অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

हानिकारक कीराहरू र रोगहरूको व्यवस्थापन

हानिकारक कीराहरू र रोगहरूको व्यवस्थापन

  1. बिरुवामा कीरा हेर्नुहोस्
  2. के कीरा हानिकारक भित्र वा हानिरहित हो?
  3. यदि यिनीहरू हानिकारक भए तपाई यसबाट कसरी मुक्ति पाउन सक्नु हुन्छ ?
  4. कृतिक विषादी छर्नुहोस्
  5. बरुवा खाने कीराहरूको निम्ति प्राकृतिक विषादी
  6. बिरुवाको रस चुस्ने कीराहरूको लागि प्राकृतिक विषादी
  7. अरु प्राकृतिक विषादीहरू
  8. हानिकारक कीरा नियन्त्रण गर्ने भौतिक तरीकाहरू
  9. जनावर र कीराहरू
  10. हानिकारक कीरा नियन्त्रण गर्ने केही भौतिक विधिहरू
  11. बाली लगाउने तरीका बदल्नुहोस्
  12. बालीलाई फेर्नुहोस्
  13. विभिन्न बालीहरूस“गै रोप्नुहोस्
  • बिरुवाका रोगहरू
  • रुख र बालीहरूसगै रोप्ने
  • बीउ बचाउने
    1. बीउको छनौट
    2. बीउ भण्डारण
    3. बीउ अंकुरण
    4. बीउ रोपाइ
  • सुरक्षित खाद्य भण्डारण
    1. भण्डारित अन्न हानिकारक कीराहरूबाट बचाउने
  • पशुपालन
  • माछापालन
  • शहरमा दिगो कृषि
  • कृषिजन्य उत्पादनको बजारीकरण
    1. सहकारी बजार
    2. मूल्य जोडिएको उत्पादनहरू
    3. विशेष उत्पादन र प्रमाणीकरण
  • किसानको खेत पाठशाला
  • कीरा, रोग र झारहरू बालीको लागि अत्यन्त खतरा हुनसक्छन् । रासायनिक कम्पनीहरू कीटनाशक विषादी छर्ने एक मात्र समाधान हो भन्छन् । तर रसायनहरूले राम्रो भन्दा बढी नराम्रो गर्न सक्छ (अध्याय १४ हेर्नुहोस्) । दिगो कृषिले बाली, कीरा, रोग, झार र माटोको जीवन सन्तुलित गर्न प्रकृतिसँग काम गर्छ । यसैलाई नै प्राकृतिक कीरा व्यवस्थापन अथवा एकीकृत कीरा व्यवस्थापन भनिन्छ ।

    प्राकृतिक कीरा व्यवस्थापनले कीरा र बिरुवाका रोगहरूबाट हुने समस्याबाट बचाउँछ र हाम्रो शरीर र वातावरणलाई हानिकारक रसायनहरूबाट पनि जोगाउँछ । यसले रसायनमा आश्रित हुनुपर्ने र कीरा मार्ने औषधि प्रतिरोध जस्ता समस्याबाट पनि बचाउँछ (पेज २७३ हेर्नुहोस्), (कीराहरूबाट हुने समस्याहरू तत्काल समाधान गर्ने प्रक्रियाको लागि पेज २९८ र २९९ हेर्नुहोस्) । तपाईले कीटनाशक रसायनहरू प्रयोग गर्न चाहनुहुन्छ भने पनि कीराले बाली नोक्सान गरेको छ छैन, कति नोक्सान गरेको छ र खेतमा अरु प्राणीहरूले कीराहरू नियन्त्रण गरेको छ वा छैन बुझ्न अझै पनि महत्वपूर्ण छ । अनि तपाईले कीटनाशक रसायनहरू प्रयोग गर्ने वा नगर्ने र कहिले गर्ने साथै कस्तो प्रयोग गर्ने निर्णय गर्न सक्नुहुन्छ ।

    कीरा तथा रोगहरू नियन्त्रण गरी बिरुवालाई स्वस्थ राख्ने सबैभन्दा राम्रो उपायहरूः

    • माटो स्वस्थ बनाउनुहोस्ः स्वस्थ माटोले मित्र कीराहरूलाई आश्रय दिनका साथै बिरुवालाई धेरै रोगहरूबाट बचाउँदछ ।
    • प्रतिरोधक प्रकारका बिरुवाहरू रोप्नुहोस्ः किसानहरू अथवा बीउ विक्रेताहरूलाई सोध्नुहोस् कि तपाईले छानेको बिरुवाले कीरा र रोगहरूको प्रतिरोध गर्न सक्छ ?
    • बिरुवाहरूबीच सही किसिमले खाली ठाउ“ राख्नुहोस्ः बिरुवाहरू धेरै नजिक रोप्दा यसले प्रकाश र हावालाई पातसम्म पुग्न अवरोध गर्छ र रोगहरूलाई जीवित रहिरहन मद्दत गर्छ । तर बिरुवाहरू धेरै टाढा रोप्दा पनि यसले झार आउने ठाउँ दिन्छ । माटो सुकाउँछ र उत्पादन घटाउन सक्छ । कति ठाउँ छाड्दा राम्रो हुन्छ भनेर हेर्न प्रयोग गरी हेर्नुहोस् ।
    • सही समयमा बिरुवा रोप्नेः कीरा र रोगहरू मौसमसँग बढ्ने वा घट्ने गर्छन् । जस्तो कि पहिलो वर्षा र पहिलो गर्मी दिन । प्रत्येक बाली बढ्छ भने हेरेर र यसबारे अरु किसानहरूसँग कुराकानी गरेर तपाई बिरुवा रोप्ने सबैभन्दा उपयुक्त समय निर्धारण गर्नसक्नु हुन्छ । समयभन्दा पहिला वा समयमा रोप्नेको बाली ठूलो भएर कीरा र रोगसँग लड्न सक्छ वा भनी विश्वस्त हुनुहोस् । समयपछि रोप्नाले कीरा वा रोगहरू खानाका अभावले मर्न सक्छन् ।
    • विभिन्न किसिमका बिरुवा रोप्नुहोस् र बाली रोप्ने तरीका बदल्नुहोस् ठूलो क्षेत्रफलले एउटै किसिमका बिरुवा मन पराउने कीरालाई आकर्षण गर्छ (हेर्नुहोस् पेज ३००) ।
    • मुनिबाट पानी हाल्नेः माथिबाट पानी दिंदा माटोमा भएका कीटाणुहरू बिरुवामा उछिट्टएर बिरुवालाई रोग लाग्नमा सक्दछ र भिजेको पात र डाँठहरूमा रोगहरू हुर्कन राम्रो ठाउँ हुन सक्छ । थोपा सिँचाइ (हेर्नुहोस् पेज २९४) वा सिँचाइ प्रयोग गरेर बिरुवाको पात वा डाँठलाई स्वस्थ बनाउन सकिन्छ ।

    बिरुवामा कीरा हेर्नुहोस्

    बिरुवा खाने कीराहरू खेतीबालीको भाग हो । यिनीहरूले बिरुवालाई अलिकति हानि गर्छ साथै अरु कीराहरू (जसले हानिकारक कीरा खान्छ) लाई सन्तुलित बनाइराखेको हुन्छ । तपाईको खेतीबाली नियमित निरीक्षण गर्नुहोस् । यसले तपाईलाई मैत्री कीराहरूको आफ्नो काम कहिले गर्न दिनुपर्छ बुझ्न मद्दत गर्छ । तपाईलाई प्राकृतिक अथवा अरु कीरा मास्ने उपायहरू प्रयोग गर्न सहयोग पुयाउँछ । जब तपाई कीरा तथा रोगहरू हेर्नुहुन्छ, यस्ता प्रश्नहरू सोध्नुहोस् । जस्तैः

    • बिरुवाका कुन कुन भागहरू कीराले खाएको छ ?
    • के नोक्सानी बढिरहेको छ ? के यसले बाली उत्पादनमा असर गर्छ ?
    • के मैत्री कीराहरूले हानिकारक कीराहरूलाई नियन्त्रण गरिरहेका छन् ?

    के कीरा हानिकारक भित्र वा हानिरहित हो?

    कहिलेकाहीं कीराहरूले हानिकारक कीराहरू खाएर बिरुवालाई बचाइरहेको सजिलैसँग देखिने हुन्छ । अथवा बिरुवा वृद्धिको यस्तो अवस्थामा ९कतबनभ० हुन्छ जहाँ यो कीराको केही हानि सहेर पनि स्वस्थ रहन सक्छ । कीराहरू स्वस्थ माटोको लागि महत्वपूर्ण हुन्छन् । मौरी, माकुराहरूलगायत अन्य धेरै कीराहरू र धेरै पानीमा बस्ने कीराहरू (जस्तो कि धान खेत) मैत्री हुन् र यसले हानिकारक कीराहरू नियन्त्रण गर्न मद्दत गर्छ । साथै सानो बारुला ९कmबिि धबकउ० वा झिंगाहरू ९ाष्भिक० जसको पछाडितिर लामो, मसिनो नली हुनेहरू पनि मैत्री हुनसक्छन् । मैत्री कीराहरूलाई त्यसै छोड्नु सबैभन्दा राम्रो हो किनकि तिनीहरूले तपाईको बालीलाई सहयोग गर्नसक्छ । कीराहरू हानिकारक, मैत्री वा हानिरहित थाहा पाउन तपाईको खेतमा तिनीहरूलाई हेर्नुहोस् । यदि कुनै कीरामा तपाई निश्चित हुनुभएन भने ती कीराहरू केही बिरुवाको भाग समेत आउने गरी संकलन गर्नुहोस् र केही दिनसम्म हेर्नुहोस् । यदि तपाईले कीराको अण्डाहरू देख्नुभयो भने त्यहाँबाट के कोरल्छ ९जबतअज० हेर्नुहोस् । यदि सानो कीरा अथवा लार्भाहरू निस्किने भने तिनीहरू हानिकारक कीराहरू हुनसक्छन् । यदि तिनीहरू उड्ने कीराहरू भएभने तिनीहरू पनि सहयोगी ९ाचष्भलमथि० हुन्छन् । हानिकारक कीराहरूले बाली बिगार्ने मुख्य तरीका भनेको बालीबाट रस चुस्नु र तिनीहरूलाई खानु हो ।

    यदि यिनीहरू हानिकारक भए तपाई यसबाट कसरी मुक्ति पाउन सक्नु हुन्छ ?

    कीराहरूले बिरुवालाई कसरी हानि गर्छ भन्ने कुरा थाहा पाइसकेपछि यस किसिमका कीराहरूको लागि प्राकृतिक कीटनाशक विषादी प्रयोग गर्न सक्नुहुन्छ (अर्को पृष्ठमा हेर्नुहोस्) । एक पटक तपाईलाई कीराहरू कहिले देखापर्छ र यिनीहरू वातावरणसँग कसरी सम्बन्धित छन् भन्ने थाहा भएपछि कीरा नियन्त्रण गर्ने भौतिक पद्धति (हेर्नुहोस् २९९) प्रयोग गर्न सक्नुहुन्छ । कीरालाई कसरी नियन्त्रण गर्ने थाहा पाउनको लागि निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । के यो एउटा रूपमा आएर अर्कोमा परिवर्तन हुन्छ ? जस्तैः झुसिलकीरा पुतलीमा परिवर्तन हुन्छ । के यो चराहरू, अरु कीराहरू वा जीवको खाना हो ? यो कहाँबाट आउँछ ? यसले कहिले बाली नष्ट गर्छ

    कृतिक विषादी छर्नुहोस्

    रासायनिक कीटनाशकले भन्दा प्राकृतिक कीटनाशकले मानिस र वातावरणलाई धेरै कम मात्र हानि गरी बालीलाई बिग्रनबाट जोगाउँछ । तिनीहरू बनाउन सजिलो हुनुका साथै रसायनहरूभन्दा सस्तो पर्छ । तर प्राकृतिक कीटनाशक विषादीहरू पनि होसियारीका साथ प्रयोग गर्नुपर्छ । कहिल्यै पनि चाहिनेभन्दा बढी प्रयोग गर्न‘ हुँदैन । तिनीहरूको प्रयोग गरिसकेपछि सधैं हात धुनुपर्छ । अन्नलाई बेच्नु र खानुभन्दा अगाडि पखाल्नुपर्छ । प्राकृतिक कीटनाशकले कुनै अवस्थामा राम्रो काम गर्न सक्छ तर अरु अवस्थामा नगर्न सक्छ । यदि एउटा किसिम काम लागेन भने अर्को तरीका प्रयास गर्नुहोस् ।

    बरुवा खाने कीराहरूको निम्ति प्राकृतिक विषादी

    कडा गन्ध भएका बिरुवाहरू जस्तैः अदुवा, प्याज, खुर्सानीको धुलो र सयपत्री सिट्रोनेलाका पातहरूबाट बनेका विषादी बिरुवा खाने कीरा नियन्त्रण गर्ने राम्रो कीटनाशकहरू हुन् ।

    • प्रयोग गर्न चाहेको बिरुवा संकलन गर्नुहोस् र यसलाई सुकाएर धुलो बनाएर पिन्नुहोस् ।
    • धुलोलाई रातभरी पानीमा भिजाएर राख्नुहोस् (एक मुठ्ठी धुलो १ लिटर पानीको निम्ति प्रयोग गर्नुहोस्) ।
    • यसमा भएका ठोस पदार्थ निकाल्न कपडाले छान्नुहोस् ।
    • बिरुवामा टाँस्ने बनाउन यसमा अलिकति नरम साबुन मिसाउनुहोस् ।
    • मिश्रणलाई बिरुवामा छर्कनुहोस् । मिश्रणलाई शुरुमा १ वा २ वटा बिरुवामा प्रयोग गर्नुहोस् । यदि यसले बिरुवालाई असर गरेको देखिएमा यो कडा भएको हुनसक्छ । यसमा पानी थप्नुहोस् र राम्रो नभएसम्म १ अथवा २ बिरुवामा फेरि प्रयोग गर्नुहोस् ।
    • आवश्यकताअनुसार दोहो¥याउनुहोस् र वर्षापछि यसलाई पुनः छर्कनुहोस् ।

    बिरुवाको रस चुस्ने कीराहरूको लागि प्राकृतिक विषादी

    बरुवाको रस चुस्ने कीराहरूलाई नरम साबुन वा तेलमा जमाएर तिनीहरूको श्वास नली बन्द गराई मारिन्छ । अथवा बनस्पति तेल मिसिएको पानी छर्दा यी कीरा मर्छन् । डिटरजेन्ट वा कडा साबुन प्रयोग गर्नु हुँदैन किनभने यसले बिरुवा, माटो र कीराहरूलाई बिगार्छ ।

    अरु प्राकृतिक विषादीहरू

    पानीमा घुलाएको मूत्र ९गचष्लभ० बिरुवामा छर्दा कीराहरू मर्छन् । १० कप पानी मा १ कप मूत्र मिसाउनुहोस् । यसलाई १० दिनसम्म एउटा बन्द भाँडामा त्यसै छोड्नुहोस् र १० दिनपछि यो मिश्रणलाई बिरुवामा छर्नुहोस् । सूर्तिले धेरै कीराहरू मार्छ । ५ लिटर पानीमा १ कप सूर्तीको पात वा चुरोटको धुलो राखेर उमाल्नुहोस् । पात वा बोटको दाग हटाउने र थोरै साबुन हालेर स्प्रे गर्ने । यो गोलभंडा, आलु, मरिचको लागि हानिकारक हुनाको साथै त्यसमा लाग्ने धेरै कीराहरूलाई मार्दैन । महत्वपूर्णः सूर्तीको झोल विष हो । सूर्तीको झोल छाला वा कपडामा पर्नबाट बचाउनुहोस् । सूर्तीलाई उमाल्दा यसको वाफलाई सुँघ्नु हुन्न ।

    हानिकारक कीरा नियन्त्रण गर्ने भौतिक तरीकाहरू

    हानिकारक कीराहरूको बासस्थान र जीवनचक्रको आधारमा तिनीहरूलाई नियन्त्रण गर्ने, शिकारी र परजीविहरूलाई प्रोत्साहन गर्ने जस्ता धेरै तरीकाहरू छन् । अरुले पनि यस्तो तरीका प्रयोग गरेका छन् कि भनेर अरुसँग सोध्नुहोस् ।

    जनावर र कीराहरू

    धेरै चमेरा, सर्प र कीराहरूले हानिकारक कीराहरू खान्छन् र परागसेचन गराउँछन् । चुच्चोको किसिम अनुसार चराले के खान्छ, तपाईको खेतमा उसले के गर्छ हेरेर तपाई भन्न सक्नुहुन्छ । अन्न खाने केही चराहरूलाई तर्साउन केही किसानहरू टल्कने चिजहरू जस्तैः चम्किलो कागज, पुरानो क्यासेटका टेपहरू र धातुका टुक्राहरू बालीसँग भुन्ड्याउँछन् । प्रायः चमेराहरू लामखुट्टे खान्छन् । तर कुनै चमेराहरू फलफूल खान्छन् । केही अरुले जनावरहरूलाई टोक्छन् । उनीहरूले खाइरहेको हेरेर वा उनीहरू राति सुत्ने ठाउँमा उनीहरूको खानेकुराका टुक्राहरू हेरेर, तपाई उनीहरूले तपाईको रुखको फलफूल खान्छन् कि तपाईलाई टोक्ने कीराहरू वा तपाईको अन्न खान्छन् भन्न सक्नुहुन्छ ।

