होम / शिक्षा / बाल जगत / बाल विज्ञान जगत
सेयर
Views
  • State: Open for Edit

बाल विज्ञान जगत

वालक के हो, बालकको आफ्नो जगत के हो, बालकले पाउनु पर्ने हक तथा सुख सुविधा के हुन्-बारे विस्तृत प्रस्तुति यहाँ उल्लेख गरिएको छ।

वैज्ञानिक

प्रसिद्ध वैज्ञानिक आर्किमिडीज

आर्किमिडीज आजसम्मका सबैभन्दा महान वैज्ञानिकहरूमध्ये एकजना हुन्। धेरै वर्ष अघि अफ्रिकाको उत्तरी तटमा एउटा बस्ती थियो, जसको नाम कार्थेज थियो। रोम र कार्थेजका बीच धेरै वर्षसम्म युद्ध चलिरह्यो। यो युद्ध ‘प्यूनिक’ युद्धका नामले प्रसिद्ध छ। रोम र कार्थेजका बीचमा आर्किमिडीजको सिराक्युज नगर थियो। रोमन सेनापतिको नाम थियो मार्सेलुस। मार्सेलुसले सोच्यो, ‘‘हातमा आएको सिराक्युजलाई पनि कब्जा गर्नु पऱ्यो।” उसले सिराक्युजलाई घेऱ्यो र लगभग तीन वर्षसम्म यस ठाउँलाई आफ्नो कब्जामा राख्यो। यहाँ के भनिन्छ भने आफ्नो जन्मभूमिको रक्षाका लागि आर्किमिडीजद्वारा निर्माण गरिएका युद्धका मिसिनका कारणले नै मार्सेलुसलाई सिराक्युजमा प्रवेश गर्नबाट रोक्न सकियो।

आर्किमिडिजले सूर्यका किरणलाई जहाजमा केन्द्रित गर्नका लागि बनाए- गुणाकर मुले राजा हाइरोनले आर्किमिडीजलाई बोलाए र उनीसँग सहायता मागे। आर्किमिडिजले भने, ‘‘म रोमका युद्ध जहाजहरूलाई ध्वंश पार्न सक्छु।” “कसरी?’’ हाइरोनले सोधे। “बल्ने शीशाले।” आर्किमिडिजले उत्तर दिए। हाइरोन बोलेनन्। उनले केवल आफ्नो टाउको ह्ल्लाए। उनलाई लाग्यो कि सोच्ता-सोच्तै आर्किमिडिजको मस्तिष्क बिग्रेछ। त्यसैले उनी यस्तो असम्भव कुरा गर्दैछन्।

तर आर्किमिडिजले आफ्नो भनाइ सिद्ध गरेर देखाए। जब मार्सेलुसका जहाजहरू सिराक्युज पोर्ट नजिक आए, तब आर्किमिडिजले ‘बल्ने शीशा’ ती जहाजहरूमा केन्द्रित गराए। ती ‘शीशा’ धातुका प्लेटहरूले बनेका थिए। अत: ती विशाल धातुका-प्लेटहरूमा पर्ने सूर्यको प्रकाश अगिल्तिर परेका जहाजहरूमा पर्दथ्यो, जस्तै कि ‘मेग्निफाइङ्ग ग्लास’ जस्तै आवर्धक लेंसले बनिन्छ। यसरी जहाजमा आगो लागेर ती सबै ध्वंस हुने गर्दथे। धेरै मानिसहरू यस कुरालाई विश्वास गर्दैनथे। तर न्युटनले मत प्रकट गरे के भने आर्किमिडिजका सम्बन्धमा जुन कुरा भनिएको छ, त्यो असम्भव होइन। मार्सेलुसले माटो र पानी, दुवैतिरबाट सिराक्युज नगरमा आक्रमण गरेको थियो। आफू बाँच्ने कुनै उपाय नदेखेर सिराक्युज-निवासी आत्तिएका थिए। जब आर्किमिडिजले नयाँ यन्त्र बनाएर ती यन्त्रहरूका सहायताले ठूला-ठूला ढुङ्गा रोमन जहाज र सैनिकहरूमाथि फ्याके।

मार्सेलुसका जहाजहरू र सैनिकहरूमाथि आक्रमण हुँदा उसका सैनिकहरू कमिला मरे जस्तै मर्न थाले। मार्सेलुस बौलाहा जस्तै कराउन थाल्यो:

“ज्यामितिको यस दानवले हाम्रा जहाजलाई बटुको जस्तै समुद्रमा डुबाउन थल्यो। यसले हाम्रा सबै युद्ध-साधनहरूलाई बिकामे बनायो। के अब हामीले पराजय स्वीकार गर्नु पर्छ?’’ वास्तवमा आर्किमिडिजको बुद्धिले सबै कार्य गरेको थियो। अरू सबै शस्त्रहरू बेकार भइसकेका थिए। आर्किमिडिज एक्लैले नै आक्रमण र संरक्षण, दुवै काम सम्हालेका थिए। अन्तमा रोमन सैनिकहरू यति डराए कि उनीहरूले किल्लाको पर्खालमा यदि कुनै डोरी वा कुनै ठडिएको घारो देखे भने पनि, कराउन थाल्थे: ‘‘उता हेर! आर्किमिडिजले हामीलाई आक्रमण गर्नका लागि कुनै नयाँ इन्जिन तयार पारेको छ।” अनि सबै रोमन सैनिकहरू भाग्नतिर लाग्थे। आफ्ना सैनिकहरूको यस्तो दशा देखेर मार्सेलुसले सोझै युद्ध गर्ने तरिका त्यागो र धेरै दिनसम्म परैबाट सिराक्युजलाई घेरिरह्यो।

आर्कमिदीजको ‘‘पासो”

एउटा खास जोडाइ गरेको हुनाले यस क्रेनको बलोलाई तल-माथि गर्न र दायाँ-बायाँ पनि घुमाउन सकिन्छ। क्रेनका तल लगाइएको पासोमा (फोटोमा हेर्नुहोस्) आउँदै गरेको जहाजलाई फँसाइन्छ। त्यहाँ जोरिएका गोरुलाई क्रेन माथि उचाल्नका लागि पछिल्तिर हाँकिन्छ। त्यहाँ उझिण्डो (pulley) लगाएको हुनाले सजिलै उचाल्न सक्ने बल मिल्दछ। जहाज भारी त हुन्छ, तर पानीमा उत्रिने हुनाले यसलाई माथि उचाल्नका लागि थोरै बल हुँदा पनि हुन्छ।

जब जहाज निकै माथि उचालिन्छ, तब अचानक डोरीलाई ढिला छोडिन्छ। त्यसो गर्दा जहाज पानीमा थेचारिन्छ र डुब्छ।

विज्ञान लेख

 

अस्थिर धर्ती

आर. रामानुजन, तमिलनाडु साइन्स फोरम
अनुवाद: त्यागू रङ्गनाथन

जीविता केही चिन्तित देखिँदै थिई। "अलिकति पनि हावा लागेको छैन। राती पनि कस्तो उखुम छ" हजुरबाले भन्नु भो। उहाँ जीवितालाई हेरिरहनु भएको थियो। कुनै अरू चीजमा उसको ध्यान फँसेको उहाँलाई थाहा थियो।

हावा कतै हल्लेको पनि छैन। छतमा उखुम थियो। तारा जगमगाइ रहेका थिए। अक्कास माथि एउटा हावाजहाज उडिरहेको थियो।
“हजुरबा, ज्वालामुखी किन फुटेर निस्कन्छ?
" जीविताले सोधी।
“अँ.., मलाई थाहा थियो तँ कुनै चीजका बारेमा सोच्दै थिइस् तैले सोधिस्।

किन अहिले तँ ज्वालामुखीका बारेमा जान्न चाहन्छेस्?’’ हजुरबाले सोध्नुभयो।
“तपाईँले टिभीमा देख्नु भएन, हजुरबा? इन्डोनेशियामा ज्वालामुखी फुटेर निस्केको थियो र सबै मान्छे यता उता भाग्दै थिए।” 
“हो ---- मैले देखेँ। यहाँ पनि त्यस्तो हुन्छ भन्ने डर तँलाई लाग्छ?’’
“हो हजुरबा। तीन वर्ष अघि यहाँ सुनामी आएको थियो र मलाई थाहा छ कि त्यस ठाउँमा भुइँचालो पनि आएको थियो र फेरि त्यस ठाउँमा ज्वालामुखी फुट्यो भने समस्या हुन सक्छ?’’
हजुरबाले जीविताको चिन्ता थाहा पाउनु भयो। उहाँले भन्नुभयो ज्वालामुखीको प्रभाव त्यस पर्वतको छेउछाउ केही किलोमिटरसम्म सीमित हुन्छ।
“जुन लावा पर्वतबाट निस्कन्छ के त्यो धर्ती तल हुन्छ?’’
“हो। यो तातो द्रव्य तल उम्लिइरहन्छ। यो कति तातो हुन्छ भने यसले सबै धातुलाई गलाउन सक्छ।”
“के यो लावा हाम्रो घरको तल पनि छ?”
“हो, हो, सारा पृथ्वी नै यस खालको छ। हामी जसलाई धर्ती भन्दछौँ त्यो एउटा ढुङ्गो हो, जुनचाहिँ एउटा प्लेट जस्तै छ। त्यस प्लेटको तलतिर एसिड र त्यो तातो मिश्रण भरिएको छ।”

“के यो प्लेट स्थिर हुन्छ?’’
“हँ, हँ! के कुनै पनि प्लेट जुनचाहिँ द्रव्यमाथि उत्रिरहेको हुन्छ त्यो कहाँ स्थिर रहन सक्छ? त्यो हल्लिन्छ। जुनचाहिँ महाद्वीपमा हामी बस्छौँ त्यो सर्ने गर्दछ। शहर, पाहाड़ सबै हल्लिने गर्दछन्।”
जीविता छक्क परी। ऊ एकछिन चुप लागि। अलि अलि हावा चल्ने थाल्यो।‘‘ यो चाहिँ धेरै अचम्म लाग्दछ। यो माटो यत्ति स्थिर देखिन्छ, यो कसरी हल्लिन्छ? कुनै दिन जब भूइँचालो आउँछ, एक-दुईपल्ट त हल्लिन सक्छ, तर सधैँ यो कसरी हल्लिन सक्छ?’’
हजुरबा धेरै खुसी हुनुभयो। उहाँकी नातिनीले यसरी प्रश्न गर्नु धेरै राम्रो थियो। हजुरबाले उसलाई धेरैपल्ट भन्नु भएको थियो के भने सुनेका सबै कुरामा विश्वास गर्नु हुँदैन। “तँलाई मेरा कुरामा पत्यारो लागेको छैन यहाँ छक्क पर्ने कुनै केही कुरा छैन। वैज्ञानिकहरूले पनि यस मतलाई 50-60 वर्षसम्म मानेनन्। धेरै विरोध पश्चात् आखिरमा उनीहरूले यस कुरालाई स्वीकार गरे।”
“ओहो! यस बारेमा सबैभन्दा पहिले कसले सोच्यो?’’
सिरिरी हावा चल्न थाल्यो र हजुरबा कथा भन्न थाल्नु भयो।
फ्रेङ्क देलर नाम गरेका वैज्ञानिकले1908 मा एउटा किताब लेखे। त्यस किताबमा उनले यस्तो मत प्रकाश गरे कि दुइटा महाद्विपहरूको आपसमा हुने भिडन्तका कारण पर्वत बन्दछन्। विज्ञानका दुनियाँमा देलरका कुरालाई केवल उनको कल्पना मात्र हो भनेर हावामा उडाए।

तर बितेका 30 साल भित्रमा उनका तर्कको पक्षमा धेरै प्रमाण फेला परे। यस्तो पनि थाहा भयो के भने शीत युगका कतिपय जीवहरू जुनचाहिँ अमेरिका महाद्वीपमा पाइएका थिए, ती युरोप महाद्वीपमा पनि भेटाइयो। एकै खालका ढुङ्गाहरू युरोप र अमेरिका दुवैमा भेटाइयो। यस्तो लाग्दथ्यो जबकि कुनै एक समय यी दुवै महाद्वीप आपस्तमा जोडिएका थिए र पछि अलग्गै भए।

तर कसैले यो बुझेनन् यो कसरी भयो होला। त्यस समयका वैज्ञानिकहरू पृथ्वीलाई एउटा ‘तातो फल’ जस्तै सोच्तथे। एउटा यस्तो फल जुनचाहिँ भित्रतिर धेरै तातो छ र बाहिर जसका खस्रा बोक्रा छन्। त्यसैका खस्रा बोक्रामा नै पर्वत र धर्तीका अरू सृष्टिहरू छन्। यदि पृथ्वीको यो परिकल्पना ठीक थियो भने, त चन्द्रमाको सतह जस्तै पृथ्वीमा धेरै ठूला खाल्डा हुनु पर्थ्यो र सबै पर्वतहरूको आकार एउटै जस्तो हुनु पर्थ्यो।

तब वैज्ञानिकहरूसँग भिन्ना-भिन्नै महाद्वीपहरूमा उस्तै ढुङ्गाहरू र जीवहरूका बारेमा के जवाब थियो? उनको भनाइ थियो कुनै एक समयमा महासागरहरूमा विशाल भूमिको पुल थियो होला। शोधकर्ताहरूले मानचित्रहरूमा यी पुलहरूका लागि रेखाहरू पनि बनाए तर यस ‘पुल’को व्याख्यासँग पनि समस्याहरू थिए। एउटा जीव केवल युरोप र कनाडामा भेटाइयो, जुनचाहिँ 3000 किलोमीटर टाढा थियो। तर ती जीवहरू पुलमा स्थित उत्तरी अमेरिकामा भेटिएन, जुनचाहिँ कनाडाबाट केवल 200 किलोमीटर टाढा थियो। त्यसैले यस मतमा विश्वास गर्नु कठिन थियो।
धर्तीका प्लेटहरू कसरी जोडिएका छन् र कसरी सर्छन्, यो1994 मा एकजना अङ्ग्रेज वैज्ञानिक आर्थर होम्सले बताए। महाद्वीपहरू सर्नु र पर्वतहरू बनिनुजस्ता सबै चीजहरूको व्याख्या उनले गरे। जबकि1915 मा एकजना जर्मन वैज्ञानिक वैगानरले पनि यही कुरा भनेका थिए, त्यस समय सारा दुनियाँ नै पहिलो विश्वयुद्धमा यति तल्लिन थियो कि कसैले उनका कुरामा कुनै ध्यान नै दिएनन्।

धर्तीक माथिल्लो सतहमा पेट्रोलियमको खोजी गर्ने इन्जिनियहरूलाई त पहिले नै थाहा लागि सकेको थियो के भने धर्ती सधैँ हिँडदछ। तर अफसोस के छ भने वैज्ञानिकहरूर इन्जिनियरहरूका बीचमा थोरै मात्रामा कुराकानी हुन्थ्यो।

1950 को दशकमा स्थिति धेरै सफा भइसकेको थियो। यो स्पष्ट भइसकेको थियो के भने केवल महाद्वीप मात्रै होइन, समुद्रको तल पनि सधैँ सर्ने गर्दछ। पृथ्वीका सबैभन्दा ठूला पर्वत श्रृङ्खलाहरू समुद्रभित्र छन्। जुन कुरो धेरै अगिदेखि सुल्झेको थिएन, त्यो अचेल सुल्झिँदै छ।
यो पनि थाहा हुन थालेको छ के भने नदिले लगेर हालेको माटो के हुन्छ। उदाहरणका लागि भन्नु पर्दा थोरैमा 50 करोड टन केल्शियम प्रति वर्ष नदिले लगेर समुद्र तल हाल्ने गर्दछ। यस्तो हुँदा समुद्रको तली किन अग्लो नहोस्? असलमा सर्दै गरेको समुद्र तलमा यो हिलो फैलिने गर्दछ। पृथ्वीको भित्री भाग न्युक्लीय ऊर्जाका कारणले उम्लिइरहने गर्दछ।

महाद्वीपहरू सर्नु
प्लेटहरू सर्ने गर्दा भूइँचालो आउनु, शीत युगमा फेरबदल हुनु, द्वीपहरू अग्लो हुनुजस्ता धेरै चीजहरूका बारेमा जान्न सकिन्छ।

हामी महाद्वीपहरू सर्ने बारेमा के भविष्यवाणी गर्न सक्छौँ? शायद एक दिन अफ्रिका महाद्वीप युरोपबाट छुट्टिन्छ। कतिपय मानिसको भनाई छ पेरिसदेखि कलकत्तासम्म एउटा पर्वत श्रृङ्खला बनिने छ। जहाँसम्म हामीलाई थाहा छ, प्लेटहरू सर्ने प्रक्रिया केवल धर्तीमा मात्र हुन्छ। यस्तो किन हुन्छ हामीलाई थाहा छैन।

हामी जुन बाटाबाट आयौँ

आर. रामानुजम हिन्दी अनुवाद- त्यागु

“नमस्ते । तपाईँको नाम के हो?”
“जीविता।”
“नमस्ते जीविता, तपाईँ कहाँबाट आउदै हुनुहुन्छ?”
“भोपालबाट”
“तपाईँ कहाँ बस्नु हन्छ?”
“म जबलपुर नजिक शाहपुरामा बस्छु। तर म भोपालमा हुर्केकी हुँ।”
“अँ, तपाईँका हजुरबा-हजुर आमा” “शाहपुराकै हुनुहुन्छ?”
“अँ, तपाईँकी आमाकी हजुर आमा?”
जीविताले हाँसेर भनी, ‘‘उहाँहरू पनि त्यही छेउछाउकै हुनुपर्छ।”
“ए, र हजुरआमाकी हजुरआमा?”
एक मिनिट! एकछिन सोच्नुहोस्! तपाईँ अहिले यस ठाउँमा बसेर यो लेख कसरी पढदै हुनुहुन्छ, म ‘तपाईँ’ भनेर जसलाई भन्दैछु, त्यो कसरी बनिएको हो। हजारौँ अरब परमाणु कुनै तरिकाले मिलेर एउटा रूप बनाएर, त्यस रूपलाई नबिगार्न धेरै कठिन प्रयासमा लागेको छ। ऊ जतिखेर पनि यस कार्यमा जुटेको छ र धेरै वर्षसम्म यी परमाणुहरूका काम धेरै हुन्छन्। धेरै कुशल तरिकाले एक अर्काको सहाय लिएर सामुहिक परिश्रम गरेर मात्रै यी परमाणुले तपाईँलाई कायम राख्नेछन्। एउटा समयमा तपाईँको मृत्यु हुन्छ। तब यी परमाणुले नयाँ रूप लिन्छन्। अरू नयाँ परमाणुहरूसँग मिलेर अर्को नयाँ रूप बनाउछन्।
“टाउको दुख्यो कि क्या हो! होइन, होइन। तपाईँले केवल यो कुरा जान्नु पर्दछ कि हामी सबै परमाणुहरूले बनेका हौँ। तपाईँ र म मात्र होइन, तपाईँको ‘इन्द्रधनुष’ पनि यसलाई लेखेका बेला मेरा हातमा जुन कलम छ, त्यो पनि, यसमा जति छन्, यी सबै परमाणुहरूले बनिएका हुन्।
तर यी सबै परमाणुले यति कष्ट गरेर तपाईँ र मलाई किन बनाएका, यो एउटा बुझ्न नसकिने कुरा हो। परमाणुलाई तपाईँको शरीरमा वा मेरा शरीर भित्र बस्ने कुनै रहर छैन। रासायनिक तरिकाले हेर्ने हो भने जीवन यत्ति विशेष घटना होइन-कार्बन, नाइट्रोजेन अक्सिजेन, अलिकति केल्शियम र अलिकति अरू साधरण तत्वहरू छन् यतिनै हो।
ब्रह्माण्डका धेरै ठाउँमा रहे पनि परमाणुहले केवल पृथ्वीमा मात्रै; यसरी मिलेर तपाईँ र मलाई बनाएको हो। यो कस्तो चमत्कार हो, आजसम्म मैले बुझ्न सकिन।
“तर जीवन भए वा नभए पनि, परमाणुले नै मिलेर ढुङ्गा, पानी र राती चम्किने तारा समेत बनाएको हो।”
अँ, परमाणु कहाँबाट आए त। के कुनै समय यो ब्रह्माण्ड परमाणुहरू नभइ पनि थियो त? यसको उत्तर त्यति सजिलो छैन, तर हामीले यो प्रश्न सोध्नु पर्छ किनकि परमाणु सबै ठाउँमा फैलेका छन्।
अब यस्तो चाखलाग्दो कुरा बुझ्नका लागि हाम्रो केवल परमाणुको मात्र होइन, जीव विज्ञानको पनि ज्ञान हुनुपर्छ। पृथ्वीबाट धेरै जीवहरू लुप्त भइसके। (हाम्रो यो आश्चर्यजनक ग्रहमा धेरै जीवहरू जन्मिनुका साथै, कतिपय लुप्त हुनु पनि धेरै मात्रामा छक्क पर्नु हो।)
कुनै पनि जीवहरू पृथ्वीमा लगभग 40 करोड वर्षसम्म रहन्छन्। तर ‘‘तपाईँ” योभन्दा पनि धेरै समयसम्म रहन चाहनु हुन्छ भने, त अरू कुनै जीवको रूप लिँदा मात्रै यो सम्भव हुन्छ।
फेरि एकपल्ट जीविताकी हजुरआमाकी हजुरआमाकी हजुरआमाका बारेमा सोच्नुहोस्। उनी कहाँ बस्थिन? र उनकी हजुरआमाकी हजुरआमा?

बितेका 3800 करोड वर्षमा तपाईँका पूर्वजहरू आउँदो पीँढिलाई जन्माउनेसम्म जिउँदा रहने गर्छन्। पानीमा नडुबी, भोकले नमरी चिसोमा नजमी, प्रकृतिका धेरै खतराहरूबाट बचेर डी. एन. ए. को एउटा मेलद्वारा तपाईं बनिनु भएको हो। एकछिन सोच्नुहोस्, तिनलाई थाहा नै थिएन कुनै दिन तपाईँ यहाँ यसरी बस्नु भएको थियो होला। तापनि परमाणुकै कारण यो सम्भव भएको हो।

“परमाणुदेखि लिएर तपाईँसम्म यो धेरै रोमाञ्चक कुरा हो। यसका बारेमा हामीलाई कसरी थाहा भयो, यो एउटा ‘कथा’ भन्दा पनि धेरै रोमाञ्चक छ। हाम्रो जीवनकाल सामान्यतया 6 लाख घण्टाको मात्र हो। यस्तो चाखलाग्दो कुराका लागि यो जीवनकाल धेरै थोर हो।

तापनि, चढौँ। यो हावाजाहाज उडनै आँटेको छ, धेरै माथिबाट……… हामी जुन बाटोबाट आएका हौँ, त्यो बाटो देख्नेवाला छौँ। र यो धेरै लामो छ।

एक क्षणमा ब्रह्माण्ड

- आर. रामानुजम, तमिलनाडु साइन्स फोरम,

हजुरबा बसेर पान खाइरहनु भएको थियो। जीविता उनका
काखमा बसेर हेर्दै थिई। ऊ धेरैबेरसम्म चुप लागेर बसिरहेकी थिई। हजुरबाले भन्नुभयो, "जीविता, आज तिमी के सोच्दै छौ?" दुवै छतमा बसेका थिए,चिसो हावा चलिरहेको थियो।
"हजुरबा, माथि तारा देखिइरहेका छन्, ती कत्ति टाढा छन्?";
हजुरबाले हाँस्तै सोध्नुभयो, "किन, जीवितालाई त्यहाँ जानु छ?"

"हाम्रो पृथ्वी यस्तै एउटा ताराबाट छुट्टिएर आएको होइन र? मलाई मालिनी दिदीले भनेकी थिई। त्यसोभए त्यो कति टाढाबाट आएको होला?"

"यस्तै कुनै ताराबाट आएको होइन, यो एउटा यस्तो तारोबाट आएको हो जसलाई हामी राम्रोसँग जान्दछौँ। त्यो तारो हाम्रो धेरै नजिक छ।"

"यदि त्यो हाम्रो धेरै नजिक छ भने त देख्नमा धेरै ठूलो छ होला?’’

"हो! तिमीले त्यसको चम्किलोपन हेर्न नसकि सधैँ त्यसको सामु आफ्ना आँखा बन्द गर्दछ्यौ। त्यही नै हाम्रो पृथ्वीकी आमा हो।"

"हजुरबा, के तपाईँ सूर्य को कुरा गर्दै हुनुहन्छ? सूर्य  त डल्लै आगोले भरिएको छ।

त्यसबाट पृथ्वी कसरी आउन सक्छ?’’
“केवल सूर्य मात्र होइन, सबै तारा जतिखेर पनि जलिरहन्छन्। त्यही उज्यालो हामी देख्छौँ। हाम्रो सूर्य परिवारका सबै ग्रहहरू सूर्यबाटै बनेका हुन्।”
“जुन पनि?’’
“सबै! सूर्यमा विस्फोट हुनाले सबै चीजहरू बनिएका हुन्।”
जीविता छक्क पर्दै सोधी, ‘‘त्यसोभए सूर्य कहाँबाट आयो त?’’
वाह अति राम्रो प्रश्न!” त्यतिबेला नै तलबाट आमाले बोलाउनु भयो, ‘जीविता, आउ दूध
खाउ! सुत्न ढिलो भइसक्यो।’

यस्ता चाखलाग्दा कुरा चलिरहेका बेला हजुरबालाई छोडेर जान जीवितालाई मन लागेको थिएन। हजुरबाले बुझ्नु भयो। भन्नुभो ‘‘जीविता, गएर दूध खाएर आउ। रहेको पछि भनौँला।” जीविता चाँढै गएर दूध खाएर आई।

फर्केर आएपछि हजुरबाले भन्नु भयो, ‘‘हामी कथा सुरु गरौँ? हाम्रा सूर्य मात्र होइन, सबै तारा, नक्षत्र मण्डल- कहाँबाट आएका हुन् कहाँ जाँदैछन्- यस प्रश्नले मानिसलाई धेरै वर्षदेखि सोच्न बाध्य गराइरहेको छ। अहिले हामी केही उत्तरहरू भेटाउदै छौँ।

जीविता, केवल नक्षत्रहरूको मात्र होइन, ब्रह्माण्डका सबैथोक एकै दिन जन्मभएको हो। तिमी, म, यो छत, यो बादल, त्यहाँका ग्रह, तारा, सबै परमाणुले बनिएको हो। परमाणुका बारेमा सुनेकी छौ?’’

“अँहजुरबा, दुनियाँमा सबैथोक परमाणुले बनिएको हो। तर म यो जान्दिन।” जीविताको आवाजमा उत्सुकता थियो।

“अरे, अहिले तिमी सानी नानी छौ। चिन्ता नगर, ठूली भए पछि यो जान्नका लागि वैज्ञानिक बनिने छौ।” हजुरबाले फेरि भन्नुभयो, ‘‘तिम्रो प्रश्न यही हो कि परमाणु कहिले जन्मिए, कहाँबाट आए?’’

जीविता खुसी भइ। ‘‘हो, यी परमाणु कहाँबाट आए?’’ ‘‘त्यही भन्दै छु। सारा परमाणुहरूको जन्म दिन मात्र होइन, जन्म समय पनि एउटै हो।”

“सारा परमाणु? के ती एउटा ठूलो तारोबाट आएका थिए?’’ ‘‘यो कसरी हुन सक्छ? अब हेर, यदि मैले भने कि सबै परमाणु एउटै ताराबाट आएका हुन्, तब तिमीले सोध्छौ त्यो तारो कहाँबाट आयो? त्यसैले यो हुन सक्तैन।

हाम्रो ब्रह्माण्डमा जे छन् ती सबै एउटै क्षणमा बनिएका हुन्। ब्रह्माण्डमा जे चीजहरू छन्, ती सबैलाई यदि एउटा बिन्दुमा राखियो भने त्यो अं का माथिको बिन्दुको एक लाखऔँ भागमा मिल्दछ। त्यो अति घन बिन्दुबाट नै ब्रह्माण्डको जन्म भएको हो।”
“त्यस बिन्दुलाई छोडेर के अरू केही थिएन?’’

“त्यो बिन्दुभन्दा पर केही थिएन किनकि त्यो बिन्दु नै ब्रह्माण्ड थियो। ब्रह्माण्ड नै साँगुरिएर त्यो बिन्दु बनेको हो। त्यसै त त्यो बिन्दुको बाहिरी स्थानजस्तो केही हुँदैन। जब तिमी त्यस बिन्दुको कुरा गर्दै छौ त समय र स्थान त्यसमा लागु हुँदैन।

“त्यहाँ परमाणु कसरी आयो?’’
“ओह,यसलाई शब्दमा भन्न सकिँदैन, केवल कल्पना गर्न सकिन्छ- एकैचोटि, एउटा ठूलो चट्याङले यो बिन्दु ठूलो भएर अक्कास जस्तो भएर फैलियो र अन्तरिक्ष बनियो, ब्रह्माण्ड बनियो। त्यसको एकैछिन पछि जसलाई गुरुत्वाकर्षण बल भनिन्छ (gravity) यो बनियो। त्यसको एक मिनिट भित्रमा ब्रह्माण्ड एक लाख करोड किलोमीटर टाढासम्म फैलियो। यो फैलाउ अझ धेरै छिटो बढदै जाँदैछ।

अति धेरै तापमान- हजार करोड डिग्री सेल्सियसमा धेरै परमाणु क्रियाहरू भए। त्यस समयमा हाइड्रोजेन र हलियम ग्याँसहरू धेरै मात्रामा थियो। तिमी यी सबै चीजहरूका बारेमा जान्दिनौ नि त?’’

जीविताले भनी, ‘‘होइन। मलाई केवल अक्सिजेनका बारेमा थाहा छ।”

“जन्मको तीन मिनिट भित्रमा ब्रह्माण्डका सबै चीजहरू बनिए। करीब 98 प्रतिशत ब्रह्माण्ड तयार भयो!
यति ठूलो र राम्रो ब्रह्माण्ड तीन मिनिटमा!

तिमी आफ्ना हातको कुरकुरे खानका लागि जति समय खर्च गर्छ्यौ, त्यति समयमा यो ब्रह्माण्ड!’’ जीविता आँ गरेर यी कुराहरू सुनिरहेकी थिई।

“हजुरबा, यो कति वर्ष अगिको कुरा हो?’’
“ठीक सोधेउ! मैले कतै पढेको थिएँ करीब 1370  करोड वर्ष। तर यी सबका लागि एउटै उत्तर कहाँ हुन्छ? धेरै वैज्ञानिकहरू भन्दछन् 2000 करोड वर्ष, त कोही 1000 करोड वर्ष!’’ “यी सबै कुराहरू वैज्ञानिकहरूलाई मात्र किन थाहा हुन्छ?’’

जीवितालाई अलि अलि निन्द्रा लाग्न थाल्यो।

“यस्तै सोध न, मेरी पुतली! 1920 मा बेल्जियमका एकजना पुरोहितले भनेका थिए ब्रह्माण्ड यसरी एउटा चट्याङ्मा बनेको थियो। उनको नाम जर्ज लेमेन्तरी थियो। तर कसैले उनका कुरामा ध्यान दिएनन्। 1965 मा अमेरिकाका दुईजना मान्छेले फेरि यही कुरा भने।”

जीविता हाइ काढदै थिई। यो देखेर हजुरबाले भन्नुभयो, ‘‘यो खोज नै एउटा ठूलो कथा हो। रहेको म भोलि सुनाउने छु। अब गएर सुत।”

त्यो राती सपनामा जीविताले एउटा ठूलो प्रकाश देखि।

दुनियाँ बल्न थाल्यो!

दुनियाँ जल्न थालेको छ’ वा ‘गर्मी बढ़दै छ’ जस्ता कतिपय कुराहरू आज दुनियाँका सारा खबर कागजहरू बोल्दैछन्, खासगरी गएको दुई महिनादेखि। यस्तो गएको दुई महिनाहरूमा के भयो?

असलमा दुई महिना होइन, बितेका  करीब अढाई सय सालहरूमा भएको हो- जुनचाहिँ अहिले धेरै मात्रा हुँदै जाँदै छ- धर्तीमा गर्मी धेरै बढदै जाँदै छ। साधारणतः यसलाई ‘ग्लोबेल वार्मिंग’(Global warming) भनिन्छ।

यदि धर्तीमा तातो बढदै गएको छ भने यस्तो चिन्ता गर्नु पर्ने के छ? धर्तीमा चिसो ठाउँ पनि छ? फेरि गर्मी इलाकामा पनि जाडो त आउछ। गर्मीमा पनि हामीसँग गर्मीबाट लडने तरिका पनि छन्- पङ्खा, कुलर, बरफ, एयर कन्डिशनर, घडा आदि…… तब फेरि यस्तो हो हल्ला किन गर्नु?

हालैमा एउटा रिपोर्ट आएको छ, जसमा दुनियाँका 40 देशहरूका लगभग 25,000 वैज्ञानिकहरूले धेरै गहिरो छानबिन गरे- धेरै अध्ययन गरेर त्यस्ता खतराहरूका बारेमा धेरै जोड दिए, जस बारेमा बितेका धेरै दशक देखि चलिरहेको थियो। यस रिपोर्टको नाम हो-IPCC (Inter governmental panel on climate change)

रिपोर्ट बनाउने सबै मान्छेको भनाई छ- स्थिति खतरनाक हुँदै जाँदैछ, यदि सारा दुनियाँका देश र मानिसहरू अहिले नै चेतेनन् भने भयङ्कर विनाश हुनेछ- र यो बर्वाद हुनुमा मानिसको सभ्यता स्वयम् जिम्मेवार हुनेछ- यो बर्वादी उसैले ल्याएको हो भनिन्छ।

आउनुहोस् हेरौँ त कस्ता समस्याहरू देखा परे:

  • पृथ्वीमा आजसम्मको सबैभन्दा गर्मी भएका 12 वर्षहरूमध्ये (जहिलेदेखि 1850 मा मानिसले धर्तीको तापमान नाप्न शुरू गरे) बितेका 11 वर्ष सर्वाधिक गर्मी रहेको छ।
  • उत्तरी ध्रुवमा गर्मी अति बेगले बढी रहेको छ। योभन्दा पहिले ध्रुव प्रदेशमा सवा लाख वर्ष अघि यस्तो गर्मी भएको थियो, र त्यहाँ जमेको बरफ धेरै मात्रामा गल्न थालेको छ।
  • पृथ्वीको वायुमण्डलमा यस्ता ग्याँस जसले वातावरणलाई तातो पार्दछन्- कार्बन डाइअक्साइड, मिथेन र नाइट्रेस अक्साइड डरलाग्दो रूपमा बढेको छ, यदि केवल CO2 को कुरा गर्ने हो भने आज जति यो ग्याँस हावामा छ त्यो बितेको साढे छ: लाख वर्षमा थिएन। र यी ग्याँसहरू मानिसले बढाएका हुन्।
  • पृथ्वीको माथिल्लो अक्षांशमा (भनै ठण्डा ठाउँ) मा झरी बढदै छ र तल्लो अक्षांशमा (भनै गर्मी इलाका) (जस्तै भारत) मा पानीको मात्रा घटतै छ।
  • सागरले धेरैजसो गर्मी चुसेर आफैँ तातो भइरहेको छ, जसले गर्दा त्यहाँको पानी फैलिँदै छ तथा समुद्रको तली अग्लिँदै जाँदै छ। यस करणले पनि समुद्रको तली अग्लो हुँदै छ र स्थाइ रूपमा जमेको बरफ पग्लिएर जानाले पनि।
  • जाडो दिन, जाडो राती, जाडो, घटतै जाँदै छ र गर्मीका रात, दिन र गर्मीको लहर धेरै हुँदै छ।
  • भारतमा ग्लेशियर (हिम नदी) जसबाट पग्लेको बरफले वर्षैभरि नदीहरूमा पानी पाइन्छ र त्यसको फैलाउको क्षेत्र 1962 देखि 2004 का बीच साँगुरिएर कुल 32 प्रतिशत रहेको छ।

जीव जन्तुहरूमा तापमानको प्रभाव

पोर्टारिकाका वर्षावनहरूमा पहिलोपल्ट भ्यागुताको टर्र-टर्र राती सुनिन छोडियो। अति मात्रामा गर्मी बढेका कारण भ्यागुताका शरीरको माथिल्लो भागमा फोका निस्कने बिमारीले हमला गरिसकेको छ। यहाँका17वटा भ्यागुताका प्रजातिहरूमध्ये 3 वटा प्रजाति लुप्त भएर 7-8 वटा प्रजातिहरू घटतै जाँदै छन्।

बढदो तापमानले गर्दा संसारभरका सागरहरूमा रहेका मूगाका (coral) द्वीपहरूमा रहेका रङ-बिरङ्गका रङ गायब हुँदै जाँदै छन्। यतिमात्र होइन, मूगाका जीवहरूमा बढदै गरेको गर्मीका कारण नयाँ ढाँचा बनाउने क्षमता घटतै जाँदै छ। मूगाको लाखौँ माइलसम्म फैलिएको अति सुन्दर ढुङ्गाहरू जसमा हजारौँ जीवहरूका प्रजातिहरू बस्दछन्, बढदै गरेको गर्मीको खतरामा परेका छन्।

मूगा धेरै चिसो इलाकामा जहाँ कुनै समय अति धेरै चिसो भएका कारण जहाँ पिस्सु भन्ने चीज थिएन, हालैमा पिस्सुले जनावर र मानिसमा बिमारी फैलाउदै गरेको देख्न पाइन्छ। जानुवारीको महिनामा पनि त्यहाँ पिस्सु देख्न पाइन्छ।

जसै-जसै ध्रुवहरूमा बरफ पग्लिँदै छ र पानी तातो हुँदै छ, ध्रुवका सेता भालुहरूको जीवन कठिन हुँदै जाँदै छ। ती सबै खाद्यको खोजीमा मास्तिर जाँदै छन्। यस्तै हालत रह्यो भने आउदो 2050 सम्ममा ती सबै दुनियाँबाटै लुप्त हुने छन्।

सेनेगलमा घटतो वा बदलिँदो झरी र सुक्खा मौसमले गर्दा डिम्बका लाखौँ रूख मरे।

कोस माछो जुनताहिँ दुनियाँका धरै मान्छेको खाद्यको धेरै ठूलो स्रोत हो, तिनको सङ्ख्यामा पनि कमी आएको छ किनकि समुद्र तातो भएको हुनाले तिनको खोराकी प्लैङ्कटन नामको जीव जलधरामा कोसमाछोसँगै अन्तै जाँदै छन्।

वैज्ञानिकहरूको भनाई छ संसारको तापमान यदि 2 देखि 4 डिग्री फरेनहाइट अरू बढ्यो भने त संसारका एक-तिहाइ जीव प्रजातिहरू आफ्नो आवासबाट अन्त कतै जान्छन् वा लुप्त हुन्छन्। प्रायः10 लाख प्रजातिहरू खतरामा परेका छन्!

बढदो तापमानकारू खतराहरू

वैज्ञानिकहरूको भनाइ छ बढदो तापमानको अरू खतरा हुन सक्छन्:

  • दुनियाँमा अति वर्षा, बाढी, सुक्खा, हुरी, भुमरीजस्ता आपात स्थितिहरू धेरै बढनु।
  • गर्मी अक्षांशहरूमा पानी घट्नु सुकखाजस्तो स्थिति हुनाले कृषिको उत्पादन घट्नु।
  • जाडो मौसममा द्रुत गतिमा बरफ गल्नाले गर्मीमा नदिमा पानी कम हुनु।
  • भारतजस्तो देशमा 7000 किलोमीटर लामो समुद्र तट छ र भारतको एक चौथाइ जनसङख्या तटको5 0 किलोमीटर भित्र बस्दछन्, समुद्रको जलस्तर बढनाले माटो डुब्ने, खेत, घर, बस्तीहरू वा नगर ध्वंश हुनु, नुनिलो पानी तटभित्र पस्नु जस्ता खतरनाक प्रभाव पर्न सक्छन्।
  • जुन देश लगभग जम्मै द्वीप हो र समुद्र तटमा नै बसेको छ, जस्तै बाङ्गलादेश, मालद्वीप, मरिशस आदि, उनीहरूका लागि ठूलो खतरा छ।
  • मलेरियाजस्ता रोगहरू र तिनलाई फैलाउने जर्महरूले अरू इलाकाहरूमा हमला गर्नु।
  • धानजस्तो धेरै पानी चाहिने फसलहरूको खेतीमा कमी आउनु।
  • यी सबै प्रभावहरूको सबैभन्दा धेरै चोट गरीबहरूमाथि पर्दछ जुनचाहिँ बाढी र सुक्खाले उनीहरूलाई बचाउन सक्दैन, जसलाई पानीका लागि टाढा जानु पर्छ, जसको खेती केवल पानीमा निर्भर रहेको छ, जो वनहरूमा धेरै निर्भर गरेका हुन्छन् साथै मछुवाहरू पनि।

जिम्मेदार को हो?
यो कुरा स्पष्ट छ कि धर्तीको यस्तो हालत बनाउनमा मानिस नै जिम्मेदार हुन्। 1750 को छेउ-छाउमा जब औद्योगिक युग सुरु भयो, मानिसले अत्याधिक मात्रामा कोइला, पेट्रोल, डीजेल, दाउरा र प्राकृतिक ग्याँस बालेर अत्याधिक मात्रामा कार्बन डाइअक्साइड बढाए वा जुनचाहिँ एउटा प्रमुख ग्रीन हाउस ग्याँस छ (यस्तो ग्याँस जसले गर्मी तानेर राख्ने गर्दछ) हुन सक्छ संसारका सबैभन्दा धेरै धनी र विकसित देशहरूले गरेका हुन् जसले आफ्नो विकास गर्ने प्रक्रियामा अनगन्ती उद्योग खोले र गाड़ीहरूको सङ्ख्या बढाउने कार्य गर्नाले भएको हो। दुःखको कुरा के हो भने गरीब वा विकासशील देशहरू (जस्तै भारतका) धनी मानिसहरूले पनि ठीक त्यस्तै बाटो रोज्दै छन्- धर्तीका सबै संसाधनहरूको निस्फिर्की प्रयोग गरेर धर्तीलाई सधैँका लागि दूषित गरेका छन्। तर पनि फेरि यसबाट जे जति हानी हुन्छ त्यसलाई सबैभन्दा पहिले गरीबले नै भोग्नु पर्छ, चाहे त्यो गरीब देश होस् वा गरीब परिवार। पानीको खाँचो होस् वा अन्नको, सबैभन्दा पहिले भोकमरी र दुरवस्था गरीबले नै झेल्नु पर्छ। संसारभरका देशहरूमा गरीब देश अहिलेसम्म आफ्ना जनताका लागि अन्न, ऊर्जा, बिजुली, पानी, बाटो र उद्योग जुटाउनमा लागेका छन् – उनीहरूले हालैमा विकासका लागि धेरै नयाँ उद्योग बनाउनै छ – यस्तो हुँदा उनीहरूले संसारको वायुमण्डलको सफाइ कसरी गर्छन्? वा विकासको महँगो, कठिन तरिका कसरी रोज्नु?

संसारमा फोहोर फैलाउनमा धनी र गरीबहरूमा कति फरक छ, योकुरा यहीँबाट थाहा पाइन्छ कि सन्‌ 1900 पछिको 90 वर्षमा एक प्रतिशत अमेरिकी व्यक्तिले एक प्रतिशत भारतीयका विरूद्ध 43 गुणा कार्बन डाइअक्साइड हावा छोडेका छन्। भनौँ एकजना अमेरिकी यस मामिलामा 43 भारतीयहरूको बराबर हुन्छ।

सारा दुनियाँमा यसैको कुरा चलेको छ। CO2 घटाउने जिम्मेवारी कसले लिन्छ-धनी देश, जसले पहिले यो बर्बादी ल्याउनुका साथै अचाहिँदो रहन-सहनको बानी छ। वा फेरि विकासशील देश जसले विकासको त्यही बाटोमा हिँडने प्रयाश गरिरहेका छन्, र अति चाँडै CO2 छोडने धनी देशहरूको बराबर हुनेछन्।

यहाँ यो कुरा भन्नु आवश्यक देखिन्छ के भने सन् 1997 मा क्योटोमा सम्पन्न भएको बैठकमा अमेरिका र अस्ट्रेलियाले कसैगरि पनि आफ्नो CO2 छोडने मात्रा घटाउन मान्ति भएनन्। अमेरिकाले भनेको थियो ‘अमेरिकाका मानिसको जीवनसँग कुनै समझौता गर्न सकिन्न’- सोच्नु पर्नेकुरो के छ भनेयस्तो हेलचेक्र्याइबाट भएको हानी सारा दुनियाँ र सारा भावी पीँढिले भोग्नु पर्छ।

हाम्रो पृथ्वी कति ठुलो छ?

- आर. रामानुजम, तमिलनाडु साइन्स फोरम

अनुवाद: त्यागू रङ्गनाथन

मेरो बल (भकुन्डो) ठूलो छ।’ राहुल र जीवितामा छलफल हुँदै थियो। दुवैसँग एउटा-एउटा बल थियो। कसको बल ठूलो छ त्यस बारेमा छलफल हुँदै थियो। हेर्दा दुवै उत्रै देखिन्थे। त्यसोहुँदा ती दुवैले दुवै बल बराबरका छन् भन्ने तय गर्न पनि सक्थे। तिमी राहुल र जीवितालाई जान्दछौ होइन? धेरैपल्ट एउटै कुरा दोहोर्ऱ्याइ रहँदा उनीहरूलाई अनुभव भयो आफ्नो बहस अगि बढिरहेको छैन। तर दुवैमध्ये कोही पनि हार मान्न तयार भएका थिएनन्। जौँ नापेर हेरौँ’ राहुलले भन्यो। जीविता घर गएर एउटा डोरी ल्याई। राहुलले उसको मनको कुरा थाहा पायो। धेरै प्रयासका साथ जीविताले धागाको एकतिरको टुप्पो बलको एउटा बिन्दुमा राखी। उसले बलका चारैतिर लगेर धागाको पूरै लमाई नापी। योकार्य उसले राहुलको बलमा गरी। राहुलको बल ठूलो थियो। त्यो बल जीविताको बलको परिधि भन्दा 1.5 से.मी.धेरै थियो। जबकि त्रिज्यामा 1.5/2’’ फरक हुन्छ। जीविताको हार भए तापनि, ऊ खुश थिई किनकि उसले केही नयाँ सिक्ने मौका पाई। अब फेरि बहस अगि बढयो। यो कसरी तय गर्ने जबकि धागो नाप्दा बलका दुवैका भाग समान थिए (के तिमी भन्न सक्छौ?) कति ठूलो गोलो धागाले नाप्न सकिन्छ? धागो चुँडिदैन? धागो कसले समाउछ? अहिले जीविताले एउटा अति मज्जाको शङ्का गरी ‘हाम्रो धर्ती पनि त गोलो छ। हामी त्यसको परिधि कसरी नाप्न सक्छौ?’ राहुल हाँस्न थाल्यो। उसले एउटा हातले धागो समातेर धर्तीको चारैतिर जाँदै गरेको कल्पना गर्दै थियो। जीविता पनि राहुलको कल्पना सुनेर हाँस्न थाली। हाँसे पछि उनीरूलाई आफ्नो प्रश्नको याद आयो। दुवै सँगै कराए ‘जौँ हजुरबालाई सोधौँ।’ ए तिमीहरू दुवै धर्तीलाई नाप्न चाहन्छौ? वाह, वाह। ’हजुरबाले भन्नु भयो। धर्ती गोलो छ भन्ने कुरा तिमीहरूलाई कसरी थाहा भयो?’ यो उहाँको बानी हो। तिमीले उहाँसँग प्रश्न गरेउ भने जबाव दिनुको सट्टा, उल्टै तिमीसँग अर्को प्रश्न गर्नुहुन्छ। राहुल र जीविताले हजुरबाको प्रश्नको जबाव दिए। समुद्रमा क्षितिजबाट आउँदै गरेको जाहाजको अगिल्लो भाग पहिले देखिन्छ, त्यसपछि मास्तुल र पछि पूरै जाहाज देखिन्छ। सूर्योदय र सूर्यास्त पनि पृथ्वी गोलो हुनुको प्रमाण हो। हजुरबाले जीवितालाई चित्र बनाएर बुझाउन भन्नुभयो, उसले केही चित्रहरू बनाएर देखाई। हजुरबाले, सोद्धै जानुभयो, ‘यो यस्तो किन हुनु पर्छ? के यो फलाना खालको हुन सक्ने थिएन?’ राहुल र जीविता दुवै चुप लागे। उनीहरूको दुविधा देखेर हजुरबा बुझाउन आरम्भ गर्नुभयो। ‘चन्द्रग्रहण लागेका बेला हामी पृथ्वीको छायाँ चन्द्रमामा देख्न पाइन्छ। छायाँको आकार देखेर हामी भन्न सक्छौँ पृथ्वी गोलो छ। यसरी, राती ताराले बदल्ने गरेको स्थितिलाई देखेर पृथ्वी घुम्छ भन्ने कुरा थाहा पाइन्छ। ‘ठिक छ। तिमीहरूले धर्तीको परिधिका बारेमा सोधेका थियौ नि? यसको पत्तो पहिले युनानी युगमा वैज्ञानिक इरोदस्थेनेसले पनि लगाएका थिए।’ ‘तर आधुनिक युगमा पनि यसलाई अति शुद्ध तरिकाले नाप्नु पनि धेरै अप्ठ्यारो छ। यो पनि एउटा लामो कथा छ।’ राहुल र जीविता अब यो कथा सुन्नका लागि उत्सुक थिए। ‘न्युटनका सिद्धान्त र गुरूत्वका सिद्धान्तले विज्ञानको दुनियाँमा ठूलो ढोका खोलिदिएको थियो। धरै नयाँ चीजहरूको पत्तो लाग्यो। यीमध्ये सबैभन्दा पहिले थाहा लागेका कुराहरूमध्ये पृथ्वीको आकृति थियो। जब पृथ्वी आफ्नो अक्षमा घुम्छ अपकेन्द्री बल (Centrifugal Force) का कारण ध्रुवहरूकोभन्दा पृथ्वीका बीचको भाग अलिक धेर फैलिने गर्छ। ध्रुवमा पृथ्वी च्याप्टो छ। त्यसबेला व्यापारका लागि पृथ्वीको नक्शा धेरै महत्वपूर्ण हुन्थ्यो। न्युटनका अनुसार धर्तीलाई एकदम गोलो छ भनेर बनाइएको नक्शा सही थिएन। सन्‌ 1735 मा फ्रान्सबाट एउटा दल पृथ्वीको परिधि नाप्नका लागि हिँडे। तरिका यो थियो जबकि एक डिग्री देशान्तर (Longitude) द्वारा पूरा गरिएको दूरत्व मापियोस् र फेरि त्यसलाई 360 डिग्रीले गुणा गरियोस्। यो दल दक्षिण अमेरिकाको ‘पेरू’ नामको देशमा गयो। उनीहरू यस दुरत्वलाई पृथ्वीको भूमध्य रेखामा नाप्न चाहन्थे। यस यात्रामा धेरै असुविधाहरू आइ परे। दुईजना मुख्य वैज्ञानिक कोन्डामीन र फ्युजर सधैँ एक अर्कासँग झगडा गरिबस्थे। उनीहरू जब त्यहाँ पुगे तब एक ठाउँमा त्यहाँका आदिवासीहरूले ढुङ्गा हानेर खेदाए। उनीहरूसँग गएको जैव वैज्ञानिक विशेषज्ञ पागल भयो। टीमको एकजना सदस्य एउटा जलप्रपातमा झरेर मऱ्यो र अर्को औलोमा परेर मऱ्यो। उनीहरूलाई ‘लीमा’ सहर पुग्नका लागि स्वीकृति पाउन आठ महिना लाग्यो। यी वैज्ञानिकहरूले यस दुरत्वलाई माप्नका लागि 10 वर्ष लगाए। त्यही साल एउटा दल स्विडेन गयो जबकि उत्तरी ध्रुवको नजिक1 डिग्रीको दूरत्व नाप्न सकियोस्। यी दुवैको दुरत्वमा 43 किलोमीटरको फरक निस्क्यो। न्युटनको अनुमान थियो पृथ्वी बीचमा धेरै फैलिएको छ, साँच्चो भयो। ‘दसवर्ष, यिनलाई त्यस्तो दुःख पऱ्यो?’ जीविताले भनी। ‘हो, पूरै यात्राको अन्तसम्म वैज्ञानिक कोंजमीन र फ्युजर एक अर्कासँग बोलेनन्। जब काम सकियो, तब दुवै भिन्ना-भिन्नै जाहाजमा फर्किए। अचम्मका मान्छे थिए।’ हजुरबाले भन्नुभयो। राहुल, जो अहिलेसम्म चुपचाप जम्मै कुरा सुन्दै थियो, सोध्यो, ‘हजुरबा तपाईँले परिधि नाप्ने बारेमा त भन्नु भयो, तर पृथ्वीको वजन कसरी निकाल्ने?’ ‘न्युटनको सिद्धान्तका अनुसार दुईटा पिण्ड एक अर्कालाई आकर्षित गर्दछन्, यदि तिमीले एउटा पहाडको टुप्पामा एउटा ढुङ्गो झुण्डायौ भने केवल पृथ्वीको गुरुत्वले मात्र काम गर्दैन, पहाडले पनि ढुङ्गामाथि बल लगाउछ। यसको कारण धागो सीधा हुनुको सट्टा उसले जति कोण बनाउछ त्यसलाई नाप्न सकिन्छ। अब यदि हामीलाई पहाडको द्रव्यमान (Mass) पनि थाहा हुनु हो भने त पृथ्वीको द्रव्यमानको पत्तो लगाउन सकिन्छ। यसका लागि दुईटा डल्लाका बीच गुरुत्व बलको यो फर्मुला प्रयोग गरिन्छ। F= GM1M2/r2 ‘तर पहाडको द्रव्यमान कसरी पत्तो लाउने? ‘हजुरबाले सोध्नु भयो। ‘नेस्कालीन नामका वैज्ञानिकले सबैभन्दा पहिले उसको खोजी गरेको हुनाले फेरि चार्ल्स हटनले पहाडको द्रव्यमानको पत्तो लगाए। यसले पृथ्वीको द्रव्यमान निस्क्यो 5 करोड टन। जीविता र राहुल यो सङ्ख्या सुनेर दङ्ग परे। उनीहरू धर्तीका बारेमा अरू धेरै प्रश्न सोध्न खोज्दै थिए। ‘हजुरबा, के धर्ती मेरो बल जस्तै देखिन्छ, वा फेरि बदम जस्तो कि लड्डु जस्तो? जीविताले सोधी।

ईश्वरको आँखो वा नेब्युला

के भनाइ छ भने, हामी कुनै चीजलाई जस्तो आँखाले हेर्छौँ त्यो हामीलाई त्यस्तै देखिन्छ? यहाँ यस कुराको एउटा राम्रो उदाहरण छ।  यो चित्र अन्तरिक्षमा देखिने एउटा आकृतिको हो जुनचाहिँ एउटा शक्तिशाली दूरबिनले देखिन्छ। ये हेर्दा आँखो जस्तै छ नि? यही देखेर आजभोलि इन्टरनेटमा कतिपय मान्छेले रिङ्ग नेब्युलाका बारेमा यस्तो दावा गर्न थालेका हुन् कि यो ईश्वरको आँखो हो, जसले अन्तरिक्षबाट हामीलाई हेरिरहेको छ। यो मात्र होइन, त्यो त यस्तो पनि भन्न थालेका छन्यो ‘आँखो’ नीलो छ यसले यो प्रमाणित गर्दछ जबकि ईश्वरको छाला गोरो छ (किनकि गोरो मान्छेका मात्रै आँखा नीला हुन्छन्)। यो एउटा यस्तो प्रमाण हो जसले कसरी एउटा साधरण चीजलाई केवल मुर्ख बनाउनका लागि मात्र होइन ठूलो सानो जाति बनाएर त्यसलाई चलाउनका लागि पनि प्रयोग गरिन्छ। अब चित्रको सत्यतातिर लागौँ। यो चित्र एउटा निहारिका वा नेब्युलाको हो। यसको नाम हेलिक्स नेब्यूला हो। यो हामीभन्दा 700 प्रकाश वर्ष टाढा स्थित छ। यसकी खोजी 1824 मा कार्ल लुडविग हार्डिगले गरेका थिए। दूरबिनले हेर्दा नेब्युला जुपिटर र नेप्च्युन जस्तै ग्याँसले बनिएका ग्रह जस्तै देखिन्छ। तर असलमा नेब्युलाको ग्रहहरूसँग केही सम्बन्ध छैन। यो‘बुढो’ वा ‘मरणासन्न’ तारो हो। एउटा ताराको जीवनचक्रमा जब सारा परमाणु इन्धन (जसले उसलाई चमकाउने गर्दछ) सकिन्छ, तब तारो एउटा ठूलो विस्फोटका साथ मर्दछ। यो छुटेको तारो नै नेब्युला वा निहारिका हो।

केटब्यूला

ताराहरू अरबौँ वर्षसम्म जीवित रहन्छन्। जबकि नेब्युला केवल दस हजार वर्षसम्म जिउँदो रहन्छ। विस्फोट हुँदा सबै पदार्थहरू एउटा ग्याँसको बादल जस्तै समान फैलिन्छ, जसको कुनै आकार हुँदैन। यसमा थरिथरीका आकार र रङ्ग देखिन्छन्। अन्तरिक्षमा धेरै आकारका नेब्युला देखिन्छन्। यीमध्ये कतिपय गोलाकार पनि छन्। गोलाकार नेब्युलालाई ग्रहीय नेब्युला भनिन्छ। हेलिक्स पनि यस्तै नेब्युला हो। हेलिक्सको रङ्ग-रूप एउटा आँखो जस्तै हुनु पनि संयोगको कुरा हो। हाम्रो अक्काशगङ्गामा धेरै यस्ता राम्रा नेब्युला छन्- इन्बबेल, रिङ्ग, केट्स आई, ऐस्किमो, यी कतिपय नाम हुन्।

प्रयोग गरेर जान्नुहोस्

 

डोरीको सहायताले सुन्नु

शायद तिमीले सुनेका छौ होला जबकि ध्वनि तरङ्गहरू ठोस चीजहरूका माध्यमबाट सजिलै चल्न सक्दछ। यसलाई आफैँ अनुभव गर्नका लागि यसको प्रयोग गरी हेर्नुहोस्।

दुईटा प्लास्टिक वा कागजका कप (जस्तै आइसक्रीम कप आदि) मा सलाईको डिब्बाको भित्रतिरको बाकस लिनुहोस्।

दुवै कपको च्याप्टो भागतिर एउटा प्वाल पार्नुहोस्। यस प्वालमा एउटा डोरी उनेर त्यसमा एउटा गाँठो पार्नुहोस्। अब एउटा कप तिमी समात र अर्कातिर तिम्रो साथीलाई समात्न देउ। डोरीलाई अरू केहीले ऩछोओस। अब तिमी दुवैमध्ये एकजनाले आफ्नो कप मुखमा लगाएर बिस्तारो-बिस्तारो बोलर अर्कातिरको कप आफ्ना कानमा लगाएर सुन।

के तिमीहरूले एक अर्काको बोल सुनेउ?

कस्तो लाग्यो? यस कारण तिम्रो साथीको आवाज सुनियो किनभने ध्वनि तरङ्गहरू डोरीद्वारा अर्कातिर पुगिरहेका छन्। ध्वनि हावाको साटो ठोस चीजहरूको माध्यमबाट राम्ररी अगि जान्छ। यदि यसको कुनै प्रमाण चाहिन्छ भने कुनै टेबुलमा बिस्तारो आफ्ना औँलाले टकटक गरी ठोकेर हावाका माध्यमबाट सुन्नुहोस्। अब त्यही टेबुलमा आफ्नो कान लगाएर टकटक पार्दै सुन्नुहोस् र विचार गर्नुहोस् ध्वनि कस्तो सुनिँदै छ।

चिसा औँलाहरू

एउटा भाँडामा अलिकति बरफ हाल्नुहोस्। भाँडाको नजिक अलिकति चामलका दाना छर्नुहोस्। अब आफ्नो एउटा हात यस भाँडामा हाल्नुहोस् र बिस्तारै 30 सम्म गन्ती गर्नुहोस्। अब आफ्नो हात सुकाएर यिनै चिसा औँलाले चामलका दानाहरू टिप्ने प्रयास गर्नुहोस् त के हुन्छ?

तिमीले देख्न पाउछौ कि चामल टिप्न अप्ठ्यारो हुन्छ किनकि जब तिम्रो छाला चिसो हुन्छ तब तिम्रो छुने क्षमताले त्यति राम्ररी काम गर्दैन।

आवाजले ममबत्ती निबाउनु

साधारणतः हामी ध्वनि अगि सरेको देख्तौँन। तर यस प्रयोगद्वारा तिमी यो देख्न पाउछौ कि ध्वनि हावाको सहयोगमा कम्पनजस्तै अगि बढदछ। एउटा प्लास्टिकका बतलको तली काट्नुहोस्। अब एउटा पातलो प्लास्टिकको लिफाफाको टुकुरो काटेर त्यसलाई बतलको खुला मुख भएतिर कसेर तान्नुहोस् र रबड बेण्डले यसलाई राम्रसँगले बाँध्नुहोस्।

अब एउटा ममबत्ती बाल्नुहोस्। अब बतलको मुखलाई ममबत्तीदेखि करीब एक इञ्ची पर राख्नुहोस्। अब प्लास्टिकका बतलको पिठ्युँमा आफ्ना औँलाले जोडले थपथपाउनुहोस्। ममबत्तीको ज्वालो के भयो?

के भयो? ममबत्तीको ज्वालो निभ्यो?
त्यो यस कारण भयो जबकि तिमीले प्लास्टिक बतलमा ठोक्दा त्यहाँ नजिकै रहेको हावामा कम्पन सुरु भयो, जुनचाहिँ अगिल्तिरको हावाका कणहरूसम्म बढदै गयो। बतलका कारण यो कम्पन आगाको ज्वालोसम्म पुग्यो र निभ्यो।

के तिमी जान्दछौ? बाहिर अन्तरिक्षमा एकदम सुन्ने छ।
किनकि त्यहाँ हावा (वा ग्याँस) छैन, त्यसो हुँदा ध्वनि त्यहाँबाट जान सक्तैन।

कति पेन्सिल छन्?

आफ्ना आँखा बन्द गर्नुहोस्। अब कुनै आफ्ना साथीलाई उसले आफूलाई पेन्सिलका टुप्पाले बिस्तारै छुन भन्नुहोस्, कहिले एउटा पेन्सिलले, कहिले दुईटा पेन्सिलले, दुवै पेन्सिलहरू एकदम नजिक नजिक समाउनु पर्छ। तिम्रा साथीले जब तिम्रा शरीरका भिन्ना-भिन्नै ठाउँमा छोए पछि तिमीले भन्नु पर्छ उसले तिमीलाई एउटा पेन्सिलले छोयो कि दुईटा पेन्सिलले। उसले तिमीलाई ओठ, पिठ्युँ, औँला, खुट्टा आदिजहाँ पनि छुन सक्दछ।

के भयो? के तिमी साँच्चै भन्न सक्छौ पेन्सिल एउटा थियो कि दुईटा? तिमीले धेरैपल्ट भुल भन्छौ। तिमीले तबमात्रै सही तरिकाले भन्न सक्छौ जब तिमीलाई त्यहाँ छोइन्छ जहाँ तिम्रा स्नायु तन्त्रिकाहरू (Nerve endings जसले स्पर्श गरेको सन्देश मस्तिष्कसम्म पुऱ्याउने गर्दछ) जहाँ धेरै हुन्छन्- हात, ओठ, हत्केलो आदि। अरू ठाउँहरूमा जहाँ स्नायु पर-पर फैलेका हुन्छन्, यदि दुइटा पेन्सिलले छोए पनि तिमीलाई थाहा हुँदैन, किनकि यहाँ अर्को स्नायु हुँदैन।

पानीमा उत्रिने सियो

हाम्रो साधारण धारणा के छ भने लोहा जस्ता धातु पानीमा सधैँ डुब्दछन्, लोहाले बनेको जहाज पानीमा उत्रिनुको कारण उसको विशेष आकार हो। तर त्यसमा हावाले त्यसलाई उत्रिनमा कुनै भूमिका लिएको हुन्छ। तर एउटा सियो पानीमा उत्रिन्छ? हालेर हेर्नुहोस्, त्यो तुरून्तै डुब्दछ, किनकि आर्किमिडिजको सिद्धान्त अनुसार सियोको वजन उसले हटाएको पानीको वजन भन्दा धेरै हुन्छ।

तर एउटा तरिका छ, जसले गर्दा सियो (अरू लोहाका साना-साना अन्य चीजहरू पनि) पानीमा पनि उत्रिने गर्दछ।

एउटा पानी चुस्ने कागज (ब्लोटिङ्ग पेपर) को टुकडुरो लिनुहोस्। यदि यस्तो कागज भेटिएन भने धेरै खस्रो खबरी कागजको टुकुराले पनि काम चलाउन सकिन्छ (यस्तो खबरी कागज जसमा लेख्दा स्याही फैलिने गर्दछ)। अब यसमाथि सानो, हलुको, चीज राख्नुहोस्। अब यो कागजलाई बिस्तारो-बिस्तारो पानीमा राख्नु पर्छ, पानी हल्लाउनु हुँदैन। चित्रमा देखाए जस्तै, कुनै एउटा काँटा वा च्याप्टो सतह भएको चम्मच वा प्लेटले यस्तो गर्न सकिन्छ। पानीमा उत्रेको कागज एकछिन पछि भिज्छ र डुब्छ, तर सियो उत्रिइरहन्छ।

यो कसरी सम्भव भयो? जुनचाहिँ सियो आफ्नो भारीपनले गर्दा तुरून्तै पानीमा डुब्थ्यो, अहिले कसरी उत्रियो। यसको कारण पानीको सतह हो, यो एउटा मसिनो तानिएको झिल्ली जस्तै हो, यो झिल्ली एउटा बेलुन जस्तै फैलिने र खुम्चिने गर्दछ, यदि त्यसलाई चलाएर फुटाइएन भने। यो झिल्लीले आफूमा राखिएको साना हलुका चीजहरूलाई बोक्न सक्छ, त्यसैले यसले सियो उत्रिन सक्यो। पानीका सतहको यस तनाउलाई पृष्ठ तनाउ वा Surface tension भन्दछन्। यस तनाउलाई पानीमा साबुन हालेर निखार्न सकिन्छ।

स्ट्रबाटङ्गी

उहिलेका जमानाका बाँसुरीहरू कसरी बनिए? मान्छेले बाँसका खाली नलीहरू बनाएर फुक्ने प्रयोस गरे होलान्।

एउटा कोल्ड ड्रिङ्क खाने स्ट्र लिनुहोस्। यसको एउटा टुप्पो थिचेर च्याप्टो पार्नुहोस् (लगभग आधा इञ्ची देखि तीन-चौथाइ इञ्चीसम्म)। अब च्याप्टो कुनो अलिकति काटेर त्यसलाई चित्र जस्तै आकार बनाउनुहोस्।

अब काटेको टुप्पो मुखमा हाल्नुहोस्। तपाईँको ओठले काटेको कुनो छुनु हुँदैन। साथै ओठलाई जोडले नथिच्नु। अब जोडले फुक्नुहोस्। के तपाईँले कुनै शब्द सुन्नु भयो?

यदि तपाईँले ध्वनिलाई बदल्न खोज्ने हो भने, आफ्नो स्ट्रमा तीनटा साना-साना प्वाल पार्नुहोस्। यी प्वाललाई अलिक ठूलो र गोलो पार्नुहोस्।
अब तीनैवटा प्वाल औँलाले बन्द गरेर बजाएर हेर्नुहोस्। अब त्यहाँबाट भिन्ना-भिन्नै ध्वनीहरू निस्कन्छन् र सुनिन्छ।

यस्तो किन हुन्छ?
स्ट्रको काटिएको टुप्पोबाट जोडले हावा आउँदा त्यसको मुख खोलिने र बन्द हुने गर्दछ। त्यसले हावालाई स्ट्रभित्र जान दिन्छ र फेरि रोक्दछ। हावाले स्ट्र भित्र कम्पन उत्पन्न गर्दछ, र त्यहीँबाट ध्वनि निस्कन्छ। जब तिमीले प्वालमा औँला राख्छौँ, तब कम्पन गर्दैगरेको हावाले नलीको लमाई फेर्दछ। यो नली जति छोटो हुन्छ, उति छिटो कम्पन हुने गर्दछ र त्यति नै ठूलो स्वर निस्कन्छ।

रिचर्ड चर्चिल, लोशनिङ्गर म्युरियल मेण्डलको किताब ‘365 सिम्पल साइन्स एक्सपेरिमेन्टस्’ बाट प्राप्त सामग्रीमा आधारित।

स्ट्रको ड्रपार

तिमीले केही थोपा औषधी हाल्नु छ र तिमीसँग ड्रपार छैन। केही कुरा छैन, एउटा साधारण कोल्ड ड्रिङ्क खाने स्ट्रले पनि त्यही काम गर्न सक्छ।

एउटा स्ट्र लिनुहोस्। त्यसमा अलिकति पानी (वा औषधी) चुसेर भराउनुहोस्। फेरि आफ्नो औँलो स्ट्र का टुप्पो माथि राख्नुहोस्। अब स्ट्रलाई पानीबाट बाहिर निकल्नुहोस्। अब स्ट्र को टुप्पाबाट जब तिमी आफ्नो औँलो हटाउछौ, स्ट्र भित्रको पानी वा औषधी तल झर्दछ।

यस्तो कसरी हुन्छ?

जब तिमी स्ट्र मा मुख लगेर हावा तान्दछौ, तब स्ट्र मा हावा घटतै जान्छ र बाहिरी हावाको दबावले पानीलाई स्ट्र भित्र पस्छ। अब जब तिमी स्ट्र को माथिको टुप्पोमा औँलो लगाउँछौ, भित्र हावाको दबाव अङिले पनि थोरै छर बाहिरी दबावले पानीलाई तल चुहुन दिँदैन, जब तिमीले औँलो माथिबाट हटाउँछौ, माथिबाट हावाको वायुमण्डलीय दबावले काम गर्न सुरु गर्दछ र पानी (वा औषधी) गुरुत्वका कारणले गर्दा तल चुहुन थाल्छ।

स्ट्रले स्प्रे

एउटा साधारण स्ट्रलाई स्प्रे गर्नका लागि प्रयोग गर्न चाहन्छौ? आउ त्यही तरिका प्रयोग गरौँ जसले वास्ना आउने वा साबुन आदि स्प्रे गर्ने काम गर्दछ। एउटा स्ट्र लिएर त्यसको लगभग एक लिहाइ लमाइमा अतिकति काट्नुहोस्, तर पूरै नटुकुऱ्याउनु होला। सानो टुप्पालाई पानीको गिलासमा डुबाउनुहोस्। तिम्रो काटेको भाग पानीदेखि अलिकति माथि हुनु पर्छ, करीब चौथाइ इञ्ची। अब स्ट्र लामो भागमा फुक्नुहोस्। स्ट्रबाट पानी धारोको रूपमा बाहिर निस्कन्छ।

किन? बरनालीको सिद्धान्तले भन्दछ के भने जब कुनै ग्याँस द्रुत गतिमा बग्दछ, तब त्यसको दबाव कम हुन्छ। जब तिमी स्ट्रमा जोडले फुक्छौ, काटेको स्थानमा हावाको दबाव कम हुन्छ। गिलासको सतहमा वायुमण्डलीय दबावले पानीमा दबाव दिन्छ र त्यसलाई स्ट्र मामाथि चढन बाध्य गराउछ। काटेका स्थानमा द्रुत हावाले त्यसलाई छिटामा बदलाउछ।

साबुनका ठुला ठुला फोका

ट्रे वा भाँडामा मनतातो पानी हाल्नुहोस्। यसमा तरल डिटर्जेन्ट मिसाउनुहोस्। फोका बनाउनका लागि हेङ्गर, प्लास्टिक स्ट्र वा बेलनाकार डिब्बालाई एकतिर काटेर अर्कातिर प्वाल पारेर फुक्ने नली बनाउन सकिन्छ। नलीको खुला भाग साबुनको घोलमा डुबाउनुहोस्।

आवश्यक पर्ने सामान

  • ट्रे वा भाँडो
  • पानी
  • भाँडा माझ्ने तरल डिटर्जेंट
  • तारको हेङ्गर
  • अगरबत्तीको गोलो डिब्बा
  • टेप

सबैभन्दा ठूलो र राम्रा फोका बनाउनका लागि तिमीले ग्लिसरीन र साबुनको घोलका साथै प्लास्टिक स्ट्रर डोरीको एउटा फ्रेम हुनुपर्छ। यी विशालकाय फोकाहरू बनाउनमा केटा-केटी र ठूला सबैलाई धेरै मज्जा आउछ। दुई, तीनवटा बेलनाकार डिब्बाहरूलाई टेपले जोडनुहोस् र ट्रे वा भाँडामा फुकेर गुम्बदजस्तै फिँज बनाउनुहोस्।

विशालकाय फोकाहरूको प्रयोग

तिमीले चाहन्छौ भने बाहिर मैदानमा साबुनको सबैभन्दा ठूला फोका बनाउने प्रतियोगिताको आयोजन गर्न पनि सक्छौ।

  • आवश्यक पर्ने सामानहरू
  • दुईटा प्लास्टिकका स्ट्र
  • धागो
  • ग्लिसरीन (यसमा साबुनका फोकाहरू धेरै लचिला र चमकिला बन्दछन्। ग्लिसरीनको एउटा सानो शीशा तिमीले कुनै औषधी विक्रेतासँग किन्न सक्छौ।)
  1. तीन फुट लामो धागो चित्रमा दिखाए अनुसार दुईटा प्लास्टिक स्ट्र मा उन्नुहोस्। धागाको टुप्पामा गाँठो बाध्नुहोस्।
  2. भाँडामा राखेको साबुनको घोलमा 2-3 चम्मच ग्लिसरीन हाल्नुहोस्। स्ट्रर धागाको प्रयोगलाई यस घोलमा डुबाउनुहोस्।

दुवै स्ट्र समातेर साबुनको एउटा फोकालाई सावधनीपूर्वक माथि उचाल्नुहोस्। दुवै हात पर लगेर  झिल्लीलाई फैलाउने प्रयास गर्नुहोस्। झिल्लीमा हावा भर्नका लागि Use लाई अलिक माथि चाल्नुहोस्। अन्तमा Use लाई अलिक ढिला पारेर यस्ता चालले झटका हान्नुहोस् कि फोको Use बाट छुट्टिएर भिन्नै होस्। यसरी तिमी इन्द्रधनुषका रङ्ग भएका एकदम गोलो विशालकाय फोको हावामा उडदै गरेको देख्न पाउछौ।

- एन.सायर वाइज़मनको पुस्तक ‘के बनाउनेबाट साभार गरिएको

नाकले चाख्नु

तिमी यो थाहा पाएर छक्क पर्ने छौ कि खाने चीजको स्वादमा त्यसका वास्नाको धेरै ठूलो योगदान हुन्छ। वास्ना नभएका वा धेरैजसो खाने चीजहरू एकदम बेस्वादिला हुन्छन्। एक प्रकारले हामी आफ्ना नाकले पनि चाख्ने गर्दछौँ।

गरेर हेर्नुहोस् : एउटा बोक्रा ताछेको आलूलाई किचेर थेबेजस्तै बनाएर एउटा चम्मचमा राख्नुहोस्। त्यतिनै मात्रामा एउटा स्याउ किचेर अर्को एउटा चम्मचमा राख्नुहोस्। अब आँखा चिम्लेर दुवै चम्मचलाई एकै ठाउँमा मिसाउनुहोस्, तपाईँलाई थाहा नहोस् कि कुनमा के छ। अब आफ्नो नाक कसेर बन्द गर्नुहोस् (सुँघ्न नसक्ने गरी) र फेरि यसलाई चाख्नुहोस्। छक्क पर्नुहुन्छ! तपाईँले भन्न सक्नुहुन्न कुन स्याउ हो, कुन आलु।

किन? किनकि हाम्रो नाक र मुखको बाटो आपसमा जोडिएको छ। त्यसैले हामी भोजन एक सँगै सुङने र चाख्ने गर्दछौँ। केवल नुनिलो, मीठो, तितो र अमिलो चारवटा भिन्ना-भिन्नै शुद्ध स्वाद हुन्छन्। बाकी ‘स्वाद’ यी स्वादहरू र वास्नाका मिश्रण हुन्। यदि तिमीसँग नाक नभएको भए, तिमीले भन्न सक्ने थिएनौ तिमी के भिन्ना-भिन्नै चीजहरू खाँदैछौ।

रक्सीको वास्ना आउने सब्जी

कतिपय सब्जीहरूको वास्नाले नै हामीलाई त्यो खानबाट रोक्छ, चाहे त्यो जिउका लागि  कति नै राम्रो किन नहोस्।

आओ गरेर हेरौँ: एउटा शलगम लिनुहोस् र त्यसका बोक्रा ताछेर दुई फाल पार्नुहोस्। एक फाललाई साना-साना टुकुरा पारेर काट्नुहोस्। अर्को आधा फाललाई त्यस्तै राख्नुहोस्। अब यसलाई एउटा भाँडामा उम्लेको पानीमा हालेर पकाउनुहोस्। लगभग 10-15 मिनट पछि एउटा चम्मचले निकालेर हेर्नुहोस् पाकेर नरम भयो कि भएन। त्यसलाई तबसम्म पकाउनुहोस् जबसम्म त्यो जम्मै शलगम नरम होस् (तर त्यसको आफ्नो आकार दुरुस्तै रहोस् नमिचियोस्)

के भयो: साना टुकुरा पारेको शलगम छिट्टै गल्दछ। अर्को ठूलो आधा टुकुरालाई धेरैबेरसम्म पाकी रहन्छ र लगभग आधाघन्टा पछि गन्हाउन थाल्छ। किन? शलगममा हाडड्रोजेन सल्फाइड हुन्छ। जब हामी यसलाई पकाउँछौँ तब यसले नराम्रो वास्ना भएको ग्याँस बाहिर निकाल्छ। जति धेरै हामी पकाउदै जान्छौँ, उती धेरै नराम्रो वास्ना अरू धेरै हुँदै जान्छ। थोरैबेर पकाउँदा केवल वास्ना ठीक रहनु मात्र होइन, सब्जीको भिटामिन र खनिज तत्व पनि दुरूस्त रहन्छ।

नुनको कमाल

तपाईँलाईलाई थाहा छ नुन रासायनिक रूपमा सोडियम क्लोराइड हो? यस भित्रका दुवै खनिजतत्व वा सोडियम र क्लोराइड हाम्रो शरीरलाई आवश्यक पर्दछ। तर यदि आवश्यक भन्दा धेर नुन खाइयो भने त्यसले धेरै हानी गर्दछ। आउनुहोस् त हेरौँ कसरी। काँक्राका दुई तीनवटा टुकुरा काट्नुहोस्, वा  फेरि हरियो पात भएका अरू सब्जी भेला पार्नुहोस्। त्यसमा नुन हालेर एकछिनका लागि राख्नुहोस्।

के भयो? ती ओइलाए।

किन? नुनले सब्जीका कोशिकाहरूबाट पानी बाहिर तानेर ल्याउछ।

तपाईंले देख्नु भएको छ होला, नरम छाला भएका जीवहरू जस्तै घुङीकिरो, जुको वा गँड्याउला आदिलाई नुन छर्किँदा तिनका शरीरबाट पानी बाहिर निस्किन्छ र ती मर्छन्। यदि हामीले धेरै नुन खायौँ भने हाम्रा शरीरका कोशिकाहरूको पनि त्यही दशा हुन्छ। कोशिकाहरूका चारैतिर रहेको द्रवमा नुनको मात्रा बढदछ। त्यसले गर्दा कोशिकाहरूबाट धेरै पानी र पटाशियम बाहिर निस्कन्छ। यस्ता ओइलाएका कोशिकाहरूले ठीकसँगले काम गर्दैनन्। धेरै नुनले उच्च रक्तचाप (High Blood Pressure) वा  यकृत क्षय (Kidney Damage) जस्ता समस्याहरू हुन सक्छन्।

आलुमाङ्कुर निस्कनु

यदि कुनै आलुलाई ध्यानपूर्वक देर्ने हो भने आलुमा कतिपय ठाउँमा ‘आँखा’ हरू देख्न पाइन्छ। यदि हामीले आलुलाई साधारण तापमानमा, धेरै दिनसम्म त्यस्तै राखियो भने त्यो चाउरिन्छ र त्यसका ‘आंखों’ बाट अङ्कुर निस्कन थाल्छ। यदि यी अङ्कुरहरूलाई पर्याप्त मात्रामा ओस प्राप्त भयो भने, आलुबाट नयाँ बिरूवा उम्रिन्छ र त्यसलाई माटामा रोप्दा ठूलो आलुको बोट बनिन्छ।

बिरूवालाई राम्रोसँग उमार्नका लागि हामी निम्नोक्त कार्य गर्न सक्छौ:

  1. आलुलाई चिसो र छायाँ पर्ने ठाउँमा भिजेको माटोमा राख्नुहोस् तथा त्यसलाई एउटा मोटो पोलिथिनको कालो च्यादरले ढाक्नु पर्छ। त्यस ठाउँमा ओस् परिरहोस् र समय-समयमा च्यादर उचालेर हेर्दै गर्नु। केही दिन पछि अङ्कुर फुट्न लाग्दछन्। अब पोलिथिनको च्यादर हटाइदिनुहोस् र आलुको छेउछाउमा माटाले आधा आलु छोप्नु होस्। अति चाँडै आलुको मूल कुहिन्छ र नयाँ बिरूवाले माटामा जरो गाडन लाग्दछ। यदि तपाईँले यसलाई ठीकसँगले हेर्चाह गर्नुभयो भने त तपाईँलाई यी बिरूवाबाट आलु प्राप्त हुन्छन्।
  2. केवल अङ्कुरणलाई हेर्नका लागि आलुलाई 2 से मी X 2 से मी का टुकुरा पारेर काट्नु होस्। यी टुकुराहरूलाई कुनै एउटा थोरै गहिरो तली भएको भाँडामा रुवा ओच्छ्याएर त्यसलाई भिजाएर आलुका टुकुराहरू उत्तानो पारेर राख्नु पर्छ। कुनै अँध्यारो चिसो ठाउँमा भाँडो छोपेर राख्नु पर्छ। केही दिन पछि अङ्कुर निस्केको तपाईँले देख्न पाउनु हुन्छ।

न्दहरूको बिरूवा
हामी सबै राम्ररी जान्दछौँ प्याज एउटा कन्द हो। कहिलेकाहिँ हामी यस्तो पनि देख्छौ धेरै दिनसम्म प्याज रह्यो भने त्यबाट जरा र अङकुर निस्कन थाल्छ। प्याजको राम्रो अङ्कुर बनाउनका लागि त्यसलाई एउटा यस्तो एउटा बतलमा मुखमा राख्नु पर्छ, जसमा त्यो फिट हुन्छ। बतलमा पानी यति मात्रामा हाल्नु पर्छ जसले गर्दा त्यसले प्याजको फेदलाई छोओस्। बतललाई कुनै चिसो ठाउँमा राख्नुहोस्। यदि बतल पारदर्शी हो भने, त केही दिन पछि तपाईँलाई कन्दको फेदबाट जरा पलाउँदै गरेको देख्नुहुन्छ। अङ्कुर पनी माथि निस्कँदै गरेको देखिन्छ।

घरको चोर समातियो

आवश्यक पर्ने सामान:

  • टिन्चर आयोडीन,
  • टिनका डिब्बाको ढक्कन,
  • सेतो कागजको सीट।

आरम्भ गर्नुहोस्:

सेतो कागजको टुकुरामा सफा औँलाले थिच्नुहोस्, ठीक त्यसरी नै जसरी तपाईँ कागजमा यसको छाप बनाउँदै हुनुहुन्छ। फेरि अलिकति (लगभग दुई चम्मच) टिन्चर आयोडीनलाई टिनको ढक्कनमा राखेर यसलाई थोरै आँचमा तताउनुहोस्। जब यो आयोडीन उम्लिन सुरु हुन्छ, तब औँलाका छाप भएको कागजलाई यहाँबाट उडदै गरेको बाफमा राखेर एकछिन समाती राख्नुहोस्। ध्यान दिनु पर्ने कुरा के छ भने औँलाको छाप भएको साइड तलतिर होस् र कागजलाई ढक्कनको धेरै नजिक पनि राख्नु हुँदैन, यसबाट के हुन्छ जान्नु हुन्छ? औँलाका छाप जुनचाहिँ अहिलेसम्म अदृश्य थिए, अब तपाईँले खैरो रङ्गमा स्पष्ट देख्न पाउनु हुन्छ। आफ्ना घरका अरू सदस्यहरूका औँलाका निशान पनि तपाईँले यसरी नै सेता कागजमा लिएर यसको फरक स्पष्ट रूपमा हेर्न सक्नु हुन्छ। यहाँ मज्जाको कुरा के छ भने सबैका हातका निशान भिन्ना-भिन्नै छन्। चोरी भएको पत्तो लगाउनका लागि औँलाका यिनै निशानहरूले पुलिसलाई सहाय गर्दछ। वास्तवमा के हुन्छ भने औँलाको छालामा रहेको अति मसिनो रोमकुपहरू (पोर्स) द्वारा शरीर भित्रबाट निस्कने बोसो (फेट्‌स), वोसिय अम्ल (फेटी एसिड) र लवण (सल्ट)ले कागज जस्ता धेरै वस्तुमा आफ्नो एउटा छाप छोडदछ, जुनचाहिँ साधारण तवरमा त देखिँदैन तर यस्तो लुकेको पनि हुँदैन जबकि यस क्षेत्रमा काम गर्ने विशेषज्ञहरूलाई यसको जाँच गर्न कुनै अप्ठ्यारो होस्। अब तपाईँका आलमारीका कागजहरूबाट जब तपाईँका कुनै साना भाई-बहिनीहरूले चलाए भने, त तपाईँको यस असाधरण जानकारीद्वारा त्यो तपाईँको आँखाबाट आफूलाई लुकाउन सक्तैन।

भाँचिएको पेन्सिल

एउटा गिलासलाई आधा नुनको बाक्लो घोलले भर्नुहोस्। त्यस माथिबाट बिस्तारो विशुद्ध पानी हाल्नुहोस्। यसलाई आपस्तमा घोलिन नदिनका लागि के ध्यान दिनु पर्छ भने तलको भागमा धेरै छेडछाड गर्नु हुँदैन। यसका लागि पहिले विशुद्ध पानीलाई चम्मचमा हाल्नु पर्छ (चित्रमा देखाए जस्तै) र फेरि चम्मचबाट तल बगेर भरिन दिनुहोस्। यी दुवै पानीको तहसम्म पुगेर आपसमा धेरै मिल्दैनन् किनकि बाक्लो घोल भारी हुनाले तल बस्छ र विशुद्ध पानी हलुको हुनाले माथि नै रहन्छ। अब यदि एउटा पेन्सिल यस गिलासको किनारमा खडा गर्दा तपाईँलाई कस्तो लाग्छ भने त्यो तीन ठाउँमा भाँचिएको छ। मास्तिर पेन्सिल यस कारणले भाँचिएजस्तो देखिन्छ किनकि पेन्सिलबाट आउने प्रकाशका किरणहरू पानीबाट हावामा आएर घुम्दछन्। यसरी नै दोस्रो पल्ट भाँचिएको यस कारण देखिन्छ किनकि नुनको घोल र विशुद्ध पानीको घनत्व भिन्ना-भिन्नै हुन्छ। नुनको घोलबाट विशुद्ध पानीमा जाँदा प्रकाशका किरणहरू एकपल्ट फेरि घुम्ने गर्दछन्।

अनुहार कसरी बनाउने

यदि अगिल्तिरको पूरा अनुहार बनाउने हुँदा एउटा गोलाकार वा डिम्माकार चित्रबाट आरम्भ गर्नु पर्छ। आँखा माथिबाट आधा दुरत्वमा बनिन्छन्। कानका माथिका भागहरू आँखाको स्तरमा नै हुन्छन्। जुन मुख्य चीजहरूले भाव देखाउने गर्दछन् ती हुन्- मुख, आँखीभौँ र परेला।

भाव देखाउने सबैभन्दा सरल तरिका हो – खुशी दर्शाउनका लागि माथितिर एउटा चन्द्राकार मुख र दुःखका लागि तलतिर हुन्छ। अब म अघि देखा पर्ने भावका बारेमा अरू धेरै भन्नेछु। यदि साइडबाट देखाउनु पऱ्यो भने, त टाउको गर्दन माथि एउटा आँपका आकारको जस्तै बनाउनु पर्छ। आँखा आधामा हुन्छन्, टाउको सधैँ जति सोचिन्छ त्योभन्दा ठूलो हुन्छ। यसरी कान र आँखाका बीचको दरत्व पनि धेरै हुन्छ। मुख र नाकसँग जे पनि गर्न सकिन्छ।

एउटा नानीका आँखा अनुहारको माथिबाट दुई तिहाइ दूरत्वमा हुन्छन्। गाला ठूला मान्छेको भन्दा मोटा र थुतुनो सानो हुन्छ।

पातले छपाइ

लेखकः साक्षी खन्ना

तपाई पातले धेरै राम्रा चित्र बनाउन सक्नु हुन्छ- जसमा पातका अचम्मका र राम्रा चित्र बनिन्छन्।

तपाईँलाई चाहिन्छ : थरि-थरिका पात, रङ्ग, ब्रश, कागज आदि।

पहिले भिन्ना-भिन्नै आकारका साना-ठूला पात भेला पार्नुहोस्। यसका तल्लो भागमा अलिकति रङ्ग ब्रसका सहायताले फैलाउनुहोस्। यो त्यो सतह हुनु पर्छ जसमा पातका शिराहरू निस्केका हुन्। अब यस रङ्ग भएको सतहलाई कागजमा थिच्नुहोस्। जब बिस्तारो हटाउनुहुन्छ तब तपाईँले कागजमा यसको छाप देख्नु हुन्छ। यसरी तपाईँले धेरै पात मिलाएर भिन्ना-भिन्नै रङ्गहरूका मिल्दा-जुल्दा चित्रहरू पनि बनाउन सक्नु हुन्छ। साथै एउटा पात भित्र लुकेको रहस्यलाई कागजमा उतार्न सक्नु हुन्छ।

बल्बबाट खरायो बनाउ

लेखकः साक्षी खन्ना

यदि घरमा एउटा राम्रो खरायो बनाउन चाहनु हुन्छ भने यस्तो गर्नुहोस्।

तपाईँलाई चाहिन्छ : फ्युज भएको एउटा बल्ब, रुवा, चोप, मरिचका दाना, कैँची र केही टीका (बिन्दी)। एउटा बल्ब लिनुहोस् र त्यसमा रूवा टाँस्नुहोस्। त्यसको कुनै भाग खुला हुनु हुँदैन। खरायाको मुखतिर धेरै रूवा टाँस्नु पर्छ। त्यस पछि रूवाका दुईटा दुकुरा पारेर खरायाका कानका आकारमा काट्नुहोस्। यी कानलाई खरायाका टाउकामा टाँस्नुहोस्। अब खरायाका खुट्टाका ठाउँमा चारवटा रूवाका लट्ठा बनाएर लगाउनुहोस्। अब खरायाको जुँगा बनाउन कुचाका सिन्का वा पालता तार टाँस्नुहोस्।

आँखाका लागि दुइटा मरिचका दाना लगाउनु पर्छ। मुख बनाउन रातो कागजले बनाएको वा एउटा ठूलो टिको जुनका आकारमा काटेर टाँस्नु पर्छ। अब तपाईँको राम्रो, प्यारो खरायो तयार भयो।

उनुहोस् खेलौँ!

डा.आर.रामानुजन

आफ्ना साथीहरूलाई बोलाउनुहोस्, एउटा सलाईको डिब्बा लिनुहोस् अब तपाईँ यो खेल खेल्न तयार हुनुहुन्छ। सलाईका काँटीलाई तीनवटा लाइनमा सजाउनु होस्- पहिलो लाइनमा 3, दोस्रोमा 5 र तेस्रोमा 7 वटा  खेला दुईजनाका बीचमा खेलिन्छ, जुनचाहिँ एक-एक गरी आफ्नो पालीमा चल्नेछन्। तपाईँहरूमा कसैले पनि सुरु गर्न सक्छ। जब, तपाईँको पालो पर्दछ तब तपाईँले कतिपय काँटीहरू तीन लाइनमध्ये कुनै एउटा लाइनबाट झिक्नु पर्नेछ। तर एउटा शर्त छ। तपाईँले थोरैमा एउटा काँटी झिक्नु पर्नेछ, तपाईँले टिपेपछि कम्तिमा एउटा काँटी त्यहाँ हुनुपर्छ। यतिमात्र होइन, तपाईँले एक पल्टमा केवल एउटा लाइनबाट झिक्न सक्नु हुनेछ। उदाहरणका लागि, यदि तपाईँ सुरू गर्दै हुनुहुन्छ र सबैभन्दा माथिका लाइनबाट चालु गर्न चाहनु हुन्छ भने तपाईँ एउटा वा दुइटा काँटी झिक्न सक्नु हुनेछ।

तपाईँ दुईमध्ये जसले अन्तिममा काँटी झिक्छ त्यसले हार्छ।

मानौँ, तपाईँले माथिका लाइनबाट दुईटा काँटी झिकेर खेला आरम्भ गर्नुभयो। अब तपाईँका साथीले माथिको लाइनबाट झिक्न सक्नु हुन्न। मानौँ, साथीले बीचको लाइनबाट 4 वटा काँटी झिक्नुभयो। अब तपाईँको पालो। अब तपाईँले केवल तलको लाइनबाट झिक्न सक्नु हुन्छ। तपाईँले त्यसरी काँटी झिक्नु पर्छ जबकि कुनै हालतमा तपाईँको जीत होस्? अहिलेसम्म तपाईँलाई अन्दाज भयो होला। यो खेला रणनीतिको खेल हो। तपाईँले यो अन्दाज गर्नु पर्छ जबकि तपाईँको प्रतिद्वन्दीले कस्तो चाल चल्दछ त्यस अनुसार आफ्नो योजना बनाउनु पर्छ।

सोच्नुहोस् :के कुनै तरिका छ, जसले गर्दा सुरु गर्नेले सधैँ जित्छ?

अब अगि सोच्नु पर्ने प्रश्न छ- के काँटीका संख्याले कुनै फरक पार्दछ? अहिले हामीले विषम (odd) संख्याका काँटीहरू र लाइनहरू प्रयोग गऱ्यौँ। के म सम (even) संख्याका काँटी लिएर यो खेल खेल्न सक्छु? के कुनैमा सम, कुनैमा विषम संख्याहरू हुन सक्छन्? के लाइनहरूका संख्यामा अन्तर हुनु जरूरी छ? के हामी 3, 7, र 11 वटा काँटीले खेल्न सक्छौँ? वा  फेरि 3, 5 र 11ले?

यी भिन्ना-भिन्नै मेल प्रयोग गरेर हेर्नुहोस्।

हत्केलामा प्वाल

हातमा एउटा लामो कागज लिएर त्यसलाई रोल पारेर नलीजस्तै बनाउनुहोस् र आफ्नो दाहिने हातले समातेर हाहिने आँखाले यसभित्र हेर्नुहोस्। दुवै आँखा खुला राख्नुहोस्। आफ्नो देब्रे हात खोलेर नलीमा टाँस्नु होस्। तपाईँलाई अचम्म लाग्दछ जब तपाईँ आफ्नो हत्केलामा प्वाल परेको देख्नु हुन्छ।

के तपाईँ यसको कारण भन्न सक्नु हुन्छ?

असलमा दाहिने आँखाले नलीको प्वाललाई हेरिरहेको छ। देब्रे आँखाले हत्केलोमा हेरिरहेको छ। जस्तो सधैँ हुन्छ, दुवै आँखाले जे देख्तछ, त्यो दिमागमा पुगेर एउटा छवि (image) बन्दछ। तब यस प्रयोगमा दिमागले एउटा आँखाले देखेको प्वाल र अर्को आँखाले देखेको हत्केलो आपस्तमा मिलाउदछ र हत्केलामा प्वाल परेको देखिन्छ।

ि बल्ने सलेदो

एउटा ममबत्तीलाई एकछिन बल्न दिनुहोस्, त्यसपछि त्यसलाई फुकेर निबाइदिनु होस्। त्यो  बत्तीबाट सेतो धुवाँ निस्कन्छ। यस्तैमा फेरि तपाईँले बल्दै गरेको सलाईको काँटी ममबत्तीका धुवाँको नजिक ल्याउनु भयो भने काँटीमा भएको आगो तुरून्तै ममबत्तीमा जान्छ र बल्न थाल्छ।

किन यस्तो हुन्छ? जब ममबत्तीलाई निभाइन्छ त्यस पछि पनि मोमबत्तीको केही भाग धेरै तातो हुनाका कारण ग्याँसका रूपमा बदलिएको हुन्छ। यही नै हामीले धुवाँका रूपमा देख्छौँ। यो ग्याँस बनिएको मम् ज्वलनशील हो र सजिलै आगाको झिल्को वा बलिरहेको आगोबाट त्यसलाई सल्काउन सकिन्छ। असलमा जुनचाहिँ हामी धुवाँका रूपमा देखिरहेका हुन्छौँ त्यो ग्याँस बनिसकेको मम हो जुनचाहिँ पहिले ठोसबाट पग्लेर तरल बनिएको थियो, फेरि बत्तीका सहारामा माथि चढ्यो र तातो भएर ग्याँसमा बदलियो। जसलाई हामी झिल्काको रूपमा देख्छौ त्यो यही बल्दै गरेको ग्याँस हो।

कागजको सिक्री

तपाईँलाई चाहिन्छ: कुनै पनि रङ्गीन राम्रो कागज, कैँची, चोप।

पहिले एउटा कागजको चारपाटे टुकुरो भेला पार्नुहोस्। 9 इञ्ची लामो र 9 इञ्ची चौडाइ भएको चाहिन्छ। योभन्दा सानो वा ठूलो भए पनि हुन्छ। यसलाई चित्रमा देखाइको जस्तै लाइनमा दोब्र्याउनुहोस्। त्यो एउटा त्रिकोण आकारको बनिन्छ। चाहेदेखि यसलाई एकपल्ट बीचमा फेरि दोब्र्याउन सक्नु हुन्छ। एउटा पातलो त्रिकोण तयार भयो।

अब यसलाई कैँचीले काट्नुहोस्। तपाईँले के ध्यान दिनु पर्छ भने:

तपाईँको कटाइ एउटा किनारबाट सुरू भएर अर्को किनारसम्म पुग्नु पर्छ तर टुकुरिनु हुँदैन। पालै-पालो काटेका टुकुराहरू लगाउनु पर्छ।

अब यी कागजका दोब्र्याइएका भागहरू बिस्तारै खोल्नुहोस्। अब यसका माझमा एउटा धागो उनेर तान्नुभयो भने एउटा अति राम्रो जन्जीर देखिन्छ। तपाईँले यस्ता दुईटा जन्जीरहरू बनाएर पनि  तीनलाई जोडन सक्नुहुन्छ। अब यसलाई जहाँ मन लाग्छ त्यही सजाउन सकिन्छ। चाडपर्वमा सजाउनका लागि यो धेरै राम्रो हुन्छ।

अकास दर्शन

अरविन्द सी. रानाडे

यो नक्शा शिमला शहरको (अक्षांश: 31-060 उत्तर, देशान्तरको: 77-13 पूर्व) मध्य स्थानमा राखेर बनाइएको हो। यस नक्शालाई उत्तर भारतीय प्रदेशले केही समयका लागि उपयोग गर्न सक्छन्। यस नक्शालाई 1 डिसेम्बर राती 10 बजे, 15 डिसेम्बर राती 9 बजे तथा 31 डिसेम्बर राती 8 बजे उपयोग गर्न सकिन्छ।

नोट: राती अक्काशमा हेर्नका लागि निम्न कुराहरू ध्यानमा राख्नु पर्छ।

  • सहरका उज्यालोबाट पर कुनै ठाउँ चयन गर्नुहोस्।
  • चित्रलाई पढनका लागि पेन्सिल टर्चको उपयोग गर्नुहोस्।
  • तपाईँलाई पाँचवटा चित्र (उत्तर, दक्षिण, पूर्व, पश्चिम तथा एउटा मध्य अक्काश) दिइएको छ। उत्तर दिशाको चित्रलाई उत्तरतिर मुख पारेर आफ्ना आँखाको नजिक राखेर चित्रमा देखाइएका तारामण्डलहरूलाई, अक्काशमा रहेका तारामण्डलहरूसँग मिलाउदै चिन्ने प्रयास गर्नुहोस् र यस्ता भिन्ना-भिन्नै दिशाका चित्रहरूलाई त्यही दिशातिर मुख पारेर उपयोग गर्न सकिन्छ।
  • नक्शमा धेरै चमकिला ताराहरू ठूला डट तथा थोरै चमकिला ताराहरू तुलनामा साना डटमा देखाइएको छ।
  • तारामण्डललाई ठूला अक्षरमा तथा ताराहरूलाई साना अक्षरमा लेखिएको छ।

बिजुलीको स्वाद

यदि तपाईँले दुईटा यस्ता तार जसको एउटा टुप्पो कुनै नीबुमा उनेको हुन्छ आफ्नो जिब्रो लगाएर लगाउँदा तपाईँले बिजुलीको स्वाद पाउनुका साथै अनुभव गर्न सक्नु हुनेछ। । तपाईँको जिब्रामा कुनै धातुको स्वाद र झिनझिन गरेको अनुभव हुन्छ।

नीबु (कागती) बाट बिजुली बनाउनुहोस्।

आवश्यक पर्ने सामान- दुईटा कडा तामाका तार, ठूला पेपर क्लिप, नीबु, कैँची, गेलभेनोमीटर। कसरी गर्ने- तार माथिको रबडको कभार निकाल्नुहोस्। पेपर क्लिपलाई खोलेर त्यसलाई तारको एउटा टुप्पामा बाँध्नुहोस्। नीबुलाई चारैतिरबाट थिचेर भित्रको गुदीलाई नरम बनाउनुहोस्। नीबुमाथि लगभग 1 इञ्चीका दुइटा साना निशान लगाउनुहोस्। खाली तार र पेपर क्लिपलाई नीबुको बाक्रा छेडेर त्यसभित्र रोप्नुहोस्। दुवै तार एक अर्काको नजिक होस् तर नछोओस्। दुवै तारका मुक्त टुप्पाहरूलाई कुनै मीटरका टुप्पामा जोडनुहोस्।

के हुन्छ होला- मीटर चल्छ। कसरी- दुइटा भिन्ना-भिन्नै धातुहरू तामाका तार र लोहाका क्लिपको नीबुको रस (एसिड)सँग रसायनिक क्रिया हुँदा एउटा तारबाट दोस्रोतिर इलेक्ट्रन जान थाल्छन्। त्यो नीबुबाट एउटा तारका माध्यमले बाहिर निस्केर मीटरमा आउछ र त्यहाँबाट फेरि अर्को तारबाट नीबुमा जान्छ।

कागजका सोली सजाउने चीज

आवश्यक पर्ने सामानः कार्ड शीट, कैँची, पेन्सिल, काँटी वा स्टेप्लर।

कार्ड शीट काटेर छोटा-लामा, ठूला-साना सबै प्रकारका फिता बनाउनु होस्-

कुनै पेन्सिल वा काँटीमा बेरेर फिताका सोलीजस्तै बनाउनुहोस्।

ठूला र साना सोलीलाई एक अर्कासँग स्टेप्लरले जोडनुहोस्। यसबाट तपाईँ धेरै खालका लोभ लाग्दा भिन्ना-भिन्नै चीजहरू बनाउन सक्नु हुन्छ। पुतली पनि बनाएर हेर्नु होस्!

क्सिजेनको पात

आवश्यक सामग्रीहरू- 1 सफा चौड़ा मुख भएको जार, पानी, एउटा पात, एउटा ठूलो बनाएर देखाउने ऐना।

के गर्नु पर्छ- जारमा पानी हालेर भराउनुहोस्। कुनै घाम लागेका ठाउँमा यसलाई राखिदिनुहोस्। त्यहाँ यसलाई थोरैमा एक घण्टासम्म राख्नुहोस् जबसम्म कि जारको बाहिरतिर तातो हुँदैन। मेग्निफाङ्ग ग्लासका सहयताले जारमा के हुँदै छ हेर्नुहोस?

के हुन्छ - हजारौँ साना-साना फोका जार भित्र पानीमा देखिन्छ।

किन- पानी जसले अक्सिजेन छोडदछ त्यो फोकाका रूपमा परिवर्तित हुन्छ।

तपाईँलाई थाहा छ घामको प्रकाशका सहायतामा रूखले पानी र हावाबाट कार्बन डाइअक्साइड ग्रहण गर्छ र स्वयं आफ्नो खाद्य तयार गर्दछ। यो एक प्रकारको शक्कर-ग्लुकोज हो। यो तयार पार्दा अक्सिजेन एउटा अतिरिक्त पदार्थका रूपमा तयार हुन्छ र यही अक्सिजेन हामी यस प्रयोगमा हेर्दै छौँ। यदि तपाईँले यो जारलाई अँध्यारोमा राख्नु भयो भने यी फोकाहरू देख्नु हुन्न।

रूखले यसरी संश्लेषणद्वारा सबै जीवहरूका लागि भोजन अथवा ग्लुकोज वा प्राणवायु अथवा अक्सिजेन पनि तयार पार्दछ। प्राणी जगतमा यस्तो गर्न सक्ने क्षमता केवल हरियो रूखमा मात्र हुन्छ।

हँस्यौली

लौ ….. हाँस उठ्यो !!!!!

शिक्षक (नानीलाई): तिम्रा बाबाको उमेर कति हो?
नानी: मेरो जतिनै।
टीचर: यस्तो कसरी हुन्छ?
नानी: किन? जब म जन्मिएँ तब मात्रै त उहाँ मेरो बाबा बन्नुभयो।

एकदिन रावणलाई आफ्नो गराइमा धेरै अफसोस भयो र उसले सोच्यो अब रामसँग माफी माग्नु पर्छ। ऊ रामको घर गयो र दैलो ढकढक्यायो। रामले दैलो खोलेर हेर्दा रावणलाई देखेर छक्क परे। तर रावण चुप लागेर उभिएर सोचिइरह्यो, केही बोलेन। भनत ऊ के सोचिरहेको थियो?
उत्तर: कुन मुखले माफी माग्नु?

एकपल्ट पाँचवटा भित्ती- फुलवा, रामप्यारी, राम दुलारी, रामपुरी र रामचुरी घरका भित्तामा हिँडदै थिए त्यतिनै बेला फुलवा गाना गाउन थाल्यो। जब फुलवाले गाना बन्द गऱ्यो रामप्यारी, रामदुलारी, रामपुरी र रामचुरी भित्ताबाट तल झरे। लौ भनत किन?
उत्तर- किनकि ती सबै ताली बजाउन लागेका थिए।

एकपल्ट धेरै वैज्ञानिक मिलेर स्वर्गमा आइस-पाइस खेल्दै थिए। आइन्सटाइनले गन्ती गर्न आरम्भ गऱ्यो। बाकी सबै लुक्न थाले। न्युटन कतै लुकेन उसले माटामा एकमीटर लामो र एकमीटर चौडा चौकार बनाएर त्यहाँ उभिइरह्यो। आइन्सटाइन खोज्न निस्क्यो र झट्टै चिच्याउन थाल्यो - समातेँ, न्युटनलाई समातेँ। तर न्युटन हल्लिएन। भन्यो- म न्युटन हुँदै होइन।
आइन्सटाइन छक्क पऱ्यो! र भन्यो- तिमी यस्तो झुटो कुरा किन बोल्छौ? तिमीलाई त सबै जान्दछन्।
न्युटनले भने- हेर म न्युटन प्रति वर्गमीटर हुँ- अर्थात् पासकल हुँ। बुझ्यौ?

प्रश्न : बिहेमा दुलाहालाई किन घोडामा बसाइन्छ?
उत्तर : उसलाई भाग्ने अन्तिम मौका दिइन्छ।

जब म तिमीलाई फोन गर्दछु-----------
एउटा घण्टीको अर्थ हो म तिमीलाई सम्झिँदै छु।
दुइटा घण्टीको मतलब हो म तिमीलाई मन पराउछु
तेस्रो घण्टीको मतलब हो तिम्रो यादले मलाई धेरै सताउदै छ
चौथोको मतलब हो…… अरे मुर्ख, फोन समात

मुस्कान….. प्रेमको भाषा हो।
मुस्कान….. मन जित्ने बाटो हो।
मुस्कान ….. तिमीलाई माथि पुऱ्याउछ र यसैले……
आजदेखि आफ्ना दाँत ब्रश गर्न सुरु गर!

इतिहासको शिक्षक : मुगलहरूले कहाँ देखि कहाँसम्म राज गरे?
छात्र : सर, मलाई पक्का थाहा छैन तर मेरो ख्यालमा पेज 15 देखि पेज 26 सम्म।

केटा : म तिमीलाई माया गर्छु। तिम्रा लागि ज्यान पनि दिन सक्छु।
केटी : हो र? कति छिटो?

अर्को बाटोबाट कसैलाई जाँदै गरेको देखेर एकजना युवकले कराएर उसलाई पर्खिन भने।
“के तपाईँ मलाई केही भन्दै हुनुहुन्छ?’’ पथिकले उभिएर भने।
“हो, भाई सुरेश, मैंले तिमीलाई नै बोलाएको थिए। तिमी त एकदम फेरिएछौ- पहिले तिमी धेरै मोटो थियौ, अहिले दुब्लो देखिन्छौ, रङ्ग पनि अगिको भन्दा धेरै सफा भएछ, आवाज पनि धेरै बदलिएछ। किन हो?’’
“तर हजुर, तपाईँले चिन्न भूल गर्नु भयो, म सुरेश होइन।”
“ओ हो, तिमीले नाम पनि फेऱ्यौ!’’

एउटा केटालाई इन्जेक्शन लगाइदै थियो। दुइटा इन्जेक्शन लगाए पछि जब तेस्रोको पालो पऱ्यो, तब डाक्टरले उसलाई सोध्यो, ‘‘यो कुन पाखुरामा लगाउँ?’’
केटाले जबाव दियो, ‘‘मेरा पिताजीका पाखुरामा।”

“मेरो छोरो ठूलो भएर नेता बनिन्छ भन्ने तपाईँलाई कसरी थाहा भयो?’’
“ओह, कुरो के हो भने  उसले जस्तो कुरा गर्छ सुन्न धेरै राम्रो लाग्दछ, तर त्यसको केही अर्थ निस्कदैन!’’

ग्राहक: ‘‘तिम्रो होटलको खाना एकदम नराम्रो रहेछ: म त खान सक्दिन। जाउ, गएर होटलको मेनेजरलाई म भए ठाउँमा पठाउ।”
बेरा: ‘‘मेनेजरलाई बोलाएर केही फाइदा छैन, साहेब, यो खाना त ऊ पनि खादैनन्!’’

स्यानो टिङ्गु एकदिन प्रार्थना गर्दैथियो- ‘‘हे भगवान्‌, तिमी डेडी, मम्मीलाई रक्षा गर्नु….र आफ्नो पनि रक्षा गर्नु…… नभए हामी सबैको रक्षा कसले गर्छ?’’

टुन्नु (आमासँग) ‘‘आमा, तपाईँको अन्दाजमा मेरो दाम कति हुन सक्छ?’’
आमा, ‘‘छोरा, तिमी त लाखौँ रुपियाँको हौ।”
टुन्नु ‘‘त्यसोभए, आमा, के तपाईँ मलाई रुपियाँ पनि पेशगी दिन सक्नु हुन्न?’’

स्कूलबाट फर्केर आए पछि, धेरैबेर बोलाउँदा पनि जब घरको दैलो उघ्रिएन, तब केटाले जोड जोडले भन्यो- ‘आमा‘, म हुँ चुन्नु- तपाईँको तेस्रो छोरो, दूधवाला, भाजीवाला, इनकम ट्याक्सवाला वा  तागिदा गर्नेवाला होइन।’’

पोस्ट अफिसमा राखेको कलम धेरै पुरानो र बिग्रेको पनि थियो। एउटा छात्रले त्यस कलमलाई पोस्ट मास्टर भए टाउँमा लगेर भन्यो, ‘‘के यो त्यही कलम हो जसले कवि कालिदासले ‘मेघदूत’लेखेका थिए?’’
पोस्ट मास्टरले छात्रको कुरा ध्यानसँग नसुनि उत्तर दियो, ‘‘पुछताछ गर्ने खिडकीमा गएर सोध।”

बेइजिङ्गको पशुशालामा एउटै पिन्जडामा सिंह र पाठो एकसँगै बसेको देखेर एकजना विदेशी पर्यटकलाई अति आश्चर्य भयो। उसले चीनी गाइडलाई सोध्यो, ‘‘यो त मेल-मिलापको अचम्मको नमूना हो! तर यो सम्भव कसरी भयो?’’
“प्रतिदिन एउटा नयाँ पाठो यस पिन्जडामा बन्द गरिदिएर!’’ चीनी गाइडले उत्तर दियो।

स्कूलका केही छात्रले मिलेर पिकनिक (वनभोज) जाने भए र के तय गरे भने कुनै एकजना माथि मात्रै सबै भार नपरोस भनी, सबै छात्रले आफूसँग केही न केही अवश्य लाउन पर्छ।
बेङ्गुली छात्र: ‘‘म रसगोल्ला ल्याउछु।”
मद्रासी छात्र: ‘‘म इडली-डोसा।”
गुजराती छात्र: ‘‘खमन-ढोकला।”
मराठी छात्र: ‘‘श्रीखण्ड-पूरी।”
पन्जाबी छात्र: ‘‘तन्दुरी रोटी।”
एकजना छात्र अन्तिम समयसम्म चुप्प बसिरह्यो। शेषमा सबै छात्रले उसलाई सोधे - ‘‘साथी, तिमी के ल्याउछौ?’’
उसले उत्तर दियो, ‘‘म सबै भाई-बहिनीलाई ल्याउछु!’’

माध्यमिक स्तरका छात्रहरूको टोलीलाई दिल्लीमा राष्ट्रपति भवनको दर्शन गराइयो। फर्केर आउँदा अध्यापिकाले छात्र-छात्रालाई ‘राष्ट्रपति भवन’का बारेमा आ-आफ्नो विचार लेख्न भन्नुभयो। एकजना छात्रले लेख्यो- ‘‘ खासगरी मलाई यस कुराको धेरै खुशी छ के भने मैले आफ्नो त्यो निवास-स्थान देख्न पाएँ जहाँ म चालीस साल पछि बस्ने मौका पाउछु!’’

कविता

अम्बक बन्यो--डा. श्रीप्रसाद
आमबाट अम्बक बनियो

अम्बकबाट केरा
मैले यो सबैथोक देखेको छु 
आज गएको थिएँ मेला

सानो खालको बाख्रो थियो
हात्ती जस्तै बोलि
तर रुगा खप्न नसक्ने
खायो उसले गोली

छानामाथि हुन्थ्यो ख्याक ख्याक ख्याक

तर थिएनन् बाँदर
बिरालो नै यसरी कराउदै थियो
गाईले गरेन बाँ बाँ   
उसले अङ्ग्रेजी बोलि
भनी गोरुलाई भूस खा

राम्ररी हेर्दा रहेछ
मलाई अचम्म लाग्यो
कुखुराले म्याउ गर्दा
हाथ जोडेर बस्यो
मुसो जस्तै डराई

तर जब राती घाम झुल्क्यो
जुन झुल्क्यो दिउँसो

के हुन आँट्यो दुनियाँमा

म धेरै आत्तिएँ
तुरून्त आँखा चिम्ले मैले

फेरि केही देखिन
तब मलाई लाग्यो ब्युझाउदै छे

आएर मलाई रेखा
सपना देखेँ चम्मको

एकदम गडबड घोटाला

सपनाको दुनियाँमा हुन्छ
सबैथोक निकै अचम्म।

खिचडी
हाँस थियो, साही पनि, (व्याकरणलाई गोली मार)
बनियो हाँसाही, कसले जान्दछ कस्तो यार!

बकुल्लो भन्छ कछुवालाई, "बल्ले-बल्ले मस्ती
कस्तो बढ़िया हिँडछ है, बकुछुआ दोस्ती!"

सुगाको मुख भित्तिको, ठूलो सङ्कट यार
किरा छोडेर माँग्छ होला, खोर्सानीको आहार!

