होम / कृषि / माछा पालन / माछा पालन कसरी गर्ने?
सेयर
Views
  • State: Open for Edit

माछा पालन कसरी गर्ने?

यस खण्डमा माछा पालन गर्ने सम्बन्धित जानकारी प्रस्तुत गरिएको छ।

माछा पालनको तयारी

माछाका लागि पोखरीको तयारी वर्षा लाग्नुभन्दा पहिले नै गर्न उपयुक्त देखिन्छ। माछा पालन सबै प्रकारका साना ठुला मौसमी तथा बाहृमासे पोखरीमा गर्न सकिन्छ। यस बाहेकै यस्ता पोखरी जहाँ अन्य जलीय वनस्पतीय फसलहरू जस्तै- जलबदाम, कमलको फुल, ढस वा घाँसिलो ठाउँ लिन सकिन्छ। यी सबै माछा पालनका लागि उपयुक्त मानिन्छ। माछा पालनका लागि पोखरीमा मल, उर्वर सामग्री, अन्य खाद्ध पदार्थ आदि हालिन्छ, यी सबै सामग्रीले पोखरीको माटो तथा पानीको उर्वरता बढ्दछ र परिमाण स्वरूप फसलको उत्पादन बृद्धि हुन्छ। यी वनस्पतीय फसलहरूको सृष्टि फोहोर पोखोरीको पानी जुन सडेगलेका हुन्छन्, तिनले पानी वा माटोलाई अधिक उर्वर बनाउँछन, जसबाट माछाको सर्वोत्तम प्राकृतिक आहार प्लेटन (प्लवक) उत्पन्न हुन्छ। यस प्रकार दुवै नै एक अर्काको पुरक बन्दछन् र आपसमा उत्पादन बढाउन सहायक हुन्छन्।

धान खेतमा पनि जहाँ जुन-जुलाई महिनादेखि अक्टोबर-नभेम्वरसम्म पर्याप्त पानी भरिएको हुन्छ, माछा पालन गरेर अतिरिक्त आय प्राप्त गर्न सकिन्छ। धान खेतीमा माछा पालनका लागि एउटा भिन्नै प्रकारको तयारी गर्ने आवश्यकता हुन्छ। कृषकहरू आफ्नो खेतबाट राम्रो उत्पादन गर्नका लागि खेत जोताउँछन्, गरा एवम् डिल (आली) आदि यथा समयमा आवश्यकतानुसार नाइट्रजेन, स्फुर तथा पोटास मलको प्रयोग गर्दछन्। उचित समयमा रोपिएको बिउमा बिमारको रोकथामका लागि दवाई आदिको प्रयोग गर्दछन्। ठिक यस्तै प्रकारले माछाको राम्रो उत्पादन प्राप्त गर्नाका लागि माछा पालनमा पनि खेतिको यो क्रिया कलापहरू प्रयोग गर्न अत्यावश्यक हुन्छ।

पोखरीको तयारी

मौसम अनुसारका पोखरीमा माङ्सहारी तथा अनावश्यक साना प्रजातिका माछा रहने आशङ्का रहँदैन तथापि बारहमासे पोखरीमा यस्ता माछा हुन सक्छन्। अतः यस्ता पोखरीमा जुन महिनामा थोरै पानीमा बारम्बार जाल फ्याँकेर हानिकारक माछा वा किरा आदि निकालिदिनु पर्छ। यदि पोखरीमा भैँसी आदिले पानी खाँदैनन्, भने यस्ता माछा मार्नका लागि २००० देखि २५०० किलोग्राम प्रति हेक्टमिटरका दरमा पिनाको प्रयोग गर्नु पर्छ। कोदाको पिनाको प्रयोगबाट पानीमा रहेका हानिकारक जीवहरू मर्दछन्, तथा माछाहरू पनि प्रभावित भएर मर्नुभन्दा पहिलै माथि निस्कन्छन्। यदि यस समयमा यी माछालाई निकालियो भने खाने तथा बेच्ने लायक नै रहन्छन्। कोदाको पिना प्रयोग गर्दा के ख्याल गर्नु पर्छ भने यसको प्रयोग गरे पछाडि पोखरीको २ देखि ३ सातासम्म निथार्नुका लागि प्रयोगमा ल्याउनु हुँदैन। कोदाको पिना हालेको ३ साता पछाडि तथा मौसम अनुसारका पोखरीमा पानी भरिनुभन्दा पहिले २५० देखि ३०० किलोग्राम प्रति हेक्टरका दरले चुन हालिन्छ र यसले पानीमा रहेका किराहरू मार्दछ। चुनले पानीको जी.एच.लाई नियन्त्रण गरेर क्षयकारक तत्त्व बढाउँदै मलतत्त्व बृद्धि गर्दछ तथा पानी स्वच्छ राख्नेछ। चुन हाले पछाडि एक साताको अन्तरालमा पोखरीमा १०००० किलोग्राम प्रति हेक्टर प्रति वर्षको दरले गोबरको मल हाल्नु पर्दछ। जुन पोखरीमा खेतको अथवा बगुवा पानी वर्षामास बगेर पस्तछ, त्यहाँ गोबर मलको मात्रा घटाउनु सकिन्छ, किनभने यस प्रकारको पानीमा मल धेरै मात्रामा उपलब्ध रहेको हुन्छ। पोखरीमा पानी आउने जाने बाटोमा जाली लगाउने व्यवस्था पनि पहिलै गर्नु पर्दछ।

