অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

डिजिटल भुग्तान- कार्डहरू

भूमिका

डिजिटल साधनहरूर कार्डद्वारा भुग्तानगर्ने चलनलाई बढावा दिनका लागि सरकारद्वारा महत्वपूर्ण पाइलाहरू चलाउँदैमन्जुरी दिइएको छ

। यो पाइला नगद कारेाबारलाई घटाउनका लागि उठाइएको हो। धेरै अल्पकालीन (एक साल भित्र क्रियान्वित हुने।) र मध्यम अवधिका (दुई साल भित्र क्रियान्वित हुने।) उपाय सरकार/मन्त्रालयहरू/विभागहरू/सङ्गठनहरूद्वारा गरिने छ।

कार्ड र डिजिटल साधनहरूद्वारा भुग्तानलाई बढावा दिन, कर ठगीलाई रोक्न, मान्छेलाई कार्ड/ डिजिटल साधनहरूद्वारा वित्तीय सेवाहरूमा नगद कारोबारलाई कम गर्न र नगद प्रधानता भएका क्षेत्रमा बिना नगदी वा कम नगदी क्षेत्रमा बदल्नमा प्रमुख भूमिका निर्वहन गर्नेछ।

कार्ड र डिजिटल साधनहरूद्वारा भुग्तानलाई बढावा दिन आवश्यक पर्ने लक्षणहरू जस्तै अधिभार/सेवा शुल्क /कार्डमा सुविधा शुल्क/ हालैमा डिजिटल भुग्तान सरकारी विभागहरू /सङ्गठनहरू, कार्डमा एमडीआरका लागि युक्तिसङ्गत बनाउनु र मुख्य कारबार गरेको खण्डमा भिन्दै एमडीआर फ्रेमवर्क कार्डबाट एउटा तय गरिएको राशिसम्मको कारबार कतिपय कार्डहरूमा हितधारकहरूद्वारा संरचनाको सुत्र निकाल्नु, यस खाले भुग्तानहरूका लागि संचार सेवाहरूलाई युक्तिसङ्गत बनाउनु, मोबाइल ब्याङ्किङ्गलाई बढावा दिनु, धोखाधडीका मामिलहरूमा छिटो समाधानको आश्वासन र देशमा भुग्तानको परिवेशको समीक्षा मुख्य हुनेछ।

कार्डहरूके हुन्?

यो साधारणत ब्याङ्कद्वारा जारी गरिन्छ तथा यसलाई जारी गर्न, कार्ड धारकद्वारा उपयोग वा भुग्तानका आधारमा वर्गीकृत गर्न सकिन्छ। कार्ड तीन प्रकारका हुन्छन्- डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड।

विभिन्न प्रकारका कार्डहरू के हुन्?

प्रिपेड कार्ड

यो ग्राहक ब्याङ्क एकाउन्टबाट प्रि-लोडेड हुन्छ र जुन सीमित लेनदेनका लागि प्रयोग हुने गर्छ। यसलाई मोबाइल रिचार्ज गरे जस्तै रिचार्ज गर्न सकिन्छ। यो उपयोग गर्नका लागि सुरक्षित छ।

डेबिट कार्ड

यसलाई खाताधारी ब्याङ्कद्वारा जारी गरिन्छ जुनचाहिँ ब्याङ्क एकाउन्टसँग लिङ्क गरिएको हुन्छ। डेबिट कार्ड खाताधारकहरूलाई (करेन्ट/सेभिङ्ग/अभारड्राफ्ट) जारी गरिन्छ तथा गरिएका कुनै पनि खर्च उपयोगकर्ताका खाताबाट तुरून्त काटिने गर्दछ। उपयोगकर्ताले यस कार्डको उपयोग आफ्नो ब्याङ्क एकाउन्टमा रहेको रकमको निर्धारित सीमासम्म नगद निकाल्नका लागि गर्न सक्छ। यसको उपयोग एकजना व्यक्तिबाट अर्कालाई घरेलु फन्ड ट्रान्सफरका लागि पनि गर्न सकिन्छ।

क्रेडिट कार्ड

यसलाई ब्याङ्क/रिजर्व ब्याङ्क अधिकृत अरू कम्पनीहरूद्वारा जारी गरिन्छ। यसलाई घरेलु वा अन्तर्राष्ट्रिय (यदि अन्तर्राष्ट्रिय उपयोगका लागि सक्षम बनाइएको छ भने) तबरमा प्रयोग गर्न सकिन्छ। डेबिट कार्डबाट भिन्दै, क्रेडिट कार्डहरूका मामिलामा कुनै ग्राहकले आफ्नो ब्याङ्क खातामा रहेको हालैको धनराशिको मात्राभन्दा धेरै धन पनि निकाल्न सक्छ। प्रत्येक क्रेडिट कार्डका लागि निर्धारित सीमासम्म अतिरिक्त धन निकाल्न सकिन्छ।

साथै निकालिएको अतिरिक्त धन पुनःर्भुग्तान गर्दा निर्धारित समय सीमा भित्रपूरा गर्नु पर्छ, यसमा ढिलो भयो भने, कार्डधारकले उक्त धन राशिको भुग्तान गर्दा निर्धारित गरिएको ब्याजसमेत गर्नु पर्छ।

डेबिट/क्रेडिट कार्डहरूको उपयोग कसरी गर्ने?

एटीएमबाट पैसा निकाल्नका लागि, उपयोगकर्ताले डेबिट/क्रेडिट कार्ड हालेर ब्याङ्कद्वारा दिइएको आफ्नो विशिष्ट पिन नम्बर (4 अङ्क भएको) भराउनु पर्छ। प्रतिदिन निकालिने अधिकतम् धनराशिको मात्रा ब्याङ्कद्वारा निर्धारित गरिन्छ।

डेबिट कार्डसँगै कार्डधारकले एटीएमको उपयोग, ब्याङ्क शाखामा नगई, ब्याङ्क बेलेन्स जान्न, चेक वा धनराशि जमा गर्न, मिनी स्टेटमेन्ट प्राप्त गर्न आदि जस्ता वित्तीय वा बिना-वित्तीय लेनदेनका सेवाहरू प्राप्त गर्नका लागि गर्न सक्छ।

मैले यी कार्डहरूको उपयोग किन गर्नु?

  • आफ्नो कार्डको उपयोग जहाँ पनि किनबेच गर्नका लागि गर्न सकिन्छ।
  • पसलहरू, एटीएम(एटीएम), वालेट्स, माइक्रो एटीएम(एटीएम)अनलाइन खरिदारी गर्दा।
  • डेबिट तथा क्रेडिट कार्डहरू, दुवैको उपयोग एटीएम(एटीएम)बाट नगद निकाल्न, पइन्ट-अफ-सेल(पीओएस)मा सामान वा सेवाहरूको खरिद तथा अनलाइन खरिद गर्नका लागि गर्न सकिन्छ।
  • सबै खालका युटिलिटी बिलहरूको भुग्तान गर्नका लागि प्रयोग गर्न सकिन्छ।
  • उपभोक्ताले यसबाट टिकेट (एअरलाइन/रेलवे/बस) किन्न सक्छन्, होटेल बुकिङ्ग गर्न सक्छन् र रेस्टुरामा भुग्तान गर्न सक्छन्।
  • उपयोगकर्ताले यस्तो कुनै पनि ठाउँमा कुनै पनि सेवाको भुग्तान गर्नका लागि कार्डको उपयोग गर्न सक्छ जहाँ कार्ड रिडर/ पीओएस मिसिन उपलब्ध हुन्छ।

कार्ड कसरी प्राप्त गर्न सकिन्छ?

उपभोक्ताले डेबिट/रुपे/क्रेडिट कार्डहरूका लागि सबै सार्वजनिक वा निजी ब्याङ्कहरूमा आवेदन गर्न सक्छन्। नागरिकले आफ्नो ब्याङ्क शाखामा आवेदन गरेर डेबिट कार्ड प्राप्त गर्न सक्छन्।

के नागरिकले आफ्ना डेबिट कार्डहरू रुपे कार्डमा बदल्न पनि सक्छन्?

नागरिकले आफ्ना डेबिट कार्डहरू रुपे कार्डमा बदल्न सक्छन्।

सरकारको आदेशअनुसार, सबै जनधन योजना खाता धारकहरूलाई रुपे कार्ड जारी गरिने छ।

स्रोत: नेशनल पेमेन्टस् कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)

Last Modified : 10/31/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate