होम / कृषि / कृषि नीति र योजनाहरू / राष्ट्रीय पशुधन मिसन (एनएलएम)
सेयर
Views
  • State: Open for Edit

राष्ट्रीय पशुधन मिसन (एनएलएम)

यो शीर्षकको अन्तर्गत पशुधन सित जोडिएका प्रमुख पक्षहरू र यो शुरु गर्नका लागि मिसनको प्रमुख जानकारीहरूलाई यसमा प्रस्तुत गरिएको छ।

यो शीर्षकको अन्तर्गत पशुधन सित जोडिएका प्रमुख पक्षहरू र यो शुरु गर्नका लागि मिसनको प्रमुख जानकारीहरूलाई यसमा प्रस्तुत गरिएको छ।

पशुचारा संसाधन

वित्तीय वर्ष 2014-15 मा शुरू गरिएको राष्ट्रीय पशुधन मिसन (एनएलएम) पशुधन उत्पादनको तरिकाहरू र सबै हितधारकहरूको क्षमता निर्माणमा मात्रात्मक र गुणात्मक सुधार सुनिश्चित गर्ने छ। दानाहरू र त्यसको विकासमा ध्यान केन्द्रित गर्दै यो योजनामा के भनिएको छ भने एनएलएमको तहत दाना र दाना विकास उप-मिसन पशुदाना संसाधनहरूको कमीको समस्याहरूलाई समाधान गर्ने कोशिश हुनेछ। ताकि भारतको पशुधन क्षेत्रलाई आर्थिक रूपले व्यवहारिक बनाउन सकियोस् र निर्यात् क्षमताको उपयोग गर्न सकियोस्।

रोगहरूको प्रभावी नियन्त्रणको लक्ष्य

डेयरी र पशुधन उत्पादकताको विकासको बारेमा मिसनमा के भनिएको छ भने सबैभन्दा ठुलो बाधा पशु रोगहरू जस्तै- एफएमडी, पीपीआर, ब्रुसिलोसिस, एवियन इन्फ्लुएन्जा इत्यादिलाई ठुलो रूपमा प्रसारको आवश्यकता छ, यसबाट उत्पादकतामा विपरित प्रभाव पर्दछ। पशुहरूको रोगहरूको संख्याहरूमा प्रभावी नियन्त्रणको राष्ट्रीय रणनीतिको आवश्यकतालाई सही ठहराउँदै के भनिएको छ भने पशुहरूको स्वास्थ्यका लागि उपलब्ध योजनालाई बलियो बनाइएको छ।

दुग्ध उत्पादनमा बृद्धिको लक्ष्य

दुग्ध उत्पादनमा बृद्धिको लक्ष्यको बारेमा जानकारी दिँदै मिसनमा के भनिएको छ भने जानवरको सङ्ख्यामा बृद्धिको साटो दुधारू पशुहरूको उत्पादकता बढाएर प्राप्त गर्न सकिन्छ। अधिक दुध उत्पादनका लागि किसानहरूलाई प्रोत्साहित गर्नका लागि, किसानलाई लाभदायक मूल्यमा आफ्नो उत्पाद बेच्नका लागि दुग्ध संकल्न गर्ने प्रभावी तन्त्र बनाउने आवश्यकता छ, जुन कुरा ठाँउ-ठाँउमा दुध उत्पादकहरूलाई जोड़्नका लागि एक प्रभावी खरीद प्रणालीको स्थापनाबाट सुनिश्चित गर्न सकिन्छ।

दुधसित जोडिएका उत्पाद र प्रसंस्करण उद्योग

प्रसंस्करण र बिक्री गर्न दुधको विषयमा पनि विस्तारले कुरा गरिएको छ यसमा बिक्रीका लागि दुधलाई एकत्रित गर्न या प्रसंस्करणका लागि दुधको प्रयोग हुँदासम्म दुधलाई एकत्रित गर्न र सुरक्षित ऱाख्न ग्रामीण क्षेत्रहरूमा कोल्ड चेन जस्तो आधारभूत सुविधाहरूको विस्तारद्वारा दुधको बर्बादीलाई कम गर्नेका लागि कदम उठाउन जरूरी बताइएको छ। थोक दुध कुलर्सको स्थान तय गर्नका लागि व्यवस्थित योजना बनाउने आवश्यकता छ, ताकि छेउ-छाउको गाँउहरूको किसान त्यहाँसम्म सजिलै पुग्न सकून्। विभागको पहलमा राष्ट्रिय गोकुल मिसनको शुरूवात गरिएको छ जसको उद्देश्य वैज्ञानिक तरिकाबाट स्वदेशी नस्लहरूको संरक्षण र विकास गर्नु हो।

राष्ट्रिय कामधेनु ब्रीडिंग केन्द्र

“राष्ट्रीय कामधेनु ब्रिडिङ केन्द्र” लाई मिसनमा आवश्यक बताउँदै सरकारले स्वदेशी नस्लहरूको विकास र संरक्षणका लागि उत्कृष्टताको केन्द्रका रूपमा “राष्ट्रीय कामधेनु ब्रिडिङ केन्द्र” स्थापनाको प्रस्ताव राखिएको छ, जुन उत्पादकता बढाउन र आनुवंशिक गुणस्तरको उन्नयनको उद्देश्यको साथ समग्र र वैज्ञानिक तरिकाहरूले (37 गाई गोरू र 13 भैंसीहरू) स्वदेशी नस्लहरूको विकास र संरक्षणको कार्य गर्छ।

निलो क्रान्तिका लागि लक्ष्य

मत्स्य उत्पादनको सम्बन्धमाके भनिएको छ भने 2013-14 मा 9.58 मिलियन टन उत्पादन र कुल वैश्विक माछा उत्पादनमा 5.7 प्रतिशतको योगदानको साथ भारतको विश्वमा दोस्रो सबभन्दा ठुलो माछा उत्पादक देशको रूपमा स्थान कायम छ। निलो क्रान्तिको मतलब खाद्य एवम् पोषण सुरक्षा, रोजगार र राम्रो आजीविका उपलब्ध गराउनका लागि माछा उत्पादनलाई तीव्र र सतत विकास गर्नु पर्ने हुन्छ।

स्त्रोत:पत्र सूचना कार्यालय

2.16666666667
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top