होम / कृषि / कृषि आदान / अकार्बनिक आदान / जीवनाशक विषादी विष हुन्
सेयर
Views
  • State: Open for Edit

जीवनाशक विषादी विष हुन्

यो भागमा जीवनाशक विषादी विष हुन् जानकारी दिइएको छ।

हाम्रो बाली तथा स्वास्थ्यलाई हानी पु¥याउने कीरा–फट्याङ्ग्राहरू, मुसाहरू तथा झारपातहरूलाई नष्ट गर्न प्रयोग गरिने रसायनहरूलाई जीवनाशक विषादी भनिन्छ । तर जीवनाशक विषादीको प्रयोगले आवश्यक वनस्पतिहरू कीरा फट्याङ्ग्राहरू तथा अन्य जीवजन्तुहरू र मानिसहरूलाई समेत विषाक्त गरी मृत्यु समेत गराउन सक्दछ । जीवनाशक विषादी प्रयोग गरेको ठाउँ भन्दा धेरै परसम्म पुग्न सक्दछ र माटो, पानी र हावालाई प्रदूषित पार्दछ ।

यस अध्यायमा हानीकारक जीवहरूलाई नाश गर्न प्रयोग गरिने जीवनाशक विषादीको बारेमा जानकारी दिइएको छ । यसमा –

  • कीरा फट्याङ्ग्राहरूलाई मार्न कीटनाशक विषादी प्रयोग गरिन्छ ।
  • झारपातहरू र अनावश्यक वनस्पतीहरूलाई मार्न ज्भचदष्अष्मभक प्रयोग गरिन्छ ।
  • ढुसीहरू हटाउन ढुसीनाशक विषादी प्रयोग गरिन्छ ।
  • मुसाहरू मार्न मुसानाशक प्रयोग गरिन्छ ।

किसानहरूले हरेक पल्ट जीवनाशक विषादीहरू प्रयोग गर्दैनन् र केही किसानहरूले जीवनाशक विषादीहरूको प्रयोगबिना पनि खेतीपातीमा राम्रै सफलता हाँसिल गरेका छन् । यदि तपाईसँग अरु रोजाई छ भने, तपाईको स्वास्थ्य र जमीनको लागि जीवनाशक विषादी प्रयोग नगर्नु उचित हुन्छ । जीवनाशक विषादी कहिल्यै सुरक्षित हुँदैन । तर खेती किसानहरू, रोपाई कामदारहरू र अरुलाई जो जीवनाशक विषादीहरू प्रयोग गर्नैपर्छ भन्ने सोच्छन्, यसका असरलाई कम गर्न अथवा सम्भाव भएसम्म सुरक्षित तरीकाले प्रयोग गर्न सकिन्छ ।

जीवनाशक विषादीको प्रयोग किन गरिन्छ ?

जीवनाशक विषादीहरूको प्रयोग खानेकुरा, खेती, किसान, खेती मजदूर अथवा वातावरणको लागि स्वस्थकर मानिंदैन । तर पनि मानिसहरूले यसको प्रयोग किन गर्छन् ? उत्पादित अन्नहरू सस्तोमा बेच्न सकियोस् भनेर प्रायःजसो खेतीमा मेसिनहरू, ठूल्ठूला सिँचाइ प्रणालीहरू, कम ज्यालाका कामदारहरू र सरकारी अनुदानहरूसँगै जीवनाशक विषादीहरूको प्रयोग गरिन्छ । जीवनाशक विषादीले सबैजसोलाई मार्न सक्दछ । जसले उत्पादनमा कमी आउने तथा खानेकुरा कम आकर्षक हुने हुन्छ । त्यसैले ठूला खेती व्यवसायीहरूले जीवनाशक विषादीहरूलाई धेरै खानेकुरा बेचबिखनको लागि खेती प्रणालीको एक भागका रूपमा लिन्छन् ।

