অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

इ-शासन

  • e-governance image

    भारतमा इ-शासन आन्दोलन

    भारतमा इ- शासन थालनीबाट आज एउटा नयाँ दौडमा प्रवेश गरिसकेको छ। मानिसहरूलाई परिवेशको छेउमा सार्वजनिक सेवाहरूलाई विभिन्न केन्द्रसित प्रविधिको सहायताले समयबद्ध रूप पुर्‌याएर शासन महत्त्वपूर्ण सहयोगीको भूमिका निभाउँदै छ। राष्ट्रीय र राज्य स्तर इ-शासनको उपयोगितालाई लिएर जागरूकता ल्याउनु जरूरी छ।

  • e-governance image

    साझा सेवा केन्द्र सञ्चालकको सशक्तीकरण

    भारतमा ग्रामीण परिवेशले विशेष रूपसित समृद्ध आइसिटी पहल, सामान्य सेवा केन्द्रहरू (सिएससी) बाट लाभ उठाउन सुरु गरेको छ। भारत विकास पहल साझा सेवा केन्द्रका सञ्चालकको क्षमता निर्माण गर्ने र ज्ञानलाई साझा गर्न एउटा उपयोगी आवश्यक मञ्च प्रदान गर्ने गर्छ।

बदलिँदो सेवा वितरण प्रणाली

भारतमा इ-शासन 'उत्तम शासन' को पर्यायवाची बनिँदै छ। केन्द्र सरकार र राज्य सरकारका विभिन्न विभाग नागरिक, व्यापारी र सरकारी सङ्गठनलाई मात्र होइन बरू समाजको हरेक वर्गलाई सूचना र प्रविधिको सहयोगले विभिन्न सेवा प्रदान गरिरहेको छ। यसै क्रममा 2006 मा सुरू गरिएको राष्ट्रीय इ-शासन योजना (एनइजिपी) को माहतहमा भारत भरि साझा सेवा केन्द्र (सिएससी) स्थापित गरिएको छ। यी साझा सेवा केन्द्रले सर्वसाधारणलाई सोझै लाभान्वित गरी सहज,सुलभ  र उनीहरूको दैलामा सरकारी सेवाहरू उपलब्ध गराउने प्रयास गरिरहिएको छ । 31मार्च 2014 को स्थितिअनुसार 1,33,847(सिएससी वेबसाइट) देशभरि साझा सेवा केन्द्र अलग-अलग ब्रेन्ड नामका साथ परिचालित गरिरहिएको छ।

विकासपेडिया इ-शासन भागका मुख्य ध्यान नागरिकका लागि उपलब्ध अनलाइन सेवा, राज्यका इ-शासनको पहल, अनलाइन विधिक सेवाहरू, मोबाइल शासन, सूचनाको अधिकारमा जानकारी उपलब्ध गराएर, देशभरि चलिरहेको इ-शासन अभियानमा सहायता प्रदान गर्नु हो। ग्रामीण उद्यमी (भिएलई) सशक्तीकरणको महत्त्वलाई ध्यानमा राखी भारतीय विकास प्रवेशद्वारले “भिएलई कर्नर" निर्माण गरी केवल एउटा मञ्चमा आउने अवसर दिएको मात्र होइन बरू तिनीहरूको ज्ञान-भण्डारलाई विभिन्न अध्ययन संसाधनसित समृद्ध गर्न प्रयासरत छ। भारतको ग्रामीण भाग विभिन्न संस्था र उर्लिँदो आइसिटी पहलको लाभ उठाउन तयार छ र भारत विकास प्रवेशद्वार बहुभाषाहरूमा उपलब्ध आवश्यक सामग्री र सेवाबाट लाभान्वित हुन आह्वान गर्छ।

भारतमा इ-शासन

भारतमा इ-शासन भाग राष्ट्रीय इ-शासन योजना,राज्यहरूको इ-शासन सेवाहरू र इ-शासन संसाधनका बारेमा जानकारी दिने गर्छ।

सूचनाको अधिकार

सूचनाको अधिकार भागअन्तर्गत अधिकारको अर्थ, तिनीहरूको उपयोगको प्रक्रिया,अपिलको विभिन्न चरण,उपयोगी सम्पर्कको जानकारी र प्राय सोधिने प्रश्नको बेहोरा दिइन्छ।

भिएलईका लागि संसाधन

यस भागले साझा सेवा कार्यक्रम,अनलाइन प्रदत्त गरिरहिएको सेवा,भारत विकास प्रवेशद्वारको विभिन्न उत्पाद एवम् सेवासहित कम्प्युटरमा भारतीय भाषा पढदाका समस्याहरूको समाधानको उपयोगी जानकारी दिने गर्छ।

इ-शासन अनलाइन सेवा

यस भागले इ-शासन अनलाइन सेवाहरूको संक्षिप्त परिचयका साथ तिनीहरूसित सम्बन्धित विभिन्न उपयोगी लिङ्क जानकारीका बारेमा जानकारी दिने गर्छ।

भारतमा विधिक सेवा

यस भागले विधिक सेवाहरूमा इ-शासनको सुरुवात, राष्ट्रीय विधि स्कुल र विधि क्षेत्रसित जोडिएको महत्त्वपूर्ण लिङ्क संसाधनको जानकारी दिने गर्छ।

मोबाइल शासन

यस अनुभागमा भारतमा उर्लिँदो मोबाइल शासन र एउटा संक्षिप्त परिचयका साथ विभिन्न सम्बन्धित उपयोगी लिङ्क जानकारीका बारेमा जानकारी दिने गर्छ।

Last Modified : 12/4/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate