होम / कृषि / पशुपालन / पशु स्वस्थ्यवान भए कमाइ पनि राम्रो हुन्छ
सेयर
Views
  • State: Open for Edit

पशु स्वस्थ्यवान भए कमाइ पनि राम्रो हुन्छ

प्रत्येक क्षेत्रमा पशुपालन एउटा राम्रो व्यवसायका रूपमा सावित भएको छ। किसानहरू साधारणत: पशुपालन गर्दछन् तर, साधारण नोकरी गर्ने वा नगर्ने व्यक्तिले पनि यो पेशा अपनाउन सक्तछन्।

परिचय

हाम्रा देशका धेरै जसो किसानहरू खेती गर्नुका साथसाथैँ गाईभैँसी पनि पाल्ने गर्दछन्। यसबाट उनीहरूलाई छुट्टै प्रकारले केही खास कमाइ पनि हुन्छ। गाईभैँसीबाट धेरै मात्रामा दुध प्राप्त गर्नु नै किसानहरूको चाहना हुन्छ, तर केही किसान आफ्ना गाईभैँसीबाट उनीहरूको चाहना अनुसार दुध प्राप्त गर्न असमर्थ हुन्छन् र उनीहरूका गाईभैँसी पनि स्वस्थ हुँदैनन्।

धरै जसो गाईभैँसी अक्टोबर नभेम्वरमा ब्याउँदछन्। साधारणत: गाईभैँसी ब्याउनमा यो भन्दा पनि धेरै समय लिए भने, तुरन्त पशु चिकित्सकलाई बोलाउनु पर्दछ। यदि गाई वा भैँसीका नवजात वाछा पैदा भएको ३० सेकेन्ड पछाडि सम्म स्वास लिन थाल्दैनन् त्यतिबेला ती बाछालाई कृत्रिम स्वास (आर्टिफिसियल स्वास) दिलाउनका लागि नवजात बाछाहरूका छाती माथि सुस्त-सुस्त थिचिदिनु र पछाडि पट्टिको भागलाई उचाली दिनु पर्छ। यसो गऱ्यो भने बाछाले स्वास लिन सुरु गर्दछ।

गाईभैँसी ब्याउनु

नवजात बाछा पैदा भएको २-३ घण्टा पछाडि उसले पहिलो गोबर निकाल्दछ। यदि नवजात बाछो पैदा भएको २-३ घण्टा पछाडि पनि गोबर आएन भने, त्यसलाई ३० मिलिलिटर अरण्डीको तेल खुवाउनु पर्दछ। नवजात बाछाको शरीरमा (ब्याएका साथ साथ) भएको लसलसे पदार्थ साधारणत: माउले चाटेर सफा गरिदिन्छ। यदि त्यो लसलसे पदार्थ बाछको माउले चाटेर सफा गरिदिएन भने, त्यतिबेला त्यो सफा र ओभानो कपडाले पुछि दिनु पर्छ।

साघारणत: गाईभैँसी व्याएको २-४ घण्टा पछाडि त्यो माउले आन्द्रो झार्दछ, तर कहिलेकाही ८-१२ घण्टासम्म पनि आन्द्रो झारेन भने, बुजिन्छ आन्द्रो भित्र अडकिएको छ। यस्तो अवस्थामा तुरन्त पशु डाक्टर अथवा कोही पशु विशेषज्ञ वोलाएर गर्भाशयमा फ्युरिया भन्ने दवाई हाल्नु पर्दछ। यदि गाईभैँसी व्याएको ३० घण्टा पछाडिसम्म पनि आन्द्रो झार्दैन, तब पशु डाक्टरका सहायतामा आन्द्रो झार्ने काम गर्नु पर्दछ।

ब्याइते गाई वा भैँसीलाई पहिलो पाँच दिनसम्म १०० मिलिलिटर गर्भाशय सफा गराउने दवाई दिनमा दुई पटकसम्म खुवाउनु पर्दछ।

बाछा पैदा हुने बित्तिकै त्यसको प्रतिकारक ओखति अथवा टिचर आयोडिन, डेटल वा हर्दीको धुलो लगाइदिनु पर्छ।