पारिवारिक किसानहरूले ठूला खेती व्यवसायहरूसँग प्रतिस्पर्धा गर्न जीवनाशक विषादीहरूमा विश्वास गर्छन् । पूरै परिवारलाई पाल्नुपर्ने संघर्षरत किसानहरूले भविष्यमा हुनसक्ने आफ्नो र आफ्नो परिवारको स्वास्थ्यबारे सोच्न सक्दैनन् । तर यस्तो किसिमको बाली उत्पादनले मानिसहरूको स्वास्थ्य र वातावरणको लागि ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । समयसँगै जीवनाशक विषादीले ठूलो क्षति पु¥याउँदछ । जीवनाशक विषादी प्रयोग गरेको केही वर्षपछि हानीकारक जीवहरूमा यस्ता रसायनहरू विरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि हुँदै जाने हुन्छ (पृष्ठ २७३ हेर्नुहोस्) । जीवनाशक विषादीहरूले कीराहरू र चराहरूलाई पनि मार्दछ जुन हानीकारक हुँदैनन् तर वास्तवमा हानीकारक जीवहरूलाई नियन्त्रण गर्दछ । जब यस्तो हुन्छ, जीवनाशक विषादीहरूले हानीकारक जीवहरूबाट अन्न खेर जानबाट जोगाउन सक्दैन । उत्पादनमा कमी आउँदछ र पारिवारिक किसानहरू गरिबितिर धकेलिन्छन् । खराब जीवनाशक विषादीहरूले हरेक वर्ष हजारौं मानिसहरूको ज्यान लिन्छ र धेरैलाई बिरामी बनाउँछ ।

जीवनाशक विषादीहरू उत्पादन गर्ने कम्पनीहरूले आफ्नो उत्पादनले किसानहरूलाई मद्दत गर्नुका साथै संसारलाई पुग्ने अन्न उत्पादन गर्ने कुरा बताउँदछन् । तर वास्तवमा यस्ता कम्पनीहरूले सदाका नोक्सानीलाई नजरअन्दाज नगरी आफ्नो स्वार्थ मात्रै पूर्ति गर्ने वा नाफा मात्रै चाहिरहेका हुन्छन् । जीवनाशक विषादीहरू एउटा यस्तो अनमेल तथा अस्वस्थ उत्पादनको भाग हो जसले केही थोरै व्यक्तिहरूलाई धनी बनाउँदछ भने अरु सबैलाई बिरामी बनाउँदछ ।

धेरै किसिमका जीवनाशक विषादीहरू छन् ।

यहाँ धेरै प्रकार र किसिमका जीवनाशक विषादीहरू छन् र विभिन्न देशहरूले जीवनाशक विषादीहरूका विभिन्न नामहरू राखेका छन् । केही जीवनाशक विषादीहरू धेरै हानीकारक हुनाले कुनै देशले निषेध गरेका छन् भने अरु देशहरूमा अझै बेचबिखन र प्रयोग भइरहेको छ ।

जीवनाशक विषादीहरू धेरै प्रकारका हुन्छन्ः धुलो पानीमा मिसाउन र छर्न, साना गेडा र धूलाका कणहरू छर्न, झोल छर्न, बीउमा तह लगाउन, चक्की, मुसा मार्न र अन्य लामखुट्टे मार्ने चक्का र मुसा मार्ने विष घरायसी रूपमा बढी प्रचलित छन् ।

जीवनाशक विषादीहरू विभिन्न खोलहरूमा बेचिन्छन्ः धातुका पात्र (क्यानहरू), शीशीहरू, झोलाहरू, भाँडाहरू र अन्य । जीवनाशक विषादीहरू वास्तविक रूपमा बनेका भन्दा बेग्लै खोलमा बेचिन्छन् । जस्तोसुकै जीवनाशक विषादी होस् या जुनसुकै रूपका होस्, जस्तोसुकै खोलमा राखिएका होस्, आखिरमा जीवनाशक विषादीहरू विष नै हुन् ।

जीवनाशक विषादीहरूले स्वास्थ्य समस्याहरू उब्जाउदछ

जीवनाशक विषादीहरूसँग बढी संलग्न व्यक्तिमा एकभन्दा बढी रोगका लक्षणहरू देखापर्न सक्दछ । कुनै लक्षणहरू जीवनाशक विषादीहरू प्रयोग गरेको समयमा देखापर्दछ । अरु लक्षणहरू घण्टौं, दिनौं या वर्षौंपछि मात्र देखा पर्दछन् (विस्तृत जानकारीको लागि अध्याय १६ मा हेर्नुहोस्) ।

धेरै व्यक्तिहरू जीवनाशक विषादीहरूको सम्पर्कमा आइरहेका हुन्छन् तर उनीहरूलाई थाहा हुँदैन । जीवनाशक विषादीहरूसँग प्रत्यक्ष संलग्नता भएका व्यक्तिहरू जस्तैः धोबीहरू, फोहर संकलन तथा प्रशोधन क्षेत्रका कामदारहरू र अरु व्यक्तिहरूलाई पनि खेती किसानहरूलाई जत्तिकै जीवनाशक विषादीहरूबाट खतरा हुन्छ । उनीहरू आ–आफ्नो क्षेत्रमा वा वातावरणमा जीवनाशक विषादीहरूबाट सतर्क हुनुपर्दछ र उनीहरूले खेती किसानहरूले जस्तैः निवारणका उपायहरू अपनाउनु पर्दछ ।

बालबालिकाहरू र जीवनाशक विषादीहरूको विषाक्तपना

जीवनाशक विषादीहरू वयस्कहरूलाई भन्दा बच्चाहरूलाई बढी खतरनाक हुन्छ । बच्चाहरू साना र हुर्कने उमेरका हुने हुनाले थोरै मात्रा जीवनाशक विषादीहरूले पनि उनीहरूलाई बिरामी बनाउँदछ जुन मात्राले वयस्कमा खासै असर नगर्न सक्छ । जति जीवनाशक विषादीको मात्राले वयस्कलाई विरामी बनाउँदछ, त्यत्तिकै जीवनाशक विषादीको मात्राले बच्चाको ज्यानै जान सक्दछ ।

बच्चाहरूमा जीवनाशक विषादीहरूको विषाक्तपनाका लक्षणहरू थोरै मात्रा जीवनाशक विषादीहरूले पनि बच्चाहरूको सिक्ने र हुर्कने क्षमतामा असर गर्दछ र एलर्जी हुने र श्वासप्रश्वासका समस्याहरू देखापर्दछ जुन उनीहरूको जीवनको अन्तसम्म पनि रहिरहन्छ ।

बालकहरूलाई जीवनाशक विषादीहरूबाट जोगाउने तरीका

बालकहरूलाई जीवनाशक विषादीहरूबाट टाढा राख्नुपर्दछ । बालकहरूलेः

  • जीवनाशक विषादीका बट्टाहरूसँग खेल्नु, प्रयोग गर्नु वा छुनु हुँदैन ।
  • जीवनाशक विषादीहरू छर्न प्रयोग गरिने खेती सामग्रीहरूसँग खेल्नु हुँदैन ।
  • सिचाइँ नहर वा कुलोहरूमा पौडिएर पार गर्न वा पौडी खेल्नु हुँदैन ।
  • जीवनाशक विषादी प्रयोग गरे लगत्तै उक्त ठाउँमा जानु वा खेल्नु हुँदैन ।

वयस्कहरूले बालकहरूलाई जीवनाशक विषादीहरूबाट जोगाउने उपायहरूः

  • घरमा छिर्नु अघि र आफ्नो बच्चाहरूलाई छुनुअघि आफ्नो काम गर्न प्रयोग गरेका लुगाहरू, जुत्ताहरू र हात–खुट्टा राम्ररी धुनुपर्छ ।
  • अभिभावकका लुगाहरू र बच्चाहरूका लुगाहरू छुट्टाछुट्टै धुने ।
  • फलफूल र सागपातहरू खानुअघि राम्ररी धुने ।
  • घरभित्र भरसक जीवनाशक विषादीको प्रयोग नगर्ने ।
  • जीवनाशक विषादीहरूका बट्टाहरू र त्यसलाई छर्न प्रयोग गरिने सामानहरू बच्चाहरूले नभेट्टाउने ठाउँमा राख्ने ।

जीवनाशक विषादीको विषाक्तपनको उपचार

अरु विषालु रसायनहरू जस्तैः जीवनाशक विषादीले मानिसमा विभिन्न प्रकारले विष जस्तो असर गर्दछ । छाला र आँखाको माध्यमबाट, मुखबाट (निलेर) अथवा हावाबाट (श्वासप्रश्वासको माध्यमबाट) आदि विभिन्न माध्यमबाट भएका विषाक्तपनको विभिन्न तरीकाले उपचार गर्नु जरुरी हुन्छ ।

जब जीवनाशक विषादी छालामा पर्दछ

धेरैजसो जीवनाशक विषादीको विषाक्तपन यस्ता विषादी छालाले सोसेर हुने गर्दछ । प्रायगरी जीवनाशक विषादी ओसारपसार गर्दा पोखेर, मिसाउँदा छिट्टा उछिट्टिएर, विषादी छर्दा अथवा विषादी छर्ने बित्तिकै बालीमा छुँदा छालामा असर पर्दछ । जीवनाशक विषादी कपडाको माध्यमबाट पनि छालामा जान सक्दछ अथवा विषादी लागेको कपडा धुँदा पनि छालामा जान सक्दछ । छालामा जीवनाशक विषादीको पहिलो लक्षण दाग, धब्बा देखापर्नु वा चिलाउनु हो । छालाका समस्याहरू अरु विभिन्न कारणहरूले गर्दा पनि हुन सक्दछ जस्तैः वनस्पतिको प्रतिक्रियाहरूले कीराको टोकाईले, संक्रमणहरूले वा एलर्जी आदिले । त्यसैकारण छालामा देखापरेको समस्या जीवनाशक विषादीको कारणले भएको हो भनेर यकिन गर्न गाह्रो हुन्छ । यदि तपाई जीवनाशक विषादी प्रयोग गर्नुहुन्छ र अनायासै तपाईको छालामा दाग धब्बाहरू देखापरेको छ भने जीवनाशक विषादीको कारणले भएको हो कि भनेर उपचार गराउनु उपयुक्त हुन्छ ।

उपचार

यदि शरीरभित्र जीवनाशक विषादी छि¥यो भनेः

  • जीवनाशक विषादी पोखेको कपडा शरीरबाट तुरुन्तै हटाउने ।
  • जीवनाशक विषादी छालामा पर्नासाथ साबुन र चिसो पानीले पखाल्ने ।
  • यदि जीवनाशक विषादी आँखामा प¥यो भने १५ मिनेटसम्म सफा पानीले आँखा पखाल्ने । यदि जीवनाशक विषादीले छाला जल्यो भनेः
  • चिसो पानीले राम्ररी पखाल्ने ।
  • जलेको भागमा अड्केको केही पनि नहटाउने ।
  • क्रिम, चिल्लो वा बटर केही नलगाउने ।
  • फोका नफुटाउने ।
  • उप्किएको छाला नहटाउने ।
  • सम्भव भए सफा कपडाले जलेको भाग बेर्ने ।
  • दुखाई कम नभएमा स्वास्थ्य उपचार गर्ने ।
  • जीवनाशक विषादीको नामपत्र (लेबल) वा नाम आफूसँगै लाने ।

तपाईले जीवनाशक विषादी नदेखे तापनि वा गन्ध नसुँघे तापनि जीवनाशक विषादी छाला, कपाल वा कपडामा पर्न सक्छ । जीवनाशक विषादी प्रयोग गरिसकेपछि जहिले पनि साबुनले धुने ।

जब जीवनाशक विषादी निलिन्छ

जीवनाशक विषादीको प्रयोग गरिराखेको समयमा खाना खाँदा, पानी पिउँदा वा चुरोट सल्काउँदा अथवा जीवनाशक विषादी मिश्रित पानी पिउँदा जीवनाशक विषादी निल्न सकिन्छ । जीवनाशक विषादी कुनै भाँडामा राखियो र सो भाँडा खानेकुरा राख्न प्रयोग गरियो वा यत्तिकै खुल्ला छोडियो भने बच्चाहरूले त्यसलाई पिउन वा खान सक्दछ ।

उपचार

यदि कसैले जीवनाशक विषादी निल्यौं भने :