लुकेको रुस्तम बाख्रो, चाल चल्यो आखिर
बिच्छीको गर्दन जोडियो, जिउमा भेटियो शिर!

जिराफ सोझै भन्छ, घुम्दिन मैदानमा
प्वाँख लागोस् उसलाई, डुबेको छ उडानमा!

गाईले सोच्यो - कस्तो बीमारी बोकेँ
पछि लागे कसरी कुखुराको सवारी!

हाथीको हालत हेर्दा, ह्वेल माग्य़ बग्दो धार
हाथी भन्छ - "जङ्गलको टेम हो यार!"

डरलाग्दो सिंह बिचारा, सिङ थिएनन् उसका
जब हरिणलाई भेट्यो, सीङ उम्रे शिरमा!
- सुकुमार रा
('आबोल ताबोल' का बीसवटा कविताहरूको अनुवाद
'अगड़म बगड़म' सम्भावना प्रकाशन, १९८९)
तस्वीरहरू सुकुमार राईले आफैँ बनाएका हुन्।

सानो रूसी बच्चाले लेखेको

सूर्यमुखी-कात्या

घाम झुल्क्यो। चराहरू जागे। भरत पन्छी अक्काशमा उडन थाल्यो। सूर्यमुखी पनि जागो। उसले आङ मर्कायो र आफ्ना पखेटाबाट ओस झाऱ्यो। फेरि त्यो घामतिर फर्क्यो : ‘नमस्ते, घाम। म धेरै अगि देखि तँलाई पर्खिरहेकी थिएँ। देखिस मेरा पहेँला पखेटा, यी पखेटा तेरो तातोमा पानी नभेटेर ओइलिएका थिए। अब फेरि ती बौरिए।

कटुसको फल-उम्रिनु
हावा चल्यो र कटुसको फल तल झऱ्यो। रातो-पहेँलो फल तामाले बनाएको जस्तो थियो। त्यो झऱ्यो र सोच्न थाल्यो: ‘‘हाइ, जब म हाँगामा झुण्डेको थिए, त्यो कति राम्रो थियो। अब म माटामा झरेको छु। यहाँबाट न नदी देखिन्छ, न जङ्गल।” कटुसको फल उदास भयो। ऊ भन्न लाग्यो: ‘‘कटुस, कटुस, फेरि मलाई हाँगामा झुण्डाएर राख।” कटुसले जवाब दियो: ‘‘तँ त अति बुध्दू होस्। म पनि, माटामा उम्रिएको हुँ। चाँडै जरा गाड र अगि बढ। त्यसपछि तँ पनि अग्लो रूख बनिन्छस।”

मनोरन्जनको दुनियाँ

लुप्त भयो बाँदर-राम कुमार स्वामी थूपल

पश्चिमी अफ्रिकामा पाइने एउटा बाँदरको प्रजाति धर्तीबाट लुप्त भयो, जस्तो कुनै एउटा समयमा डोडो पक्षीसँग भएको थियो। यो बाँदर, जसको नाम मिस वाल्डरन्स रेड कोलोबस मङ्की थियो, वैज्ञानिकहरूद्वारा छ: वर्षसम्म खोज्दा पनि भेटिएन। वैज्ञानिकले अफ्रिकाको घाना र आइवरी कोस्टमा धेरै मिहेनत गरी खोजे तर त्यस्तो बाँदर भेटाउन असफल भए। अन्तिमपल्ट 20 वर्ष पहिले घानाका वर्षावनमा यस बादर नस्ल देखिएको थियो।

यसपछि यी बाँदरलाई लुप्तप्राय घोषित गरियो। कोलोबस बाँदरहरूका 5 वटा अरू प्रजातिहरू छन् जसमध्ये अर्को एउटा प्रजाति लुप्त हुने खतरामा छ। कोलोबस बाँदरहरूका औँलाहरू धेरै साना हुन्छन् वा हुँदैनन्। यी पातलो दाडिमका रङ्गदेखि लिएर दाडिमको चहक गहिरो रातो रङ्गका हुन्छन्। यी आफ्नो धेरै समय जङ्गलको माथिल्लो शाखाहरूमा रूखमा झुण्डेर बिताउने गर्दछन् र त्यही आफ्ना लागि भोजन खोज्ने गर्दछन्। बन्धुत्व दर्शाउनका लागि समूहमा यिनीहरू मुखले आफ्ना समूहका बाँदरका शरीरबाट जुम्रा टिपेर खाने गर्दछन्। छक्क पर्ने कुरा के छ भने नचिनेको बाँदरका सामुन्ने यस्तो धेरै देखाउछन् कि त्यसलाई आफ्ना समूहको मजबुती थाहा लागोस्। यी बाँदरहरू मासिनुको कारण हो अवैध शिकार किनकि यसको मासु विशेष रूपमा स्वादिष्ट मानिन्छ। अर्कातिर यिनलाई बस्ने ठाउँ वा जङ्गल सकिँदै जाँदै छ। वैज्ञानिकहरूको भनाइ छ दुनियाँ का 608 वटा बानर प्रजातिहरूमध्ये 10 प्रतिशत आज लुप्त हुने अवस्थामा पुगिसकेका छन्।

तातोले चोर समाउनु

तपाईँलाई थाहा छ उहिले देखि चोरोहरूलाई समाउने एउटा तरिका हो तिनको औँलाको निशान खोज्नु। संसारका हरेक मान्छेका औँलाको निशान भिन्ना-भिन्नै हुन्छन्। त्यसो हुँदा पुलिसले, चोरले छोडेका निशान खोजेर तिनको छाप लिन्थे, फेरि यी छापहरूको ती सबै मान्छेको छापसँग मिलाइने गरिन्थ्यो जहाँ शंका हुन्छ, त्यहाँ जाँच्ने गरिन्थ्यो र चोर समातिन्छ। तर धेरैजसो चोर यो कुरा जान्दछन्। त्यसैले उनीहरू अर्को तरिका अपनाउने गर्दछन्- जस्तै हात मोजाको प्रयोग गरी अपराध गर्नु वा  फेरि अपराध गरे पछि सारेका वा छोएका चीजहरूलाई कपडाले घोटेर निशान मिटाउनु। यसो हुँदा पुलिसका लागि कुनै चिनो बच्तैन।

तब अहिले अपराध समाउऩे मान्छेले एउटा नयाँ तरिका निकालेका छन्। चोरलाई उसका शरीरको तातो (गर्मी) ले समाउनु। हामी सबैका शरीरमा रक्त वाहिनीहरूको जाल छापिएको छ। हाम्रो कुल एक वर्ग इञ्चीको छालामा नै करीब 15 फुट लामा रक्त शिराहरू हुन्छन्, (पूरै शरीरकै रक्त शिराहरू त करीब 1 लाख 60 हजार किलोमीटर लामो हुन्छन्।) यी सबै रगतका नसाहरूले गर्मी छोडदछन् जुनचाहिँ अवरक्त (इन्फ्ररेड) किरणहरूका रूपमा शरीरबाट निस्किइ रहन्छन्। हाम्रो शरीरको इन्फ्ररेड चित्र लिने हो भने तातो चिसो भाग भिन्ना-भिन्नै देखिन्छन् र हाम्रो शरीरको एउटा भिन्न चित्र बन्दछ। पुलिसहरू आफूसँग अपराधीहरूको इन्फ्ररेड चित्र राख्दछन्। यदि अपराधी भीडमा घुम्दै छ भने, पूरै भीडलाई विशेष क्यामेराले चित्र लिएर त्यसलाई कम्प्युटरमा हाल्ने हो भने त्यसबाट अपराधीको चित्र तुरून्तै पकडिन्छ।

एउटा मान्छेको इन्फ्ररेड चित्र जसले हातमा बल्दै गरेको सलाईको काँटी समातेको छ।
राम कुमार स्वामी थूपलको लेखमा आधारित www.pitara.com बाट साभार।

घट्दो रफ र ध्रुवी भालु

छ महिनाको लामो अँध्यारो ध्रुवीय जाडोमा, ध्रुवीय पोथी भालु आफ्ना ओडारमा बसेको थियो। उसले त्यहाँ बच्चा जन्माएको थियो र कहिले यी अलिक ठूला हुनु र खाने कुराको खोजीमा पछि पछि हिँडन सक्ने हुन्छन्। उसको खाना ‘आइस प्याक’मा उपलब्ध हुन्छ। उत्तरी ध्रुवमाथि एउटा उत्रिएको बरफको ठूलो टोपी वा क्याप छ जुनचाहिँ धर्तीको गतिका साथै घुमि रहन्छ। यस विशाल बरफको क्यापको नजिकैका बरफ तल ध्रुवीय भालुले आफ्ना लागि भोजन खोज्दछ- सील माछा, व्हेल, वालरसजस्ता अरू जन्तुहरू यसका प्रिय खाना हुन्।

जब पोथी भालु धेरै महिना पछि बाहिर निस्कन्छ, ऊ धेरै कमजोर र भोको हुन्छ, उसलाई छिटोभन्दा छिटो, धेरैभन्दा धेरै खाना चाहिन्छ। उसको खाना सील माछाहरू आइस क्यापको किनारमा पौरी रहेका छन् र उसले आफ्ना नानीहरूसँगै बरफ भएको पानीमा पौरेर जानु पर्छ। ऊ राम्रोसँगले पौरिने जन्तु हो तर भोको र कमजोर हुनाले धेरै टाढासम्म पौरिन सक्दैन।

पोथी भालु माटामा दौडदैँ गएर समुद्र तटमा पुग्ना साथ पानीमा हाम फाल्छ। धेरै माइलसम्म पौरेर ऊ आइस प्याकसम्म पुग्छ। अनि चर्केको, उत्रेको बरफका ढुङ्गाका बीचमा सुङ्दै हिडदा अचानक उसले पानीमा एउटा हलचल भएको थाहा पाउछ। बिजुलीको जस्तो छिटो उसका विशाल पञ्जाहरू झम्टिन्छन् र एकै छिनमा छटपटाउँदै गरेको सील उसका मुखमा देखिन्छ। ऊसले त्यसलाई घिसार्दै  पर लान्छ र छिटोछिटो खान्छ। बरफिलो चिसोमा जिउँदो रहनका लागि उसलाई धेरै चर्बी चाहिन्छ। ध्रुवीय भालु वा पोलर बियर पूरै साल सिकार गर्दछ। तर उसका लागि बसन्तको मौसम सबैभ्दा  राम्रो हुन्छ किनकि सील माछाहरूले धेरै मात्रामा बच्चा जन्माएका छन्। यी भालुहरू जतिखेर पनि  खाने कुराको खोजीमा यहाँ वहाँ घुमिरहन्छन् र आफ्नो धेरैजसो समय उत्रिएको बरफमा बिताउछन्। यी बग्दै गरेका बरफमा पनि सजिलै जान सक्छन्, किनकि यिनलाई मार्नेवाला कोही पनि छैनन्।  (सिवाय मान्छेले जसले यसका छालाका लागि मार्ने गर्दछन्।) यिनीहरू केवल बच्चा जन्माउनका लागि मात्रै माटामा आउछन् र पोथी भालु हरेक दुई-तीन वर्षमा ब्याउने गर्दछन्। तातो हुँदै गरेको पृथ्वी वा वैश्विक तापमानको नराम्रो प्रभाव ध्रुवीय भालुहरूमा पर्दैछ। यहाँ हामीलाई अशोक वैश नामको वैज्ञानिकले हालैमा बरफमा बस्ने ध्रुवीय प्रदेशको यात्रा गरे र उनले हामीलाई भने म पहिलोपल्ट ग्लोबेल वार्मिंगको प्रभाव उत्तरी ध्रुवको नजिकै आर्कटिक क्षेत्रमा देखेँ। हामी एउटा जहाजमा नर्वेको स्पिट्सबर्गन नामको द्वीपमा ध्रुवीय आइस क्यापको के नजिकै थियौँ। (लगभग 81 डिग्री उत्तरी अक्षांशमा)। हामी त्यहाँका वन्य जीवनको फोटो लिन गएका थियौँ- ध्रुवीय भालु, वालरस, सील र पक्षीहरू जुनचाहिँ यस सुनसान र नरम क्षेत्रमा बस्ने गर्दछन्। मार्चमा जब ध्रुवीय भालु (आमा र बच्चा) बाहिर निस्कन्छन्, ती धेरै लाम समयदेखि भोको हुन्छन् र तिनलाई जिउँदो रहनका लागि तुरून्त खाना चाहिन्छ। ती माटामा सिकार गर्न सक्दैनन्, यिनलाई एउटै मात्र सिकार गर्ने कला आउँछ त्यो हो- खुला समुद्रमा उत्रेका बरफका बीचबाट कसरी सील माछाहरू समात्न सकिन्छ। त्यसैले ती सिकार गर्नका लागि द्वीपको माटोदेखि पौरेर ध्रुवीय आइस क्यापसम्म जान्छन्। साधारणतः यो यात्रा छोटो हुन्छ र भालुका बच्चा पनि राम्रो पौरिन्छन्। मार्चमा ध्रुवीय आइस क्याप माटाको धेरै नजिक हुन्छन्।

तर पछि मैले देखेँ ग्लोबल वार्मिंगका कारण ध्रुवीय आइस क्याप गलेर धेरै साँगुरो भई सकेको थियो। अहिले भालुहरू द्वीपबाट आइस क्यापसम्म सैकडौँ माइल परसम्म पौरेर जानु पर्दथ्यो, जबकि उनीहरूले उत्रेको बरफ भेटुन र भोजनको खोजी गर्न सकुन्। सैकड़ौँ माइल पौरिन जब ती कमजोर हुन्छन् र पछि पछि भोका बच्चाहरू हुन्छन्, धेरै सारो हुन्छ र धेरैजसो भालु बीचैमा डुबेर वा भोकले मरे। स्पिट्सबर्गनका ध्रुवीय भालु एउटा समयमा सिकारीहरूले मारेर सक्न लागेका छन् र केवल केही सयमात्र रहेका थिए। 1970 मा यिनको सिकार गर्नमा रोक लागे पछि  इनको संख्या बढेर 2000 देखि 3000 सम्म भएका थिए। यो एउटा ठूलो सफलता थियो, तर ग्लोबल वर्मिगको कारण आज यी फेरि खतरामा पुगेका छन् र यदि हामीले धर्तीमा द्रुत गतिमा बढदै गरेको कार्बनडाइअक्साइड र गर्मी रोकिएन भने यो सुन्दर जीव सधैँका लागि लुप्त हुन्छ।” केवल ध्रुवीय भालु मात्र होइन, पृथ्वीका सबै जीवकुललाई नै खतरा भइरहेको छ, यदि मान्छेका लागि ऊर्जाको आवश्यकता केवल कोइला वा पेट्रोल बालेर मात्रै पूरा भइरह्यो भने हामीले आफ्नो तरिका बदलाउनु पर्छ जसबाट थोरै मात्रामा कार्बन डाइअक्साइड निस्क्योस्। हामीले सूर्य, हावा र पानीको प्रयोग गरी बिजुली बनाउनु पर्छ, फेरि थोरैभन्दा थोरै इन्धन बाल्नु पर्छ। हामीले पेट्रोलको बचत गर्नु पर्छ र जङ्गल पनि बचाउनु पर्छ, रूख रोप्नु पर्छ।

संसारको सबैभन्दा सानोाँदर

पिग्मी (जसको अर्थ हो पुडके) मार्मोसेट संसारको सबैभन्दा सानो बाँदर हो। पूरै ठूलो हुँदा पनि यसको टाउको र शरीर लगभग 11 देखि 15 सेमीको मात्रै हुन्छ। लगभग यति नै लाम पुच्छर हुन्छ र वजन प्रायः 120 देखि 190 ग्रामसम्म हुन्छ। यो ब्राजील, इक्वाडोर र पेरू जस्ता देशहरूको घन वर्षा वनमा भेटिन्छ।

यसले रूखको चोप वा रस खाने गर्दछ यसका लागि आफ्ना पञ्जाले बोक्रामा प्वाल पार्छ र फेरि चुहुँदै गरेको रस खानलाई फर्केर आउने गर्दछ। यसका अतिरिक्त फल, फूलहरूको रस वा साना  जन्तुलाई पनि खाने गर्दछ। चित्रमा स्वीडेनको चिड़ियाघरमा जन्मेका दुईटा नवजात पिग्मी बाँदर देखिँदै छन् जुनताहिँ एकजना कर्मचारीका औँलामा टाँसिएका छन्। दुखको कुरा के थियो भने,पछि यीमध्ये एउटा मऱ्यो!

लाई बचाउनु होस्-आलेखः अभिषेक सिंह

यो एउटा इन्टरभ्यु हो। यस इन्टरभ्यु लिनका लागि हाम्रा रिपोर्टर चम्बल नदीको किनारमा बनेको, ‘केन घोरेल अभ्यारण्य’मा जानु पऱ्यो। तपाईँले थाहा पाएर छक्क पर्नु हुन्छ के भने, धेरै अनुरोघ गरे पछि मात्र यी घोरेलले आफ्ना बारेमा भन्न तयार भए त्यो पनि यो इन्टरभ्यु नानीहरूका लागि छापिन्छ भन्दा मात्रै।

घोरेलले (आफ्ना पुच्छरले पानी छर्किन्छ) : के सोध्नु छ, चाँडै सोध्नुहोस्।
रिपोर्टर: हजुर। पहिले त यो भन्नहोस्, के तपाईँहरू कुनै ठूलो सङ्कटमा हुनुहुन्छ?
घोरेल: सङ्कटको कारण तिमीहरू हौ, तिमीहरू!
रिपोर्टर: हजुर! त्यो कसरी?
घोरेल: त्यो यसरी कि बितेका केही महिनामा हाम्रा जातिका सवा सयजना मारिए। कसैका शरीरमा कुनै घाउ, निशान छैन। सबै खाइलाग्दा स्वस्थ थिए। सधैँ नदीका ताजा माछाहरू खान्थ्यौँ। बिचरा अब रहेनन् – (रिपोर्टरसँग रिसाउँदै आफ्नो थुतुनो कपिको लजिक ल्याउछ) तिमीहरूले माऱ्यौ सबैलाई..... यदि भोलि हामी सबै यस संसारबाट हराएर गयौँ भने तिमी सबै मानिस जाति जिम्मेदार हुनछौ। तिमी सबै!
रिपोर्टर: (डराउँदै) सर, हाम्रो प्रयास केवल यति नै हो कि साधारण जनतालाई तपाईँहरूका बारेमा थाहा होस्। मान्छेले जानेपछि मात्र तपाईँहरूलाई बचाउन सजिलो हुन्छ।
घोरेल: हो। ठीक हो-भन के जान्न चाहन्छौ?
रिपोर्टर: कृपया, तपाईँका जातिका बारेमा केही भन्नुहोस्।
घोरेल: (आफ्नो मुख खोलेर अक्कासतिर हेर्छ, जस्तै केही सोच्तैछ)-लेख। हामी धर्तीका सबैभन्दा ठूला घोरेल हौँ। कतिपय घोरेल त 20 फुट लामा हुन्छन्। 1000 किलोसम्म वजन हुन्छ। देख्न त भयानक हुन्छन् तापनि हामी केवल माछा मात्रै खान्छौँ। यो लामो थुतुनो देखिरहेका छौ नि, यसले माछा समातेर फसाउने काम गर्दछ। कुनै घोरेलले मान्छे खाँदैन, त्यसैले आफ्ना मन्छेलाई भन्दिनु, हामीलाई दुःख नदिनु। हो-यदि मारिएन भने हामी 60 वर्षसम्म बाँच्तछौँ। माटो र पानी दुवैमा आरामले बस्न सक्छौँ।
रिपोर्टर: घोरेल दाई, अचेल भारत र अरू देशहरूमा तपाईँहरूको अवस्था कस्तो छ, र उहिले कस्तो थियो?
घोरेल: नसोध भाई। (बोलि बन्द हुन्छ) 1940 को दशकमा सारा संसारमा हामी लगभग 10,000 थियो। भारत, पाकिस्तान, बाङ्ग्लादेश र भूटानमा सिन्धु, ब्रह्मपुत्र, गंगा र महानदीको किनार हाम्रो इलाका थियो। (फेरि अक्कासतिर फर्किन्छ) तर अहिले....... धेरै नराम्रा दिन आए। कसैलाई थाहा छैन, घोरेल धर्तीमा कति दिनका पाहुना हुन्। सधैँ कोही न कोही मरेको खबर आउछ। मान्छे भन्छन् अहिलेपनि 1300 घोरेल छन्, र सबै भारतमा मात्रै छन्। जहाँ पहिले सबै नदीमा घोरेल पाइन्थ्यो र अहिले अचेल चम्बल र गङ्गाको एउटा 200 किलोमीटर लामो पट्‌टी घेरेर “चम्बल वन अभ्यारण्य” बनाइयो। त्यहाँ हामी कति बाँचेका छौँ र?
रिपोर्टर: तर घोरेल किन मरिरहेका छन्.....?
घोरेल: किन नमरून? कहाँ रहेका छन्, भन त ? घोरेल बस्नका लागि, कुनै ठाउँ रहेको छ? नदिहरूमा बाँध लगाइयो, किनारको जङ्गल काटियो जहाँ घोरेल देखिन्छन्, मान्छेले जाल हानेर पासोमा पार्छन् र हाम्रो छाला काढछन्। हजारौं रूपियाँको छालाका लागि हामी मारिँदै छौँ, हजुर। सुन्दै छु हाम्रो छालाले बनेको पेटी मान्छेले हर्षका साथ लगाउने गर्छन्। हाइ... संसार।
रिपोर्टर: म तपाईँको भावनालाई बुझ्दछु। तर कोही त तपाईँलाई बचाउने प्रयास गर्दै पनि होलान.....
घोरेल: हो, छन् केही मान्छेहरू। सरकारले हामीलाई बचाउनका लागि एउटा प्रोग्राम चलाएको छ– “घोरेल मुक्ति टास्क फोर्स”। त्यसाबाट केही आशा छ हामीलाई। बस (एउटा लामो सास फेर्दै आफ्ना खुट्टा खुम्च्याउन थाल्छ र पानीमा जाने सङ्केत दिन्छ) अरू केही सोध्न रहेको छ?
रिपोर्टर: हो, एउटा अन्तिम प्रश्न छ त्यति नै हो। तपाईँको नाम घोरेल कसरी भयो?
घोरेल: (हाँस्दछ) हाम्रो मुख घडा वा भनौँ, गाग्रो जस्तै देखिन्छ त, त्यसैले हाम्रो नाम रह्यो घोरेल। वैज्ञानिक नाम -गेवियलिस गेङ्गेटीसस- पनि घोरेल नामबाट लिइएको हो।

पानीदेखि माटोसम्म - ड. इरफाना बेगम

एउटा साधरण लाग्ने कुरा हो जबकि जीवनको उत्पत्ति तथा विकास पानीमा भएको हो। तर पानीबाट जीव माटामा कसरी आयो, अहिले पनि एउटा प्रश्न नै भएको छ। खुट्टाको विकास कहिले  र कसरी भयो वैज्ञानिकहरू अहिले पनि यस प्रश्नको उत्तर खोजिरहेका छन्। किनकि पानीमा खुट्टाको आवश्यकता पर्दैन। यहाँ प्रश्नको जवाबको लागि वैज्ञानिकहरू जीवाश्मको अध्ययन गरिरहन्छन् र नयाँ खोजीका साथै आफ्नो सफलताका लागि खुशीयाली मनाउने गर्दछन्।

यी खोजीमा जीवाश्मले महत्वपूर्ण भूमिका लिन्छन्। जीवाश्म पृथ्वीमा दबेका ती जीवित वस्तुहरूका अवशेष हुन् जुनचाहिँ कुनै समयमा पृथ्वीमा जीवित थिए होला। यी जीवाश्म नै हुन् जसले वैज्ञानिकहरूलाई ठूला-ठूला रहस्य खोल्न सहाय गरेका छन्, जस्तै मान्छेको विकास चिम्पान्जीसँग मिल्दो-जुल्दो प्राणीबाट भएको हो वा विकासको क्रम के थियो होला वा को पहिले यहाँ आयो यसका लागि भूमिको खनाइले धेरै ठाउँमा भिन्ना-भिन्नै समयका जीवाश्म भएटिएका छन्, जसले हराएर गएको कुरालाई जोडन सहाय गरेको छ। यसै क्रममा 3650 लाख वर्ष पहिलेका जीव भेन्टेस्टेगा क्योरोनिकाले एउटा आशा देखाएका छन्। यसको जीवाश्म आधुनिक लेथवियामा भेटाइयो जहाँ कुनै दिन उम्लिने पानीको जलाशय थियो होला। यस जीवाश्मबाट के भने पत्तो लाग्यो विकासको क्रममा हामीलाई खुट्टा कति अघि प्राप्त भएको थियो। तापनि यो एउटा रहस्य नै हो जबकि हातका औँलाहरू र खुट्टाका औँला सँगै थिए कि थिएनन्। भेन्टेस्टेगा सम्भवत तालहरू वा मीठो पानी भएका झीलहरूमा बस्थे होला। यी धेरैजसो पानीमा रहन्थे होला तर कहिलेकाँही माटामा पनि बस्थे होला। स्वीडनका वैज्ञानिक अहेलबर्गका अनुसार भेन्टेस्टेगाको जीवाश्मको टाउको, भुँडीको चौथाइ भाग र काँधको चिन्ह भेटिएको छ। साथै यसका अगिका खुट्टाका केही भाग पनि भेटिएको छ। प्राप्त अवशेषहरूबाट अनुमान लगाइएको छ यो एउटा भेटिएको जीवाश्मका आधारमा भेन्टेस्टेगाको काल्पनिक चित्र लानो घोरेल जस्तै दिखिन्थ्यो होला। यसका खुट्टामा 4 देखि 10 वटासम्म औँलाहरू पनि हुन्थे होला। तर नजिकबाट हेर्दा के थाहा पाइन्छ भने टाउकाको छेउमा गलफनको (Gill Flap) अवशेष देखिन्छ, जसबाट पछि अरू स्थलीय जन्तुहरूको विकास भयो होला।

भेन्टेस्टेगा क्योरोनिकाका जीवाश्मलाई सन् 1994 मा पहिलोपल्ट देखिएको थियो तर यसलाई पश्चिम लेटवियाको एउटा 3650 लाख वर्ष पुरानो ढुङ्गो भनेर यसका अवशेषहरूलाई निकाल्ने  प्रयास गरिएन। तर जीवाश्म वैज्ञानिकहरूदावारा हालैको खनाइमा यस अमूल्य भण्डारलाई निकालियो र यसलाई दोस्रोपल्ट फेरि संयोजित गर्ने प्रयास गरियो र के मानियो भने यो 1-1.3 मीटरसम्मको लमाइ भएको जीव थियो होला। यस्तो पनि अन्दाज गरिएको छ के भने यो चौपाया जीव सबैभन्दा प्राचीन स्थलीय प्राणीहरूमध्ये एउटा हुन सक्छ जुनचाहिँ पृथ्वीमा पहिलोपल्ट हिँड्यो होला। प्र. अहेलबर्गको टीमले यसका बङ्गाराका आधारमा यसलाई प्रारम्भिक स्थलीय प्राणीहरूमा तर विष  भएका दाँतहरूको आधारमा यसलाई माछाहरू बीचको प्राणी मानेका छन् जुनचाहिँ जलीय र स्थलीय प्राणीहरूका बीचको हराएको सूत्र हुन सक्छ। उनले यो पनि मानेका छन् के भने यस प्राणीका खुट्टा न त औँलामा टुङ्गिन्थे न पखेटामा। यसको शरीर त पानीमा तर मुखको आकृतिले यसलाई स्थलमा बस्नका लागि अनुकूल बनाएजस्तो दर्शाउछ। प्राप्त जीवाश्महरूका आधारमा विकासक्रम एवं काल्पनिक चित्रलाई यस आधारमा हेर्ने हो भने यो जीवाश्म विकासको सूत्रलाई जोडदछ साथै नयाँ प्रश्नका साथै नयाँ खोजी गर्ने दिशातिर लान्छ।

बचिराको फुल!

सबैलाई थाहा छ फुल जीवन र दुनियाँका सबै राम्रा चीजहरूमध्ये एउटा हो। यस्ता सुन्दर चीजहरूका छेउमा बस्न पाउनु पनि एउटा ठूलो भाग्यको कुरा हो। बदलिँदो दुनियाँ र बढदो भीडको जमानामा अब कसैसँग न फुल हेर्ने समय छ न तिनलाई सुँघ्ने।

अर्को एउटा थाहा लागेको नयाँ कुरो के हो भने, हामीले जलाउने गरेको पेट्रोल पदार्थ र त्यसबाट निस्कने कालो धुवाँले फूलको वास्ना र फल फलाउन सक्ने शक्ति घटाउद छ। लगभग सबै सभ्यतालाई यस कुराको अन्दाज धेरै अघिदेखि थियो तर कसैसँग पनि कुनै वैज्ञानिक प्रमाण थिएन।

भर्जिनिया विश्वविद्यालयका केही पाठकहरूले यसका साथै एउटा कम्प्युटर प्रोग्राम तयार गरे, जुनचाहिँ असल जिन्दगीमा हुने प्रदूषणलाई अप्राकृतिक तरिकाले उब्जाएर, त्यसका फूल र त्यसको प्रजनन शक्तिमा पर्ने प्रभाव हेर्ने काम आओस्। धेरै परिश्रम पछि एउटा यस्तो प्रोग्राम तयार पारे। मौसम, फूलहरू र उम्रिने भिन्ना-भिन्नै परिस्थितिको लामो चौडो जाँच पछि प्रोग्रामलाई जति सक्दो उति, असली जस्तो बनाउने प्रयास गरियो। यसका साथै अर्को एउटा दिशा फेला पऱ्यो। यो त तपाईँलाई पनि थाहा छ होला-फूलको प्रजननमा मौरी, चमेरो, पुतली र अरू किरा माकुराको आवश्यक पर्दछ। यदि यी साना-साना प्राणीहरू, एउटा फूलको पराग (फूल माथिको पहेँलो, पाउडर जस्तो पदार्थ) अर्को फूलमा नहाल्दा त प्रजनन हुँदैन। तपाईँलाई थाहा नै छ पुतलीजस्ता किराहरू फूलको रस चुस्ने धन्दामा, असलमा परागको आदान प्रदान गर्दछन्। भनिन्छ फूलले आकर्षण देखिने उद्देश्य नै हो किरालाई लोभ्याउने जबकि ती आउन र तिनको पराग अरू फूलसम्म पुऱ्याउन।

अन्ततः शोध शुरू भयो। बन्द कोठामा फूल राखियो। पुतलीहरू छोडिए र कोठाको प्रदूषण पनि कम्प्युटर प्रोग्रामले नियन्त्रित गरियो। त्यसमा के देखियो भने कुनै प्रदूषण नहुँदा फूलको वास्ना एक-एक किलोमीटरसम्म पुग्थ्यो (कुनै-कुनै फूलको) तर त्यही वास्ना चलेको ठाउँमा, अतिकति प्रदूषण बढाइदिँदा 200 मीटरसम्म पुगेर नष्ट हुँदो रहेछ। 200 मीटर पारी राखिएका पुतलीलाई त्यहाँ फूल रहेको कुनै थाहा लागेन र जब थाहा नै भएन भने त पुतली र भुमरा त्यसका नजिक कसरी आउँछन्? साथै वास्नाको एरिया घटेर मौरीलाई कुनै फरक पर्दैन किनकि मौरी फूलसम्म पुग्नका लागि त्यसको वास्नामा निर्भर गर्दैन। जे होस्, प्रदूषणका कारण यी प्यारा फूलहरूलाई केही घाटा त भइरहेको त छ त्यो असलमा कति हुन्छ, त्यो कुनै अरू ठूलो परीक्षणबाट नै पत्तो लाग्दछ। शोध जारी छ। लोरी एडम्स नामका वैज्ञानिकको ‘पलिनेटर पार्टनर्शिप’ नामको एउटा संस्थान शोध कार्यमा लागेको छ।

नानीहरूको आफ्नो पत्रिका

शहीद भगतसिंह पुस्तकालय, पिपरिया, मध्यप्रदेशमा आइतबारका दिन नानीहरूको धेरै जमघट भएको थियो। त्यस दिन एउटा खैरो कागजलाई बेरामा टाँसेको थियो। कागजमा लेखिएको थियो ‘नानीहरूको पत्रिका’। नानीहरूलाई भनिएको थियो उनीहरू आफ्नो इच्छाले जस्तो चाहन्छन् लेखुन, वा चित्र बनाउन् र तिनलाई खैरो कागजमा टाँसुन्। पहिले त नानीहरूले आफ्ना पुस्तकका केही भाग लेखेर टाँसे वा  फेरि चित्रहरूको नकल बनाए। धेरै छलफल पछि मात्रै नानीहरूले थाहा पाए कि उनीहरूले आफैँ केही लेख्नु छ। पहिले लेखिएको खबर थियो ‘कुवाँमा पऱ्यो बाख्रो’ अर्को थियो ‘नालामा पऱ्यो कुकुर’।

एकदिन बेलुका स्थानीय सिनेमा-घरमा एकछिन् लडाईँ-झगडा भयो। एक घण्टा पछि जब नानीहरू पुस्तकालयमा आए र उनीहरूले खैरो पत्रिकामा लडाईँको खबर पढे तब उनीहरूको आश्चर्यको कुनै ठेगाना रहेन। त्यस पछि त सबै नानीहरू सबै विषयहरूका बारेमा लेख्न थाले - खेल-कूद, छुट्टी, सपना, समस्यायहरू आदि। छिटै नै नानीहरूद्वारा लेखिएको त्यो पत्रिका ‘बाल चिरइया’का नाममा साइक्लोस्टाइल भएर छापिन थाल्यो। 1989-90 मा यस पत्रिकाको 1000 प्रति छापिन्थे, जसलाई नानीहरू 25 पैसामा किन्दथे। नानीहरू आफ्ना स्कूलको साँचो कुराहरू पत्रिकाका माध्यमले उजागर गराउन लागे। एकजना मास्टर अनुपस्थित रहन्थे, अर्को क्लासमा सुतिरहन्थे। हेड-मास्टर साहेब नानीहरूसँग सित्तैमा तरकारी ल्याउन भन्दथे। यी खबरले गर्दा कहिलेकाहिँ नानीहरूले कुटाइ पनि खानु पर्दथ्यो, तर पत्रिकाको लोकप्रियता बढदै गयो। कतिपय नानीहरू खबरलाई आफ्नो स्थानीय भाषा बुन्देलीमा पनि लेख्तथे र आफ्ना आमा-बाउलाई पढेर सुनाउथे। तपाईँ पनि सजिलै आफ्ना स्कूलमा एउटा खैरो कागज टाँसेर आफ्ना साथीहरूलाई लेख्न, चित्र बनाउनका लागि प्रेरित गर्न सक्नु हुन्छ। जब नानीहरू स्वयं आफ्ना अनुभवहरू लेख्छन्, तबमात्रै उनीहरूको मौलिक लेखनको क्षेमता बढदछन्। उनीहरू लेख्नुभन्दा पहिले आफ्ना नजिकका घटनाहरूलाई महिन तरिकाले अध्ययन गर्दछन्। यो कम-लागतको पत्रिका धेरैजसो नानीहरूको सुप्त प्रतिभालाई उजागर गर्ने एउटा सशक्त माध्यम बन्न सक्दछ।

सदाबहार लुगा-रामकुमार स्वामी थूपल

वाह, झरीमा रूझ्न कति राम्रो लाग्दछ, तर लुगा भिज्दछन् र फोहोरी हुन्छन्। अब एउटा रमाइलो खबर छ, ब्रिटिश वैज्ञानिकहरूले एउटा यस्तो लुगा बनाएका छन् जुनचाहिँ नभिजोस् न फोहोरी होस्। यदि त्यो लाएर क्रिकेट खेलियो भने पसिनाले न त भिज्दछ, न फोहोरी हुन्छ। यस कपडालाई विशेष रूपमा, नटाँसिने खालको रसायनमा डुबाइन्छ, जसमा पानी वा चिप्लोपन टाँसिदैन। यसको कारण लुगा सफा रहन्छन्। जबकि यस चमत्कारी लुगाको राज अहिलेसम्म दुनियाँका अगाडि उजागर गरिएको छैन।

अर्कातिर फ्रान्सीसी कम्पनीले एउटा नयाँ खालको ज्याकेट ल्याएको छ। यी ज्याकेटमा टेफ्रलनको परत लगाएको छ। टेफ्रलन एकखालको प्लास्टिक हो। यसको परत आजभोलि बजारमा पाइने नन-स्टिक वा नटाँसिने भाँडामा लगाइन्छ। यस पदार्थको एउटा विशेष गुण छ - यसले कुनै पनि चीजसँग क्रिया गर्दैन। यसले चिप्लोपन र पानीका अणुसँग कुनै प्रकारको रसायनिक गठजोड़ गर्दैन। त्यसैले टेफलनको परत भएको भाँडोमा केही टाँसिदैन। यस्तो परत भएको लुगाबाट धूलो र पानी चिप्लेर झर्छ। यस क्षेत्रमा अमेरिकाका वैज्ञानिकहरू एक पाइलो अगि बढेका छन्। उनले एउटा लुगाको धागो कीटनाशक दवाईमा डुबाए। यसमा बस्नासाथै मच्छर मर्दछन्। अब त सबै झुल बनाउनेहरू दौडिन लागेका छन् जबकि यस्तो जाली बनोस जुनचाहिँ छुँदै मच्छरको काम सकियोस्।

सानो संसार-आर. रामानुज, तमिलनाडु साइन्स फोरम

जीविताको हातमा एउटा नयाँ पुतला थियो। हलैमा उसको जन्मदिनका दिन आफ्ना काकाले उसलाई उपहार दिएर खुसी पारेका थिए। उनले यो पुतला अरूलाई पनि खेल्न दिनु भनेर जीवितालाई भनेका थिए। जीविता अति हर्षित थिई र उसले भनेकी थिई यो उपहार उसको बाल क्लबका लागि हो। असलमा यो उपहार थियो - एउटा माइक्रोस्कोप। जहिले देखि यो सुक्ष्मदर्शी उसका हातमा पऱ्यो, ऊ सबै चीजलाई त्यसमा राखेर हेर्ने गर्दथी। एउटा पानीको थोपामा उसले एउटा पूरै संसार देखी। त्यसमा धेरै मसिना सुक्ष्म जीव यता-उता गर्दै पौरिरहेका थिए। देख्ता यस्तो लाग्दथ्यो मानौँ त्यस थोपामा एउटा धेरै ठूलो सहर बसेको छ।

आजभोलि जीविता, राहुल र उसका सबै साथीहरू, सबै चीजहरू माइक्रोस्कोपमा हेर्ने गर्दछन्, तर जब उनीहरूले दालभित्र पनि माइक्रोस्कोपद्वारा सुक्ष्म जीव खोज्ने प्रयास गरे तब उसकी आमा रिसाइन्। तर हजुरबा धेरै खुशी हुनुभयो। उनको भनाइ थियो माइक्रोस्कोप र टेलिस्कोप हातमा नलिए तपाईँ विज्ञान सिक्न सक्नु हुन्न। एकातिर यस्तो नजिकै बसेको तर अदृश्य सुक्ष्म संसार र अर्कातिर आफ्ना आँखाले टाढासम्म देखिने विशाल संसार हेर्नलाई एउटा सोझै वैज्ञानिक अनुभवको धेरै आवश्यक हुन्छ भन्ने उनको भनाई छ।

जीविता र राहुल त यस्तो चकित छन् मानौँ उनीहरूले एउटा नयाँ दुनियाँमा पाइलो हालेका छन्। उनीहरू यस कुराले पनि चकित छन् जबकि हाम्रो छेउछाउको दुनियाँमा कति धेरै संख्यामा सुक्ष्म जीव विराजमान छन्। उनीहरूले यो कुरा धेरै उत्साहका साथ हजुरबालाई सुनाए र हजुरबाले भन्नुभयो कि उनीहरू जे भन्दैछन् त्यो उल्टो कुरा हो।

उल्टो कुरो, कसरी?”

अनि के त? तिमीहरू यस्तो भन्दै छौ जस्तो कि यी सुक्ष्म जीव हाम्रो संसारमा बसेका छन्। यो साच्चो होइन। असलमा हामी उनीहरूको संसारका एउटा सानो भाग हौँ। यो सबै दुनियाँ उनीहरूकै हो।“

राहुल र जीविता यस कुरामा धेरै आश्वस्त देखिएनन् त्यसैले हजुरबाले कुरा स्पष्ट पार्नु भयो। हाम्रो शरीरको छालाको कुल एक वर्ग से.मी मा नै एक लाखभन्दा धेरै सुक्ष्म जीव बस्तछन्। उनीहरू त्यहाँ खुशीका साथ बस्ने गर्दछन्। जुन अलि अलि मृत छाला निस्कन्छ त्यसलाई खान्छन् र जुन खनिज हाम्रो रौँ छिद्रहरूबाट बाहिर निस्किइ रहन्छन् त्यसको स्वाद चाख्ने गर्दछन्। एकसँगै दस लाख करोड़ सुक्ष्म जीव हाम्रो शरीरमा बस्तछन्। यतिमात्र होइन, यो भूमि उनीहरूको ग्रह हो। 100 करोड वर्षसम्म मान्छे नभइ पनि उनीहरू यहाँ बसेका थिए, तर हामी उनीहरू नभए एकछिन पनि बस्न सक्दैनौँ। तिनले हाम्रो पानी सफा गर्दछन्, माटोलाई खेती गर्नका लागि तयार पार्दछन् र खाना पचाउनमा हामीलाई सहाय गर्दछन्। उनीहरू रात दिन काम गर्दछन्।”

हो हजुरबा, मैले पनि पढको छु केवल बेक्टेरियाले मात्र हावामा रहेको नाइट्रोजेन तानेर हाम्रो उपयोगी बनाउन सक्छन्।“ जीविताले भनी।

राहुलले बीचैमा भन्यो - धर्तीमा यो साँच्चो हुन सक्छ तर वैज्ञानिकले नाइट्रोजेनलाई हावाबाट निकाल्ने कुनै न कुनै तरिका खोज्ने नै छन्।”

हजुरबा हाँस्नुभो, हो राहुल, यदि हामीले नाइट्रोजेनको व्यावसायिक उत्पादन गर्नु छ भने हामीले 500 डिग्री तापमान र 300 गुणा वायुमण्डलीय दबाउ बनाउनु पर्छ, जुनचाहिँ धेरै अप्ठ्यारो हुन्छ। बेक्टेरियाले यो काम कतै चाँ-चुँ केही नगरी गर्दछन्।“

अनि जीविताले सोधी, के बेक्टेरिया वायुमण्डलमा मात्र हुन्छन्?” होइन, होइन, प्रशान्त महासागरको 11 किलोमीटर तल पनि बेक्टेरिया भेटिन्छन्।

एकछिन सोच त- त्यहाँ कस्ता खालको दबाउ हुन्छ होला? यो यस्तो हुन्छ जस्तै 50 वटा हावाजाहाजले तिमीहरूलाई थिच्दैछ।“ अबुइ!”

यति मात्र होइन, आणविक विद्युत कारखानाहरूमा पनि मान्छेले यस्ता बेक्टेरिया भेटाइएका छन् जुनचाहिँ प्लुटोनियम र युरेनियम पनि खान्छन्। अरू त त्यस्तै हो, जुन क्यामेरा दुई वर्षका लागि चन्द्रमामा छोडिएको थियो, त्यहाँ पनि बेक्टेरिया जिउँदो पाइयो।”

हजुरबाले भन्दै जानु भयो- बेक्टेरिया यति छिटो बढदछन् कि तिनले आफ्नो नयाँ पीँढी मात्रै दस मिनिटमा नै जन्माउछन्। जति समय भित्रमा मान्छेका कोशिकाहरू दुईगुणा हुन्छन्, त्यति समयमा बेक्टेरिया कयौँ गुणा हुन्छन्। त्यसैले पृथ्वीमा जीवनको रूप केवल पशु-पक्षी-वनस्पतिजस्ता मात्रै छैनन्, धेरै मसिना, साना, अचम्म लाग्दो अनुहार भएका, थरि-थरिका आकार भएका छन्। जीवहरूमा सबैभन्दा धेरै विविधिता सुक्ष्म जीवहरूमा पाइन्छ। यदि तिमीले पृथ्वीका सारा प्राणीहरूको वजन जोडेउ भने त्यसमध्ये 80 प्रतिशत वजन सुक्ष्म जीवहरूको हुन्छ। असलमा यो धर्ती तिनैको हो।”

पातको कपडा? - आर. वी. वन्दना

उहिलेको समयमा हाम्रा पूर्वजहरू आफ्नो जिउ ढाक्नका लागि जनावरहरूको छाला, रूखका पात र बोक्राको प्रयोग गर्दथे। विकासका साथ-साथै हामी फेशनमा चलेका कपडाहरू चिन्न थाल्यो।

तर सोच्नुहोस्, के फेशन साँच्चै पटक-पटक फर्केर आउँछ? के हामी आउँदा दिनहरूमा बाँसले बनाएका लुगा, मकैले बनाएका जुराफ वा कुखुराका प्वाँकले बनिएको जेकेट लगाउन चाहन्छौँ। हो, आउने दिनहरूमा हाम्रा बजारमा केही यस्ता खालका लुगा पाइन्छन् जुनचाहिँ वास्तवमा यस्ता चीजहरूले बनिएका हुन्छन् जसलाई हामी आज नराम्रो भनी फ्याक्छौँ। अचेल हामी जस्तै नायलोन वा सुती धागाले बनेका लुगा लगाउने गर्छौँ। जुत्ता र ज्याकेट छालाले बनिएका हुन्छन्। नायलोनका लुगा बनाउनका लागि हामीलाई धेरै ऊर्जा चाहिन्छ। साथै हाम्रो सीमित भौतिक सम्पद जस्तै पेट्रोलियम पदार्थ पनि नष्ट हुन्छ। जनावरको छालाबाट चमडा बनाउनका लागि प्रयोग गरिने खतरनाक रसायनले पर्यावरणलाई पनि हानी गर्दछ। यस खालका चीजहरू जस्तै चमडा, नायलोन वा  यसखाले धागाले भविष्यमा पर्यावरणका लागि धेरै अप्ठ्यारो पार्न सक्छ। अब प्रश्न के छ भने यस समस्याबाट कसरी मुक्त हुने? वैज्ञानिकहरू यस समस्याको समाधान गर्न हामीले फ्याँकेका नराम्रा पदार्थहरूबाट कपडा बनाउने उपाय खोज्दै छन्। यदि हामीले फ्याँकेको फोहोर हाम्रो सम्पत्ति बन्यो भने त्योभन्दा राम्रो के हुन्छ? हामी चामल खान्छौँ र यसका कनिका (टुप्पो) फ्याँक्छौँ। मकै खाएर यसका बोक्रा फ्याँक्छौ। (चिकन) कुखुरा खान्छौँ र यसका प्वाँख फोहोरदानीमा फ्याँक्छौँ। वैज्ञानिकहरूले यसखाले फोहोरबाट कपडा बनाउने प्रयोग आरम्भ गरेका छन्। यो अति सजिलो तरिका होइन। पहिले यी कच्चामालहरूलाई रेशामा भाग गरिन्छ फेरि यसलाई सफा गरेर कपडा बुनिन्छ। यी सबै तरिका न त सजिलो छ, न त धेरै जानकारीमा नै छ। यी सबै चीजहरू प्राकृतिक हुन् र वातावरणका लागि हानिकारक होइनन्। चामलको कनिका(टुप्पो)ले बनिएका कपडा सुती कपडाजस्तै हुन्छन् जबकि कुखुराका प्वाँखबाट बनिएका कपडा तातो ऊनी कपडाको जस्तै हुन्छन्। अहिले यी कपडाहरू दोकानसम्म आइ पुग्न केही समय लाग्दछ। तर यी कपडाहरू केवल फेशनको निशानी मात्र हुँदैनन्, पर्यावरणका लागि पनि राम्रा हुन्छन्।

डाइटम

के यस नामको र माथिको चित्रहरूको डायमण्ड (हीरा) वा एटमसँग वास्ता छ? छैन। यो धेरै सानो जीव हो जुनचाहिँ एक कोशिकाले बनिएको हुन्छ र पृथ्वीमा त्यस समयदेखि नै रहिआएको छ जुन समयमा डाइनासोर यहाँ आएका थिए। मानौँ लगभग 20 करोड वर्ष पहिले। यिनका कोशिकाको पर्खाल लगभग काँचको घर जस्तै हुन्छ, र सिलिकाले बनिएको हुन्छ। (तिमी जान्दछौ सिलिकाबाट नै काँच बन्दछ) डाइऐटम धेरैजसो नाङ्गा आँखाले देखिँदैन कुनै कुनै 2 मिलीमीटरसम्म ठूला हुन्छन्। यिनका कोशिका पर्खाल दुई भागमा बाँडिएका हुन्छन् जुनचाहिँ  आफूमै एउटा बक्साको जसरी एक अर्कासँग जोडिएका हुन्छन्। मज्जाको कुरा के छ भने डायऐटमको रङ्ग पहेँलो-खैरो हुन्छ तसैले यी प्रकाश संश्लेषणद्वारा घाममा पनि भोजन बनाउने गर्दछन्। यी सबैतिर पाइन्छन् - सागरमा, ताजा पानीमा र माटो वा चिसो सतहमा पनि – त्यो पनि लगभग एक लाख प्रकारका। यस्तो मानिन्छ जबकि समुद्री जीवहरूद्वारा खाइने कुल भोजनको 45 प्रतिशत भाग यी साना जीवले बनाउने गर्दछन्। यी साधारणतः आफैँ हल्लिन सक्तैनन् र कणहरूको जस्तै पानीको तरङ्गका साथै बग्ने गर्दछन्। जब यी मर्दछन् वा डुबेर समुद्र तलको हिलोजस्तै जमा हुन्छन्। समुद्र तलको चिसो परत धेरैजसो यसबाट बनेको हुन्छ।

जीव-जन्तुको अद्भुत संसार

मुसाका अगिल्तिरका दाँत कहिले पनि बढन बन्द हुँदैनन्। त्यसैले मुसाले सधैँ सारो पदार्थ टोक्नु पर्छ जबकि यी दाँतहरू सधैँ घोटिइरहुन्। यदि उसले टोक्ने गरेन भने उसका दाँत यति ठूला हुन्छन् कि उसले मुख बन्द गर्न पनि सक्तैन।
उआँ ! मेरा दाँत यस्ता लामा भए भने त म केही खान सक्दिन।

जब कुनै मुसाले केही चीज कोतर्न थाल्छ तब त्यसका माथिका दाँत कुनै चीजमा धसाउछ र कसेर तल थिच्तछ। तलका दाँतले माथितिर धक्का दिन्छ र खानका लागि केही अंश ताछ्ने काम गर्छ।
मुसाका दाँत यत्ति दरा हुन्छन् कि त्यसले सिमेन्ट र धातुजस्ता चीजहरूलाई पनि कोतर्न सक्छ। त्यसैले मुसालाई सिमेन्टका पर्खालमा प्वाल पार्नबाट रोक्नका लागि सिमेन्टमा काँचका तीखा फुटेका टुकुरा मिसाइने गरिन्छ। मुसा डोरीमा हिँडन सक्छन्। सन्तुलन बनाउनका लागि उसले आफ्नो लामो पुच्छरको प्रयोग गर्दछ। मुसो साँगुरोभन्दा साँगुरो ठाउँमा पनि हिँडन सक्छ। यदि त्यसले कुनै तरिकाले आफ्नो टाउको छिराउन सक्यो भने, बाकी शरीर सजिलै भित्र छिराउछ। जब मुसो आफ्ना पछिल्ला खुट्टाले उभिन्छ, उसले आफ्ना शरीरलाई पुच्छरले अडेस लाउछ। मुसाका आँखा कमजोर हुन्छन्। उसले खोज्नका लागि पर्खाल वा माटामा आफ्नो लामो जुँगाले छोएर अनुभव गर्दछ।
मुसाले कुहेको खाना खाँदा पनि बिमारी हुँदैन। मुसालाई चिसोमा पनि कुनै फरक पर्दैन।
खरायो र लोखर्के पनि यस्ता दुईटा जीव (rodents) हुन् जसका दाँत सधैँ बढदछन्। त्यसैले यिनले पनि मुसाको जस्तै कोतर्ने गर्दछन् जबकि उसका दाँत लामा नहुन्।
जङ्गलमा मुसालाई कमलो खाना प्राप्त हुन्छ त्यसैले मुसाले एकोहोरो केही न केही खाने गर्दछ।

जब मुसो मान्छेको नजिक हुन्छ उसले राम्रो भोजन भेटाइरहन्छ। यदि तिनले लगातार कुनै चीजहरू कोतर्ने गरेनन् भने उनीहरूका दाँत धेरै बढदछन्। त्यसैले मुसाले जे भेट्छ जस्तै टिन, प्लास्टिक वा सिमेन्ट सबैथोक नै कोतर्छ।

रुखसले समुद्रलाई पछि धकेल्दछ

गरान वा सुन्दरी नामक रूख गर्मी इलाकाहरूमा नदिका मुहानहरूका किनार वा बालुवा भएको ठाउँ अथवा समुद्री तटमा उम्रिन्छन्। यस्ता ठाउँमा समुद्रमा आउने ज्वारले गर्दा अरू कतिपय रूखहरू उम्रिने बित्तिकै मर्दछन्। तर यी दरा हुन्छन् तथा यिनमा एउटा विशेषता के छ भने- यसले नुनलाई सहन गर्न सक्छ। समुद्रको पानी धेरै नुनिलो हुन्छ- एकै थोपा पनि मुखमा पऱ्यो भने मुखको स्वाद बिग्रन्छ। तर यी रूखहरू कसरी त्यसलाई सहन गर्छन्? ती रूखले समुद्रको पानी खान्छन् र भित्र रहेका विशेष ग्रन्थिले नुनलाई पानीबाट छुट्याउछन् अनि पातका प्वालबाट बाहिर निकाल्छन्। कतिपय रूखमा यस्ता विशेष जरा हुन्छन् जसले पानी रूखमा पस्ने अघि नै नुन छान्ने गर्छन्। रहेको नुन रूखले आफ्ना पुराना पातमा भेला पारेर राख्छ। यी पात झर्नुका साथै नुन पनि झर्छ।

तटिय इलाकाहरूमा एउटा अर्को समस्या के छ भने समुद्रमा उठेका छालसँगै यहाँको बालुवा यता उता सर्ने गर्दछ। त्यसैले रूखले जरा गाडन धेरै अपठ्यारो हुन्छ। त्यसैले माटाको कमी भएको हुँदा त्यसले आफैँ जमीन बनाउने काम गर्छ। प्रायः उसले अडेस लाग्न सक्ने गरी जरा उमार्छ र रूखलाई हावामै अड्याएर राख्छ, जसले गर्दा अग्लो ज्वार आउँदा रूख पानी माथि पनि सुरक्षित रहन्छ। जबकि तल अल्झेका जराले आफूँबीच बालुवा, उत्रेको मल र आफ्नै रूखबाट झरेका पातहरू फँसाउने गर्दछ। यस जावड-जोथरबाट रूखलाई खाना प्राप्त हुन्छ र यसैमा रूखका नयाँ बिरूवा उम्रिन्छन्। यसका जराले बिस्तारो-बिस्तारो यस टापुलाई ठूलो र दरो बनाउदै जान्छन्।
सुन्दरीका रूखका बिरूवा यस्ता जबकि रूखको बीज रूखैमा उम्रिन्छन्, जसमा लगभग एक फुट लामा लहरा, साना पात र जरा हुन्छन्। जब समुद्रमा पानी घट्छ तब यी लहरा तलको हिलामा गाडिन्छन् र जरालाई समाउन तयार रहन्छन् वा फेरि कतिपय समुद्रका छालमा बगेर यस्ता ठाउँमा पुग्छन् जहाँ अतिकति बालुवा हुन्छ। यस्तामा फेरि आफ्ना जराका सहायताले बिस्तारै एउटा नयाँ टापु बनाउँछ। हाम्रा देशमा सुन्दरीका रूख सबैभन्दा धेरै कहाँ पाइन्छ? यो गङ्गाका किनारमा फैलिएको विशाल डेल्टामा, यसलाई घन जङगलहरूको सुन्दरवनका नामले पनि चिनिन्छ।

लोहारको ठक-ठक

अढाइहजार वर्ष अगिको कुरा हो। पाइथागोरस नामको एकजना युनानी गणितज्ञ दक्षिणी इटलीको क्रोटन सहरमा घुम्दै थियो। ऊ एउटा लोहारेका पसल नजिकबाट जाँदै थियो। त्यहाँ उभिएर ऊ हेर्न थाल्यो कसरी लोहारेले भिन्ना-भिन्नै आकारका घोडाका नालहरू भिन्ना-भिन्नै तरिकाले बनाइरहेको थियो। हरेकपल्ट जब हथौडा लोहामा बज्दथ्यो, तब एउटा ठुलो आवाज हावामा गुञ्जिन्थ्यो।

आरम्भमा यो ठाक-ठाक ठुक-ठुक साधारण शब्दजस्तो लाग्दथ्यो। तर तीक्ष्ण बुद्धि भएको पाइथागोरसको ध्यान अरू चीजमा थियो। जब लोहारेले ओर्काइ-फर्काइ गरी हथौडाले लोहामा हिर्काउथ्यो, तब ध्वनि बदलिन्थ्यो। पाइथागोरस यस बारेमा सोच्ता-सोच्तै अगि बढ्यो। घर पुगेर उसले एउटा तख्ताका दुवैतिर दुईटा काठका किला गाडेर त्यसमा एउटा तार तानेर बाँध्यो। जब उसले तार बजायो त्यसबाट एउटा सङ्गीतको स्वर निस्क्यो। फेरि उसले धेरै लामो तार लगायो, त्यहाँबाट धेरै तल र गहिरो स्वर निस्क्यो। यी तारहरूको लमाइ फेरेर पाइथागोरसले एउटा चाखलाग्दो कुराको खोजी गऱ्यो। जति लामो तार हुन्छ स्वरको ध्वनि त्यति नै तल हुन्छ। जबकि छोटो तारबाट चर्को स्वर निस्कन्छ।

तर अहिले त पाइथागोरसले थालनि गरेको मात्रै थियो। उसले एउटा तार तानेर तख्ताका खुट्टामा बाँध्यो। त्यसकै छेउमा उसले दुईगुणा लामो एउटा तार बाँध्यो। जब उसले दुवै तार एकसँगै बजायो ती तारबाट मधुर स्वरको मेल निस्केको अनुभव गऱ्यो। यी तारहरूको अनुपात आपसमा 2:1 थियो। जब पाइथागोरसले पहिलोपल्ट तारभन्दा डेढ गुणा लामो तार लियो र उसले ध्वनिको एउटा राम्रो मेल भेटायो। यसपालि तारका लमाइको अनुपात 3:2 थियो। यसरी पाइथागोरसले तारको लमाइ फेरि फेरि धेरै स्वरहरूको जाँच गऱ्यो। त्यसमा उसले के भेट्यो भने सबैभन्दा मधुर स्वर तब निस्कन्छ जब लमाइ आपस्तमा छोटो वा सरल अनुपातमा हुन्छन्। 2:1, 3:2, 4:3 आदि। जब उसले धेरै अल्झेका अनुपात लियो जस्तै 19:9 वा 23:13 तब जुन ध्वनिहरू निस्किए ती सुमधुर थिएनन्। यसरी पाइथागोरसले यस्तो खोजी गरेको थियो कि सबैभन्दा सुमधुर ध्वनिहरू निस्कनुको पछि संख्याहरूको एउटा निश्चित स्वरूप हुन्छ। यस्ता संख्याहरूको प्रयोग गरी उसले धेरै सुमधुर स्वर निकाल्यो। उहिलेदेखि नै यस्तो मानिन्छ जबकि सङ्गीत र गणितको अटुट सम्बन्ध हुन्छ। भिन्ना-भिन्नै सभ्यताले, संसारका भिन्ना-भिन्नै भागमा, मधुर सङ्गीत निकाल्न जे-जस्ता वाद्ययन्त्र बनाए, चाहे ती तार भएका होस् (जस्तै सितार, गिटार, वीणा आदि), हावा भएका (बाँसुरी, सनाई, शङ्ख, भोँपु आदि) वा ठोक बाजा (तबला, ढोलक, मृदङ्ग आदि) सबै ती सरल गणितीय अनुपातहरूको प्रयोग गर्दछन् पाइथागोरसले जसको खोजी कयौँ वर्ष अघि गरेको थियो।
लैरी वर्सट्रेट की पुस्तक ‘ एक्सिडेंटल डिस्कवरीज़’ से साभार

महँगी कसरी बढछ?

मानौँ उहिलेको जमानामा एउटा बाख्रो 20 किलो गहुँका बदलामा किनिन्थ्यो। अर्थात् 20 किलो गहूँको दाम एउटा बाख्रो हो। बिस्तारै यसखाले लेन-देनका लागि पैसा वा मुद्रा आयो। अब मानौँ एउटा बाख्रो 1000 रुपियाँ खरिद गरियो। यसको मतलब हो आज एउटा बाख्राको दाम हजार रुपियाँ छ र हजार रुपियाँको मूल्य एउटा बाख्राको बराबर हो। अब फेरि मानौँ बाख्राको दाम बढेर 1500 रुपियाँ भयो, यसको अर्थ यो होइन कि बाख्राको मूल्य बढ्यो। जबकि यसको अर्थ यो हो कि रुपियाँको मूल्य घट्यो। अब हजार रुपियाँको मूल्य एउटा बाख्राको बराबर होइन, डेढ हजार रुपियाँको मूल्य एउटा बाख्राको बराबर भयो। भनौँ रुपियाँले अघिकोभन्दा थोरै सामान आउछ। यसलाई रुपियाँको ‘अवमूल्यन’ भनिन्छ- जब सामानहरू महँगा हुन्छन् तब मान्छेहरू किन हैरान हुन्छन्? किनकि उनीहरूसँग खर्च गर्नका लागि रुपियाँ त्यति हुँदैनन् वा (अतिकति हुन्छन्) तर ती रुपियाँले खरिद गर्नु पर्ने सामान थोरै आउछ।

अब हेरौँ दाम किन बढदछ? यसका धेरै कारण हुन सक्छन्:
कुनै सरकारले यदि धेरै नोट छाप्यो भने बजारमा नोट बढदछन् तर सामान वा उत्पादन जतिको त्यति नै रहन्छ त्यसैले देशमा नोटको मूल्य घट्छ। मानौँ बजारमा धेरै सामानहरूको उपलब्धता थोरै छ, तब त्यो चीज महँगो हुन्छ। जब दूधको उत्पादन घट्तछ अनि दूध महँगो हुन्छ। अर्कातिर यदि कुनै चीजको उत्पादनको लगानि बढ्यो भने त्यो चीज महँगो हुन्छ। पेट्रोल वा डीजलको दाम बढ्यो भने बस र ट्रेनको किराया बढदछ।

दाम तय हुने एउटा ठूलो कारण छ। त्यो हो त्यस देश र समाजको व्यवस्था। कुनै चीज थोरै छ भने पहिले कसले पाउँछ, यसका भिन्ना-भिन्नै नियम छन्। तानाशाही व्यवस्थामा धेरै शक्तिशाली मान्छेलाई चीजहरू पहिले प्राप्त हुन्छन्। जहाँको व्यवस्था सामाजिक कल्याणका भावनामा हुन्छ त्यहाँ त्यसलाई दिइन्छ जसलाई धेरै आवश्यक परेको हुन्छ। यदि हस्पितालमा अक्सिजनको कमी छ भने त सबैभन्दा पहिले त्यस बिरामीलाई दिइन्छ जसको हालत सबैभन्दा धेरै बिग्रेको छ
आजको व्यवस्था मुक्त बजार व्यवस्था हो। यसमा चीजहरू त्यसलाई प्राप्त हुन्छ जोसँग पैसा दिन सक्ने सामर्थ्य छ। यस व्यवस्थामा आवश्यकता पूरा गर्नलाई मानवताको कुनै स्थान छैन। एउटा मान्छे यदि मरिरहेको छ भने पनि डाक्टरी सेवा वा दवाई वा सेवा त्यसैले प्राप्त गर्दछ जसले धेरै फिस दिन सक्छ।

जब महँगीले अक्काश पार गऱ्यो
यो 1920 का दशकको कुरा हो। जर्मनीको बर्लिनमा एउटा मान्छे होटेलमा गयो र उसले एक कप कफी Amazing-4.jpg मागो। दाम भनियो 5000 मार्क (जर्मनीको पुरानो मुद्रा। अहिले युरोपका धेरैजसो देशको मुद्रा युरो हो।) तर जब कफी खाएर ऊ बाहिर निस्कियो, एक कप कफीको दाम बढेर 8000 मार्क पुगेको थियो। त्यतिखेरका दिनमा जर्मनीमा सामानहरूको दाम एक घण्टामा 60 प्रतिशतसम्म बढेको थियो। यो पहिलो विश्व युद्धपछि भएको थियो जब जर्मनीको मुद्रादर पूरै झरेको थियो। मार्कका नोटको मूल्य त्यति पनि थिएन जति त्यसको कागजको दाम थियो। सारा सिक्काहरू बजारबाट हराएका थिए। मान्छेले यसलाई जमा गरेर राखेका थिए किनकि सिक्कामा लगाएको धातुको दाम ती सिक्काहरूको दामभन्दा धेरै थियो। सरकारले सस्ता चीनी माटाका र अरू सस्तो चीजले बनेका सिक्का चलाएको थियो- जुत्ताको छाला, कपडा, गद्दा, यहाँसम्म कि पुराना खबर कागज पनि। महँगी यस्तो भयानक हुनाले धेरै समस्याहरू खडा भए। मजदूरहरूले ठूला-ठूला बण्डलमा तनखा पाउथे। जुनचाहिँ तुरून्तै खर्च गर्नु पर्थ्यो नभए ती बेकार हुन्थे। ग्राहक चक्का लगाएका ठेला गाडीमा धेरै नोट लाँदै गरेको देखिन्थे। अनगन्ति महँगीले गर्दा साना दोकानमा पैसा राख्न डालो राख्नु पर्थ्यो।

युद्ध पछि महँगी किन बढदछ?
किनकि युद्धमा धेरै सामान बर्बाद हुन्छन्, देशमा आवश्यक सामानहरू थोर हुन्छन्। धेरैजसो जरूरी चीजहरू वा सेवाहरू सेनाका लागि व्यवहार गरिन्छ जस्तै- डाक्टर, नर्स, इन्जिनियर, पेट्रोल, लोहा, हतियार, रेलसेवा, ट्रक आदि। यति मात्र होइन सबै आवश्यकिय सामानहरूको कमी हुनाले धेरैजसो व्यापारीले सामानहरू लुकाएर भविष्यमा धेरै लाभ कमाउन चाहन्छन्। जसै-जसै दाम बढदै जान्छ, मुनाफा बढदै जान्छ। यसले पनि चीजहरूको कमी र महँगी बढदछ।

डा. एच.एस. परमार सह-आचार्य, अर्थशास्त्री, हिमाचल प्रदेश विश्वविद्यालय

बाङ्गो-टिङ्गो, गाँठे अदुवा

अदुवा : मसाला कि औषधी?
अदुवा : फल, जरो कि लहरो? 
अनुहार यस्तो बाङ्गो-टिङ्गो, कुरूप, जस्तै...... हिरणको सिङ!
खिसी गर्ने कुरा होइन - यो कुरा साँच्चो हो के भने, धेरैजसो भाषामा अदुवाको नाम प्राकृत भाषाको सिङ्गावेरा वा संस्कृतको श्रृङ्गावेराबाट बनिएको हो। जसको अर्थ हो- हिरणको सिङ जस्तै!
ग्रीक भाषामा जिङ्गीवेरिस, लेटिनमा जिन्जिवर, र अङ्ग्रेजीमा जिन्जर.....

के तिमी यी सबै नामहरूमा कुनै समानता देख्तैनौँ?के तिमीलाई अदुवा मन पर्छ?

यदि मन परेन भने पनि यसलाई मान्नु पर्छ किनकि दुनियाँमा मान्छेले यसलाई लगभग साढे चारहजार वर्षदेखि खाँदै आएका छन्। यो संसारको सबैभन्दा प्राचीन मसलाहरूमध्ये एउटा हो र धेरैजसो पुराना ग्रन्थहरूमा यसको वर्णन गरेको पाइन्छ।
अदुवा माटो मुनि फल्छ। न जरो हो, न फल, यो त लहरो हो र यही लहराको हामी अचार बनाउने गर्छौँ, कुटेर खान्छौँ, चियामा हाल्छौँ वा सुकाएर सुकुटी बनाउछौँ। रमाइलो कुरो के छ भने यो जति धेरै माटो मुनि रहन्छ, उत्ति पीरो हुँदै जान्छ र यसलाई घरेलु उपचारका लागि उत्तिनै राम्रो मानिन्छ। (र सी, सी, सी- त्यतिनै जिब्रो पोल्छ!!)
हो- अदुवा साँच्चै औषधी पनि हो। बिहानै यसको चिया खायो भने अल्छिपन भाग्दछ। यसमा रहेको एउटा पदार्थले धेरै प्रटीन भएको खाना पचाउनमा मदत् गर्दछ। यसको तातो बाक्लो झोल बनाएर खाँदा सर्दी, मर्गी र ज्वरोमा आराम मिल्छ र यसलाई चबाउँदा दाँत दुख्ने कम हुन्छ (यदि जिब्रो जल्यो भने पनि के भयो र?!) र कलेस्ट्रोल जसले हृदयघात गराउछ, कम हुन्छ।
के तिमीलाई थाहा छ भारत दुनियाँमा सबैभन्दा धेरै अदुवा उत्पादन गर्दछ? दुनियाँमा आधा अदुवा हाम्रो देशमा फल्छ र त्यसको 70 प्रतिशत केवल केरलमा। संसारमा अदुवाको उत्पादन पनि भारत र चीनमा नै भएको थियो, तर अब सबैभन्दा राम्रो अदुवा जमैकाको हो भनिन्छ र भारत दोस्रो नम्बरमा।

डा टी.वी. भेङ्कटेश्वरन

3.125
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top