पोखरीमा माछाको बिज(पोना) हाल्ने अगाडि त्यस पोखरीमा प्रर्याप्त मात्रामा माछाको प्राकृतिक आहार (प्लैंकटान) छ कि छैन यस कुराको जाँच गर्नु पर्दछ। पोखरीमा प्राकृतिक आहारको मात्रा बढाउनुका लागि गोबरको मलसँगै सुपरफास्फेट ३०० किलोग्राम तथा युरिया १८० किलोग्राम प्रति हेक्टर प्रति वर्षको दरले हाल्नु आवश्यक छ। अतः एक साल भरिका लागि निर्धारित मात्रा (गोबरको मलसँगै सुपरफास्फेट ३०० किलोग्राम तथा युरिया १८० किलोग्राम) को दश मासिक किस्तामा बराबर हालिरहनु पर्छ। यस प्रकार प्रत्येक महिना १००० किलो गोबर मल, ३० किलो सुपरफस्फेट तथा १८ प्रयोग पोखरीमा गर्दा धेरै मात्रामा प्राकृतिक आहारको उत्पत्ति हुन्छ।

मत्स्य बिज सञ्चयन

सामान्यतः पोखरीमा १०००० फ्राई अथवा ५००० फिङ्गर लिङ्ग प्रति हेक्टरको दरले जम्मा गर्नु पर्दछ। योभन्दा कम मात्रामा जम्मा गर्दा पानीमा उपलब्ध भोजनको पूर्ण प्रयोग भएको हुँदैन तथा अधिक जम्माबाट पनि सबै माछालाई पर्याप्त भोजन उपलब्ध भएको हुँदैन। पोखरीमा उपलब्ध भोजनको भरपुर उपयोगका लागि कतला माछो सतह ठाउँमा, रहु माछो माझमा तथा म्रिगल (मिर्का) माछो पोखरीको तल उपलब्ध भोजन ग्रहण गर्छन। यस प्रकार यी तीनै प्रजातीका माछाको बिज जम्मा गरेबाट पोखरीको पानीको स्तरमा उपलब्ध भोजनको पर्याप्त रूपमा उपयोग हुन्छ तथा यसबाट अधिकाधिक पैदा गर्न सकिन्छ।

पालन गर्ने योग्य देशी प्रमुख डुलुवा माछा (कतला, रहु, म्रिगल वा मिर्का) बाहेक अन्य केही विदेशी प्रजातिका माछाहरू (ग्रास कार्प, सिल्वर कार्प, कमन कार्प) पनि हिजोआज धेरै रूपमा सञ्चय गर्न थालिएको छ। अतः देशी वा विदेशी प्रजातिका माछाहरूको बिज मिश्रित माछापालन अर्न्तगत जम्मा गर्न सकिन्छ। विदेशी प्रजातिका यी माछाहरू देशी प्रमुख डुलुवा माछासँग कुनै प्रतियोगिता गर्न सक्तैनन्। सिल्वर कार्प माछा कतला माछाको समान पानीको माथिल्लो सतहबाट ग्रास कार्प रहुको जस्तै स्तम्भबाट तथा कमन कार्प मृगल (मिर्का) को जस्तै पोखरीको तलबाट भोजन ग्रहन गर्दछ। यस प्रकार यी सबै ३ प्रकारको प्रजातिका माछाको बिउ जम्मा भए पछि कतला, सिल्वरकार्प, रोहु, ग्रासकार्प, म्रिगल तथा कामन कार्प माछाहरूलाई २०:२०: १५:१५: १५:१५ को अनुपातमा जम्मा गर्नु पर्छ। सामान्य रूपमा माछाको बिउलाई पोलिथिनको पुलिङ्दा (पेकेट) मा पानी हालेर तथा अक्सिजन हावा हालेर पोको पारिन्छ। पोखरीमा माछाको बिउ हाल्नुभन्दा पहिलै उक्त पोकाहरूलाई थोरै समयका लागि पोखरीको पानीमा हाल्नु पर्दछ। त्यसपछि पोखरीको थोरै पानी ती पोकाहरूको भित्र प्रवेश गरेपछि समतापन (एक्लिमेटाइजेद्गान) का लागि वातावरण सिर्जना गराउनु पर्दछ र तब पोकाहरूबाट थोरै-थोरै रूपमा माछाको बिउ पोखरीको पानीमा निस्किन दिनु पर्छ। यसो गर्दा माछाको बिउलाई परवर्ती जीवित रहनुमा सहयोग मिल्दछ।

माथिल्लो आहार

माछाको बिउ सञ्चयको पहिलेदेखि पोखरीमा माछाको भोजन कम भयो वा माछा बढ्न सकेनन् भने चामलको ढुटो (कनिका मिसिएको सफा चामल) एवम् तोरी अथवा बदामको पिना लगभग १८०० देखि २७०० किलोग्राम प्रति वर्ष प्रति हेक्टरका दरमा दिनु पर्छ।

यो प्रतिदिन एक निश्चित समयमा दिनु पर्छ कारण यसो गर्दा माछाले आहार ग्रहण गर्ने एउटा उचित समय हुन्छ र आहार व्यर्थमा नष्ट भएर पनि जाँदैन। अझ राम्रो हुन्छ यदि खाद्य पदार्थ बोरामा हालेर लट्ठीका सहायतामा पोखरीका कैयौं ठाउँमा बाँधेर बोराको ठाउँ-ठाउँमा प्वाल पारिदिनु पर्छ तथा बोराको धेरै जसो भाग पानीमा डुबिरहोस् र केही भाग पानीको माथि रहनु आवश्यक हुन्छ।

सामान्य परिस्थितिमा प्रचलित पुरानो तरिकाहरूद्वारा माछा पालन गर्दा जहाँ ५००-६०० किलो प्रति हेक्टर प्रति वर्षका दरले उत्पादन प्राप्त हुन्छ, त्यही आधुनिक वैज्ञानिक पद्धतिद्वारा माछा पालन गरेमा ३००० देखि ५००० किलो प्रति हेक्टर प्रति वर्षमा माछा उत्पादन गर्न सकिन्छ। अन्ध्रप्रदेशमा यसै पद्धतिद्वारा माछा पालन गरेर ७००० प्रति हेक्टर प्रति वर्षमा उत्पादन गरिरहेको छ।

माछा पालकहरूले प्रति महिना जाल हानेर सञ्चित माछाको बृद्धि निरिक्षण गर्नु पर्छ, जसबाट माछालाई दिइने परिपूरक आहारको मात्रा निर्धारण गर्नमा सजिलो हुन्छ तथा सञ्चित माछाहरूको बृद्धि दर थाहा लाग्न सक्छ। यदि कुनै माछामा बिमार देखियो भने तुरन्त उपचार गराउनु पर्छ।

स्रोत: पोर्टल सामग्री टोली।

2.93181818182
ज्ञान बहादुर राना मगर Jan 01, 2017 05:07 PM

मलै माछा पालन गर्ने तरिका जान्न्नको लागि यस्स्को कसरी उत्पादन लिन सकिनन्छ भन्ने जानकारी लिन चाहानन्छु ।

जीवन लामा Jun 15, 2017 10:54 AM

हामिले माछा पालन गर्न काहा समर्का गर्नु पर्छ हाेला

गणेश खत्री Jul 01, 2017 08:25 AM

म माछा पालन गरना चाहन्छु तेस्को लगी मैले के गर्नु परला रा कस्तो ठाउ म पोखरी बनाउन परला र सीमेन्ट को पोखरिमा पानी माछा पालन गर्न सकिन्छ की सकिदैन

birendra magar Aug 13, 2017 05:09 AM

माछा पालन गरदा पाेखरिमा सिमेनट लगाउदा हुनछ कि हुदैन

कृण्णा बहादु चौधरी Nov 21, 2017 03:53 PM

मा माछा पाल्ना चहान्छु तर हल म कतर मा छु मेरो पोखरी को पानि फोहोरो हुन्छ र कालो देखीन्छ र गाउँ को पानि सबै पोखरी मा अाउछ म कति चोटी पालेको तर माछा सबै रोगि भयेरा मर्छन् कुन माछा पलने ठिक हुन्छ र के के गर्नुपर्छा मा जानकारी लिना चहन्छु धन्यवाद

दिपक रेश्मी Feb 16, 2018 06:18 AM

सिमेतको पोखरि उपयोगी हुन्छ कि हुदैन र बंगुरको दिशा माछामो लागि कति फाईदा पुर्याउन सकीन्छ ।

भगत चौधरी May 19, 2018 06:42 PM

कुन माछालाई क-कस्ता प्रकारका दाना कुवाउनु पर्छ ।

याेगेन्द्र अधिकारी Oct 07, 2018 10:58 AM

माछा पालन सम्बन्धि अाबश्यक जानकारि जस्तै के के गर्ने कुन जातकाे पाल्ने खर्च र अाम्दानि अादि

manjit rai Dec 03, 2018 08:15 AM

मेरो घर पहाडी जिल्ला सोलुखुम्बु हो। म पनि माछा पालन गर्न चहानछु। कुन प्रजातिको माछा पालन गर्दा ठिक हुन्छ होला?

Nima tenji lama Mar 12, 2019 07:19 PM

माछा को बीउ कहाँ पाइन्छ

तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top