  • यदि सो व्यक्ति बेहोस भयो भने उसलाई एक ठाउँमा सुताउने र उसले श्वास लिए नलिएको थाहा पाउने ।
  • यदि उसले श्वास लिएको छैन भने तुरुन्तै मुखबाट श्वास दिई श्वासप्रश्वास प्रक्रिया अपनाउने । यस प्रक्रियाबाट तपाईको शरीरमा पनि विषको प्रभाव पर्न सक्दछ । त्यसैले यस विधि अपनाउनु अघि तपाईको मुखलाई माक्स, कपडाको टुक्रा वा बाक्लो प्लाष्टिकको टुक्रालाई बीचमा प्वाल पारेर छोप्नुपर्छ (पृष्ठ ५५७) ।
  • यदि जीवनाशक विषादीको प्याकेट पाइएमा त्यसको लेबल राम्ररी पढ्ने र बिरामीलाई बान्ता गराउनु हुन्छ हुँदैन थाहा पाउने ।
  • यदि बिरामी पिउन सक्ने अवस्थामा छ भने प्रशस्त मात्रामा सफा पानी पिउन दिनुहोस् ।
  • विषादी उपचारको सहयोग लिने । सम्भव भएसम्म जीवनाशक विषादीको लेबल वा नामसँगै लिएर जाने ।

यदि लेबलमा बान्ता गराउनु हुँदैन भनिएको छ भने नगराउने । पेट्रोल, मट्टीतेल, जाइलिन वा पेट्रोल मिश्रित तरल पदार्थ निलेमा बान्ता नगराउने । यसले झन नराम्रो समस्या उत्पन्न गर्दछ । यदि बेहोस, उकुसमुकुस वा नराम्ररी कामिराखेको छ भने बान्ता गराउनु वा झोल पदार्थ खुवाउनु हुँदैन ।

यदि तपाईलाई बान्ता गराउनु हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ भने उक्त व्यक्तिलाईः

  • एक गिलास नुनिलो पानी दिने ।
  • दुई चिया चम्चा खान हुने कडा वनस्पतिको धुलो (जस्तैः लामो डाँठ भएको हरियो साग, तुलसी वा अन्य जडिबुटी) सँगै १ वा २ गिलास पानी दिने । उक्त व्यक्तिलाई यताउता हिंड्न लगाउने । यसले बान्ता चाँडै गराउँदछ ।

बान्ता गराइसकेपछि धुलोले पेटमा बाँकी रहेको विषलाई सोस्न मद्दत गर्दछ (अर्काे पानामा हेर्नुहोस्) ।

आधा कम एक्टिभेटेड गोल वा १ चिया चम्चा धूलो गोला ठूलो गिलास वा मगमा मनतातो पानीसँग मिसाउने ।

धुलो गोल दाउरा बोलेर वा पाउरोटी या मकैको रोटी जलाएर बनाउने । तर यसले एक्टिभेटेड गोलले जस्तैः यसले राम्रो काम गर्दैन तैपनि यसबाट काम चलाउन सकिन्छ । गोलका ब्रिकेट कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । तिनीहरू विष हुन् ।

व्यक्तिलाई बान्ता गराइसकेपछि अथवा उसले बान्ता नगरेपनि डाक्टरकोमा जाँदासम्म विषको असरलाई कम गर्न उसलाई

  • १ वटा काँचो अण्डाको सेतो भाग पिउन दिने, अथवा
  • एक गिलास गाईको दूध पिउन लगाउने ।

दूध पिउनाले जीवनाशक विषादीको असरलाई हटाउँदैन तर यसले विष फैलन कम गर्दछ ।

यदि कसैले जीवनाशक विषादी निल्यो तर धेरै पेट दुखेन भने उसलाई शोरविटल अथवा म्याग्नेसियम हाइड्रोक्साइड दूध) दिने । यस्तो विषादीहरूले पखाला गराउने गर्छ जसले विष शरीरबाट हटाउन मद्दत गर्दछ ।