    हानिकारक कीरा नियन्त्रण गर्ने केही भौतिक विधिहरू

    फलफूलमा बस्ने झिंगालाई नियन्त्रण गर्न केही कुहेका फलफूललाई प्लाष्टिकको बोतलमा राखेर त्यसमा कीराको आकार बराबरको प्वालहरू बनाएर फल पाक्नुभन्दा ६ महिना अगाडि नै (जुन बेला झिंगाले फलमा अण्डा पार्न शुरु गर्छ) सम्बन्धित रुखमा झुन्ड्याउनुहोस् । कीराहरू भित्र जान सक्नेछन् तर त्यहाँबाट बाहिर आउन सक्ने छैनन् । स–साना झिंगाहरूले परागकणलाई धब्बा बोल्छ । बढिरहेको फूल फुल्ने बिरुवाहरूले धेरै मात्रामा परागकणहरू बनाउँदछ र यस्ता झिंगाहरूलाई आकर्षित गर्दछ र यसरी झिंगाहरूले बिरुवालाई कीराबाट जोगाउँदछ । अग्लो रुखहरूले गर्दा कीराहरू खेतको माथिबाट उड्छन् यी रुखहरूले उपयोगी कीराहरूलाई आश्रय पनि दिन्छन् । कमिलाहरू जोडदार शिकारी हुन् । यदि तपाईको बिरुवामा कीरा लागेको छ भने त्यसमा चिनी पानी छर्नुहोस् । कमिला चिनी पानी खान आउँछन् र कीराहरूलाई पनि खान्छन् । धेरै उड्ने कीराहरूले आफ्नो अण्डा बालीमा पार्छन् । त्यसपछि अण्डा कोरलेर बच्चाहरू अनि हानिकारक झुसिलकीरा बन्छन् । बाल्टिन वा पानी भरिएको भाँडोमाथि बत्ती बालेर भुण्ड्याउँदा कीराहरू आकर्षित हुन्छन् र पानीमा डुब्छन् । यसले अण्डा पार्नु वा कोरल्नुभन्दा अगाडि नै समस्या समाधान गर्छ ।

    बाली लगाउने तरीका बदल्नुहोस्

    एउटै परिवारका बिरुवाहरूमा लाग्ने हानिकारक कीराहरू र रोगहरू समान हुनसक्छन् । उदाहरणको लागि यदि तपाईले एउटै खेतमा सधैं आलु रोप्नुभयो भने त्यो खेतमा आलुमा लाग्ने खपटे कीराहरू आएर बस्न र अण्डा पार्न सक्छन् । तर यदि प्रत्येक तीन वर्षमा त्यसले खान नसक्ने बाली लगाउनुभयो भने कीराहरूले खेत छाड्ने छन् वा मर्नेछन् । तेस्रो वर्षको बाली आलुसँग सम्बन्धित हुनुहुँदैन । यो पूरै फरक हुनुपर्छ जस्तैः मकै । यसलाई नै चक्रीय बाली ९ऋचयउ चयतबतष्यल० भनिन्छ । हानिकारक कीराहरू र रोगबाट बच्ने तरीकाहरू चक्रीय बाली र विभिन्न किसिमका बालीहरूसँगै लगाउनु हो ।

    बालीलाई फेर्नुहोस्

    फेरेर लगाइएका बाली (कुनै खेतमा तपाईले लगाउनुभएको बाली परिवर्तन गर्ने) ले हानिकारक कीराहरू तथा रोगलाई खानाबाट बञ्चित गरेर नियन्त्रण गर्छ । यसले विभिन्न पोषणहरू थपेर माटोलाई उर्बर पनि बनाउँछ । उदाहरणको लागि एक मौसममा अन्नहरू लगाएर अर्का मौसममा सिमीहरू लगाउँदा माटोलाई राम्रो बनाउँछ । अन्नहरूले बढेर जैविक पदार्थ उपलब्ध गराउँछ र सिमीहरूले माटोमा नाइट्रोजन बढाउँछ ।

    विभिन्न बालीहरूस“गै रोप्नुहोस्

    विभिन्न किसिमका बालीहरूले उपयोगी कीराहरूलाई बासस्थान उपलब्ध गराउँछ र हानिकारक कीराहरूलाई आफ्नो खाना खोज्न गह्रा बनाउँछ । धेरै प्रकारका बाली लगाउनाले खाद्य सुरक्षा पनि बढाउँछ । किनभने एउटा बाली बिग्रेपछि त्यहाँ प्रयोग गर्न अर्को बाली पनि हुन्छ । विभिन्न बालीहरू एकपछि अर्को रोप्दा हानिकारक कीराहरूबाट निम्न किसिमले बचाउँछः

    बिरुवाका रोगहरू

    बरुवाका रोगहरू, बिरुवालाई गर्ने असरहरूलाई हेरेर चिन्न सकिन्छ । जस्तैः पातको रङ परिवर्तन गर्नु, पातहरू ओइलाउनु अथवा बिरुवाको कुनै भाग असामान्य ढङ्गले वृद्धि हुने । ढुसी, व्याक्टेरिया वा भाइरसको कारण बिरुवामा रोग लागेको हुनसक्छ । यिनीहरू सबैलाई प्राकृतिक विधिबाट नियन्त्रण गर्न सकिन्छ । बिरुवालाई रोगबाट बचाउन माटोलाई स्वस्थ राख्न र दिगो कृषिका अरु सिद्धान्तहरू अनुसरण गर्नु सबैभन्दा राम्रो हुन्छ (पृष्ठ २८१) । जब तपाईलाई आफ्नो बालीमा रोग लागेको निश्चय हुन्छ, तपाई अरु बिरुवाहरूलाई रोग सर्नबाट बचाउन सक्नुहुन्छ ।

    • रोग लागेका बिरुवा नष्ट गर्नुहोस् । रोग लागेको बिरुवाले रोग वा हानिकारक कीटाणुहरू भविष्यका बालीमा ९ागतगचभ उबिलतक० सार्न सक्छन् । बिरुवालाई पूरै मार्ने अथवा उत्पादन एकदमै घटाउने रोगहरूको लागि रोगको लक्षण देखिनासाथ त्यसलाई निकालेर जलाउनुपर्छ । यसलाई मल बनाउनु हुँदैन किनभने कुनै बिरुवाका रोगहरू मल बनाउँदा बाँच्न सक्छन् ।
    • रोग लागेको बिरुवामा प्रयोग गरेको औजार सफा गर्नुहोस् । तपाईको शरीर, औजारहरू र लुगाले प्रभावित बिरुवाहरूमा छोएमा यसले स्वस्थ बिरुवामा पनि रोग सार्न सक्छ । स्वस्थ बिरुवामा छुनुभन्दा अगाडि तातो पानी र साबुनले सबै चिजहरू सफा गर्नुहोस् ।
    • बिरुवाको रस चुस्नेलाई नियन्त्रण गर्नुहोस् । बिरुवाको धेरै रोगहरू, बिरुवाको रस चुस्ने कीराहरूले बोक्छ । रस चुस्ने कीराहरू विरुद्ध प्राकृतिक विषादीको लागि पेज २९८ हेर्नुहोस् ।
    • दूधले ढुसीबाट हुने रोगहरू, झुसलकीराका अण्डाहरू र माकुराका बच्चाहरूलाई मार्छ । एक लिटर दूधमा १५ लिटर पानी मिसाउनुहोस् र आफ्नो बालीमा छर्नुहोस् । ढुसीबाट हुने रोगहरूको लागि १० दिनपछि पुनः दोहो¥याउनुहोस् । झुसिलकीराको अण्डाका लागि ३ हप्तापछि दोहो¥याउनुहोस् ।
    • खरानीले ढुसीबाट हुने रोगहरूलाई मार्छ । बीउलाई खरानीसँग रोप्दा ढुसीबाट बचाउँछ । गोलभेडा र आलुको बालीलाई ढिलो सुकाउन खरानी मिसिएको पानी बालीमा छर्नुहोस् ।

    रुख र बालीहरूसगै रोप्ने

    जब जमीन अभाव हुन्छ कोही किसानहरू बाली रोप्नको लागि रुख काट्छन् । तर रुख र बालीहरू सँगै रोप्दा जमीन बढी उत्पादनशील एवं विभिन्न किसिमका धेरै बालीहरू उपलब्ध गराउँछ । कृषि वन मा रुखहरू छान्ने र तिनीहरूलाई बढी प्रयोग हुने ठाउँमा रोप्ने कुरामा होशियारी चाहिन्छ । कोही किसानहरूले तलका निर्देशिका प्रयोग गर्छन् ।

    बीउ बचाउने

    प्रायः किसानहरूले कुनै बिरुवाहरूलाई राम्ररी छिप्पिन्न तिनीहरूबाट आफै बीउ संकलन गर्छन् । बीउलाई बचाउनाले तिनीहरू आफूले चाहेको गुणस्तरको बिरुवा विकास ९न्चयध० गर्न सक्छन् । स्थानीय बिरुवा उमार्ने र बीउको जर्गेना गरेर जैविक विविधता बचाउन र खाद्य सुरक्षा बढाउन महत्वपूर्ण हुन्छ (बिरुवा रोप्नेसम्बन्धी बिस्तृत जानकारीको लागि अध्याय १२ हेर्नुहोस्) ।

    बीउको छनौट

    तपाईसँग राम्रो बीउ छ भन्ने कुरामा ढुक्क हुन तिनलाई निम्न ठाउँबाट संकलन गर्नुहोस् ।

    • हानिकारक कीरा र रोग नलागेको स्वस्थ बिरुवाहरू
    • ठाउँ अनुसार अनुकूल बिरुवाहरू (उदाहरणको लागि यदि तपाई चिसो ठाउँमा बस्नुहुन्छ र त्यहाँ कुनै किसिमको बिरुवा बढ्छ तर तपाईले गर्मी ठाउँमा हुने बिरुवाको बीउ लगाउनुभयो भने चिसो मौसममा बाँच्न नसक्ने हुन्छ ।
    • आकार, स्वाद, सुख्खा प्रतिरोधात्मक जस्ता तपाईले चाहेको गुणहरू भएका बिरुवाहरू
    • विभिन्न जातका बिरुवाहरूसँग परागशेचन हुन नदीने कुरामा ढुक्क हुन एउटै बिरुवाको विभिन्न जात पहिलो बिरुवाको केही दूरीमा रोप्नुहोस् । बिरुवाहरूबाट जमीनमा आफै झरेका बीउहरू संकलन गर्न हुन्न । आफै झरेका बीउहरू हटाउन बिरुवा मुनिको जमीन बढार्नुहोस् अनि ताजा बीउ झार्न, बिरुवा वा रुखलाई हल्लाउनुहोस् । बीउ संकलन गरिसकेपछि सकेसम्म तिनीहरूलाई सफा गर्नुहोस् र बिग्रेका तथा कुहिएका बीउहरू कुनै छन् भने छानेर निकाल्नुहोस् ।

    बीउ भण्डारण

    कुनै पनि बीउ कति समयमा भण्डारण गर्न सकिन्छ भन्ने कुरा छान्न तिनीहरू हुर्कने ठाउँको अवस्थाबारे सोच्नुहोस् । उदाहरणको लागि चिसो अथवा सुख्खा मौसम हुने ठाउँको बीउलाई सामान्यतया महिनौं वा वर्षौं भण्डारण गर्न सकिन्छ किनभने तिनीहरूमा अंकुरण हुन सही अवस्था चाहिन्छ । तातो र वर्षा धेरै हुने ठाउँको बीउ राम्रोसँग भण्डारण हुँदैन किनभने तिनीहरू कुनै पनि बेला अंकुरण हुन सक्छन् । कडा खोल भएका बीउहरू सामान्यतया नरम खोल भएका बीउहरूभन्दा धेरै सजिलै लामो समयको लागि भण्डारण गर्न सकिन्छ ।

    बीउ अंकुरण

    केही बीउहरू अंकुरण हुन विशेष हेरविचार चाहिन्छ (पेज २०७ हेर्नुहोस्) । तर सबै बीउलाई निम्न कुराहरू आवश्यक पर्छ ।

    • पानीः रोप्नुभन्दा अगाडि बीउलाई पूरै रात भिजाउनुहोस् । यदि तपाईले धेरै तातो (उम्लेको होइन) पानी प्रयोग गर्नुभयो भने यसले धेरै बिरुवाका रोगहरू तथा भएका हानिकारक कीराहरू मार्नेछन् । यसले त्यस्ता बीउहरूलाई पनि सहयोग गर्छ जुन कुनै जनावरको पेटमा पुगेर आएपछि मात्र अंकुरण हुन्छ । पहिले केही बीउहरू परीक्षण गर्नुहोस् र सबै अंकुरण हुन्छ भन्ने कुरामा विश्वस्त भएपछि मात्र तिनीहरूलाई छर्नु होला ।
    • हावाः यदि माटो कसिएको वा पानीले भरिएको छ भने बीउ अंकुरण हुँदैन किनभने त्यहाँ पर्याप्त हावा छैन ।
    • सूर्यको प्रकाशः केही बीउहरू विशेषतः उत्तरी क्षेत्र जहाँ वर्षका विभिन्न समयमा विभिन्न ऋतु हुन्छन् सही मात्रामा प्रकाश पाएपछि मात्र अंकुरण हुन्छन् ।
    • सही तापक्रमः विभिन्न बीउहरूको आ–आफ्नो मौसम हुने भएकोले तिनीहरू फरक तापक्रम र वर्षको फरक समयमा मात्र राम्रो अंकुरण हुन्छन् ।

    बीउ रोपाइ

    शुरुमा नर्सरीमा बिरुवा रोप्नु र जमीनमा सीधै रोप्नु बिरुवा रोप्ने दुईवटा सामान्य तरीकाहरू हुन् । कुन तरीका प्रयोग गर्ने भन्ने कुरा तपाईले कुन बाली लगाउने, रोप्ने बेलाको मौसमको अवस्था र तपाईसँग नर्सरीको लागि ठाउँ छ कि छैन ? भन्ने आदि कुरामा भर पर्छ (नर्सरी बनाउन पेज २०९ हेर्नुहोस्) ।

    सुरक्षित खाद्य भण्डारण

    खाद्य उत्पादन गर्दा, धेरै खाद्यान्न मौसम, हानिकारक कीराहरू अथवा अरु कारणले बिग्रेर खेर जानु समुदायहरूको निम्ति दुःखको कुरा हो । खाद्यान्नको सुरक्षित भण्डारण गर्नु, खाद्यान्न उत्पादन गर्नु जस्तैः महत्वपूर्ण कुरा हो ।

    भण्डारित अन्न हानिकारक कीराहरूबाट बचाउने

    काटिसकेपछि ९जबचखभकत० धेरै अन्नहरू मुसा लागेर ९च्यमभलतक०, कीरा लागेर वा कुहिएर खेर जान्छ । भण्डारमा खाद्यान्न बचाउन निम्न उपायहरू अवलम्बन गर्नुपर्दछः

    • काटिसकेपछि सकेसम्म खेर जान नदिन सुकाउनुहोस् र भण्डार गर्नुहोस् ।
    • राम्रोसँग बन्द सफा भाँडामा ओसिलो र हानिकारक कीराहरूबाट बचाएर सुख्खा ठाउँमा भण्डारण गर्नुहोस् ।
    • भण्डारण अघि अन्नमा भएका हानिकारक कीराहरू मार्न धुँवा लगाउनुहोस् ।
    • काठको धुलो र खुर्सानी, मसलाको पात र अरु कडा गन्ध आउने बिरुवाहरूले कीराहरूलाई टाढा भगाउँछ तर मुसा लाग्नु लाई यसले रोक्दैन (यदि अन्नहरू अगाडि नै हानिकारक कीराहरूबाट संक्रमित छन् भने यो उपायले काम गर्दैन) । मसलाको पात, खुर्सानीको बीउ अथवा अरु बिरुवाहरूलाई पिँधेर धुलो बनाउनुहोस् । कीरा बाहिरै राख्न प्रत्येक के.जी. अन्नमा एक मुठ्ठी धुलो मिसाउनुहोस् । याद गर्नुहोस् कि धुलोमा सास नफेर्नुहोस् । खानुभन्दा अगाडि अन्नलाई धेरै पटक धुनु जरुरी तर खानको निम्ति धेरै अन्न हुनुपर्दछ ।

    पशुपालन

    पशुहरूले उत्पादन गर्ने खानेकुरा बाहेक खेतीपातीमा पनि धेरै फाइदा दिन्छन् । जसरी बोटबिरुवाहरू कृषि र किसानको लागि राम्रो हुन्छ । त्यसरी नै विभिन्न प्रजातिका जनावरहरू पनि खेती अनि किसानका लागि राम्रा हुन्छन् । माहुरीहरूले मह बनाउँदछ जुन हामीले खानको लागि प्रयोग गर्छौं । तिनीहरूले फूलहरूमा परागसेचन पनि गराउँदछ । कुखुरा र हाँसहरूले झारपात, त्यसका बीउहरू र हानिकारक कीराहरू खान्छन् र माटोलाई मलिलो बनाई राख्छ । यिनीहरूले खानेकुरा खोज्नलाई माटोलाई खोस्रेर ओल्टाई पल्टाई गर्छन् । कुखुराहरूलाई एक महिनासम्म एउटा पाटोमा दौडिन छोडिदिनुस् । त्यसपछि कुखुराहरूलाई अर्को पाटोमा सार्नुहोस् । पहिलो पाटोलाई खन्नुहोस् र केही रोप्नुहोस् । कुखुराहरू फेरि त्यही जाँदा नचाहिने झारपात उखेलेर खाइदिन्छ र माटोलाई पल्टाई दिन्छ । सुँगुरहरूले फैलँदो झारपातका गहिरो जराहरू उखेलेर खाँने क्रममा माटोलाई ओल्ट्याई पल्ट्याई दिन्छन् । कुखुराहरूलाई जस्तैः सुँगुरलाई पनि तपाईको बगैंचामा चराउनलाई सानो खोरहरू बनाउनुहोस् । बाख्रोहरूले बोटबिरुवा खाएर जमीन सफा पार्दछ । बाख्राहरूले सबथोक खाने भएकोले जुन बोट तपाई हटाउन चाहनुहुन्छ त्यो सँगै त्यसलाई बाँध्नुहोस् ।

    माछापालन

    एउटा सानो माछा पोखरीले थोरै ठाउँमा धेरै खाना उत्पादन गर्न सकिन्छ । सिँचाइको लागि पानी जम्मा गर्न सक्छ । पोखरीमा वा धान खेतीमा तपाईले निम्न कुराहरू उत्पादन गर्न सक्नुहुन्छ ।

    शहरमा दिगो कृषि

    धेरै भन्दा धेरै मानिसहरू आफूले खानको लागि, रोजगार सृजना गर्न र खेतमा काम गर्ने आफ्नो ज्ञान र परम्परालाई बचाइराख्न शहरमा खेती र बगैंचाहरू बनाइरहेका हुन्छन् । अन्नबाली र रुखहरू सहितको हरियो ठाउँ बनाउनाले शहरहरूको हावा राम्रो बनाउँछ र दम जस्तो वायु प्रदूषणले लाग्ने रोगहरू घटाउँछ । फोहर फाल्ने काम नलाग्ने र खाली ठाउँहरू खेत र बगैंचाहरू बनाउनाले शहरमा परिवर्तन गर्दा शहरलाई स्वस्थ र धेरै सुन्दर बनाउँछ ।

    कृषिजन्य उत्पादनको बजारीकरण

    आफ्नो उत्पादन बेच्नको लागि कृषकहरूलाई बजारसम्म जाने राम्रो बाटो, सुलभ सवारी साधन र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक हुन्छ । सानातिना कृषकहरूलाई सहयोग गर्ने सरकारी नीति परिवर्तन गर्न धेरै समय लाग्छ । तर कृषकहरू उचित मूल्यको लागि विभिन्न तरीकारहरूबाट सरकारको सहयोग प्राप्त गर्न सक्छन् । स्थानीय बजार र अन्तर्राष्ट्रिय बजार साना कृषकहरूले धेरैजसो मध्यम वर्गीय खरिदकर्तालाई बेच्छन् र आफ्नो उत्पादनको लागि कम रकम पाउँछन् । सरकारले परम्परागत बाली जस्तैः धान र मकै उत्पादन उमार्न रोक लगाएर नगदेबाली जस्तैः उखु, कफी वा कोकाको उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउन सहयोग गर्न सक्छ । तर नगदेबालीबाट कमाउने सम्भावना अनिश्चित रहेको छ । यदि अन्तर्राष्ट्रिय मूल्यमा गिरावट भएमा तपाईसँग पैसाको साथै खानको लागि पनि केही नहुन सक्छ । त्यसैकारण धेरै किसानहरूको लागि खाद्य बालीको उत्पादनले स्थानीय र क्षत्रीय तहमा निरन्तर आम्दानीको बाटो बन्छ ।

    सहकारी बजार

    अरु किसानहरूसँग सहकारी वा बजारीकरण बनाउनु त्यहाँ राम्रो मूल्य र खाद्य सुरक्षा छ भन्ने कुरा विश्वस्त गर्ने एउटा तरीका हो । जब किसानहरू सँगै आफ्नो उत्पादन बेच्छन् उनीहरूले आफ्नो बालीबाट पाउने मूल्यलाई राम्रोसँग नियन्त्रण गर्न सक्छन् र ढुवानी तथा बजारीकरणको लागत घटाउन सक्छन् । धेरैजसो देशहरूसँग सहकारी वा संगठित संस्था कसरी बनाउने भन्नेबारे नियम छ । सबै जनाले आ–आफ्नो जिम्मवारी राम्रोसँग बहन गरिरहेको छ भन्ने कुरामा विश्वस्त हुन तपाइले विश्वास गरेका मानिसहरूसँग काम गर्नु महत्वपूर्ण छ । सबैलाई निर्णयमा आफ्नो आवाज राख्ने र आम्दानीको राम्रो सामान बाँडफाँड गर्ने नियमहरूलाई पालना गर्नु पनि महत्वपूर्ण हुन्छ ।

    मूल्य जोडिएको उत्पादनहरू

    खाना र कृषि उत्पादनलाई प्रशोधन गर्ने कम्पनीहरूले धेरै पैसा कमाउँछन् जुन किसानले पाउन सक्थ्यो । जब किसानहरूले अन्नहरूलाई बेच्ने उत्पादन (जस्तैः सुकाइएको फलफूल, सुख्खा र पोका पारिएका जडिबुटीहरू, जाम र जेली , मह, चिज , झोला , फर्निचरमा प्रशोधन गर्छन् त्यसलाई मूल्य जोडिएको उत्पादन भनिन्छ किनभने तपाईले आफूले उत्पादन गरेका अन्नमा मूल्य थप्नु भयो । खाना प्रशोधन गर्ने मेसिनहरू खरीद गर्न र मूल्य जोडिएका उत्पादनहरूको लागि बजार पाउन गाह्रो हुनसक्छ । सहकारीले यसलाई सजिलो बनाउन सक्छ ।

    विशेष उत्पादन र प्रमाणीकरण

    ठूलो कृषि सहकार्यले कम मूल्य राख्न सक्छ र पनि अझै नाफा गर्छन् । किनभने तिनीहरू धेरै उत्पादन गर्छन् र सरकारबाट पनि सहयोग पाउँछन् । तर सानो टुक्रा खेतमा उत्पादन गर्ने किसानहरूले पनि उत्पादन बढाउने कुनै खास तरीकाहरू प्रयोग गरी कार्यक्रमबाट नाफा पाउन सक्छन् ।

    धेरै प्रमाणीकरण कार्यहरूले किसानहरूलाई आफ्नो उत्पादनको बढी मूल्य कमाउन सहयोग गर्छ । प्रमाणीकरणले ग्राहकहरूलाई बाली, बिना रसायन उत्पादन गरेको कुरा थाहा दिन्छ अथवा किसानहरूले उचित मूल्य पाउँछ । अन्तर्राष्ट्रिय बजारको लागि दुईवटा कार्यक्रमहरू जैविक प्रमाणीकरण र राम्रो व्यापार प्रमाणीकरण छन् । प्रमाणीकरण खोज्ने निर्णय गर्नुभन्दा अगाडि तपाईले आफ्नो खेत कसरी बन्दोबस्त भएको छ र के के परिवर्तन गर्नुपर्ने छ भन्ने कुरा बिचार पु¥याउनुहोस् । परिवर्तन गर्नको निम्ति कति समय र पैसा खर्च गर्नुपर्नेछ, तपाईको प्रमाणित उत्पादनको निम्ति त्यहाँ बजार छ कि छैन र तपाईको बाली प्रमाणित गरेर तपाईले के पाउनुहुन्छ भन्ने बारेमा सोच्नुहोस् ।

    जैविक प्रमाणीकरण जैविक उत्पादनहरू दिगो पद्धति, बिना रसायन वा उन्नत जातको बीउहरू (हेर्नुहोस् अध्याय १३) को प्रयोग गरेर उत्पादन गरिएका हुन्छन् । बाली काटिसकेपछि पनि जैविक प्रमाणीकरण आवश्यक हुन्छ, उत्पादनहरूलाई रसायन प्रयोग गरेर उमारेको खाद्यान्नबाट छुट्ट्याएर राख्दछ । प्रत्येक देशहरूसँग प्रमाणीकरणका लागि विभिन्न नियमहरू छन् । किसानहरूले आफ्नो बालीहरू कसरी उमारेको छ भन्ने कुराको तथ्याङ्ग राख्न सबैभन्दा आवश्यक हुन्छ ।

    राम्रो व्यापार प्रमाणीकरण राम्रो व्यापार प्रमाणीकरण कृषि सहकारीहरू अथवा संगठित कृषि मजदूरहरूलाई दिन्छ । राम्रो व्यापार प्रमाणीकरण हुनको लागि किसानहरूको समूहहरूले राम्रो मजदूरी अभ्यास, जर्बजस्ती मजदूरी र बाल मजदुरी नभएको तथा मजदुरलाई उचित ज्याला दिएको र राम्रो वातावरणीय अभ्यास बढाएको देखाउँछ । प्रमाणित रहिरहन समूहहरूले मजदुरी र वातावरणीय अवस्थालाई समयसँगै राम्रो गरिरहेको देखाउन आवश्यक हुन्छ । प्रमाणीकरणको लागि पैसा व्यहोर्न नसक्ने कृषक समूहहरूलाई छात्रवृत्ति पनि छ ।

    हाललाई कफि, चिया, कोका, केरा साथै अरु ताजा फलफूल र अरु बालीहरू (जुन तपाईले यो पुस्तक पढ्दा पाउनुहुन्छ) का साना उत्पादकहरूलाई राम्रो व्यापार प्रमाणीकरण दिइएको छ । जैविक र राम्रो व्यापार प्रमाणीकरण कार्यक्रमबारे सिक्न स्रोतहरू हेर्नुहोस् ।

    किसानको खेत पाठशाला

    कसानको खेत पाठशाला भनेको सिकाउने कायक्रम हो जसले किसानहरूलाई साझा समस्याहरूको समाधान पत्ता लगाउन सहयोग गर्छ । प्रशिक्षित अभिमुखकर्ता हरूसँग किसानहरूले प्रश्नहरू सोध्छ, प्रयोग गरेर हेर्छ र आफूले सिकिरहेको कुराहरूबारे बोल्छ । किसानको खेत पाठशालाले किसानहरूलाई समस्या समाधान गर्न, संगठित हुने र नेतृत्वको दक्षता पनि विकास गर्न सहयोग गर्छ । जब कृषिलाई बढी दिगो बनाउन किसानहरू अझ सक्षम हुन्छन् तिनीहरूलाई आफ्नै ज्ञान र दक्षतालाई बढी मूल्यांकन गर्छ ।

    स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

    Last Modified : 12/20/2019



    © C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
    English to Hindi Transliterate