অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

युपीआइ – सधैँ सोधिने प्रश्न

युपीआइ र आइएमपीएसका बीचमा फरक

युपीआइ कसरी आइएमपीएसबाट भिन्नै छ?

  • युपीआइ पीयर टु पीयरले (पी टू पी) पुल कार्य क्षमता प्रदान गर्दछ
  • यसले बेपारीलाई भुग्तान गर्न सरल बनाउछ।
  • सिङ्गल-एप हो धन हस्तान्तरणका लागि।
  • सिङ्गल क्लिक हो दुइटा कारकको प्रमाणीकरण गर्ने।

पञ्जीकरण

के ग्राहकलाई धन पठाउनु भन्दा पहिले युपीआइ उपयोगका लागि रेजिस्टर गर्नु आवश्यक छ?

हो, एकजना ग्राहकले युपीआइको प्रयोग गर्नका लागि धन पठाउनु भन्दा पहिले आफ्ना/आफ्नो पीएसपीमा रेजिस्ट्रेशन र खाताहरूको लिङ्क गर्नु आवश्यक हुन्छ।

युपीआइका माध्यमद्वारा धन स्थानान्तरित गर्नु भन्दा पहिले ग्राहकले लाभार्थीको रेजिस्टर गर्नु जरूरी छ? लाभार्थीलाई कुन विवरणहरूको आवश्यकता पर्दछ?

होइन, युपीआइका माध्यमद्वारा धन हस्तान्तरका लागि लाभार्थीले पञ्जीकरण गर्नु आवश्यक छैन। किनकि धनको वास्तविक आइडी / खाता + आइएफएससी / मोबाइल नम्बर + एमएमआइडी / आधार सङ्ख्याको आधारमा स्थानान्तर गरिन्छI (कृपया एपद्वारा उपलब्ध गराइएका सेवाहरूको प्रयोगका सम्बन्धमा जानकारीका लागि आफ्नो पीएसपी र जारिकर्ता ब्याङ्कसँग सम्पर्क गर्नुहोस्)।

ब्याङ्क खाताहरूलाईलिङ्कगर्नेसम्बन्धमा

के ग्राहकलाई ब्याङ्क खाताहरूको आवश्यकता छ वा यो सुविधा एउटा कार्ड वा वालेटले लिङ्क गर्न सकिन्छ?

होइन, ग्राहकले युपीआइमा वालेट लिङ्कगर्न सक्दैन, केवल ब्याङ्क खाताहरूद्वारा लिङ्क गर्न सकिन्छ।

एकभन्दा धेरै युपीआइएप एउटै मोबाइलद्वारा प्रयोग गर्न सकिन्छ यदि तो विभिन्न ब्याङ्क खाताहरूसगँ जडित छ भने?

हो, एउटै मोबाइलमा एकभन्दा बढी युपीआइ एपको उपयोग गर्न सकिन्छ र दुवैलाई एउटा अथवा विभिन्न खाताहरूसँग लिङ्क गर्न सकिन्छ।

लाभार्थीको पञ्जीकरण

लाभार्थीले पनि धन प्राप्त गर्नका लागि युपीआइमा रेजिस्टर गर्नु पर्छ?

वास्तविक आइडी लेनदेनका मामिलामा, लाभार्थीलाई वास्तविक आइडीको आवश्यक पर्दछ र यसका बदलामा युपीआइसँग पञ्जीकृत भएकोहुनु पर्छतर खाताहरू+आइएफएससी वा मोबाइल + एमएमआइडी, आधार सङ्ख्याका मामिलामा, लाभार्थीको युपीआइमा पञ्जीकृत हुनु आवश्यक छैन। (कृपया एपद्वारा उपलब्ध भएका सेवाहरूको प्रयोगका सम्बन्धमा जानकारीका लागि आफ्नो पीएसपी र जारिकर्ता ब्याङ्कसँग सम्पर्क गर्नुहोस्)।

मोबाइल हराएको स्थितिमा

मेरो मोबाइल फोन हराएको स्थितिमा के हुन्छ?

मोबाइल हराएको स्थितिमा, सबैभन्दा पहिले आफ्नो मोबाइल नम्बरलाई ब्लक गर्नु पर्छ जसले गर्दा त्यो नम्बरबाट कुनै लेनदेन गर्न नसकियोस् जुनचाहिँ डिवाइस ट्रेकिङ्गको पनि सहभागी हो, यसका साथै एम पिन कुनै प्रकारको लेनदेनका लागि आवश्यक पर्दछ यसलाई अरू कसैसँग साझा नगर्नु होला।

एउटा भन्दा धेरब्याङ्क खाताहरू

के एउटै वास्तविक ठेगानाबाट एकभन्दा धेरै ब्याङ्क खाताहरूलाई लिङ्क गर्न सकिन्छ?

हो, धेरै ब्याङ्क खाताहरू एउटै वास्तविक ठेगानासँग लिङ्क गर्न सकिन्छ जुनचाहिँ सम्बन्धित पीएसपीको कार्यक्षमता माथि निर्भर गर्दछI

धनको हस्तान्तरका लागि विभिन्न चेनेल

युपीआइ प्रयोग गरेर धन स्थानान्तर गर्नका लागि विभिन्न चेनेल के हुन्?

युपीआइ प्रयोग गरेर धन स्थानान्तर गर्नका लागि विभिन्न चेनेल यस प्रकार छन् -

  • वास्तविक आइडीका माध्यमबाट स्थानान्तर
  • खाता सङ्ख्या + आइएफएससीका माध्यमबाट स्थानान्तर
  • मोबाइल नम्बर + एमएमआइडीका माध्यमबाट स्थानान्तर
  • आधार सङ्ख्याका माध्यमबाट स्थानान्तर
  • सङ्ग्रहण / पुल मनी आधारित वास्तविक आइडी

अरू प्रश्न

  • यदि मेरो खाता डेबिट गरियो, तर लेनदेन हुन सकेन भनेके हुन्छ?
  • युपीआइमा कुनै तकनिकी गिरावट आयो भने यो सुविधा उपलव्ध हुन्छ जबकि उचित समयमा फेरि प्रदाताका खातामा पुनः धन फिर्ता र स्थानान्तर गरिन्छ।

  • केयुपीआइद्वारा हस्तान्तर गरिएको धन रोक्ने अनुरोध गर्न सकिन्छ?
  • होइन, एकपल्ट भुग्तान भइसकेको स्थितिमा यसलाई रोक्न सकिँदैन।

  • युपीआइ लेनदेन गर्ने सन्दर्भमा मैले कहाँ उजुरी दर्ता गर्न सक्छु?
  • तपाईँ आफ्नो युपीआइ लेनदेन गर्ने सम्बन्धमा वा आफ्नो उजुरी गर्न सहभागी ब्याङ्कको युपीआइएपका माध्यमबाट गर्न सक्नु हुन्छ।

  • युपीआइको उपयोग गरेर फन्ड ट्रान्सफर गर्ने सीमा के हो?
  • हालमा, युपीआइ लेनदेनको माथिल्लो सीमा 1 लाख रुपियाँसम्म होI

  • यदि मैले आफ्नो युपीआइ एप्लिकेसन बदलाएँ भने तब के त्यही वास्तविक ठेगानामा पुनः पञ्जीकरण गर्नु आवश्यक हुन्छ?
  • युपीआइ एपमा परिवर्तन गर्ने मामिलामा, एकजना व्यक्तिले फेरि रजिस्टर गर्नु आवश्यक छ यसका साथै यो आवश्यक जाँच वा पीएसपीमाथि निर्भर गर्दछ जबकि त्यही वास्तविक ठेगाना प्रयोग गर्न सकिन्छ I

  • यदि मैले मेरो पिन बिर्सिए भने के हुन्छ?
  • एम पिन बिर्सिएको स्थितिमा, फेरि नयाँ पिन बनाउनु पर्दछ।

  • युपीआइको उपयोग आफ्ना/आफ्नो सिम वा मोबाइल फेरे पछि गर्न सक्षम भइन्छ ?
  • सिम / मोबाइल / पीएसपीको आवेदनमा गरिएको परिवर्तनका मामिलामा, ग्राहकले आफूलाई युपीआइका लागि पुनः रजिस्टर गर्नु पर्दछ।

  • के म सबै मोबाइल प्लेटफर्महरूमा युपीआइको उपयोग गर्न सक्षम हुन सक्छु?
  • हो, युपीआइ एन्ड्रएडमा उपलब्ध छ र यो छिटै नै आइओएसमा पनि उपलब्ध गराइने छ।

  • एकजना प्रदाताद्वारा गरिएको एउटा अनुरोधलाई अनुमोदन/स्वीकृतिका लागि कति समय लाग्दछ ?
  • एउटा अनुरोधलाई अनुमोदन/स्वीकृति पाउने समय निवेदकद्वारा गरिएको आवेदन परिभाषित गरून्जेलसम्म लाग्दछ।

  • यदि मेरो मोबाइल कुनै अरू व्यक्तिले प्रयोग गर्दछ भने, यस्तो परिस्थितिमा सुरक्षा भङ्ग हुन्छ?
  • युपीआइका माध्यमबाट कुनै पनि लेन-देन गर्दा, पिनको आवश्यक पर्दछ जुनचाहिँ लेन-देनलाई सुरक्षित बनाउनका लागि मोबाइलद्वारा हालिने गरिन्छ।

  • युपीआइको शुरुआत गर्नका लागि प्रमुख चरण हुन्-

स्रोत: नेसनेल पेमेन्ट कर्पोरेसन अफ इन्डिया(एनपीसीआइ)

Last Modified : 12/20/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate