होम / शिक्षा / शिक्षातिर प्रवृत हुने पहल / बहु-प्रतिभा सिद्धान्त तपाईँले सिक्ने शैली हो
सेयर
Views
  • State: Open for Edit

बहु-प्रतिभा सिद्धान्त तपाईँले सिक्ने शैली हो

शिक्षा ग्रहण गर्दा केके शैली अप्नाउनेबारे यहाँ विस्तृत जानकारी प्राप्त हुन्छ।

बहुप्रतिभा सिद्धान्त - के हो तपाईँले सिक्ने शैली

अन्तः व्यक्तित्व प्रतिभा अन्य प्रकारका प्रतिभा शिक्षाका लागि उपयोग स्कुलमा बहुप्रतिभा सिद्धान्त अप्नाउँदा हुने लाभ बहुप्रतिभा सिद्धान्तले विद्यार्थीमा हुने लाभ सम्बन्धित स्रोत बहुप्रतिभा सिद्धान्त- के हो तपाईँले सिक्ने शैली बहु-प्रतिभा सिद्धान्त व्यक्ति र उनका विभिन्न प्रकारका प्रतिभाबारे (तार्किक,दृश्य, सङ्गीत सम्बन्धी आदि) अध्ययन गर्ने हावर्ड गार्डनरको मनोवैज्ञानिक सिद्धान्त हो। प्रत्येक व्यक्तिमा सात प्रकारका प्रतिभाहरू हुन्छन्। कुनै व्यक्तिमा दुई वा दुई भन्दा अधिक प्रधान प्रतिभा हुन सक्छन्। केही व्यक्ति यस्ता पनि हुन्छन् जसमा सन्तुलित रूपमा सातै प्रतिभाहरू हुन्छन् हावर्ड गार्डनरले सुरुआतमा सातै प्रतिभाहरूलाई सूत्ररूपमा राखे। तिनका सूची अस्थायी थिए। अघिल्ला दुईलाई विशेष रूपले स्कुलमा महत्व दिइए, पछिल्ला तीनलाई कलासित जोडियो, र अन्तिम तीनलाई हॉवर्ड गार्डनरले 'व्यक्तिगत प्रतिभा' भने।

बहुप्रतिभा के प्रकार

दृश्य सम्बन्धी स्थानीय प्रतिभा

सिक्नेहरूले चित्रका रूपमा सोच्छन् तर जानकारी राख्न स्पष्ट मानसिक प्रतिविम्बको आवश्यकता पर्छ। उनीहरूलाई नक्सा, चार्ट, चित्रहरू,भिडियो तथा फिल्महरू हेर्नमा आनन्द आउँछ। उनका कौशलमा – रहस्य बनाउनु, पढ्नु, लेख्नु,चार्ट बनाउनु,गार्फलाई बुझ्नु, राम्रो दिशाबोध हुनु, स्केच बनाउनु, दृष्टि सम्बन्धी रुपालङ्कार बुझ्ने क्षमता राख्नु आदि पर्छन्।

केरिएरका लागि केही सम्भावित रुचिहरूःनाविक,शिल्पकार,दृष्टिकार,कलाकार,अन्वेषक,आन्तरिक द्रष्टा,मेकानिक,इन्जिनिएर

शाब्दिक / बहुभाषा प्रतिभा

शब्द तथा भाषा उपयोगको क्षमता। यसरी जान्नेका लागि अङ्केक्षण कौशल छिटो विकसित हुन्छ र यी शिष्ट वक्ता हुन्छन्। यिनीहरूले चित्रले भन्दा शब्दले सुन्छन्।

उनका कौशलमा सामेल छन् सुनाउन, बोलाउन,लेखाउन, कथा भन्न विस्तारै सम्झाउन, शिक्षण,हास्यको उपयोग,शब्द विन्यास र अर्थको जानकारी र अर्थको जानकारी, जानकारी याद राख्न कसैलाई आफ्नो विचार मनाउन भाषाको विश्लेषण आदि।

केरिएरको लागि केही सम्भावित रुचिहरू : कवि, पत्रकार, लेखक, शिक्षक, वकील, राजनीतिज्ञ, अनुवादक

तार्किक/गणितीय प्रतिभा

तर्क र सङ्ख्याहरूको उपयोगको क्षमता। यसरी सिक्नेहरूले तार्किक एवं सङ्ख्यागत तरीकाले सङ्कल्पना गरेर विभिन्न जानकारीबीच सम्बन्ध राख्न सक्छन्। आफ्नो वरिपरिको वातावरणप्रति सधैं जिज्ञासु हुन्छन्। सिक्नेहरूले कैयौं प्रश्नहरू सोध्छन् र प्रयोग गर्न मन पराउँछन्।

उनका कौशलमा शामिल छन् : समस्याहरू हल गर्न, जानकारीलाई वर्ग र श्रेणीमा बाँड्न, परस्पर सम्बन्ध स्थापित गर्नका लगि गूढ सिद्धान्तका साथ कार्य गर्न, कारणको लामो अनुक्रम बनाउन,नियन्त्रित रूपमा प्रयोग गर्न, प्राकृतिक घटनाहरूका बारेमा प्रश्न र विस्मय गर्न, जटिल गणीतीय गणनाहरू गर्न, ज्यामितीय आकारहरूका साथ कार्य गर्न।

केरिअरका लागि सम्भावित मार्ग वैज्ञानिक, इन्जीनियर, कम्प्यूटर प्रोग्रामर, शोधकर्ता, लेखापाल, गणितज्ञ।

दैहिक/इन्द्रियगत प्रतिभा

उनका कौशलमा शामिल छन्: शारीरिक हलचल एवं वस्तुहरूलाई दक्षतापूर्वक समात्ने क्षमता। यसरी सिक्नेहरूले आफैले हलचलका माध्यमबाट व्यक्त गर्छन्। यिनमा हात तथा आँखाको समन्वयको राम्रो ज्ञान हुन्छ।(उदाहरणका लागि बल खेल्नु,ब्लेन्सिङ बीम्स)।यिनीहरू आफ्नो वरिपरिको ठाउँको सम्पर्क, जानकारी र याद राख्न सक्षम हुन्छन्।

केरिअरका लागि सम्भावित मार्ग: एथलीट, शारीरिक शिक्षाका शिक्षक, नर्तक, अभिनेता, अग्निशमन दलका सदस्य, कारीगर

साङ्गीतिक/तालग्राही प्रतिभा

सङ्गीत निर्माण एवं प्रशंसागत क्षमता। सङ्गीतमा रुचि राख्ने विद्यार्थीहरूले ध्वनि, ताल एवं पेटर्नका रूपमा सोच्छन्। उनीहरू सङ्गीतमा जे पनि सुन्छन् , त्यसमाथि तुरुन्तै आफ्नो प्रतिक्रिया दिन्छन् चाहे त्यो प्रतिक्रिया प्रशंसा वा आलोचना होस्। यसमा कतिपय विद्यार्थी पर्यावरणीय ध्वनिप्रति अत्यन्तत संवेदनशील हुन्छन्(उदाहरणका लागि झीङ्गुर, घण्टी, नलबाट चुहुने पानी)।

उनका कौशलमा शामिल छन्: गाना गाउनु, सीटी बजाउनु, वाद्ययन्त्र बजाउनु, स्वरलहरी चिन्नु, सङ्गीत रच्नु, मेलोडी याद राख्नु, ताल एवं सङ्गीतको ढाँचा याद राख्नु

केरिअरका लागि सम्भावित मार्ग: वादक, डिस्क जोंकी, गायक, सङ्गीतकार

अन्तर व्यक्तित्व प्रतिभा

अरूलाई सम्झने र सम्बन्ध स्थापित गर्ने प्रतिभा। यस्ता विद्यार्थी कुनै पनि बातलाई अरूका दृष्टिबाट हेर्ने गर्छन्। यो बुझ्नका लगि उनीहरू के सोचिरहेछन् र अनुभव गरिरहेछन्। यिनीहरूमा भावनाहरू, इच्छाहरू एवं उत्प्रेरणाहरू अनुभव गर्ने अलौकिक शक्ति हुन्छ। यिनीहरू निकै राम्रा समन्वयक हुन्छन् तर कहिलेकाहीं यिनीहरू, गडबडको सहारा पनि लिन्छन्। धेरैजसो समयमा यिनीहरू शान्ति बनाउने प्रयास गर्छन् एवं सहयोगलाई प्रोत्साहित पनि गर्छन्। यिनीहरू अरूसित संवाद आरम्भ गर्नका लागि वाक् (जस्तै बोल्नु) एवं अवाक (जस्तो कि आँखा मिलाउनु, शारीरिक भाषा) दुवै भाषाको उपयोग गर्छन्।

यिनका कौशलमा शामिल छन् : अन्य व्यक्तिको दृष्टिकोणबाट वस्तुलाई हेर्नु (दोहोरो परिप्रेक्ष्य), सुनाउनु, सहानुभूतिको उपयोग गरेर, अन्य व्यक्तिको मूड र भावनाहरू सम्झनु, परामर्श, समूहका साथ सहयोग, व्यक्तिको मनोदशा, प्रोत्साहन एवं इक्षाप्रति ध्यान दिनु, मौखिक र गैर सञ्चार-मौखिक रूपले संवाद गर्नु, विश्वासको निर्माण, शान्तिपूर्ण तरीकाले सङ्घर्षको निवारण गर्नु, अन्य व्यक्तिका साथ सकारात्मक समबन्ध स्थापित गर्नु।

करिअरका लागि सम्भावित मार्ग: परामर्शदाता, विक्रेता, राजनीतिज्ञ, व्यापारी

अन्तःव्यक्तित्व प्रतिभा

स्वयं-विचार गर्नु एवं कसैको अन्तःस्थितिलाई बुझ्ने क्षमता राख्नु। यी शिक्षार्थीहरूले उनीहरूका अन्तर्भावना, सपना, अरूसितको सम्बन्ध, एवं शक्ति तथा कमजोरीहरू बुझ्ने कोशिश गर्नु।

यिनको कौशलमा शामिल छन् : स्वयंको शक्ति एवं कमजोरीहरू पत्तो लागाउनु , स्वयं विचार प्रकट गर्नु र उसको विश्लेषण गर्नु, आन्तरिक भावनाहरूप्रति जागरूकता, इच्छाहरू, सपना, सोच प्रक्रियाको आकलन, स्वयंसित तर्क-वितर्क र स्वयंको भूमिका सम्झनु

केरिअरका लागि सम्भावित मार्ग: अनुसन्धानकर्ता, सिद्धान्त प्रणेता, दार्शनिक

अन्य प्रकारका प्रतिभा

फ्रेम्स अफ माइन्ड (१९८३) मा हॉवार्ड गार्डनरद्वारा प्रतिभाहरूको मूल सूचीपछिबाट अन्य उम्मीदवारहरूलाई शामिल गर्नका लागि (या उम्मीदवारहरूलाई हटाउनका लागि) गहिराइले विचार-विमर्श भएका छन् । यस पछि हॉवार्ड गार्डनर र उनका साथीहरूद्वारा गरिएका शोध एवं विचार गर्दै गर्दा तीन विशेष संभावनाको खोजतलास गरेका छन्: प्राकृतिक प्रतिभा, आध्यात्मिक प्रतिभा र अस्तित्व सम्बन्धी प्रतिभा। मानवका प्राकृतिक प्रतिभा चिन्न, श्रेणीमा बाँडन पर्यावरणका केही गुणहरूका निष्कर्ष निकाल्नमा सक्षम बनाउँछन् । यस 'मूल क्षमताको वर्णनका साथै कतिपय सांस्कृतिक मूल्यद्वारा आदर गरिएका भूमिका चरित्रचित्रणसँग जोडिन्छन्।

शिक्षाको लागि उपयोग

परम्परागत रूपमा, स्कुलहरूले तार्किक प्रतिभा तथा भाषागत प्रतिभा (मुख्य रूपले पढ्न र लेख्न) को विकासमा जोड दिएका छन्।कतिपय छात्रहरूले यस्तो वातावरणमा कुशलतापूर्वक कार्य गर्छन् केही यस्ता पनि हुन्छन् जसले केही पनि गर्न सक्दैनन्। गार्डनर सिद्धान्तले तर्क दिन्छ कि छात्रहरूलाई नै धेरै लाभ हुन्छ। शिक्षकहरू सबै समक्ष सामानरूपले आफ्नो विचार पुराउनका लागि विभिन्न पद्धति, अभ्यास र गतिविधिहरूको उपयोग गर्छन्। केवल भाषागत एवं तार्किक प्रतिभाले श्रेष्ठ भएकाले मात्रै होइन।

बहु प्रतिभा सिद्धान्तको प्रासङ्गिकता कतिपय कारणले भिन्न हुन्छ। यो कठिनाई शिक्षकलाई पनि छात्र समान हुन्छ यसकारण पढाउनका लागि अलग पद्धति अप्नाउँछन्। यो समस्या प्रतिभा फ्रेमवर्क प्रयोग गर्ने सबै स्कुलमा अलग-अलग हुन्छन्। सामान्य रूपमा, जसले यो सिद्धान्तमा विश्वास गर्छन् आफ्ना छात्रहरूका विविध प्रतिभाहरू प्रयोग गर्ने र विकसित गर्ने अवसर प्रदान गर्ने सक्दो कोशिश गर्छन्, यसरी प्रयोग गर्दा केवल प्रतिभावानलाई मात्र नभएर सामान्य विद्यार्थीलाई पनि ध्यान दिइन्छ।

हॉरवर्डको अगुवाईमा गरिएको यस सिद्धान्तको उपयोग गरिरहेका ४१ स्कुलहरूको अध्ययनमा यो निष्कर्ष निक्लेको हो। यी स्कुलहरूमा "कठोर श्रम, आदर, र एक-अर्काको ध्यान दिने, ख्याल राख्ने, एउटा सङ्कायमा सहयोग गर्नेगर्थे सिक्थे। कक्षाहरूमा छात्रहरूका उद्देश्यपूर्ण विकल्पका माध्यमबाट बाँध्ने काम गर्छ, छात्रहरूको उच्च-गुणवत्तायुक्त कार्य सम्पादित गर्नको लागि प्रेरित गरिन्छ।

स्कुलमा बहु-प्रतिभा सिद्धान्त अप्नाउँदा हुने लाभ

तपाईँ छात्राहरूको आवश्यकता,रूचि र प्रतिभाहरूको आधारमा उनीहरूलाई सिक्न विश्वासिलो अवसर प्रदान गर्नुहुने छ। बहु-प्रतिभा “वास्तविक” दुनियाँ जस्तै काम गर्छ। एउटा पुस्तकका लेखक एवं व्याख्याकार समान रूपले मूल्यवान सर्जक हुन्छन्। छात्र अधिक क्रियाशील, समर्पित शिक्षार्थी बन्छन्।

पालक तथा समुदायको रूचि आफ्नो स्कुलमा बढनसक्छ। यस्तो यसकारण हुनसक्छ किनभने छात्रहरू पेनल तथा श्रोताके समक्ष आफ्नो कार्य प्रदर्शन गर्छन्।शिष्य जस्तै सिक्ने गतिविधिहरू समुदायका सदस्यहरूले सिक्ने प्रक्रियामा शामिल गरिन्छ।

छात्र आफ्नो शक्ति प्रदर्शन गर्न सक्छन् र सबैसँग बाँड्न सक्छन्। शक्तिको निर्माण, छात्रलाई एउटा "विशेषज्ञ" बनाउनको लागि गरिन्छ।अन्ततः यो स्वाभिमानका रूपमा परिणत हुनसक्छ।

तपाईँ "सम्झाउनको लागि पढाउनुहुन्छ " भने तपाईँका छात्र सकारात्मक शिक्षकीय अनुभव तथा जीवनमा समस्याहरूको हल गर्नको लागि क्षमता र ताकत जुटाउन सक्छन्।

बहुप्रतिभा सिद्धान्ले छात्रहरूलाई फाइदा

यसले छात्र बुझ्न लाग्छन् कि तिनीहरू कति कुशाग्र छन् भनेर । गार्डनरको विचारले सिक्नुमा सामाजिक एवं मनोवैज्ञानिक दुवै प्रक्रियाहरू छन्। जब छात्रहरू आफ्नो बहु-प्रतिभाको सन्तुलन बुझ्न लाग्छन् तब उनीहरूले सिक्न आरम्भ गर्छन्।

  • स्वयं सिक्ने प्रक्रियाको प्रबन्धन गर्नु,
  • आफ्नो व्यक्तिगत शक्तिको सम्मान गर्नु

जस्ता कुराले गर्दा शिक्षकलाई छात्र कति कुशाग्र छन् भन्ने कुरा बुझ्न सजिलो पर्छ। कुन छात्रमा प्रबल अन्तर्व्यक्तित्व प्रतिभाको सम्भावना छ, यसले तपाईँलाई शक्ति उत्पन्न गर्ने अवसर दिन ठुलो मदत गर्छ। तर बहु-प्रतिभा सिद्धान्तको तात्पर्य छात्रहरूको लागि शिक्षक जस्तै बुद्धि कौशल, लेबल उपलब्ध गराउनु होइन ।

छात्रले सिक्नको लागि अलग कोण अप्नाउन सक्छन्। प्रश्न "रेट के हो?" के वैज्ञानिक, कवित्त, कला सम्बन्धी, साङ्गीतिक एवं भोगौलिक कोण छ।

बालिका शिक्षा कार्यक्रम, रङगारेड्डी जिला, आन्ध्रप्रदेश, भारत

भारतमा एमवी फाउन्डेशन (गैर सरकारी संस्था, आन्ध्रप्रदेश) ले बालिका शिशुश्रम रोक्ने दिशामा एउटा विशिष्ट दृष्टिकोण विकसित गरेको छ। यसको माध्यमबाट यस संस्थाले बँधुआ मजदूरी र बाल-श्रमका विरुद्ध जन समुदाय एवं सरकारलाई उत्प्रेरित गर्ने कार्य पनि गर्दै छ। घरेलू र बँधुआ मज़दूरहरूसम्म पुग्न र उनीहरूलाई स्कुलतक ल्याउनमा बालिका शिशु शिक्षा कार्यक्रमले कतिपय नवीन एवं उत्तम पद्धतिहरूको विकास गरेको छ।

यसले नागरिक समुदायको पारम्परिक सोच र सामाजिक मान्यतालाई चुनौती दिएको छ। बालिकाहरूले शिक्षा पाउने अधिकारभित्र ज्याला (लेख्य या ठेका) उपलब्ध गराइँदै छ। शिक्षा कार्यक्रमले उनीहरूसम्म पुग्ने बाधा हटाउने र त्यसको संरक्षण गर्नको लागि नवीन मार्ग प्रशस्त गरेको छ। यसले बालिकाहरूलाई मजदूरीको कार्यबाट हटाएर स्कुल पठाउने एउटा राम्रो बाटो बनेको छ।

बालिका शिशु श्रमको मुद्दामा सामुदायिक सक्रियताले निजी मुद्दाबाट हटाएर सार्वजनिक मुद्दा बनाइदिएको छ। यस मुद्दमाथि सामुदायिक बैठकमा पनि गम्भीर चर्चा भएको छ। यस बाहेक, स्कूली शिक्षा समितिले बालिकाहरूका लागि जरूरी शौचालय एवं सुरक्षाको आवश्यकता पूरा गर्न स्कुलको स्तरमा सुधारको पहल पनि गरेको छ। उनका अनुसार स्थानीय स्तरमा प्रशिक्षित बालिका शिशु कार्यकर्त्ता, जसले शिक्षा प्राप्त गर्ने बेलामा हुने यस प्रकारका असुविधाको अनुभव छ, बालिकाहरूद्वारा सामना गरिने यस प्रकारका समस्या राम्रो तरिकाले पत्तो लागाउन सक्छन्। उनीहरूले गहनतापूर्वक घर-घर गएर बालिकाको शिक्षाप्रति अभियान चलाए। परिणामस्वरूप ११ बालिकाहरूका माता-पिताले आफ्ना छोरीहरूलाई काममा जान रोकेर स्कुल पठाउने निर्णय गरे।

यिनीहरूले आफ्ना कार्यकर्तालाई गतिरोधात्मक कौशलका बारेमा प्रशिक्षण दिए साथै बालिका शिक्षा प्रोत्साहनको लागि त्यतुखेरसम्म बढावा दिइरहे जबसम्म उनका आमा-बाबाहरू छोरीलाई स्कुल पठाउन सहमत भएनन्। एक पटक आमा-बाबा बालिका शिक्षाप्रति तयार भए भने साना छोरीलाई स्कुल र ठुला छोरीलाई आवासीय विद्यालयमा नामाङ्कन गराइन्छ । उनीहरूले पहिला पढाइ छोडेका केटाकेटीहरूको निरीक्षण गरे, पछि काम गर्ने बालिकाहरूको पहिचान गरे। अनुभवको आदान-प्रदान र एक-अर्कालाई सहायता दिने जस्ता गतिविधिले महिला कार्यकर्ताहरूलाई एकजुट गराउन प्रेरित गर्छ । यी बालिकाहरू आफ्ना माता-पिता तथा समुदायका लागि सकारात्मक रोल मोडल बनेका छन्।। यिनीहरूले बाल-विवाहमाथि पनि प्रकाश पारेका छन् जुन गाउँका गम्भीर समस्या हुन्।

बालिका कार्यकर्ताहरूलाई यस कुराको पनि प्रशिक्षिण गरियो कि हर सार्वजनिक मन्चबाट महिलाका मुद्दा र बालिकाहरूको अधिकारहरूप्रति कसरी जागरूकता उत्पन्न गर्न सकिन्छ भनेर। यसका आधारभूत संरचनालाई विभिन्न समितिहरू (बालिका शिशु अधिकार संरक्षण तथा माता, पढाई गरिरहेका बालिका एवं युवा बालिका समिति) को माध्यमलाई जानेर बुझेर काम र ग्रामीण समुदायमा केन्द्रित गरियो जुन बालिका श्रमको विरुद्ध समाजमा जागरूकता ल्याउन प्रतिबद्ध छन्। इसके प्रति समाजमा जागरूकता ल्याउनको लागि नुक्कड नाटकहरूको पनि सहारा लिइयो । यसको असर यस्तो बयो कि माता-पिताले आफ्ना छोरीलाई बँधुआ मजदूरीबाट हटाएर उनीहरूलाई स्कुल र आवासीय विद्यालयहरूमा दाखिला गर्न थाले। यसले गर्दा स्कुल छोड्ने बालिकाको सङ्ख्यामा गिरावट आउन थाल्यो र नामाङ्कन गराउनेको सङ्ख्यामा वृद्धि भयो। यसका साथै, माता-पिता र अभिभावकसित बातचीत गरेर कतिपय बाल-विवाह पनि रद्द गराइयो। आज एमवी फाउनडेशन राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरमा बालश्रमको के उन्मूलन हेतु यस मोडललाई प्रस्तुत गर्न सक्षम छ र यस क्षेत्रमा यसले सफलताको उदाहरण पनि प्रस्तुत गरेको छ।

स्रोत : यूनेस्को

शिक्षाको अधिकारमाथि संयुक्त राष्ट्रको

प्रतिवेदन प्रतिवेदनले आफै विकलाङ्ग व्यक्तिहरूसित जोड्छ र शिक्षालाई आफूमा समाहित गर्नको लागि सङ्गठित प्रयासको आह्वान गराउँछ। यूनेस्कोबाट ठुलो इनपुट प्राप्त गर्नुका साथै यसले सामान्य ढाँचा, निगरानी र कार्यान्वयनका विभिन्न चुनौतिहरू समाप्त पार्छ।

महाराष्ट्रका स्कुलहरूमा नामाङ्कन अभियानमा तेजी

सर्वशिक्षा अभियानको एक भागका रूपमा वसन्त पुर्के (महाराष्ट्रका शिक्षा राज्यमन्त्री) तथा यूनीसेफको सहयोगबाट यवतमाल जिल्लामा एउटा जन अभियान चलाइयो, जसमा पालकले उनीहरूका केटाकेटीहरूलाई स्कुल पठाउने आग्रह गरिएको छ । यो अभियान ध्यानरथ परिक्रमाको रूपमा चलाइँदै छ। उनीहरू स्कुलमा नामाङ्कन गराउने सन्देश लिएर गाउँ-गाउँमा घुमिरहेका छन्।

कोलकाताका सडकहरूमा हरेक बच्चाहरूको गणना

कोलकाता नगर निगम, सरकारी विभाग, यूनीसेफ र गैर सरकारी संस्था कोलकाताका वञ्चित वर्गमा जन्मेका बच्चाहरूको जन्म प्रमाणपत्र जारी गर्नको लागि एकजुट भएका छन् ताकि उनीहरूसम्म स्वास्थ्य, शिक्षा, सेवाका सुविधा उपलब्ध गराउन सकियोस् र शोषणको विरुद्ध संरक्षण मिल्न सकोस्।

सम्बन्धित स्त्रोत

  1. thirteen.ओर्ग
  2. infed.org
2.88888888889
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top