको व्यक्तित्व एकअर्काबाट भिन्न हुन्छ| यसर्थ परिवारले प्रत्येक बालक-बालिकाका आवश्यकता, क्षमता तथा रुचि अनुसार विकसित हुने अवसर प्रदान गर्नुपर्छ | सबै बाल-बालिकालाई एकै समान अवसर प्रदान गर्दा कुनै लाभ हुँदैन| व्यक्तिगत विभिन्नताको आधारमा विकसित गर्दा सामूहिक शिक्षाका दोष पनि जान्छन्| किनभने सामूहिक शिक्षामा बालक-बालिकालाई व्यक्तिगत रूपले ध्यान दिन सकिंदैन।
  6. समान व्यवहार- माता-पिताले परिवारमा बाल-बालिकाका साथ समान व्यवहार गर्नुपर्छ| बाल-बालिकामा भेद-भाव गर्नु र एउटालाई भन्दा अर्कोलाई भढी माया गर्नु दोषमुक्त शिक्षा हुन सक्दैन| प्राय: भारतीय परिवारमा बालक र बालिकामा पक्षपात व्यवहार गरिन्छ| फलस्वरूप बालक उदण्ड तथा बालिका मानसिक दासी बन्छन्| यो रूढिगत भावना बदल्नु पर्छ|  भारत अब एउटा स्वतन्त्र देश हो जहाँ पुरूषों तथा स्त्रीलाई सामान अधिकार प्राप्त छ | सबै मिलेर आफ्नो देशको सरकार एवं राजनीतिक समस्या जनतान्त्रिक ढङ्गले समाधान गर्नुपर्छ किनभने आज बालक-बालिका मिलेर भोलिका नागरिक बन्छन् तथा राष्ट्रीय सरकारको निर्माण गर्छन्। यसकारण परिवारले यो भेदभावको पूरानो प्रथा तोड्नु पर्छ, बालक-बालिका दुवैलाई आदर, स्नेह, संरक्षण तथा अन्य प्रकार सभी सुविधा समान रूपले प्रदान गर्नुपर्छ|
  7. धार्मिक शिक्षा – परिवारका बालक-बालिकामा धार्मिक शिक्षालाई पनि उचित प्रबन्ध गर्नुपर्छ| यसमा कुनै सन्देह छैन कि साना-साना बालक-बालिका धर्मको गूढ तत्व बुझ्न सम्झन एवं पालन गर्न असमर्थ हुन्छन् तर धार्मिक पुस्तक,धार्मिक कथा एवं अन्य धार्मिक क्रियाद्वारा उनीहरूलाई धार्मिक शिक्षा अवश्य दिनसकिन्छ| किशोर अवस्थामा प्राप्त भएको धार्मिक शिक्षा बालक-बालिकामा सहानभूति, दया, त्याग, परोपकार एवं सच्चरित्रता आदि अनेक गुण विकसित हुन्छन्  जुन एउटा स्वस्थ नागरिकलाई आवश्यक छ | भारत जस्तो धर्मनिपेक्ष राष्ट्रमा परिवारले यस दिशामा विशेष रूपले सतर्क हुनुपर्ने आवश्यकता |
  8. सर्वाङ्गीण विकास – परिवारका  बालक-बालिकाको सर्वाङ्गीण विकास हुनुपर्छ | भारतमा अधिकांश परिवार यस्ता छन् जसले बालक-बालिकाको एकाङ्गी विकासलाई नै सम्पूर्ण विकास सम्झन्छन्| जेक्सले आफ्नो पुस्तक टोटल एजुकेशनमा दोषपूर्ण परिस्थिति भएका परिवारलाई तीन वर्गमा विभाजित गर्दै भनेका छन् - स्पर्धाशील परिवारमा बालक-बालिका एक-अर्कासित निश्चित सीमित दिशामा अघि बढ्नको  लागि प्रोत्साहित गरिन्छ| यसले बालक-बालिकाको अन्य पक्षको  विकास हुँदैन| केही परिवार यस्ता पनि हुन्छन् कुनै सांस्कृतिक कार्य एवं रुचिलाई हाँसोमा उडाउँछन् | यस्तो परिवारमा बालक-बालिकाको सांस्कृतिक विकास कुण्ठित हुन्छ| तेस्रो प्रकारका परिवारमा जेक्सले भावनात्मक रेफ्रीजरेटर परिवारको संज्ञा दिएका छन्| यस्तो परिवारमा स्नेह तथा सहानभूति आदि गुणलाई हेय दृष्टिले हेरिन्छ| यस्तो भावनाहीन भएका परिवारका बाल-बालिकाको व्यवहार  जड हुन्छ र उनमा मानवीय भावनाको विकास हुनसक्दैन| जुन परिवारमा हर समय कलह हुन्छ अथवा माता-पिता मादक वस्तुको  प्रयोग गरेर एक-अर्कासित लडछन्, त्यस्तो परिवारलाई राम्रो परिवार भनिंदैन| यस प्रकारको परिवारमा बाल-बालिकाको व्यक्तित्व दबिन्छ र  पूर्णरूपले विकसित हुनसक्दैन| सङ्क्षेपमा, केही परिवार केवल पढ्न-लेख्ननै अधिक बल दिन्छन्  त कुनै केवल खेल-कूदलाई राम्रो मान्छन्| केही परिवार सांस्कृतिक कार्यलाई विशेष महत्त्व दिन्छन् र यसलाई हेय दृष्टिले हेर्छन्| यसरी केही परिवारमा सामाजिक गुणको विकसित गरिन्छ भने केही भावना प्रदर्शनहीन परिवारमा यी गुणलाई  कुनै स्थान दिइन्न| वास्तविकता के हो भने परिवारका बालक-बालिकाको सर्वाङ्गीण विकास गर्नको लागि यस्तो मनोवैज्ञानिक वातावरणको निर्माण गरिदिनुपर्छ जहाँ बस्दै खेलकूदका साथ-साथै पढ्न-लेख्न तथा सांस्कृतिक कार्यमा भाग लिंदै पूर्णरूपेण विकसित हुनसकोस्|
  9. बाल संस्थाहरू – यदि कुनै कारणवश परिवार उपर्युक्त सुझावहरूको पालन गर्न सक्दैन भने  उनीहरूका बाल-बालिकालाई शिशु-निकेतन, किनडरगार्डन, नर्सरी स्कुल अथवा अन्य बोर्डिङ्ग स्कुलमा प्रवेश गराइदिनुपर्छ| यसले बाल-बालिकालाई उचित शिक्षा पनि मिल्छ तथा उनको सर्वाङ्गीण विकास पनि हुन्छ| भारतमा यस्ता संस्थाको धेरै कमी छ| यदि केही संस्था भए पनि ती धनाभावका कारण आफ्नो कार्य पूरा गर्न सकेका छैनन्| अत: सरकारले यस दिशामा विशेष ध्यान दिनुपर्छ |

स्त्रोत: शिक्षाको सिद्धान्त, ज़ेवियर समाजसेवा संस्थान

3.0
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top