अट्रोपाइन को प्रयोग कहिले गर्ने

अट्रोपाइन जीवनाशक विषादीको विषालु असरलाई उपचार गर्न प्रयोग गरिने विषादी हो जसलाई अर्गानोफोस्फेट र कार्वामेटस् । यदि जीवनाशक विषादीको लेबलमा बतचयउष्लभ प्रयोग गर्न लेखिएको छ भने अथवा यदि यसमा जीवनाशक विषादी कोलिनेस्टेरस इन्हिविटर हो भनेर लेखिएको छ भने लेखिएअनुसार अट्रोपाइनको प्रयोग गर्ने । यदि लेबलमा प्रयोग गर्न लेखिएको छैन भने यसलाई प्रयोग गर्ने ।

अट्रोपाइन अर्गानोफोस्फेट वा कार्वामेटस् जीवनाशक विषादीको लागि मात्रै प्रयोग गर्नुपर्दछ । अट्रोपाइनले जीवनाशक विषादीको विषलाई रोक्दैन । यसले विषको असरलाई ढिलो मात्र गराउँछ । जीवनाशक विषादीहरू छर्नु अघि अट्रोपाइन कहिल्यै पनि प्रयोग गर्नु हुँदेन ।

महत्वपूर्णः जीवनाशक विषादीको विषाक्तपनलाई कम गर्न यी विषादीहरू कहिल्यै पनि प्रयोग गर्न दिन हुँदैनः निन्द्रा लाग्ने विषादी सेडेटिभ , मोरफिन , बार्विच्यूरेट्स , फेनोटियाजिन , एमिनोफीलिन अथवा श्वासप्रश्वास कमजोर वा विस्तार पार्ने विषादीहरू । यसले मानिसको श्वास पूरै बन्द गर्न सक्छ ।

जीवनाशक विषादी प्रयोग गर्ने किसानहरूले आफूसँगै विषाक्तपनको समयमा प्रयोग गर्न आकस्मिक विषादीहरूयुक्त सामानहरू राख्नुपर्दछ (आकस्मिक विषादीमा के राख्नुपर्छ भनेर जान्न पृष्ठ ५४६ हेर्नुहोस्) ।

जब जीवनाशक विषादी श्वासको माध्यमबाट शरीरमा प्रवेश गछ

जब जीवनाशक विषादी हावामा छरिन्छ, हामीले नाक र मुखको माध्यमबाट यसलाई सुँघ्दछौं । एकपल्ट फोक्सोमा प्रवेश भयो भने जीवनाशक ओषधी तुरुन्तै रगतमा मिसिन्छ र विष पूरै शरीरमा फैलिन्छ ।

जीवनाशक विषादी हावामा भए नभएको थाहा हुँदैन किनभने केही जीवनाशक विषादीहरूको गन्ध हुँदैन । सधैाँरणतया हावाबाट सर्ने जीवनाशक विषादीहरूमा बभलयकयकि, उभकत कतचष्उक, कउचबथक र छरेर बाँकी रहेका अवशेषहरू हुन् । जब जीवनाशक विषादी बन्द क्षेत्रभित्र प्रयोग गरिन्छ । जस्तैः हरितगृह अथवा यसलाई प्रयोग गर्न खेतमा ढुवानी गरिन्छ । जीवनाशक विषादीहरूको धुलोको गोदाममा श्वास फेर्दा नाकको माध्यमबाट शरीरभित्र जान सक्दछ ।

जीवनाशक विषादीको धुलो प्रयोग गरेको ठाउँबाट धेरै टाढा जान सक्दछ र त्यस क्षेत्रलाई दूषित पार्दछ । जीवनाशक विषादीको धुलो सजिलै घरभित्र छिर्न सक्दछ । यदि तपाईलाई लाग्दछ कि तपाईले जीवनाशक विषादीहरू सुँघ्नुभयो भने त्यहाँबाट तुरुन्तै बाहिर निस्कनु पर्दछ । नराम्रो गन्ध आउन्जेलसम्म त्यहाँ बसिराख्नु हुँदैन ।

उपचार

यदि कसैले जीवनाशक विषादी सुँघ्यो भनेः

  • बन्द क्षेत्रभित्र कुनै व्यक्तिलाई विष सुँघेको छ भने त्यस क्षेत्रबाट बाहिर ल्याउने ।
  • स्वच्छ हावा लिन दिने ।
  • श्वास लिन सजिलो बनाउन लुगा खुकुलो पारिदिने ।
  • टाउको र काँध उठाएर बस्ने ।
  • यदि उक्त व्यक्ति बेहोस भयो भने उसलाई तुरुन्तै मुखबाट श्वास दिई श्वासप्रश्वास विधि अपनाउने (पृष्ठ ५५७ हेर्नुहोस्) ।
  • विषादी उपचार गराउनेः आफूसँगै जीवनाशक विषादीको लेबल वा नाम लिएर जाने ।

जीवनाशक विषादीका दीर्घकालीन असरहरू

धेरैजसो जीवनाशक विषादीहरूको विषाक्तपनको समस्या एकदिनको प्रयोग वा सम्पर्कले भन्दापनि लामो समयसम्मको जस्तो हप्तौं, महिनौं, वर्षौंको सम्पर्कका कारण हुने गरेको पाइन्छ । जीवनाशक विषादीको लगातार सम्पर्कमा रहने वा प्रयोग गर्ने एउटा वयस्क व्यक्तिमा यसका नकरात्मक असर देखिन ५, १०, २० देखि ३० वर्ष वा सोभन्दा बढी अवधि लाग्न सक्छ र जुन अवधि त्यस व्यक्तिसँग सम्बन्धित अन्य थुप्रै कुराहरूमा निर्भर रहन्छ (पृष्ठ ३२१) । तर बच्चाहरूमा प्रायः यसको नकरात्मक असर चाँडै देखिन्छ र यदी गर्भवती महिला जीवनाशक विषादीको सम्पर्कमा आइन् भन्ने उनीबाट जन्मिएको शिशुमा पनि यसको असर देखिन सक्छ ।

जीवनाशक विषादीका दीर्घकालीन असरको अध्ययन गर्दा एउटा प्रश्न के उठ्छ भने के त्यस व्यक्तिमा देखिएका असरहरू जीवनाशक विषादीकै कारणबाट भएको हो त ? जीवनाशक विषादीका दीर्घकालीन असरहरू थुप्रै हुन सक्छन् जस्तैः क्यान्सर, प्रजनन् प्रणालीमा असर, कलेजो, मस्तिष्क वा अन्य शरीरका अंगहरूमा पर्ने असर । जीवनाशक विषादीबाट हुने दीर्घकालीन असरहरू किटानका साथ भन्न गाह्रो हुन्छ किनकी कृषि क्षेत्रमा काम गर्ने व्यक्तिहरू धेरै किसिमका रसायनहरूको सम्पर्कमा आउँछन् र साथै कामका लागि एक ठाउँबाट अर्को ठाउँ बसाई सरिरहेका हुन्छन् ।

जब कुनै व्यक्तिमा क्यान्सर वा अन्य कुनै रोग देखिन्छ तब चिकित्सक तथा वैज्ञानिकहरूले त्यसको कारक जीवनाशक विषादी हो नभनिकन अन्य केही भन्न सक्छन् । जीवनाशक विषादीका बिक्रेता तथा प्रचारकहरूले पनि यसका नकारात्मक असरबारे भूmठो बोल्न सक्छन् किनकी उनीहरू यसबाट हुनसक्ने स्वास्थ्य समस्याहरूको जिम्मेवारी लिन चाहँदैनन् र उनीहरूलाई दोष दिने ठाउँ पनि रहँदैन किनकी जुन रोग वा स्वास्थ्य समस्या जीवनाशक विषादीको वर्षौको प्रयोगपश्चात देखिएको छ त्यसै विषादीबाट नै भएको हो

जीवनाशक विषादीका दीर्घकालीन असरका संकेतहरू

जीवनाशक विषादी वा अन्य विषाक्त पदार्थहरूका धेरै दीर्घकालीन असरहरू हुन सक्छन् र यिनका केही संकेतहरू यसप्रकार छन् ः बजन घट्नु, थकाई लाग्नु, लगातार खोकी लाग्नु वा खकारमा रगत देखिनु, निको नहुने घाउ देखिनु, हात वा पाइतालमा चेनता नहुनु, हेर्ने शक्ति हराउँदै जानु, ढड्कन चाँडो वा धेरै ढिलो हुनु, ध्यान दिन नसक्नु, स्मरण शक्तिमा कमी इत्यादि ।

यदि तपाईमा यी सबै वा केही समस्याहरू छन् भने तुरुन्तै कुनै चिकित्सक वा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुहोस् र जीवनाशक विषादीको प्रयोग भए नभएको खुलस्त बताउनुहोस् ।

जीवनाशक विषादीका दीर्घकालीन असरहरूः

फोक्सोमा प्रभावः जीवनाशक विषादीको सम्पर्कमा रहने व्यक्तिहरूलाई लगातार खोकी लाग्ने, छाती भारी हुने हुन सक्छ । यी संकेतहरू फोक्सोसँग सम्बन्धित रोगहर जस्तैः दम, ब्रोन्काइटिस, वा अन्य हुन सक्छन् । लामो समयसम्म फोक्सोमा नकरात्मक असर भइरहे क्यान्सर पनि हुन सक्छ । त्यसैले यदि तपाईमा फोक्सोमा असर पुगेको संकेतहरू देखिएमा धूमपान नगर्नुहोस् किनकि यसले समस्यालाई झन् बढाउँछ ।

क्यान्सरः जीवनाशक विषादीको सम्पर्कमा रहने व्यक्तिहरूलाई क्यान्सर रोग लाग्ने सम्भावना अन्य व्यक्तिहरूलाई भन्दा अधिक हुन्छ । यसको अर्थ जीवनाशक विषादीसँग काम गर्ने व्यक्तिलाई क्यान्सर हुन्छ भन्ने होइन । तर जीवनाशक विषादीहरूसँग काम गर्ने व्यक्तिहरूमा क्यान्सर लाग्ने खतरा बढी हुन्छ । सयौं किसिमका जीवनाशक विषादीहरू तथा तिनमा प्रयोग भएका रसायनहरूबाट क्यान्सर हुन सक्ने बताइन्छ र धेरैको बारेमा अध्ययन हुन बाँकी नै छ । जीवनाशक विषादीबाट हुने धेरैजसो क्यान्सरहरूमा रगतको क्यान्सर , छालामा ट्यूमर ९ल्यल(ज्यमनपष्लक र दिमागको क्यान्सर बढी देखिन्छन् ।

कलेजोमा पर्ने प्रभावः कलेजो हाम्रो शरीरमा रगतलाई सफा गर्ने तथा विषाक्त रसायनहरू हटाउने कार्य गर्दछ । जीवनाशक विषादीहरू एकदम विषालु हुने हुँदा कलेजो, यसबाट बँच्न सक्दैन । महिनौ वा वर्षौंसम्म जीवनाशक विषादीहरूसँग काम गर्ने व्यक्तिमा कलेजोमा नकारात्मक असर पर्न सक्छ ।

विषाक्त हेपाटाइटिसः यो एक प्रकारको कलेजोसँग सम्बन्धित रोग हो जुन जीवनाशक विषादीको सम्पर्क हुन सक्छ । यस रोगका कारण बान्ता हुने, वाकवाक लाग्ने, ज्वरो आउने, छाला पहेंलिने, कलेजो बिग्रने हुन सक्छ ।

स्नायु प्रणालीमा असर गर्छः जीवनाशक विषादीले मस्तिष्क र नशामा क्षति गर्छ । लामो समयसम्म जीवनाशक विषादीको सम्पर्कमा रहेमा स्मरण शक्ति घट्ने, एकाग्रता नरहने, मन परिवर्तन हुने आदि हुन सक्छ ।

रोगस“ग लड्ने प्रतिरोधात्मक क्षमतामा ह्रास आउनेः जीवनाशक विषादीले शरीरलाई रोगबाट जोगाउने प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । जब पोषणमा कमी, जीवनाशक विषादीहरू अथवा एच.आई.भी.÷एडस् जस्ता रोगहरूको कारणले प्रतिरोधात्मक क्षमतामा कमी आउँछ, एलर्जी तथा संक्रमणहरू चाँडै सर्ने र रोगहरू निको हुन पनि लामो समय लाग्ने हुन्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

3.0
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top