पैदा भएको बाछालाई बिगौते दुध वा पहिलो दुध तुरन्त प्याएको राम्रो हो। बिगौती दुधको खोराक बाछाको शरीरको १/२ भाग बराबर राख्नु पर्छ अथवा १० किलोको बाछालाई १ लिटर बिगौते दुध पिउन दिनु पर्छ र ३० किलोको बाछालाई ३ लिटर बिगौते दुध खुवाउनु पर्दछ। यसले बाछालाई पछाडि हुने बिमारबाट बचाउँदछ। यसो गर्नाले बाछालाई बिमारसँग लँडाइ गर्न सक्ने क्षमता दिन्छ। बिगौते दुध यसरी खुवाउनाले बाछो बालकदेखि नै तन्दुरूस्त रहन्छ।

अक्टोबर नभेम्बरमा जाडो हुन सुरु हुन्छ। यस्तामा बाछो र माउलाई सर्दिबाट बचाउनु पनि पर्छ। बाछालाई स्वस्थ राख्नका लागि र अन्य रोगबाट बचाउनका लागि पनि समय समयमा ३०-४० मिलिलिटर अरण्डी (सुगर जातीय) को तेल खुवाइरहनु पर्छ।

जब बाछो ३ महिनाको हुन लाग्दछ, त्यतिबेर उसलाई खोरेत वा मुख पाक्ने बिमारबाट बच्न सक्ने खोप (टिका) लगाउनु पर्दछ। मे, जुन महिनामा ६ महिनाभन्दा बढी भएका बाछालाई पशुहरूको खोरेत, गलफुले र लङ्गडाउने जस्ता रोगका खोप लगाउनु पर्छ।

गाई वा भैँसीलाई प्रत्येक ३ वा १/२ लिटर दुध दिने हिसाबले १ किलोग्राम दाना (रासिन) दिनु पर्छ। जुन गाई वा भैँसीले दुध दिँदैन, उसलाई प्रत्येक दिन १ किलोग्राम दाना दिनु पर्दछ। गाई वा भैँसीलाई ७० प्रतिशत प्रत्येक दिन राशिन वा दाना दिनु पर्छ। १०० किलोग्राम वजन भएका गाईलाई २.५ किलोग्राम र भैँसीलाई ३ किलोग्राम सुक्खा खोराक दिनु पर्छ। यसमा तीन भागको दुई भाग ढुटो र तीन भागको एक भाग दाना मिसाएको हुनु पर्छ।

हरियो घासमा कम से कम ११-१२ प्रतिशत प्रोटीन हुनु पर्छ र डेनमा १८-२० प्रतिशत प्रोटीन हुन जरूरी छ। सबै पशुलाई सन्तुलित मात्रामा प्रटिन दिन आवश्यक छ। पशुहरूलाई सन्तुलित मात्रामा भुसदाना दिनमा २ पटक ८-१० घण्टाको अन्तरमा दिनु पर्छ। ६ महिनाको गाभिनो भैँसीलाई डेढ किलोग्राम दाना (राशिन) छुट्टै दिनु पर्छ। दुधालु गाई वा भैसीलाई दैनिक कमसे कम ५ किलोग्राम हरियो चारो दिनु पर्छ। जाडो मौसममा बरसीम भन्ने हरियो लहरे घाँस अति उत्तम आहार हो।

पशुहरूका दानामा २ प्रतिशत मिनरेल मिश्रण गर्न पनि जरूरी छ। गाई-भैँसीबाट धेरै दुध पाउन र ती पशुलाई लामो समयसम्म स्वस्थ राख्नका लागि तिनलाई सन्तुलित मात्रामा भुसदाना दिनु जरूरी हुन्छ। सन्तुलित दानामा खनिज लवणका साथ पोषक तत्त्व, प्रोटिन, विटामिन आदि निर्धारित मात्रामा राखिन्छ। सन्तुलित आहार बनाउने उपाय पौष्टक विशेषज्ञसँग सम्पर्क गरेर जान्न सकिन्छ। सन्तुलित दाना घरैमा पनि बनाउन सकिन्छ। दाना बनाउँदा उत्तम गुणवत्ताको अन्न (जौ, गहुँ, कोदो आदि), तेल, पिना (तोरी अथवा बदामको पिना), ग्वारमल, सोडा, नुन, मिनरिल मिश्रण तथा भिटामिनको सन्तुलित मात्रामा व्यवहार गरिन्छ।

एडभान्स डायरी फार्ममा पूरक आहार (सप्लिमेन्ट राशिन) दिइन्छ। पूरक आहार खाएबाट पशुका शरीरमा आएको कमी कमजोरी हटेर जान्छ, ती पशु धेरै समयसम्म स्वस्थ र दुधारू रहिरहन्छन्। पूरक आहारमा मिनारेल मिश्रण, फिड एडिटिव, बाइपास प्रोटिन, बी कम्प्रेक्स आदि सामेल गराइन्छ। धेरै जसो प्राइवेट कम्पनीले पूरक आहार बजारमा बेच्दछन्। यसरी ती आहारहरूको पुरा जानकारी लिएर आफ्ना पशुलाई पूरक आहार खुवाउन सकिन्छ।

साना वा जवान पशुलाई बाहिरी वा भित्र रहने किरा (इन्टरनल र एक्सटरनल किरा) ले धेरै हानी गर्दछन्। भित्री किरा जस्तै धागो वा फिता सस्तै कृमि, गोलाकार कृमि, परङ कृमि जस्ता पशुका पेटमा बस्ने कृमिले पशुको आहार र खुन पिउँदछ। बाहिरी किरा जस्तै जुका, नङ्ग्रे किरा, नाके किरा, कुटे किरा आदि पशुका शरीर बाहिर रहन्छन् र तिनको खुन खान्छन्।

बाहिरी वा भित्रि दुवै प्रकारका किराले पशुलाई कमजोर बनाउँछ, जसका कारणले पशुको दुध दिने क्षमता कम्दै जान्छ र पशु समयभन्दा पहिलै कमजोर वा बिमारी भएर मर्न सक्छन्। पशुका भित्री किरा मार्नका लागि किरा मार्ने दवाई जस्तै केन्टास, एल्बोमार, खुरतिखिने बिमारको दवाई पैनाखुर आदि दवाईको सही मात्रा पशु चिकित्सकसँग सलाह लिएर दिनु पर्छ। बाहिरी किरालाई मार्नका लागि ब्याटक्स दवाईको २ मिलिलिटर मात्रा १ लिटर पानीमा घोलेर पशुका शरीरमा राम्रो गरी लगाइदिनु पर्छ, तर त्यस समयमा दवाई लगाउनुभन्दा पहिलै पशुका मुखमा पट्टि बाँधी दिनु पर्छ, कारण त्यो दवाई पशुले चाट्न नसकोस्।

पशुको गोबरलाई इन्धन बनाउने काम एकदमै गर्नु हुँदैन। खाडलमा गोबर राखेर त्यसको मल वा गोबर मल तैयार गरेर राम्रो दाममा बेच्न सकिन्छ। जो पशुपालकसँग खेती गर्ने जमिन छैन, ती पशुपालकले गोबर मल तयार गरेर त्यो राम्रो मूल्यमा बेच्न सक्तछन्। जैविक खेतीका लागि गोबर सडेर भएको मलको औधि माग भएको देखिन्छ।

दुध उत्पादानका लागि सँधै दुधालु नस्ल भएका पशु मात्र पाल्नु पर्छ। गाईमा सहिवाल, हरियाणा, करणस्विस, करने फ्रिज इत्यादि र भैँसीमा भुर्रा, मेहसाना आदि नस्ल भएका पशु दुधका लागि लाभदायक हुन्। दुधालु पशु किन्नुभन्दा पहिले तिनको नस्ल दुध दिने क्षमता आदिको जाँच गर्नु पर्दछ। पशुको वंशावलीको रेकर्ड पनि अवश्य हेर्नु पर्छ अथवा ती पशुको आमा, हजुर आमा र हजुर आमाको आमासम्मको वंशमा कति दुध दिन सक्तथे। यस बाहेकै आफ्नो सुविधा र इलाकाहरूको आधारमा मात्र पशुको चुनाव गर्नु पर्छ।

पशुशाला सधैँ यस्तो ठाउँमा बनाउनु पर्छ जहाँ झरि परेको पानी जम्न नपाओस्। ठाउँ हावा चल्ने र सफा सुग्धर हुनु पर्छ। पशुशाला वा गोठको गाई बस्ने ठाउँ पक्की भुईँ भएको राम्रो। पशुशालाबाट गोबर लगेर मल बन्ने खाडलमा हाल्नु पर्छ। पशुशाला वा गोठबाट पानीका निकासी पनि राम्रो बन्दोबस्त गर्नु पर्छ। पशुशालाको छेउछाउमा फोहोर पानी पनि जम्न दिनु हुँदैन्।

गोठमा लामखुट्टे वा झिँगा आदिबाट बच्ने पनि व्यवस्था मिलाउनु पर्दछ। ख्याल गर्ने कुरा के भने पशुलाई कुनै पनि प्रकारको कष्ट हुनु हुँदैन। सर्दी जाडोको मौसममा पशुशालामा गाई बस्नका लागि भुस, काठको धुलो, रूखका सुकेका पात व्यवहार गर्नु पर्छ। औछ्यान चिसो भएपछि त्यो सबै गोबरका साथ बोकेर मलको खाडलमा फ्याकनु पर्छ। दिनहुँ सुखा वा ओभानो गोठ भएको पशुका लागि औधि राम्रो हो।

यो कुराहरू ख्याल राख्नु पर्छ

पशुलाई कानफुले बिमारबाट बचाउनका लागि एक लिटर खानेतेलमा २०० ग्राम कालो नुन, १०० ग्राम मिठो सोडा, ३० ग्राम ज्वानो एवम् २० ग्राम हिङ मिसाएर खान दिनु पर्छ। कानफुले बिमारबाट बचाउनका लागि आवश्यकभन्दा धेरै काँचो गहु अथवा धेरै रासन दिनु हुदैन्।

पशुलाई थुन सुनिने बिमारबाट बचाउनका लागि पशुशाला सधैँ सफा शुग्धर र हावा चल्ने हुनु पर्छ। समय समयमा थुन सुन्निने बिमारका लागि दुधको जाँच पनि गराउँदै गर्नु पर्छ। थुन सुन्निएको जाँच गर्नका लागि १ कप पानीमा १ चम्मच सर्फ घोलेर ५ चम्मच दुधमा त्यो घोल मिसाउनु पर्छ। यदि त्यो मिश्रण जेल बन्यो भने पशुलाई थुन फुल्ने बिमार भएको पत्तो लाग्छ र यस बिमारबारे पत्तो भए पछि तुरन्त डाक्टरद्वारा उपचार गराउनु पर्छ।

थुनफुल्ने बिमारबाट बचाउनका लागि दुध दुहुनुभन्दा अगाडि वा पछाडि फाँचो सफा पानीले पखालेर सफा कपडाले पुछ्नु पर्छ। दुध दुहुने हातका नङ् सँधै काटेका हुनु पर्छ र गोठ पनि गाईलाई आरामदायक हुनु पर्दछ।

सधैँ उन्नत नस्ल भएका गाई भैसीं मात्र पाल्नु पर्छ। गाईलाई गाभिनो बनाउनका लागि उच्च कोटीको साडेको वीर्यद्वारा कृत्रिम गर्भाधान गराउनु पर्दछ।

कोरली बाछालाई सङ्क्रमण गर्भपातबाट बचाउनका लागि टिका वा खोप लगाउनु पर्दछ। पशुका पेटका किरा मार्नका लागि प्रत्येक छ महिनामा एक पटक किरा मर्ने दबाई दिनु पर्छ।

जब कोरली बाछो २५० किलोग्राम वजनको हुन्छ, उसलाई समयमा गाभिनो बनाउँका लागि ५० ग्राम खनिज मिश्रण, १ चम्मच कालायडल आयोडिनर १५० ग्राम उम्रिएको अन्न २ महिनासम्म दिनु पर्छ। कोरली बाछीको सफा सुग्घरको पनि खयाल राख्नु पर्छ।

स्रोत: फार्म एन्ड फुड / जेवियर समाज संस्थान, राँची

3.10869565217
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top