অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

प्रधानमन्त्री फसल बीमा योजना

प्रधानमन्त्री फसल बीमा योजना

एक देश-एक योजनाको अन्तर्गत यो नयाँ योजनालाई बनाइएको हो। सबै योजनाहरूको समीक्षा गरी राम्रो फिचर सामेल गरी किसानको हितमा र नयाँ फिचर्स जोडेर यो फसल बीमा योजना बनाइएको हो। यस प्रकार यो योजना पुरानो कुनै पनि योजनाभन्दा किसानको हितमा राम्रो छ।

विगत 2010 देखि प्रभावी मोडिफाइड एनएआइएसमा प्रिमियम अधिक भएका ठाउँमा एउटा केम्प निर्धारित गरिएको थियो जसबाट सरकारद्वारा बेहोरिदिने प्रिमियम राशि कम हुन्थ्यो, परिणामतः किसानले पाउने  राशि पनि अनुपातिक रूपबाट कम हुन्थ्य्यो। प्रधानमन्त्री फसल बीमा योजनामा 30 हजारसम्म इन्सोरमा 22 प्रतिशत एक्चुयल प्रिमियम आएमा किसानले मात्र 600 रूपैयाँ प्रिमियम दिन्छ र सरकारले 6000 हजार रूपैयाँको प्रिमियम दिने गर्छ। शत प्रतिशत नोकसानको अवस्थामा किसानलाई 30 हजार रूपैयाँको पूरै मागिएको राशि प्राप्त हुन्छ। अर्थात् उदाहरणका रूपमा यस प्रकरणमा किसानको लागि प्रिमियम 900 रूपैयाँ भन्दा कम भएर 600 रूपैयाँ हुन गयो। मागिएको राशि 15000 रूपैयाँको स्थानमा 30 हजार रूपैयाँ भएको छ।

विशेषताहरू

  • बीमित किसान यदि प्राकृतिक आपदाको कारण बोनी गर्न पाउँदैन भने यो जोखिम पनि सामेल छ  उसले माग गरेको राशि पाउन सक्छ।
  • पसिना,जलभराव र भूमिस्खलन जस्तो आपदाहरूलाई स्थानीय आपदा मानिनेछ ।पुरानो योजनाहरूको अन्तर्गत यदि किसानको खेतमा जलभराव (पानीमा डूबेको)  भएमा  किसानलाई पाउने राशि केमा निर्भर गर्छ भने युनिट अफ इन्सोरेन्स (गाउँ या गाउँको समूह) मा कुल नोक्सानी कति छ। यस कारण कतिपल्ट नदी नालाको किनारा या तल्लो स्थलमा स्थित खेतहरूमा नोकसानको भए तापनि किसानहरूलाई प्राप्य मागिएको राशि प्राप्त हुँदैन्थ्यो। प्रधानमन्त्री फसल बीमा योजनामा यसलाई स्थानीय हानि मानेर केवल प्रभावित किसानहरूलाई  सर्वे गरी उनीहरूले पाउने राशि प्रदान गरिनेछ।
  • यसमा पोस्ट हार्वेस्ट(फसल पछिको) नोकसान पनि सामेल गरिएको छ। फसल काटेको 14 दिनसम्म यदि फसल ख्रेतमा छ र त्यस बेला  कुनै आपदा आइदियो भने पनि किसानहरूलाई सो राशि प्राप्त हुन सक्छ । योजनामा टेक्नोलोजीको उपयोग गरिनेछ जसबाट  फसल कटाइ/नोकसानको आकलन शीघ्र र सही हुन  सकोस् र किसानहरूले माग गरेको राशि त्त्वरित रूपमा पाउन सकून्। रिमोट सेन्सिङको माध्यमले फसल कटाई प्रयोगहरूको संख्या कम गरिनेछ । फसल कटाई प्रयोगको आँकडाहरू तत्काल स्मार्टफोनको माध्यमले अप-लोड गराइनेछ।

देय प्रिमियम राशि

प्रधानमन्त्री फसल बीमा योजनाको अन्तर्गत फसलको अनुसार किसानद्वारा देय प्रिमियम राशि धेरै कम गरिएको छ जो निम्नानुसार छ-

क्र. सं.

फसल

किसानद्वारा देय अधिकतम् बीमा प्रभार (बीमित राशि को हरेकशत)

1

खरिफ

2.0%

2

रबी

1.5%

3

वार्षिक वाणिज्‍यिक एवम् बागवानी फसलहरू

5%

स्त्रोत: पत्र सूचना कार्यालय, भारत सरकार।

Last Modified : 11/6/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate